कविता यात्रामा कवि मोदनाथ प्रश्रित

- यज्ञराज प्रसाईं

साहित्यकार मोदनाथ प्रश्रित नेपाली प्रगतिवादी साहित्यिक धाराका प्रसिद्ध तथा विशिष्ट साहित्यकार हुन् । उनले साहित्यका कविता, निवन्ध, खण्डकाव्य, नाटक, कथा, महाकाव्य, संस्मरण, उपन्यास सवै विधाहरूमा कलम चलाएका छन् । नेपाली साहित्यका सिद्धहस्त तथा प्रसिद्ध स्रष्टा हुन् भन्ने मलाई लाग्छ । अध्ययनबाट थाहा लाग्छ संस्कृतज्ञहरूको लागि नेपाली भाषा अत्यन्त सहज हुने र लेखनमा सशक्तता आउ“दोरहेछ । प्रश्रित भन्दा अगाडि महाकवि देवकोटा, चक्रपाणी चालिसे, सोमनाथ सिग्द्याल, लेखनाथ पौड्याल, बालकृष्ण सम आदिमा संस्कृत ज्ञानले गर्दा भाषागत पहु“च अत्यन्त प्रखर रहेको थियो । भाषागत पहु“च मात्र होइन शिल्पविधानमा पनि उनीहरू सशक्त थिए । संस्कृत साहित्यमा आचार्य गरेका कवि प्रश्रितलाई नेपाली शब्दहरूको प्रयोगमा कठिनाइ हुने कुरै भएन । उनी माक्र्सवादी स्रष्टा भएकाले उनका कृतिहरूले माथि उल्लेखित कविहरूको भन्दा भिन्नै विचार र भावधारा वोकेका छन् र समाज परिवर्तन तथा आमूल परिवर्तनको शंखघोष गरेका छन् । सामाजिक तथा ऐतिहासिक परिवेशले गर्दा विचारको क्षेत्रमा आएको विकास तथा माक्र्सवादी पार्टीले लिएको परिवर्तनप्रतिको प्रतिवद्धता र सैद्धान्तिक दृढताले प्रश्रितमा उल्लेखित कविहरूमा भन्दा जुझारूपन र सङ्घर्षसीलता पाइन्छ । उनका कविता कृतिहरूमा त्याग र वलिदान पाइन्छ ।
मैले प्रश्रितलाई मूल्याङ्कन गर्न लाग्दा पहिलो रूपमा उनी कवि हुन् र त्यसपछि निवन्धकार, उपन्यासकार, नाटककार आदि हुन् भन्ने मलाई लाग्छ । कविता विधास“ग काव्यको निकट सम्वन्ध रहन्छ र काव्य कविताकै विस्तृत रूप हो । यसो भनौं काव्य–महाकाव्य कविताकै लामो रूप हो । जीवनको लामो कवितामय कथा हो । मोदनाथ प्रश्रितलाई नेपाली साहित्यमा प्रसिद्ध र चर्चित वनाउने कृतिहरू मानव (महाकाव्य–०२३), देवासुर सङ्ग्राम (ऐतिहासिक काव्य–२०२७), आमाको आ“सु (कविता सङ्ग्रह–२०१९), गोलघरको सन्देश (२०४०) नै हुन् । हुन त अहिले मैले आफूलाई मूल्याङ्कन गर्न दिएको विषयवस्तुमा उभिएर हेर्दा यो एकाङ्गी अंशगत मूल्याङ्कन भएन भनेर मलाई आरोप लाग्न सक्छ तर वास्तविक यथार्थतामा कविता विधामा प्रश्रितको साहित्यिक व्यक्तित्वको ६० प्रतिसत रूप विचरण गरिरहेको भने पक्कै छ । ३० प्रतिसत व्यक्तित्व निवन्ध, लेखमा घुमेको छ भने १० प्रतिसत अन्य उपन्यास नाटकमा घुसेको छ । अहिले म लेखनको सिलसिलामा महाकाव्य र काव्यबाट टाढा रहेर प्रश्रितका नितान्त कविताहरूमा घोत्लिन लाग्दा भने म केही कमजोर चाहिं हुन पुगेको छु कि भने झैं लाग्छ किनकि काव्यबाट सबल बनेका प्रश्रित कविता विधामा मात्र निर्बल बनेको हो कि भन्ने लाग्छ । काव्य विधास“ग तुलनाको अर्थमा यस्तो लागे पनि उनका कविताहरू समकालीन यथार्थवादी कविताहरूस“ग राखेर अध्ययन गर्दा भने कविताहरू ससक्त र सबल छन् र युगौं–युगदेखि शोषण र उत्पीडनमा बा“चेका नेपाली जनताको चेतना उठाउन र क्रान्तिको पङ्क्तिमा उभिन तम्तयार बनाउन सफल छन् । म प्रश्रितका कविताहरूको विकास प्रक्रियालाई अध्ययन गर्दा पाउ“छु प्रत्येक पछिल्ला कृतिहरू चेतना अभिवृद्धिका लागि बलसाली बन्दै गएका छन् ।
म प्रश्रितका २०२६ सालदेखि २०४६ साल सम्मका ५५ वटा कविताहरूमा केन्द्रित भएको छु । यी मध्ये धेरै कविताहरू कारावास अवधिमा लेखिएकाले वैचारिक पक्ष अलिक प्रवल र कलात्मक पक्ष केही कमजोर हो कि जस्तो लाग्छ । जेल भित्र वसेको एउटा बन्दीले निरङ्कुसताको विरोधमा आक्रोस पोख्छ, चित्कार गर्छ र कलात्मकताको सन्तुलनलाई गुमाउन सक्छ । यहा“ कुनैकुनै कविताहरू नारावाज बन्न पुगे पनि निरङ्कुस पन्चायतको उच्छेदको लागि आग्रह गरिएका अन्तर्वस्तुको ओजले गर्दा कविताहरू अस्वभाविक भने लाग्दैनन् । यी किवताहरू ऐतिहासिक सापेक्षतामा जीवन जगतका यथार्थ प्रतिबिम्बन बनेका छन् भने नेपाली जनताको मुक्तिको स्वर बनेका छन् ।
सामाजिक परिवेश र दिशा ः
कवि प्रश्रितका यी कविताहरूको सिर्जना हुनुमा लामो सामाजिक परिवेश छ र यस पछि कविले एउटा छुट्टै दिशा पक्रेका छन् । २०१५ सालको आम निर्वाचनदेखि २०१९ सालको अवधि सम्म प्रश्रित नेपाली काङ्ग्रेसको समर्थक रहेका थिए । तर उनले त्यहा“ साहित्य र संस्कृतिको फा“टबाट लोकतान्त्रिक क्रान्ति र नया“ व्यवस्थाको स्थापना गर्ने चिन्तन, मार्गदर्शन र सङ्गठनको आधार भेट्टाएनन् । उल्टै सुवर्ण समसेर आदि नेताहरूको अभिजातीय सैली र उनलाई चढाएको धनुषटङ्कार नमस्कारबाट उनी खिन्न भए । नेता वीपीको साहित्यमा अराजकताबाद र यौनवाद तथा युवापिंढीको प्रयोगवाद र दुरुह साहित्यबाट उनी आजित भएका थिए । त्यस पछि २०१९ सालबाट उनले राजनीतिक क्षेत्रबाट अलग रहेर साहित्य, संस्कृति तथा चित्रकलाबाट जातपात, छुवाछूत, अन्धविश्वास, भाग्यवाद र सामन्ती शोषण विरुद्ध अघि बढ्ने सङ्कल्प गरे । उनी राजा र रङ्कका छोराछोरी एकै ठाउ“मा वसेको हेर्न चाहन्थे । उनले मानव (महाकाव्य – ०२३) मा छुवाछूत प्रथा, परलोकवाद र देववादको विरोध, नारी जागरण र मानवतावादको पक्षमा वकालत गरे । २०२५ सालतिर मात्र क.पुष्पलाल समूह निकट उनको सांस्कृतिक मोर्चामार्फत् सांस्कृतिक तथा राजनीतिक गतिविधि सुरु गरेका प्रश्रितमा ‘मानव’ महाकाव्य लेखिएको परिवेशमा कुनै पार्टी विशेषको सैद्धान्तिक प्रतिवद्धता देखिन्न र यसैले होला यस महाकाव्यमा वर्ग सङ्घर्षको तीब्रता देखिन्न बरु वर्ग समन्वय पाइन्छ । त्यस पछि लुम्बिनी सन्देश (साप्ताहिक)को सम्पादन गरे । त्यसै क्रममा उनी माक्र्सवादी साहित्यको नजिक पुगे र सामन्तवादको विरोधमा सांस्कृतिक अभियान सुरु गरे । लुम्बिनी अन्चलमा रेलिमै सांस्कृतिक मण्डलको गठन भयो । यसले जनता जगाउने र सामन्ती सत्ता भगाउने गीत र कविताहरू सम्प्रेषण गर्न थाल्यो । उनले लेखेको नाटक पचास रूपैयाको नोट (तमसुक–सं) गाउ“–गाउ“मा प्रदर्शन भयो र यसले सामन्तहरूलाई आतङ्कित बनाउ“दै लग्यो ।
२०२४∕२०२५ सालतिर प्रश्रित बटौलीमा लुम्बिनी कलेजमा पढाउ“थे र रातारात किसानहरूलाई सङ्गठित गर्न थालेका थिए । उनले त्यहा“को महावीर पुस्तकालय र नेपाल सोवियत मैत्री पुस्तकालयका प्रगतिशील पुस्तकहरू अध्ययन गर्ने क्रममा उनको माक्र्सवाद र समाजवादतिर विश्वास बढ्दै गएको थियो । नेपाली काङ्ग्रेस छोडेपछि केही वर्ष राजनीतिबाट टाढा जस्तो देखिए पनि राजतन्त्र तथा सामन्ती शोषण, उत्पीडनबाट मुक्तिको भावनाले उनलाई कम्युनिष्ट आन्दोलनतिर डोहोर्याइरहेको थियो । अब उनका कविता, गीत, नाटक, भाषण आदिमा माक्र्सवादी विचारहरू प्रकट हुन थाले । त्यो बेला कम्युनिष्ट पार्टीहरू विभिन्न गुट–उपगुटहरूमा विभाजित थिए । २०१९ सालमा भएको तेस्रो महाविधवेशन पछि देखि नै नेपाल कम्युनिष्ट पार्टीहरू छिन्नभिन्न अवस्थाहरूमा रह“दै आएका थिए र नेताहरू एकले अर्कालाई दक्षिणपन्थी, संशोधनवादी, रुसको पुच्छर, चीनको पुग्छर भनेर आरोप–प्रत्यारोप गर्दथे । प्रश्रित भने यस्तो विवादतिर तानिन चाहेनन् । उनी आफ्नो देशको समस्यामा आधारित सांस्कृति आन्दोलनतिर केन्द्रित रहे । त्यही वेला उनले क.पुष्पलालस“ग गोरखपुरमा भेटे र उनकै प्रेरणामा माक्र्सवादी चेतना जगाउने कृतिहरू लेख्नमा उनी निरन्तर लागे । त्यस पछि प्रश्रितले जनवादी सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउ“दै लगे । लुम्बिनी अन्चलमा साहित्यक तथा सांस्कृतिक संस्था खोल्ने, साहित्यिक भेला गर्ने, कलाकारहरूको प्रशिक्षण कार्यक्रम गर्ने तथा लेख–रचनाहरू निरन्तर प्रकाशन गर्ने अभियान चल्यो ।
२०२२ सालमा अनेरास्ववियूको निर्माण भए पछि देशभर विद्यार्थीहरू पेशागत हक–हितका लागि सङ्घर्षशील थिए । उनीहरू निरङ्कुस राजतन्त्रको स्वेच्छाचारिताको विरुद्धमा थिए र भारतीय हस्तक्षेपको विरोधमा थिए । २०२४÷२५ सालतिर झापामा पनि विद्यार्थीहरू भारतीय सीमा अतिक्रमणको विरोधमा आन्दोलित थिए । सुस्ता र महेशपुर क्षेत्रमा भारतीय हस्तक्षेप पछि भारतीय विस्तारवादको विरोधमा नारा जुलुस भइरहेको थियो र पन्चामृत (२०२५) प्रकाशनमार्फत राष्ट्रिय आन्दोलन उठिरहेको थियो झापामा । गाउ“ गाउ“मा सामन्तहरूको दवदवा बढिरहेको थियो भने पन्चायत व्यवस्था गाउ“फर्के अभियानको उत्कर्षमा थियो । यो नै झापा विद्रोह हुनका लागि पृष्ठ कारण रहेको थियो । लुम्बिनी अन्चलमा भएका साहित्यिक गतिविधि र प्रकाशनले पनि त्यहा“का विद्यार्थीहरूलाई पेशागत हक–हितका लागि सङ्घर्ष र विस्तारवाद विरोधी आन्दोलनस“ग जोड्दै लगिरहेको थियो । यो आन्दोलन सामन्तवाद विरोधी आन्दोलन थियो र विदेशी प्रतिक्रियावादी विरोधी आन्दोलन थियो । प्रश्रितको राजनीतिक तथा सांस्कृतिक आन्दोलनले लुम्बिनी अन्चलमा विद्यार्थी आन्दोलनलाई उर्जा थपिरहेको थियो । त्यही बेला लुम्बिनी अन्चलमा विद्यार्थी आन्दोलन भड्क्यो । प्रश्रित विद्यार्थी आन्दोलन भड्काएको र पार्टी सङ्गठनमा सक्रिय भएको आरोपमा २०२६ साल फागुन महिनामा राजकाज मुद्दामा परे ।
झन्डै एक वर्षपछि २०२७ साल फागुन महिनामा उनी जेलबाट छुटेपछि पनि उनले सांस्कृतिक अभियानलाई निरन्तर अगाडि बढाइ रहे । उनी एउटा सांस्कृतिक टोली लिएर भारतको मेघालय, आसाम, सिलाङ आदि स्थानहरूमा गए र ती स्थानहरूमा माक्र्सवादी चिन्तनको अमिट छाप छोड्न सफल रहे । त्यहा“ उनकै प्रेरणामा धेरै स्थानहरूमा सांस्कृतिक संस्थाहरू जन्म हुन पुग्यो । प्रश्रितको गतिविधिलाई अन्चल प्रशासनले वक्रदृष्टिले हेरिरहेको थियो । उनलाई पुनः गिरफ्तार गर्न लागेको सूचना प्राप्त हुनसाथ उनी भूमिगत भए तर आफ्नो राजनीतिक तथा सांस्कृतिक आन्दोलनलाई भने अगाडि बढाइरहे । २०२९ सालमा उनी नेकपाको चौथो सम्मेलनले सांस्कृतिक संस्थाको प्रतिनिधिको रूपबाट उनी क.पुष्पलालको पार्टीको केन्द्रीय सदस्य बन्न पुगे । उनी क.पुष्पलालको पार्टी सम्वद्ध सांस्कृतिक योद्धा थिए । तर केही वर्षपछि क.पुष्पलालको पार्टीमा पनि गुट र फुट देखेपछि प्रश्रित सहित बहुमत सांस्कृतिक कर्मीहरू पार्टीबाट अलग भएर मुक्ति मोर्चा समूह निर्माण गरे । त्यही बेला झपामा झापा विद्रोह उठिरहेको थियो र कोअर्डिनेसन केन्द्र्रको गठन समेत भएको थियो २०३१ सालमा । पूर्वका क्रान्तिकारीहरूको को.के.स“ग मुक्तिमोर्चा समूहको एकता हुन पुग्यो र यसले विखण्डित कम्युनिष्ट समूहहरूको एकताको लागि ढोका खोलेको थियो । त्यसपछि नेकपा (माले)को निर्माण भयो र कम्युनिष्ट समूहहरू एकपछि अर्को यसमा मिसि“दै गए । यही एकताकै क्रममा २०३७ सालदेखि २०४४ सालसम्म प्रश्रित पुनः जेल परे र प्रजातन्त्र दिवस आयो कवितादेखि डा .केआइ सिंहलाई धेरै वर्ष पछि भेट्ता सम्मका ५५÷५६ वटा उनका कविताहरूलाई अध्ययन गर्दा यिनै सामाजिक तथा राजनीतिक परिवेशमा रन्थनिएर लेखेको देखिन्छ । कति कविताहरू कारागार भित्र बसेर लेखिएका छन् भने कति भूमिगत बसेर लेखिएका छन् । यी कविताहरूले कविका दुईवटा जेल अवधि २०२६ देखि २०२७ सम्म र २०३७ देखि २०४४ सम्मलाई बोकेको छ र केहीले भूमिगत काललाई बिचरण गरेका छन् । राजनीतिक रूपबाट प्रश्रितले सर्वहारा जनताको मुक्तिको लागि नौलो जनवादी क्रान्तिको कार्यदिशा अङ्गिकार गरेकाले उनका विवेचना गर्न लागिएका कविताहरूले सामन्तवादको उच्छेद, साम्राज्यवाद तथा विस्तारवादको विरोध, अन्ध रुढ परम्पराको भण्डाफोरलाई आफ्नो अभिष्ट बनाएका छन् । उनका कविताहरूमा आलोचनात्मक यथार्थ मात्र होइन अन्त्यमा परिवर्तनको आग्रह पनि पाइन्छ र कविताहरू समाजवादी यथार्थवादको तहमा पुगेका छन् ।
मोदनाथ प्रश्रितका यी कविताहरूको केन्द्रमा वर्गीय राजनीति छ । त्यो समय पन्चायत कालको निरङ्कुशताको उत्कर्ष काल थियो र गाउ“फर्के अभियानको टीके प्रणाली अन्तर्गत राजतन्त्रका काला दूतहरूले स्थानीय तहमा क्रूर शासन चलाइरहेका थिए । देशमा भड्केको भारतीय विस्तारवादी हस्तक्षेप विरोधी आन्दोलन तथा शोषण उत्पीडन विरोधी आन्दोलनलाई घा“टी निमोठ्न सामन्ती शासकहरूले शान्ति सुरक्षा ऐनको हतकण्डा प्रयोग गरिरहेका थिए । सामन्तशाही राज्यसत्ताको निरङ्कुशताको विरोध गरेकै कारण प्रश्रित पनि सजाय“को भागिदार हुन पुगेका थिए र कविताहरूले तिनै ज्यादतीहरूलाई भण्डाफोर गरेका छन् । आज हामी २०२६ सालबाट धेरै वर आइसकेका छौं राजनीतिक तथा सामाजिक परिवेशको दृष्टिकोणले । तर पनि उनका केही कविताहरूको अन्तर्वस्तु अहिले पनि कताकता समसामयिक लाग्छ । २०६२∕६३ को (दोस्रो–लेखक) जनआन्दोलनले निरङ्कुशतन्त्रको प्रतिनिधि राजतन्त्र ढलेको छ तर त्यसको अवशेष अहिले पनि शासन सत्तामा विराजमान छ । आन्दोलनमा पोखिएको त्याग र बलिदानले यथास्थिति र प्रतिक्रियावादी शासन सत्ता खोजेको थिएन तर चाहेको थियो राजनीतिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रहरूमा आमूल रूपान्तरण । गोलघर भित्र नया“ वर्षमा कवि प्रश्रितले योद्धाहरूलाई वर्ग सङ्घर्षमा जनताको जितपछि जितको शुभकामना दिन चाहेका छन् –
योद्धाहरूलाई न्यानो वधाइ ∕
हिमाल जस्तो दृढतम सङ्कल्प
र जितपछि जितको शुभकामना ∕
अहिले नेपालमा राजतन्त्रको उच्छेद भएको छ र लोकतान्त्रिक गणतन्त्र आइसकेको छ । तर योद्धाहरूलाई जितपछि जितको शुभकामना अहिले पनि बा“ड्न पाइएको छैन । सामन्तवादका अवशेषहरू यति बेला सल्बलाउन थालेका छन् र समयको गतिलाई पछि धकेल्ने प्रयास सुरु भएको छ । जे होस् जेल भित्रबाट कविले सामन्तको विरोधमा हुङ्कार गरेका छन् र क्रान्तिकारी मूल्यवोध व्यक्त गरेका छन् । कवितामा सुनौलो भविष्यप्रति कवि आसावादी छन् । समय कवितामा कवि प्रश्रित भन्छन्–
तिमीहरूको घेराबन्दी र चक्रब्यूह फोरेर
पूरा फुक्का र स्वाधीन भै
आफ्नो ध्येयमा नया“ लक्ष्यमा
निर्भिक भएर म लम्कन्छु
आ“धीको गीत भएर म हुन्हुनाउ“छु ।
कवि सामन्तवादको उछित्तो काड्न आफ्नो ध्येय र लक्ष्यमा बढिरहन चाहन्छन् र आ“धीको गीत भएर हुन्हुनाउन चाहन्छन् । यो यथार्थ आजको पनि यथार्थ हो । आन्दोलनको चौघेरा भित्र रगतको घल्चा चढाएर पनि परिवर्तनको छनक छैन । आन्दोलन र जनयुद्धका घाइतेहरू शरीरभरि गोलीको आहत बोकेर व्यर्थ प्रतीक्षामा खडा भइरहेछन् बरु अर्को भीषण युद्धको सपना देख्न थालेका छन् ।
प्रश्रितका कविताको स्वर–सन्धान –
प्रश्रितका धेरै कविताहरू सामन्तवादको विरोधमा खडा छन् । केही कविताहरूले अन्धरुढ परम्परा र लिङ्गीय भेदभावलाई निशाना बनाएका छन् भने केहीले सहिदप्रति सम्मान जनाएका छन् । आखिर अन्धरुढ परम्परा, लिङ्गीय भेद्भाव तथा सहादतको मूल कारण सामन्तवाद नै हो । यसैले यी कविताहरूले प्रकारान्तरले सामन्तवादलाई नै प्रहार गरेका छन् । यसैले यी विवेचना गर्न लागिएका कविताहरूमा विषयगत विविधता पाइन्न । विचार र भावधाराका दृष्टिले यी कविताहरूमा पाइने प्रवृत्तिगत विशेषताहरू यस प्रकार छन्–
१. निरङ्कुश समान्तवादप्रति तीखो प्रहार –
प्रजातन्त्र दिवस आयो, बन्दुकको नालबाट शान्ति जन्मिन्छ, आएर हेर, सूर्यमुखी र नया“ सूर्य, पुच्छरको प्रश्न, आ“पको रुख र ऐजेरु, कवितालाई मुक्त गर, सन्तान थुन्ने बाबुआमाहरू, प्रतिभा पर्खाल भित्र परेपछि, मुसातन्त्र अमर रहोस्, जब फागुन ७ आउ“छ, पुरानो रगत ः नया“ रगत आदि कविताहरूले नेपाली जनताको पीडक सामन्ती किल्लाको ध्वस्तको स्वर बोकेका छन् र नया“ नेपालको आग्रह गरेका छन् । यी कविताहरूमा माक्र्सवादी मूल्यचेतनाहरू अभिव्यक्त भएका छन् र वर्गीय मुक्तिलाई केन्द्र बनाएर मौजुदा निरङ्कुश व्यवस्था प्रति कवि जहीतहीं आक्रोसित बनेका छन् ।
प्रजातन्त्र दिवस आयोमा कविले वर्षेनी आउने आडम्वरी प्रजातन्त्र प्रति व्यङ्ग्य प्रहार गरेका छन् । जनताको रगत चुस्ने मुठ्ठीभर राजतन्त्रका चाटुकारहरूको प्रजातन्त्र वास्तविक जनताको प्रजातन्त्र थिएन । कवि भन्छन् –
आन्द्रा छिनुन्ज्याल वेवारिसहरू फेरि चिच्याए
प्रजातन्त्र दिवस – जिन्दावाद ∕
न्वारानदेखिको बल झिकेर निशाचरहरू कुर्ले
फागुन ७ गते जिन्दावाद ∕
वास्तवमा पहेंलो वेल देखेर कागको बथान रमाउनु र अन्धाले गुरा“स फुलेको देखेर हा“स्नु उस्तै हो तथाकथित प्रजातन्त्र गरिबको लागि । यसले जनतालाई झन् गरिब र सन्ताप थप्दै लगेको कुरा कविताको आसय छ–
बन्दुकको नालबाट शान्ति जन्मिन्छमा कवि आक्रोस पोख्छन् –
हामी आततायीहरूको संहारलाई,
पाप र अशान्ति भन्दैनौं
हामी ब्वा“सा र गोमनहरूको संसारलाई
अमानवीय विध्वंसात्मक प्रवृत्ति मान्दैनौं
जनतामारा लुटेराहरूको हत्या पाप र अशान्ति होइन बरु यसले शान्तिलाई जन्म दिन्छ । प्रतिरोध युद्धले वास्तविक शान्ति ल्याउ“छ कविको अठोट छ ।
आ“पको रुख र ऐजेरुमा आ“पको रुख सर्वहारा जनताको प्रतीक हो भने यसमाथि टा“सिने ऐजेरु सामन्तवादको बिम्ब हो । रुखले पसिना र परिश्रममा भिजेर धरतीबाट आर्जन गर्छ तर लुच्चो सामन्त ऐजेरु गरिबलाई लुटेर बसीबसी खान्छ । यसैले आ“पको रक्षा गर्न ऐजेरु लागेको हा“गो काट्न जरुरी छ ।
तर यो लुच्चो ऐजेरु भने
हाम्रा पितृतुल्य आ“पको का“धमा
बढो ठालू भएर चढी
... .... ... ... ...
उसका गाढा पसिनाको कमाइ
निर्लज्जतासाथ हाकाहाकी चुसिरहेछ
... ... ... ... ... ... ...
ऐजेरु लागेको मूल हा“गा काटेर फाल्नै पर्छ ।
आ“पको रुख र ऐजेरुको चित्रात्मक वर्णन कवितामा पाइन्छ र कविताको अन्त्यले परिवर्तनको लागि दिशा निर्देश गरेकोले यो कविता समाजवादी यथार्थवादी बन्न पुगेको छ ।
सूर्यमुखी र नया“ सूर्यमा पुरानो सूर्य राजतन्त्रको बिम्ब हो र साना सूर्यमुखी परिवर्तन चाहने जनताको बिम्ब हो । पुरानो सूर्य एकाङ्गी बनेको छ र सीमित हुनेखानेहरू या अग्ला सूर्यमुखीको पक्षमा यो उभिएको छ । बहुसङ्ख्यक सूर्यमुखीहरू यस सूर्यलाई अविश्वास गरिरहेछन् । उनीहरू यसको उन्मुलन गरेर परिवर्तन दिने नया“ सूर्यको प्रतीक्षा गरिरहेछन् । कविले अभिव्यक्ति दिएका छन्–
हामी वैसाखको जस्तो रातोपिरो जाज्ज्वल्य सूर्यको खोजमा छौं
चम्चमाउ“दो जग्मगाउ“दो युवा सूर्यको खोजमा छौं
जो विश्वका सम्पूर्ण बोट–बिरुवालाई
पालुवामा ह“साएर सूर्यमुखी बनाइ दिन सक्छ ।
२. उत्पीडित महिला समुदायप्रति सम्मान भाव –
पितृसत्तात्मक राज्यसत्ताको कारणले हजारौं वर्षदेखि नारीजाति उत्पीडन र थिचोमिचोमा पर्दै आएका छन् र उनीहरूको जन्म नै खोटो देख्ने परम्परा रहिआएको छ । माक्र्सवादी सिद्धान्तको प्रस्थान बिन्दुदेखि पुरुष र नारी समान हुन् भन्ने धारणा अगाडि आएको छ । पू“जीवादीहरूले नारीलाई विलासको साधन, खोटो वस्तु तथा विज्ञापनको वस्तु बनाउन चाहन्छन् र समान हक र अधिकार दिन चाह“दैनन् । मेरी छोरी मूल परी रेमा प्रश्रितले छोरीलाई हेर्ने परम्परागत दृष्टिभेदलाई भण्डाफोर गरेका छन् । छोरी मूल नक्षत्रमा जन्मी भने त्यसले लोग्ने खान्छे र त्यस्तो छोरी जन्माउने आमालाई पापिनी भनिन्छ भनेर रुढ ज्योतिषले भन्ने गर्छ । तर प्रश्रित छोरीको यस्तो जन्म प्रति छोरीलाई वधाइ दिंदै भन्छन्–
मूल्याही, मेरी प्यारी छोरी ∕
क्यावात् ∕ ठिक छ, मूल परिस्
सातो खाइस् लाछीहरूको
ल्याइस् हलचल खुब गरिस् ∕
... ... ... ... ...
अन्धविश्वासलाई रुढ परम्पराको धज्जी उडाउ“दै कवि भन्छन् –
छोरी जन्म“दा थरथर का“प्ने
का“तर बाबु–आमा खा ∕
निर्दोषलाई दोषी भन्ने
समाजलाई का“चै खा ∕∕
कवि प्रश्रित नारी सम्मानबाट नै विभेदरहित जग्मगाउ“दो विश्व बन्न सक्छ भन्ने अठोट व्यक्त गर्दछन् ।
३ अन्धविश्वास तथा रुढ परम्पराको भण्डाफोर –
ईश्वर छैन, मलाई भूत लागेको छ, ए ∕ यो थोत्रो भोटो कस्को हो ?, आदि कवितामा कविले सामन्ती समाजमा व्याप्त अन्धविश्वास तथा रुढ परम्पराको भण्डाफोर गरेका छन् । यी अन्ध रुढ परम्परा सामन्ती संस्कृतिका उपज हुन् र यी जनतालाई झुक्याउने कुचालहरू हुन् ।
ईश्वर छ भन्नु काल्पनिक तथा मनगढन्ते कुरा हो । मानिस ईश्वरलाई पुकारेर रोइरहेछ तर उसले सुन्दैन । मानिस वेवारिस भएर मरिरहेछ तर उसले मानिसलाई हेर्दैन, देख्तैन । वास्तवमा ईश्वरको अस्तित्व वारेको चिन्तन मानिसमारा सामन्तहरूको चिन्तन हो, हतियार हो । कवि भन्छन् –
मान्छे यहा“ खाइरहेछ जसले,
उही सदा ईश्वर नाम रट्छ
गरिब मार्ने हतियार हो यो
उल्फा कुरा ईश्वर छैन छैन ... ।
मलाई भूत लागेको छ व्यङ्गयात्मक कविता हो र यसले परम्परागत भूत–प्रेतको मान्यतालाई धज्जी उडाएको छ । काल्पनिक भूत–प्रेतको कुरा मनगढन्ते कुरा हो । वास्तवमा नेपाली जनताको भूत भनेको सामन्तशाही राज्यसत्ता नै हो । धामी झा“क्रीको बहुलठ्ठीले भूत–प्रेत भाग्दैन । बलिदान र उत्सर्गले मात्र ठूला खण्डहरमा विराजमान भूतप्रेतको बिम्बको रूपमा रहेको पिराहा सामन्तवाद भाग्छ । कवि भन्छन् –
मेरो भूतले आफ्नो थानमा भोग मागेको छ
तातो तातो रगत र आलो मासुको भोग मागेको छ ।
बलिदान र उत्सर्ग पछि मात्र शान्ति कायम हुन्छ र सुखले बस्न पाइन्छ । ए– यो थोत्रो भोटो कस्को हो ? मा भोटो जात्राको प्रदर्शनीलाई व्यङ्गय प्रहार गरिएको छ । तेर सय वर्ष अगाडिको यो भोटो कस्को हो भनेर प्रदर्शनी गरिन्छ, रथमा राखेर सोधनी गरिन्छ । हजारौं लाखौं रूपैया“ खर्च गरिन्छ । इमान जमान देखाएर इन्साफ देखाउने कर्तूत गरिन्छ तर यही देशमा हजारौं छोराहरू विदेशी युद्ध र दासतामा हराइरहेका छन् । हजारौं छोरीहरू रण्डीटोलमा हराइरहेका छन् तिनको खोजी गरि दिने कुनै मच्छिन्द्रनाथ छैन भन्दै कवि भन्छन् –
काखका हजारौं छोराहरू
विदेशी युद्ध र दासतामा हराएको हरायै छन्
हजारौं कलिला छोरीहरू
विदेशी रण्डीटोलमा हराएको हरायै छन्
तिनको खोजी गरिदिने कुनै मच्छिन्द्रनाथ छैन ।
४. सहिदहरूप्रति सम्मान र आदरभाव –
ए सहिदहरू, आज के हु“दैछ ए सहिदहरू ∕ कवितामा सहिदहरूको त्याग र बलिदानलाई उच्च मूल्याङ्कन गरिएको छ । ए सहिदहरूमा सहिदहरूलाई स्मरण गर्दै भनिएको छ अहिले सहिदहरूका सपना र कामनाहरू कुल्चिएको अवस्था छ । परिवर्तनका लागि उनीहरूले बगाएको रगत खेर गएको छ । यति बेला सहिदको समाधीमा आ“सु र फूलको गुच्छा चढाउनु भन्दा परिवर्तनको लागि बलिदानको तातो तातो रगत र आफ्नो गर्धन चढाउनु नै श्रेयस्कर छ । सहिदको समाधीमा व्यर्थको फूलको गुच्छा किन चढाइरहनु भन्दै कवि भन्छन् –
जब मस“ग तातो तातो उर्वर रगत छ“दैछ भने
किन व्यर्थ आ“सु मात्र चडाइरहू“ ?
जब मेरो तन्किएको गर्धन छ“दैछ भने
तिम्रो समाधीमा
किन व्यर्थ फूलका गुच्छा मात्र चढाइरहू“ ?
आज के हु“दैछ ए सहिदहरू ? मा जल्लाद हत्याराहरूले आफ्ना खुनी हातहरूले सहिदको ढुङ्गाको मूर्ति बनाएर आफ्ना पाप र अपराधहरू ढाकछोप गरेको आसय व्यक्त छ । मूर्तिमा अविर छरेर सहिदको रगतको रङ मेटाउने प्रयत्नमा जल्लादहरू लागेका छन् । तर यी बेइमानहरूलाई के थाहा ? यिनै मूर्तिको अन्तप्रेरणाले नया“ मान्छेको पल्टन तयार हु“दैछ र अब चा“डै एउटा युद्धको लागि बिगुल बज्न लागेको कुरा कविले व्यक्त गरेका छन् –
यिनै सहिदका बलिदानको सन्देशले
नया“ युगका हजारौं अग्रदूतहरू
स्वर्णयुग बोलाउन धर्तीमा
महाअभियानको बिगुल फुक्न तम्तयार छन्
५. प्रवासी नेपाली प्रति संवेदनशीलता –
ए हिमाली फूलहरूमा जरा गाडेर बसेको बरलाई (बरको रुखलाई – सं) निरङ्कुश राजतन्त्रको बिम्बको रूपमा चित्रण गरिएको छ । गुरा“स र सुनगाभा फूलहरू नेपाली सन्तानका बिम्ब हुन् । बूढो बरको सेपमा परेर नेपाली सन्तान वर्षौदेखि ओइलाइरहे र कक्रिरहे । उनीहरू सगरमाथाको देशमा सन्तोषले फक्रिन सकेनन् र निर्वासित हुन पुगे । आफ्नै देशबाट शरणार्थी भएर प्रवास शिलाङ आइपुगे । उनीहरू परिश्रमी र असल बिऊ हुनाले जहा“ गए त्यो भूमिलाई हरियो बनाए उनीहरूले । उनीहरू त्यहा“ गएर सीमा रक्षक बने, इमान्दार बने । तर आफ्नो पसिनाले भिजाएको जमिनलाई आज पनि मेरो भूमि भनेर उनीहरू मादल ठोक्न सकतैनन् । उनीहरू बतासिएर यहा“ आइपुग्नको मूल कारण राजतन्त्र नै हो । तर उनीहरू यति टाढा आएर पनि त्यो बेइमान बरलाई अहिले पनि आत्मगौरवको प्रतीक बनाएर पूजा गर्छन् ।
उनीहरू हिजो आफ्नो धर्ती छाडेर बतासिएर यहा“ आइपुगे । यहा“ पनि उनीहरूको थाप्लोमाथि अस्तित्वको प्रश्न नाचिरहेछ । कविको भनाइ छ अहिले उनीहरू जहा“ जरा गाडेर बसेका छन्, आ“सु र पसिनाले सिंचेका छन् त्यो उनीहरूको उद्यान हो । त्यो उनीहरूको भूमि हो । अहिले उनीहरूले यही प्रवासलाई माया गर्नु पर्छ । कवि भन्छन् –
तिमीले आ“ट अठोट गर्नै पर्छ
तिमीहरू जहा“ जरा गाडेर उम्रिन्छौ त्यो माटो तिम्रो हो
तिमी जहा“ गएर आ“सुले सिन्चेका फूलमा मुस्कुराउ“छौ
त्यो उद्यान तिम्रै हो
त्यो भूमि तिम्रै हो ।
६. श्रमजीवी तथा क्रान्तिकारी शक्तिप्रति अगाध निष्ठा –
गोलघरको नया“ वर्ष, पानीको थोपा, यात्रा, हामी नया“ विश्वका स्रष्टा, वीरहरूको युद्ध, सिपाही, दाउरे बन्धुहरू आदि कविताहरूमा परिवर्तन चाहने क्रान्तिकारी शक्ति या श्रमजीवी जनसमुदाय प्रति अगाध निष्ठा व्यक्त गरिएको छ । गोल घरको नया“ वर्षमा सधैं झैं त्यस वर्ष पनि गोलघर (जेल)को चार दिवार र प्रहरी–सैनिकलाई झुक्याएर गोलघरमा नया“ वर्ष प्रवेश गरेको छ । हरिया बोट विरुवाहरूले जेल भित्रै हरिया शुभकामना बा“डिरहेका छन् । गोलघरबाट घुमेर जाने पुतली र मौरीलाई कविले बाहिर आफ्नो दृढता र निर्भिकताको सन्देश पठाउ“छन् । बाहिर सामन्तवादस“ग युद्ध लडिरहेका योद्धाहरूलाई उनी न्यानो वधाइ दिन्छन् र उनीहरूलाई जितपछि जितको सुभकामना बा“ड्न चाहन्छन् –
अदम्य, अविजेय सङ्घर्षहरूका निम्ति
योद्धाहरूलाई न्यानो वधाइ ।
हिमाल जस्तो दृढतम सङ्कल्प
र जितपछि जितको सुभकामना ।
पानीको थोपा बिम्बात्मक कविता हो । पानीको थोपा श्रमजीवी जनताको बिम्ब हो भने सूर्य सामन्तको प्रतीक हो । पानीको थोपा बलेनी र बलेनीबाट भेल, खोला र बाढी भएर उर्लिन्छ । यही बाढीले सामन्तका खण्डहरहरूलाई धक्का दिएर पल्टाइदिन्छ । पानीका थोपा साना छन् तर आफूमाथि हुने अत्याचार यिनीहरू सहन सक्दैनन् । ग्रीष्म ऋतुले धरतीलाई आगो खन्याएर खरानी बनाएको बेला पानीको थोपा, तेल, खोला, स्नेहले पिरोलिन्छन् । उनीहरूको छाती पिरले उम्लिन थाल्छ र बाफ बनेर उछ्वास आकासतिर उड्न थाल्छ । पानी बादल बनेर अकास ढाक्छ र सूर्यको विरोधमा खडा हुन्छ । त्यसपछि बादलले सूर्यको विरोधमा बिजुलीको चड्कामा आक्रोस पोख्न थाल्छ । सृष्टिको नया“ अभियान सुरु हुन्छ –
हाम्रो सङ्गठित शक्ति
आगो वर्षउने सूर्यको विरुद्ध
बादलले छाता बनेर ढाक्छ पृथ्वीलाई
र गर्जन थाल्छ बिजुलीको चड्कामा आक्रोस ओकल्दै
हामी थोपा थोपा मिली ओइरिन थाल्छौं मुसलधारे जुलुसमा ।
... ... ... ...
आ“तमा असीम हाइड्रोजन उर्जा बोकेका
पानीका थोपा हामी ∕
देशभक्तिपूर्ण भावना व्यक्त ः
नेपाली बहादुर, नारै सही आदि कविताहरूमा कविले प्रखर राष्ट्रप्रेम पोखेका छन् । नेपाली बहादुरमा बिदेशबाट फर्केको देब्रे खुट्टो काटिएको अपाङ्ग लाहुरेको सानमा विदेशी मालिकले कुचो लगा, भा“डा माझ्, लुगा धो भन्दै अराएको निरस र कर्कश आवाज गुन्जिरहन्छ । ऊ बीरगन्जमा आइपुगेको छ । बीरगन्जमा टाटा–बिडलाका द्रव्यदूतहरूको सेवामा तल्लीन नेपालीहरूलाई देख्दा यो देश पनि आफ्नो होइन जस्तो लाग्छ । विदेशी सामानहरूले बीरगन्ज भरिएको छ । नेपालका मूर्ति, गा“जा, चरेस, रातारात रक्सौल पुग्छन् दिनहु“ । राती बीरगन्ज रक्सी र तरुनीमा मातेको हुन्छ । घर पुग्दा उसको घरको छाप्रो ढलेको छ । बलात्कारपछि स्वास्नीको हत्या भएको उसले पाउ“छ । विदेशी र सामन्तीहरूले दोहोरो रूपमा देशलाई लुट्दै गरेको उसले पाउ“छ । त्यसपछि त्यो लाहुरे आक्रोसित बन्छ र बन्दूक विदेशी साहब र सामन्ततिर फर्काउने अठोट गर्छ । ऊ अब गोर्खे बहादुर होइन तर नेपाली बहादुर बन्न चाहन्छ । अब ऊ दास–बहादुरी र राक्षसी बहादुरी होइन तर ऊ श्रमिक बहादुर र मुक्ति बहादुर बन्न चाहन्छ । ऊ यतिन्जेल बुद्धू भएर बा“चेकोमा उसमा खिन्नता आउ“छ ।
सुन ए कान खोलेर सुन
यस युगका कुवेरहरू ∕
हामीले आफ्ना दुश्मनलाई चिनिसकेका छौं
अब हामी सा“च्चै नै बन्दुक उठाइरहेका छौं
तर यसपाली
त्यो बन्दुकको नाल त्यतातिर फर्किनेछ
जतातिर तिमीहरू रहेका हुन्छौ ।
नारै सही कवितामा जनता खाने प्रजातन्त्र र देश खाने राष्ट्रवाद प्रति विरोध व्यक्त भएको छ । शान्ति जपेर मान्छेमारा बगरे बन्ने कृत्रिम बुद्धवादीहरू प्रति कविको आक्रोस छ । सङ्कीर्ण छाती बोकेर अन्तर्राष्ट्रिय हु“ भन्ने फोस्रो नेता, माक्र्सवादलाई गीता बनाउने पुराणपन्थी नेता र अरुलाई अछूत ठान्ने बाहुनवादी नेता सबैलाई कविले मूर्दावाद लगाएका छन् । कविताले भन्छ –
तिमीहरू नारावादी भन्छौ भने नारै सही
तर देशखाने राष्ट्रवाद मूर्दावाद ∕
तिमी उग्रवादी भन्छौ भने उग्रै सही
जनता खाने प्रजातन्त्रवाद मूर्दावाद ∕
शान्तिविरोधी भने त्यसै सही
बृद्धवादी बगरे मूर्दावाद ∕
वास्तवमा प्रजातन्त्र जनताको रक्षा गर्ने हुनुपर्छ । राष्ट्रवादले देशको भलो गर्नु पर्छ । राष्ट्रवादको नारा फलाकेर देश लुट्ने कुवेरहरू देशभक्त हुन सक्दैनन् । शान्ति जप्ने मान्छेमारा बगरेहरू बुद्धका अनुयायी हुन सक्दैनन् । यी सबै देशविरोधी र घातक हुन् भन्ने कविताको आसय हो ।
विदेशी हस्तक्षेप तथा हेपाहा नीतिप्रति आक्रोस ः
को भूपरिवेष्ठित ? देशको कथा आदि कविताहरूले विदेशी हस्तक्षेप र हेपाहा नीति प्रति प्रहार गरेको छ । हाम्रो देशको उत्तरमा रहेका शुभ्र हिमालहरू सागरको मुहान भएका छन् । बारै महिना हजारौं नदीनालाहरू बगिरहन्छन् हाम्रो धरतीलाई सिन्चन गरेर । हामी आधि गङ्गाको निर्माता हौं र उत्तर भारतको भाग्य विधाता हौं । तर उनीहरू हेपेर हाम्रो देशलाई भूपरिवेष्ठित भन्दछन् । उनीहरू हाम्रो जलस्रोतलाई आफ्नो वपौती ठान्छन् र धर्तीमा का“डेतार र पर्खालको सीमा लगाउने धमास दि“दैछन् । हाम्रो छिमेकी ठूल्दाइ हस्तक्षेपकारी छ र इतिहासमा निरन्तर दादागिरी चलाइरहेछ । वास्तवमा हामी भूपरिवेष्ठित होइनौ तर उसको चिन्ता भने बालुवावेष्ठित हो । को भूपरिवेष्ठितमा कवि भन्छन् –
अरुका नदीको बाटो रोक्ने
साझा धनलाई वपौती ठान्ने
धर्तीमा लगाउने का“डेतार र पर्खाल
ए छिमेकी घमण्डी ठूल्दाइ ∕
हैनौं हामी भू–परिवेष्ठित,
तिम्रो चिन्तन हो वालुवावेष्ठित
मध्ययूगीन खुङ्खार आकाङ्क्षावेष्ठित ।
देशको कथामा हाम्रा मातृभूमिले वर्षाएका हिमालका अजस्र दुधधाराले दक्षिणको छिमेकीलाई हरित क्रान्ति दिएको छ । हामीले उसलाई पसिना र आ“सु दिएका छौं र यी आ“सु र पसिना नदी बनेर दक्षिण सागरमा पुगेको छ । विदेशीको सीमाको रक्षा गर्दागर्दै हाम्रो यौवन सकिएको छ र स्यू“दोको रातो सिन्दूर पुछिएको छ । तर पनि हामी नाङ्गानाङ्गै छौं, भोकभोकै छौं ।
यसरी पुस्तौं पुस्ता
आ“सु पसिना र रगतका नदीहरू बगाइरह“दा पनि
लोग्ने, बाबु र छोराहरू मराइरह“दा पनि
हामी नाङ्गाका नाङ्गै
भोकाका भोकै ।
... ... ... ...
आफ्नो देश लुटाएर अरुको घरमा पहरेदार
आफ्नी चेलीबेटी बिकाएर अरुको सतीत्वका संरक्षक
संसारका वीरहरूका पनि वीर
तर घरकै नपुंसकहरूका टाङमुनि लत्रेका ।
पाखण्डपनप्रति तीब्र भत्र्सना ः
ग्यालिलीयोलाई माफी दिने पोप जोनपोलप्रति, घा“टीजोडुवा अचला–बन्धन, सुझाव दिनेहरूप्रति, बाग्मतीका छाल उचालौं, शब्द चपाउने आधुनिक कविप्रति, आकासमा उडाइएका परेवा, ए– यो थोत्रो भोटो कसको हो ? आदि कविताहरूमा पाखण्डपन प्रति भत्र्सना गरिएको छ ।
घा“टीजोडुवा अचला–बन्धन ∕ मा काङ्ग्रेसले राष्ट्रिय मेलमिलापको लगन गा“ठो जोडेर निरङ्कुशतन्त्रस“ग देखाएको अन्तर्हृदयको मेलमिलापलाई कविले पाखण्डपन ठहर गर्दै भन्छन् –
२०१७को तलक पत्र च्यातेर
वैराग लाग्दो तीर्थवास छाडेर
प्रजातन्त्रका नूपुर बजाउ“दै
राष्ट्रिय मेलमिलापको वर–माला उचाल्दै
निर्भिक भै फर्केका साहसी वीरहरू
अचला–बन्धनमा कसेर प्रेमको लगन–गा“ठो
घा“टीमा घा“टी जोडेर गर्दैछन् अन्तर्हृदयको मेलमिलाप
जनमत सङ्ग्रहको करारमा लगाएर पन्जा छाप
लुकिछिपी मनाउ“दैछन् रङ्गी–चङ्गी मधुमास ।
शब्द चपाउने आधुनिक कविप्रतिमा कवि भन्छन् – अनपढ किसानहरू मशालको रा“कोले कविता लेख्दैछन् र अशिक्षित मजदूरहरू ह्यामरको आवाजले कविता रच्दैछन् तर आधुनिक कवि भने ठीक यसको प्रतिकूल बाटोमा हिडेर आफ्नो पाखण्डपन देखाइरहेछन् –
तर कवि ∕
तिमीहरू भने
कसको त्रासले
या कुनै चीजको आसले
सरल शब्दहरूलाई पनि बङ्ग्याइरहेछौ
... ... ... ...
गड्यौला झैं गुडुल्किनु र पछि फर्कनु वाहेक
तिम्रो खुट्टामा अब कुनै अग्रगति छैन
प्रतिक्रिया र हीन मनोग्रन्थी वाहेक
देशलाई सुनाउने अब तिम्रो कुनै सन्देश छैन ।
यस्तै मैले धेरै दिन, आओ सब मिलेर रोइदिउ“m, लाली उषाको बढोस् ∕, लक्ष्य छेकिन्न तिनको, सूर्यमुखी, २०३९ सालको नया“ वर्ष आदि कविताहरूमा सङ्घर्ष र बलिदानले मात्र न्याय र अधिकार प्राप्त गर्न सकिन्छ भन्ने भाव व्यक्त भएको छ । वर्गीय समाजमा निरन्तर बर्ग सङ्घर्षबाट मात्र परिवर्तन र मुक्ति ल्याउन सकिन्छ ।
खवरदार लगाउने बन्दीप्रति, चौकिदार, डा .के आइ सिंहलाई धेरै वर्षपछि भेट्दा आदि कविताहरूमा दास मानसिकताको भण्डाफोर पाइन्छ ।
आ“प र पिपल रोप्ने असी वर्षे बाजे, उषा गान, हामी नया“ विश्वका स्रष्टा, भोल्गा र ह्वाङ्हो गाउ“, समवेत गीत आदि कविताहरूले उज्ज्वल भविष्य प्रति निष्ठा र उत्साह जगाउ“छन् र जीवनवादी विश्वदृष्टिकोण प्रकट गर्दछन् । प्रश्रितका कविताहरूमा क्रान्तिकारी मूल्यवोध पाइन्छ र कविताहरू समाजवादी यथार्थवादको कित्तामा पर्दछन् । यी विवेचना गरिएका कविताहरूमा बिम्ब र प्रतीकहरूको राम्रो प्रयोग पाइन्छ । कविताका स्वरहरू नै प्रश्रितका प्रवृत्तिगत विशेषताहरू हुन् । प्रश्रितका प्रवृत्तिलाई अध्ययन गर्दा उनी प्रखर प्रगतिवादी स्रष्टा हुन् । उनी समाजमा आमूल रूपान्तरण चाहने क्रान्तिकारी निष्ठा बोकेका माक्र्सवादी स्रष्टा हुन् ।

इटाभट्टा (झापा)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 श्रावण, 2073

लेखकका अन्य रचनाहरु