दोहोरिएको इतिहास

- डा.रुपक श्रेष्ठ

एकदिन म मेरी छोरीलाई एउटा पौराणिक कथा सुनाउंदै थिएँ l छोरी निक्कै उत्सुकताकासाथ सुन्दै थिई l "अनि के भयो बाबा ?" छोरीले निकै कौतुहलतापूर्बक प्रश्न गरि l
मैले भनें, " त्यसपछि दिब्य बाह्र वर्षसम्म भिषण युध्द भयो र अन्तमा ज्ञानी तर दुष्ट राजा ईन्द्रले हारे अनि आफ्नो शिरको मुकुट खोलेर जालन्धरको पाउमा चढाउन बाध्य भए उनि सत्तामा हुँदा गरेको कुकृत्यको कारण उनलाई कसैले पनि सहानुभूती देखाएनन l उनि अति नै धुर्त पनि थिए त्यसैले टाढा कतै गएर उचित समय आउला भनि ढुकेर बसे l यता तिनै लोक जीतेर जालन्धर त्रिलोकपति बनेपछि शक्तिले उन्मत्त हुँदै गए l सानैबाट शिक्षादीक्षा दिएर आफुलाई त्यतिको शक्तिशाली बनाएको गुरू शुक्राचार्यलाई पनि अब जालन्धरले टेर्न छाडिसकेका थिए l हुँदाहुँदा उनमा यति धेरै उन्माद चढ्यो कि आफ्नै पिता महादेव अर्थात भगवान पशुपतिनाथको पनि अस्तित्व नै समाप्त पारेर संसाको सबैभन्दा शक्तिशाली राजा बन्न मन लाग्यो l उनि महादेवलाई आक्रमण गर्ने बिचारले सरासर कैलाशातिर लागे l महादेव गुफाभित्र समाधीलिन हुनुभएकोले वहाँलाई भेट्टाउन नसकेपछि त्यहि मौका पारि उनले माता पार्वतीलाई अपहरण गरेर बर्षौंसम्म बन्धकमा राखे l घोर अनिष्ट हुने लक्षण देखिए पछि दैत्यगुरू शुक्राचार्यले जालन्धरलाई महादेवको नेत्र खुल्नु अगाडी नै शिवशक्ति माता पार्वतीलाई बन्धनमुक्त गर्न निकै सम्झाए l जालन्धरले आफ्नो लिंडे ढिपी नछाडे पछि आफ्ना शिष्य जालन्धरलाई धिक्कार्दै सदाको लागि परित्याग गरि असुरगुरू शुक्राचार्य त्यहाँबाट हिंडे l "

"भने पछि इतिहास त दोहोरिँदो रहेछ नि त हगि बाबा ?!" छोरीले प्वाक्क सोधी l म जिल्ल परिरहें !

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 भाद्र, 2073

लेखकका अन्य रचनाहरु