धरातल

- इन्द्रकुमार श्रेष्ठ सरित्

उमेरले मभन्दा करीब अठ्ठाइस तीस बर्षकै कान्छो भए तापनि चैतन्य मेरो मन मिल्दो साथी हो । यद्यपि साइनो हामीले दाजुभाइको लगाउ“छौं । हुन त पहिलो भेटमा मैले उसलाई खासै वास्ता गरिनभने उसले ृ पनि मलाई त्यत्तिविधि चासो दिएर हेरेजस्तो चाही“ लागेन । तैपनि ऊ र म एउटै कमिटिमा बसेर काम गर्ने हुनाले बारम्बारको भेटघाट र लामो सहकार्यले गर्दा एकले अर्कोलाई बुभ्mने क्रममा हामी निकै घनिष्ठ भैसकेका थियौं । ऊ धेरै पटक मेरो घरमा आइसकेको थियो , म पनि उसको डेरामा पुगिसकेको थिए“ । ऊ डेरामा आप्mनी बूढी आमा र बालखा श्रीमतीस“ग बस्थ्यो । ऊ आपैm बालखाजस्तै थियो र उसकी श्रीमती सौम्या त झन उमेरले सोह्र पनि नकटेकी सानो जिउडालकी सानाी बालखा नै देखिन्थी । यी दुईको जोडी देखेर मलाई अचम्म लाग्थ्यो । म मनमनै थकथकी पनि मान्थे, हरे π यत्ति सानै उमेर किन यिनले विवाह गरेका होलान् ? अरु दुई चार बर्ष पर्खेको भए पनि हुन्थ्यो । तर सांस्कृतिक फ“ाटका यी दुई योद्धालाई यत्ति च“ाडै विहे गर्न‘ुको कारण मैले कहिल्यै सोधिन ।
‘आमा’ शव्दप्रति मेरो आत्मीय र श्रद्धा भएकोले फुर्सद पाउनेबित्तिकै म केही न केही कोसेली बोकेर चैतन्यकी आमालाई भेट्न पुगिहाल्थें । मलाई देखेर आमाको मुहारमामा छाउ“ने पवित्र मुस्कानमा म लोभिन्थें र मनमनै सोंच्थें—मेरी आमा पनि जीवित हुनु भएकोभए मलाई यसरी नै स्नेह देखाउ“दी हुन, वात्सल्य पोख्दी हुन्, आमाको न्यानो मायाले मलाई बा“धेर राख्दी हुन्, तर.........। तर निर्दोष मेरी आमालाई सरकारी जल्लादहरुले सुराकीको आरोपमा कह“ा पु¥याए आजसम्म केही अत्तोपत्तो छैन ।
मेरो त चार पैसा आउने जागीर छ । तर चैतन्यको त जागीर,घरजग्गा,सम्पत्ति जे भने पनि पार्टीमात्रै नै हो । पार्टीले एकजना पूर्णकाली कार्यकर्तालाई दिएको भत्ताले उसको परिवारको गुजारा कसरी चल्छ ? उसलाई मैले नसोधे पनि र उसले मलाई नभने पनि बेलाबेलामा चैतन्यको मुहारमा छाउ“ने चिन्ता र उदासीले उसको मनको सबै कुरा भनिरहेको हुन्थ्यो । राजधानीजस्तो ठाउ“मा पार्टीको एकजना कार्यकर्तालाई दिइएको भत्ताकै भरमा तीनजना ब“ाच्नु सजिलो थिएन नै ।त्यसैले मैले उसलाई पटक पटक सम्झाउ“ने गरेको छु—‘ हेर चैतन्य, आदर्श र नैतिकताले मात्र पेट भरिन्न । पेट भर्नलाई त अन्न चाहिन्छ, चैतन्य । पार्टीप्रति पूर्णतः इमान्दार भएर तिमी खटिरहेका छौ । तर तिम्री श्रीमती र आमालाई चाहिं केही व्यापार व्यवसायमा लगाऊ नत्र एक त राजधानीमा ब“ाच्न त्यसै पनि सजिलो छैन त्यसमा पनि सानोतिनो बिरामी मात्रै परियोभने पनि राजधानीमा ओखतीमुलो गराउ“नु सहज छैन है, विचार गर । ’— मेरो कुरामा ऊ केही क्षण घोरिन्थ्यो र एकेै क्षणपछि तुरुन्तै उठेर भन्थ्यो । —‘दाइ, पार्टीले गलत बाटो लि“दैछ बरु पार्टीले युद्धको घोषणा गरिदिए हुन्थ्यो । ’
उसको भनाईलाई मैले ह“ासोमा उडाउ“न सकिन“ । किनभने ऊ गम्भीर थियो र त्यसमा उसको आत्मा बोलेको थियो । विद्यालयको पढाई छाडेर, आप्mनो घरबार चटक्कै माया मारेर बाह्र बर्षको कलिलो उमेरमै पार्टीको बन्दूक बोकेर हिंडेको आजको बाइस बर्षे ठिटोको भनाईलाई मैले गलत भन्न सकिन“ जबकि मलाई थाहा छ लडाइ“ र शान्ति त्यसै हु“दैन त्यसका लागि कारण चाहिन्छ र यो कारणले कार्यरुप लिन लामो समय लिन्छ । एउटा युगको सङ्गीन मोडमा उभिएर यो गम्भीर विषयलाई चिरफार गरेर बहस गर्नुमात्रै पनि सजिलो पक्कै छैन ।
मलाई थाहा छ जनयुद्धको बेलामा त्यो सानो फुच्चे चैतन्यले सोलुको हिउ“मा बरफभैंm जमेर भए पनि सेन्ट्री बसेको, सांस्कृति फ“ाटमा तालीम लिंदै ब“ासुरी र बन्दूक स“गै लिएर हिंडेको र क्रान्ति सफल पार्न मोर्चामा अग्रपंक्तिमा लाग्दा गोली लागेर घाइते भएको उसको गाथा मलाई पनि जम्मै कण्ठै छ । हिजोको सङ्घर्षको उसलाई ताजै सम्झना छ । के का लागि युद्ध गरेका थियौं भन्ने पनि उसले बिर्सेको छैन । तर पार्टी खुल्ला राजनीतिमा आउनेबित्तिकै नेताहरुले नीति छाडेर व्यक्तिमा केन्द्रित भएको र देश बनाउन हैन बरु धन कमाउनतिर लागेकेमा उसलाई पटक्कै चित्त बुझेको थिएन । तैपनि म उसलाई बारम्बार सम्झाउ“छु ।—‘ चैतन्य, शिद्धान्तमात्रै भजेर व्यवहार चल्दैन । तिम्रो पनि परिवार छ, भोलिका लागि सोंच है । मैले तिमीलाई भ्रष्टाचार गर, तिमी पनि भ्रष्ट होऊ भन्न खोजेको होइन । तर हेर त , पार्टीका हामै्र साथीहरुले रातारात रजाधानीमा महल ठड्याईसके । तिम्रो के छ ? शिर ओताउने छानो समेत छैन । आज त तिमी जवान छौं, तिमीलाई केही चाहिंदैन । तर भोलि तिम्रा पनि छोराछोरी होलान, उमेर ढल्किंदै जान्छ, बूढी आमा छिन् । उनीहरुको न्युनतम आवश्यकता कसरी पूर्ति गर्छौ ? केही सोचेका छौ तिमीले ? ’
मेरो कुराको ऊस“ग कुनै जवाफ थिएन तैपनि मलाई थाहा थियो मेरो कुरा उसलाई चित्त बुभ्mदैन भनेर । ऊ देशमा गणतन्त्र संस्थागत होओस् , भेदभाव हटोस्, शामन्तहरुको निर्मूल गर्न सकु“ भन्ने ध्याउन्नमै रमाउ“थ्यो । तैपनि मैले उसलाई सम्झाउन छाडिन । — ‘हेर चैतन्य, पार्टीको काम गर्दागर्दै पनि व्यक्तिगत आय आर्जनको काम गर्नुहुन्न भन्ने त छैन है । चोर्नु, ढ“ाट्नु र लुट्नु पो हुन्न । मिहिनेत र इमान्दारीपूर्वक काम गर्न के ले छेक्छ र ? ’
मेरो कुरामा चित्त नबुझेर होला धेरै दिनदेखि ऊस“ग मेरो भेट भएको छैन । अचानक अस्ति एउटा प्रशिक्षण कार्यक्रममा उसको र मेरो देखादेखसम्म भएको हो बोलचालका लागि मौकै मिलेन । उसको मनोभाव बुझेर मैले पनि उसलाई बोलाइन“, फोन पनि गरिन“ । केही दिन उसलाई मेरो स्मरण पनि नहोओस् भनेर मैले पनि उसको सोधीखोजी गरिन जवकि ऊ के गर्दैछ, कसो गर्दैछ भनेर जान्ने उत्सुक्ता म मा नभएको होइन । चैतन्यलाई प्िरशक्षणमा देखेको पन्धबीस दिन जतिपछि आधारातमा लगातार मेरो मोबाइल फोटको घण्टी बजेपछि उठेर हेर्दा नाम थाहा नभएको नम्बर भएकोले कट् गरेर सुत्न खोजें । तर मोबाइल फेरि पनि निरन्तर बजिरहेकोले बाध्य भएर उठाए“ । यताबाट हेल्लो भन्न नपाई उताबाट चैतन्यको स्वर सुनियो— ‘दाइ, सरी है, आधारातमा डिस्टर्ब गरें । के गर्नु यस्तो बेलामा मनले तपाईलाई नै सम्झियो । अचानक सौम्याको स्वास्थय बिगे्रकोले टिचिङ्ग ल्याको् छु , दाइ । दाइ, तपाई जसरी पनि आउनु प¥यो । ’’
मोबाइलको सम्बन्ध बिच्छेद गरेपछि एकक्षण त धुम्धुम्ती बसिरहें । जाउ“ कि नजाउ“ दोमन भैरह्यो। आ ः आपत पर्दामात्रै त मान्छेले सम्भि“mदा रहेछन् नि भन्ने निष्ठुरी भाव पनि मनमा आइरह््यो
‘हन के सोचिर’नु भा’को ? अब चैतन्यलाई आपतै परेर त बोलायो होला नि । ’—अ“ाखाको निद्रालाई माड्दै श्रीमती बडबडाइन् । —‘जानुस च“ाडो । ’— मेरो मनले पनि भन्यो— हो, हुन त मनले जितेरै त आउन आग्रह गरेको होला, जानै प¥यो । चिसोबाट बच्न भुवादार ज्याकेट लगाएर मोटर साइकल स्टार्ट गरेर म चपलीबाट टिचिङ्ग हस्पिटलतिर हु“इकिए“ । आधारातको समय भएकोले सडक पूरै सुनसान थियो । त्यसैले मिलिक्कै टिचिङ्ग अस्पताल पुगेर चैतन्यलाई भेटें । ऊ मलिन अनुहार लगाएर एक्लै बसिरहेको रहेछ ।
‘पीर नगर, अस्पतालमा सबै ज“ाच भैहाल्छ नि, बरु आऊ, डक्टरलाई भेटौं । ’—डक्टरस“गको सल्लाहले पनि खास निचोड निस्केन केवल फुड प्वाइजन हो कि भनेर विभीन्न परिक्षण गर्न लगाए । बेसकन बान्ता गराएर औषधी पनि दिइसकेकोले सौम्या गाढा निद्रामा थिइन् ।अब भोलि नभई ल्याबको रिपोर्ट आउनेवाला पनि थिएन । त्यसैले खर्चका लागि प“ाच हजार रुपैया चैतन्यलाई दिएर म विहानीपख घर फर्किए“ । तेस्रो दिन सौम्या डिस्चार्ज भएर घर फर्किन् । ट्याक्सीको पछिपछि गएर उनीहरुलाई डेरासम्म पु¥याएर म पनि घर फर्किए“ ।
त्यसको करीब एक महिनापछि स“ाझमा अ“ध्यारो अनुहार लिएर चैतन्य घरमा टुप्लुक्क आइपुग्यो । उसको कथा र व्यथा त्यही थियो अर्थात् काठमाडौंको महंगीयुक्त बसाईको । तैपनि अभैm उसले भन्न छाडेको थिएन —‘जनताले जे चाहेका थिए अहिलेको सरकारले त्यो पूर्ति गर्ने कुनै छ“ाट नदेखाएकोले बरु पार्टीले फेरि शसस्त्र क्रान्ति गरे हुने, फेरि बन्दूक बोक्ने आदेश दिए पनि हुने ।’
उसको कुरा सुनेर मलाई पनि झोंक चलेर आयो । —‘कति गर्ने क्रान्ति अभैm ? तिमीले चाहेकै क्रान्तिमा तिमीलाई केही भैहाल्यो भने सौम्याको के गति हुन्छ ? तिम्री बूढी आमाले के गर्लिन् ? भन त, बरु पार्टीको लागि अभैm पनि यतिविध्न समर्पित भैरहन चाहन्छौ भने पार्टीकै मान्छेलाई भनसुन गरेर भए पनि सौम्यालाई कतै जागीर लगाऊ र आमालाई पनि सानोतिनो पसल खोलिदेऊ । किनभने हामीले बन्दुकले क्रान्ति गरिसक्यौंं । अब बन्दूकले हैन विचारले क्रान्ति गर्ने बेला भैसकेको छ । गणतान्त्रिक संविधानलाई स्थापित गर्नुछ । भोको पेटले क्रान्ति भजेर मात्र पुग्दैन , चैतन्य । भोक लागेको बेलामा क्रान्ति दालभात बनेर आउ“दैन, दुःखबिमार परेको बेलामा क्रान्ति औषधी,इन्जेक्सन र चिकित्सक बनेर आउदैन । सधैंभरि पार्टीको नामको माला जपिरहन्छौ, आपत परेको बेलामा पार्टीले कत्तिको मद्धत गरेको छ त तिमीलाई ? हो, हामीलाई पार्टी अभिभावकको रुपमा चाहिन्छ र त्यही पार्टीमा बसेर अब बन्दूकको हैन विचारको राजनीति गर । तर राजनीति गर्ने नाममा पारिवारिक दायित्वलाई पनि नबिर्स । ’
उसले मेरो कुरामा ध्यान नदिई केवल बुङ बुङ चुरोटको धूव“ा उडाइरहेको थियो । तैपनिको उसको ध्यानाकषर्ण गराउ“दै मैले भने ।—‘हेर, राजनीति त म पनि गर्छु । विचारको खेती म पनि गर्छु । पार्टीले भनेको बेलामा झण्डादेखि डण्डासम्म उठाउ“न पछि परेको छैन । तर स“गस“गै मेरो घरपरिवार पनि म आपैmले हेर्छु । किनभने यो जिम्मेवारी मेरै हो । एउटा जिम्मेवारी पूरा गर्ने नाममा तिमी पनि अर्को जिम्मेवारीबाट नभाग भनेको मात्रै हु“, ब“ाकी तिम्रो विचार । ’
मलाई पनि थाहा छ पार्टीले आप्mना सबै सदस्यलाई पाल्न सक्दैन । त्यसैले त आप्mनो खुट्टामा उभिएर पार्टीको सहयोगी बन्नुजस्तो उपयुक्त अर्को विकल्प हुनै सक्दैन । आपूmले आस्था राखेको पार्टीले देशमा आमूल परिवर्तन ल्याउ“दै सबैको ब“ाच्ने, खाने र लाउने अधिकार र आवश्यकता सुनिश्चित गरोस् भन्ने चाहना मेरो पनि हो । तर दीवास्वप्न देखेर मात्र व्यवहार चल्दैन भनेर मैले जत्ति सम्झाए पनि चैतन्यले नबुझेको हो कि मैले बुझाउन नसकेको हो, मैले नै बुभ्mन सकिन“ ।
‘रक्तपातपूर्ण क्रान्तिबाटै पार्टी शान्तिपूर्ण राजनीतिमा आइसकेपछि आपूmलाई समयसापेक्ष बनाउतिर नलागेर सधैं क्रान्तिका धङधङीमा ब“ाचेर निर्वाह हुन्छ त ?’—पार्टीको आमसभामा पनि ऊ र म बीच यही संवाद भएको थियो ।
हेर पार्टीले आयोजना गरेको प्रशिक्षण, जुलुस, आमसभा, सांस्कृतिक कार्यक्रम, प्रदशर््ान, धर्ना सप्पैमा भाग लेऊ । पार्टीको एक असल कार्यकर्ता बन । तर संसारमा तिमी एक्लो छैनौ, तिम्री आमा र श्रीमती तिम्रै भरमा छन् । के उनीहरुको जिम्मेवारी उठाउ“नु तिम्रो कर्तव्य र दायित्व हैन र ? क्रान्तिको नाममा आप्mनो जिम्मेवारीलाई नबिर्स, चैतन्य । नत्र पछुताउने समय पनि नहोला तिमीस“ग । ’
‘मेरो जिन्दगीमा त्यस्तो हु“दैन , दाइ ।’—दह्रोस“ग हात मिलाएर ऊ विदा भयो । मैले पनि उसलाई रोकिन । किनभने मलाई थाहा छ, पार्टीप्रतिको जिम्मेवारी र घरको दायित्वलाई स“गै लान सकियोभने मात्र व्यावहारिक जीवनमा सन्तुलन हुन्छ, पार्टीलाई पनि कुनै हानी हु“दैन, पार्टीलाई कार्यकर्ताको बोझ हु“दैन । ’
त्यसपछि मैले चैतन्यका कुनै पनि सपना र क्रान्तिको कुरै सुन्न छाडिदिए“ । किनभने पार्टीको लागि ऊभन्दा म पनि कम खटेको छैन । त्यसैले पार्टीको निर्देशन पालना गर्नुबाहेक दीवा स्वप्न मैले देखिन“ र देख्नेहरुस“ग दोहोरो संवाद पनि चाहिन । त्यसैले करीव करीब एक बर्ष जति भयो चैतन्यस“ग भेट नभएको । हन त चैतन्यस“ग मेरो कुनै रिसराग छैन । पार्टीको असल कार्यकर्ताभन्दा पनि बढी म उसलाई आप्mनो भाइछोराजस्तो स्नेह गर्छु । तैपनि अव्यवहारिक उसको लिंडेढिपीले गर्दा कसोकसो उसलाई फोन गर्न पनि ज“ागर चलेन । हुन त एउटै पार्टीको कार्यकर्ता हामी नचाहेरै पनि पार्टीको कुनै न कुनै कार्यक्रममा भेट भइहाल्छ नि भनेर मैैले पनि मेरो मनलाई सम्झाए“ ।
अचानक एकाविहानै ऊ घरको ढोका ढकढकाउ“न आइपुगेछ । उसको आगमन मलाई कुनै नौलो लागेन । सामान्य शिष्टाचारपछि मैले उसको आगमनको उद्धेश्यको बारेमा सोधें ।—‘दाइ, आमा विरामी हुनुहुन्छ । वीर अस्पतालमा राखेको छु । पाठेघरको अपरेशन गर्नुपर्ने भयो । बीसबाइस हजारभन्दा बढी खर्च लाग्ने रहेछ । ’ सुगन्धाले दिएको चिया पनि नपिई दृष्टि झुकाएरै उसले भन्यो ।
‘ ए हो π जाउन त पार्टीको हाइकमाण्डलाई भन । तिमीजस्तो इमान्दार कार्यकर्तालाई बीस तीस हजार पनि कसो सहयोग नगर्लान् त ? ’— मेरो मुखबाट पनि प्mयाट्ट निस्कियो । मलाई लाग्यो, मैले के भने भनेर उसले झट्टै विश्वास नै गर्न सकेन ।
‘ हैन दाइ........। ’
‘ के को हैन हैन, हो नै। ’—उसको कुरा बीचैमा काटेर मैले भनें ।— ‘हेर चैतन्य, क्रान्तिदेखि भाग्ने कार्यकर्ता म पनि हैन र भागेको पनि छैन । तर शिरमा छानो र टेक्ने जमिन नभएको मान्छे तिमी, तिमीले पार्टी र घरलाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्छ भन्दा तिमी क्रान्तिको दीवस्वप्न बाहेक केही देख्न चाहन्नौ, सुन्न चाहन्नौ । अब जाऊ , पार्टीका नेताहरुलाई आप्mनो परिचय देऊ, आवश्यकता भन र आमाको उपचार गराऊ । किनभने नेताहरु भने प्रधानमन्त्री भए, मन्त्री भएर, नवधनाढ्य बनेर प्राडोमा चढेर हिंड्न मिल्ने, महलमा बस्न मिल्ने, हिजोका कुण्डले, मण्डले र सुराकीहरु पार्टीमा छिरेर ठूलो भाग उनीहरुले नै खान हुने । अनि तिमीजस्तो असल र कर्मठ कार्यकर्ताचाहिं भोकभाकै मर्नुपर्ने ? ओखतीमुलो बिनै संसार छाड्नुपर्ने ? के यो पनि न्याय र समानताको सिद्धान्तमा पर्छ त ? ’
‘तर सर्वश्व दाइ............। ’
‘हेर चैतन्य, म पनि सामान्य जागीरे हु“ । घुस खाको छैन, भ्रष्टाचार गरेको छैन । तैपनि म तिम्री आमाको उपचारको लागि प“ाचहजार मात्रै भए पनि दिन त सक्छु तर तिमीले मेरो सापटी रकम कसरी तिर्छौ, भन त ? हेर बाबु, क्रान्ति त भइसक्यो नै, अब त शान्ति र गणतान्तिक संविधानको माला जप्नुपर्छ । त्यसैले अब रक्तपातपूर्ण क्रान्तिले होइन विचारको क्रान्तिले हाम्रो गौरवशाली पार्टीलाई अगाडि बढाउ“नु पर्छ । मोज गर्नलाई मात्रै हैन भोक मेट्न, ईज्जत ढाक्न र ओखतीमुलो गर्नका लागि पनि पैसा चाहिन्छ र त्यसका लागि व्यावहारिक बन्नुपर्छ भनेर जबसम्म तिमीले बुभ्mदैनौ तबसम्म तिमी परिपक्व भएका रहेनछौ भनेर मैले बुभ्mनुपर्ने हुन्छ ।यदि मेरा कुरा भूmठा हुन्भने तिम्रा हरेक आवश्यकता पार्टीले पुरा गरिदिनु प¥यो । किनभने तिमीजस्तो असल कार्यकर्ताको दुःख पार्टीलाई पनि दुख्नु प¥यो नि । ’—मेरो भनाईमा ऊ केही प्रतिक्रिया जनाउ“न खोज्दै थियो तर मलाई पुलुक्क हेरेर हातमा लिएको चिया पनि नपिई ऊ बाहिरियो । मैले पनि उसलाई रोकिन । किनभने मस“ग नभए पनि म सरसापट गरेरै भए पनि रकमले उसलाई सहयोग गर्न सक्थें । तर म क्रान्ति , शान्ति व्यावहारिकता बीचमा रहेको फरक र अन्र्तसम्वन्धको बोध उसलाई होस् भन्ने चाहन्थें । यदि क्रान्तिले नै सबैथोक गर्छभने के तिम्री आमाको अपरेशन पनि क्रान्तिले नै गर्छ त ? क्रान्ति नै सबैथोक हो भने क्रान्तिकारी पार्टी शान्तिपूर्ण राजनीतिमा अवतरण कसरी ग¥यो ? कम्पाउण्ड बाहिर गइरहेको चैतन्यलाई रोकेरै मलाई सोध्न मन लाग्यो । तर उसको दुखेको मन अरु दुख्ला भन्ने सोंचेर मैले त्यसो गरिन“ ।
मैले अनुमान गरे अनुरुप नै दिउ“सो उसले रोएरै फोन ग¥यो । मलाई साहै्र नमज्जा लागेर आयो । मेरो छोरो सत्यमकै उमेरको छ यो केटो । एउटा तन्नेरी केटोको रुवाईले मेरो मनमा छटपटी बढेर आयो । तर के उसका सबै सबै समस्याको समाधान गर्ने ठेक्का मैले नै लिएको छु र ? पार्टीका वरिष्ठ नेताहरुलाई गएर किन भन्दैन उसले ? सहायताका नाममा ब्रम्हल्ुट मच्याउने सरकारले वास्तविक रुपमै पीडित उसलाई केही मद्धत गर्न सक्दैन त ? कि पार्टीको नेतृत्वपंक्तिले आप्mनो कार्यकर्ता पनि चिन्दैन ? कसो कसो मलाई झनक्क रिस पनि उठेर आयो । किनभने चैतन्यलाई दिइने पैसा सहयोग हो सापटी हैन भन्ने मलाई राम्रैस“ग थाहा थियो । तर मैले मेरो रिसलाई मनमै दबाए“ । अप्mठ्यारोमा परेको मानिसलाई सकेको मद्धत गर्नुभन्दा ठूलो मानवता र उपकार अर्को के होला र ? तैपनि मैले उसलाई सोधें—‘चैतन्य, पार्टीको लागि प्राण दिने मान्छेका लागि सत्तासीन पार्टीले जाबो पन्ध्र बीस हजारको पनि बन्दोबस्त गरिदिएनन् त ? ’
‘...............।’— ऊ बोलेन अन रहेको मोबाइलमा संवादशून्य भयो । — ‘हेर, म पनि करोडपति हैन, अरबपति हैन, चैतन्य । तैपनि तिमीले आप्mनो ठानेर सम्झिएपछि तिम्रो त्यही भावनाको कदर गरेर म आउ“छु । तर मबाट ठूलो आर्थिक सहयोगको अपेक्षा नगर यसपाली । ।’— उताबाट फोन राखेको आवाज आयो । चैतन्य र मेरो संवाद सुनिरहेकी सुगन्धले मैले केही भन्नु अगाडि नै केही पैसा मेरो ज्याकेटको खल्तीमा राखिदिंदै भनिन् ।— ‘ धेरै त छैन, हिजोमात्र बाबुको कलेजको फि तिरेर उभ्रिएको यै’ तीन हजार र चानचुन रहेछ, लानुस् । चेैतन्यलाई अलिलि भए नि भरथेग हुन्छ ।’— सुगन्धाले आप्mनो भावना र चैतन्यको मर्का बुझिदिएकोमा मनमनै उनलाई धन्यवाद दिए“ र अस्पताल जान मोटरसाइकल लिएर म घरबाट निस्किए“ ।

तरहरा (सुन्सरी)
हालः काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु