गजल

- कोमल भट्ट

आऊ दसैं हर्ष बनेर आऊ
नेपालमा शान्ति दिगो बनाऊ

सङ्कष्टले ग्रस्त छ देश ऐले
सन्ताप जे जे छ सबै हटाऊ

दुर्भावले ग्रस्त भए छिमेकी
सद्भावका फूलहरू फ़ुलाऊ

मर्दै गए उच्च विचारधारा
भातृत्वको दीप सधैँ जगाऊ

फैल्यो दुराचार लुक्यो विवेक
फाँडेर दुष्कर्म छिटो बचाऊ

स्वार्थी भए आज समग्र नेता
दुर्बुद्धिका अङ्कुर नै सुकाऊ

पीडा भयो रोज विपत्ति पर्दा
दुर्गा भवानी अबता हँसाऊ

(इन्द्रवज्रा छन्द)
५ अक्षरमा विश्राम

चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु