गजल

- डिल्लीप्रसाद अधिकारी

अनायास फेरि एउटा विष्फोट नयाँ भयो
साच्चै रिसाउने उनको अठोट नयाँ भयो ।

जिन्दगीमा उनैलाई मनले खाएँ मैले तर
मन नपरेको उनको भाव चोट नयाँ भयो

लाग्थ्यो साथ सबैभन्दा उनकै रमाइलो
के भयो अाज सम्बन्धमा खोट नयाँ भयो

जे जे भनें सबै कुरा साँचो भनें मैले
उनका कुराहरूको त बुनोट नयाँ भयो ।

स्थितिलाई परिवर्तन गर्नलाई भनी
पिरतिमा पनि अाज भोट नयाँ भयो

जति गुणा गरे पनि मुटु एउटै हुने
तर के भो मायाको यो दुनोट नयाँ भयो

सौन्दर्यको मात धेरै लागेपछि डी.पी.
कसो गर्छस् मायालुको कोट नयाँ भयो

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 भाद्र, 2073

लेखकका अन्य रचनाहरु