बादलपारिको देशमा

- प्रभा बराल

दिउँसो १ बजेको थाइ एयरवेजको टिकट थियो ।
हामी सबै जहाजभित्र पस्यौ । बाहिरबाट बिदा गर्न आएका आफन्तजन हामीलाई छाडेर आ–आफ्ना घर फर्किए । म र छोराछोरी मात्र रहयौ । जापानमा मास्टर्स तहको छात्रवृत्ति पाएर नेपालको भूकम्पसम्बन्धी काम गर्ने संस्था एन सेटमा काम गर्ने नारायण मरासिनी भन्ने इन्जिनियर भाइ र श्वेता सिजापति भन्ने इन्जिनियर बहिनी हामीसँगै जान लागेका थिए । सबै जना भित्र भेट्ने भन्ने सल्लाह थियो । उपयुक्त समयमा नै हामी सबैजना भेटियौ र सम्पूर्ण अध्यागमनको प्रक्रिया पार गरेर प्रतीक्षालयमा बस्यौ । प्रतीक्षालयमा जानुअघि, अध्यागमनका एक जना अधिकृतको कार्यशैली देखेर म आश्चर्यचकित भएँ । प्रस्थान फर्म भरेर जब म उनको अगाडि पुगँे, उनी मजाले फोनमा गफिइरहेका थिए । करिब दश मिनेटसम्म पर्खदा पनि फोन राख्ने सुरसार नै छैन । यति संवेदनशील निकायमा काम गर्ने कर्मचारीले पनि छोटो कुरा गर्नु पर्नेमा व्यक्तिगत काममा अल्झिएको देख्दा वैराग्य लागेर आयो । धन्न यो लाइन नेपालीको मात्र रहेछ । विदेशीलाई छुट्टै लाइन रहेछ नत्र विदेशीले के सोच्दा हुन् नेपालीको कार्यशैलीलाई ? जताततै काम गर्ने पारा जथाभावी भएकैले नेपाल अहिलेसम्म विकासमा पछि परेको भनेर उनीहरूले पक्कै सोच्दा हुन् ।
बल्ल बल्ल १० मिनेटपछि उनले फोन राखे र मतिर फर्किएर, ‘जापान किन के का लागि जाँदै हुनुहुन्छ ?’ भनेर अनावश्यक प्रश्न सोधे जुन प्रश्न सोधाइमा कर्तव्यपालना भन्दा पनि अरूको कुरामाथि अनावश्यक चासो राखेको देखिन्थ्यो । जुन ठाउँमा गयो, उसैको बोलवाला त्यहाँ भइ नै हाल्छ । यो हाम्रो नेपालको जीर्ण रोग हँुदै हो भन्ने लाग्यो । उनीसँग रुष्ट भएर केही बोली हाल्न पनि मन लागेन । केही गुनासो नगरी सबै प्रक्रिया पु–याएर प्रतीक्षालयमा गएर बसेँ । धन्न प्रतीक्षालयमा यात्रुका लागि जारमा खाने पानीको व्यवस्था र सफा शौचालयको प्रबन्ध रहेछ । नत्र विदेशीहरूका अगाडि कति असभ्यताको पराकाष्ठा सहनु पर्ने हो आफ्नै देशमा पनि ।
‘लथालिङ्गे देशको भताभुङ्गे चाला’
सम्झि ल्याउँदा मन भने अमिलो भइरहयो ।
एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि चुस्त र विदेशी स्तरको नबनाउनुमा दुःख मनाउ गर्ने थुप्रै ठाउँहरू थिए । ‘विदेशी दातृ निकायले सहयोग ओइराएका ओइराइ छन् । ऋण सहयोग पनि उत्तिकै आइरहेको छ । तर पनि बालुवामा पानी हाले जस्तो’ कुनै क्षेत्रमा पनि चित्त बुझदो अवस्था नदेख्दा हाम्रो देशमा के गर्दा राम्रो हुन्छ र कसले राष्ट्रको नेतृत्व लिदाँ देशले निकास पाउँछ भनेर चिन्तित बन्न मन लाग्छ । केही आशा गरेका नेताहरूले केही गर्छन कि भनेर निकै आशावादी पनि भइयो तर ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भनेजस्तै जो घुम्ने कुर्चीमा बसे पनि देश विकासका कुरामा त अन्धो भइहाल्दा रहेछन ।
न प्राकृतिक स्रोतको कमी
न पैसाको कमी
न जनशक्तिको कमी
मात्र कमी इच्छाशक्त्तिको लाग्छ । अल्छी र निष्किृय भएर दिन बिताउन पाउँदा हामीलाई आनन्द लाग्छ । अरूको कुरा काट्ने, चियो चर्चो गर्ने अनि आत्मरतिमा रमाउने हाम्रो स्वभावले हामीलाई नै पछाडि धकेलिइरहेको छ । युग हाँक्ने युग नायकको कमी देखिन्छ यहाँ र त्यो कहिले जन्मन्छ होला हामी सबै त्यसकै प्रतीक्षामा छौ । तर समय भने निकै घर्किसक्यो । स्वर्गको आगो चोरेर पृथ्वीमा फाली मानवबस्ती बसाउने प्रमिथसजस्तै युगनायकको खाँचो छ यहाँ । तर ती प्रमिथस कहिले कुन भेषमा आउँछन् ? सबैलाई मात्र प्रमिथसको व्यग्र प्रतीक्षा छ ।
आँखै अगाडि लम्पसार परेको विमान देखियो ।
यति नजिकबाट त कहाँ देखिएको थियो र ?
मन जहाजभित्र नछिर्दै खुसीले उचालियो । अब यस्ता खुसी कति मिल्ने हुन् बल्ल त यात्राआरम्भ हुँदै छ । पृथ्वीको एउटा कोल्टोबाट अर्को कोल्टोमा जाँदै छौँ । अहिलेसम्म घर र माइतीबाहेक कहाँ टाढा जान सकिएको थियो र ? यो त अन्तर्राष्ट्रिय भ्रमण पनि पहिलो । जीवनका दौरानमा अरू राष्ट्र घुम्न पाइयो भने पनि यो जत्तिको रोचक र स्मरणीय त अरू कुन होला र ? जीवनका हरेक प्रथम कुराहरू अविस्मरणीय हुन्छन । मनभित्र जिज्ञासाका कर्यौ पत्रहरू चाङ लागेर बसेका छन् । यी सबै पत्रहरूमा अनुभवका चित्रहरू कोर्नु छ र ती चित्रहरूलाई जीवनरूपी भित्ताहरूमा सजाउनु छ ।
निश्चित समयमा जेट विमानमा छिरियो । पोखरा–काठमाडौँको डोमेस्टिक जहाजमा चढे पनि अन्तर्राष्ट्रिय यात्रा गर्न पाउँदाको खुसी अव्यक्त थियो । विमान परिचारिकाको कृत्रिम मुस्कान नै सही, खुसीका पलहरूले मन उडाएको बेला यी कुराहरू पनि विशेष लाग्दा रहेछन् । आआफ्ना सिट खोजियो । छोरा छोरी र मेरो लहरै सिट रहेछ । विमानभित्र पनि व्यापारी धनीमानीले चढ्ने क्लास ए, बी सेक्सन हुँदो रहेछ । हँुदै हामी सर्वसाधारणले चढ्ने त जहाजको पुछारपट्टि इकोनमी समूह भन्ने पो हुँदो रहेछ । पछाडिबाट अगाडि हेर्दा त ठूलो आमसभा हेरे जस्तो लाग्यो मलाई । दुई, तीन सय अटाउने जेट विमानको आकाशे यात्रा विज्ञानले ल्याएको विशाल चमत्कार थियो । चरा उड्ने आकाशमा मानिस चरा बन्नु पक्कै पनि चानचुने कुरा होइन । नौ वर्षे छोरो डराउँला कि भनेको त झन् रमाएर जहाज माथि माथि पुग्दा पनि नकहालिइ रमाइरह्यो । विमान कोल्टिएर गति लिदाँ भने मेरो आङ सिरिङ्ग हुन्थ्यो ।
जहाजभित्र पुगेपछि आफन्त मान्छे पो भेटिए ।
भाउजू ! नमस्ते भन्दै आपूmहरू मेरो श्रीमान्को साथी रहेको बताए । भाइ नारायण मरासिनी पुल्चोक इन्जिनियरिङ कलेज पढ्ेका र मेरो श्रीमान्जी पनि त्यही पढ्नु भएकोले नारायण भाइले नै परिचयको क्रमलाई जोडेका रहेछन् । उहाँहरू सिंगापुर जाँदै हुनुहुँदो रहेछ । जिन्दगीमा एक पटक पनि नदेखेका मान्छेसँग जेटविमानमा परिचय गर्न पाउँदा रमाइलै अनुभूति भयो ।
हिँडने भनेपछि घरमा भोक पनि लागेको थिएन । खुसी नै खुसीको क्षणमा त मान्छेले खान पनि बिर्सने रहेछ कि जस्तो लाग्यो । जहाजमा बसेपछि भने बल्ल भोक लागेको अनुभूति भयो । साइतमा सासुआमाले दिनुभएको स्याउ हाते झोलामा हालेकी थिएँ । झिकेर खान थाल्यौ । सिटबेल्ट बाँधिवरि जीवनकै नौलो क्षणलाई आत्मसात गर्दै रमाइरहेकी थिएँ । जुस र हलुका नास्ता बाँडदै विमान परिचारिकाहरू आउन थाले । आपूmलाई मन पर्ने जुस र केही खाजा खाएपछि थोरै भए पनि राहतको महसुस भयो । अबको तीन घण्टा मसँग फुर्सद नै फुर्सद नै थियो । पढ्नका लागि झमक घिमिरेको ‘जीवन पूmल कि काँडा’, म्याक्सिम गोर्कीको ‘आमा’ र शिव खेराको ‘यु क्यान विन’ बोकेकी थिएँ । तर बादलमाथिको उन्मुक्त आकाश विचरण गर्न छाडेर कसले पढ्छ यतिबेला । झोलाबाट ती किताब झिक्ने जाँगर पटक्कै लागेन । बरु अनन्त आकाशबाट तल धर्तीमा हेर्दै कल्पनामा डुब्न मन लाग्यो । अतीतका घटनाक्रमहरूलाई आँखाभरि सजाएर भित्र भित्रै रम्न मन लाग्यो ।
पढ्नमा सधै अब्बल मेरो श्रीमान्जीले जब जापानमा विद्यावारिधिका लागि छात्रवृत्ति पाउनु भयो । त्यो छात्रवृत्ति उहाँले नपाएर मैले नै पाएको अनुभूति गरेँ । अब एउटा विकसित देश जीवनमा पक्कै घुम्ने भइयो भन्ने सोचाइले फुरुङ्ग भएँ । हुन पनि गरिब देशका हामी गरिब जनतालाई सधैँ दाल भातकै चिन्ता छ । कसरी आफ्नो दैनिकी चलाऊँ भन्ने छ । यस्तो अवस्थामा देश विदेश घुम्नु र रमाइलो गर्नु भनेको टाढाको कुरा हुन जान्छ । भिजिट भिसामा घुम्न कि ठूलै सरकारी कर्मचारी, नेता वा सफल व्यापारी भएर प्रशस्त पैसा कमाउन सक्नु प–यो या पैत्रिक सम्पत्तिको आड त हुनै प–यो ।
झयाल्तिर बसेको छोरालाई मैले कोट्याउँदै भनेँ, ‘खै बाबु ! एकछिन तलको दृश्य हेरौँ, कस्तो देखिन्छ यहाँबाट ?’
‘ल हुन्छ मामु ।’ छोरो अलि वर स–यो ।
आमै ! घर त साना साना सलाईका बट्टाजस्ता पो देखिन्छन् बा । उज्यालो भएकोले होला डाँडापाखा, पर्वत, सलाईका बट्टाजस्ता साना साना घरहरू आँखाले नियाल्दै गएँ ।
मनभित्र भने सोचाइका अनेक पानाहरू पल्टिदै गइरहेका थिए ।
सामान्य अवस्थामा हामीले विभिन्न मुलुक घुम्ने कुरा असम्भव नै हुने गर्छ । भ्रमणप्रति सारै नै सौखिन छौ भने भूपरिवेष्ठित देशको नागरिकको हैसियतले समुन्द«सम्म देख्न जाऊँ न त भनेर भारतसम्म जान सक्छौ । हुन त आजभोलि डेढ दुई लाखमा विभिन्न संस्थाहरूले मलेसिया, सिङ्गापुर, थाइल्याण्ड, भारत आदि देशहरू घुमाउने प्याकेज पनि आएको छ । घुम्नु एकदम आवश्यक कुरा हो । यसका लागि समय निकाल्नै पर्छ भन्ने चेतना अहिले बिस्तारै फैँलदो छ । मानिसको सोचको स्तर पनि वृद्धि हँुदै छ । छोराछोरी आफ्नै धुनमा थिए । म पनि आफ्नै सुरमा अतीतावलोकनमा थिएँ ।
‘भाउजू यात्रामा सके जति रमाउनु होला है ? अनि आँचल आयामलाई कस्तो लाग्दै छ ?’
हाम्रो सिटभन्दा अगाडि बसेका नारायण भाइ र श्वेता बहिनी हाम्रो ख्याल राख्दै थिए ।
हामी मुसुक्क हाँस्दै उनीहरूको सदाशयतालाई स्वीकार गरिरहेका थियौ ।

जे भए पनि अब एउटा विकसित मुलुकको भ्रमण गर्न चाहिँ पाउने भएँ । ट्रान्जिटको रूपमा अरू एक, दुई राष्ट्रमा पनि खुट्टा टेक्न पाइने भयो भनेर मन प्रफुल्लित भयो र जापान जाने सपना देख्न थालेँ । हुन त श्रीमान्सँगै सबै परिवार पनि जान पाइन्थ्यो तर पचहत्तर वर्षको हाराहारीमा पुग्नु भएकी वृद्ध सासु, एस.एल.सीको सम्मुख आएकी छोरी र पढाइको आधारशिला तयार हुने कक्षा चारमा पढ्दै गरेको छोरोको पढाइ छुटाएर सपरिवार जापान जान बुद्धिमानी लागेन । फेरि दुःखजिलो गरेर राजधानीमा घर ठड्याएका थियौ । त्यो घर पनि अरूको भरमा जिम्मा लगाएर छाड्न पनि मन लागेन । जापान गएर पैसा कमाउनु मात्रै ठूलो कुरा होइन । पारिवारिक माहोललाई सन्तुलित बनाउन सक्नु ठूलो कुरा हो भन्ने लाग्यो ।
जापानमा भाषाको अत्यन्त समस्या हुन्छ । विद्यालयमा पनि जापानी भाषामा नै पढाइ हुन्छ भने पछि छोराछोरीलाई न यताको न उताको पार्ने पढाइ बिगार्नु हुँदैन भन्ने ठहर पारिवारिक अदालतले ग–यो । अनि हामी एक पटक घुम्न मात्र जाने, उहाँ नै तीन वर्षसम्म एक्लै बस्नु पर्ने भन्ने कुराको सल्लाह भयो । त्यही अनुरूप त्रिभुवन विमानस्थलमा हामीले उहाँलाई मात्रै बिदाइ ग–यौ ।
‘मामु चकलेट..’ छोराले मेरो झोला तान्यो ।
मैले झोला नै उसलाई सुम्पिएँ ।
जापान पुगेपछि उहाँले फेसबुकमा अपलोड गरेका फोटोहरू, कम्प्युटरमा छोराले गेम खेल्दा देखिनेजस्ता सुन्दर र चिल्ला सडकहरू, त्यहाँको समुन्द«, ठूला ठूला घर आदि देख्दा जापान अहिल्यै जाऊँ भन्ने हुटहुटीले छुन थाल्थ्यो । विश्वको सबैभन्दा सुदूर पूर्वमा रहेको जापान शब्दसँग सानैदेखि अभ्यस्त थिएँ । साझा एशियन मुलुकको नाता मात्र नभए्र नेपालमा जापानीज गाडी, मोटरसाइकल तथा अन्य इलेक्ट्रोनिक सामानले जापानी सामान भन्ने प्रभाव पहिल्यै परेको थियो । झन् हिरोहोन्डा भन्ने मोटरसाइकलको नाम त मोटरसाइकल देखेबाट नै थाहा पाएकी थिएँ । ‘हिरोहोन्डा’ र ‘होन्डा’ मोटरसाइकल अनि विभिन्न नामका गाडीले जापान असाध्यै धनी देश हो भन्ने प्रभाव परेको थियो ।
‘मामु ! ल म्युजिक सुन्नु है...’ छोरीले जबरजस्ती कानमा इयरफोन घुसाइदिई ।
‘म अहिले अर्कै सोचाइमा छु । तिमी नै सुन ।’ यति भन्दै इयरफोन उसकै कानमा लगाइदिएँ ।
‘मामु ! हेर्नुस न अगाडि टि.भी.मा कस्तो खतरा फिल्म आइरहेको छ ।’ छोराले भन्यो ।
‘तिमीलाई यहाँ पनि टि.भी.कै ध्याउन्न छ है ? झयाल्तिर बसेका छौ । बाहिर हेरेर इन्जोय गर न उज्यालो छउन्जेल । टि. भी. त घरमै हेरिरा हो नि ?’
‘ल हामी कहाँ आइपुग्यौ भन त ?’ मैले उसलाई जिस्काएँ ?
‘के थाहा नि आकाशमा साइनबोर्ड हुँदैन ।’
छोराको कुराले नारायण भाइ र श्वेता बहिनी पनि हाँसे । मैले जति भने पनि उसका आँखा टि.भीतिरै थिए । आजभोलिका बच्चाको टि.भी. मोह कसले हटाउन सक्नु ? छोरी भने सङ्गीतको तालमा डुबीरहेकी थिई ।
म फेरि आफ्नै धुनमा हराउन थालेँ ।
बाल्यकालको एउटा स्मृतिले पनि मलाई ‘जापान’ शब्द अमिट भावले सम्झिन मदत गरिरहेको थियो । म सानै छँदा बुबाले जापानी रेडियो किनेर ल्याउनु भएको थियो । त्यतिबेला वि.सं २०४०÷४१ सालतिर होला कसैको घरमा रेडियो छ भन्नु पनि सम्पन्नताको प्रतीक मानिन्थ्यो । हाम्रो घरमा त्यसरी रेडियो भित्रिँदा पनि खुसीले दंग परेका थियौ हामी । पाण्डव सुनुवारको ‘चौतारी’ कार्यक्रम खुब लोकप्रिय थियो त्यतिबेला । रेडियोमा शनिबार दिउँसो १ः३० बजे आउने रेडियो नाटक पनि कुरेर नै बस्थ्यौ हामी । बूढापाका मान्छेसमेत यो रेडियोभित्र मान्छे कसरी पस्छन् र बोल्छन् भनेर जिज्ञासा प्रकट गर्दथे । मलाई पनि त्यो उत्सुकताले निकै छोएको थियो ।
यसै बीच घरको दलिनमा झुन्डाएर बजाउने त्यो रेडियोभित्र बोल्ने साना मान्छे कस्ता हुन्छन होला भनेर हेर्ने लालसामा रेडियो छँुदा मैले कतिपटक बज्दा बज्दैको रेडियोलाई पिँढीमा झारेकी थिएँ । यसो गर्दा जतिपटक रेडियो झथ्र्यो उति नै पटक सिमेन्टमा बजारिएको हुन्थ्यो र बजारिदाँ पनि रेडियो बजेको बजै हुन्थ्यो । म रेडियो बज्न छाड्यो अब गाली खाइन्छ कि भनेर काली र निली भएकी हुन्थे तर रेडियो बजेको बजै सुन्दा मेरो डर क्षण भरमै हराएर जान्थ्यो । त्यतिबेला आमाले भन्नुहुन्थ्यो, ‘चानचुने रेडियो भएको भए त चकनाचुर नै भैसक्थ्यो नि ! यो त जापानी रेडियो पो त, सजिलै कहाँ बिग्रन्छ र ।’ हो त है, यो त जापानी रेडियो पो त चानचुने हो र ? कति बलियो हुने होला है ? अरू देशमा यस्तो बलियो रेडियो किन नबनेको होला भन्ने प्रश्नले मन हुटहुटी बनाउँथ्यो ।
एउटा बालकका मनमा जे जति जिज्ञासा जन्मन्छन् मलाई पनि त्यस्तै भएको थियो त्यस बेला । त्यहाँदेखि नै जापान भन्ने देश कस्तो होला भन्ने जिज्ञासा मनभरि पलाउँथ्यो । त्यस देशमा पाइला हाल्ने कुरा त कल्पना गर्न पनि सकेकी थिइनँ । बरू यस्तो देशमा जानेहरू चाहिँ अग्घोरै भाग्यमानी हुन्थे कि भन्ने पनि लाग्थ्यो र रेडियो तथा समाचार पत्रमा जापानका प्रसिद्ध समाचार आउँदा पनि कान ठाडा पारेर बस्ने गर्थे ।
सर्वप्रथम सूर्य उदाउने देश
समुन्द« नै समुन्द«को देश
टापु नै टापुले जोडिएको देश
छिन छिनमा भुँइचालो गइरहने देश
कमिलाझै मिहिनेती नागरिक बस्ने देश
हिरोसिमा र नागासाकीको देश
बिदाइको बेला सायोनारा भन्ने देश ।
यस्तै यस्तै खालका अनेक किंवदन्तीभित्र जापानलाई निरीक्षण गरिरहेकी थिएँ, छिन छिनमा भूकम्प गइरहने हुनाले कतिपय अवस्थामा त जापानीहरूले नै थाहा पाउँदैनन् भन्ने कुरा किताबमा लेखिएको थियो । शायद जीवनमा एकपल्ट पाइला टेकिन्छ भन्ने लेखान्तले हो वा के ले हो म जापानी र जापान शब्दसँग घनिष्ट हुँदै गइरहेकी थिएँ ।
मामु ! म ट्वाइलेट जान्छु है ? छोराले भन्यो ।
ल म पनि जान्छु तिमीसँगै ? कहाँ छ म खोजीदिन्छु ।
‘बाबु ! भित्रबाट चुकुल नलगाऊ है म यही छु ।’
‘कहाँ हुन्छ माा, लाज हुन्छ, म त लाउँछु ।’
उसले आफ्नो जिद्धी छोडेन । पछि चुकुल खोल्न धेरै बेर लगायो । धन्न कसो कसो ढोका खोल्यो । हामी आमा–छोराको क्रियाकलापलाई छेउमै बसेर विमानपरिचारिका हेरिरहेकी थिइन् । उडिरहेको जहाजभित्र ठमठमती हिँडदै हामी आफ्ना सिटमा बस्यौ । छोरी अघिदेखि सङ्गीतमा डुबिरहेकी थिई ।
म अतीतकै घटनाक्रमबाट उत्रिसकेकी थिइनँ । फेरि डुब्न थालेँ ।
एसियन मुलुक भइकन पनि जापान अमेरिका जस्तै विकसित छ र कुनै बेला विश्वको शक्तिशाली राष्ट्रमा दरिएको कुरा किताबमा पढ्न पाउँदा जापानप्रति अझै नजिकिँदो रूपमा अध्ययनशील बन्न पुगेँ । हिरोसिमा र नागासाकी जस्ता ठूला शहरमा अमेरिकाले बम खसाल्दा जापानहरूले त्यत्रो ठूलो चोटलाई पनि कसरी सहन् गरे होलान् भन्ने कुराले पनि सुन्ने बखत मन कुड्याइरहे झै भयो । अब समग्र यी दृश्यलाई प्रत्यक्ष आँखाले नियाल्दै छु भन्ने थाहा पाए पछि जापान पुग्ने व्यग्रता नहुने त कुरै भएन । म जापान जाने दिन औला भाँच्दै गन्न थालेँ ।
श्रीमान्जीले पनि आपूm जापान आएको केही समयमै परिवारले भिजिट गरे भने युनिभर्सिटी कहाँ छ ? अर्पाटमेन्ट कहाँ छ ? कस्तो परिवेश छ ? के के खान पाइन्छ भन्ने खालका दुविधाहरूको छिट्टै अन्त्य हुनेछ । फोनमा यी कुराहरूको प्रसङ्ग निकाल्नु पर्ने छैन भन्नु भएकोले हामी तीन जना (छोरा, छोरी र म) ले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट विभिन्न झमेलाहरू पार गरेर एम आर पि बनाएका थियौ । वृद्ध सासुआमाले, ‘म मर्ने बेलामा त्यति टाढाको देश हेर्न किन जानुप–यो । म घर कुरेर बस्छु ।’ भन्नुभयो ।
उहाँले त्यसो भनेपछि उहाँको राहदानी भने हामीले बनाएनौ । आपूmहरू मात्र गए मलाई जाऊँ पनि भनेनन् भन्नु होला भन्ने हिसाबले उहाँलाई हामीले राम्रैसँग कर गरेका थियौ तर पटक्कै मान्नु भएन ।
जेटविमानको अनुभव नलिएका हामीलाई जेटविमान चढ्न पाउनु नै आश्चर्यजनक सुखद अनुभूति थियो । अरू बेला भाइ, बहिनीलाई बेलायत, अमेरिका जाँदा बिदाइ गरेपछि उनीहरू भित्र पस्थे हामी लुरुक्क परेर घर फर्कन्थ्यौ । सामान बोकेर भित्र गइसकेपछि त्यहाँ भित्रको ठाउँ कस्तो होला ? त्यहाँ के कस्तो प्रक्रिया अपनाउनु पर्ला भन्ने जिज्ञासाले मन उत्साहित भइरहन्थ्यो । लगेज गुडाउँदै अन्तर्राष्ट्रिय उडान गर्न पाउने भाग्य छ कि छैन भन्ने लाग्दथ्यो, तर आज त्यो दिन आएको थियो । जसको प्रतीक्षामा बस्न धेरै थरिको संयोग जुर्नु परेको थियो । एम आर पि बनाउनु, जापानबाट डकुमेन्ट पठाउनु, जापनीज एम्बेसीबाट भिसा पाउनु, टिकेटिङको काम मिलाउनु, अफिसमा बिदा मिलाउनु यावत् झमेलाहरू पार लगाएर बल्ल आज बादलपारिको देश जाने अवसर मिलेको थियो । बाहिरबाट हेर्दा भित्र के होला भन्ने वर्षौदेखिको जिज्ञासा पनि मेटिदै थियो ।
शरद ऋतुको स्वच्छ नीलो आकाश नाघेर हामी त माथि धेरै माथि पो पुगेछौ । कुन देशको आकाशमा आइयो केही थाहा पाउन पनि सकिएन । जहाजको झयालबाट तल हेर्दा असाध्यै मिलाएर राखिएका सेता कपासका कुन्यू जस्ता पो देखिए । बादलको दुनियाँभन्दा त धेरै माथि पो उडिँदो रहेछ । जहाज नै दुई लाख बीस हजार भन्दा पनि बढी केजीको तौल हुन्छ भन्ने सुनेकी थिएँ । यति गह्रौ जहाजलाई पनि यति उचाइको आकाशमा सजिलै उडाउँछन् त पाइलटहरू । हो मान्नै पर्छ । यी कुशल चालकलाई । उनीहरूप्रति मनले निकै पटक सलाम ग–यो । विदेशबाट आफ्ना आफन्त आउँदा पूmलका बुकेहरू बोकेर उनीहरूलाई स्वागतार्थ लिन जान अति आवश्यक लाग्यो मलाई । किनभने यति उचाइको यात्रा गरेर, सात समन्द« पार गरेर सकुशल एयरर्पोटमा अवतरण हुनु ठूलो भाग्यको कुरा लाग्यो । वास्तवमै हवाई यात्रा निकै जोखिमपूर्ण लाग्यो मलाई । हुन त जिन्दगीको जोखिमपन कहाँ छैन र ? पल पलमा खतरा छ । जिउन जानिएन भने जीवनका हरेक पलहरू बेस्वादिला छन् । तैपनि हवाईयात्रा भने निकै संवेदनशील विषय हो । लामो यात्रालाई सफलतापूर्वक अवतरण गरुन् भनेर नै फूलका बुकेहरू लिएर आफन्तहरू स्वागत र बिदाइमा उभिने रहेछन् । यो आवश्यक पनि रहेछ ।
म त आफ्नै धुनमा हराएछु ।
जहाज आफ्नै गतिमा उडिरहेको थियो ।
छोराछोरी निकै खुसीको मुद«ामा आपूmलाई प्रस्तुत गरिरहेका थिए । प्रेमपूर्वक उनीहरूको कपाल मुसार्दै भनेँ, ‘यति सानै उमेरमा अन्तर्राष्ट्रिय उडान गर्न र विदेशको आँगनमा पाइला टेक्नु पाउनु तिमीहरू खूब भाग्यमानी रहेछौ बुझयौ ?’ ‘हो मामु ! हामी साह्रै लक्की हौँ । हजुरहरूलाई धेरै धन्यवाद छ ।’ छोरीले औपचारिकता पूरा गरी ।
‘यो धन्यवाद मलाई होइन तिम्रो बाबालाई दिनू’ मैले भनेँ ।
बाहिर गोधूलि साँझको बेला थियो ।
प्लेन आकाशबाट तल तल हुँदै हुँदै जमिनमा ल्याण्ड गर्न थाल्यो । ठानेँ थाइल्याण्ड आएछ । नभन्दै हो रहेछ । थाइल्याण्डको स्थानीय समयअनुसार बेलुकाको ६ बजेको थियो । ट्रान्जिट र एक्जिट लेखेका दुईवटा साइनबोर्ड थिए । हामीले ट्रान्जिट लेखेको साइनबोर्ड भएतिर आफ्ना पाइला सोझायौँ । पूmलैपूmलले सजिएको सुन्दर र सफा बाटो हाम्रै प्रतीक्षामा उभिएको थियो । माथि तला चढ्ने एलिभेटर मात्र होइन भुँइमै पनि एलिभेटर हिँडिरहेका थिए । आफ्नो हाते झोलालाई त्यसमा राखेर हामी पनि त्यसमै सलल बग्न थाल्यौ । राति एघार बजेसम्मका लागि ट्रान्जिटमा बस्नु थियो । हामीसँग पुरै पाँच घण्टाको समय थियो । बैककको सुवर्णभूमि विमानस्थल अति सुन्दर छ भन्ने सुनिएको मात्र थियो आज साक्षात् आफै त्यहाँ पुगेपछि घुमफिर त मन फुकाएर गर्नै प–यो । फरक भाषा, फरक परिवेश र फरक भूबनोट भएको देशमा आएर नेपाली शब्द सुवर्णभूमि सुन्दा नेपालको यतै कतै छौँ कि भन्ने भान भयो । किन होला यस ठाउँलाई सुवर्णभूमि भनेको ? यो त विशुद्ध नेपाली हिज्जे छ । उत्सुकताको पत्र मनभरि उक्किन थाले ।
लामो लामो बाटो हिँडन यात्रुलाई गाह्रो होला भनेर ग्राउण्ड एलिभेटर राखिएको थियो । प्राकृतिक जस्ता लाग्ने फूलैपूmलका गमलाहरूले मन हरिरहेका थिए । यी लगायत अन्य कुरा पनि हाम्रा लागि नौला नै थिए । किन्न मन नभए पनि ड्युटी फ्रि पसलहरूमा पुगेर विइन्डो सपिङ गर्न थाल्यौ । घुम्दै जाँदा सुनौला मानव मूर्तिहरूले समुन्द« मन्थन गरेको दृश्य देखियो । बैकक जस्तो ठाउँमा पनि हिन्दू धर्ममा उल्लेखित पौराणिक कथालाई जीवन्तता पार्न खोजिएको देख्दा अनौठो अनुभूति भयो । नजिकै गएर फोटो लिन हामीले बिर्सेनौ । असाध्यै सुन्दर थियो यो दृश्य । सायद बैकक एयरर्पोटको शोभा यही दृश्यले पनि थप उजागर गरेको थियो ।
नेपाली संस्कृतिसँग मिल्ने समुन्द« मन्थनको यो अनुपम कला यहाँ कसरी रहन गयो ? कसले स्थापना ग–यो होला यो जीवन्त मूर्ति ? अहिले नै बोल्लान् जस्ता यी मूर्ति अगाडि बसेर अपलक यिनलाई हेर्न थालेँ । बैककजस्तो ठाउँमा नेपाली संस्कृति झल्किने मूर्ति देख्न पाउनु आश्चर्यकै कुरा लाग्यो ।
‘मामु ! हजुर एक्लै यहाँ बसिरहने हो क्या हो, अंकल र श्वेता दिदी पर पुगिसक्नुभयो ।’ छोरीले भनी ।
हो त रहेछ उनीहरू त पर पो पुगेछन् । म सुनै सुनले बनेजस्तो झलमल्ल पहँेलपुरे उज्यालोमा अगाडि बढेँ । जे देखे पनि किनूँजस्तो । हरेक सामान लोभलाग्दा थिए तर खल्ती लोभलाग्दो थिएन । हामी यहाँ त धेरै महंगो रहेछ भन्दै हिँड्यौ । स्यालले अंगुर टिप्न नसकेपछि अमिलो छ भनेजसरी । नामजस्तै सूवर्णभूमि ठाउँ पनि रहेछ । आखिर मानिसले चाहने हो भने यति सुन्दर बनाउन पनि सकिँदो रहेछ ठाउँ ।
हिँडदै जाँदा अगाडि कफी पसल देखियोे ।
कफीको मगमग बास्ना नाकैमा ठोकियो ।
घुम्दा घुम्दा थाकेकाले शरीरमा फुर्ति ल्याउनका लागि एक एक कप खाऊँ न त भनेर अर्डर ग–यौ । कहिल्यै चिया, कफी नखाने छोरीले म पनि खान्छु भनी । कफी आउँदा हामीले भनेजस्तो आएन । मुखमा यसो के हालेका थियौ, तीतो न तीतो रहेछ । मुखमा हाल्नै नसकिने । हामीले आफ्नो स्वाद भन्न जानेनौ कि जस्तो लाग्यो । मिल्क कफी भनेर मात्र हुने रहेनछ । चिनी पनि भन्नु पथ्र्यौ कि ? आफ्नो अज्ञानताप्रति आफैलाई लाज लाग्यो । मुल्य सोधेको चार सय भाट रहेछ । नखाए पनि पैसा त तिर्नै प–यो । तिर्न मन नभई नभई आठ सय भाट चढाउँदा कफी खाएर फुर्तिलो हौला भनेको त सित्तैमा पैसा फाल्दा अनुहार झन् निन्याउरो पो भयो । मेरो छोरोले त चिकेन रोष्ट र अरू कुरा पनि खान्छु भनेको थियो । तर नारायण भाइले यी कुरा त यहाँ निकै महङ्गा हुन्छन खान सकिदैन बाबु भनेपछि ऊ चुप लाग्यो । बुझकी भएकोमा मैले राहतको सास फेरेँ । झोलाबाट एक प्याकेट खजुरीको कुकिज निकालेर दिएँ ।
विचरा ! केही नबोली त्यही टोक्न लाग्यो, मन नलाई नलाई ।
माया पनि लाग्यो एक छिन त ।
सँगै गएकी बहिनीले ल्यापटप ल्याएकी थिइन् । निश्चित समयका लागि फ्रि वाइफाइ पाइने रहेछ । जापान र नेपालतिर मेसेज पठायौ र आराम गर्नका लागि यात्रु बेन्चमा बस्यौ ।

म झोलाबाट डायरी झिकेर केही कोर्न थालेँ ।

तिम्रो म हूँ, म हूँ तिम्रो अरू को नै छ र
लाग्दो हो नि ढुङगालाई नि माटोको नै भर

तिमीलाई घाउ लाग्दा दुख्छ मलाई उस्तै
आखिर हामी होइनौ र नङ मासुजस्तै ?

म एकछिन एकोहोरिएर केही लेखेको देखेपछि, ‘के लेख्नुभएको भाउजू ?’ श्वेता बहिनीले भनिन् ।
‘यसो दाइको यादमा एउटा गीत लेख्दै थिएँ ।’
‘अनि पूरा गर्नु भयो त ? ’
‘छैन ।’
‘ल जति छ त्यति सुनाउनू । बैँककको एयरपोर्टमा आएर गीत सुनाएको ऐतिहासिक पनि हुन्छ ।’
उनको आग्रहलाई मैले टार्न सकिनँ र कागजमा कोरेको कुरा सरसर्ती सुनाएँ । ‘ल भाउजू त छिनमै रच्न सक्ने पो हुनुहँुदो रहेछ । ’
‘यो त सेन्टिमेन्टल जस्तो छ नि’
गीतहरू प्रायः यस्तै त हुन्छन नि ?
‘ल ल भाउजू जापानका कुरा पनि मजाले लेख्नु होला है ?’ उनले भनिन् ।
‘मैले पनि चाहेकी त छु हेरौँ.. ।’
छोरी आफ्नै सुरमा मग्न थिई । तर छोरो सानो भएर हो कि छिन छिनमा कति बज्यो भनेर मात्र सोधिरहन्थ्यो । उसलाई एक मिनेट पनि एक वर्ष जत्तिकै लामो लागिरहेको थियो । हामीलाई देख्न मिल्ने गरी पर परसम्म खुरुरु एक्लै दौडेर जान्थ्यो अनि फेरि तुरुन्त आई घडी सोधिहाल्थ्यो । नौ वर्षको बालकलाई पनि कति सम्झाउनु । ऊ अति नै अधैर्य देखिएको थियो । ‘यस्तै हो भने छोराको चकचकले जापानको घुमाइ पनि बोझिलो बन्ने त होइन मेरो मनको कुनाले बिस्तारै भन्यो ।’
विभिन्न देशबाट आएका मान्छे ट्रान्जिटमा हामी जसरी नै खाली समय बिताउँदै थिए । यताउता हेरे सबैको स्थिति हाम्रैजस्तो थियो । सबैलाई समयको प्रतीक्षामा घडीको सुई हेर्दै थिए । वरिपरिको झिलिमिली भने निकै आकर्षक थियो । अत्यन्त उज्यालो वातावरणले दिउँसो हो कि राति भन्ने छुट्टयाउन सकिदैनथ्यो । समय बित्न कति बेर र थाइ एयरवेजको अफिसको ढोका खुल्यो र हामी कान्साई एयरपोर्टका लागि लामबद्ध भयौ । यतिबेला रातको एघार बज्नै लागेको थियो ।
जहाजभित्र विमानपरिचारिकाहरूले यात्रुहरूलाई हतार हतार खानेकुराहरू बाँडेँ । सायद धेरै अँध्यारो भएकोले होला । त्यसपछि बत्ती निभाएर सुत्नेहरू सुते ।
नेपालभन्दा कयौँ गुना टाढा अर्थात् पाँच हजार एक सय साठी किलोमिटर टाढा बादलपारिको देशमा पुग्न हामी उडिरहेका थियौ । बाहिर निस्पट्ट अँध्यारो भएकोले केही देखिदैनथ्यो । बादलको सतहभन्दा कयौँ गुना बढी माथि आकाशमा उड्दा मनमा अनेक खालका तर्कनाहरू खेलिरहेका थिए । मेरो कौतुक परिधिभित्र जापान गुडिरहेको थियो ।
कस्तो होला जापान ?
कस्तो होला त्यहाँको समाज ?
कस्तो होला त्यहाँको दैनिकी र समग्र परिवेश ?
जापान महिलाहरूले बनाएको देश भन्ने सुनेकी थिएँ । यहाँ ‘जापनीज वाइफ र अमेरिकन लाइफ’ भन्ने भनाइको तादात्मयता पनि के होला भन्ने जिज्ञासाले मनमा डेरा जमाएकै थियो ।
मनभरि उब्जिएका अनेक कुराको तिर्सना मेट्नु थियो । एउटा विकसित राष्ट्रमा अविकसित राष्ट्रकी छोरीले धेरै कुरा सिक्नु र बुझनु थियो । मन घरि यता घरि उता कल्पनाका सोपानहरूमा उडिरहेको थियो । कालो अन्धकारमा चरा जस्तै बनेर हामी कहाँ हो कहाँ उडिरहेका थियौ । अँध्यारो भएकोले होला । यात्रुहरू सबै निदाइरहेका थिए ।
बिहानीपख मात्र विमान परिचारिकाहरूले जहाजभित्र झलमल्ल बत्ती बाले । निदाएकाहरू जुरुक्क उठे तर मेरा आँखा काँचै थिए । मनमा अनेका कुरा खेलेकाले बरु बिहानीपख पो आँखा जोडिन खोज्दै थिए । सायद अब ल्याण्डिङ हुने बेला हँुदै छ कि जस्तो लाग्यो । जहाजको झयाल्बाट सुदुर क्षितिजमा सूर्यको लालीमय दृश्य देखिन थाल्यो । यो बीचमा विमान परिचारिकाहरूले बिहानको ब्रेकफास्ट, कफीहरू ल्याइरहे । मैले कफी मात्रै लिएँ । छोराछोरीहरू मस्त निद«ामा थिए ।
अब भने हामी झर्ने बेला भएछ ।
विशाल समुन्द« देखियो ।
समुन्द«मै ल्याण्डिङ गरे झैँ गरेर जहाज धावनमार्गमा अडियो । यसलाई कान्साई विमानस्थल भन्दा रहेछन् । अध्यागमनमा धेरै प्रश्न गरेर दुःख दिन्छ कि भन्ने लागेको थियो तर त्यस्तो केही पनि भएन । सम्पूर्ण अध्यागमनको काम सकाएर एयरपोर्टको गेटैबाट डोमेस्टिक प्लेन चढ्न ओशाका विमानस्थल पुग्नु थियो । यो बीचमा समुन्द« देखिने रहेछ । जापान टापु नै टापुको देश हो नि आखिर । हेर्दै लोभलाग्दो समुन्द« आँखा अगाडि सलल बगिरहेको थियो । तर मेरो रातभरिको निन्द«ा त यतिबेला पो निस्कन थाल्यो । आरामदायी बसको कमाल हो कि के हो यति सुन्दर वातावरण देख्दा देख्दै पनि मेरा आँखा टालिएजस्तै हुन लागे । व्यवस्थित सहरीकरणको आडैमा समुन्द« आफ्नो पखेटा फिँजाएर सुतेजस्तै देखिएको थियो । म निदाएछु । एक घण्टाको बस यात्रा गरेर त्यहाँ पुगिएको थियो । बाटोको छेउछाउको समुन्द«लाई नै जित्ने निन्द«ासँग मेरो केही लागेन । निदाउन दिए एकछिनसम्म । ‘अब सबै सुटकेश, झोलाहरू निकालौँ भाउजू ।’ भनेपछि पो झल्यास्सँ भएछु । बिउँझिदा त सफा र स्वच्छ वातावरणमा मुसुक्क मुस्कुराइरहेको ओसाका विमानस्थल पो रहेछ ।
स्थानीय विमानस्थल भइकन पनि कति चिटिक्कको रहेछ । अन्तर्राष्ट्रिय विमानस्थल जस्तै भव्य र सभ्य छ । सफा वातावरण त्यसै त्यसै लोभ लाग्ने खालको छ । आफ्नो देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सम्झिएँ र जनताको काममा ध्यान नदिई कार्यालय समयमा लामो फोन गर्ने कर्मचारीलाई पनि सम्झिएँ । मनमनै दुःखी हुनु बाहेक अरू उपाय पनि थिएन त्यसैले आफ्नो चित्त आफै बुझाएँ ।
एक घण्टा जत्तिको डोमेस्टिक प्लेनको यात्रापछि दिउँसो दुई बजे मात्सुयामाको इतामी एयरपोर्टमा पुग्यौ । अघिल्लो दिन दिउँसो नेपाली एक बजे जापानका लागि प्रस्थान गरेका हामी त्यहाँको स्थानीय समय अनुसार दिउँसोको दुई बजे आइपुग्यौ । जहाजबाट हामी झर्दा विशाल मैदानमा चिसो हावा सिरसिर चलिरहेको थियो । एकछिन त यताको अफिसमा सुटकेश ल्याउनै लाग्यो । श्रीमान्जी हामीलाई लिन आइपुग्नु भयो कि भएन ? भन्दै यसो बाहिरतिर आँखा दौडाउँछु तर झयाल् र सीसाको ढोकाले केही देख्दिनँ । एक्लै आउनुहुन्छ कि साथी लिएर आउनु हुन्छ कुन्नि ?
आज गोलाद्र्धको पूर्वी किनारामा आफ्नी प्रिय श्रीमती र छोराछोरीलाई सँगसँगै देख्दा कति रमाउनु होला उहाँ ? सायद जीवनको खुसीको क्षण अन्तर्गत यो पनि अविस्मरणीय बन्ने होला ।
कतिबेला छोराछोरीले बाबा देखिसकेछन् । छोरो त दौडेर गई बाबाको काखमा पो झुन्डिइसकेछ । छोरी रातो फूलको बुके समातेर मुस्कुराईरहेकी थिई । तीन तीन वटा सुटकेश र झोला घिच्याउँदै म पनि बाहिर निस्किएँ । उहाँको साथी दीपकराज भाट पनि आउनु भएको रहेछ । नारायण भाइ र श्वेता बहिनी पनि निस्केपछि हामी सबै एकछिन बाहिर अलमलियौ ।
एउटा ट्याक्सीमा नारायण भाइ, श्वेता बहिनी र दीपकराज भाट बसे । हामीले अर्को ट्याक्सी पक्ड्यिौ । बाटामा देखिएका हरेक गतिविधि नौलो लागिरहेको थियो । यहाँका नौला घर, नौला बस्ती र नौला बाटाहरूले अपरिमित आनन्द दिइरहेका थिए । एउटा पृथक देशको, पृथक ठाउँको, पृथक परिवेशमा पुग्न पाउँदा आफैलाई भाग्यमानी महसुस गरिरहेकी थिएँ । करिब बीस मिनेट यात्रा गरेपछि हामी बस्ने घर यही हो भनेर उहाँले ट्याक्सी रोक्नु भयो । सिमेन्ट रङको दुईतले चिटिक्कको घर थियो । त्यस्तै घर भएका थुप्रै घरहरू वरिपरि थिए । हाम्रो फ्ल्याट भुइँतलामा नै रहेछ । भित्र छिर्दा कत्ति बिरानो अनुभव भएन । आनन्द अनुभूति भयो । मानौँ घरबाट छोरी माइत आइरहेकी छे ।
आरामले हात–मुख धोएर बस्यौ । सँगै जोडिएको भान्छाबाट मासुको मीठो बास्ना आइरहेको थियो । ‘भोक लाग्यो होला पहिले खाजा खाऊ हुन्न ?’ उहाँले भन्नुभयो । नेपालको कोसेली झिक्नु अघि आफ्नै हातले बनाएको खाजा खुवाउन थाल्नुभयो । हत्तपत्त माइक्रो ओभनमा उहाँले एकछिन अघि पकाएर छोपछाप पारेको बोनलेस चिकेन तताउनु भयो र प्लेटमा हाल्दै राइसकुकरबाट राइस झिक्न थाल्नुभयो । नेपालमा कहिल्यै भान्छाको काम नगरेको मान्छेले यसो गरिरहँदा म अचम्म मानेर उहाँलाई हेरिरहेकी थिएँ । पालैपालो उहाँले हामीलाई प्लेट थमाउनुभयो र आफू पनि खान बस्नु भयो । यहाँको भात त पोखरामा पुस पन्ध«मा खाने लट्टेको चामल जस्तो च्यापच्याप लाग्ने पो हुँदो रहेछ । त्यसैले टाँसिएको यो भात खान जापनीजले चपस्टिकको प्रयोग गर्ने रहेछन् । निकै मीठो थियो खाना । ‘भोक मीठो हो कि भोजन’ मैले उहाँलाई जिस्काएँ । ‘भोकै मीठो होला नि ।’ उहाँले हाँस्दै भन्नुभयो ।
मनभित्र गथासाका पत्र अनगिन्ती भएपनि बिस्तारै फुकाउँदै जाउँला भन्ने सोचेँ । अधिक थकाइ लागेको थियो । आराम गर्नपट्टि लागेँ । मन भन्दै थियो । अब जापानका हरेक कण कणमा अविदित सौन्दर्यका गीतहरू गाउँदै हरेक उच्छ«वासहरू अविस्मरणीय बनाउनु छ । आँखामा सजिएका रहष्यका पोकाहरू एक एक गरी खोल्नु छ र जीवनलाई सपनाहरूको अन्वितिमा रुपान्तरण गर्नु छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु