कालो चस्मा

- उज्ज्वल जी.सी.

अरु नातेदारहरु सबै धनाढ्य भए पनि उसको बावु त ना.सु. स्तरको जागिरे मात्र । फलस्वरुप, आर्थिक समस्याहरुको चापले उसलाई एस.एल.सी. उत्तिर्ण नगरुञ्जेलसम्म दुखै थियो । क्याम्पसको अध्ययनकालमा उसको दैनिक सेवा र चाकडीबाट सन्तुष्ट भई एक नातेदारले कल्चरलसिटमा बिदेश पठाइदिएका थिए – डाक्टर पढ्न ।

पढाई सकि स्वदेश फर्केपछि उसले आफ्नो ना.सु. बावु , दुःख–सुुख बॉंडचु‘ंड गरी संगै पढेका साथीभाइहरु र विदग्ध पूरानो अतीतलाई समेत बिर्सिसकेको देखिन्थ्यो – सिर्फ डाक्टर भए‘ं भन्ने आडम्वरले ।
झण्डै तीस वर्ष नाघिसकेकोले बिवाह गर्नु पर्ने वाध्यताले समेत बॉंधिएको थियो – ऊ । अन्ततः उसले चाहे अनुसार एक उच्च कुलको सम्पन्न परिवारमा हुर्केकी केटीसंग बिवाह भयो पनि ।

डाक्टर भएकै भरमा ठूलाका छोरी भेट्नु,रोशनको भाग्य बलेकै हो भन्ने गर्थे – केही साथीहरु ।

पत्नीको अलावा थुप्रै सम्पत्ति भित्राउन पाएकोले आपूmलाई अरुभन्दा भिन्दै अर्थात् उच्च खानदानको व्यक्ति सम्झन्थ्यो – रोशन ।

आफ्ना साथीभाइहरु कहिलेकाही‘ं बाटोतिर देख्दा पनि नदेखेझै‘ं गथ्र्यो – मोटरसाइकलमा चढि कालो चस्मा लगाएपछि ।

यस्तो क्रम नलम्बिदैमा दुर्भाग्यवश उसको ससुरोलाई भ्रष्टाचारको आरोप लाग्यो । छटेलपनाले आर्जन गरेका सारा जेथाहरु बिक्री गर्दा पनि पुगेन – धरौटीमा छुट्न ।
अन्य विकल्पको अभावले छट्पटि‘ंदै रोशनले पत्नीका दाइजोहरु र आफ्नै ना.सु. बावुको पसिनाले सिर्जेको गाउ‘ंका केही जग्गा बिक्री गरेरै भए पनि ससुरालाई छुटायो धरौटीमा ।

त्यसै दिनदेखि ऊ मोटरसाइकल र कालो चस्माबाट बञ्चित भई घरबाट लुरुलुरु पैदलै अफिस जाने गर्छ ।
उसका संगैका साथीहरु शाखा अधिकृत, इन्जिनियर, कवि, कलाकार, प्रहरी र सेनामा अधिकृत बनेका छन् ।

एकदिन अचानक बाटोमा एक मित्रलाई मोटरसाइकलमा देखेर रोशनले रोक्दै भन्यो –“क्या हो यार ? धेरै भयो भेटघाट नै छैन नि ! ”
अर्को साथी कवि थियो । उसले हॉंस्दै उत्तर दियो – “भेटघाट त धेरै नै भएको थियो । म देख्थे‘ं, हॉंस्थे‘ं पनि । तिमी सायद कालो चस्माले देख्दैनथ्यौ । उच्चताको पराकाष्टामा पु¥याउने तिम्रो डाक्टरी दर्जा, मोटरसाइकल र कालो चस्माले हाम्रो मित्रतामा ऑंधीवेरी ल्यायो । आज त दर्जा रहे पनि अरु हटेकोले मैले जस्तै तिमीले नै पहिला देखेकोमा धेरै–धेरै धन्यवाद ! भन्दै कवि आफ्नो बाटो लाग्यो ।
०००

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु