धरानकाे साहित्यिक इतिहासः बिर्सिन लागेको एउटा पाना

- प्रा.डा. गोपाल भण्डारी

इतिहास बितेका समयको अभिलेख हो । इतिहासले पुराना घटनाक्रमलाई सम्झाउँछ र वर्तमानलाई अघि बढ्न अभिप्रेरित गर्दछ । इतिहास सत्यमा आधारित हुनुपर्दछ भने प्रत्येक विषयका आप्mनै इतिहास हुन्छन् । प्राचीन ग्रीसेली मान्यता के छ भने सत्यको स्थापनाका लागि गरिने खोजी नै इतिहास हो । तसर्थ इतिहास बितेको समयको सत्यकथा हो । इतिहासलाई बेवास्ता ग¥यो भने सत्यको एउटा पाना उडेर जान्छ अथवा हराएर जान्छ । यसै क्रममा धरानको साहित्यिक इतिहासको एउटा कालखण्डको चर्चा गर्न खोजिएको हो ।

धरानमा २०४० को दशकमा साप्ताहिक भेटघाट गर्ने र रचना वाचन गरी सुन्ने–सुनाउने प्रचलन प्रारम्भ भएको थियो । प्रत्येक शनिबार बेलुका ४ बजे अरुण धर्मशालामा भेला भएर आप्mना रचना वाचन गर्ने कार्यक्रमलाई ‘धरान धर्मशाला साहित्यिक समूह’ ले संयोजन गर्ने जिम्मा पाएको थियो । त्यस भेटघाटमा त्यस बेलाका वृद्ध, प्रौढ, युवा र उदीयमान कविहरु भेला भएर कविता सुनाउने गर्दर्थे । त्यस कार्यक्रमले साहित्यकारहरुमा ऊर्जा थपेको थियो । हप्तामा एउटा नयाँ कविता सुनाउनुपर्ने हुँदा कविहरुमा सिर्जनशीलता बढेको थियो भने नयाँ र पुराना कविहरुका बीच पारस्परिक सुसम्पर्क स्थापित हुन पुगेको थियो । २०४२ साल फागुन ४ गतेदेखि लगभग २०४५ सालको पूर्वाद्र्धसम्म यो साप्ताहिक भेटघाट कार्यक्रम सञ्चालन भएको थियो । साप्ताहिक भेटघाटमा उपस्थित हुने तत्कालीन कविहरुमध्ये कतिपयको निधन भइसकेको छ भने कतिपय अभैm पनि साहित्यिक संसारमा क्रियाशील भइरहेका छन् । कतिपय चाहिँ निस्क्रिय पनि भएका होलान् । तर त्यस बेला ठूलो उत्साह र जोशका साथ आप्mना रचना सुनाउन आउने कविहरुलाई इतिहासले बिर्सन हुँदैन । त्यस बेला भर्खरै साहित्यमा पाइला चाल्न थालेका कतिपय युवा प्रतिभाहरु आज आप्mना स्वतन्त्र र मौलिक सङ्ग्रहहरु निकालेर साहित्यिक संसारमा चम्किरहेका हुँदा उक्त साप्ताहिक भेटघाट कार्यक्रम महत्वपूर्ण बन्न पुगेको देखिन्छ । तसर्थ इतिहासको बिर्सिन लागेको सो पानाका केही प्रतिभाहरुलाई यहाँ स्मरण गर्न खोजिएको हो ।

साप्ताहिक भेटघाट कार्यक्रमका एकजना प्रतिभा हुन्–टीकाप्रसाद शर्मा । शर्माले थुप्रै फुटकर कविता, समालोचना, सम्पादकीय र अनुसन्धानात्मक लेखहरु लेखेका थिए । पिण्डेश्वर संस्कृत महाविद्यालय र महेन्द्र बहुमुखी क्याम्पसमा नेपाली विषयमा प्राध्यापकका रुपमा सुपरिचित शर्माको २०६९ सालमै देहावसान भइसकेको छ । धरानको साहित्यिक इतिहासमा उनी अविस्मरणीय प्रतिभा हुन् । उक्त साप्ताहिक भेटघाट कार्यक्रमको प्रारम्भ नै शर्माबाट भएको थियो ।

साप्ताहिक भेटघाटमा निरन्तर आइरहने अर्का कवि हुन्– देवलाल श्रेष्ठ । पब्लिक हाइस्कुलमा लामो समय अध्यापन गरी सेवा निवृत भएपछि अहोरात्र काव्य साधनामा लागेका श्रेष्ठले आप्mनो छुट्टै कविता सङ्ग्रह पनि प्रकाशित गरेका थिए । साप्ताहिक भेटघाटको शुरुदेखि अन्त्यसम्म नै सम्मिलित हुने श्रेष्ठको निधन भइसके तापनि उनलाई अविस्मरणीय स्रष्टाका रुपमा उल्लेख गर्नु पर्दछ ।
साप्ताहिक भेटघाटमा आउने गिरिराज आचार्य अहिले पनि क्रियाशील रहेका छन् । उनका थुप्रै कविता, कथा, उपन्यास, नाटक र खोजमूलक ग्रन्थहरु प्रकाशित भएका देखिन्छन् । अर्का प्रतिभा भीष्म काप्mले हुन् । उनका प्रशस्त फुटकर कविता छन् । तिनलाई सङ्ग्रहका रुपमा प्रकाशित गर्न काप्mले प्रयत्नरत् रहेका छन् । हर्ष सुब्बा सो भेटघाट कार्यक्रमका सहभागी हुन् । उनका पनि फुटकर कविताहरु थुप्रै छन् । तिनलाई व्यवस्थित गरी सङ्ग्रहका रुपमा प्रकाशित गर्न कवि सुब्बा इच्छुक छन् ।
साप्ताहिक भेटघाटका सहभागी कविराज पोख्रेल धरानबाट विराटनगर गए पनि उनी छन्दोबद्ध कविता र गजल सिर्जनामा अहिले पनि सक्रिय छन् भने उनको वाचन र प्रस्तुति अत्यन्तै प्रभावकारी रहेको छ ।
साप्ताहिक भेटघाटका अर्का सहभागी चन्द्रमणि अधिकारी दिवङ्गत भइसके पनि उनले नेपाली कविता, कथा, समालोचना, निबन्ध र व्याकरणका क्षेत्रमा थुप्रै पुस्तकहरु प्रकाशित गरेका थिए । धरानको बौद्धिक समाजमा उनी अविस्मरणीय प्रतिभा मानिन्छन् । उनले सम्पादन गरी प्रकाशित गरेको ‘आरसी’ साप्ताहिक त्यस बेलाको बहुचर्चित पत्रिका मानिन्थ्यो ।

साप्ताहिक भेटघाटमा सहभागी हुने अर्का प्रतिभा हुन्– बद्री पलिखे । पलिखेले थुप्रै कविता सङ्ग्रह र खोजमूलक समीक्षा प्रकाशित गरेका छन् भने साहित्यिक सङ्घ–संस्थाको नेतृत्व गरेका छन् । उनी अहिले पनि सक्रिय छन् । साप्ताहिक भेटघाटमा अर्का सहभागी खेमनाथ दाहाल हुन् । दाहाल त्रिविबाट विद्यावारिधि प्राप्त हाल सेवानिवृत्त प्राध्यापक हुन् । उनले थुप्रै समालोचनात्मक ग्रन्थहरु प्रकाशित गरेका छन् । नेपाली साहित्यमा उनको योगदान महत्वपूर्र्ण रहेको छ । साप्ताहिक भेटघाटमा सहभागी युवाकवि ओम आचार्यले आप्mनो छुट्टै कविता सङ्ग्रह निकालेका छन् । हाल उनी विराटनगर बस्दै आए पनि उनको क्रियाशील साहित्यिक जीवन धरानमै केन्द्रित थियो ।

साप्ताहिक भेटघाटमा आउने कवि रोहिणी भण्डारी दिवङ्गत भइसके पनि भण्डारीको ‘श्रद्धाञ्जलि’ शोककाव्य र ‘रामगीता’ लाई उल्लेखनीय उपलब्धिका रुपमा सम्झनुपर्दछ । अर्का कवि गोविन्द बी चापागाईं हाल विराटनगरमा बसोबास गर्दैछन् । उनको ‘धरान’ शीर्षकको खण्डकाव्य धरानमा लोकप्रिय रहेको थियो ।

साप्ताहिक भेटघाटका सहभागी गोकुल भण्डारी हाल क्यानडामा प्राध्यापन गर्दछन् भने रामचन्द्र भण्डारी अमेरिकामा रही फुटकर कविता लेखिरहेका छन् । अर्का युवाकवि कृष्णप्रसाद भण्डारी, पशुपति भण्डारीहरु काठमाडौँमा बस्दैछन् भने त्यस बेलाका युवाकवि चन्द्रकुमार घिमिरे आज स्थापित कविका रुपमा परिचित भएका छन् । सरकारी सेवाको उच्च पदमा पुगेका घिमिरे आप्mनो छुट्टै पहिचान बनाउन सफल भएका छन् । उनका स्वतन्त्र कविता सङ्ग्रहसमेत प्रकाशित भएका छन् । साप्ताहिक भेटघाटका अर्का सहभागी कवि गोविन्द तिम्सिना आज पनि सक्रिय हुँदै आएका छन् । उनको निबन्ध सङ्ग्रह प्रकाशित भएको छ ।

अर्का युवाकवि कृष्ण बजगाईं बेलायत पुगेका छन् । उनको लघुकथा सङ्ग्रह प्रकाशित छ भने प्रशस्त फुटकर कविता लेखेर बजगाईंले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यलाई परिचित बनाइरहेका छन् ।

साप्ताहिक भेटघाटमा आउने रमेश न्यौपाने र रमेश केसी एउटै व्यक्ति हुनुपर्छ । रमेश केसीले नाटक लेखेर प्रज्ञा प्रतिष्ठानबाट पुरस्कार समेत पाएका थिए । उनको कविता सङ्ग्रह त्यस बेला निकै चर्चित मानिन्थ्यो । उनले बौद्धिक समुदायमा राम्रो ख्याति कमाएका थिए । उनी अभैm पनि एकान्त साधक बनिरहेका छन् ।

साप्ताहिक भेटघाटमा आएका सिद्धिकर्ण शर्माले थुप्रै कविता र अनुसन्धानात्मक ग्रन्थहरु लेखेर आपूmलाई क्रियाशील बनाइरहेका छन् ।

नरेश शाक्यको आप्mनै कविता सङ्ग्रह प्रकाशित भएको छ । उनी काठमाडौँमा आत्मनिर्वासित छन् । वेणु आचार्यका कविता सङ्ग्रह प्रकाशित छन् भने उनी अभैm क्रियाशील छन् । राजकुमार कार्कीका थुप्रै फुटकर कविता प्रकाशित भएका छन् । उनी त्यस बेलादेखि अहिलेसम्म नै साहित्यमा सक्रिय देखिन्छन् । साप्ताहिक भेटघाट कार्यक्रम सञ्चालनमा पनि उनको योगदान रहेको थियो । यसैगरी कुन्ता शर्मा नेपाली कवितामा स्थापित कवयित्री मानिन्छन् । उनको एउटा कविता सङ्ग्रह प्रकाशित भएको छ । साप्ताहिक भेटघाटमा संलग्न भएका छविलाल पोख्रेलको देहावसान भइसकेको छ । पोख्रेलले थुप्रै ग्रन्थ प्रकाशित गरेका थिए । उनर्को एउटा कविता सङ्ग्रहसमेत प्रकाशित भएको छ । दिवङ्गत भइसकेकी लीला श्रेष्ठ ‘सुब्बा’ राम्रो कथाकार हुन् । उनले साप्ताहिक भेटघाटमा भने फुटकर कविता नै सुनाउने गर्दथिन् । साप्ताहिक भेटघाटका सहभागी देशबहादुर लिम्बू हाल हङकङमा देश सुब्बा नामले परिचित छन् । उनले ‘भयवाद’ नामक दर्शन प्रतिपादन गरेका छन् । यो चिन्तनले आज विश्व बजारमा चर्चा पाएको देखिन्छ । भेटघाटका सहभागी पोषराज निरौलाको देहावसान भइसके पनि उनी कथाकारका रुपमा चिनिएका थिए । यसै गरी बम देवान कवि र हाइकूका रचयिताका रुपमा आज पनि क्रियाशील रहेका पाइन्छन् । कृष्णप्रसाद श्रेष्ठ पनि सो भेटघाटका सहभागी देखिन्छन् । सहभागीमध्ये गोविन्द विकलको निधन भइसके पनि उनको योगदान अविस्मरणीय रहेको छ ।

यसैगरी कृष्ण पाख्रिन पनि दिवङ्गत भइसकेका छन् तर उनका योगदानले नयाँ पुस्ताका थुप्रै कविहरु प्रभावित देखिन्छन् । पाख्रिनका कविता सङ्ग्रह प्रकाशित छन् । भेटघाटका सहभागी मानबहादुर शाक्य, टङ्क घिमिरे, झपडप्रसाद काप्mले, विमल गुरुङ, नेत्रप्रसाद काप्mले, टेकबहादुर कार्की, प्रसाद राई, माणिकलाल श्रेष्ठ, मोहन प्रधान, कृष्णप्रसाद वस्ती, पीताम्बरभोला लम्साल, झापाका भवानी घिमिरेहरुको देहावसान भइसके पनि इतिहासमा दिवङ्गत लेखकहरुका नाम स्मरणीय रहेको छ ।

साप्ताहिक भेटघाटमा सम्मिलित हुने अन्य लेखकहरुमा दिलीप श्रेष्ठ, इन्द्र बजगाईं, रामप्रसाद श्रेष्ठ, विनोद श्रेष्ठ, हेमन्तराज आचार्य, पुरुषोत्तम भट्टराई, हरिप्रसाद दाहाल, देवराज अधिकारी, आनन्द श्रेष्ठ, शरणकुमार राई, प्रेम गुरुङ ‘दुबो’, हस्तकुमार राई, मदन कोइराला, सविता श्रेष्ठ, गोपाल खनाल, प्राडा टङ्कप्रसाद न्यौपाने, केशव वाग्ले, बद्रीविशाल पोख्रेल, सूर्य भण्डारी, रामविक्रम थापा, अनिल पौडेल, दण्डपाणि नेपाल, मेनका आचार्य, नवीन सुब्बा, कृष्णविनोद लम्साल, शिवशङ्कर थापा, रमेश नेपाली, मान बज्राचार्य, हर्क चुम्मे, शारदाप्रसाद रिजाल, दिलीप काप्mले, लक्ष्मण निरौला, सुजेन्द्रप्रकाश उप्रेतीहरु आजसम्म पनि कुनै न कुनै रुपमा साहित्यिक क्षेत्रमा संलग्न हुँदै आएका छन् ।
शरणकुमार राई र सविता श्रेष्ठले फुटकर कविता र उपन्यास लेखेको पाइन्छ । प्राडा टङ्क न्यौपानेका पनि थुप्रै अनुसन्धानात्मक कृतिहरु प्रकाशित भएका छन् । डा बद्रीविशाल पोख्रेलका चोटिला कविता र अनुसन्धानात्मक कृतिहरु बौद्धिक समाजमा चर्चित रहेका छन् । रामविक्रम थापा साह्रै क्रियाशील प्रतिभा हुन् । उनले थुप्रै कृतिहरु लेखेका छन् । अनिल पौडेल त्यत्तिकै सक्रिय छन् भने मेनका आचार्यले काठमाडौँलाई कर्मथलो बनाई फुटकर कविता र कथा सङ्ग्रहसमेत लेखेकी छन् ।

नवीन सुब्बा चलचित्र क्षेत्रमा लागे पनि फुटकर कवितामा सफल प्रतिभा हुन् । कृष्णविनोद लम्साल प्रसिद्ध उपन्यासकार र सफल कवि हुन् । शिवशङ्कर थापाका कविता र गीत राम्रा छन् । मान बज्राचाय साह्रै क्रियाशील वयोवृद्ध कवि हुन् । सुनसरी जिल्लाका साहित्यिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा मान बज्राचार्यको अतुलनीय योगदान रहँदै आएको छ ।

साप्ताहिक भेटघाट कार्यक्रममा आउने कतिपय सहभागीहरु साहित्यिक क्षेत्रमा अपरिचित नै भए पनि त्यस बेला उनीहरुको उपस्थिति महत्वपूर्ण रहेको थियो । सो भेटघाट कार्यक्रमले २०४३ भदौ १४ गते ‘प्रथम कथा अधिगोष्ठी’, २०४४ वैशाख ३० गते भाषाशास्त्री महानन्द सापकोटाको ९२ औँ जन्मजयन्ती, २०४४ साल असोज २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती भव्यतापूर्वक मनाएको अभिलेख फेला परेको छ । यसैगरी बृहत् काव्यगोष्ठीको आयोजना गरेर साप्ताहिक भेटघाट कार्यक्रमले त्यस बेला धरानको साहित्यिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान दिएको थियो । प्रत्येक शनिबार भेला हुनेहरुले मानसिक उत्साह पाएका हुँदा उत्तरोत्तर प्रगति गरेको मान्न सकिन्छ । २०४५ सालमा आएको विनाशकारी भूकम्पले सो भेटघाट कार्यक्रमलाई समाप्त पारेको थियो । भूकम्पपछि धेरै साहित्यकारका घर ध्वस्त भएका हुँदा पुनःनिर्माणमा लाग्नु परेकोले कार्यक्रम टुङ्गिएको थियो ।

जे भए पनि धरानको साहित्यिक इतिहासमा २०४२ देखि २०४५ को चारवर्षे कालावधिमा केही हलचल ल्याउने प्रयास भएको मान्न सकिन्छ, सो साप्ताहिक भेटघाट कार्यक्रमबाट । त्यस बेला साहित्यमा क्रियाशील प्रायः सबै कवि–लेखक सो कार्यक्रममा कुनै न कुनै पटक पुगेकै हुँदा कार्यक्रमले सार्थकता पाएको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 भाद्र, 2073

लेखकका अन्य रचनाहरु