अँध्यारो हराउँछ अँध्यारोभित्रै

- इन्द्र्कुमार श्रेष्ठ सरित्

एकअर्कालाई हामी चिन्दैन थियौं तैपनि कोही को मार्पmत त कोही को मार्फत हामी एउटै फोरममा भेला भएका थियौं । दर्ता भैसकेको कम्पनीमा म, लतिका र साकार अलि पछि आएका थियौं । त्यसैले अरुलेभन्दा हामी चारजनाले प्रतिव्यक्ति दुई लाखका दरले बढी रकम बुझाएका थियोैं । नौजना लगानीकर्ता रहेको र करीब डेढ करोडको चुक्ता पू“जी भएको कम्पनीमा हामीले दुई लाख बढी बुझाए तापनि हामीले कम्पनी पछि ज्वाइन गरेकाले नय“ा र पुराना सबै लगानीकर्ताको लगानी मूल्य र शेयर संख्या बराबर कायम गरिएको थियो । इभेण्ट म्यानेजमेण्ट गर्ने कम्पनीको रुपमा दर्ता भएको यस कम्पनी अर्थात् ‘हार्ट एण्ड सोल इण्टरटेनमेण्ट’ ले नगर्ने काम केही थिएन । फेशन सम्वन्धी पत्रिकाको प्रकाशन, मोडलहरुको फोटो शुट, प्रोफाइल तैयारीेदेखि यसले शुल्क लिएर कार्यक्रम व्यवस्थापन, सञ्चालन, कवि गोष्ठी, विमोचन, सचेतना कार्यक्रम सबै गर्ने गर्दथ्यो । नौ जनालाई नै पद र जिम्मेवारी ब“ाडिएको थियो तर सबैलाई ओझेलमा पारेर सबैतिर एकलौटी रुपमा अध्यक्ष तथा महाप्रवन्धक नर्कटनारायणले प्रभाव होइन प्रभुत्व जमाउन जमाउन चाहन्थ्यो । उसको यही मिचाहा प्रवृत्तिले गर्दा सुरुमै सदस्यहरु बीच असन्तुष्टिको स्वर गुञ्जिन थाल्यो ।
हामीभन्दा अलि अगाडि कम्पनीमा पसेका कार्तिकेय चौलागाइ“, शौकत मिया“, सम्पत चौधरी, मीनमाया लामा र डम्बरशम्शेर राणाले असन्तुष्टिलाई आप्mनो छातीभित्रै दबाएर नर्कटनारायण दराईको गलत कृयाकलापको बिरोध गर्न नसकेको देख्दा सुरुसुरुमा त मलाई अचम्म लाग्यो । तर पछि पछि थाहा हु“दै गयो ऊ आपूmलाई यो क्षेत्रको ठूलै डन ठान्दोरहेछ । उडन्ते गफ दिनु, ढ“ाट्नु, छल्नु, भूmटो बोल्नु त उसको लागि दूधभात खाएसरह रहेछ । ठेक्कापट्टा, घरजग्गा दलाली र कमिशन त उसको जीवनका अभिन्न अङ्ग रहेछन् । घुर्की, फुर्की र धाकधम्कीको भरमा मान्छेलाई तह लाउ“छु भन्ने उसको सिद्धान्त रहेछ । तर उसको प्रवृत्ति र सिद्धान्त जेजस्तोसुकै भए तापनि आप्mनो लगानीमाथिको खेलवाड मलाई कदापि सह्य थिएन† स्वीकार्य थिएन ।
प्रत्येक मिटिङ्गहरुमा हाम्रा मत बाझिन थाले । मत एक हुने मैले कुनै ठाउ“ देखिरहेकै थिइन । किनभने नाफा गर्न र आप्mनो क्यारियरको एउटा महत्वपूर्ण सोपान बन्नेछ भन्ने आशाका साथ त्यत्ति ठूलो रकम लगानी गरिएको कुरा मेरा लागि ठट्टा थिएन नै । त्यसैले कम्पनीले आप्mनो उद्धेश्य अनुसारको अहिलेसम्म के कत्ति काम ग¥यो ? के कत्ति नाफा ग¥यो वा घाटा भयो ? अब मलाई यसको पूर्ण विवरण चाहिएको थियो । मिटिङ्गमा मैले यो कुरा जोडदार रुपमा उठाए“ ।
‘संस्था ह“ाक्ने मान्छे तपाई । अध्यक्ष पनि तपाई, महाप्रवन्धक पनि तपाई । तपाईलाई आप्mनो आयव्यय पूर्ण रुपमा दोहोरो लेखाप्रणाली अनुसार राख्नुपर्छ भन्ने पनि था’ छैन ? संस्थाको नाममा आजसम्म कारोबारका लागि एउटा बैंक खाता खोल्नु भा’ छैन । यस्तो अवस्थामा हामीले विश्वासपूर्वक तपाईलाई सुम्पेको रकम तपाईले दुरुपयोग गर्नु भा’ छैन भनेर हामीले पत्याउने आधार के ? ल भन्नुस् । ’
‘मैले भ्रष्टाचार गरें भन्ने लाग्छभने अडिट गराउनुस् ।’— नर्कटनारायणले मेचमा आप्mनो बसाई परिवर्तनगर्दै भन्यो । अनुहारलाई बिफरको पुरानो दागले छोपेकोले उसको मनमा के चलिरहेको छ भनेर मुहारले खासै भनिरहेको थिएन ।
‘अडिट गराउनलाई तपाईले हिसाव किताव दुरुस्त राखेको हुनुप¥यो नि । ’—एउटा कुनोबाट कार्तिकेयले मसिनो स्वरमा बोल्यो ।
‘अडिट गराउनै पर्छ र अडिट गराउने काम हाम्रो होइन तपाईको हो । किनकि कार्यकारी तपाई भैसकेपछि अडिट गराऊ भनेर तपाईले हामीलाई ध्व“ास दिने ?’— मैले नर्कटनारायणलाई ठाडै चुनौति दिएपछि अरु पनि असन्तुष्टिका झिना मसिना स्वर सुनिए । हल्लाखल्ला र मतान्तरको माझमा मिटिङ्ग कुनै निष्कर्षमा पुग्न सकेन । सबैलाई लगभग विश्वास भैसकेको थियो कामको बहानामा ठूलै माम हाम भएको छ भनेर । तर किन कोही पनि दहेसंग आवाज उठाउने हिम्मत गर्दैनन् ? के यिनीहरु नर्कटनारायणसंग डराउ“छन् ? किन ? आप्mनो प्रश्नको जवाफ खोज्ने मैले धेरै प्रयत्न गरें । तर मैले सकिन“ । किनभने मैले कसैमा स्पष्ट दृष्टिकोण भएको वा आप्mनो निश्चित अडान भएको व्यक्ति भेट्न सकिन । थालमा राखेको भेण्टाजस्तो जता ओरालो भयो त्यतै ढल्किनेहरुको जमात देख्दा मलाई लाग्नुसम्म आश्चर्य लाग्यो । आप्mनो रुचि, अडान र स्वाभिमान नभएको व्यक्ति पनि मान्छे हुन्छ र ? मलाई पत्यार लागेन । तर के गर्नु र, अहिले मैले यही अपत्यारिलो सत्यलाई अ“ाखाअगाडि नछामिकनै देख्नु परिरहेछ ।
नर्कट नारायणको रुपमा मैले एउटा अनौठो जीव नै देखें भन्दा पनि हुन्छ । किनभने यसले रामेलाई सेतो भनेको कुरा श्यामेकह“ा पुग्दा कालो भैसकेको हुन्थ्योभने यसले दिनलाई रात भन्थ्यो र रातलाई लाजै पचाएर दिन भन्थ्यो । दिनमा यसले कतिसय पटक भूmट बोल्यो भनेर सके त्यो मान्छे आपैmलाई थाहा हु“दैन थियो होला । मलाई आश्चर्य लाग्छ, यसका साथीहरुले र यसको परिवारले यसलाई कसरी सह“दा होलान् ? यसको व्यवहारलाई कसरी पचाउ“दा होलान् ? के हामीले जसरि नै ? मजबुरीका नाम महात्मा गान्धी भनेर ? तर हामीमाझ मजबुरी नै भएको चाहिं होइन् बरु केटाहरुले एउटा देखादेखी फटाहाका अगाडि क“ाचका चुरीभने लाएको पक्कै हो । हैनभने म एक्लो बृहस्पति बन्नु पर्ने नै थिएन ।
कार्तिकेयलाई मैले पटक पटक फोन गरें । मीनमायालाई फोन गरें । यी साथीहरुसंगै अन्य केही साथीहरुलाई राखेर पटक पटक छलफल चलाए“ । तर अ“ह“ । कुनै निष्कर्ष निस्किदैन । किन ? खै, मैले बुभ्mन सकिन“ । नर्कटनारायण र उसको कृयाकलापको बारेमा खुलेर कोही कुरा गर्न चाहदैनन् । तर सबैलाई आप्mनो पैसा फसेकोमा चिन्ता पनि छ , चासो पनि छ । तर कुरा यसो हो भन्नभने चाहिं कोही पनि तैयार देखिन्न्न् । हरे, किन यत्तिविधि निरीह भएका होलान् साथीहरु ? कि यिनीहरुलाई मैले चिन्न गल्ती गरें त ?
काम यिनले गर्दैनन् केवल यिनीहरु हम्रो पैसा लुटिरहेका छन् भन्नेमा अब कुनै शंका वा द्धिविधा नै थिएन । त्यसमा पनि मीनमाया र सम्पतको पे्रम कहानी सुन्दा सुन्दा मलाई वाकवाकी लागिसकेको थियो । कार्यालयको मर्यादा नराख्ने यस्ता गतिछाडाले के काम गर्दा हुन् कार्यालयमा ? नर्कटनारायण्का यी चम्चाहरु नर्कटनारायणकै कृपाले बिना कामको तलब खाइरहेका छन् भन्ने सबैलाई थाहा भएकै कुरा हो । माकेर््टिङ्ग डाइरेक्टर भएर माखो नमार्ने यिनले कर्मचारीहरुको अगाडि मालिकहरुको इज्जत लिलाम गरेको नर्कटनारायणलाई थाहा छैन होला त ?
अन्त्यहीन मिटिङ्ग चलेको चल्यै छ । कम्पनी करीब तीस प्रतिशत घाटामा देखियो । बहस, छलफल र चर्कार्की पछि र धेरै सोंचविचारपछि पनि निकै गम खाएपछि मैले घाटा सहेरै भए पनि म कम्पनीबाट अलग हुने विचार गरें र सञ्चालकहरुको मिटिङ्गमा यो कुरा राखें । मैले राखेको कुरामा सही थाप्दै कार्तिकेय र शौकत पनि घाटा सहेरै भए पनि कम्पनी छाड्न तैयार भए । यही कुरा माइन्युट भयो । मेरो मन थक्क थक्क भइरहेको थियो । व्यापार गरेर नाफा आर्जन गर्छु भनेर लगानी गरेको पैसामध्ये करीब पांचलाख व्यर्थै जानेभयो । आः होस्, घाटा कटाएर फिर्ता आएको रकमले सानोतिनो जेजस्तो भए पनि बरु एक्लै व्यवसाय सुरु गर्छु ।
‘प्रखरजी, तपाईले स“ाच्चै कम्पनी छाड्ने हो त ?’— छुचुन्द्रोको जस्तो अ“ाखामा आएको चमकलाई लुकाउदै नर्कटनारायणले सोध्यो ।
‘माइन्युट भइसकेको कुरालाई म भूटो भन्न सक्तिन । तेसैले स“ाचो नै हो ।’—मेरो जवाफमा उसले कुनै प्रतिक्रिया जनाएन । हामीले पैसा पाउने दिन तय गरेर हामी मिटिङ्गबाट छुट्टिर्यौ । कार्यालयबाट बाहिर निस्किंदा कम्पनीको नाम लेखिएको बोर्डलाई नियालेर हेरें, थुक्क । कुन दिन बुद्धि बिगे्रर यस्तो कुजातको संगत र सहकार्य गर्न आइपुगेछु ।
त्यसपछि साथीहरुको मुखबाट नर्कटनारायणले फैलाएको विभिन्न हल्ला सुनिन थाल्यो । कतिलाई उसले घाटा खाएर कोइ पनि ज“ादैन भन्दोरहेछभने कातिलाई चाहिं मिटिङ्गमा विरोध गर्नेहरुलाई मत्थर पार्ने यो एउटा चाल हो पनि भन्दोरहेछ । त्यो अवतारीको भनाईमा मलाई कुनै प्रतिक्रिया दिनु नै थिएन । किनभने त्यो मेरो प्रतिक्रियाको लायक नै थिएन । मानिसको विश्वासलाई कुल्चेर रक्तमुछेल पार्ने त्यस्तो साइ“दुवालाई मनुवा पनि के भन्नु र ? आउने पैसा सिरिखुरी लिएर अब के व्यापार, व्यवसाय गर्ने होला भनेर म घोरिन थालें । आज आज भोलि भोलि भन्दाभन्दै पैसा दिएर हामी तीन जनालाई बिद ागर्ने भनेको दिन पनि आयो । तर एक, दुई, तीनगर्दै हप्ता, दुई हप्ता बित्यो तर मिटिङ्ग बसेन । त्यसपछि दिनदिनै गएर अफिसमा कराएपछि बल्लबल्ल मिटिङ्ग बस्यो । तर छेपारोले भैंm रङ्ग बदल्न खप्पिस नर्कटनारायणले पैसा दिने नामै नलिएपछि मैलै स्वर ठूलो र कडा गर्नै प¥यो ।
‘लाज लाग्दैन तपाईलाई अइले आ’र भाकामा पैसा दिन छाडेर यसो र तेसोको बहानामा संस्था नछाड्नुस् ,यो नगर्नुस्, त्यो नगर्नुस् भन्नलाई ? घाटा सहेरै भए पनि म कम्पनी छाड्छु भनेपछि छाड्छु छाड्छु । मैले मेरो पैसा पाइन“भने कानुन अनुसार मेरो पैसा कसरी उठाउनु पर्छ मलाई था’छ । हाम्रो पैसामा ढलिमली गरेर तपाई धेरै नाटक नगर्नुस् । ’— माइन्यूतमा नोट अफ डिसेन्ट लेखेर म बाहिरिए“ । मेरो पछि पछि कार्तिकेय पनि निस्केछ । अब सिधा औंलाले ध्यू आउदैन भन्ने पक्कापक्की भएपछि मैले पनि औंला टेडो गर्ने निर्णय गरें र साथीहरुसंगको भेटघाटलाई निरन्तरा दिन थालें । मीनमाया र सम्पतलाई छाडेर अरु साथीहरुसंग धेरै पटक छलफल गरियो । पटक पटक राजनैतिक पार्टीका मान्छेहरुलाई पनि भेटियो ।
अर्को मिटिङ्गमा मैले पनि हाक्काहाक्की नर्कट नारायणलाई चुनौति दिए“ । पहिला त मेरो कुरा उसले पत्याएन । उसका ओंठहरु यसरी चलमलाए मानौ ऊ मेरो कुरा सुनेर मेरो खिसिट्युरी गरिरहेछ । तर उसको घैंटोमा घाम लाग्नेगरी मैले दोहो¥याएर त्यही कुरा भनेपछि उसले नपत्याई धरै थिएन । अब उसको अनुहार हेर्न लायकको थियो । बिफरका दागहरु ट्युबलाइटको उज्यालोमा चम्किरहेको थियो । तर अचानक ऊ निराश देखिन थाल्यो । हतास देखिन थाल्यो । माइन्युट बुकमा आजको मिटिङ्गको व्यहोरासमेत उसले उर्तान सकेन । त्यसैले लेख्ने काम कार्तिकेयले ग¥यो ।
‘निर्णय लेख्नुअगाडि सबै साथीको मत लिनु जरुरी हुन्छ ।’—आपूm बसेको ठाउ“मै असजिलोगरी चलमलायो नर्कटनारायण ।
‘हुन्छ, भैहाल्छ नि । ’—मैले पनि उसको स्वरलाइृ छोप्दै भनें ।—‘भोटिङ्गमै जाने होभने नि जाउ“ । खुल्ला वा गोप्य मतदान गर्नु परे पनि गरौं । तर आज छिनोफानो हुनुपर्छ । ’
‘हो हो, तेसै गरौं । ’—साथीहरुको सामुहिक स्वर गुञ्जियो ।
‘अदच्छे त तपाई नै त बन्ने होला नि ?’—नर्कटनारायणले मलाई व्यंग्यगर्दै बिद्रुप मुस्कान छ¥यो ।
‘तेसको निर्णय तपाई वा मैले भनेर हुने हैन । बहुमतले जे भन्छ तेइ हुन्छ । ’—आज म टसमस हुनेवाला नै थिइन । त्यो कुरा नर्कटनारायणले पनि बुझिसकेको थियो । लामो बहस, छलफल, विवादपछिको निष्कर्षमा कम्पनीको अध्यक्षमा सर्वसम्मतरुपमा म चुनिए“ । मलाई बधाईसमेत नभनी र हातसमेत नमिलाई केवल माइन्युटमा हस्ताक्षर गरेर नर्कटनारायण हलबाट बाहिरियो । सबैलाई थाहा थियो, नर्कटनारायण आपूm शान्तिले बस्ने र अरुलाई पनि शान्तिले बस्न दिने सामान्य जीव नै हैन भनेर । तैपनि उसलाई एककदम पछाडि धकेल्न सकेकोमा सबै खुशी त थिए तर सन्तुष्ट थिएनन् । किनभने नर्कटनारायण नामको यो ऐंजेरु रहुञ्जेल कम्पनी स्वस्थ हु“दैन भन्ने सबैलाई थाहा थियो ।
हरेक पाइलामा उसको अवरोध थियो । छेपारो पनि लजाउनेगरी यो मान्छेले रङ्ग फेरेको, कुरा बदलेको र साथीभाइबिचमा आगो लगाउने प्रयत्न गरेको देख्दा हामी आजित भइसकेका थियौं । जबकि यही मान्छेले सार्वजनिक स्थानमा गरेको आदर्श र नैतिकताको कुरा कुनै नौलो मान्छेले सुन्योभने ऊ जत्तिको आदर्शवान र नैतिकवान मान्छे यो संसारमा अर्को छैनभनेर कुनै पनि नौलोमान्छेले ठोकुवा गर्न किञ्चिन बेर मान्ने थिएन । मलाई आश्चर्य लाग्छ, कुनै मान्छेको दही चिउरे रुप आपैmमा यत्तिविधि नीच, घटिया र असहनीय हुनसक्छ यस अघि मलाई किमार्थ थाहा थिएन ।
साथीहरुको एकताको अगाडि केही नलागेपछि अब उसले कम्पनी छाड्ने भनेर घुक्र्याउन थाल्यो । केही साथीहरुलाई फकाउन थाल्यो । केही साथीहरुलाई धम्क्याउन पनि थालेछ । कसैलाई चाहिं कम्पनीको अध्यक्ष कुनै पनि हालतमा म नै हुनुपर्छ है भनेर साथीहरुको घर घरुमा पुगेर अनुरोध गर्न पनि उसले ब“ाकी राखेन । आप्mनो शेयरको बिक्रीका लागि उसले लेखेको निवेदन प्रहरी प्रशासन र राजनैतिक दलसमक्ष पुग्ने स्थिति आयो । बाहिर बाहिर कम्पनी छाड्ने भनेर धाकधक्कू लाए पनि वास्तवमै उसलाई यो कम्पनी छाड्ने मन पटक्कै थिएन । त्यो हामी सबैले नबुझेको होइन । तर साथीहरुमाझ ऊ आप्mनो आदर्शवान छवि देखाएर भित्रभित्रै आप्mनो कपटता र धूत्र्याइ“मार्पmत् श्वार्थरुपी आप्mनो दूनो सोभ्mयाउन चाहन्थ्यो । उसको यही प्रबृत्तिसंग हाम्रो चर्को असहमति थियो । त्यसैले हामी सबैले अ“ाट ग¥यौं । एउटा चोरको हातमा चाबी थमाइदिए बापत कम्पनी घाटामा पुगेको घात र आघातलाई सह“दै घाटा कटाएर उसको रकम हामीले एकमुष्ठ भुक्तानी दिने निधो ग¥यौं । तैपनि उसले नाटक रचिरह्यो, हामीलाई छक्याइरह्यो । कहिले् पैसा मेरै घरमा बुभ्mछु भनेर त कहिले म पैसा सोमबार बुभ्mिदन भनेर त कहिले यो बार र त्यो बार बुभ्mिदन भनेर । आपूmमाथि साथीहरुको अलिकति पनि विश्वास नभएको र अब कम्पनीमा बस्नसक्ने स्थिति नदेखेपछि उसले कम्पनी घाटामा गएको छैनभनेर साथीहरुलाई भड्काउने प्रयत्न सुरु ग¥यो । उसको यो नय“ा नाटकमा पनि साथीहरुले बोल्न नसकेको देख्दा साथीहरुसंग मलाई रिस होइन दया लाग्न थाल्यो । यी निरीह प्राणीहरु द्ेखेर ।
अन्ततः नर्कटनारायणले जेजति रकम आपूmले पाउनुपर्ने भनेर माग रोखेको थियो । हामीले त्यसैमा सहमति ग¥यौं । नाटकबाज नर्कटनारायणका सामु“ अब अर्को कुनै विकल्प रहेन । त्यसैले सम्झौतामा हस्ताक्षर गर्न आउ“दा पनि उसका अ“ाखा आश्चर्यले बिस्फारित नै देखिन्थे । पक्कै पनि उसले सोचेको थियो होला, यिनीहरुले मेरो पैसा फिर्ता गर्न सक्ने छैनन् । म पे्mरि अध्यक्ष भएर कम्पनीमा ढलीमली गर्नेछु भनेर । तर हाम्रो एकताले उसले देखेका सबै सपना तुहिन बाध्य भए ।
आपूmले पाउनुपर्ने रकमको बापतको चेक बोकेर लोपे्र कान लाएर लुरुलुरु हिंडिरहेको नर्कटनारायणलाई मैले नियालेर हेरिरहें । मलाई लाग्यो जत्ति गरे पनि आप्mनो कपट, धूत्र्याइ“, श्वार्थ, छल र षडयन्त्रगर्ने प्रवृत्तिबाट यो मान्छे जिन्दगीभरि मुक्त हुने छैन । तर हाम्रो एकताले एउटा असम्भव भनेको कार्य सम्भव भएको थियो । हो कि हैन त , नर्कटनारायणजी ?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु