एउटा पात्र: मेरै रोजाइको

- तुलसी प्रवास

धेरै समय भएको थियो मेरो कलमले कसैको कथा लेख्न घच्घच्याइरहेको थियो । आफ्नै कथा मैले धेरै लेखिसकेँ । त्यो पूरा हुन अझै सकेको छैन । जीवन नसकिँदासम्म कसैको पनि पूणर््ा कथा तयार नहुँदो रहेछ । त्यस्तै भएको छ मेरो अधुरो कथा पनि ।
२०६० सालतिरको कुरा हो । भर्खरै पढाइ सकेर स–सानो जागिर सुरु गरेको थिएँ । एउटा बोर्डिङ स्कुलमा पढाउने । साँझ पर्न लागिसकेको थियो । कफ्र्यूको मान्नैपर्ने आदेशले नरुचे पनि ६ः ०० बजे नै खाना खाएर होटलवालालाई उम्काउनै पर्ने बाध्यता थियो । खाना खाएर आफ्नो महँगो डेरातर्फ फर्कदै थिएँ । मेरो डेरा नजिकैबाट आएको चर्को आवाजको ‘बल्लै भो भेट हाँसिदेऊ बोलिदेऊ खोली मनपेट’ भन्ने गीत सुनेर टक्क रोकिएँ । शायद मलाई लोकगीत निकै मन पर्ने भएकोले होला त्यतैतिर तानिएँ । म बसेकै घरको कुनामा सानो कोठी लिएर कपडा सिलाउँदै गरेकी दमिनी दिदीको कोठीमा उक्त क्यासेट बजेको रहेछ । सधैं मलाई ‘भाइ’ भनेर बोलाउने उनीसँग म कहिलेकाँही हाँसो मजाक पनि गर्ने हुँदा सरासर उनको कोठीभित्रै गएँ । ‘‘दिदी, क्यासेट त साहै्र मीठो बजाउनु भयो नि !’’ मैले क्यासेट फकाउने विचार गरँे । “भर्खरै किनेर ल्याएको ।” उनले क्यासेट दिनुपर्ला भन्ने डर पोखिन् । मैले पनि मेरो इच्छा व्यक्त गरिहालेँ “आज म सुन्छु अनि भोलि दिउँला है ।” उनले मेरो कुरा काट्न त सकिनन् तर मन अमिलो भने पक्कै पारिन् । हाँसै हाँसोमा उनले भनिन् “क्यासेट त दिन्छु , तर तपाईले मेरो एउटा काम गरिदिनु पर्यो ।” उनको स्वभाव अनुसारकै ठाडो भाषामा मलाई आदेश दिइन् ।
मैले भनेँ “कस्तो काम ?”
उनले ढोका लगाउँदै भनिन् “बस्नुस न कुर्चीमा !” मलाई कता कता डर पनि लाग्यो । उनले अलि अलि पिएकी पनि थिइन् । “किन ढोका लगाउनु प¥यो र ? यसै भन्नुस न ।” मैले आफ्नो नामर्दीपन प्रदर्शन गरेँ ।
“तपाईलाई मैले आफ्नै भाइजस्तो मानेकी छु , बाबु ! मलाई एउटा चिठी लेखिदिनुस् न ।”
उनले गम्भिर हुँदै भनिन् ।
मेरो मनभित्रको डर अब भने सहानुभूतिमा परिवर्तन भयो । मैले भनेँ “कसलाई ?”
उनले भनिन् “मेरो बूढालाई ।”
“कस्तो चिठी लेख्ने हो ?” मेले अनविज्ञता दर्शाएँ ।
“एकदमै मन छुने खालको, मिलनको, प्रेमको, कामनाको !”
उनले भनिन् ।
आफ्m्नै पतिलाई पनि कस्तो मिलनको र प्रेमको पत्र लेख्ने हो म अलमल्लमा परें । आजसम्म उनको बारेमा अनविज्ञ म कता कता आज मेरो कथाको पात्र भेटिएको महसुस गरेर उनीसँग कुरो कोट्याउने प्रयासमा लागेँ । मैले भनेँ “दिदी तपार्इँको बूढा कहाँ छन् ? के गर्छन् ? कस्तो मिलनको र कस्तो प्रेमको पत्र लेख्नुपर्यो ? बताउनुस् न म लेखांैला नि ! त्यति जाबो चिठी लेख्न पनि यसरी फकाइरहनुपर्छ र ?” उनले भनिन् “बाबु मैले आजसम्म मेरो बूढालाई कैयौं पत्र लेखिसकेँ । अहँ जवाफ कहिल्यै आउँदैन । यति राम्रा, यति कारुणिक पत्र लेखँे जुन पत्र उनले पढेको मैले थाहा पाउथँे तर जवाफ भने पठाउँदैनथे । अब तपाइँकै हातले लेखेको एउटा पत्र पठाएर हेर्छु र म विश्वस्त पनि छु , त्यो पत्रको जवाफ अवश्य आउनेछ ।”
“ए त्यसो पो ! लौ तपाईको विवाह देखिको घटना र विछोडको प्रसङ्ग सबै सुनाउनुस् पहिले त्यसपछि मैले पत्र लेखौंला ।” मैले भनेँ । अब भने म आफैले ढोका ढप्काएँ किनभने पौने सात भैसकेको थियो र कफ्र्यूको समय हुनै लागेको थियो । उनले आफ्नो कथा सुरु गर्नु भन्दा पहिले नजिकैको टेबलबाट एउटा चुरोट निकालेर चोलीको खल्तीबाट लाइटर झिकी सल्काउन थालिन् र आफ्नो कथा सुरु गरिन् कथा यस्तो थियो ः
स्याङ्गजाको एउटा सानो गाउँ त्यहीँकै दमै परिवारमा उनको जन्म भएको थियो । दमै संस्कारमै उनी हुर्किइन्, बढिन् र ६ कक्षासम्म पढिन् पनि । आफ्नै परिवारको अपार मायासँगै उनले १२औँ वसन्त पार गरेर तेह्रौं वसन्तको उकालो लागिन् । आफ्नै गाउँघरका पाखा पखेरीमा नाङ्गा खुट्टासँगै हिँडेका पैतालाका छापहरू अझै पनि उनको स्मृतिमा ताजा छन् । जब उनी १३ की लागिन् घरमा विवाहको कुरा चल्यो । पुरानो गाउँले संस्कार, त्यसमा पनि दमै परिवार । उनले नाइँ नास्ती गर्नै सकिनन् । पोखराको नजिकैको कुनै गाउँमा उनको विवाह भयो । उनीभन्दा लगभग दोब्बर उमेरको पति, पति देख्नासाथ उनी डराउँथिन् बाघको पञ्जाभित्रै परिने हो कि जस्तो गरेर । जब राती हुन्थ्यो पतिले बिरोलोले मुसालाई खेलाए झैँ उनलाई जिस्क्याउँथ्यो ,काखमा लिन्थ्यो , शरीरका अनेकौ अङ्गप्रत्यङ्गमा हात पुु¥याउँथ्यो । तर उनमा यौवनका कुनै सङ्केतसम्म नपाउँदा निराश हुन्थ्यो र उसका रातका चाहनाहरू विहानीको भालेको डाँकसँगै निराश र निरर्थक भएर बिलाएर जान्थे । यसरी नै उनका २ वर्ष बिते । विवाह गरेर पनि शारीरिक सम्पर्कको मीठो आनन्द भोग्न नपाउँदा उनको पतिमा कता कता पत्नीको अभाव खड्किरह्यो २वर्षसम्म ।
१५वर्षको उमेरमा उनी पर सरिन् । यो पर सराइ उनको पतिका निम्ति ठूलो आनन्दको बाढी बन्यो । केही भएर पनि केही नभएझैँ भित्रभित्रै अभावले मुर्मुरिएको उसले पत्नीको प्रथम रजस्वलाको उम्काइपछि नै त्यो अभाव पूर्ति गर्ने अवसर पायो । उसले जीवनको ठूलो उपलब्धि महसूस ग¥यो । फलस्वरुपः उनी गर्भवती भइन् । एउटी नारी आमा बन्ने कल्पनाले जति खुसी देखिन्छे त्यतिकै खुसी उनी पनि देखिन्थिन् । दिन प्रतिदिन छोराकै कल्पना गर्थिन् । आफ्नो दिनदिनै उकासिंदै गएको पेट हेर्थिन्, मुर्सािर्थन् र एक्लै मुस्कुराउँथिन् । १५ वर्षकै अपरिपक्व उमेरमा गर्भवती भएकीले उनको स्वास्थ्य पनि विस्तारै खराब हुदै गयो । गर्भ विकसित हुँदै गयो तर स्वास्थ्य भने बिग्रँदै गयो । असामान्य रुपले बढेको पेटले उनी ज्यादै अप्ठ्यारो अनुभव गर्न थालिन । आठ –नौ महिनाको पेट लिएर आमा बन्ने रहर सोचिरहेको बेला उनको जीवनमा नै एउटा चट्याङ बस्र्याे, त्यो थियो लोग्नेको दोस्रो विवाह ।
पेटमा पतिको नासो बोकेर हिँडेकी उनलाई सौताको प्रवेशले नमिठो चस्को चस्कन थाल्यो । पतिले सौतालाई लिएर घर छाडेर हिँडयो । कलिलै चोखो उमेरमा पतिको सिन्दूर पहिरेकी उनले पति नै भगवान् हो भन्ने मान्थिन् । हाम्रो संस्कारले पनि उनलाई यही कुरा सिकाएको थियो । भगवानले गरेका गल्तीलाई पनि माफ दिनुपर्छ भन्ने सोचेर पतिका खोजीमा लागिन् । सौताको अँगालोमा बेरिएर आफूलाई बिर्सिसकेको पतिलाई आम माफी दिएर दुवै लोग्ने स्वास्नीलाई उनले घरमा स्थान दिइन ् । सौता पनि बहिनी नै हुन भन्ने उदार नारी हृदयको प्रदर्शन त्यहाँ भयो । तर आफ्नी जेठी पत्नीको अपार मायाले पतिमा भने ठूलो लज्जाबोध र हीनताबोध गरायो । दुई स्वास्नीको पोइ कुना बसी रोई भन्ने नेपाली उखान त्यहाँ साथर्क भयो । लोग्नेले अब भने सदाका लागि जेठी स्वास्नीदेखि टाढिने जमर्काे ग¥यो । कान्छी पियारी स्वास्नीलाई साथमा लिएर अन्यत्रै बस्न थाल्यो ।
उता उनी सुत्केरी भइन् । दश महिनासम्म पेटमा लुकाएर राखेको पतिको नासो बाहिर निस्कयो, छोरा भएर । मातृ स्नेहको धारा अटुट रुपमा बगिरह्यो । हिजोसम्म भार भएको नासो आज आफ्नै मुटुको टुक्रा जस्तै प्यारो हन थाल्यो । आखिर नारी हुनुको महानता पनि त्यसैमा छर्लङ्ग भयो । धर्ती जस्तै विशाल छातिमा स्नेहको मूल फुटाएर शुष्क मरुभुमिमा सिंचित गराउने नारीको विशालता कहिले पो कमी हन्थ्यो र ? छोरा जन्मेको खुसियालीमा उनले आफ्ना सम्पूर्ण प्रसव पीडाहरू बिर्सिइन् । पतिले दिएको अविश्वासका झटाराहरूका प्रहार पनि भुलिन् । पतिको जस्तै अनुहार लिएर जन्मेको छोरालाई हेर्दै उनले पतिब्रता धर्मको पालना गर्ने प्रण पनि गरिन् ।
संसार विचित्रको छ । मानिसले सोच्छ एउटा कुरा तर भइदिन्छ अर्कै । आँखाभरि मीठा सपनाहरू साँचेर आखिर विपनामा सम्पूर्ण ध्वस्त भइजान्छ । त्यस्तै भयो त्यहाँ पनि । आफ्नो एकमात्र सन्तानलाई सम्पूर्ण माया खन्याएर जीवन धानिरहेकी उनीमाथि दैवको अर्काे बज्र प्रहार भयो । केही समयको बिरामी भोगेर उनको छोरा यस संसारबाट बिदा भयो । उनको काख रित्तिन पुग्यो । एकैछिन त्यो दुखाइ असह्य भएपनि मानिसले सबै कुरालाई सहनै पर्ने रहेछ । उनले पनि सहिन् । मर्न सकिनन् । जीवनको एउटामात्र आशा त्यही पनि निराशामा बदलियो । अहिले उनी त्यही रित्तो काख लिएर न घरकी न घाटकी जस्ती भएर विह्वल हृदय साँच्दैै आफ्नो पूख्र्यौली पेशाद्वारा नै जीवन धानिरहेकी छन् । साँझ–साँझ अलि–अलि पिउँछिन् व्यथा कम गराउन । जो पायो उसैसँग आफ्नो कथा सुनाउन्नन् । उनलाई थाहा छ यहाँ टिठाउनेहरूको भन्दा बल्ल खाइस् भन्नेहरूको जमात ठूलो छ । त्यसैले प्रत्येक वर्ष छोेराको जन्मदिन सम्झन्छिन् । मेरो छोरा आज त यति वर्षको हुन्थ्यो भन्ने कल्पना र्गिर्छन् र त्यही मरिसकेको छोराको उमेर गन्दै आफ्ना एक्ला दिनहरू बिताउँछिन् ।
आफूलाई यति धेरै पीडा दिने पतिलाई उनले अझै बिर्सन सकेकी छैनन् । सौताबाट दुई छोरी जन्मेपनि छोरा हुन भने सकेको छैन । जुन दिन सौता घरमा भित्र्यायो त्यसै दिनदेखि उनको पतिसँग बोलचालसम्म भएको छैन । उनका यौवनका रहरहरू फुल्नेै नपाई कोपिलामै ओइलाएर झर्नै आँटेका छन् । पतिसँग बिछोडिँदा पनि उनको आँखामा पतिको तस्विर भने मेटिन सकेको छैन । रातदिन उसैको सम्झनामा र पुनर्मिलनको कल्पनामा ईश्वरसँग प्रार्थना गरिरहन्छिन् । विदेशमा कामको खोजीमा गएको पतिलाई कैयौं हृदयविदरक पत्रहरू लेखेर पठाइन् तापनि त्यसको जवाफ आउन सकेको छैन । पत्थरको मुटु लिएर हिँडेको पतिलाई अझै पनि करुणाको बाढीले पगाल्न सक्छ भन्ने विश्वास उनले लिइरहेकी छन् । उही मानवीयता गुमाएर खोक्रो भैसकेको पतिको काखमा अन्तिम सास गुजार्ने धोको पालेर पत्रका झटाराहरू फ्याँक्ने उनको इच्छा अझै मरेको छैन । आकाशको फललाई झटारोले कसरी पो झाथ्र्याे र ? तैपनि प्रयासको अर्को शृङ्खलाका लागि उनले मलाई अनुरोध गरेकी रहिछन् ।
रातको आठ बजे पछाडिको ढोकाबाट आफ्नो कोठामा आएपछि मलाई एकैछिन रुनु न हाँस्नुको पिरलोले सतायो । मेरा वरिपरि यति धेरै, यति मार्मिक र यति कारुणिक कथाहरू छिरलिएका छन् । म भने कथाको विषयवस्तु खोज्दै कलम बन्द गरेर बसिरहन्छु । एउटी दमिनी दिदीको पीडा कैयौँ नेपाली नारीले भोग्ने साझा पीडा हो । पतिप्रधान समाजमा नारीले यो भन्दा भोग्नुपर्ने पीडा अर्को के होला र ? यस्तै विचार मनभरि उकुसमुकुस भयो । अनि उनै दमिनी दिदीको पीडामा आफूलाई पनि समाविष्ट गराएँ र बसेँ उनकै छोटो कथा लेख्न ।

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 भाद्र, 2073

लेखकका अन्य रचनाहरु