व्यवस्था

- दीपक सुवेदी

“देशमा व्यवस्था फेरियो । सबै कुराहरm अब पारदर्शी हुन्छन् । सबैले सबैकुरा बुझ्छन् ।” शंकरले सोचेथ्यो ।
केही समयपछि नतिजा प्रकाशित भयो । तर शंकरको नाम थिएन । परीक्षामा उसलाई सोधिएको प्रश्न आज फेरि सम्झ्यो–
घर छेउमा जँगल छ ?
छ ।
पन्ध्रवटा हात्ती ल्याउन सक्नु हुन्छ ?
उसले सक्दिन भनेथ्यो । उसले अझै बुझेन परीक्षामा पन्ध्रवटा हात्तीको के अर्थ ?

गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 भाद्र, 2073

लेखकका अन्य रचनाहरु