गजल

- डिल्लीप्रसाद अधिकारी

बेइमानीलाई इमानदारी गरिदिनु कस्तो होला
करेलालाई चास्नी मुछि खाइदिए जस्तो होला ।

धन्दा किन गलत नहोस् इमानदारी चाहिन्छ रे
नक्कली हो माल भने चमक केही घस्तो होला।

सम्बन्धमा अाजभोलि शङ्का धेरै पलाएछन्
चाहनाका लस्कर यहाँ अलिक धेरै पस्तो होला।

पिरतीका कुराहरू सञ्चारमा पसेपछि
सार्वजनिक प्रेम पनि सञ्जालभित्र फस्तो होला ।

अफिकति माया गर्न सशरीर हुनुपर्ने
परम्परा अझै कति ज्यूँदो हुँदै बस्तो होला।

अाजभोलि टाढा भयौं अन्तर्सञ्जाल भेट मात्र
अलिक वर सरे तिमी माया धेरै खस्तो होला ।

डिल्लीप्रसाद ऐलेलाई साह्रै फूर्सद मानेर नै
गजल कथ्न लगेपछि रचना जो यस्तो होला ।।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु