गजल

- डिल्लीप्रसाद अधिकारी

यो रमाइलो बेला स्विकारौं न एकछिन्
मायाका मीठा बात मारौं न एकछिन्

कस्तो सुमधुर छ यो रात
केही राम्रो गर्ने विचारौं न एकछिन्

बेइमान यो दुनियाँलाई भुलेर
रूमानी यो संसार चहारौं न एकछिन्

अादत सबैको अरुकै कुरा गर्ने
यो क्षण हाम्रो मात्र पारौं न एकछिन्

गुनासो र झगडा पनि छन् हाम्रा
अहिलेलाई त्यो टारौं न एकछिन्

अा-अाफ्ना भित्रका अहंकारहरूमा
दुवैजना अहिले हारौं न एकछिन्

चाहन्छ तिमीलाई धेरै अधिकारी
अाकाशका जून-तारा झारौं न एकछिन्

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु