स्वाभाविक बनौं

- विनयकुमार शर्मा नेपाल

‘जति भाँडो उति चुपुर्को’ भन्ने हामी कहाँ उखानै छ । मान्छेले जस्तो कर्म गर्छ अन्ततः त्यस्तै फल पाउँछ, त्यसैले फलको आश गर्न जरूरी छैन । कर्मअनुसारको फल अवश्य नै मिल्दछ, सुन्तला रोपेर कागती फल्दैन, यो कुरा ढीलो चाँडो सबैले अनुभव गरेकै हुन्छन्, त्यसैले फलको आश गर्न आवश्यक छैन अर्थात् स्वतः पाइने कुराको आश गरे पनि नगरे पनि कुनै अर्थ कुनै प्रयोजन हुँदैन, अतः हामीले जानी नजानी गरेका सोच, विचार कार्यले हामीलाई बिस्तारै प्रभाव पारिरहेकै हुन्छ, त्यो देखियोस् वा नदेखियोस् । कर्म अर्थात् काम–काज, केही गर वा नगर, नगर्नु पनि एउटा कार्य हो, त्यसैले केही नगर्ने कोही हुँदैन र जसले जे जस्तो कार्य गर्दछ त्यस्तै परिणाम पाउँछ । माइनस, प्लस, गुना, भाग जे गरे पनि सूत्र उही हो, त्यसैले गीतामा कृष्णले ‘कर्म गर फलको आश नगर’ भनेका हुन्, सायद बुझ्नेलाई चेतना भए ।
संसारका प्रत्येक तङ्खव, प्रत्येक प्राणीमा समस्या छन् । समस्या कहाँ छैन ? र कसमा छैन ? जस्तो काम, जस्तो आम्दानी, जस्तो सौख त्यस्तै त्यस्तै समस्या आउँछन् । फरक मात्र एउटाले अर्कोलाई हेर्ने दृष्टि हो । सबैलाई आफ्नो समस्या ठूलो अर्काको समस्या सानो लागिरहेकै हुन्छ । प्रत्येकको आफ्नै सोच, आफ्नै भोगाइ हुन्छ कसैको कसैसँग मिल्दैन, एउटै परिवेश, एउटै वातावरण, एउटै परिवारमा हुर्केका दुईमध्ये पनि एउटै बगैँचाको उस्तै दुई गुलाफमा एउटालाई रातो गुलाफ मन पर्छ अर्कोलाई सेतो, एउटालाई मन पर्ने कुरा अर्कोलाई पटक्कै मन पर्दैन, त्यसैले तर्क र विवादको अन्त हुन्न । ‘जस्तो आपूm त्यस्तै च्यापु’ पनि यसैको उखान हो ।
यो संसारमा जन्मने प्रत्येक मान्छे अनुकरणका अनुयायी हुन् । एक अर्थमा प्रायोजित हुन् । जन्मदेखि नै बाजेबज्यै, बाबुआमा, काकाकाकी, दाजुभाइ, दिदीबहिनी, छरछिमेकी, गुरू, मित्र आदि आदिबाट सिक्दै आएको मान्छेको मौलिकपन वा उसको मूल स्वभाव बुझ्न, खुल्न वा देख्न बडो गाह्रो छ । सूक्ष्म रुपमा अदृश्य बनेर बसेको हुन्छ मान्छेको मूल स्वभाव वा पन । जन्मैदेखि जानेर वा नजानेर थोपरिएका अनगिन्ती कार्य र कारणहरुले मान्छे प्रायोजित वस्तुसरह नै देखिए पनि कतै न कतै सूक्ष्मातिसूक्ष्म रुपमा ऊ भित्र बसेको हुन्छ उसको मूल स्वरुप, स्वभाव वा मौलिकपन । यस धरतीमा जन्मने करोडौँ करोडले त आफ्नो मूल पन नै थाह नपाई मरी पनि हाल्छन् । कोही कतै एउटा दुइटाले आफ्नो वास्तविक स्वभाव–पन बुझेर त्यसको अपार क्षमतालाई निकाल्दछन् । यसरी आफ्नो मौलिकपन बुभ्mने र निकाल्ने महामानवमा अपूर्व इच्छा शक्ति, अपूर्व बल, अपूर्व आँट, अपूर्व त्याग र अपूर्व ज्ञान जन्मन्छन् । अपूर्वै अपूर्वको यस्तो पन हुने व्यक्ति बाह्य संसारमा चिनिने र नचिनिने दुवै थरी हुन सक्छन् । समाजमा चिनियोस् वा नचिनियोस् यसले मान्छेको जीवन वास्तवमै हामीले देखेभन्दा फरक हुन्छ । ऊ जुनसुकै हालतमा मुक्त हुन्छ, चिन्तामुक्त । ऊ कार्यमात्र गर्दछ फल वा परिणामको प्रतीक्षा गर्दै गर्दैन । आफ्नो पन क्षमताको प्रयोग र विस्तार मात्र उसको लक्ष्य र उद्देश्य हुन्छ । आफ्नो क्षमता र पन बुभ्mने अलेक्जेण्डर बनोस् वा हिटलर, राम बनोस् वा कृष्ण, बुद्ध बनोस् वा महावीर, रावण बनोस् वा कंस ती आपूmमा पूर्ण सन्तुष्ट देखिन्छन् । रावणको अन्तिम उद्गार र अलेक्जेण्डरको भनाइमा के पो ताङ्खिवक फरक छ र ? हो यो नै तिनका स्वपन वा स्वभाव हो ।
हाम्रो वर्णमालामा अदेखि ज्ञसम्म स्वर र व्यञ्जन वर्ण गरेर बाउन्न अक्षर छन् । त्यहाँ आकार, इकार आदि जोड्दा यसको सङ्ख्या अझ बढ्छन् । तर एउटै मात्र अक्षर ‘म’ पढ्दा पढाउँदा ‘राम्रो म’ भनेर पढाइन्छ, त्यसैले सायद मान्छे आपूmलाई ज्ञान, बुद्धि, विवेक, धन, बल आदि सबै सबै कुरामा श्रेष्ठ ठान्ने घमण्ड गर्दछ । बच्चादेखि पृष्ठपोषण गराइएको वा गरिएको कुरा उसले किन घमण्ड नगरोस् त ? तर संसार त्यस्तो मात्र छैन । यहाँ एकभन्दा धनी अर्को जन्मिसकेको हुन्छ, एकभन्दा बलियो अर्को उभिइसकेको हुन्छ, एकभन्दा ज्ञानी अर्को खडा भइसकेको हुन्छ । वास्तवमाश्रेष्ठ, ठूलो, बलियो, ज्ञानी, धनी, को हो त ? जो पर्दा सकारात्मक सल्लाह दिन्छ त्यही श्रेष्ठ हो । संसारमा नाम प्रख्यात भएको श्रेष्ठ मान्छे पनि आपूmलाई पर्दा घमण्ड वा हीनतामा डुबेर नकारात्मक वा निराशााजनक सल्लाह दिन्छ भने त्यो केको श्रेष्ठ ? त्यसैले श्रेष्ठको परिभाषा वा मान्यता व्यक्ति व्यक्ति पिच्छे फरक हुनसक्छ । ठूलो पनि त्यस्तै हो हात्ती, गैँडा, गोही आदिमा मान्छेभन्दा ठूलो छ तर ती सबै आकारको ठूलोलाई के हामी ठूलो मान्न तयार छौँ ? जसलाई देख्दा, भेट्दा वा सुन्दा आफ्नो मन आत्माविभोर भएर सम्मानसाथ गर्वले फुल्छ वा मनमुग्ध भएर श्रद्धाले झुक्छ, त्यही त्यही बलियो हुन्छ, बुद्धि प्रयोग नगरिएको बल मात्र बोझ हो भार हो ।
ज्ञानयुक्त मान्छे जो पनि हुन सक्छन् । स्कुल कलेजको प्रमाणपत्र बोक्दैमा मान्छे ज्ञानी हुन सक्तैन, न त पुस्तकको ठेली खारेर मात्र मान्छे ज्ञानी हुने हो । ज्ञानी त त्यही हो जसले समय परिस्थिति बुझेर उत्पन्न समस्याबाट मान्छेलाई मुक्त हुने उपाय दिन सक्छ । अर्थात् उत्पन्न समस्या वा विषय वस्तुलाई लोभ, लालच, घमण्ड, हीनता, पक्ष छाडेर निस्पक्ष दुई आँखाले हेर्दछ वा हेरेर उपयुक्त सल्लाह विवेकपूर्ण तरिकाले दिन्छ । हुन त मान्छेलाई हेर्न प्रकृतिले एक आँखा दिए पनि हुने हो, दुई आँखा दिनुको अर्थ पक्ष विपक्ष दुवैतर्फ सम्यक् दृष्टिले हेरेर बुझेर दुवै दृष्टिकोणले निष्पक्ष आफ्नो तर्क वा विचार वा निर्णय दिन हो र जसले यसरी निर्णय वा सल्लाह मान्छे वा सामजलाई दिन्छ त्यही ज्ञानी हो । मात्र पुस्तकको ठेली खारेका वा स्कुल कलेजको प्रमाणपत्र भिरेकाहरु त सिर्फ फोस्रो अन्न जस्तै हुन् ।
यता फेरि अर्को फेरि प्रश्न खडा हुन सक्छ–धनको धनी धनी हो कि मनको धनी धनी ? वास्तवमा मन बिनाको धनी गरीब समानकै हुन्छ । जसको मन छ उसको धन परेको समयमा काम आउँछ र जसको धन
परेको समयमा काम आउँछ त्यही धनी हो, विना प्रयोग धन राख्दैमा त्यो धनी हुन सक्तैन । खर्च गर्ने धनी हुन सक्छ, तर थुपार्ने कदापि पनि धनी हुन सक्तैन । कौडी कौडी गरेर करोडौँ जम्मा मात्र गर्ने यसरी मर्दछन् कि उसको धन उसका सन्तानले कहाँ कसरी खर्च गर्दछ, त्यसले उसलाई उन्नतितिर डो¥याउँछ वा अवनतितिर । त्यो धन थुपार्नेलाई पत्तोसम्म हुन्न । त्यस्तो भविष्य सुनिश्चित गर्न नसक्ने धनको धनी के धनी ? बरू एउटा पानपसले धनी हो किनकि उसको सन्तानले केही गर्न नसके पनि त्यही पानपसलमा बसेर आफ्नो श्रम त पोख्दछ । यसरी सोच्दा ः सत्यमा हरेक क्षेत्र, हरेक तप्कामा एउटाभन्दा श्रेष्ठ अर्को प्रकृतिले जन्माइसकेको हुन्छ, यसैले मान्छेले दम्भ गर्न, घमण्ड गर्न, अहङ्कार र हीनताबोध पाल्न जरूरी छैन । त्यसैले सायद कृष्णले गीतामा ‘कर्म गर फलको आश नगर’ भनेका हुन् । हुन पनि संसारमा कुनै यस्तो कुरो छैन–श्रम गरेपछि, श्रम रोपेपछि प्राप्त नहोस् । जस्तो परिवेश, जस्तो स्थानमा मान्छेले श्रम रोप्छ गोड्छ अन्ततः त्यस्तै फल निश्चित छ भने आशा गर्नु र नगर्नुको के प्रयोजन ?
सुखको जस्तै महिमा दुःखको पनि छ र दुःखको जस्तै गरिमा सुखको पनि छ । पाप–धर्म, राम्रो–नराम्रोले पनि मान्छेले भोग्ने वा भोगेका परिवेश र परिस्थिति अनुसार फरक फरक महङ्खव राख्दछ ।
धारण गरिएको कुरो नै मान्छेको धारणा अर्थात् सिद्धान्त बन्ने हुनाले महङ्खव धारण गरिएको कुरो वा वस्तुभन्दा धारण गर्ने पात्रमा निहित देखिन्छ । धर्म, संस्कार, नीति, विधान, विचार सबै सबै धारण गरिएका कुरा हुन् । पात्र आपूmले धारण गरेको कुरा वा वस्तुप्रति कति इमानदार छ त्यसमै त्यस वस्तु वा भावले पात्रको महङ्खव वा मूल्य आँक्दछ । अरबौँ अरब मान्छेमा ‘म’ पात्र एउटाको संसारमा कति र कहाँ अर्थ वा महङ्खव छ ‘म’ भन्ने मान्छे आपैmँले बुझ्न जरूरी छ । यहाँ जन्मने उनान्सय प्रतिशत मान्छे आपैmँले आफ्नो क्षमता वा स्वभाव वा मौलिकपन वा आपूmलाई बुझ्न सक्दैन र जीवित नै मृत्यतुल्य बाँच्दछ । त वास्तवमा आफ्नो स्वपनलाई बुझेर त्यसै अनुरुप बाँच्ने जीवित कति छन् यहाँ ? यो प्रश्न आपैmँमा आफैँलाई हास्यास्पद लाग्दछ । सायद करोडौँमा एउटा जसले आफ्नो स्वभाव र क्षमता बुझेर आपूmलाई त्यसमा लीन गराएर बाँच्दछ । ऊ नै आज पनि भोलि पनि जीवित रहन्छ र त्यस्तो व्यक्ति जन्म, जीवन र मृत्यु तिनैलाई समान रुपमा स्वीकारेर, त्यसको सम्मान गरेर, सधैँ–दिनदिनै–क्षणक्षणै जन्मन्छ र आनन्दले मग्न मस्त रहन्छ वा बाँच्दछ, उसलाई न शोक, न चिन्ता, न पीडा, न दुःख–सबै समान–बराबर ।
त्यसैले वास्तवमा दुःख–सुख, पाप–धर्म, ठीक–बेठीक, राम्रो–नराम्रो, सकारात्मक र नकारात्मक सोच सबै सबैमा हुन्छ, कसले कुनलाई आफ्नो जीवनमा सक्रिय तुल्याउँछ भन्ने मात्र हो र यी सबै सबैको समष्टि नै वास्तवमा जीवन हो । यी सबै निरन्तर जीवनमा आइरहने कुरा हुन् आत्तिन र मात्तिन आवश्यक नै छैन, त्यसैले सायद ‘कर्म गर फलको आश नगर’ भनिएको हो ।
त्यसैले यो संसारमा कोही धनी छैन, कोही श्रेष्ठ छैन, कोही बलवान् छैन, कोही धर्मात्मा छैन, कुनै राम्रो र नराम्रो छैन किनकि सबै थोक मान्छेले यहाँँबाट लिएर यहीँ दिने न हो ? राम्रो नराम्रो, पाप–धर्म, ठीक–बेठीक मात्र हाम्रो दृष्टि हो, धारणा हो, मात्र शासकहरुले सरलतासँग शासन गर्न बनाएका कानुन हुन् । अराजक स्थिति नआओस् भन्न खातिर ल्याएका ऐन हुन् । त्यसैले मान्छे अझै पनि मेरा लागि, मलाई हुने कुरा,
मद्वारा गरिने कुरा सबै ठीक, राम्रो र धर्म भन्न छाड्दैन, आखिर अक्षर र शब्द पनि त मान्छेले आपूmलाई बाँच्न सरल होस् भनी बनाएको एउटा प्रविधि न हो ? हामीले कसैलाई राक्षस भनेजस्तै बोका, राँगा, कुखुरोले हामीलाई के भन्दा हुन् खै ? तिनको मनभित्र पसेर यत्ति जाबो कुरो पत्तो लगाउन नसक्ने छुसी मान्छेले आपूmलाई के कसरी ज्ञानी, ध्यानी, बलवान्, श्रेष्ठ, धनी, शासक भन्न सकेको होलान् ? म चकित छु ।
यस्तो परिस्थितिलाई बुझेर आफ्नो भाव, सोच, विचार, धारणा र स्वभाव जानेर वा बुझेर मान्छेले बाँच्न पाए, बाँच्नको लागि चाहिने सामान्यभन्दा सामान्य आवश्यकताको कुरा दिनको एक तिहाई अर्थात् आठ घन्टा श्रम गर्दा पाउने वातावरण बन्न सके । आठ घन्टा विश्राम र नित्यकर्मलाई छुट्टयाउन सके बाँकीको आठ घन्टा अध्ययन, चिन्तन र मनन गर्न पाए न गहन सिर्जना फुर्ने वा फुल्ने हो किनभने भोको पेट न सिर्जना जन्मन्छ, न फेशन हुन्छ, न सांस्कृतिक वस्तुको निर्माण नै हुन सक्तछ । बाँच्नको लागि पानीको समस्या, बत्तीको समस्या, कामको समस्या, विश्रामको समस्या, सौखका समस्या, गर्वको समस्या, हीनताबोध र अहङ्कारको समस्या आदि गन्नै नसकिने अनगिन्ती समस्यै समस्याको बीचमा रूमल्लिएर विना अध्ययन, विना चिन्तन, विना विचार र विना अनन्दको हालतमा स्रष्टाले के सिर्जना गर्ला र वा गरेको सिर्जनामा के गहनता आउला ? जसले जति फुर्ती लगाए पनि, जति खोके पनि आखिर पात्रले जे भोग्छ, जे पाउँछ त्यही दिने न हो ? उसले दिएका कुराको पनि त युगले मूल्याङ्कन गर्छ नै । फेरि कुरो उही ‘सुन्ताला रोपेर कागती फल्दैन’ । जसले जस्तो कार्य गर्दछ, कार्य अनुसारको फल निश्चित नै छ, कसैले मानोस् वा नमानोस्, कसैले देखोस् वा नदेखोस् वस्तु वा भावले प्रभाव परिरहेकै हुन्छ । फेरि कसैको तुल्यताले कसैलाई के नै फरक पर्छ र ? यदि मन–विचार दृढ छ भने ।
को सुखी छ यो संसारमा ? सुखी त भेटिन्नन् भने को आनन्दमा होला भनेर कल्पनासम्म गर्नु पनि बेर्थ हुन्छ । सुख र आनन्दलाई समान ठान्नेहरुलाई त यो प्रश्न पनि बेर्थ नै लाग्छन् । एउटा मन्त्र त छ तर त्यसमा पनि यथास्थितिवादी वा भगुवाको आरोप नआउला पात्रलाई भन्न सकिन्न । यो संसारमा हुने, गरेका, भएका सबै सबै कुरालाई स्वाभाविक ठान्ने स्वभाव वा चरित्रमा आपूmलाई ढाल्न सकेमा अवश्य नै मान्छे सुखी हुन सक्छ । आशाबाट मुक्ति नै पीडाबाट मुक्ति हो । पीडामुक्त हुनु नै संसारका यावत् तङ्खवलाई समान देख्नु हो वा सबै हुने, गरिने र भएका कुरालाई स्वाभाविक मान्नु हो । भए गरेका सबै सबैलाई स्वाभाविक मान्न सक्नेले निश्चय नै आनन्दको भोग गर्दछ, यसमा विवाद बेर्थ छ । जहाँ स्व छ अर्थात् स्वतः हुन्छ वा प्राकृत छ त्यसलाई स्वीकार गरेर त्यसैमा बाँच्नु नै सुख वा आनन्द प्राप्तिको मार्ग हुन सक्छ ।
हुन्न वा सक्दिनँ भन्न सजिलो छ, एकै वाक्यमा सारा द्वार बन्द बनिदिन्छ । जीवनमा नाइँ भन्न सक्नेलाई कुनै समस्या नै हुन्न, हुन्छ भन्नेलाई बडो गाह्रो छ, पल पल आफ्नो अनेकता गुमाएर उसको
बन्नुपर्छ । हुन्छ भन्नु उसमा लीन हुनु हो । लीन हुन सजिलो छैन, क्षण क्षण आफ्नो ‘म’को पन वा आफ्नो स्व गुमाएर अर्कोको, पात्र वा विषयको दास बन्नुपर्छ । दास बन्न गाह्रो छ, ‘म’ तङ्खवको अहङ्कार र घमण्डले
चारैतिरबाट घेरिएको मान्छेलाई, तर जो दास बन्न जान्दछ, लीन हुन जान्दछ, आफ्नो अस्तित्व गुमाएर अर्कोको अस्तित्वमा रुपान्तर हुन जान्दछ वा आफ्नो सबै किसिमका ज्ञान, मान, पन, समय आदि आदि रुपका धन लगानी गरेर जो लीन हुन्छ उसले अन्ततः केही कुरा त पाउँछ नै । कममा कम धैर्य, एकाग्रता, लगनशीलताको प्राप्ति त हुन्छ नै, तर प्रश्न फेरि पनि रहन्छ नै पात्र दास कसको ? कस्तो कार्यको ? कस्तो स्वभावको ? कस्तो चरित्रको दास बन्ने हो ? त्यसैले आफ्नो वास्तविक स्वभाव बुझ्न
जरूरी छ र जो आफ्नो स्वभाव र क्षमता बुझेर सही समयमा सही खोजी गर्न सक्छ ऊ दास त बन्छ नै । जस्तै यस समय म भाव, सोच, विचार, कलम र कापीको दास बनिरहेको छु । पाठकलाई दिक्क पार्ने गरी, यस्तो दास बनेर मैले यस संसारमा के बिराएँ लौ भन्नोस् ?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 भाद्र, 2073

लेखकका अन्य रचनाहरु