नेपाली वाङमयका वटवृक्षः महाकवि प्रश्रित

- चूडामणि वशिष्ठ

परिचयः
लुम्बिनी अन्चल अर्घाखा“ची जिल्ला खिदिम हर्राबोटे गाउ“मा शोभाकर र सत्यकला पौडेलका नाति, घनश्याम र बालिकादेवी पौडेलका जेठा छोराका रूपमा १९९९ सालमा मोदनाथ प्रश्रित (पौडेल)को जन्म भएको हो । बाबु घनश्याम पौडेल र मावली हजुरबा दधिराम मरासिनी जस्ता संस्कृत वाङ्मयका प्रकाण्ड विद्वानहरूको छत्रछायामा हुर्किएका प्रश्रितमा सानै उमेरदेखि अध्यात्मिक चेतनाको गहिरो प्रभाव परेको पाइन्छ । हरिहर संस्कृत पाठशालाबाट शिक्षारम्भ गरेका प्रश्रितले नेपालीमा स्नातकोत्तर, संस्कृत साहित्यमा र आयुर्वेदमा आचार्यको औपचारिक शिक्षा पुरा गरेको पाइन्छ ।
वहुमुखी प्रतिभाका धनी, प्रश्रितको जीवनी व्यक्तित्व–कृतित्व र उनका योगदानको पोया केस्रा केलाउन थाल्नु हो भने दुई–चार वटै विद्यावारिधी ग्रन्थ तयार गर्नुपर्ने हुन्छ । उनका वारेमा केही लेख्नु भनेको महानदीबाट एक घैला पानी भर्नु जस्तै मात्र हो । साहित्य, राजनीति, शिक्षा, धर्म, पुराण, चिकित्सा, समाजशास्त्र, संस्कृति, इतिहास, दर्शन, पत्रकारिता, सम्पादन, अनुसन्धान, योग, चित्रकला, अनुवाद, नृत्य अभिनय, व्यवसाय, भूगोल, विज्ञान आदिदेखि लिएर सब्जी खेतीसम्मको ज्ञान र सिप प्रश्रितमा पाइन्छ । ओजस्वी वक्ता, धाराप्रवाह भाषण–लेखन, स्पष्ट व्यवहार र आचरण धेरै कम्नीस्टहरूका गुरु, वाङ्मयका विशाल बटवृक्ष प्रश्रित नेपाली साहित्यका अर्का महाकवि हुन् । गोपीरमण उपाध्याय जस्ता धेरै स्रष्टाहरूबाट प्रश्रितलाई नेपाली राहुल सांकृत्यायन त्यसै भनिएको होइन ।
उनका व्यक्तित्वका सबै पाटाहरूलाई छोड्दिएर एकछिन साहित्यकै मात्र कुरा गर्ने हो भने पनि उनले नेपाली साहित्यका सबै विधा, उप विधामा सफलतापूर्वक कलम चलाएका छन् । कविताका सबै रूप, आख्यान तर्फ कथा, उपकथा, उपन्यास, नाटक, निबन्ध, समालोचना, विचार, लेख, संस्मरण, बालसाहित्य, अभिलेख कार्यपत्र, गीत, अनुसन्धान, आदिदेखि लिएर साहित्येत्तर लेख रचना समेत मनग्गे प्रकाशित छन् । उनका अन्तर्वार्ताकै मात्र, भाषणकै मात्र, भूमिकाहरूकै मात्रले पनि ठुल्ठुलै पुस्तकहरूको आकार लिन सक्ने अवस्था छ । अहिले खण्ड–खण्ड गरेर उनका छरिएका छिरोलिएका फुटकर र पुस्तकाकार कृतिहरूलाई पैरवी प्रकाशनले ७ भागमा सङ्ग्रहका रूपमा भारि बा“ध्ने स्तुत्य कार्य गरेको छ ।
यो लेख लेखिरह“दासम्म मैले सामान्य खोजाइबाट प्राप्त ३९ वटा पुस्तकाकार कृतिका सर्जक प्रश्रितले यति बिघ्न विषयमा यतिको संख्यामा कसरी लेख्न भ्याए–सके भन्ने कुराले सबैलाई चकित पार्छ । जस्तै गारो–सारो, अप्ठ्यारो समय र परिस्थितिमा पनि आफ्नो कलम नबिसाउने प्रश्रितले क्रुर शासकहरूबाट छलिन अनेक छद्म नामबाट कलम चलाएको पाइन्छ । राजेन्द्र थापा, सुदर्शन, सुदर्शन सार्की, रामबहादुर, रामबहादुर श्रेष्ठ, हिमाली, डा“फे हिमाली, मदन पौडेल, मदन कार्की, ज्यामी, असीम, अशनि, अरुण आदि जस्ता अनेक छद्म नामबाट उनले लेखि नै रहे । २०१५ सालको ‘हितोपदेश मित्रलाभ’ (अनुदित कथा) प्रकाशनपछि लेखनमा प्रवेश गरेका प्रश्रितका पुस्तकाकार कृति नै चार दर्जनबाट उकालो लागिसकेका छन् । कतिपय सिर्जनाहरू पन्चायती शासकबाट लुकाउने क्रममा जमिनमा गाड्दा सडेको र कति सिर्जना तत्कालीन शासक प्रशासकहरूको आदेशमा डढाइएको थियो । प्रश्रितका सबै कृतिहरूलाई भेला पार्ने पर्गेल्ने छिन्किने र मथेर नौनी झिक्ने काम त्यति सजिलो छैन । स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थी डिल्लीराम ढुङ्गेल, केदारनाथ रिमाल, शिवप्रसाद उप्रेती, श्रीराम न्यौपाने जस्ता थुप्रै शोधार्थीहरूले प्रश्रितका बिभिन्न पक्षमाथि आ–आफ्ना शोधपत्रमा अध्ययन विश्लेषण र मूल्याङ्कन गर्ने जमर्को गरेको पाइन्छ । भागवत आचार्य र अन्य केही शोधार्थीहरू प्रश्रितकै विषयमा विद्यावारिधी ग्रन्थ तयार गर्न कम्मर कसेर लागेका छन् । नेपाली साहित्यका राममणि रिसाल, तारानाथ शर्मा, दयाराम श्रेष्ठ, मोहनराज शर्मा, राजेन्द्र सुवेदी, हीरामणि शर्मा पौडेल, खगेन्द्र लुइ“टेल, देवी गौतम आदि जस्ता वरिष्ठ समालोचकहरूले आफ्ना समालोचनाका पुस्तकहरूमा प्रश्रितको ऐतिहासिक महत्त्व र योगदानका वारेमा प्रकाश पारेका छन् तर पनि कतैबाट अ“चेट्ता गल, झम्पल लगाउ“दा पनि पल्टाउनै नसकिने सिङ्गै तुलोमा नाप्नै नसकिने नेपाली साहित्यका जरुवा चुचे ढुङ्गोको रूपमा प्रश्रित स्थापित छन् । उनका अहिले सम्मका प्रमुख पुस्तकाकार कृतिहरूमा–
प्रश्रितका प्रकाशति पुस्तकाकार कृतिहरू ः
हितोपदेश मित्रलाभ (अनुवाद कथा)– २०१५
आमाको आ“शु (कविता सङ्ग्रह) – २०१९
बाबु खै ? (लघुकाव्य) –२०२०
मानव (महाकाव्य) – २०२३
पचास रूपैया“को तमसुक (नाटक) –२०२७
देवासुर सङ्ग्राम (महाकाव्य) – २०३०
जीवाणुदेखि मानवसम्म (जीवशास्त्र) – २०३१
आमाको काखमा (नाटक) – २०३२
नारी बन्धन र मुक्ति (समाजशास्त्रीय निबन्ध) – २०३३
देशभक्त लक्ष्मीवाई (उपन्यास) – २०३३
वैचारिक विकासका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा (समालोचना) – २०३५
गोलघरको सन्देश (लघुकाव्य) – २०४०
भूतप्रेतको कथा (निबन्ध) – २०४२
अतीतका पाइलाहरू (संस्मरण) – २०४२
सहिदको रगत (कविता सङ्ग्रह) –२०४३
प्रश्रितका एक जोडा लेख (निबन्ध) – २०४३
नानीहरूलाई कसरी असल बनाउने ? (निबन्ध) – २०४४
चोर (नानी उपन्यास) २०४४
आस्था र प्रथा एक विवेचना (निबन्ध) – २०४४
हिन्दू धर्म र नारी (निबन्ध) – २०४६
केही सांस्कृतिक निबन्धहरू (निबन्ध) – २०४७
जातपात र छुवाछूतको संक्षिप्त इतिहास (निबन्ध) – २०४७
जनसंस्कृतिको नया“ दिशा (दस्तावेज) – २०४७
मानसपटका तस्वीरहरू (संस्मरण) – २०४९
जीवनको बाटोमा (स्तम्भ लेख सङ्ग्रह) – २०४९
जब चल्छ हुरी (गीत सङ्ग्रह) – २०४९
सपनाहरू उपहार देशलाई (नाटक) – २०४९
केही ठट्टा केही मर्का (उपकथा सङ्ग्रह) – २०५०
मन्त्रीजी (नाटक) – २०५१
एमाले सरकारको नौ महिने कार्यकालमा शिक्षा संस्कृति तथा समाजकल्याण मन्त्रालय अन्तर्गत गरिएका र गर्न थालिएका कामहरू (लेख) – २०५३
गुटफुट विरुद्ध कम्युनिस्ट आन्दोलन र पार्टी एकताको पक्षमा – २०५४
मानवताको कलङ्क ः जातपात र छुवाछूत प्रथा (समाजशास्त्र) – २०५८
औषधी चिकित्सा (चिकित्सा) – २०६१
बहुमुखी प्रतिभा टीकाराम धनञ्जय (अनुसन्धानात्मक समालोचना) – २०६१ (सम्पादन तथा संयोजन)
नेपाल एकीकरण र पृथ्वीनारायण शाह (इतिहास) – २०६३
पहिले लेखिएका अहिले देखिएका (लेखस“गालो) – २०६३
बज्रसूची उपनिषद (अनुवाद) – २०६५
देवकोटाको वैचारिक विकास परिमार्जित (समालोचना) – २०६५
अचम्मको नेपाल विचित्रको संसार (सम्पादन) – २०६६
यी सैंतीसवटा पुस्तकाकार कृतिवाहेक कान्तिपुर, अन्नपूर्ण पोस्ट, दृष्टि, छलफल, मिर्मिरे आदि जस्ता थुप्रै साहित्यिक पत्रिका र समाचारपत्रहरूमा अनेक किसिमका बिभिन्न विषयमा लेखिएका लेख, टिप्पणी, समालोचना, निबन्ध, विचार, संस्मरण, अन्तर्वार्ता, अनुसन्धान, छरिएर रहेका छन् । प्रश्रितका कान्तिपुर समाचारपत्रमा मात्रै ३०० भन्दा बढी लेख छापिएका छन् । धेरै पुस्तकहरूमा भूमिका लेखेका प्रश्रितले आदर्श गुरु पण्डित घनश्याम पौडेल शतँब्दी स्मृतिग्रन्थ – २०६१, दधिराज मराशिनी स्मृतिग्रन्थ – २०६०, महामना हरिहर स्मृतिग्रन्थ – २०६५ जस्ता अनुसन्धानात्मक स्मृतिग्रन्थहरूको संयोजन र सम्पादन समेत गरेका छन् । प्रश्रितका कति कृतिहरू प्रकाशनको पर्खाइमा पनि रहेको पाइन्छ ।
डाक्टर कामरेड ः
आयुर्वेदमा आचार्य सम्मको शिक्षा प्राप्त गरेका प्रश्रितलाई वामन्थीहरूले डाक्टर कामरेड भन्ने गरेका छन् । आयुर्वेद उपचार पद्धतिमा उनी सफल डाक्टरका रूपमा परिचित छन् । प्रश्रितले यस उपचार पद्धतिलाई सबैभन्दा भरपर्दो मानेको पाइन्छ । पार्टीको काम गर्ने क्रममा देशका बिभिन्न जिल्ला र गाउ“मा यही उपचार पद्धति द्वारा जनसेवा गरेको पाइन्छ । बिभिन्न जडीबुटीद्वारा औषधी बनाइ रोगीहरूका उपचार गर्ने सफल डाक्टरका रूपमा उनी स्थापित छन् ।
शासकहरूको आ“खाको तारो ः
पन्चायती शासकहरूले प्रश्रितलाई पटकपटक पक्रिने, थुन्ने र यातना दिने काम गरे । राजनीतिमा सक्रिय भएकै कारण देश र जनताका पक्षमा र शोषक र अन्यायी अत्याचारी शासक र सरकारका विरुद्धमा बोलेकै–लेखेकै कारण सर्वप्रथम २०३६ सालमा पक्राउ परी तिन वर्ष जेल सजाय“ र दुई हजार जरिमाना भुक्तानी गरेर बाहिरिएका प्रश्रित पर्टीको काममा सक्रिय भएकै कारण पुनः २०३७ सालमा दोस्रो पटक पक्राउ परे । त्यसपछि निरङ्कुश पन्चायती सरकारले उनलाई जेल भित्रै मार्ने अनेक षडयन्त्र पनि गर्यो । त्यही वर्ष उनी जेलबाट फरार भए । २०३७ मङ्सिरमा उनी फेरि पक्राउ परेपछि उनले अनेक यातना ताडना सह“दै कष्टमय जेल जीवन बिताए । केन्द्रीय कारागार, नख्खु, गौर, बीरगन्ज जेलमा सरुवा गर्दै उनलाई राखियो । राजद्रोह र डाकाको झुट्टा अभियोग लगाइयो । २०४१ सालमा सर्वोच्च अदालतले सफाइ दिएर जेलमुक्त त गर्यो तर तत्कालीन पन्चायत सरकारले अदालत परिसरबाटै पुनः पक्राउ गर्यो । यसरी पटकपटक गरी नौ वर्ष बन्दी जीवन बिताई २०४४ सालमा ठुलै जनदबाब पछि उनी जेलमुक्त भए । (रिमाल, २०४९ पृष्ठ १७) यसरी प्रश्रित शासक–प्रशासकहरूको आ“खाको तारो बनेर पनि न्यायको पक्षमा र अन्यायको बिरुद्धमा डटेर लडि नै रहे ।
मन्त्री कामरेड ः
२०२४ सालदेखि प्रश्रितले वामपन्थी राजनीतिमा आस्था राख्न थालेको पाइन्छ । २०२५ सालदेखि क.पुष्पलाल श्रेष्ठसित उनको निकटता बढ्यो । उनले खासगरी कम्नीष्ट पार्टीको सांस्कृतिक क्षेत्रमा काम गरे । भैरहवा नगर कमिटिको सचिव, २०३० सालमा नेकपा (पुष्पलाल) चौथो राष्ट्रिय सम्मेलनबाट पार्टीको केन्द्रीय सदस्य, २०३२ सालमा कोआर्डिनेसन कमिटिका सदस्य बने । २०३५ सालमा नेकपा (माले)का संस्थापक सदस्य, २०४७ सालमा नेकपा (एमाले) संस्थापक केन्द्रीय सदस्य, चौथो – छैटौं महाधिवेशनबाट पनि केन्द्रीय सदस्य, पार्टी स्कुल बिभागका प्रमुख हु“दै २०५१ सालको मध्यावधि निर्वाचनमा रूपन्देही जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका सदस्य बने । त्यसपछि प्रश्रितले २०५१ मङ्सिरदेखि भदौसम्म शिक्षा–संस्कृति तथा समाजकल्याण मन्त्रीको जिम्मेवारी समालेको पाइन्छ (ढुङ्गेल, २०५५, पृष्ठ १३)
क्रान्तिकारी योगदान ः
प्रश्रित साहित्यकार, राजनीतिज्ञ मात्रै नभएर असल समाज सुधारक पनि हुन् । उनले विद्यालय, कालेज, पुस्तकालय खोल्न, त्यसको सन्चालनको निम्ति उचित व्यवस्था मिलाउन अहम् भूमिका निर्वाह गरेका छन् । उनको आफ्नो गाउ“ हर्राबोटमा पुस्तकालय खोली पुस्तक उपलब्ध गराएको, गाउ“मा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरेको लुम्बिनी कलेजको स्थापनामा सक्रिय सहभागी बनेको, सांस्कृतिक मण्डल बुटवल, मिर्मिरे मिलन भैरहवा, नेपाली जनवादी सांस्कृतिक संघ, प्रगतिशील अध्ययन मण्डल आदिको स्थापना र सन्चालन गरी संस्कृतिको क्षेत्रमा उनले क्रान्तिकारी भूमिका निभाएका छन् । राष्ट्रिय जनसांंस्कृतिक मन्च २०४४का अध्यक्ष, प्रगतिशील लेखक कलाकार संघ २०४४ महासचिव, प्रश्रितले सामाजिक सांस्कृतिक क्षेत्रमा परिवर्तनकारी योगदान पुर्याएका छन् । सामाजिक कुसंस्कार, जातीय उत्पीडन, छुवाछूतको भावना, अन्धविश्वास जस्ता कुरा हटाउन र जनताको मुक्तिको निम्ति क्रान्तिकारी योगदान रहेको छ । धर्म, भाषा, संस्कृतिको उत्थानको निम्ति, प्रजातन्त्रको स्थापनाको निम्ति, युग अनुकूल वैज्ञानिक जनवादी शिक्षाका निम्ति बोलेर, लेखेर, प्रश्रितले आफ्ना विचार स्पष्ट रूपमा राखेका छन् । समाजका बिभिन्न क्षेत्रमा क्रान्ति ल्याउनु पर्ने कुरामा प्रश्रित गर्जिएका छन् ।
शिक्षण तथा प्राध्यापन ः
बहुमुखी व्यक्तित्वका धनी, नेपाली, संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा दखल गरेका बहुभाषी प्रश्रितले छोटो समय नै भए पनि शिक्षक र प्राध्यापक भई यस क्षेत्रको अनुभव समेत हासिल गरेको पाइन्छ । आफू विद्यार्थी छ“दै ट्युसन पढाएका प्रश्रितले २०२१ सालमा बल्कोट हाई स्कुल, अर्घाखा“चीमा शिक्षक कार्य गरे । २०२२ सालमा आफ्नै सक्रियतामा स्थापित गणेश जनता मा.वि.मा प्रधान अध्यापक भए । २०२३ सालमा भैरहवा कलेजमा रात्री अध्ययन कक्षा सन्चालन गरी २०२४ सालमा लुम्बिनी कलेजका प्राध्यापक बने । २०२९देखि २०३१ सम्म प्रवासी जीवन बिताउ“दा बनारसको नेपाली संस्कृत महाविद्यालयमा पनि उनले प्राध्यापन गरेको पाइन्छ ।
इतिहास तथा पत्रकारिता ः
जातपातको इतिहास, नेपाली इतिहासको प्रारूप र नेपाली इतिहासको नया“ गोरेंटो जस्ता रचनामा जातिपाती छुवाछूत प्रथाको प्राचीनता र त्यसको विकासलाई वैज्ञानिक दृष्टिबाट प्रश्रितले प्रस्तुत गरेका छन् भने ‘नेपाल एकीकरण र पृथ्वीनारायण शाह’मा नेपालको राजनैतिक इतिहासमा पृथ्वीनारायण शाहको योगदानको मूल्याङ्कन गरिएको छ । जुनसुकै क्षेत्र र विधामा पनि कलम चलाउन पछि नपर्ने प्रश्रितको पत्रकारिताका क्षेत्रमा पनि योगदान रहेको छ । लुम्बिनी सन्देश साप्ताहिक, किरण, गुरा“श, साहित्यिक त्रैमासिक, पत्रिकाका साथै कम्युनिष्ट पार्टीका मुखपत्र ‘नया“ जनवाद, वर्गसंघर्ष, मुक्तिमोर्चा’को समेत उनले सम्पादन गरेको पाइन्छ । यी पत्रपत्रिकामा प्रश्रितका साहित्य कला सम्बन्धी मान्यता र राजनैतिक पार्टीका मुखपत्रहरूमा पार्टीलाई, नेतृत्वलाई दिशा निर्देश गर्ने काम गरेको पाइन्छ । प्रश्रितको पत्रकारितालाई हेर्दा, भाषिक सुस्पष्टता, वैचाकिर गहनता, सन्तुलन, मूल्याङ्कन क्षमता, निर्भिकता जस्ता पत्रकारिताका आधारभूत विशेषता झल्किन्छन् ।
साहित्यकार व्यक्तित्व ः
वहुआयामिक व्यक्तित्वका धनी मोदनाथ प्रश्रितका वारेमा एउटै लेखमा सम्पूर्ण रूपमा उल्लेख गर्न संभव छैन । देवी, देवता, बुद्ध र योद्धाका मूर्ति बनाउने, पृथ्वी बचाऊ २०४०, शहीद दिवस २०४८ जस्ता चित्रद्वारा अन्यायी, अत्याचारी, शोषक, सामन्तहरूको उछित्तो काड्दै सामाजिक परिवर्तनको शङ्खघोष गर्ने चित्रकार प्रश्रितलाई यस लेखमा मुख्य रूपमा साहित्यकारका रूपमा हेर्ने जमर्को गरिएको छ । समाज संस्कृति राजनीति, चिकित्सा र साहित्य उनका व्यक्तित्वका मुख्य पाटा हुन् । चौबीस वर्षकै उमेरमा मानव महाकाव्य लेखेर मदन पुरस्कार प्राप्त गर्ने प्रश्रितको साहित्यिक पाटो अन्य पाटोहरूको तुलनामा निकै उज्ज्वल छ ।
साहित्यका सिर्जना र समालोचना दुई वटा पक्ष हुन्छन् । सिर्जना पनि श्रव्य र दृश्य गरी दुई किसिमको हुन्छ । दृश्य अन्तर्गत एकाङ्की नाटकहरू पर्छन् भने श्रव्यका गद्य र पद्य दुई हा“गा छन् । गद्य अन्तर्गत आख्यान, निबन्ध र नाटक पर्छन् भने पद्य अन्तर्गत काव्य जगत पर्दछ । कविता, आख्यान, निबन्ध, नाटक यी मुख्य साहित्यिक विधाका पनि आ–आफ्नै उपविधाहरू छन् । मोदनाथ प्रश्रित त्यस्ता सर्जक हुन् जसले साहित्यका कुनै पनि विधा–उपविधा नछोडी साहित्य सिर्जना र समालोचना गरेका छन् । साहित्यमा मात्र सीमित नरही साहित्येत्तर लेखनमा समेत उनी लम्किएका छन् । साहित्यका सबै विधामा कलम चलाए पनि कविता र निबन्ध विधामा उनी बढी सफल देखिन्छन् । दशै वर्षको उमेरदेखि कविता लेख्न थालेका प्रश्रितको ‘हितोपदेश मित्रलाभ’ – २०१५ (अनु–कथा) पहिलो प्रकाशित कृति हो । २०१५ सालमै ‘किरण’ वर्ष १ अंक १मा छात्र जीवन कविता प्रकाशित भएपछि उनको औपचारिक काव्य यात्रा सुरु भएको हो ।
कवि व्यक्तित्व ः
कवि प्रश्रितले कविताका लघुत्तम, लघु, मझौला र वृहत् रूपका कविता रचना गरेका छन् । यिनका कविता अन्याय, अत्याचार, दुराचार, शोषण, उत्पीडन, विसङ्गती, विकृति विरुद्ध र जनताका पक्षमा उभिएका छन् । कवितामा मानवीयता, राष्ट्रियता, प्रकृतिप्रेमका साथै जीवनका दुःख, शोक, करुणा, वेदना, व्यथा, निराशा, कुण्ठा, विद्रोह, आक्रोश, उत्साह, जोश आदि भावनाको अभिव्यक्ति प्रश्रितले गरेका छन् । कवि प्रश्रितको कविताको भावभूमि वा आधारभूमि भनेको माक्र्सवादी दर्शन चिन्तन नै हो । यही दर्शनलाई उनले कवितामा गालेर पगालेर तरल बनाएर बगाएका छन् । दर्शनलाई पगाल्ने क्रममा भाषिक कलात्मकता, रागात्मकता, रम्यता, व्यञ्जकता प्रस्तुत गर्न पनि उनी पछिपरेका छैनन् । लयवद्ध र गद्य दुबै शैलीमा कविता लेख्ने प्रश्रितको भाषा सरल सहज र प्रसाद गुणले भरिएको पाइन्छ । ‘मानव’ महाकाव्यको मिति २०२३ सालमा मदन पुरस्कारबाट सम्मानित प्रश्रितको बढी प्रिय विधा पनि कविता नै हो । सामाजिक यथार्थ, विकृति विसङ्गति प्रति आक्रोश र व्यङ्ग्य, शोषक वर्गमा नूनचुक दल्दै निम्न बर्गीय निरीहहरू प्रति मलमपट्टि गर्नका साथै ती निम्न वर्गीय जनतालाई सचेत र जागरुक बनाउने प्रयत्न गर्नु कवि प्रश्रितका काव्यको विशेषता पाइन्छ ।
आमाको आ“सु कविता सङ्ग्रह २०१९, बाबु खै शोककाव्य २०२०, मानव महाकाव्य २०२३, देवासुर सङ्ग्राम महाकाव्य २०३०, गोलघरको सन्देश खण्डकाव्य २०४०, शहीदको रगत कविता सङ्ग्रह २०४०, जब चल्छ हुरी गीत सङ्ग्रह २०४९, प्रश्रितका पुस्तकाकार काव्य कृति हुन् भने उनका अनगन्ती फुटकर कविताहरू बिभिन्न पत्रपत्रिकामा छरपष्टै भएर छरिएका छन् ।
निबन्धकारिता ः
प्रश्रितका झन्डै दुई दर्जन निबन्धका पुस्तकहरू प्रकाशित छन् र केही प्रकाशनको पर्खाइमा छन् । बिभिन्न अखवार र साहित्यिक पत्रिकाहरूमा मनग्गे फुटकर निबन्धहरू प्रकाशित छन् । एउटै समाचार पत्र कान्तिपुरमा मात्रै लगभग तिन सय निबन्ध प्रकाशित हुनुले उनको फुटकर निबन्धहरूको संख्यालाई सङ्केत गर्छ ।
यिनका निबन्धको विषय समाज, संस्कृति, इतिहास, विज्ञान, दर्शन रहेको पाइन्छ । जीवनको उत्पत्ति, विकास, जातजाति उदय, छुवाछूत प्रथा, अन्धविश्वास, भूतप्रेतका कुराहरू, धर्म शोषण, बर्गद्वन्द्व, संस्मरण आदि विषयगत विविधता उनका निबन्धमा रहेको पाइन्छ । नेपाली नारीहरूका व्यथा बेदनालाई निबन्धमा विशेष रूपमा प्रस्तुत गरिएको छ । हरेक विषयलाई यथार्थवादी वैज्ञानिक आ“खाले नियाल्ने प्रश्रितले निबन्धमा पनि कवितामा जस्तै प्रगतिवादी क्रान्तिकारी विचार प्रकट गरेका छन् । कतैकतै आत्मपरक, धेरै वस्तुपरक निबन्ध लेख्ने प्रश्रितले आधुनिकताका नाउ“मा उत्ताउला विकृतिहरूको आलोचना गर्दै आफ्नो–आफ्नो संस्कृति बचाउनु पर्ने कुरामा जोड दिएका छन् । कुनै पनि विषयलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको कसी लगाएर वैज्ञानिक आ“खाले हेर्ने काम प्रश्रितले आफ्ना निबन्धहरूमा गरेका छन् । सामाजिकता, वैचारिकता, तार्किकता, प्रगतिशीलता जस्ता विशेषताले युक्त प्रश्रितका निबन्धहरू वर्णनात्मक विवरणात्मक विश्लेषणात्मक व्यङ्ग्यात्मक संस्मरणात्मक शैलीमा लेखिएका छन् । आर्थिक सामाजिक आमूल परिवर्तनको चाहना राख्ने प्रश्रितका निबन्ध संख्यात्मक गुणात्मक दुबै दृष्टिले बेजोड छन् ।
आख्यानकार प्रश्रित ः
वहुमुखी प्रतिभाका धनी मोदनाथ प्रश्रित नेपाली आख्यानका क्षेत्रमा पनि चिरपरिचित छन् । २०१५ सालमा ‘हितोपदेश मित्रलाभ’ संस्कृत कथाको नेपालीमा अनुवादबाट यस क्षेत्रमा उनी प्रवेश गरेका हुन् । २०३३ सालको ‘देशभक्त लक्ष्मीवाई’ उपन्यास, २०४४ सालको ‘चोर’ नानी उपन्यास र ‘केही ठट्टा केही मर्का’, २०५० उपकथा सङ्ग्रह साथै बिभिन्न पत्रपत्रिकामा छरिएर रहेका उनका फुटकर कथा कृतिहरूले उनको आख्यानकार व्यक्तित्वलाई स्पष्ट पारेको पाइन्छ ।
देशप्रेम वा राष्ट्रभक्ति, वीर भावना, नारीवाद, सामाजिक शोषण र उत्पीडनको चित्रण, सामाजिक यथार्थको प्रस्तुति, सरल, सहज र सुस्पष्ट भाषा, सामाजिक विसङ्गति–विकृतिप्रति आक्रोश, मनोवैज्ञानिकता आदि आख्यानकार प्रश्रितका मूल प्रवृत्ति देखिन्छ ।
नाटककार प्रश्रित ः
अभिनय कलासमेत जानेका प्रश्रितका ‘पचास रुपिया“को तमसुक’, ‘आमाको काखमा’, ‘सपनाहरू उपहार देशलाई’, ‘मन्त्रीजी’, जस्ता नाट्य कृतिले उनलाई नाटककारका रूपमा परिचय गराएका छन् ।
नाटकमा पनि कविता र निबन्धमा जस्तै वर्गीय जल्दा–बल्दा समस्याहरूलाई यथार्थ रूपमा प्रस्तुत गर्ने काम प्रश्रितले गरेका छन् । शासक वर्ग र सामन्त वर्गको जा“तोमा निम्न वर्गीय नेपालीहरूले सधैं पिसिनु परेको चर्चा गर्दै जनता सचेत बनेर अन्यायी अत्याचारी शोषक दुराचारीहरूको विरुद्ध लड्नभिड्न ढिलो भइसकेको सन्देश उनका नाटकहरूले प्रवाह गरेको पाइन्छ । प्रश्रितका नाटकका पात्रहरू अत्यन्तै जुझारु, संघर्षशील, न्याय र सत्यका पक्षमा उभिएर अन्यायीहरूप्रति अरिंगाल खनिए झैं खनिने किसिमका छन् । प्रगतिशील, क्रान्तिकारी विचारका उनका नाटक सरल, सहज, सुस्पष्ट र अभिनेय छन् ।
समालोचकीय दृष्टि ः
साहित्यका हरेक विधा–उपविधामा कलम चलाउने प्रश्रितले आफूलाई समालोचकका रूपमा पनि प्रस्तुत गरेका छन् । ‘वैचारिक विकासका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा’ २०३५ वहुचर्चित समालोचनात्मक कृतिमा उनको विश्लेषण गर्ने क्षमता, तार्किकता, न्यायिक दक्षताको प्रदर्शन गरिएको छ । समालोचनामा पनि प्रश्रितको माक्र्सवादी प्रगतिवादी दृष्टि परेको देखिन्छ । तर्कद्वारा आफ्ना कुरा स्थापित गर्दै विना पूर्वाग्रह न्यायाधीशले झैं निर्णय वा फैसला गर्नु उनको समालोचकीय धर्म देखिन्छ । उनका फुटकर समालोचनाहरू पनि यत्रतत्र छरिएर रहेका छन् ।
जीवन दृष्टि ः
मानिस सबैको आ–आफ्नै जीवनदृष्टि हुन्छ । त्यसमा पनि कवि–कलाकारहरूको त जीवन जगत्लाई हेर्ने विशेष दृष्टि नै हुन्छ । प्रश्रितले पनि सुरुसुरुमा अध्यात्मवाद र मानवतावादलाई जीवनको मार्गदर्शक सिद्धान्त ठाने पनि पछि आएर द्वन्द्वात्मक भौतिकवादी दृष्टिलाई स्वीकारेको पाइन्छ । उनको कलासाहित्य माक्र्सवादी दृष्टिवाटै निर्देशित रहेको पाइन्छ । यो कुरो उनका सिर्जना समालोचना सबैतिर देख्न सकिन्छ । कला साहित्यले यथार्थको अङ्कन गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रश्रित आर्थिक सामाजिक सांस्कृतिक विषयलाई साहित्यको स्रोत ठान्दछन् । साहित्यले समाजमा अन्यायी, अत्याचारी, शोषकहरूको पोल खोल्दै तिनका कुकृत्यका विरुद्ध जनतालाई सचेत गराउदै संघर्षमा जुट्ने प्रेरणा दिनुपर्ने मान्यता प्रश्रितका कृतिहरूले राखेका छन् । रचनात्मक क्षमता, निरन्तर अभ्यास, फराकिलो तथा गहिरो अध्ययन, राम्रो ज्ञान भए मात्र उत्तम कलाकृतिको सिर्जना हुनसक्छ भन्ने प्रश्रितको ठम्याइ छ । सारा जीवनजगत् मूर्त भएकोले त्यसको अभिव्यक्ति पनि मूर्त नै हुनुपर्छ भन्दै अमूर्त कला साहित्यको विरुद्धमा उनी उभिएका छन् । प्रश्रितले कवितालाई यसरी परिभाषित गरेका छन्– ‘कविता भनेको मान्छेका अनुभूति, कल्पना र विचारहरूको कलात्मक अभिव्यक्ति हो ।’ मानसिक भावहरूलाई सहज, सरल, यथार्थ रूपले पुष्पित पार्ने शैली उनलाई मनपर्छ । आधुनिकता र उत्तरआधुनिकताका नाउ“मा साहित्यमा कृत्रिमता, क्लिष्टता, वेश्याश्रृङ्गार, दुरुहता, अमूर्तता हुनु हु“दैन । यस्ता कुराले साहित्यमा वितृष्णा पैदा गर्छ भन्ने प्रश्रितको विचार छ । समष्टिमा समाजमा भएका अन्याय, शोषण, कुसंस्कार, अज्ञानता, अन्धता, रुढी, गरीबी, हिंसा, युद्ध आदि यथार्थको शब्दचित्र प्रश्रितले आफ्नो सिर्जनामा खिचेका छन् । शोषक वर्गको कटु आलोचना र शोषित वर्गप्रति हार्दिक सहानुभूति प्रकट गर्दै सबै शिक्षित–सचेत बनेर परिवर्तन ल्याउनुपर्ने आह्वान गरेका छन् । वर्गीय चेतनाको अभावमा क्रान्ति हुन सक्तैन भन्दै वर्गीय चेतनालाई साहित्यकार कलाकारहरूले ब्यू“झाउनु, उठाउनु पर्ने विचार प्रवाह गरेका छन् ।
प्रश्रितलाई महाकविको सम्बोधन ः
पूर्वका मोतीराम भनेर चिनिने चूडामणि रेग्मीको सम्पादनमा जुही साहित्यिक त्रैमासिक पूर्णाङ्क ६३, २०६७ पुस–माघ–फागुन कविता पौडेल विशेषाङ्कको रूपमा प्रकाशित भएर २०६७ माघ ८ गते झापा का“करभिट्टामा ठुलै जमघटका बीच घुम्टीखोली कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा साहित्यकार दम्पत्ति कविता पौडेल र मोदनाथ प्रश्रितको सम्मान गरिएको थियो । त्यस कार्यक्रममा मैले पनि सहभागी बन्ने सौभाग्य प्राप्त गरेको थिए“ । त्यस दिनका त्यस कार्यक्रमका प्रायः सबै वक्ताहरूले सहज रूपमा स्वतःस्फूर्त रूपले मोदनाथ प्रश्रितलाई महाकविको सम्बोधन गरे । यसको मनोविज्ञान युवा अवस्थामै मानव महाकाव्यमा नेपालको सर्वोत्कृष्ट पुरस्कारमा ख्याति पाएका मदन पुरस्कार प्राप्त गरेकोले हुनसक्छ ।
किन महाकवि, कसरी महाकवि, कहिलेदेखि महाकवि, आदि छलफल र बहसको त्यहा“ आवश्यकतै रहेन । महाकवि कुनै सत्ताधारी शासकले लगाइ दिने माला र पगरी होइन, यो जनमानसमा स्वतः रूपमा प्रकट हुने उपाधि हो । देवकोटालाई पनि कुनै शासकले महाकविको छाप हानेका होइनन् । वास्तवमा कविता विधाका सबै उपविधामा उनले सफलतापूर्वक कलम चलाएका छन् । दुई वटा महाकाव्य, दुईवटा खण्डकाव्य र असङ्ख्य फुटकर कविताको रचना गरेका छन् । साहित्यका सबै विधा भ्याएर असाहित्येत्तर लेखन तर्फ पनि अग्रपंक्तिमा उनी रहेकै छन् । कवितापछि निबन्ध विधामा पनि उनले आफूलाई उत्तिकै पोखेका छन् । उनको ज्ञान, विज्ञान, अनुसन्धान, चिन्तन, कवित्वको परिधि व्यापक फराकिलो रहेको कुरामा कुनै शंका छैन । वाङमयका यस्ता विशाल बटवृक्षलाई महाकविको उपाधि धेरै नहुने महसुस गरेरै होला त्यस दिन हार्दिक रूपले सबै वक्ताले महाकविको सम्बोधन गरे । महाकविको सम्बोधन सर्वप्रथम साहित्यकार चूडामणि रेग्मीबाट सुरुवात भएको थियो ।
निष्कर्ष ः
आजभन्दा ५८ वर्ष अघिदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिको निम्ति समर्पित भएर लागिपरेका मोदनाथ प्रश्रित वर्तमान अवस्थामा पनि सक्रिय रूपमा कलम चलाई रहेका छन् । माथि नै भनियो प्रश्रितका वारेमा लेख्नु भनेको महानदीबाट एक घैला पानी भर्नु जस्तै हो । त्यसमा पनि यो हतारमा तयार पारिएको साधारण लेखमा उनलाई कति नै प्रस्तुत गर्न सकिन्छ र ? उनीबाट नेपाली साहित्यको योगदानमा अझै धेरै सम्भावनाहरू बा“की नै छन् ।
प्रश्रितका व्यक्तित्वका अनेक पाटा भए पनि समाजिक सांस्कृतिक राजनीतिक साहित्यिक र चिकित्सक व्यक्तित्व उल्लेख्य रहेका छन् । त्यसमध्ये साहित्यिक पक्षका वारेमा यहा“ सामान्य चर्चा गरियो । उनी नेपाली साहित्यका वहुमुखी, वहुचर्चित प्रतिभा हुन् । साहित्यका सबै विधामा सिर्जना गरेपनि कविता र निबन्धमा उनले सिद्धि प्राप्त गरेको पाइन्छ । नेपाली साहित्यमा प्रगतिवादी धाराको ठोस थालनी गर्दै यसलाई हुर्काइ–वढाइ उत्कर्षमा पुर्याउने काममा प्रश्रितको अहम् भूमिका रहेको छ । यिनका सिर्जनामा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, सामाजिक स्थिति र परम्परागत सामाजिक विकृतिहरूको यथार्थ अङ्कन–चित्रण पाइन्छ । सरल र स्वाभाविक शैलीका माध्यमबाट भौतिकवादी दृष्टि प्रस्तुत गर्ने प्रश्रित प्रथम दर्जाका प्रगतिशील साहित्यकार हुन् ।
देशप्रेम र राष्ट्रियता, समाजवोध तथा विश्ववोध, प्रकृति, मानवतावादी, नारीवादी क्रान्तिचेत, सांस्कृतिक उत्खनन र उन्नयनका पक्षपाती, भौतिकवादी चिन्तनमा अडेसा लागेर अविरल, अविराम सिर्जनामा जुटेका नेपाली साहित्यका प्रगतिवादी फा“टका सर्जक हुन् ।

मेचीवहुमुखी क्याम्पस
भद्रपुर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 भाद्र, 2073

लेखकका अन्य रचनाहरु