शोध अनुभव शृङ्खला र वर्ण विन्यास विवाद

- प्रा.डा. शर्वराज आचार्य

यत्तिखेर पत्र पत्रिका, विद्धुतीय सञ्चार, सामाजिक सञ्जाल र छापामा समेत नेपाली वर्ण विन्यासका बारेमा वाद विवाद आएका छन् । शिक्षा पत्रकार समूहले समेत वि.संं. २०७३ भाद्र ९ गते शुक्रवार वर्ण विन्यास शिक्षाका बारेमा कार्यक्रम राखेर वाद विवाद गरायो । वाद विवादले वर्ण विन्यासलाई स्थिरीकृत हुन सघाउँछ । तर आग लागी झुपडी डेढ घडी भद्रा भने झैँ तद्भवीकृत वर्ण विन्यास प्रारम्भ भएको ४० वर्ष भइ सक्यो । धेरै वर्षपछि विवाद कर्ताहरु सामाजिक सञ्जाल र सञ्चारको कुनामा उभिएर आपूm र आफ्ना गुरुहरुले प्रारम्भ गरेको तद्भवीकृत वर्ण विन्यासको आनुभविक परम्परा र नेपाली वर्णको शोध बिर्सेर विवादित रङ्गमञ्चमा उभिएका देखिन्छन् ।
शैक्षणिक अनुभवका आधारमा वि.संं.२०३४ को त्रिभुवन विश्व विद्यालयका गुरुहरुको नेपाली भाषा अधिगोष्ठीबाट नेपाली वर्ण विन्यासमा तद्भवीकरण प्रारम्भ भयो । यसले तद्भव, आगन्तुक र तद्भव प्रत्ययबाट व्युत्पन्न शब्दको वर्ण विन्यासलाई तद्भवीकरण प्रारम्भ ग¥यो । अर्थात् यस्ता शब्दको नेपाली उच्चारण अनुसार अगाडि र बिचमा ह्रस्व तथा तिन वटा सकारलाई पातलो स नै लेख्ने नियमलाई प्रोत्साहन ग¥यो । तत्सम शब्द र तत्सम प्रत्यय व्युत्पन्न शब्दको वर्ण विन्यासलाई पूर्ववत् तत्समीकरण नै ग¥यो, । यसलाई वि.संं. २०४० को नेपाली बृहत् शब्दकोशले अपनत्व लियो । त्यसैले यो तद्भवीकरणको जस त्रिभुवन विश्व विद्यालयको अनिवार्य नेपाली विषय समिति र शब्दकोश प्रकाशक तत्कालीन नेपाली राजकीय प्रज्ञा प्रतिष्ठानलाई जान्छ ।
तद्भवीकरण भनेको नेपाली वर्णको उच्चारणसँग मिल्दो नेपाली नियमको वर्ण विन्यास हो । तद्भवीकरणपूर्व नेपाली वर्ण विन्यासको मूल धार तत्समीकरण थियो । तद्भवीकरण प्रारम्भपछि वर्ण विन्यासमा दुई वटा बाटा देखिए ः— पहिलो नेपाली वर्ण पहिचान नगरी प्रारम्भ भएको तत्समीकृत नेपाली वर्ण विन्यासको बाटो र दोस्रो नेपाली वर्ण तथा वर्णोच्चारणको पहिचानपछि प्रारम्भ भएको तद्भवीकृत नेपाली वर्ण विन्यासको बाटो । पुराना व्याकरणहरुले परम्परागत संस्कृत वर्ण र संस्कृत उच्चारणलाई नेपाली वर्णाेच्चारण बताएर पहिलो बाटो हिँडे । शैक्षणिक अनुभव, नेपाली वर्णको अनुसन्धानले नेपाली लेख्य र उच्चार्य वर्ण किटान गरी वर्ण विन्यासको दोस्रो बाटो हिँडे । पुराना व्याकरणले देखाएको बाटालाई परम्परागत र शैक्षणिक अनुभव तथा अनुन्धानले देखाएका बाटालाई सुधारिएको वर्ण विन्यास भन्ने चलन छ । पहिलो बाटाले चन्द्रिका व्याकरणको प्रकाशन (१९६९) देखि नेपाली कसरी शुद्ध लेख्ने ? १९९२ हुँदै वि.संं.२०३३ बृहत् नेपाली व्याकरणसम्म हिँडेको देखिन्छ । यस हिँडाइले तत्समीकृत वर्ण विन्यासलाई थप परिमार्जन गर्न सकेको देखिँदैन । दोस्रो बाटाले तत्समीकृतलाई तद्भवीकृत वर्ण विन्यासतर्फ प्रारम्भिक परिमार्जन गरेको देखिन्छ । वर्ण विन्यास परिमार्जनको दोस्रो बाटो हिँड्ने नेपाल प्रज्ञा प्रतिष्ठान वि.संं.२०४० को शब्दकोशपछि वि.संं.२०५७ र वि.संं.२०६७ मा वर्ण विन्यास सम्बन्धी विद्वत् गोष्ठी गराउँदै नेपाली बृहत् शब्दकोश—२०७२ को प्रकाशनसम्म आएको छ । यता त्रिभुवन विश्व विद्यालयको अनिवार्य नेपाली विषय समितिले पनि दोस्रो बाटो हिँडेको छ । वर्ण विन्यासको तद्भवीकरणलाई यसले वि.संं.२०३६, वि.संं.२०५१, वि.संं.२०५७ र वि.संं २०६६ मा अनिवार्य नेपालीको पाठ्यक्रममा प्रवेश र शिक्षण गराउँदै लगेको देखिन्छ । शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले प्रज्ञा प्रतिष्ठानको शब्दकोशका आधारमा वि.सं.२०५६ र वि.संं.२०६३ देखि नै प्रकाशन शैली प्रकाशित गरी कक्षागत पाठ्य पुस्तकमा तद्भवीकृत वर्ण विन्यासलाई क्रमशः प्रवेश दिँदै दोस्रो बाटो नै हिँडेको भेटिन्छ । हाल पाविके सानो ठिमीले विश्व विद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानको राय समेत लिएर परिमार्जित प्रकाशन शैली—२०७० बाट पाठ्य पुस्तकहरु छपाएको छ ।
सरकारी निकायबाट तद्भवीकृत वर्ण विन्यासमा अहिले लगभग सबै कक्षागत पाठ्य पुस्तकहरु प्रकाशित हुन लागेका छन् । विद्यालय र विश्व विद्यालयहरुमा पनि तद्भवीकृत वर्ण विन्यास नै शिक्षण गरिन्छ । ४० वर्षपूर्व तत्समीकृत र तद्भवीकृत वर्ण विन्यासको दोबाटामा उभिएका विचारहरु अहिले देखिन थालेका छन् । नेपाल सरकारले वि.संं.२०७२ को नेपालको संविधान प्रकाशनमा तद्भवीकृत वर्ण विन्यासलाई जानेर वा नजानेर उपेक्षा ग¥यो । उपेक्षा गरेकाले विद्युतीय सञ्चार, सामाजिक सञ्जाल र छापाहरुमा तद्भवीकृत वर्ण विन्यास माथि प्रश्न उठाउन थालिएको छ । उता वि.संं.२०७३ भाद्र १८ गते पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले दिएका अज्ञात भूतकालीन वाक्यका अभिव्यक्तिले त शिक्षामन्त्री पदको गरिमालाई हलुङ्गो र दायित्वहीन बनाएको छ । पदमुक्त नेताले पदीय निर्णयको दायित्व नलिने स्वभाव पूर्वमन्त्री शर्मामा मात्र होइन, विश्व विद्यालयको स्नातक तहमा अनिवार्य नेपालीको पाठ्यक्रम बनाउने त्रिविका प्राध्यापकहरुमा समेत देखिएको छ ।
उच्चारणका आधारमा संस्कृत भाषाको वर्ण विन्यास हुन्छ, उच्चारणलाई व्याकरण र शिक्षाग्रन्थले निर्देशन गर्छन् । समान उच्चारण र लेखनले गर्दा संस्कृत भाषाको वर्ण विन्यास स्थिरीकृत भयो । नेपालीमा संस्कृतमा झैँ समान उच्चारण र लेखन व्यवस्था छैन । तर संस्कृत निकट राखेर नेपाली वर्ण विन्यास लेख्नु पर्छ भन्ने पहिलो दृष्टिकोण हो । संस्कृत उच्चारण व्यवस्था प्राकृत भाषा कालदेखि नै हराएकाले नेपालीमा यस व्यवस्थाले काम गर्दैन । सायद, नेपाली शब्दहरुमा संस्कृतमा जस्तै समान उच्चारण र लेखन रहेको भए वर्ण विन्यासमा सुधारको आवश्यकता देखिँदैनथ्यो ।
नेपाली तद्भव भाषा भएकाले तद्भवको नियमानुसार वर्ण विन्यास हुनु पर्छ भन्ने दोस्रो दृष्टिकोण हो । पहिलो दृष्टिकोणले नेपाली भाषालाई तद्भव ठाने पनि संस्कृत वा तत्सम निकट राखेर नेपाली वर्ण विन्यास लेख्न सिकायो । दोस्रो दृष्टिकोणले शोध, अनुभव र आधुनिक भाषा विज्ञानका आधारमा तद्भव नेपाली भाषाको वर्ण र वर्णोच्चारणको अध्ययन र अध्यापन ग¥यो । यसले नेपाली वर्ण र वर्णोच्चारणको समेत निर्धारण ग¥यो । वि.संंं.२०२४ देखि समर इन्स्टिच्युट हुँदै नेपाली भाषाको उत्पत्ति (२०३२) मा नेपाली वर्ण र वर्णोच्चारणको अध्ययन हुन थालेको देखिन्छ भने समसामायिक नेपाली व्याकरण (२०४९) मा वैयाकरणिक प्रवेश भेटिन्छ ।
अहिले प्रकाशन गृहहरुबाट निस्कने पुस्तक र पत्र पत्रिकाहरुमा नचाहेर पनि सुधारिएका वा तद्भवीकृत वर्ण विन्यासको प्रभाव क्रमशः परेको छ । यता विद्युतीय सञ्चार माध्यममा स्तरीय कथ्यको अवश्यकता पर्छ । स्तरीय कथ्यको अपेक्षा गर्नेहरु (समाचार वाचक, सचेत वक्ता र विद्यार्थी आदि) त्यस्तो कथ्य उल्लेख भएका शब्दकोश हेर्न थालेका भेटिन्छन् । हामीले वि.संं.२०३५ सम्म परम्परागत वर्ण विन्यास शिक्षण र लेखन ग¥यौँ र गरायौँ । त्यसले नेपाली वर्ण विन्यासमा पाइने अशुद्धि निराकरण गर्न नसकेको अनुभव सबैसँग रह्यो । निराकारण हुन सकेको भए सायद परम्परागत वर्ण विन्यासमा सुधारको आवाश्यकता पर्ने थिएन । यो वर्ण विन्यास राणाहरुको अप्रजातान्त्रिक र निरङ्कुश सत्ताका प्रभावशाली र व्याकरणकार हेमराज पाण्डेको व्याकरणिक प्रभावमा लेखिएको थियो । जसको अगाडि नेपाली भाषालाई कथ्य निकट लेखिनु पर्छ भन्ने भाषासेवी पुष्कर शमशेर राणा समेत छायामा परेका थिए भने आदिकवि भानुभक्तले कथ्य निकट प्रारम्भ गरेको असचेत नेपाली वर्ण विन्यास तिरस्कृत भएको निथयो । यत्तिखेर परम्परागत वर्ण विन्यासको समर्थन गर्नेहरुले हेमराजको वर्ण विन्यास सम्बन्धी निरङ्कुशताको पक्ष लिएका छन् भने विद्यालय, विश्व विद्यालयका शिक्षक र अनुसन्धाताको शैक्षणिक अनुभव र अनुसन्धान एवं वर्ण विन्यास सुधारका क्रमबद्ध शृङ्खला बिर्सेका छन् । नेपालीहरुको लेखन प्रवृत्ति, विद्वान्हरुको शोध, शैक्षणिक अनुभव, तत्सम शब्दको पूर्ववत् वर्ण विन्यास गर्ने परम्परा, प्रविधि मैत्री र बालमैत्री र सिकाइ सम्बन्धी बाल मनोविज्ञानलाई ध्यान दिने हो भने वर्ण विन्यास सम्बन्धी विवाद कहाँ देखिन्छ र ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु