गजल

- माधव पोख्रेल अनुराग

ईश्वर रहेछ गर्ने उसकै,वन्दना रहेछ ।।
भन्दाभन्दै नि नास्तिक बन्ने,सम्भावना रहेछ ।।

बसेर पनि यो भीडसँग एक्लै हुँदा लाग्ने रैछ ।।
दुनियाँ भन्नु नै आखिर उही,एकजना रहेछ ।।


साथमा हुँदा वास्तै हुन्न,गुमे पछि थाहा हुन्छ ।।
साँच्ची हो गर्ने त बा-आमाकै,उपासना रहेछ ।।


काफी छ प्रशंसा काफी छ,तिमीलाई गिराउन ।।
मान्छे बनिने मुलमन्त्र त,आलोचना रहेछ ।।

प्रेमको परमानन्दमा,रम्दै थिएँ उनीसँगै ।।
ब्यूझिएँ थाहा भयो त्यो त मीठो,सपना रहेछ ।।

देवघाटधाम तनहूँ

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 भाद्र, 2073

लेखकका अन्य रचनाहरु