ज्योइसकी आमा हराएको दिन

- डिग बहादुर तामाङ्ग

गत बर्ष आमाको मुख हेर्ने दिन पारेर, ज्योइसकी आमा बारबेडोबाट छोरीलाई भेटन र केहि समय अमेरिकामै छोरी नातिनीसंग बस्ने शुर कसेर, डेल्टा बिमानबाट छ घण्टा समय लगाएर आएकी थिइन् अमेरिकाको गेथेस्वर्ग शहर । उनको नाम थियो भिक्टोरिया क्वाङ, उमेरले ८३ बर्षकी थिइन । उनी छोरी कहाँ आएको दिनको भोलिपल्ट देखि नै रोटी, जेलबी, पुरी पकाएर छोरी र नातिनीलाई ख्वाउथिन । केहि बाँकि रह्यो भने हामीलाई पनि दाल र रोटी पु¥यान आउथिन उनी आफै । “मुसक्क हाँसेर हाम्रो जीवनले अजम्बरी खाएर आएको छैन एक दिन अलबर्ट जस्तै बिलिएर जान पर्छ” भन्थिन उनी । हाम्रा भगवानले तिमी र तिम्रो सारा सन्तानहरुलाई रक्षा गरोस भन्थिन, कहिले काही हामी पनि उनलाई र ज्योइसलाई मीठो मिसीनो पकाएको बेला पु¥याँउने गथ्र्यो ।
अमेरिका जाडोमा सारै जाडो हिमपात हुने र गरम महिनामा अतिनै गरम हने देश हो । भदौ महिनाको अन्ततिर पनि पच्छेघात भएर बेहोस भइन उनी र गेथेस्बर्ग शहर नजिकैको सेडीग्रोप एडभेन्टिस्ट अस्पतलमा केहि दिन उपचार पछि घर फर्किन । हामी पनि केहि फल फूल लिएर शिग्र स्वास्थ्य लाभको कामनाका लागि भेटरन गयौं । अलि अलि बुढी सुद्धि गुमाएको जस्तो लाग्यो हामीहरुलाई । पहिलेको जस्तो खुसि भएर “ कस्तो छ तिमीहरुलाई भनेर नसोधेकीले” ।
दशैंमा हामीहरुले खसिको मासुको परिकार लगेर ज्योइसको घरमा पु¥याउन पठायौं हाम्री कान्छी छोरीलाई । उनी फर्केर आइन र भनिन्“ खै भिक्टोरियाले त खाली पुलुपुलु मात्रै हेरि रहिन केहि बोलिनन । बुढीलाई खसीको कबाफ सारै मर्ने भएकोले त्यहि पकाएर पठाएकी थिइन् मेरी श्रीमतीले । गायानामा थुप्रै भारतीय मुलका मानिसहरु बस्ने हुँदा दशरा, दिपावली मान्ने र भारतीय खानाको स्वाद बसेको भन्थिन् बुढीले कहिले काँहि हाम्रो घरमा खान बोलाउँदा । उनिहरु गयानाबाट बारबेडामा बसाइ सरेको रे ।
उनकी श्रीमान केहि समय अघि मात्रै बारबेडोमा उच्च रक्तचापको रोगले मरेको थियो । श्री अल्बर्ट क्वाँङ सीकर्मी काममा दखल भएकोले पानी जाहजको मर्मत गर्ने काम गर्थे रे । कहिले काँही छोरीलाई भेट्न आँउदा हाम्रो घरको बेसमेन्ट (भ्वुँइ तल्ला) मा केहि मर्मतको काम पनि गरेको थियो र करिब पाँच हजार अमेरिकन रुपैया जति हामीले बुढालाई काम फत्ते गरे बापत दिएका थियौं । चार छोरी एक छोराका आमा बाबु अमेरिका आउन जाने त पानी पन्धेरो जस्तै थियो । कहिले काँही साथमा बारबेडोको रम ल्याएर दिन्थे क्वाँगले, हामी त्यसको लागि खुसि दर्शाउथ्यौं उनी प्रति ।
यसपाली जनवारी २१, २०१६ देखि शुरु भएका महाहिमपातले संयुक्त राज्य अमेरिकाका पूर्वियतटका राज्यहरुमा करिब तिन फिट भन्दा बढि हिँउ परेर र छ दिन सम्म घरभित्रै थुुनिएर बस्न बाध्य बनाइएको खबर सबैले पढेका, विभिन्न टेलिभिजनमा देखेको र धेरैले भोगेको पनि हो । शुक्रबार देखि नै फेडरल गभरमेन्टका (संघिय सरकारका) कार्र्यालयहरु विद्यालयहरु बन्दको खबर रेडियो टेलिभिजन मार्फत नआएको होइन । मलाई पनि मेरा कार्यालयका प्रशासनिक हाकिमले “आइ थिङ अफिस इज ल्कोज, टुडे” भनेर पौने आठ बजे नै अनुहार किताब मार्फत खबर पठाउनु भएको थियो । फाल्तु कुराहरु गरेर कहिले पुग्छ र हामीलाई? शुक्रबार काममा गइन म ।
शुक्रबार दिनको तीन बजेदेखि अविरलरुपले हिमपात भयो । अमेरिकाको पूर्विय तटमा पर्ने राज्यहरुमा, केन्टक्की, भर्जिनिय मेरिल्याण्ड वेष्टभर्जिनिय, पेन्सिलभेनिय, न्यूजर्सि, डेलाबार, न्यूयोर्क राज्यका करिब २९ जना मानिसले हिमपातको कारण बिरगति पायो रे अथवा मृत्यबरण गरे ।
शनिवार दिनभरी बाहिर निस्कने त के कुरा, ढोका खोलेर बाहिर हेर्न सम्म नसक्ने अवस्था थियो । आइतवारको दिन मध्ये राततिर हिँउ सोर्हने एउटा गाडी आएर हाम्रा्े टोलमा पिलिकपिलिक बत्ति बालेर अलि अलि हिँउ सोरेर गयो । हाम्रो र्पािकङ लटमा करिब बिसौं टन हिँउ जमेको थियो , हाम्री घरकीले छेउकै स्पेनिस छिमेकीहरुलाई बोलाएर हिँउको रास सोहर्न लगायो् । हामीर्सग नगद नभएकोले तिन बोतल स्टोलिनायक रसियन भोडका दिएर पठाइन् ।
तैपनि पार्किडलटबाट गाडी निकालेर बाहिर जाने प्रश्नै उठेन । छिमेकीका छोरा बामले हिँडेर गएर छेवैको लोटे भन्ने कोरियन डिर्पामेन्ट स्टोरबाट दूध पाउरोटी मासु लिएर आए । उनी २२ बर्षको जवान मानिसलाई केहि फरक परेन ।
घर पछाडिको अलि भिरालो ठाउमा सबै नानीहरु हिँउमा चिप्लेटी खेल्न थाले । कोहि हिँउमानव बनाउन तिर बेस्त थियो रे । त्यतिकैमा ८३ बर्षीय बुढी आमा पनि बाहिर निस्केकी थिइन रे । ज्योइस र नातिनी हेलेन दिनको खाने कुरा बनाउन ठूलो भाँडोमा तेल तताएर कुखुरालाई तारेर मकैको रोटिसंग खान सबैजनालाई बोलाँउन गइन रे । त्यहा उनले सबै जना देखिन तर आफनी बृद्ध आमालाई नदेखेपछि रोजको घर पसिनकी भनेर त्यहाँ पुगिन । त्यहाँ पनि छैन । त्यसपछि ९११ नम्बरमा फोन गरिन् । तुरुन्त प्रहरीको गाडिसंगै
अम्बुलेन्स देखियो अटम हिलवे तिर मतलब हाम्रा गाँउका सडकमा । प्रहरीले घरघरै ढोका ढक्ढक्याउने काम शुरु गर्यो कसैले ज्योइसकी आमालाई देख्यो कि भनेर । तर कसैले पनि देखे भनेर भनेन् । तनाव झन बढ्न थाल्यो टोल भरि । पेटिबाट हिड्न सम्म हुदैन कम्बरभन्दा माथि सम्म परेको हिँउले गर्दा ।
प्रहरीले सोधखोजको क्रममा सबै बिली बिस्तार निकाल्न थाल्यो,ज्योइससंग । उनकी आमालाई अल्साइमर अथवा बिर्सने रोगले चापेको केहि महिना मात्रै भएको थियो रे । चारैतिरको सडक भएको ठाउ पनि हिँउले सेताम्य देखिन्थ्यो । कोहि कतैबाट निस्कने त प्रश्नै गर्न नमिल्ने थियो मौसमको अवस्था । कतै कोहिले पनि देखिएन भनेर सबैजना घरको भुँइतलोमा (बेसमेनं) जम्मा भए । कोहि इशलाई प्रार्थन गर्न थाले कोहि हिँन्दु छिमेकीहरु आएर राम नाम जप्न थाले । म गएर “धइसोम साँगे गरु रिम्पोचे” भनेर बुधिष्ट मन्त्र पढन थाले । रात भरि चारै तिर हिंउमा खोज जारि थियो । टेलिभिजनको समाचारमा “एन ओल्ड लेडि इज मिसिग” भनेर च्यानाल चार, पाँच, सातमा बराबर खबर आउन थाल्यो । उता घरमा रुवाबासी बढ्न थाल्यो ।
प्रहरीले सबैजनासंग सोधे हेलेनका आमाको बारेमा, पछि थाहा भयो ज्योइसको बाबुको गत बर्ष मृत्य भएपछि, जेठी छोरीले आमालाई संगै राख्ने बिचारले यहाँ ल्याएकी रे । चारैतिर क्रन्दन शुरु भै सकेको थियो, हेलेनले उता आफनो मवाली देशमा, मामाहरुलाई खबर गरेकी थिइन बज्यु हराएको खबर ।
जब हिँउ पग्लिदै गयो, घरमाथिको सल्लाघारीको हिँउको थुप्रोमा भिक्टोरियाको लास फेला पारे प्रहरीले । स्कूल नखुलेकोले,केटाकेटीहरु हिँउमा स्कि खेल्ने (हिँउमा चिप्लेटी) काम जारी नै थियो रे । जेम्सले अचानक हात र खुट्ट देखे पछि दौडिदैं प्रहरीलाई खबर गरे छन् रे ।
तुरुन्त प्रहरीको भ्यानहरु आए । बुढीको लास प्रहरी भ्यानममा हालेर हत्या हो वा आत्महत्या असामान्य मृत्युको कारण पत्ता लगाउन बाल्टिमोरमा मुख्य चिकित्सक जाँचकी कहाँ लगियो । सारा प्रहरी, एफ बि आइहरुको बाक्लो उपस्थितीले सारा गाँउ ने त्रासित बनाएको थियो केहि समयलाई । सारा गाउँनै शोकाकूल देखिन्थ्यो भिक्टोरिकी असामान्य मृत्युले गर्दा । अटोप्सी रिपोर्ट आँउन केहि समय लाग्ने नै भयो मृत्युको कारण पत्ता लगाउन । तर सारा गाँउलेहरुले अनुमान लगाएका थिए बुढीलाई हिँउले नै पुरेको हुनु पर्छ भनेर ।
सात दिन पछि लास काहाँ कुन मृत्यु गृहमा बुझाउने भनेर आफन्तलाई खबर आयो । सबैभन्दा नजिकको ईभोन फ्युनरल होम मसान गृहमा भनेर कागज सहि गरिन भिकटोरियकी ठूली छोरीले । मसान गृहले पौने नौ हजार लाग्ने भने पछि पैसाको अभाबमा क्रेडिट कार्डबाट तिरेर नौ दिनमा बुढीको पार्थिव शरीरलाई जर्मनटाउनमा लगेर समाधी गाराइएको थियो । हाम्रो जस्तो कसैले कोरा पनि बस्न नपर्ने, छाक पनि बार्न नपर्ने झन समाधी गराए पछि त ठुलो भोज भत्तेर पो हँुदा रहेछन् क्याथोलिकहरुको त ।

मेरिल्याण्ड, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 24 श्रावण, 2073

लेखकका अन्य रचनाहरु