मायाँ नेपालको कुरा अमेरिकाको

- खिमानन्द पोखरेल

नेपाल र अमेरिका विचको सम्वन्ध पुरोनो सम्वन्ध हो । पुस्तौ पुस्ता देखि चल्दै आईपहेको यो दिगो सम्वन्ध आगामी दिनहरूमा समेत अटूटरूपले अनवरत चलिरहने विश्वाँस लिन सकिन्छ । हाम्रो देश नेपालको विकास सम्बन्धि कुराको चर्चा गर्नु परेमा भने जस्तो चर्चा र भने जस्तो विकासका कुराहरू गर्न नसकियला तर पनि प्राकृतिक सुन्दरताको दृष्टिकोणले बोल्नु पर्दा नेपाल जस्तो अत्यन्त मनोरम देश विश्वमा सायदै कम होलान् । यो देश जति सुन्दर छ त्यति रमणिय पनि छ । यो देशमा बाहिरी मुलुका मानिसहरू यहाँको सौन्दर्य अवलोकन गर्न अत्यधिक मात्रामा आउने गरेका प्रमाणहरू हामीसँग धेरै छन् । यहॉको प्राकृतिक वातावरण नै लोभलाग्दो छ । त्यसैले पनि कतिपय विकसित राष्ट्रका धनाड्य व्यक्तिहरू सर्वप्रथम नेपाल घुम्ने ईच्छा प्रकट गर्छन् । नेपाललाई मायॉ गर्ने विदेशी धनाढ़्य व्यक्तिहरू यहॉ आएर महिनौ दिन सम्म बसी यहाँको सांस्कृति रहन सहन बानी व्यवहारको परिचय बोकी आफ्नो देशमा लैजाने गरेका कुरालाई कदापी विर्सन सकिदैन । एउटा देशको संस्कृति अर्कों देशमा लगेर प्रचार प्रसार गर्ने कुराले नेपाल र नेपालीको छविलाई अवश्य नै ऊँचो बनाई दिेएको छ भन्ने कुरा किमार्थ नकार्न सकिदैन ।

नेपाल देश क्षेत्रफलको हिसाबले सानो देखिएता पनि यसले बोकेको सांस्कृतिक पहिचानका बारेमा कुरागर्नु पर्दा यो राष्ट्र विश्वकै महान, सम्पदाको धनी राष्ट्र हो भनेर भन्न सकिन्छ । अझ वास्तविक रूपमा खुलेरै भन्ने नै हो भने यो देशको शान भन्नु नै सर्बोच्च सिखर सगरमाथाको ऊँचाई हो । यसरी हामीलाई विश्वको सर्बोत्तम उँचाईमा रहेको हिऊँ नै हिऊँले भरिएको यो सेतो पहाड़ र यस्तै अनेको गाथा बोकेका अनगिन्ति चुचुराहरूले समेत हाम्रो गौरव गाथालाई चिनाउन पछाड़ी पारेका छैनन् । नेपालीको गौरव भन्नु नै सगरमाथाको उँचाई हो । सगरमाथा यो देशको शिरको टोपी हो । यही सगरमाथाको चुचुरो बाट नै हामी विश्वमा चिनीन सफल भएका छौ । हामी हाम्रो पहिचानबाट जसरी परिचित हुन चहान्छौ त्यसरी नै सीता, बुध्द , भृकुटि र बलभद्र कुँवर जस्ता नैतिकवान विरताको आदर्श बोकेका व्यक्तिहरूद्वारा प्रदत्त सार्थक उपदेशहरूले नै हामी महान बनेका छौ । हाम्रा यि विभूतिहरूका अविस्मरणीय कार्यहरूको हामी सदैव प्रशंसा गर्छौ । यति मात्र नभएर हामी यि आदर्श पुरूषहरूका प्रशंसक पनि हौ । नेपाललाई चिनाउँने यस्ता अमर ताराहरूका अत्यन्तोपयोगी सत्कार्यले सम्पूर्ण नेपालीका विचारहरूलाई एक सुत्रमा बाँध्ने काम गरेको छ । राजनितिक मामलामा हामीहरू फरक फरक धारमा विभाजित भएता पनि देश निर्माण गर्ने कार्यमा हामी सदैव एक ढिक्का भएर लाग्नु पर्छ भन्ने कुरालाई हामी कदापी बिर्सिन हुँदैन । यि र यस्त कुरामा हामी सदैव चनाखो रहनै पर्छ । विश्वको उच्च शिखर सगरमाथा नेपाल र नेपालीहरूको मात्र नभएर संम्पूर्ण विश्वका प्राणि जगतको साझा संम्पति पनि हो । हाम्रो सगरमाथाले नेपाल र नेपलीलाई सहज रूपले चिनाउन सकेको छ । यसकै सान र मानले गर्दा विश्वमा हाम्रो चिनारीले फैलिने मौक़ा पाएको छ ।यसरी हामीले आफ्नो सान र मानको बारेमा कुरा गर्न पाउँनु हाम्रो घमण्ड होइन भन्ने कुरालाई हामीले बुझेका पनि छौ । सगरमाथा हाम्रो नेपाल र नेपालीहरूको प्राकृतिक प्रदत्त हाम्रै उपहार हो ।

अमेरिकाको आर्थिक निति बलियों छ त्यसैले त यहाँका मानिस सम्पन्नसाली बनेकाछन् उनिहरूमा रोज़ी रोटीको समस्या विल्कुलै छैन । आफू सम्पन्नसाली भए पछि अरूले के गर्छ कसो गर्छ भन्ने कुराको सोध खोज र चियों चर्चा समेत यिनीहरू गर्दा रहेनछन् । यहॉ कसैले कसैको खुट्टा तान्ने प्रवृत्ति नै छैन । अमेरिकनहरू महान विचारका धनि पनि हुन् जस्तो लाग्छ किनभने यिनीहरू भन्छन् "आफ्नो कारणले अर्कोंलाई कुनै किसिमको हानी नोक्सानी नहोस् "यस्ता कुरामा यिनीहरू धेरै लेखाजोखा गर्दारहेथन् । यिनीहरूको मनमा यस्तै यस्तै कुरा मात्र खेल्दो रहेछ । अमेरिकनहरूमा समाजसेवी भावना भएका व्यक्ति पनि हुँदा रहेछन् । अहिले मलाई यतिखेर अमेरिकाको धेरै ठाऊँहरूमा घुम्ने मौक़ा मिल्यो । मलाई यो मौक़ा र अवसरको चाँजो पाँजो मिलाई मेरो अमेरिका भ्रमणको सम्पूर्ण तर्जुमा मिलाई दिने मेरी प्यारी छोरी कल्पना पोखरेल र आदरणीय ज्वाई डा.प्रितम न्यौपाने प्रति सदा सर्वदा कृत कृत रहनेछु । यो मेरो लागि खुसी कै कुरा हो भनेर मैले यतिखेर बोल्नै पर्छ । मैले गरी राखेको यो अमेरिकी भ्रमण मेरो लागि सार्थक उपलब्धि हुनेछ भन्ने मैले ठानेको छु । हाम्रो लागि अमेरिकाको भ्रमण भन्नु नै विदेशी भ्रमण हो । तेस्तै नेपाल भ्रमण गर्नु भनेको पनि अमेरिकनहरूको लागि विदेशी भ्रमण नै हो । हाम्रो विदेश भ्रमणबाट हामीले यहाँका असल कुराहरू टपक्क टिप्न सकेर आफ्नो देशमा लैजान मात्र सकियो भने पनि हामीले गरेको विदेशी भ्रमणको सार्थकता ठहरिने छ । यदि यसो गर्न नसकिएको खण्डमा यस्को कुनै पनि अस्तित्व र औचित्य रहने छैन । मलाई के लाग्छ भने हाम्रो देश नेपाल प्राकृतिक मनोरमले भरिएकी आफ्नो सुन्दरता प्रस्तुत गर्न सक्ने क्षमतावान विश्व सुन्दरी हुन् । यस्तो अपार प्राकृतिक छटाले भरिएको देश विश्वमा सायद कम नै होलान् भन्ने मेरो बुझाई हो । पक्कै पनि यो मेरो बुझाई र अड्कल सार्थक बुझाईको अन्तर्गत भित्रै नै पर्छ जस्तो लाग्छ । मलाई भर्खरै हिन्दीमा एउटा उखानको संम्झना आयो "भगवान देता है तो छप्पर फाड़के देता है" मेरो ख्यालमा मलाई पनि यतिखेर यो कुरा सही जस्तो लाग्यो । किन हो कुन्नी मलाई मेरो देश विश्वकै सुन्दर देश मध्यमा पर्ने एउटा अति रमणिय र आकर्षक देश हो जस्तो लागीरहेको छ । सुन्दरताको आकर्षक पक्ष जहॉ पनि लागू हुँदो रहेछ । मान्छेमा होस् अथवा प्रकृतिमा । जस्ले जे भने पनि हाम्रो देश नेपाल प्राकृतिक सुन्दरता भित्र पर्ने अत्यन्त आकर्षक र सुन्दर देशहरू मध्येको एउटा देश हो । प्रकृतिक छटाले भरिपूर्ण यही देशको सुन्दरतामा छचल्किन पाउँदा यो मनमा कता हो कता खुसीका छालहरू उद्वेलित हुन पुग्छन् । यो देशको माटो मुठ्ठीमा राख्दै प्राण विसर्जन गर्न पाईयोस् भनि कसम खान मन लाग्छ । यो सुन्दरता तिन करोड़ नेपालीको नजरमा पर्ने सुन्दरताको सान हो ।

अमेरिका विश्वको धनि राष्ट्र मध्ये पर्ने एक शक्तिशाली राष्ट्र पनि हो यसमा कसैको दुईमत नै छैन । यहॉ देखिएका विकासका कुराहरू गर्नु पर्दा हामीले भने जति प्रशंसा गर्न न सकौला त्यो कुराको पाटो बेग्लै हुन सक्छ तर हाम्रो देश नेपालको सुन्दरता पक्षको बारेमा कुरा गर्नु पर्यो भने हामी अमेरिका भन्दा धेरै माथि पर्छौ जस्तो लाग्छ । यहॉ प्रकृतिक सुन्दरता छैन तर धन बल बुद्धि बिवेक कै आडमा कृत्रिम सुन्दरताको आनन्द भनेजति लिन पाईन्छ । मेरो विचारमा प्रकृतिक सुन्दरतामा रम्न पाउँनु र कृत्रिम सुन्दरतामा मन रमाउँन चाहनुको आनन्द बेग्लै हुन्छ जस्तो लाग्छ । हो हामीसँग आफ्नो देश विकाश गर्नका लागि हाम्रो आफ्नै साधन र श्रोत छैन होला तर देश विकास गर्ने मामलामा ईमान्दार भएर हामी संमपूर्ण नेपालीले कम्नर कसेर अगाडि बढ्ने प्रण गर्न सक्यौ भने असम्भव भन्ने कुरो नै सम्भवमा परिणत हुँदो रहेछ । अरूको अगाडि हामीले विकासका कुरा गरेर देखाईदिन सक्ने संकल्प गर्न सक्नु पर्छ । देश विकाशमा समर्पण हुन सक्ने मनहरू सल्वलाउन सक्नु पर्छ । देश विकाश खातिर प्राण न्योछावर गर्न सक्नु पर्छ । हामी आफ्नो तन मन र बुध्दि बिवेक लगाउन सक्नु पर्छ । हाम्रा बिश्वाँशिला ओँठहरू फर्फराउँन सक्नु पर्छ । हिम्मतिला मनहरू देशको माटोले कसम खाँदै कुँद्नने गरेको देख्न सक्नु पर्छ । प्रत्येक पाईला पाईलामा विकासका शंखनादहरू गुन्जिन सक्नु पर्छ । यस्ता जोस र हिम्मतका कुराहरू कति गरिए र लेखिए होलान् तर यि सव अनर्थ बने र बेकारका काम नलाग्ने रक्षानमा फ्याँकिन पुगे । आफ्नो देशको बारेमा कसैले अनर्गल अहितका कुरा प्रचार गर्दा यौटा राष्ट्र भक्त नेपालीको मन कुनै हालतमा पनि सम्हालिन सक्दैन । छातिमा हात राख्दै ऊ मनग्य सँग रूने प्रयास चाही सिधै गरेको हुन्छ । त्यसै गरी आफ्नो देशको विकास गर्नु पर्छ भन्ने सन्दर्भमा कुरा गर्दा हामी अरूको भरमा नभएर आफ्नै बलबूताले आफ्नै सिप मिहेनत र बिचारले देशलाई समुन्नतको अग्रदिसा तर्फ आफै लौजान पनि सक्छौँ ।यस्तो महान कार्यमा हामी सम्पूर्ण नेपाली एकजुट भएर लाग्न सक्यौ भने यहॉ कुनै किसिमको दु:ख कष्ट र झंझटको महसूस नै हुन पाउँदैन । हामी कुरा धेरै गर्छौ काम थोरै गर्छौ । त्यसैले पनि हामी पछाड़ी परेका हौ भन्ने कुरालाई मनन गर्दै यस्ता तुच्छ विचारलाई अन्त्य गर्ने सबैले प्रण गर्न सक्यौ भने हामी यो हालको दलदलबाट अवश्य नै माथि उठ्न सक्नेछौ यसमा कुनै दुई मत नै छैन ।

जब सम्म हामी हाम्रो मस्तिष्कबाट हाम्रा आफ्नै कमज़ोरीलाई हटाउन सक्दैनौ तब सम्म यहाँ केही असल कार्य हुने जस्तो लाग्दैन । हाम्रो विचार साँगुरो हुन नै हाम्रो प्रमुख कमज़ोरी हो । हामीमा के कसरी यस किसिमको कमी हुन पुग्यो त भन्ने तर्फ कहिले पनि हाम्रो ध्यान गएन । हो यही नै हो हाम्रो कमज़ोरी । हामीमा अर्कोले दिएर मात्र खान पाईन्छ भन्ने कुराको सोच हाम्रै मस्तिष्कमा अझसम्म नै विध्यमान छ । एउटा सानों बालक आफूले नसक्दा सम्म अरूले खुवाई दिएको खाना खान्छ तर ऊ सक्षम भएपछि आफै खान्छ कसैले खुवाई दिनु पर्दैन उसलाई । हामी त एउटा सानो बालक जस्तो पनि हुन सकेनौ । यसमा हामीले पश्चाताप गर्नै पर्छ ।

हामी जवसम्म आफूले आफैलाई चिन्ने प्रयत्न गर्दैनौ तनसम्म हामीले जहॉतही जतासुकै अन्धकार नै अन्धकार देख्छौ । हाम्रो विचार नै साँघुरीएर पनि खुम्चिई सकेको छ । हामी आफू केही गर्दैनौ अरूले के र कसो गर्छ,कहँबाट यति घेरै कमायो,कसरी कमायो,के गरी कमायो हाम्रो ध्यान नै यसैमा केन्द्रित हुन पुग्छ । यसरी हामीले यस्तो कुरा सोँच्ने पनि गर्नुपर्छ कि कमाउनको लागि उसले कति मिहेनत गरे होला, कति पापड बेले होला,हातका दस नंग्रा कति खियाए होला,जीवनमा कति उकाली ओराली गरे होला यस्ता कुराहरूलाई संम्झिन नै चहान्नौ । हो यही नेर आउँदा हाम्रो विच प्रबृत्ति उदांग भईदिन्छ ।

अमेरिकामा आफूले मिहेनत गरि आर्जन गर्ने व्यक्ति धेरै हुन्छन् । अमेरिकामा मिहेनत गरी कमाएको पैसामा सरकालाई कर तिर्नु पर्छ पछि बुढेसकालमा यही कर तिरे कै आधारमा उसलाई बृति दिने गरिन्छ । यहॉको काम गर्ने व्यक्तिको कमाई के कति छ त्यस कै आधारमा सरकारलाई कर तिर्नु पर्ने हुन्छ । कर नतिर्ने भन्ने कुरो चाहीँ यहॉ चल्दैन । आफूले कमाएर आर्जन गर्ने कुरा यहॉ छर्लड्ग र पारदर्शी हुनुपर्छ । अमेरिकाको निति नियम नै यस्तै छ । अमेरिकामा बस्न चाहने हरेकले यहॉको नियम पालन गर्नै पर्छ । नेपालको जस्तो ढुलेमुले नियम कानून यहॉ चल्दैन । नेपालमा आफूले कमाएको धन सम्पत्तिमा कर तिर्नु पर्छ भन्ने ठूलैमुले निति छ । यही परिस्थितिको उपज हो व्यक्तिले आफूले आर्जन गरेको धन सम्पत्तिमा कर तिर्न नखोज्नु । बास्तवमा नेपाली जनतालाई करको दायरामा ल्याउन निकै सजिलो पनि छ । सरकाररी कानूनलाई लत्याएर अगाडि बढ्ने कसैले ऑट समेत गर्न सक्दैनन् । नेपालमा चाकडी प्रथाको प्रचलन अलि बढी मात्रामा नै छ । ठूला बड़ा भनाउँदाहरुलाई कानूनले छुँदैन । उनिहरूलाई प्रचलित करको दायरा भित्र पनि छिर्नु पर्दैन त्यसैले यस्ता कुराहरू सुन्ने गरिएको छ कि ठूलाबडा भनाउँदाहरूलाई धूरी चढाइन्छ भने साना निमुखा जनताहरुलाई सुली चढाइन्छ । ठूला बडा भनाउँदाले हामी कर तिर्नु हुँदैन हामीले कर तिर्न थालियो भने हाम्रो इज़्ज़त घट्न्छ भन्ने गर्छन् । नेपालमा कानूनको वारेमा समानता छ भनेर भन्ने गरिएता पनि समानता भए जस्तो लाग्दैन । कानूनले बँधिए पनि कतिपयलाई यस्ले छुँदैन । हाम्रो देश बाहेक अन्य वाहिरी सम्पन्नसाली राष्ट्रका ठूलै ओहोदामा पदासिन वहाल वाला राष्ट्रपति होस् अथवा प्रधानमन्त्रि किन नहोस् यदि राज्यको नजरले उनिहरूलाई दोषी ठहरायो भने उसले क़ानून बमोजिम सजाय भोग्नु पर्छ र जेल सजाँयको भागीदार हुनै पर्छ । चाहे जे हो नेपालमा क़ानून भन्दा माथि कोही छैन भनेर भन्ने मात्र गरिन्छ तर यस्ता कानून मिच्ने कुराहरू हामीले नेपालमा धेरै सुनेको र देखेका पनि छौ । के गर्नु नेपालको कानून कोही नजानुन् भन्ने कारण पनि यस्तै भएर यो टुक्कालाई मान्छेले यसरी वेल्न खोजेको ।

हामी जे जस्तो गर्न खोजे पनि तँछाड मँछाड गरी हिड्ने नांगो प्रवृत्ति देखाउन खोज्नु हुँदैन । यो हाम्रो समाजको लागि अहितकर जस्तै बन्छ । केही समय पछि विगतलाई सम्झेर पछुताउनु बाहेक अन्य केही हुँदैन । त्यसैले धाक रवाफ र बल कै आधारमा राज्यले बनाएको कानून भन्द माथि गएर आफै अमर्यादित वन्ने प्रयास नगरौ । कानूनको मर्यादा गर्नु र यसलाई पालन गर्नु हाम्रो आफ्नै कर्तव्य पनि हो । कानूनको पालना गर्न सकियो भने आफू सभ्य र सिष्ट बन्न सकिन्छ । देशको कानून आज नभए पनि भोलि सकृय हुन सक्छ । समय परिवर्तन हुनसक्छ । सधैभरी एउटै शासन र हुकुमीको मनपरी नहुन सक्छ । तत्काल देखिने गरेका दम्बहरु दिर्घकाल सम्म रहिरहन सक्दैनन् । कोही कसैले देशको कानून हातमा लिएर उदण्डता प्रदर्शन नगरौ । मर्यादित बनौ । सभ्य बनौ र देशको कानून कुनै व्यक्ति भन्दा माथि हुनै सक्दैन भन्दै सम्पूर्ण नेपालीले मर्यादापूर्वक यो देशको कानून पालना गरौ ।

जय राष्ट्र ,जय स्वाभिमान

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 भाद्र, 2073

लेखकका अन्य रचनाहरु