जङ्गे मास्टरको लभ

- चूडा मणि रेग्मी

चाड–बाड झैं सम्मेलन पनि रमाइला हुन्छन् । चिया खान पाइन्छ । सिग्रेट जत्ति खाऊ । सुपारी पनि चबाउन पाइन्छ । एक जना प्रतिनिधिको पछि लागेपछि खान पनि भुँडी फुटुन्जेल !
त्यस दिन पंचायत र वर्गीय संगठनको सम्मेलन थियो । घाम लागेर धर्ती उज्यालो त्यसै थियो । त्यसमाथि राष्ट्रिय झन्डा फर्फराइरहेका ! रातो सभा–मण्डप मानौं एक काल्पनिक प्रवेशको रमाइलो एक घर हो । तोरणहरू सज्जित थिअ‍े । अर्कापट्टि हल्लाखल्ला र गफ थियो, एकापट्टि भने “किन यो मन उदास–उदास छ मेरो !” गीत बजिरहेथ्यो ! पञ्चहरू निजी छलफलमा लठ्ठ थिअ‍े ।
मन्त्री आअ‍े, ताली पिटियो, सभापतिको चुनाउ भयो, भाषण थालियो ।
हाम्रो जङ्गे मास्टर पनि हत्त र पत्त एक जना प्रतिनिधिको पछि लागी सभास्थलमा पुग्यो र पसिना पुछ्दै भाषण सुन्न थाल्यो ।
पाँच मिनटसम्म ऊ जिल्ल पर्यो । अहो ! कति रमाइलो ठाउँ ! मन्त्रीज्यूको चेहरा हेर्यो– अहा ! कति राम्रो मान्छे । राता–राता वर्णका ! टोपी पनि सक्कली ढाकाको !
“आज प्रत्येक नेपालीले अघि बढ्नुपर्छ ।” को मसिनो आवाज आयो, पुलुक्क हेर्दा त एउटी आइमाई पो बोल्दै रहिछन् ।
जङ्गे मास्टर दङ्ग पर्यो । के मजाको सारी ! तलदेखि माथिसम्म ! ब्लाउज टम्म ! कति राता ओठ र गाला ! आँखा पनि कति काला ! बोली पनि कति मिठो ! आँखामा गाजल कति सुहाएको ?
“मन्त्रीज्यूसित सोध्न चाहन्छु– नारीको अधिकार खोइ ? पुरुषले चाहिँ पच्चिस विगाहा पाइने, तर नारीले चाहिँ किन नपाउने ?” जोरदार शब्दमा यति भनेपछि भाषण गर्न एक छिन अडिन्, ताली गडडड आयो, एक जना झुत्रे नारी उठिन् र भनिन्, “श्रीमती धनपति थापा ! जिन्दावाद !”
जङ्गेले खुपसित ताली पिट्यो, आफ्नो गगल मिलायो र सभास्थलतिर हेर्यो । श्रीमती थापा मुसुक्क हाँसिन् र भन्न थालिन्– “म तपाईहरूलाई उत्तेजित गर्न आअ‍ेकी होइन काठमाडौंबाट, वास्तविक कुरा सोच्नुहोला भन्ने अनुरोध छ– जय नेपाल !”
श्रीमती थापा विसाल तालीको गड्गडाहट सुन्दै एउटा कुर्सीमा गअ‍ेर बसिन् ।
भाषणको क्रम जारी रह्यो । जङ्गेले मनमनै विचार गर्यो– “श्रीमती थापा त राम्री अनि बोल्न सक्ने नेता पनि !” ऊ थुक निल्न थाल्यो र श्रीमती थापालाई नै हेर्न थाल्यो ।
“पंचायती प्रणाली सफल पार्न तमाम नर–नारीको सहयोगको आवश्यक छ” एक जना वर्गीय संगठन–प्रतिनिधि बोल्दैछन्, शिर हल्लाएर जङ्गे मास्टर सुन्दैछ र श्रीमती थापातिर हेर्दैछ । ओहो ! म त विवाहित हुँ ! यसरी श्रीमती थापातिर हेरेको मेरी त्यसरी प्रेम गरेकी स्वास्नीले थाहा पाई भने के भन्ली ! छि ! –जङ्गे मास्टरले आफैं मैलो अनुहार लायो र त्यहाँबाट जुरुक्क उठ्यो ।
मानिसहरू तरह–तरहका गफ सुरु गर्दैछन् । पछाडि माइकबाट आवाज आइरहेछ– “पतित युगको समाप्तिपछि नवीन युग आअ‍ेको छ, जो हातमा छ ।”
जङ्गे मास्टरले पान किन्यो र खायो । देब्रेपट्टि बसेका मान्छेका हुलतिर गयो । “हलो जङ्ग भाइ, तिमी पनि बस !” एक जना प्रतिनिधिले छेउमा उसलाई बसाए । “युगका कुरा बुझ्न मन लाग्छ फेरि रमाइलो हो नि, चहल–पहल हुन्छ – आअ‍ेन मन लाग्छ, राम दाइको पछि लागेर आअ‍ेँ नि हौ !” जङ्गेले भन्यो, तर उसका आँखा भने सभा मण्डपतिरै गए ।
“हरेराम !” जङ्गेले आफ्ना आँखा निहुर्यायो । उसलाई लाज लाग्यो । जङ्गेले ५ मिनट पनि यताउति हेर्यो–हेरेन ऊ श्रीमती थापातिर हेर्दा दङ्गदास पर्यो । “हरेराम ! मैले पहिले नै किन त्यसरी हेरेँ ! ओहो ! म राम्रो भअ‍ेकोले जहाँ पनि यसरी हेरिन्छु । पोहोर साल विराटनगरमा पनि यस्तै सम्मेलन भअ‍ेको थियो । त्यहाँ पनि एउटी आइमाई आअ‍ेकी थिई– नाउँ के भने अँ, मनचपला ! उसले पनि यस्तै गगल लाएको थियो ! ज्यू ऊ भने पहाडकी गाउँले यति ‘फिट’ देखिन्न थिई, तर चार घण्टाभित्रै ऊ चारै कुना जता म जाऊँ, मैलाई हेर्थी !
जङ्गे मास्टरले फेरि हेर्यो । कोही भाषण गर्दै थिअ‍े, जसको कुनै कुरालाई श्रीमती थापा नोट बूकमा टिपिरहेकी थिइन् । एक मिनटपछि आफ्नो ह्यान्ड वेगमा नोटबूक र कलम श्रीमती थापाले थन्क्याइन् र फेरि यथास्थित भइन् । जङ्गे मास्टरतिर उनका आँखा थिअ‍े ।
“प्रेम गर्नेले धोका दिनुहुन्न ! म मेरी मायालुलाई मायाँ गर्छु भने यी नाना नारीहरूसित बेकामे प्रेम किन रच्छु ?”– जङ्गेले आफ्नो टाउकोमा हात राख्यो र चेस्मा मिलाई सभामण्डपतिर हेर्यो । कार्यक्रमको अन्तिम भाषण हुँदै थियो । सभामा केही हल्लखल्ल थियो । श्रीमती थापाले चारैतिर हर्ेदै फेरि जङ्गे मास्टर भअ‍ेतिर हेरिन् ।
“फेरि पनि !” जङ्गे मास्टर मनमनै लट्ठ भयो । मलाई केही लाग्दैन कसैको ! परार धनकुटाको सम्मेलनमा बेकार एक जनासित हेराहेर भयो । उद्देश्य हुनुपर्दछ, मेरो के उद्देह्य छ ? जब उद्देश्य प्राप्ति भन्ने वस्तु छैन भने प्रयत्न किन ? उफ ! म जानीजानी भास्सिँदैछु ।
बेलुका सांस्कृतिक कार्यक्रम थियो । दिनभरि सम्मेलनमा भाषण गर्दा र सुन्दा थाकेका प्रतिनिधि शान्तभावले कुर्सीमा बसेका थिअ‍े । कतै–कतै भने मासुमा ज्यादा पिरो भयो भन्ने सानो छलफल थियो । सफा–सुग्घर हुनाले प्रशंसनीय छ, यस्तै हो, भन्ने कतै कुरा हुँदै थियो ।
“रामदाइ, श्रीमती थापा त बेस बोल्दी रहिछन् !” आइए पास छिन् ! बाबुसँग बेलाइत बसेकी, देख्तैनौ लुवाइ–खुवाइ ! कति सभ्य छिन् ! बोलाइ हेर, कति सन्तुलित छ ! जसले भाषण गरोस्, महत्त्वपूर्ण बुँदा टिप्छिन् ... ... हुने विरुवाका चिल्ला पात !” राम बाबुले– जो एक गाउँका प्रधानपन्च थिअ‍े, सुपारी टोक्तै जङ्गेलाई भने ।
जङ्गेले यताउति हेर्यो । ऊ भावुक व्यक्ति थियो । रमाइलो सभामण्डपमा रङ्गमन्च तैयारी हुँदै थियो । गाना बज्दै थियो– “ए कान्छा ! ठट्टैमा यो बैंस जान लाग्यो ...”
जङ्गे मास्टरले सोच्यो– “हाय ! १० वर्ष भयो मास्टर भई हिँडेको । आफ्नी प्यारी ल्याऊँ साथ भने केटाकेटी र आमासमेत ल्याउनुपर्छ के गर्ने ? आफ्नो सानो बन्दोबस्त छोडी भोलि गर्ने के र ?” सम्झिँदै–सम्झिँदै आफ्नी मायालु प्रियम्वदालाई सम्झी ऊ भक्कानियो ।
लगभग आधा घण्टा जङ्गे मास्टर यताउता हिड्यो । उसलाई आफ्नो लुगा–कोट भने त गतिलै लाग्यो, तर जुत्ता भने लाबरका भअ‍ेकाले गोडा चिस्सिएका उसलाई अनुभव भयो ।
“क्या चहल–पहल छ, होगि दाइ !” भन्न आँट्तै थियो राम बाबुलाई जङ्गेको मन ढक्क भयो । श्रीमती थापा है ! मोटरमा मैले पनि ओहोर–दोहोर गर्नुपर्यो ? ... ... तर मिल्दैन । दुनियाँले भन्छन्– “यो त जङ्गे मास्टर, तिनटा छोराछोरीको बाबु ! छि ! छि !”
अगाडिका सिटमा मन्त्रीज्यू र श्रीमती थापा, बडाहाकिम साहेब, श्री न्यायाधीशज्यूहरूको बस्ने कार्यक्रम थालियो ।
यता जङ्गे मास्टरसाहब भने वरपर–वरपर गर्न थाल्यो । एकाएक उसले सुशीललाई भेट्यो । “भाइ, मलाई पनि भित्र लैजा” सुशीलले नाइँ भनेन र सुशीलको पछि–पछि जङ्गे मास्टर रङ्गमन्चभित्र पस्यो ।
बेला–बेलामा जङ्गे माइकमा बोल्न थाल्यो ।
बेलाबेलामा निहुँ पारेर श्रीमती थापालाई हेर्न पनि बिराएन । ऊ कहिले कुर्सी राख्न पुग्थ्यो, कहिले कुनै गायकले गाएका ठाउँमा तबला बजाउन पुग्थ्यो । उसलाई लाग्थ्यो– श्रीमती थापा उसलाई ने हेरिरहेकी छन् । पुलुक्क हेर्दा श्रीमती थापाका आँखा ऊतिरै देखिएकाले ऊ लुतुक्क भयो ।
भोलिपल्ट उसको स्कुलमा पनि प्रवचनको कार्यक्रम थियो । त्यस बेला जङ्गेले ज्यान दिएर काम गर्यो । मन्त्रीज्यू र थापालाई स्वागत गर्ने ताँतीमा ऊ पनि भयो । सबै मुसुक्क हाँस्ता ऊ पनि हाँस्यो । श्रीमती थापातिर हाँस्तै उसले हेर्दा त ऊ पनि हाँसिरहेकी, यसो भन्दै “ओहो, तपाईँहरूको यस हाइस्कुलको चहल–पहल त हँ कति राम्रो ? कति छात्रहरू पढ्छन् यहाँ ? के गर्ने ! महिला सङ्गठनकी सदस्यका नाताले सोध्न मन लागिहाल्छ !” प्रधान अध्यापक अलिक वृद्ध हुनाले जङ्गे मास्टरले नै अगि सरेर उत्तर दियो– “हाल त साना क्लासमा प्रत्येकमा अन्दाजी ३० र ठुलामा १० होलान् । थालनी छ श्रीमती थापाज्यू ।”
“धन्यावाद है धन्यवाद !” श्रीमती थापा अगाडि बढिन् । जिल्ल परी जङ्गे पछि पर्यो । उसले श्रीमती थापाबाट व्यक्तिगत हेराइ र बोलाइ नपाउँदा एक किसिमको शिथिलता आयो उसमा ।
मन्त्रीज्यूको प्रवचन भयो, त्यसपछि श्रीमती थापाले पनि एक मिनट समय लिई बोलिन् । जोरदार ताली पिटियो, जसमध्ये जङ्गेको ताली उल्लेख्य थियो ।
स्कुलको क्वार्टरमा कहिले–काहीँ मास्टरहरूका लामा–लामा गफ चल्छन् । ती गफ लगाम छोडेका घोडा जस्ता हुन्छन् । बेलाबेलामा जब जङ्गे मास्टरको पालो आउँछ, तब सुन्न पाइन्छ– “के भन्ने ! आफ्नो त अचम्मसित कसैसित ‘लभ’ भअ‍ेको छ !”

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 भाद्र, 2073

लेखकका अन्य रचनाहरु