साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’सँग कुराकानी

- अरुणबहादुर खत्री “नदी”

साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’सँग अरुणबहादुर खत्री ‘नदी‘ले गर्नु भएको कुराकानी ।

पहिलो प्रकाशित रचना ः कविता ( नया सन्देश साप्ताहिक) २०३५
कथा संग्रह ः दिदीको देवर, एकजोर पूmलघोंडा, जस्केलोबाट चियाउने सूर्य
बाल कथा संग्रह ः खरायोको खोरमा
कविता संग्रह ः पूर्व क्षितिज
उपन्यास ः अर्धसत्य
अन्तरवार्ताको संगालो ः तोया गुरुङ्घः अनुभूति र स्वीकारोक्तिमा
सम्पादन ः गजल, सोपान, चौतारी, अग्रगमन, नयनाभिराम, अयन
पुरस्कार ः युवाबर्ष मोती पुरस्कार, काजी रोशन पुस्कार, शंकर कोइराला
स्मृति पुरस्कार, स्वर समूह पुरस्कार
सम्मान ः निर्भmर वाङ्मय प्रतिष्ठान, सिम्पल आर्ट्स्, सुनपाती क्लब,
तरहरा सार्वजनिक पुस्तकालय, संगीत शील प्रतिष्ठान आदि
बाट सम्मानित ।
सम्प्रति ः एकताबस्ती, बुढानिलकण्ठ न.पा.


-नयाँ के लेखिरहनु भएको छ ?
२०२५ सालमा बर्माबाट नेपाल आएदेखिको स्मरणलाई लिपिबद्ध गरेर संस्मरण लेखिरहेको छु । लेख्ने क्रममा २०३८ सालसम्म पुगिसकें । लेख्नेक्रम जारी छ ।

-त्यही कारणले कथा कम लेख्नु भएको हो ?
हेइन, पटक्कै होइन । कथा निरन्तर लेखिरहेको छु र निरन्तर लेखिरहनेछु । हालसालैका यसो साहित्यिक पत्रिपत्रिकातिर नजर दौडाउनु भयोभने गरिमा, मधुपर्क, समकालीन साहित्य, मिर्मिरे, कौशिकी, दायित्व, उपलव्धि, सुलेख जस्ता धेरै धेरै पत्रपत्रिकाहरुमा मेरो केवल कथा र लघुकथा मात्र भेट्नु हुनेछ ।

-तपाईलाई बढी लेख्न मन पर्ने विधा चाहिं कुन हो नि ?
यो प्रश्नको उत्तर मैले निरन्तर लेखिरहेको साहित्यिक विधा कथा आपैmले दिन्छ जस्तो लाग्छ । तैपनि भन्नै पर्छभने लेख्न र पढ्न मलाई सबैभन्दा मनपर्ने विधा कथा नै हो ।

-तर तपाईले त धेरै विधाहरुमा कलम चलाउनु भएको छ नि ?
हो, मैले कथा, कविता, गीत, गजल, संस्मरण, समीक्षा, समालोचना, उपन्यास, निवन्ध आदि साहित्यका हरेक विधामा कलम चलाएको छु । तर बढीजसो मेरा कथा नै प्रकाशित भएका छन् र कृतिहरु पनि कथाकै बढी छन् ।

-कथाप्रति तपाईको किन योविधि मोह भएको होला ?
म चारपाच कक्षा पढ्दादेखि नै मेरी आमालाई स्वस्थानी ब्रतकथा, मधुमालतीको कथा र अन्य कथाहरु पनि पढेर सुनाउथे । ती कथाहरु पढेर सुनाउदासुनाउदै साहित्यप्रति म मा अभिरुचि जागेको हो । विशेषतः मधुमालतीको कथाबाट म बढी नै प्रभावित भएकोले पनि मेरो बढी झुकाव कथाप्रति भएको हुनसक्छ ।

-नेपाली साहित्यमा गजल पत्रिका पनि निकाल्नु भयो, हैन त?
हो, नेपाली साहित्यमा पहिलो गजल प्रधान पत्रिका ‘गजल’ चार अंकसम्म निकालें ।
आजभन्दा करीब तीस एकतीस बर्ष अगाडि गजल सामग्रीमात्र निकालेर पत्रिका निकाल्नु
सहज थिएन । त्यस्तो परिस्थितिमा पनि गजल पत्रिका निकालेर गजलकारहरुलाई मञ्च दिएको हुँ ।

-गजलका पछिल्ला पुस्ताले सम्झना पनि त गर्दा हुन् नि ?
गजल पत्रिकामाथि थेसिस लेख्छु भनेर एक दर्जनभन्दा बढी व्यक्तिहरुले पत्रिका लिएर गए । तर कसले लेखे, कसले लेखेनन् मैले आजसम्म थाहा पाउन सकेको छैन । किनभने पत्रिका लिएर जानेहरुले मैले यस्तो लेखे भनेर भन्नै आएका छैनन् । सम्झनाको के कुरा गजल कुहिरोमा हराईरहेको बेलामा गजलकारहरुलाई स्थान दिने गजल त्रैमासिकको बारेमा सही ढंगले चर्चासमेत आजसम्म कसैले गरेका छैनन् भन्नुपर्दा दुःख लागेर आउछ तर बास्तविकता यही हो ।

-कथा लेखनको क्षेत्रमा चाहिं आप्mनो मूल्याङ्घन भएजस्तो लाग्छ कि लाग्दैन ?
करीब चार दशकको मेरो कथा लेखनको मूल्याङ्घको के कुरा हजुर, आपूmले लेखनकर्म मात्रै जानेको हुनाले मेरो कथा लेखनीको यहाँ मनग्ये चर्चासमेत भएको छैन ।

-तपाईको विचारमा कथा के हो ?
कथा जीवन र जगतको घटनामय झलकको अभिव्यक्ति हो ।

-तपाईलाई मनपर्ने कथाकारको नाम लिनुपर्दा ?
स्वदेशी कथाकारहरुमा गोविन्दबहादुर मल्ल गोठाले, पोषण पाण्डे, पारिजात , मनु ब्राजाकी, परशु प्रधान, बेञ्जु शर्मा, भागीरथी श्रेष्ठ, महेशविक्रम शाह आदि । विदेशीमा गोर्की,अन्तोन चेखव, सआदत हसन मण्टो, पर्ल एस.बक, अमृता प्रितम आदि ।

-लेखनका भावी योजनाहरु के छन् ?
योजना बनाएर मैले कहिल्यै लेखिन । विषयवस्तुले झुत्ती खेलेपछि भीड होस् वा कार्यालय, रात होस् वा दिन मैले लेख्न पनि कहिल्यै छाडिन । तर योजना... ? अबका दिनमा पनि कुनै योजना बनाएर म लेख्छुजस्तो लाग्दैन । तर जागीर पछिका यी फुर्सदिला दिनहरुमा एकभन्दा एक बेजोड कथा लेख्ने मनभने छ । उपन्यासको फराकिलो क्यानभास भने मबाट सम्हालिन सक्दैन भन्ने मैले बुझिसकेको छु । त्यसैले टुक्रा टुक्रा गरेर संस्मरण लेखिरहेको छु भनेर अघि नै भनिसकें ।

-दिन दिनै स्थापना भइरहेको साहित्यिक पुरस्कारको बारेमा के भन्नु हुन्छ ?
पुरस्कारको बृद्धि हुनु श्रष्टाहरुका लागि पक्कै पनि राम्रो कुरा हो तर सही मूल्यांकनबाट उपयुक्त पात्र पुरस्कृत भएको अनुभूतिभने श्रष्टाहरुलाई हुुनुपर्छ जसमा पारदर्शिताको विवाद नभए अझ उत्तम ।

-नया लेखकहरुलाई केही भन्न चाहनु हुन्छ ?
प्रत्येक पुराना लेखक एक दिन नया नै थिए त्यसैले आपूmजस्तै रचनाको सृजना गर्नुहोस् किनभने यो संसारमा तपाईजस्तो तपाईमात्रै हुनुहुन्छ अर्को कोही छैन । साहित्यको क्षेत्रमा पनि अक्कल नै काम लाग्छ नक्कल होइन ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु