नेपाली भाषामा पदयोग र पदवियोगसम्बन्धी नियम

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग भनिन्छ भने शब्दहरू छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । पदयोग एक पद/शब्दमा अर्को पद/शब्द जोडिने प्रव्रिmया हो भने पदवियोग एक पदमा अर्काे पद नजोडिने प्रव्रिmया हो । पदयोग गरी जोडिएका पदलाई एउटै डिकोमा लेखिन्छ भने पदवियोग गरिएका पदलाई बेग्लाबेग्लै डिकामा लेखिन्छ । यो नेपाली भाषाको महत्वपूर्ण विशेषता हो । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी खासखास नियमहरू प्रचलित छन् र ती त्यति धेरै अस्पष्ट पनि छैनन् । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी प्रमुख केही नियमहरू यसप्रकार छन् ः
१. पदयोगसम्बन्धी नियम
(१) नाम र विभक्ति जोडेर लेखिन्छ, जस्तै—
भाइले, साथीलाई, हिजोदेखि, इनारबाट, जहाजद्वारा, प्रमोदको, प्रमोदका, प्रमोदकी, दराजमा आदि ।
(२) शब्दमा लागेको उपसर्ग जोडेर लेखिन्छ, जस्तै—
अज्ञान, अयोग्य, अधिकार, अधिपति, अनुहार, अभियोग, अतिरिक्त, आजीवन, आमरण, उपकार, उपदेश, दुर्घटना, नियोग, निरङ्वmुश, पराजय, परिव्रmमा, प्रचार, प्रहार, बेइमान, विचार, विज्ञान, सवmुशल, सहयात्री, सहयोग, सुपुत्र, सुमार्ग आदि ।
(३) शब्दमा लागेको प्रत्यय जोडेर लेखिन्छ, जस्तै—
अंशियार, आर्थिक, इमानदार, खर्चालु, गफाडी, गोठालो, घरानिया“, घरेलु, घिचुवा, घुमन्ते, घुस्याहा, जा“गरिलो, ठिमिले, डोटेली, धुपौरो, बचत, बटुवा, बनावट, बोलक्कड, भतुवा, भिडन्त, मानवीय, लेखाइ, सहरिया, सामाजिक, सिलौटो, सुनौलो, सोल्माली, ह“सिलो, गुनिलो, नुनिलो आदि ।
(४) समस्त शब्द जोडेर लेखिन्छ, जस्तै—
कामचोर, देशभक्ति, डरछेरुवा, चैतेबा“दर, त्रिभुज, दाजुभाइ, दिदीबहिनी, बाबुछोरा, आमाबाबु, लोग्नेस्वास्नी, भान्दाइ, भान्साकोठा, घामपानी, रातदिन, छात्रावास, गाईगोठ, शुभकामना, नीलकण्ठ, पीताम्बर, धेरथोर, माछापुच्छ«े, हिजोअस्ति, आजभोलि, गहु“गोरो, घामपानी, चन्द्रमुखी, दोबाटो, मामाघर, रतन्धो, लामखुट्टे, षट्कोण, वनभोज, मामाससुरा, त्रिकोण, नवग्रह, पञ्चरत्न आदि ।
(५) द्वित्व भई बनेका शब्द (सार्थक र निरर्थक दुवै) जोडेर लेखिन्छ, जस्तै—
कोको, गाउ“गाउ“, घरघर, दिनदिन, रातोरातो, अगिअगि, अलिअलि, आधाआधा, खेतैखेत, गयोगयो, गर्छगर्छ, ढोकाढोका, पछिपछि, माथिमाथि, रातोरातो, घरघर, बाटैबाटो, पालैपालो, टिपनटापन, बाटैबाटो, वनैवन, भुटभाट, छरछिमेक, भातसात, आनीबानी, पानीसानी, सरसल्लाह, भैmझगडा, आआनो, आलोपालो, ऐ“चोपै“चो आदि ।
(६) अनुकरणात्मक शब्द जोडेर लेखिन्छ, जस्तै—
क¥याकवmुरुक, खल्याङमल्याङ, खस्याकखुसुक, खुरुखुरु, गल्र्यामगुर्लुम, झल्याकझुलुक, त¥याकतुरुक, पल्याकपुलुक, स¥याकसुरुक आदि ।
(७) अकरण बुझाउने शब्दको ‘न’ जोडेर लेखिन्छ, जस्तै—
नखाला, नपढ्ला, नजाती, नराम्रो, नपुग, नजाऊ, खा“दैनथ्यो, पढ्दैनथी, गरेनछ, जा“दैनथ्यो, खेल्दैनथ्यो, भन्दिनथी, हि“ड्दैन, लेख्दिन, खाएन, गरेन, जा“दैन, पढ्दिन आदि ।
(८) धातु र समयसूचक प्रत्यय जोडेर लेखिन्छ, जस्तै—
पढ्छ, पढ्यो, पढ्ला, पढ्नेछ, पढ्थ्यो, पढ्थ्यौ“, पढेछ, लेख्छ, लेख्यो, लेख्ला, लेख्नेछ, लेख्थ्यो, लेख्थ्यौ“, लेखेछ आदि ।
(९) सामान्य वर्तमान, भूत र भविष्यत् बुझाउने व्रिmया जोडेर लेखिन्छ, जस्तै—
पढ्छ, पढ्यो, पढ्नेछ, लेख्छ, लेख्यो, लेख्नेछ, खेल्छ, खेल्यो, खेल्नेछ आदि ।
(१०) अज्ञात र अभ्यस्त भूत बुझाउने व्रिmया जोडेर लेखिन्छ, जस्तै—
पढेछ, पढ्थ्यो, लेखेछ, लेख्थ्यो, हेरेछ, हेथ्र्यो, गएछ, जान्थ्यो आदि ।
(११) संयुक्त व्रिmया जोडेर लेखिन्छ, जस्तै—
हेर्नुपर्छ, पढ्नुहुन्छ, आउनुहोस्, खाइसक्नुभएछ, खेल्नुहोस्, गइदिइहाल्नुपर्छ, गइसक्यो, भनिदिउ“ला, लेखिसकी, हेरिदिनुछ, खाइदियो, गरिदियो, आइपुग्यो, खानुपर्छ आदि ।
 प्राज्ञिक छलफलका आधारमा कतिपय पृथक् अर्थ बुझाउने क्रियाचाहि“ पदवियोग गर्न पनि सकिन्छ ।
(१२) व्यक्तिवाचक नाम शब्द जोडेर लेखिन्छ, जस्तै—
लक्ष्मीप्रसाद, सोमबहादुर, भरतवmुमार, देवनारायण, लोकनाथ, हरिराज, मानदेव, काजीमान, विष्णुकान्त, बेखालाल, नातिकाजी, श्यामदास, दिलवmुमारी, पवित्रादेवी, राममाया, नानीमैया आदि ।
 नेपालीमा प्रसाद, बहादुर, वmुमार, नारायण, नाथ, राज, देव, मान, कान्त, लाल, काजी, दास, वmुमारी, देवी, माया आदिलाई मध्यवर्ती नाम ९mष्ममभि लबmभ० भन्ने गरिएको पाइए पनि अङ्ग्रेजी आदि भाषामा जस्तो यी छुट्टै मध्यवर्ती नाम होइनन् । कसैको नाम ‘हरि’ मात्र पनि हुनसक्छ तर त्यसमा ‘राज’ पनि आएमा उसको नाम ‘हरि’ मात्र नभएर ‘हरिराज’ नै हो भन्ने बुझिन्छ । यस्ता नामको सम्बन्ध उच्चारणस“ग पनि रहेको छ र यी उच्चारणको एक झोकामा उच्चरित हुने सिङ्गा नाम हुन् । यसर्थ यस्ता शब्दलाई छुट्ट्याउनु उपयुक्त हु“दैन । यस्ता कतिपय नामलाई छुट्ट्याउ“दा अर्थमा पूरै भिन्नता आउ“छ, जस्तै—
रामप्रसाद खान्छ । राम प्रसाद खान्छ ।
रामवmुमार छ । राम वmुमार छ ।
रामबहादुर छ । राम बहादुर छ ।
रामलाल बुझक्कड छ । राम लाल बुझक्कड छ ।
रामदास हो । राम दास हो ।
रामराज भण्डारी आयो । राम राजभण्डारी आयो ।
रामसिंह गयो । राम सिंह गयो ।
सीतावmुमारी हो । सीता वmुमारी हो ।
सीतादेवी हो । सीता देवी हो ।
(१३) रूढ भइसकेका स्थानवाचक नाम शब्द जोडेर लेखिन्छ, जस्तै—
कीर्तिपुर, ललितपुर, भक्तपुर, भरतपुर, रामपुर, अमलेखगन्ज, नेपालगन्ज, वीरगन्ज, प्रगतिनगर, महेन्द्रनगर, वीरेन्द्रनगर, विराटनगर, जोरपाटी, शीतलपाटी, दधिकोट, दुवाकोट, रामकोट, तातोपानी आदि ।
(१४) नामयोगी जोडेर लेखिन्छ, जस्तै—
अगि, पछि, अगाडि, पछाडि, भित्र, बाहिर, माथि, मुनि, वर, पर, वरिपरि, वारि, पारि, नजिक, बीच, माझ, सित, स“ग, स“गै, तिर, तर्पm, पट्टि, सम्म, समेत, सहित, भैm“, जस्तै, अनुसार, अन्तर्गत, बमोजिम, बित्तिकै, मार्पmत, बारे, बिना, बाहेक, मध्ये, सामु, सामुन्ने, समक्ष, समान, भन्दा, जति, निर, नेर, खेर, खेरि, भर, भरि, पालि, पूर्व, पश्चात्, पर्यन्त, उप्रान्त आदि ।
विद्यालयअगाडि, घरपछाडि, खाटमाथि, टेबुलमुनि, बाबुसित, भाइस“ग, इदअगि, तिहारपछि, कोठाभित्र, कोठाबाहिर, खोलावारि, खोलापारि, मधेसतिर, यतातिर, गाउ“भरि, कानुनबमोजिम, पूर्वतर्पm, रीतिअनुसार, यसअन्तर्गत, उनीसमेत, यसभन्दा, उतापट्टि आदि ।
घरअगाडि मन्दिर छ । मन्दिरपछाडि रुद्राक्षको बोट छ ।
घरबाहिर हिलो छ । टेबुलमाथि किताब छ ।
खोलावारि खेत छ । खोलापारि जङ्गल छ ।
घरवरिपरि सफा राख । भातस“गै तरकारी खाऊ ।
इदपछि मात्र हाम्रो भेट हुन्छ । नेपालको उत्तरपट्टि हिमाल छन् ।
(१५) नामस“ग जोडिने नामयोगीको पछि आउने विभक्ति पनि जोडेर लेखिन्छ, जस्तै—
पुस्तकभित्रको, बाटामुनिको, घरभित्रबाट, तिहारअगिदेखि आदि ।
२. पदवियोगसम्बन्धी नियम
(१) वाक्यमा प्रयुक्त सबै शब्द छुट्ट्याएर लेखिन्छ, जस्तै—
रामलाल पराजुली विद्यालयबाट आई हातखुट्टा धोएर खाजा खान्छ र गृहकार्य गर्न बस्छ ।
लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित मुनामदन नेपाली साहित्यमा अत्यन्त लोकप्रिय छ ।
संसारको सर्वाेच्च शिखर सगरमाथा नेपालमा हुनु हामी सबैका लागि गौरवको वmुरा हो ।
(२) व्रिmयायोगी छुट्ट्याएर लेखिन्छ, जस्तै—
हिजो, आज, भोलि, पर्सि, पोहोर, सा“झ, बिहान, दिउ“सो, बेलुका, भरे, सबेरै, अचेल, सधै“, भर्खर, अगि, पछि, तुरुन्तै, अब, अहिले, भित्र, बाहिर, अगाडि, पछाडि, तल, माथि, मुनि, उ“धो, उ“भो, नजिक, वर, पर, वारि, पारि, यहा“, त्यहा“, वहा“, जहा“, कहा“, यता, उता, कता, जता, त्यता, ज्यादै, धेरै, निकै, प्रशस्तै, अत्यन्तै, असाध्यै, खुब, बहुत, मनग्गे, औधि, थोरै, अलिकति, अलिअलि, अलि, अलिक, सारै, यति, त्यति, उति, जति, कति, मात्र, राम्ररी, बेसरी, यसरी, त्यसरी, कसरी, जसरी, यसो, उसो, कसो, जसो, अकस्मात्, एक्कासि, छिटो, मुसुक्क, सुटुक्क, पढ्न, लेख्न, पढेर, पढी, पढेकाले, पढेकोमा आदि ।
बाहिर पानी पर्दैछ । माधव बाहिर गयो ।
आज घाम लागेको छ । बिहान वmुहिरो लागेको थियो ।
अगि पानी परेको थियो । विजय अगाडि पुग्यो ।
लाक्पा माथि पुगेछ । वारि घर र पारि खेत छ ।
छवि जुरुक्क उठेर हि“ड्यो । पाठो बुरुक्क उफ्रियो ।
केटी धुरुधुरु रोई । बहिनी मुसुक्क हा“सी ।
बाटोमा राम्ररी जाऊ । माधव धेरै रिसाहा छ ।
दोर्जे भर्खरै गयो । हरेराम खेल्न गयो ।
 कहिलेकाही“ वाक्यमा प्रयुक्त एउटै शब्दले नामयोगी र व्रिmयायोगीको काम गर्नसक्छ । नामयोगी नामिक शब्दस“ग जोडिएर आउ“छ र यसलाई एउटै डिकामा लेखिन्छ तर व्रिmयायोगी अन्य शब्दस“ग नजोडिई आउ“छ र यसलाई एउटै डिकामा लेखि“दैन, जस्तै—
नामयोगी व्रिmयायोगी
घरबाहिर हिलो छ । बाहिर पानी पर्दैछ ।
घरअगाडि रूख छ । केटो अगाडि गयो ।
खरायो हरिकहा“ छ । खरायो कहा“ छ ?
खोलावारि खेत र खोलापारि वन छ । वारि खेत र पारि वन छ ।
(३) संयोजक छुट्ट्याएर लेखिन्छ, जस्तै—
ड्ड सापेक्ष संयोजक
जो, जे, जुन, जति, जहिले, जत्रो–त्यत्रो, जस्तो–त्यस्तो, जस्ता–त्यस्ता, जहा“–त्यहा“, जब–तब, जसरी–तसरी, त्यो, त्यही, यदि, भनी, भन्ने, भने, भनेदेखि, के, कि आदि ।
जो व्यक्ति त्यहा“ गएको थियो, त्यो असल थिएन ।
तिमीले जे भन्यौ मैले त्यही गरे“ ।
जब भयो राती तब बुढी ताती ।
यदि पढेनौ भने अनुत्तीर्ण हुनेछौ ।
ड्ड निरपेक्ष संयोजक
र, तर, अथवा, वा, या, तथा, किनभने, किनकि, यसर्थ, तसर्थ, तापनि, तैपनि, अन्यथा, यद्यपि, तथापि, अनि, पनि, समेत, हुनत, कि, न, नत्र, एवं, परन्तु, किन्तु, अतएव आदि ।
भाषा तथा व्याकरण ।
होचो तर मोटो ।
रविले हात धोयो र खाजा खायो ।
बेहुली रोई तर बेहुलो रोएन ।
या ऊ जान्छ या म जान्छु ।
ऊ आएन किनभने÷किनकि ऊ यहा“ थिएन ।
उसको नाम दयाराम हो तापनि ऊ निर्दयी छ ।
भाइ पढ्छ पनि लेख्छ पनि ।
न म बजार गए“ न ऊ बजार गयो ।
तिमी जान्छ्यौ कि म नै जाऊ“ ?
पानी तता नत्र चिसै पानीले नुहाइदिन्छु ।
तिमी गयौ भने म जान्न ।
पहिले सुन अनि मात्र बोल ।
(४) विभक्तिभन्दा पछि आउने विभक्ति वा नामयोगी छुट्ट्याएर लेखिन्छ, जस्तै—
भाइका लागि, साथीको निम्ति, उसले भन्दा, घरको अगाडि, घरको अगिल्तिर, कोठादेखि बाहिर, त्यसभन्दा माथि, बाटादेखि मुनि, त्यहा“देखि पर, दाजुको तर्पmबाट आदि ।
(५) विस्मयबोधक शब्द छुट्ट्याएर लेखिन्छ, जस्तै—
आहा ¤, ओहो ¤, आम्मै ¤, स्याबास ¤, क्यावात् ¤, वाह ¤, ऐया ¤, कठै ¤, बिचरा ¤, छि ¤, छ्या ¤, धत् ¤, धिक्कार ¤, रे ¤, अरे ¤, आत्था ¤, धन्य ¤, ल ¤, लौन ¤, ज्या ¤, ए ¤, अ“ ¤, ओ ¤, हे ¤, जय ¤, हा ¤, हाय ¤, हरे ¤, रामराम ¤, शिवशिव ¤, उप्m ¤, थक्क, धत्तेरि ¤, हत्तेरि ¤ आदि ।
आहा ¤ कति राम्रो पूmल फुलेछ ।
स्याबास ¤ सधै“ प्रथम हुनु ।
ऐया ¤ का“डाले घोच्यो ।
कठै ¤ बुढो त मरेछ ।
छि ¤ कस्तो फोहोरी रहेछ ।
धत् ¤ कोठामा फोहोर गर्नुहुन्छ ?
(६) निपात छुट्ट्याएर लेखिन्छ, जस्तै—
खै, त, न, नि, नै, पो, र, रे, ल, लौ, ह“, है, अ“, आ, ए, नाइ“, चाइ“, अरे, ब्यारे, क्यारे, हगि आदि ।
ल, तिमीले किन नपढेको ? खै, मलाई थाहा छैन ।
अ“, तिमीले के भन्यौ ? लौ, जेसुकै गर ।
हरि उतातिर नै गएको छ । तिमी त बिरामी भएछौ ।
छिटो गर क्या ढिलो भइसक्यो । खाए पो मोटाइन्छ ।
बाटो भत्किएछ नि । तिमी तेरथुम पुगेका छैनौ र ?
तिमी भरे आऊ ल । त्यसो त होइन क्यारे ।
(७) संयुक्त व्रिmयाका बीचमा निपात आए छुट्ट्याएर लेखिन्छ, जस्तै—
खानु नै पर्छ । गर्नु त पर्ने नै हो ।
झुटो बोल्नु त भएन नि । मैले जानु नै पर्छ ।
(८) वर्तमान, भूत र भविष्यत् तीनै कालका अपूर्ण र पूर्ण पक्ष जनाउने व्रिmया छुट्ट्याएर लेखिन्छ, जस्तै—
वर्तमान — पढ्दै छ, पढेको छ, खेल्दै छ, खेलेको छ, हा“स्दै छ, हा“सेको छ, गाउ“दै छ, गाएको छ आदि ।
भूत — पढ्दै थियो, पढेको थियो, खेल्दै थियो, खेलेको थियोे, हा“स्दै थियो, हा“सेको थियो, गाउ“दै थियो, गाएको थियोे आदि ।
भविष्यत् — पढ्दै हुनेछ, पढेको हुनेछ, खेल्दै हुनेछ, खेलेको हुनेछ, हा“स्दै हुनेछ, हा“सेको हुनेछ, गाउ“दै हुनेछ, गाएको हुनेछ आदि ।
 रूढ अर्थ धारण गरिसकेका एकार्थवाची शब्द जतिसुकै लामा भए पनि छुट्ट्याउन मिल्दैन । हिन्दीमा विभक्ति आदि छुट्ट्याइएको पाइए पनि नेपालीमा त्यसो गर्नु हुन्न । हरेक भाषाको आआनै प्रचलन, परम्परा र नियम हुन्छ ।
 वर्ण वा अक्षर गनेर नामयोगी आदि जोड्ने वा छुट्ट्याउने भन्ने हुन्न । यस्तालाई कि जोड्ने कि छुट्ट्याउने भन्न सक्नुपर्छ । प्राज्ञिक छलफलका आधारमा ‘जना, वटा, मात्र, चाहि“, जस्ता’ कतिपय शब्द छुट्ट्याएर लेख्न सकिन्छ ।
माथि उल्लेख गरिएकाबाहेक नियममा नअटाएका कतिपय सन्दर्भहरू अपवादमा पर्छन् । अपवाद पनि भाषाको एउटा पहिचान नै हो तर नियम नै अपवादबाट बनाउनुचाहिँ हुन्न ।
३. उपसंहार
नेपालीमा पछिल्लो समयमा पदको समेत दुरुपयोग गरी बल्झाइएको जटिल समस्याका रूपमा पदयोग र पदवियोग रहेको छ । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी स्पष्ट नियम र प्रचलन हु“दाहु“दै सबैजसो छुट्ट्याउनु पर्छ भन्ने कतिपयद्वारा अगि सारिएको वियोगवादी दृष्टिकोण उपयुक्त देखिन्न । प्रयोगबाटै यी नियमहरू स्थापित भएका हुन् र कतिपय नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन वा थपघटसमेत गर्न सकिन्छ तर कतै कसैबाट जबर्जस्ती लाद्ने प्रयत्न भने गर्नु हुन्न ।
नेपालीमा पदयोग र पदवियोगका सन्दर्भमा नाम र विभक्ति, उपसर्ग, प्रत्यय, समस्त शब्द, द्वित्व शब्द, अनुकरणात्मक शब्द, अकरण बुझाउने शब्दको ‘न’, सामान्य वर्तमान, भूत र भविष्यत् तथा अज्ञात र अभ्यस्त भूत बुझाउने व्रिmया, संयुक्त व्रिmया, व्यक्तिनामका बीचको शब्द, नाम र नामयोगी, नामस“ग जोडिने नामयोगीको पछि आउने विभक्ति आदि जोडेर लेखिन्छ अनि वाक्यमा आउने सबै शब्द, संयोजक, व्रिmयायोगी, विभक्तिभन्दा पछि आउने विभक्ति वा नामयोगी, निपात, वर्तमान, भूत र भविष्यत् तीनै कालका अपूर्ण र पूर्ण पक्ष जनाउने व्रिmया आदि छुट्ट्याएर लेखिन्छ भन्ने स्पष्ट नियम र प्रचलन हु“दाहु“दै सबैजसो छुट्ट्याउनु पर्छ भन्ने वियोगवादी दृष्टिकोण उपयुक्त देखिन्न । रूढ भइसकेका व्यक्तिनाम, स्थाननाम, एकार्थवाची शब्द आदिमा पदयोग गर्ने प्रचलित परम्परालाई यथावत् राख्नुपर्छ । वर्ण वा अक्षर गनेर पदयोग वा पदवियोग गर्ने काम गर्नुहुन्न । यस्ता झिनामसिना वmुरामा पनि विवाद गरेर भाषाको विकास हु“दैन । परिपत्र वा घोषणापत्र जारी गर्नतिर लागेमा समस्या समाधानको सट्टा झन् बल्झिन्छ ।
नेपालीमा पदयोग र पदवियोगमा केही समस्या छन् । पदयोगका नाममा संस्वृmतभैm“ लम्बेतान जोड्ने र हिन्दीभैm“ विभक्तिसमेत छुट्ट्याउने होइन । शिष्ट परम्परा, प्रचलन, सन्दर्भ, प्रसङ्ग आदिलाई हेरेर यसको व्यवस्थापन गर्न सकिन्छ । यसो गर्दागर्दै पनि अक्षर वा वर्ण गनेर पदयोग वा पदवियोग गर्ने वmुराचाहि“ उपयुक्त हुन्न । व्यक्तिनाम, स्थाननाम, एकार्थवाची शब्द आदिलाई लामा वा छोटा भनी छुट्ट्याउन मिल्दैन । पूरै प्रचलनमा आइसकेको वर्णविन्यासलाई वैयक्तिक आग्रहका आधारमा त्यसको ठीक विपरीत गरेर परिवर्तन गर्नु औचित्यपूर्ण देखिन्न । परम्परालाई सम्मान गर्दै समयसापेक्ष ढङ्गले क्रमशः परिवर्तन गर्दै जानुपर्छ । नेपाली भाषा पठनपाठन वा कक्षाकोठामा मात्र सीमित नरही सरकारी कामकाजका साथै सम्पर्क भाषा पनि भएको र यो राष्ट्रको सीमा पार गरेर अन्तर्राष्ट्रियकरण भइसकेकाले यसको व्यापक प्रयोगलाई ध्यानमा राखेर यससम्बन्धी नियम बनाउनुपर्छ । नेपाली उच्चारणका आधारमा अर्थभेदक नहुने भाषा भएकाले उच्चारणकै आधारमा यसका सबै नियम बनाउन सकिन्न, लोकव्यवहार वा प्रयोगलाई पनि हेर्नुपर्छ ।
‘लेखनमा सरलीकरण गर्न, लेखनमा पाइने भद्दापन कम गर्न, लेखनमा हुने अपवादहरू कम गर्न तथा शब्दहरूको वर्णविन्यासमा अनुमेयता बढाउन नेपाली वर्णविन्यासको मानकीकरणको आवश्यकता रहेको’ भन्ने कतिपयका सैद्धान्तिक भनाइप्रति सहमति जनाउन सकिए पनि त्यसको व्यावहारिक पक्ष पनि उत्तिकै विचारणीय छ । सरलीकरणकै पनि सीमा निर्धारण गर्न कठिन छ र यो विभिन्न तह र स्तरअनुरूप हुने गर्छ । कतिसम्म जोड्दा भद्दा हुने र कतिसम्म जोड्दा भद्दा नहुने भन्ने वmुरा पनि आ“खैपिच्छे फरक पर्न सक्छ । अपवाद कम गर्ने नाममा भाषाको मौलिक स्वरूप नै नष्ट गर्ने भन्ने वmुरा पनि आउ“दैन । कतिपय अपवाद नै त्यस भाषाका विशेषता हुन्छन् । लेखनमा पूरै बानी परिसकेका वर्णविन्यासलाई अनुमेय बनाउने र भावी पुस्ताका लागि सरलीकरण गरिदिने नाममा चलाउनु आवश्यक छैन ।
नामयोगी र समस्त शब्दको पदयोग गर्ने भन्ने स्पष्ट प्रचलन र नियम हु“दाहु“दै ‘दुईदुई लिपिमा लेखिने दुईटा शब्दले बनेका शब्द जोडेर लेख्ने’, ‘दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्तिजस्तै शीर्षशब्दस“ग जोडेर लेख्ने’ ‘व्यञ्जनान्त दुई अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेख्ने’ तथा ‘दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुईटा शब्दको समासबाट बनेको शब्द अलग डिकोमा लेख्ने’ भन्नु औचित्यहीन वmुरा हो । अक्षर र लिपि गनेर जोड्ने वा छुट्ट्याउने भन्नेजस्ता निरर्थक वmुरा गरेर भाषालाई थप बोझिलो बनाउनु हुन्न । यसरी नियम बनाउने कतिपय व्यक्तिहरूसमेत लिपि, वर्ण र अक्षर संरचनाका बारेमा स्पष्ट नभएको देखिन्छ । पहिले नामयोगी र समस्त शब्द मात्र जान्दा पुग्नेमा अब लिपिसमेत गन्नुपर्ने अनि नामयोगी मात्र जानेर नभई दुई अक्षरको त्यसमा पनि स्वरान्त–व्यञ्जनान्तसमेत बुझ्नुपर्दा त्यसले सरलीकरण नभई झन् बढी जटिलता र गन्जागोलको स्थिति पैदा गर्छ । यसर्थ दुई स्वरान्त अक्षरसम्मका नामयोगी जोड्ने र त्यसभन्दा बढीका नामयोगीलाई छुट्ट्याउने भन्ने वmुरा औचित्यहीन, निरर्थक, तर्कहीन र अवैज्ञानिक छ ।
यतिखेर अक्षर गनेर योग वा वियोग गर्ने नाममा ‘दिदीभाइ’, ‘पतिपत्नी’, ‘रामराज’, ‘जयदेव’, ‘रामपुर’ र ‘कीर्तिपुर’ जोड्ने अनि ‘दिदी बहिनी’, ‘लोग्ने स्वास्नी’, ‘भरत राज’ ‘जीवेन्द्र देव, हरेन्द्र देव’, ‘भरत पुर’, ‘ललित पुर’ छुट्ट्याउने भन्ने वmुरा कति हास्यास्पद छ । यस्तो अव्यावहारिक र अवैज्ञानिक तर्क गरेर भाषामा झमेला सिर्जना गरिनु हुन्न ।
सबै किसिमका असमापिका र समापिका क्रियाका संयुक्त रूपलाई अलग डिकोमा लेख्ने भनेर ‘भनि सक्छ’, ‘देखि हाल्यो’, ‘भइ रहन्छ’, ‘गरि सकि हाल्यो’, ‘भनि सक्न लाग्यो’, भनि दि हाल्नु हुन्छ’ जस्ता शब्दलाई छुट्ट्याएर भाषालाई विरूप तुल्याउनु हुन्न । यसरी अनावश्यक रूपमा छुट्ट्याउनाको अभिप्राय के ? छुट्ट्याएर लेख्नुपर्छ भनी नियम बताउनेले नै एकै पृष्ठमा भएको आÇनो नाम पनि एक ठाउ“मा छुट्ट्याउने र अर्काे ठाउ“मा जोड्ने गरेको तथा ‘बद्री विशाल’ छुट्ट्याएको, ‘रमेशवmुमार’ जोडेको अनि ‘पदवियोग’ र ‘वर्णविन्यास’ शब्दसमेत छुट्ट्याउने र जोड्ने दुवै गरेको पाइन्छ । यसरी नियम बताइएको लेखनमा समेत यस्तो भद्रगोलको स्थिति देखिएकाले यो सबै जानेर नभई अन्य वmुनै ढङ्गबाट प्रायोजित रूपमा सञ्चालित भएर गरिएको भन्ने स्पष्टै देखिन्छ ।
‘नाम, थरका बीचमा आउने मध्यवर्ती नामलाई अलग डिकोमा लेख्न सकिने’ भन्ने वmुरालाई पश्चगमनकै रूपमा लिनुपर्छ । यस्ता शब्द पहिले छुट्टै लेखिन्थ्यो, बीचमा जोड्न लगाइयो अनि अहिले जोडेर लेख्ने बानी परिसकेपछि पुनः छुट्ट्याउन लगाइ“दैछ । खासमा त्यो एउटै नाम हो मध्यवर्ती नाम होइन । नेपालीमा मध्यवर्ती नाम हुन्नन् ।
‘पदयोग र पदवियोगले अर्थबोधमा समस्या पर्दैन, शब्द वा वाक्यको स्तरको अर्थमा कतैकतै अस्पष्टता हुने ठानेर कल्पित धारणाका आधारमा तर्क दिन खोजिए पनि सङ्कथनको तहमा सन्दर्भ प्रभावशाली हु“दा यसको अर्थ खोज्न वmुनै समस्या पर्दैन’ भन्ने कतिपयको भनाइ पनि तर्कपूर्ण छैन । यसरी छुट्ट्याउ“दा ‘अमृतराज भण्डारी’ र ‘अमृत राजभण्डारी’, ‘प्रकाशसिंह’ र ‘प्रकाश सिंह’ जस्ता शब्दमा तथा ‘रामप्रसाद खान्छ’ र ‘राम प्रसाद खान्छ’, ‘हरिबहादुर थियो’ र ‘हरि बहादुर थियो’, ‘श्यामलाल बुझक्कड छ’ र ‘श्याम लाल बुझक्कड छ’ भन्नेजस्ता वाक्यमा पूरै अर्थगत भिन्नता रहेको वmुरा सारै स्पष्ट छैन र ? यसलाई सङ्कथनका तहबाट कसरी अथ्र्याउन सकिन्छ ? सबैतिर पूर्वापर सम्बन्ध र सङ्कथनका आधारमा मात्र अर्थ खोज्ने काम ह“ुदैन, शब्द–वाक्य हु“दै सङ्कथनमा पुगिने हु“दा सङ्कथनभन्दा तल्ला एकाइ पनि अर्थपूर्ण हुन्छन् भन्ने वmुरा बताउनु नपर्ला ।
यसको तात्पर्य पदवियोग गर्नै हुन्न सबै पदयोग गरेरै लेख्नुपर्छ भन्ने होइन । त्यसका पनि प्रचलन, परम्परा र नियम छन् । समयको आवश्यताअनुसार कतिपय नियम संशोधन र परिमार्जन पनि गर्न सकिन्छ तर पदवियोगका नाममा ‘विश्वविद्यालय, न्यायपालिका, कार्यपालिका, नगरपालिका, भाषाविज्ञान’ जस्ता सिङ्गा तत्सम शब्दलाई समेत छुट्ट्याउने वmुरा कदापि स्वीकार्य हुन्न । ‘विश्वविद्यालय’ अङ्गे्रजी गलष्खभचकष्तथ को नेपाली रूपान्तरण भएकाले यसलाई छुट्ट्याउनु पर्छ भन्ने वmुरा चरम हास्यास्पद छ । यस्तै भए पहिले गलष्खभचकष्तथ छुट्ट्याउनु पर्ला नि त ∕ ‘प्रधान मन्त्री, प्रधान न्यायाधीश’ छुट्ट्याउनु पर्छ भन्दै तिनकै सापेक्षतामा ‘विश्वविद्यालय’ छुट्ट्याउने भन्ने वmुरा पनि त्यत्तिकै हास्यास्पद छ । यस्तैगरी काभ्रेपलान्चोक, नेपालगन्ज, प्रगतिनगर, विराटनगर, शोणितपुर, सिन्धुपाल्चोक, तातोपानी जस्ता रूढ भइसकेका स्थाननामवाची शब्दलाई पनि छुट्ट्याउन मिल्दैन । यस्ता शब्दलाई छुट्ट्याउनु भनेको अत्यन्त मिलेका लोग्नेस्वास्नीलाई अनेक तिगडम गरेर सम्बन्ध विच्छेद गराउनुजस्तै हो ।
पदयोग–पदवियोगका सन्दर्भमा योजक चि≈न प्रयोगलाई न्यून गर्न सकिन्छ तर निमिट्यान्न पार्न सकिन्न । द्वित्व शब्दलाई सार्थक र निरर्थक भनी छुट्ट्याएर योग र वियोगको झमेलामा नफसाई प्रचलनलाई स्वीकार गर्दा वmुनै हानि देखि“दैन । भाषालाई सरलीकरण गर्नु भनेको एउटा नियमले काम चलिरहेकोमा अनेक नियम बनाउनु होइन ।
नेपाली भाषालाई चौतर्फी आक्रमण गरी थिल्थिल्याएर कमजोर तुल्याउने प्रयत्न भइरहेका बेला नेपाली भाषाकै विद्वान् भन्न–भनाउन रुचाउने र नेपाली भाषाकै खेतीबाट गुजारा चलाइरहेकाहरूले समेत नेपाली भाषालाई कमजोर तुल्याउने वृत्तिलाई नै मलजल गर्ने प्रयत्न गर्नुलाई निसन्देह गतिलो काम मान्न सकिन्न । भाषा भनेको संस्वृmतिको सबैभन्दा महŒवपूर्ण र अभिन्न अङ्ग भएकाले भाषामाथिको आक्रमण भनेको सोभैm संस्वृmतिमाथिको आक्रमण हो । नेपाली भाषा नेपाल राष्ट्रको मात्र नभएर विश्वभर छरिएर रहेका सिङ्गो नेपाली जातिको सांस्वृmतिक पहिचान बनिसकेको तथ्य पनि सर्वविदितै छ । राष्ट्रिय राजनीति अन्योलग्रस्त बन्दै गएको मौका छोपी त्यसैमा भाषालाई समेत मुछेर भा“चवmु“च र तोडमोड गर्ने प्रयत्न गर्नु उपयुक्त कार्य होइन । व्यक्तिविशेषको स्वार्थपूर्तिका लागि भाषामाथि अनावश्यक चलखेल गरी यसलाई बिगार्ने प्रयत्न गर्नु भनेको आमा बेचेर सानीमा भिœयाउने कार्य गर्नुजस्तै हो ।
व्यक्तिगत रूपमा कसैलाई आÇना दृष्टिकोण वा विचार प्रस्तुत गर्ने स्वतन्त्रता छ“दैछ । बेलाबखत कतिपयले भाषासम्बन्धी आआÇना दृष्टिकोण प्रस्तुत गरिरहेकै पनि छन् । तिनीहरूका वैयक्तिक दृष्टिकोणलाई मान्न वा नमान्न सबै स्वतन्त्र नै छन् । कसैले यस्तो ‘लेख्नसकिने’ भन्ने प्रस्ताव राख्नसक्छ । प्रस्ताव जोसुकैले जहा“सुकै र जहिले पनि गर्न सक्छ तर प्रस्तावका निहु“मा ‘यस्तै लेख्नुपर्छ’ भनी आदेशात्मक परिपत्र गर्नु उपयुक्त हु“दैन । नियम बनाउने स्वयंले त्यसलाई व्यवहारमा लागु गर्न नसक्ने वा आÇनै भनाइलाई पनि एउटा सामान्य लेखमा समेत एकरूपता कायम गर्न नसक्नेले प्रस्ताव राख्नुको पनि खासै अर्थ रहन्न । नेपाली भाषा राम्ररी नजान्नेले त्रुटि गर्नु सामान्य वmुरा हो तर जान्नेले बुझ पचाउनु वा मिचाइ“ गर्नु उपयुक्त होइन । नेपाली भाषाका ज्ञाताहरूकै बीचमा समेत लेखनमा एकरूपता नपाइएको स्थिति टड्कारै छ भने अरूको त के वmुरा गर्नु र ?
शिष्ट परम्परालाई पूरै निषेध गरेर कतै कसैबाट आफूलाई भाषाको आधिकारिक ठेकेदार ठानी एकाधिकारवादी र निषेधकारीवृत्तिको अनुसरण गरिएमा त्यसले अशिष्ट परम्परा जन्माउ“छ र त्यो सिङ्गो भाषाका लागि प्रत्युत्पादक हुन्छ । परम्परामाथि प्रहार गर्दै जाने हो भने त्यस वृत्तिले निरन्तरता पाउ“छ र परम्पराको अस्तित्व सदैव सङ्कटग्रस्त हुन्छ । अगाडिका जति सबै परिवर्तन गर्नुमै महान् ठान्ने भए बेग्लै वmुरा हो, त्यस्तो परिस्थिति भोलि पनि आउन सक्छ, नत्रभने परिवर्तनका नाममा भा“डभैलो मच्चाउने प्रयास गर्नु उपयुक्त हुन्न । भाषाको आधुनिकीकरण र मानकीकरणका नाममा प्रयोक्तालाई पूरै बेवास्ता गरी जबर्जस्ती रूपमा जे पायो त्यही नियम लादिएमा त्यो निरर्थक हुन्छ र अन्ततः लेखनमा अराजकता आउ“छ । नेपाली भाषामा यतिखेर यस्तो लक्षण देखापर्न थालिसकेकाले भाषाको माया गर्नेहरूले यसतर्पm सोच्नु जरुरी छ ।
नेपाली भाषा वर्णविन्यासमा देखापरेका कतिपय विकल्प र अपवादलाई हुवmुमी शैलीमा निराकरण गर्नेतर्फ नलागी तिनलाई पनि भाषाको विशिष्टता मानेर बौद्धिक–प्राज्ञिक छलफलबाट वस्तुगत ढङ्गमा न्यूनीकरण गर्दै निष्कर्षमा पुग्नु नै सर्वोत्तम विकल्प हो । अपवाद न्यूनीकरण गर्न सकिन्छ तर निमिट्यान्न पार्न सकिन्न ।
यसरी नेपाली भाषामा अराजकता र अस्तव्यस्तता पैmलनाको प्रमुख कारण भाषासम्बन्धी समस्याको निर्णय गर्ने उच्चस्तरीय भाषिक आयोगको अभाव नै हो । भाषाविद्हरूको उच्चस्तरीय भाषिक आयोग भएको भए यसप्रकारका समस्या नै आउने थिएनन् । नेपाली भाषामा देखिएका विविध समस्याहरूलाई घोषणापत्र जारी गरेर वा पदीय दुरुपयोग गरेर वा कोठामा बसी मनगढन्ते पाराले कल्पना गरेर होइन विनाभेदभाव सक्कली भाषाविद्हरूको उच्चस्तरीय आयोग बनाएर सम्बद्ध संस्थाहरूको समेत सहभागितामा साझा सहमति कायम गरी न्यूनतम विवाद र अपवाद आउने ढङ्गबाट स्पष्ट नीतिनियम बनाई त्यसैअनुरूप भाषाको प्रयोग गर्नु र सबै मिलेर भाषालाई जोगाउनु अपरिहार्य छ । नेपाली भाषामा देखापरेका कतिपय समस्याहरूको निराकरण गर्ने कामको नेतृत्व राजनैतिक भागबन्डाका आधारमा गठित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली विषय समिति आदिबाट त के अपेक्षा गर्नु र ? नेपाली भाषाको संसारकै सर्वाेच्च निकाय त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागले नेतृत्व लिनुपर्ने हो तर यही“ पनि व्यक्तिगत स्वार्थपूर्तिमा तल्लीन भई गा“ड कोराकोर गर्नु दुखद कुरा हो ।
कतिपयले नेपाली भाषाका पक्ष र विपक्ष वा संस्थापन पक्ष र प्रतिपक्ष भन्ने गरेको पनि पाइन्छ तर यस्तो अभिव्यक्ति भाषिक विकासका लागि दुर्भाग्यपूर्ण र प्रत्युत्पादक हुन्छ । भाषामा कोही पक्ष, विपक्ष, संस्थापन पक्ष, प्रतिपक्ष भन्ने कुरै हुन्न । सम्बद्ध भाषाका प्रयोक्ताजति सबै त्यसका पक्ष हुन्छन् । शिष्ट परम्पराका नाममा पूरै पश्चगामी पनि हुनु हु“दैन भने अग्रगामी वा परिवर्तनका नाममा शिष्ट परम्परालाई पूरै भत्काएर जे पायो त्यही गरी अराजकतावादी पनि हुनु हुन्न । सबैका सकारात्मक पक्षलाई ग्रहण गरी नकारात्मक पक्षलाई हटाएर एक्कासि नभई क्रमशः सरलीकरण र सुधार गर्दै लगेमा नेपाली भाषामा देखापरेका÷बल्झाइएका समस्याको समाधान सजिलै गर्न सकिन्छ ।
भाषालाई नियम बढाएरभन्दा घटाएर सरलीकरण गर्दै लानुपर्छ । भाषाका नियम पनि वस्तुगत र वैज्ञानिक हुनु आवश्यक भएकाले पदयोग र पदवियोगमा अक्षर सङ्ख्या तथा स्वरान्त र व्यञ्जनान्तजस्ता अवैज्ञानिक प्रसङ्ग भिœयाएर अनि द्वित्वलाई पनि सार्थक र निरर्थक भनी पृथक् नियम बनाएर भाषालाई झन् जटिलतातर्पm धकेल्नु हुन्न ।
नेपाली भाषा नेपाली विषय पढ्ने–पढाउने शिक्षक–विद्यार्थीले मात्र नभई अन्य विषयका साथै सरकारी कामकाजलगायत सर्वत्र प्रयोग गरिने साझा भाषा भएकाले अनावश्यक बखेडा झिकेर नेपाली भाषाप्रति वितृष्णा पैmलाउने काम गर्नु हुन्न । भाषा भन्ने वmुरा जीवनभर सिकिरहने होइन र कतैबाट निर्देशन गरिएका आधारमा चल्ने वस्तु पनि होइन । यो एकपटक सिकिन्छ र त्यसैअनुरूप प्रयोग गरिन्छ । यसर्थ भाषामा प्रयोक्ताको भूमिका महŒवपूर्ण हुन्छ र यही अधिक प्रयोगका आधारमा भाषालाई नियमीकरण गरिन्छ ।
भाषासम्बन्धी पीडा नेपालभित्रभन्दा नेपालबाहिर बढी छ र तिनीहरू भाषाको मानकीकरण यतातिर फर्केर हेर्छन् तर हामी आपूmमै लड्न व्यस्त छौ“ । नेपाली भाषा अन्तर्राष्ट्रियकरण भइसकेको अवस्थामा आÇनै घरबाट आगो लगाउन सुरु गर्नु पटक्कै ठीक होइन । फुटेर होइन जुटेर अनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली भाषाको रक्षा गरौ“ । मान्य ढङ्गबाट क्रमशः सरलीकरण गर्दै जाऔ“ । भाषामा राजनीति नगरौ“, यसलाई प्रतिष्ठाको विषय पनि नबनाऔ“ । कतैबाट सञ्चालित भएर विरोधभासपूर्ण काम नगरौ“ । सके भाषाको सेवा गरौ“ नसके चुप लागेर बसौ“ । भाषा रहे मात्र हाम्रो अस्तित्व रहन्छ भन्नेतर्पm सम्बद्ध सबै सचेत होऔ“, चरम पश्चगामी वा अग्रगामीका नाममा अराजक पनि नहोऔ“ । आपसमा छलफल गरी समझदारीपूर्वक अगि बढौ“ । भाषाको माया गरौ“ र भाषालाई बचाऔ“ । यसैमा हामी सबै भाषावादीको कल्याण छ । नेपाली भाषाको विकास गर्नु भनेको अरू भाषाका विकासको बाटो रोक्नु होइन । सबै भाषाको विकास गर्दै जानु पर्छ ।

त्रिभुवन विश्वविद्यालय
नेपाली केन्द्रीय विभाग
कीतिपुर काठमाडौ“, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 भाद्र, 2073

लेखकका अन्य रचनाहरु