सहरको भिडमा एक्ली केटी

- निमा श्रेष्ठ

एउटा ब्यस्त शहरमा मुल सडकको छेउमा एउटा पुरानो घर उभिएको छ । जुनबेला यो घर तयार भएको थियो, त्यसबेला सबै मान्छेहरु कस्तो राम्रो घर भन्दै माथि हेर्दै जान्थ्यो र तिनीहरु सुन्दर सपना बुन्दै त्यो बाटो पार गथ्र्यो तर अफसोच अहिले ति वाक्यहरु कता बिलाएछन कता थाहै भएन । किन भने अहिले त्यस घरको वरिपरि ठुला–ठुला बिल्डीङ्गहरु निर्माण भइसकेका छन ।
त्यो घर जम्मा चार तल्लाको थियो । भुई तल्लामा दुईवटा ढोकाहरु थिए भने दोस्रो र तेस्रो तल्लामा तीन–तीन वटा झ्यालहरु थिए, पुराना । चौथो तल्लामा ढुङ्गाको छाना भएकाले झ्यालहरु थिएन ।
त्यस घरको ढोकाहरु जहिले पनि बन्द हुन्थ्यो तर झ्यालहरु भने खुल्लानै हुन्थ्यो र माथिको तल्लाको बिचको झ्यालमा करिब १५–१६ बर्षकी एउटी मायालाग्दी केटी देखिन्थीन, जहिलेपनि । उसलाई देखेर लाग्दथ्यो उनि कसैको प्रतिक्षामा छिन ।
थाहा छैन त्यस केटीले कुन कर्म लिएर यस संसारमा पाइला टेकेकी हुन । जुन दिन उनि जन्मेकी थिइन त्यस दिन टोल भरिका मानिसहरु उनको घरमा जम्मा भएको थिए । कोही रोइरहेका थिए भने, कोही फकाइरहेका थिए । कोही काममा ब्यस्त थिए , कोही छिटो गर्नु प¥यो भनिरहेका थिए । यत्तिकैमा भित्रको कोठाबाट उनको च्याँ–च्याँ रुवाई सुनियो र बाहिरका मानिसहरु भन्न थाले आफ्नो बाबुको बिदाई र आमाको साहाराको लागी कोही त आए । हो त्यहा त्यसबेला उनको बाबुको मृत्यु भइरहेको थियो र उनको आमालाई साहार दिने अरु कोही पनि त थिएन त्यस घरमा ।
यसरी सबै मानिसहरु मिलेर उनको बुबालाई जलाईयो । अन्जानमै भएपनि उनले आफ्नो बाबुलाई रोएरै बिदा गरेका थिए । त्यसपछि केही दिनको लागी कोही आफन्तहरु आएर उनको तथा उनको आमाको स्याहार–सुसार हुन थाल्यो । तर केही दिनपछि ति आफन्तहरु पनि आफ्नो–आफ्नो घर गइहाल्यो । यसरी जन्मेको १०–१५ दिनमै त्यस केटीले आफ्नो आमालाई साहारा दिनु प¥यो,मन बुझाउनु प¥यो,फकाउनु प¥यो ।
यसरी उनि ठुली भइरहेकी थिइन । आमा छोरी जसोतसो दिनहरु गुजारीरहेका थिए । उनी स्कूल पनि जान थालीछन । उनि बढो ध्यान दिएर पढ्थ्यो । गृहकार्यहरु सधै सबै गर्दथ्यो । यसरी उनि साच्चिकै आमाको साहाराको रुपमा परिनत हुदै थियो । यसरी करीब १४–१५ बर्ष बिट्यो । एकदिन आमा छोरी दुबैजना बजार तिर गइरहेको थियो । किनभने दशैं नजीक आइरहेको थियो । त्यसैले उनी बढो हर्षित देखिन्थीन । उनी आमाको हात समाउदै भन्दै थिई आमा मलाई मेरो साथि रमाको जस्तै रातो फ्रक किनीदिनु है । अनी अन्जुको जस्तो कालो जुत्ता पनि है आमा । यसरी आमाचाँहीले हुन्छ भन्दै गइरहेको थियो र उनले फेरी भन्न थाले आमा मेरो स्कूल जाने झोला पनि पुरानो भइसक्यो,मलाई साथिहरुले कस्तो जिस्क्याउछ । साच्चै मलाई कापी र कलम पनि किनीदिनुस है । सायद आमाले हस भन्दै जानु भएकोले पनि होला उनको माँगहरु अरु बढ्दै गइरहेको थियो । माँग नबढ्ने पनि कुरै थिएन किनभने उनले फेरी बजार आउन ठुलो समय पर्खिनु पथ्र्यो, सायद अर्को दशैं । तर आमालाई यत्रो दशैं तिहार कसरी तार्ने त्यो समस्या थियो । यसरी उनिहरु कुरा गर्दैगर्दै बजार पुग्नै लागेको थियो । यत्तिकैमा एउटा गाडी आएर उनिहरुलाई ठक्कर दिन्छ र दुबैजना लाई अस्पताल पु¥याइन्छ ।
तर अफसोच उनकी आमाको बाटोमै मृत्यु भइसकेको हुन्छ र उनि बेहोस थिइन । फेरी उनका केही आफन्तहरु आएर उनकी आमाकोे अन्तिम काजक्रिया सकाएछ र उनको हेरचाह पनि । उनि बल्ल तीन दिनपछि होसमा आउछ । यसरी उनले बेहोसमै आफ्नो प्यारी आमालाई पनि गुमाईन । के गर्नु ईश्वरको लिला यस्तै रहेछ । बिचरी यती सानो उमेरमै टुहुरी भईन । यस संसारमा अब उनको आमाबाबु, दाजुभाई, दिदीबहिनी कोही पनि रहेन । एक्ली बिल्कुल एक्ली भइन उनी । तर के गर्नु, अब आँसु बगाउन बाहेक उनी के नै गर्न सक्थीन । हे ईश्वर तँ मा अलिकति पनि दया छ यदि भने त्यस अबोध बालिका लाई पनि उठाईदेउ यस संसारबाट । पु¥याईदेउ उनको आमाबाबु समक्ष । तर थाहा छ मलाई तँ केही पनि गर्न सक्दैनस, केबल टुलुटुलु हेर्न बाहेक ।
यसरी केही दिनको उपचार पछि त्यस बालीका ठिक हुन्छे र उनलाई मामाघर लगिन्छ । दुइ चार महिना त उनि राम्रै संग बस्छन तर त्यसपछि त्यहि त हो गाली, पीताई आदी आदी । हुदा हुदा उनलाई टोलका मान्छेहरु र स्कूलका साथिहरुले समेत हेप्न थाल्छ र उनले पढाई पनि छोदिहाली ।
मामाघरमा बसेपनि उनको मन सधै आफ्नै घरमा हुन्थ्यो । बाबुको त उनले अनुहारै चिन्दैनथे । उनि सधै आमाको सम्झना अनि कल्पनामा डुबिरहेकी हुन्थीन तर के गर्नु आखाँ खुलेपछि उनि थाहा पाइहाल्थीन सपना भनेर र उनका आखाँहरु बग्न थाल्थे, सिरानहरु भिज्न थाल्थे । तर उनको आँसु पुछिदिने कोही हुन्दैनथे । उनि प्रार्थना गर्न पूग्थे हे भगवान ! मलाई पनि माथि बोलाउ । मलाई बाच्न पुग्यो । तर उनको बेदना संगै भएका मानिसहरुले त सुन्दैन भने कति पर रहेको भगवानले के सुन्थ्यो ।
त्यसपछि उनलाई मामाघरमा बस्नै मन लाग्दैन र आफ्नै घर तिर लागे । जुन घरमा उनले आफ्नी आमासंग १४–१५ वर्ष बिताइसकेको थियो त्यहा आएर उनले तल देखी माथी सम्मै सबै कुना काप्चाहरु हेर्न थाले । उनलाई लाग्यो उनकी आमा कतै यँहापो छिनकी, कतै वँहापो छिनकी । उनलाई कुरीरहेकी छिनकी । उनी यताउटी हेर्छिन तर कहि पनि कोही पनि देख्दैनथिन ।
यसरी उनी आफ्ना घरमा झ्यालमा बसेर दिनहरु बिटाउन थाले । उनले हेरिरहेको हुन्थ्यो जहिलेपनि तर थाहा छैन कसलाई हेरिरहेका छन, कसलाई खोजीरहेका छन तर लाग्दथ्यो उनी कसैको प्रतिक्षामा छिन ।
थाहा छैन अब कुन भगवानले कहाँबाट, कहिले आएर उनको हात थाम्ने छन तर साच्चिको ईश्वर छ यस जगतमा यदी भने पक्कै आउने छन र उनलाई साहारा दिने छन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु