मानक भाषाको प्रतीक्षा

- प्रभा बराल

‘नयाँ शैक्षिक सत्रका लागि कुन प्रकाशकको किताब लगाउने हो बेलैमा सोचौँ है मेडम, पछि किताब पाउन मुस्किल हुन्छ’ सहकर्मी साथीले मेरो मुखतिर पुलुक्क हेर्दै भनिन् तर मेरो मनमा भने नेपाली भाषामा गरिएको वर्णविन्यासको भाँडभैलोरूपी शब्दचित्र नाच्न थाल्यो ।
त्रिविका अनुसार नेपाली भाषाको वर्णविन्यास पुरानै अवस्थाको मान्य हुने समाचार हालसालै पत्रपत्रिकामा पढेकी थिएँ । २०६६ सालमा त्रि.वि अनिवार्य नेपाली विषय समितिका तत्कालीन अध्यक्ष प्रा.डा. हेमाङ्राज अधिकारीले अनिवार्य नेपाली शिक्षण निर्देशिकाको प्रकाशनका क्रममा, विषय समितिमा वर्णविन्यासबारे छलफल नै नगराई निर्णय गरेका र साझा प्रकाशनबाट पुस्तकाकार रूपमा प्रकाशित गरेको शिक्षण निर्देशिकामा उल्लिखित विवादास्पद वर्णविन्यासलाई, त्रिवि केन्द्रीय विभागले विवादास्पद भन्दै खारेज ग¥यो । ‘अब पछिल्ला दिनमा पनि पाठ्यक्रम विकास केन्द्रलगायत अन्य सरोकारवालाहरूको धारणा आउला, हामी आत्तिएर मात्र केही हँुदैन नि’ मैले साथीतिर फर्केर भनेँ ।
‘हँ फेरि परिवर्तन भयो ? कक्षा १ देखि नयाँ पाठ्यक्रम अनुसार पढाइयो फेरि पुरानै वर्णविन्यास सही भन्दै पढाउनु पर्ने भो त ? अब पहिला दुइटै फुल–फूल एउटै लेख भनेर पढाउँदा नबुझेर विद्यार्थी हैरान थिए । संयुक्त वर्णलाई पनि छुट्ट्याएर लेख्न लगाइयो । कति गारो भएको थियो पढाउन । अब फेरि तिनै विद्यार्थीलाई फेरि त्यो होइन यो लेख भनेर पढाउँदा विद्यार्थीको शिक्षकप्रतिको भरोसा नै टुट्ने भो’ उनले भनिन् । उनले भनेका यी कुरा नेपाली भाषा अध्यापन गराउने नेपालभरिका शिक्षकको सामूहिक आवाज लाग्यो ।
यसै सन्दर्भमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा ‘त्रिवि मानक नेपाली भाषा अभियान २०७३ गठन गरी भाषिक अवधारणापत्रसमेत प्रस्तुत गरिसकेको र प्रज्ञा प्रतिष्ठान, शिक्षा मन्त्रालयलगायतमा नेपाली बृहत् शब्दकोश (२०७२), २०६९ को मन्त्रीको परिपत्र खारेजबारे ज्ञापनपत्र बुझाएको र अन्य विरोध कार्यक्रम गरेको कुरा सर्वविदितै छ । विद्यार्थी, शिक्षक र अभिभावकलाई समेत चित्त नबुझेको र हचुवाका भरमा २०६६ सालमा ल्याइएको शिक्षण निर्देशिका त्रिवि केन्द्रीय नेपाली विभागीय प्रमुख देवीप्रसाद गौतमको उपस्थितिमा मिति २०७३ ÷६÷१४ गते बसेको बैठकले विवादास्पद भन्दै यसलाई खारेज गर्दा असन्तुष्ट सबै जना खुसी बनेको अवस्था थियो । २०६६ सालको यो शिक्षण निर्देशिकालाई आधार मान्दै केही परिमार्जित गरी पाठ्यक्रम विकास केन्द्रले २०६९ सालदेखि कक्षा १ देखि नौ सम्मको नेपाली विषयको पाठ्यक्रम क्रमैसँग परिवर्तन गर्दा विद्यार्थी तथा शिक्षक ठूलो मारमा परेको कुरा सबैलाई थाहा नै छ ।
वर्णविन्यासमा आएको परिवर्तनबाट सबैभन्दा प्रत्यक्ष मारमा विद्यालयका विद्यार्थी र शिक्षकहरू नै परेका छन् । हुन त यो नयाँ वर्णविन्यासलाई नेपालका प्रमुख सञ्चार माध्यमले पनि स्वीकार्न सकेका छैनन् । उनीहरूले पुरानै वर्णविन्यासको मान्यतामा रहेर आफनो क्रियाकलाप सञ्चालन गरिरहेका छन् । मन मष्तिस्कबाट स्वीकार्न नसक्ने कुरालाई कसरी व्यवहारमा लागु गर्न सकिन्थ्यो र प्रायः सबैको गुनासो नै यही छ, भाषाजस्तो समयसापेक्ष विषयलाई आधुनिक बनाउँछु भन्दै मनोमानी ढङ्गले परिवर्तन गर्नु कतिसम्मको बुद्धिमानी हो ?
एक दिन एकजना अभिभावक आफ्नी छोरीको गृहकार्य गरिएको कापी लिएर रिसाउँदै छोरी पढ्ने विद्यालय आएर भने, ‘के सिकाउनु हुन्छ तपाईले विद्यार्थीलाई यो सब के सिकाउनु भएको ? हामीले पनि पढेका छाँै बी ए, एम ए, यही हो नेपाली शुद्ध सिकाउनु भएको ?’ छोरीको कापी देखाउँदै उनी बोले । संयुक्त अक्षर छुट्टयाइएका र पूरा–पुरा फूल–फुल जस्ता शब्दहरूको फरक अर्थ उनले नभेटेर शिक्षकले नै गल्ती सिकाएछन् कि भन्दै विद्यालयमा मुर्मिरिँदै आएका थिए ।
आजभोलि वर्णविन्यासमा परिवर्तन भएको छ हामीले डराउँदै भनेका थियौँ । भाषा जस्तो कुरामा पनि सजिलै परिवर्तन गर्न पाइन्छ ? कसले गरेको यो परिवर्तन ? उनी कड्किएका थिए तर हामीसँग यो कसले परिवर्तन ग¥यो भन्नेको उत्तर थिएन । खै सरकारी पाठ्यक्रम नै यसरी परिवर्तन भएर आएको छ हामीले आफनो निरीहता प्रकट गरेका थियौ ।
नेपालको संविधान २०७२ को धारा ६ मा राष्ट्रभाषाको रूपमा नेपाली भाषा रहेको र धारा ७ मा सरकारी कामकाजको भाषाको रूपमा देवनागरी लिपिमा नेपाली भाषा रहनेछ भन्ने कुराको स्पष्ट व्यवस्था छ । विविध जातजातिका विविध मातृभाषा भए पनि एक आपसमा भेट हुँदा नेपाली भाषाकै प्रयोग गर्ने प्रचलन छ । भाषा हाम्रो सभ्यता हो, सम्पत्ति हो र शान हो भन्दै नेपालका शेक्सपियर मानिने नाटककार बालकृष्ण समले समेत,
‘भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति
जीत, वैभव भाषामै बाँच्दछन् पछिसम्म यी’
भनेर भाषाको महिमागान गाएका छन् । तर एक दुई जनाको लहडमा आएर यस्तो निणर्य गर्न मिल्नु कत्तिको लोकतान्त्रिक पद्धति हो ? तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले आपूmलाई झुक्याएर निर्णय गराएको कुरा स्वीकार गरिसकेका छन् । अब शिक्षा विभाग र प्रज्ञा प्रतिष्ठानले पनि त्रिविकै निर्णयलाई मान्यता दिए सबै तह र तप्काबाट एकताको आवाज बुलन्द हुने थियो । यसैगरी उच्च माध्यमिक शिक्षा परिषद्ले पनि कक्षा ११, १२ को नेपाली विषयमा अस्तव्यस्त पारिएको वर्णविन्यासलाई तत्काल सच्याउनुको विकल्प छैन ।
एक पछि अर्को गर्दै भाषिक विचलन गराउने रहस्यको बल्ल पर्दाफास भएको छ वास्तवमा यति ठूलो परिवर्तनको खेल त दुई चार जनाको रणनीतिमा मात्र पो भएको रहेछ । सर्वाधिक छलफलको विषय बनाएर मात्र पारित गर्नुपर्ने यो गम्भीर मुद्धा अत्यन्त हलुकासित गरिएको रहेछ । अझ चरम आश्चर्य त यो लाग्यो कि वर्णविन्यास परिवर्तन गर्दा नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत प्रायजसो प्राध्यापकहरूलाई सहभागी नै नगराइएको भन्ने कुरा थाहा पाउँदा । नेपाली केन्द्रीय विभाग विश्वकै नेपाली भाषाको मानक केन्द्रस्थल हो, यति थाहा हुँदाहुँदै पनि किन त्यस संस्थालाई महत्व दिइएन ?
यतिबेला भाषाको यो विवादित बखेडाप्रति सबैजनाको नजर चनाखो देखिएको छ । अस्ति लक्ष्मीपूजाका दिन प्रज्ञा प्रतिष्ठान र सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पनि कतै नेपाली भाषालाई आधुनिकतातर्फ डो¥याउने नाममा हिन्दी भाषामा रूपान्तरण गरेर नेपालको राष्ट्रभाषालाई नै संकटमा पार्न लागिएको होइन भने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रज्ञाप्रतिष्ठानकै पदाधिकारीप्रति कटाक्ष गरिएको थियो । राष्ट्रको अस्तित्वसँग गाँसिएको यो कुरा बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँड हुनेछ ।
त्रिवि केन्द्रीय विभाग र त्रिविका आङ्गिक क्याम्पसहरूको विरोधपूर्ण दबाबले पुरानो विवादास्पद वर्णविन्यास त खारेज भएको छ तर अब तत्काल शिक्षण संस्थाहरूमा कसरी अध्यापन गराउने भन्ने चिन्ताको विषय कायम नै छ । शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरूले अन्योलताको निरूपण गरी शिक्षण संस्थाहरूमा मानक नेपाली भाषा अध्यापनमा जोड दिने कामलाई प्राथमिकतासाथ राखिहाल्नु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको देखिन्छ ।
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा ६३ सदस्यीय ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ हालै गठन भएको छ । यो सञ्जालले निकट भविष्यमा नै आम सरोकारवाला भाषिक प्रयोक्ताको बृहत् भेला आयोजना गरी नेपाली भाषामा देखापरेका अराजकता र अव्यवस्थाको अन्त्यको लागि विभिन्न कार्यक्रमहरू गरिने कुरा डा. लुइटेलले बताएका छन् । नेपाली भाषा बिगार्ने सबैभन्दा ठूलो कारक भनेको प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ २०७२ हो, यसलाई तत्काल खारेज गर्नुपर्छ अन्यथा मानक नेपाली भाषा अभियानले गम्भीर कदम चाली यसलाई खारेज गर्ने डा. लुइटेलकोे तर्क छ ।
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल त गठन भयो तर यसले आफ्नो कार्यमा कसरी र कहिले पूर्णता पाउने हो ? शिक्षण संस्थाहरूमा अध्यापन गर्दा, भाषिक सम्पादन गर्दा, शोधार्थीले शोध गर्दा मात्र नभएर सम्पूर्ण नेपाली जनताले नेपाली भाषाको मानक रूप प्राप्त गर्ने संविधान बन्न वर्षाँै लागेजस्तै त हँुदैन ? यो अन्योलको अवस्थाबाट कसरी छिटोभन्दा छिटो मुक्ति पाउने होला ? सम्बन्धित अधिकारीहरूलाई बेलैमा तातो लागोस् । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाललाई हामी जस्तोसुकै सहयोग गर्न पनि तयार छौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु