भाषाका नाममा छाएको बौद्धिकहरुको मास हिस्टेरिया

- अतुल यात्री

–“तपाईँको वर्ण विन्यास नयाँ कि पुरानो ?”
–“वर्ण विन्यास पनि के नयाँ र पुरानो हुन्छ र ? त्यो त लामो परम्पराबाट आएको हो । त्यसमा अहिले सरलताका लागि केही परिवर्तन न गरिएको हो ।”
–“कुरो बुझियो ।”
–“के भन्न खोजेको हँ ।”
–“होइन क्या सर, नयाँ वर्ण विन्यास बनाउन त क्रिस्चियनले पैसा खुवाएको रे नि, संसदमा नि कुरो उठेछ ।”
–“के तिमीहरु जस्ता समझदार विद्यार्थीहरुले पनि यस्तो वाइयात कुरा गर्ने ।” शिक्षकको केही रुखो उत्तर सुनेर विद्यार्थीहरुको झुन्डमा सन्नटा जस्तो छायो र म क्याम्पस गेट बाहिर निस्किएँ । सामुन्नेको चिया पसलमा धेरै विद्यार्थी र केही सरहरु देखिनु भयो । त्यहाँ पनि नेपाली भाषाकै बारेमा चर्को बहस चल्दै रहेछ । बाटो वारि नै सुनिन्थ्यो–
–“क्रिस्चियनले पैसा खुवाएर नेपाली लेखाइ बिगारेको रे ।”
–“के को हुन्थ्यो, यो सबै हिजोको त्यो दरबारको भित्रिया जो अहिले नेपाली केन्द्रीय विभागको प्रमुख छ त्यो र त्यसका मतियाराले आफूले केही भाग पाएनौँ भनी गरेको क्षुद्र प्रोपोगन्डा मात्र हो ।”
–“कहाँ त्यति मात्रै हुन्थ्यो, इन्डियाले केही उपाय नपाएर भाषाका नाममा वितण्डा सिर्जना गर्न लगाएको हो । यसका पछाडि ज्ञानेन्द्र र भारतीय हिन्दूवादी सङ्गठनको पनि गहिरो चाल छ । नेपालका हिन्दुवादीे बाहुनहरु देख्नु हुन्न कसरी उसको इसारामा नाच्दैछन् ।”
–“हो, हो, अहिले प्रान्तीय भाषा छनोटका बेला नेपाली भाषाका आधिकारिक संस्था प्रज्ञा र नेपाली विभाग बिच बेतुकको झगडा सल्काएर हिन्दी भाषालाई स्थापित गराउन खोजिएको हो । यसका निम्ति त्यो विभागीय प्रमुख र अर्काे शिक्षाविद् भनाउँदोलाई इन्डियाले किनि सकेछ ।”
–“के प्रमाण छ ? त्यसै मनपरि बक्छौ ।”
–“कति चाहियो प्रमाण ? तिनीहर नबिकेका भए अहिले यस्तो भौतिकवादी युगमा पनि विकसित हुँदै आएको देवनागरि लिपि चिन्हलाई भगवान् शङ्करको वर प्रसादबाट पाइएका हुन् । यिनलाई चलाए अर्थको अनर्थ हुन्छ भनी विद्यानाथ जस्ता मानिसले लेख्थे । त्यस्तै आफैले बनाएको नियम लागु भएको ७÷८ वर्षपछि आएर नेपाली केन्द्रीय विभागको प्रमुखले उल्ट्याउन खोज्थे ?”
–“अनि अर्काे प्रमाण, संसदमा क्रिस्चियनले पैसा खुवाएर माओवादी शिक्षामन्त्रीले यो नियम लागु गरेको हो भन्ने हिन्दुवादी राप्रपा नेपालको सभासद होइन ?”
–“त्यस्तै अहिले नेपाली भाषा बचाऔँ भनी अनसन बस्ने, सिठी र शङ्ख जुलुस गर्ने ती सबै लुठा पण्डितहरु ज्ञानेन्द्र र हिन्दुवादी दलका हनुमान होइनन् ?”
उनीहरुले अझ धेरै फेरिहिस्ता बताउँदै थिए तर केही सरहरुले बिचमै रोकी यसरी विद्वान्, मन्त्री र पेसाकर्मीलाई अपमानित लबजमा आक्षेप नलगाउनु होस् भन्दै रोक्न खोज्नु भयो तर उसकै पछि रहेकी अर्की छात्राले निकै तिखो स्वरमा –“सर बोलीको ठेगान नभएका र कुतर्क गर्नेलाई पनि विद्वान् भन्छन् ? यस्ता दुई जिब्रे पनि सम्मान गर्न योग्य हुन्छन् र ?” भन्दै चर्किइन् ।
विज्ञान विषयका एक जना बृद्ध सरले हप्काउँदै “के बोलीको ठेगान भएन ?” भन्न नपाउँदै आडाको नेपाली विषयमा शोधपत्र लेख्दै गरेको छात्रले मोवाइलमा देखाउँदै भने –“सर पनि कुरै नबुझी झपार्नु हुन्छ । हेर्नु होस् त देवी प्रसाद गौतमले लेखेको भाषा विज्ञानको पुस्तकको पहिलो र दोस्रो संस्करणको कभर पेजको फरक फरक वर्ण विन्यास ? यस्ता विचारको ठेगान नभएका अन्धा नै घुम्ने मेचमा बसेसि नेपाली भाषाको दुर्दशा हुन्न त ?”
आडैमा रहेका नेपाली विषयका प्राध्यापकतिर ती विज्ञान विषयका सरले आँखाले इसारा गरे अनि ती प्राध्यापकले मोबाइलको सामग्री हेरेर सकभर परिस्थितिलाई सामान्य पार्न खोज्दै भने यहाँ पहिलो संस्करणको भाषा नयाँ मान्यता अनुरुप पद वियोगको छ भने दास्रो संस्करणको भाषा पुरानो मान्यता अनुरुपको पदयोगको छ । तर सबै अभ्यस्त भइ नसकेका हँुदा अहिले दुबै चलेका छन् ।
–“पुरानोबाट नयाँतिर आउनु त ठिक हो, नयाँबाट किन पुरानोतिर लागेको ?”
–“खै सर त्यो त म पनि बुभ्mदिनँ । नियम बनाउने बेलामा मैले पनि बिचका प्रसाद, शरण, बहादुर जस्ता जोडेरै लेख्नु पर्छ भनेको हो तर उहाँले नै यसमा बेकारको अड्डी नलिनु होस् भनी मलाई पनि सम्झाउनु भएको हो र मैले पनि नयाँ अनुसार आपूmलाई अभ्यस्त गर्दै लगेको हुँ । तर मलाई नै प्रेरित गर्ने गुरु पछि पुरानो बाटोमा लाग्नु भएछ । खै के वाध्यता परेछ बुभ्mनै सकिएन ।”
–“के नसकिने, त्यो वल्लभ मणिको पोप्यपुत्र जो हिजो दरबारभित्र गएर पञ्चायत जाचबुझ समितिको काम गर्ने मानिस त हो ? पछि एमाले, माले हुँदै माओवादी भएको होइन ? त्यस्तो फितलो मान्छेको बोलीको के ठेगान हुन्छ ?” अर्का हक्की स्वभावका निवृत्त एक जना प्राध्यापकले सहजै भने । तर वैयक्तिक आक्षेपको सन्दर्भबाट विषयान्तर हुन अर्काे सरले सोधे–
–“अनि, यो नयाँ मान्यता कहिलेदखिको हो ?”
–“यो बनेर लागु भएको त्रि.वि.मा २०६५ देखि हो भने ११÷१२ कक्षामा २०६९ देखि हो ?”
–“अनि यत्रो वर्ष अगिको कुरा अहिले आएर के को यो बबन्डर हो त ?”
–“के हुन्थ्यो र कुर्चीको क्षुद्र स्वार्थ बाहेक, अहिले भाषा आयोग बनाउने कुरा छैन ? आपूm पर्नु परेन ।”
–“अनि त्यो खुट्टा काटेर लेख्ने कुरा छ रे नि । राष्ट्रपति, प्रज्ञा प्रतिष्ठान त कस्तो पढ्नै नमिल्ने गरी लेखेका छन् नि किन हो ? हेर्नु होस् त” भन्दै आप्mनो मोबाइको सामग्री एउटा भाइले देखाउन थाल्यो । त्यो हेरेपछि नेपालीका प्राध्यापकले भने ।
–“अहिले केही सीमित संयुक्त व्यञ्जन वर्णलाई छुट्याएर लेख्ने भनिएको हो । त्यसैलाई भ्रष्टीकरण गरी आम मानिसलाई दिग् भ्रमित पार्र्ने यो निकृष्ट चाल हो । यस्तो काम कमसेकम विश्व विद्यालयका शिक्षकलाई सुहाउने जस्तो लाग्दैन तर कतिलाई त्यसैमा आनन्द आउँछ होला र त गर्छन् ।”
–“अझै स्पष्ट बुझाँैन ।”
–“परम्परित लेखनमा धेरै चलेका क्त, द्द, द्म, द्ध, द्य, ह्य, ङ्क, ङ्ख, ङ्ग, ट्ट, ठ्ठ, जस्ता संयुक्त व्यञ्जन अहिलेको नयाँ भनिएको लेखनमा क्रमशः क्त, द्ध, द्द, द्य, ह्य, ङ्क, ङ्ख, ङ्ग, ङ्घ, ट्ट, ठ्ठ, लेखिन्छ ।

यो परिवर्तन विद्यार्थी मैत्री, प्रविधि मैत्री र धेरै सरल पनि हुने भएर गरिएको भन्ने यसका विज्ञको राय छ । अनि पुरानै लेख्छु भन्नेलाई पनि यसले अवरोध गरेको छैन किनभने प्रज्ञाको २०७२ सालको शब्दकोशमा दुबै शब्द पाइन्छन् । फेरि यो काम पनि पहिलो पटक गरिएको होइन । २०४० सालको प्रज्ञाको शब्दकोशमा नै ङ्क, ङ्ख, ङ्ग, जस्ता वर्ण ङ्क, ङ्ख, ङ्ग बनाएर लेखिएकै छ ।
–“अनि यो नयाँ नियममा अरु के के पर्छन् ?”
–“तद्भव र आगन्तुक शब्दका सुरु र बिचका इकार उकार ह्रस्व, अन्त्यमा भने ई दीर्घ र उ ह्रस्व, स भने सबैमा पातलो लेख्ने हो । त्यस्तै २÷२ लिपिका शब्द जोड्ने, तीभन्दा बढीका छुट्याएर लेख्ने । यत्ति हो ।”
–“ए, अनि यति सामान्य कुरामा केन्द्रीय विभागका धेरै सरहरु नयाँ कुरा सबै उल्ट्याउनु पर्छ भनी किन कस्सिएका त ? के भएको हो तिनीहरुलाई ?”
–“खै के भनौँ ?”
–“कस्तो के भनौँ हो ? यो सबै अहिले भाषाका नाममा देखिएको बौद्धिक भनाउँदाहरुको मास हिस्टेरिया हो । त्यति पनि बुभ्mनु हुन्न ।”
–“खालि मनमा शैतानको वास हुन्छ भन्छन् । कक्षामा विद्यार्थी छैनन् । अब गाइड, गेस पेपर लेखे पनि धेरै बिक्तैन । कापी काटेर वा थेसिस आफै लेखि दिएर (हेर्नु त्रि.वि.मा थेसिसको धन्दाको लेख) कमाउने ठाउँ पनि क्रमशः सुक्यो । आपूmसँग न हिजोका त्रिपाठी, मोहन राज, दयाराम, चूडामणि, माधव पोखरेल, हेमाङ्ग जस्ता बुढाहरुको विषय विज्ञता, विषय विकासप्रतिको समर्पण र सिर्जनात्मकता छ न नैतिक बल नै । अहिले त जस्ता भए पनि केन्द्रमा हाजिर भए पछि त्रि.वि.ले प्राध्यापक नबनाई फुत्कनै दिन्न । अनि एक दुई पटक छाते, हुक्के, ढोलके बनेर विदेश पनि पुग्न पायो भने त उसले आपूmलाई नै अक्सफोर्ड र केम्रिजकै प्रोफेसर त हुँ नि भन्न थाल्छ । यस्ता फुस्कटले वितण्डा सिवाय गर्ने कुरा के नै हुन्छ र ?”
–“हो त नि । बैठकमा गएर निर्णयमा हस्ताक्षर गर्ने र भत्ता बुभ्mने अनि बाहिर आएर आठ वर्षदेखि त्रि.वि.मा लागु हुँदै आएको निर्णय मैले मानेको थिइन, मान्दिन, सबै उल्ट्याउछु भन्ने, कति लाजमर्दाे चरित्र छ हाम्रा विद्वान्को हगि ।”
–“त्यसो हो भने त तिनीहरुले बनाएको नियम पनि अरुले मान्नु पर्ने वाध्यता के नै रह्यो र ?”
–“केन्द्रीय विभागको दम्भ ! नमाने विभिन्न तरिकाले घाँटी रेट्ने होला नि !”
–“केन्द्र भनेको झगडा झोस्दै हिँड्ने हो कि ? सल्केको झगडाको आगो निभाउँदै हिँड्ने हो ? केन्द्रमा बसेर नेपाली भाषाको विकासमा वा विनाशमा यिनले योगदान गरे ? लोकसेवाले नेपाली हटायो, प्रमाण पत्र तहको १५० अङ्कको नेपाली ११÷१२ मा १०० मा झारियो, कानुन र इञ्जिनियरिङतिरको स्नातकको अनिवार्य नेपाली हटाइयो त्यतिखेर यिनले के हेरेर बसे ? कुनै त्यस्तो विज्ञप्ति निकाले ? यिनलाई नेपाली विषयको केन्द्रीय विभागको सदस्य हुँ भन्ने नैतिक हैसियत छ ?
अनि केन्द्रमै बसेर म केन्द्रको हुुँ भन्नुले तिनको गिर्दाे साख आफै प्रकट हुन्न ? संविधानको भाषा हेर्न एउटा सामान्य पत्रकार बोलाइन्छ । यिनलाई सोधिन्न किन ? यिनकै फितलो चरित्रका कारण होइन ? हिजोका बुढाहरुले कहिल्यै म केन्द्रको हुँ भन्नु परेको थियो ?”
–“केन्द्र मात्रै होइन अब त अरुको पनि उनैका पक्षमा विज्ञप्ति आउन थाल्यो ।”
–“हो, बोलीको ठेगान नभएका मन्त्रीले नै “मैले गलत निर्णय गरेछु” भनिदिए पछि त्यसै ओइलाएका यिनीहरु जाग्न थालेका हुन् । सत्ताको रापका आडमा अब केही समय पञ्चायत कालीन स्याल हुइयाँ चलि रहला । यसले सक्कली र नक्कली चेहरा पनि छुट्टिँदै जान्छ । देसी र विदेशी खेल पनि उघारिँदै आउँछ । अनि अहिलेदेखि इतिहास भरि नै यी खल चरित्रहरुले उत्तर दिइ रहनु पर्ने छ । हिजो के भनेर अनुमोदन ग¥यौ र आज आठ वर्षपछि के भनेर उल्ट्याउँदै छौ । तिमीले हिजो पढाएको विद्यार्थी आज तिमी जत्तिकै हैसियतका बनि सकेका छन् । तीसँग आँखा जुधाएर भन्न सक्छौ –“मैले विगत आठ वर्षदेखि पढाएको त सबै गल्ती थियो । अब पढाएको मात्रै सही हो ।” सकेछौ भने हामी पनि भनौला “यो देशमा दुइजिब्रे शिक्षा मन्त्री र सन्की केन्द्रीय प्रमुखका कारण एक समयमा नेपाली भाषाका नाममा बौद्धिकहरुको मास हिस्टेरिया छाएको थियो । त्यो नै नेपाली भाषाका लागि सबैभन्दा कालो काल खण्ड थियो ।”
निवृत्त हक्की गुरुका कुरा सुनेर सबैमा गहन स्तब्धता छाएको थियो तर मलाई प्रेसमा पुग्न हतारे हुँदा मन नलागी नलागी प्रेस तिर सोझिएँ । मस्तिष्कमा भने उनै गुरुका पेचिलो भनाइ गुँजि रहेको थियो भाषाका नाममा छाएको बौद्धिकहरुको मास हिस्टेरिया । केन्द्रीय नेपाली विभागको बेला नबोल्ने अकर्मण्यता र पछि देखिने कुकर्मण्यता ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु