पश्चिम नेपालको निभेको ज्योति प्रज्वलित गर्ने मस्टो पुराण

- प्रेम कैदी

कर्णाली किनारको जुम्ला (हाल कालीकोट) को सान्नी रास्कोटका उच्च हिमाली क्षेत्रमा देवी (भगवती) विराजमान हुनु हुन्छ । त्यसैैले त्यसलाई देउरा (देवीराज भएको) भनिन्छ । देउराबाटै कालान्तरमा देवी अझ उच्च हिमालतिर लाग्नु भयो । देवी पश्चिममा रहेको मलयगिरि पर्वतमा जानु भयो र उहाँ मालिका देवी कहलाउनु भयो । यसै हिमाल तल मानव समाजसँगै एउटा दैवीसत्ता छ जो शिव र शक्ति जस्तै कैलाशमा बस्ने, मानसरोवरमा नुहाउने र दुध खाने भएकाले दुग्धभोगी सभ्यतासँगै जोडिएको छ जसलाई हामी सिमनाथ देवता भनी मान्दछौं । सिमनाथ अलग्गै गाउँबाहिर डाँडामा बस्दछन् । गाउँभित्र कुल देवताको थान छ, दुधे सिल्लो अर्थात् दुधे मस्टो । गाउँका बासिन्दाको कुल देवता रूद्र पनि यही हो भन्छन् । यी सबै देवतालाई घण्ट (घाँट) चढाउनु पर्छ । फलपूmल, दुध, दही, घ्यू, मह चढाउनु पर्छ ।
गाउँमा अझै तल अर्को तह छ जहाँ खापर मान्नेहरु छन् । खापरको माँडुमा दुध चढ्दैन, रक्त चढाउनु पर्छ । घण्टी चढ्दैन, घाँडो (टिनको पाताको) झुन्ड्याउने चलन रहिआएको छ । यहाँ पनि कुल देवता मस्टो नै छ, जसको अलग माँडु छ, जसलाई कालासिल्लो भनिन्छ । यी सबै देवताहरु रक्तभोगी हुन् र मानसरोवरको सट्टा राक्षसतालमा नुहाउने व्यवस्था अन्तर्गत पर्दछन् ।
यस्तै कर्णाली क्षेत्रमा नयाँ धामीलाई संस्कार र आखर (बोली) प्राप्त गर्न दुग्धभोगी छ भने कैलाश परिक्रमा गरी मानसरोवरमा स्नान गर्नु पर्दछ र रक्तभोगी छ भने राक्षसतालमा नुहाउनु पर्दछ, अनि मात्र आखर (दैवी भाषा) खुल्छ ।
आफ्नो जन्मस्थल मालबाट कैलाश (पर्वत) तिर जाने क्रममा बाटोमा एउटा शक्तिशाली राक्षसले सबै बहिनीलाई वशमा पारेको तर अन्तमा कान्छी बहिनीबाट लडाइँमा पराजित भएकाले उनी बडीमालिका कहलिएकी भन्ने कथा छ । नेपालका हाल मध्य र सुदूर पश्चिम अनि पारिपट्टिको उत्तराखण्ड तथा उत्तरको कैलाश मानसखण्डका चार जिल्ला लामो कालखण्डसम्म एउटै साम्राज्यभित्र रहेको इतिहास पाइन्छ । कुनै लिखतमा पहिले जम्बुद्वीप वा ग्यागारको उल्लेख छ जो कैलाश दक्षिणदेखि विन्ध्याचल पर्वतसम्म हो भन्ने वर्णन पाइन्छ ।
वैदिक साहित्यले मूल स्वर्ग यसैलाई मानेको छ र यो महादेव, इन्द्र र मनु आदिद्वारा शासित सर्वश्रेष्ठ दैवी क्षेत्र हो । पछि यसै ठाउँका शासकहरुले आफ्ना प्रशस्तिहरुमा बद्रीनाथ जयते, मुक्तिनाथ सहाय भनी उल्लेख गरेको पाइन्छ । वि.सं. १८४६ मा गोर्खालीहरुको कब्जामा परेपछि यो क्षेत्र शून्यमा बिलाउँदै ढुङ्गा माटो बाहेक बाँकी सभ्यता संस्कृति हराउँदै १६६ वर्षसम्म सुखा क्षेत्र बनेर उपेक्षित र अपमानित र≈यो ।
अझ दरबारिया भारदारहरुलाई खुसी पारेर अंग्रेजहरुले इतिहास लेख्ने भनी समग्र ऐतिहासिक सामग्री काठमाडौं ल्याएर केही बेलायत लगे भने बाँकी सिंहदरबार पुतली बगैँचामा जलाएका थिए । तैपनि बचेको ढुङ्गा माटोमाथि वि.सं. २०१२ सालमा योगी नरहरिनाथले पश्चिम नेपालमा पुगेर सिँजाको मल्ल साम्राज्य लगायत त्यस क्षेत्रका अनेक ऐतिहासिक सांस्कृतिक महŒवहरु बारे विश्वभरका विद्वान्हरुलाई जानकारी दिनु भयो । उहाँले मानव सभ्यताको आदि केन्द्र यही हो पनि भन्नु भयो । तैपनि योगीजीले आफ्नो जन्मथलोलाई अतिरञ्जित गरेर बढाई चढाई गरेको जस्तो भावका साथ यता इतिहास र संस्कृतिलाई राज्यको आडमा कब्जा गरेर बसेको अनि सङ्कुचित सोच लिएर नेपाली संस्कृतिमाथि खग्रास झैं अँध्यारो छाया पारिरहेको तŒवले त्यता केही छैन भनेझैँ गरिरह्यो । उता पञ्चम दलाइ लामाले मितेरीको आडमा कैलाश मानसखण्डका चार जिल्ला खर्लप्पै खाएर मित्रघात गरेकै केही समयपछि इ.संं. १८१५ मा दुई जना भारदारहरु मार्फत अंग्रेजहरुद्वारा लादिएको सुगौली सन्धिको दक्षिणमा गङ्गा र पश्चिममा जमुनासम्म र अझ त्यसपारिको विशाल भूखण्ड खोसेको इतिहास धेरै पुरानो भएको छैन ।
योगीले सिँजाको इतिहासले संसार उज्यालो छ, त्यहाँ कस्तो छ भनी चिट्ठी लेखे झैँ इटालीका इतिहासकार प्रा.जिसेफ टुचीले आएर पश्चिम नेपालको इतिहासबारे लेख्न थालेपछि त्यता पनि केही रहेछ, भाषा संस्कृतिको मुहान त त्यहीँ रहेछ भनी कतैकतै लेखेर बौद्धिकता प्रदर्शन गरिए पनि सबै कुरा यतैका शास्त्रीय आँखाबाट हेर्दा त्यहाँ केही छ भनेर पनि के छ त भनी गहिराइमा गएर अनुसन्धान गर्ने र लेख्नेहरुको कमी र≈यो । स्थानीय स्तरमा धेरै लेखक र साहित्यकारहरु सक्रिय रहे पनि पश्चिम नेपालको सांस्कृतिक चेहरा पहिल्याई त्यसको धार्मिक, आध्यात्मिक अनि दैवी आत्माको व्यक्तित्व उजागर गर्दै देशको समग्र बौद्धिक समुदायलाई नै हतप्रभ पार्ने गरी त्यसै माटोबाट कोही न कोही कलमबाज निस्कनु पर्ने कमीलाई लेखक श्यामबहादुर खड्काले पूर्ति गरेका छन् । करिब दुई दशकभन्दा बढी अवधिदेखि मस्टो देवताका सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरी आफ्नो पहिलो पुस्तक बझाङ किंवदन्ती र इतिहासमा लेखकले केही कुरा मात्र प्रकाशित गरे तापनि अहिले दोस्रो पुस्तक मस्टो संस्कृति र परम्परामा सो सम्बन्धमा अझ विस्तृत रुपमा मस्टोसम्बधी जानकारी दिने गतिलै प्रयास गरेको मैले अनुभव गरेको छु । लेखकलाई यस विषयमा अध्ययन र अनुसन्धान गर्न थप प्रेरणा मिलोस्स यही मेरो शुभकामना छ ।
मस्टो संस्कृति र परम्पराले सर्वप्रथम त त्यस क्षेत्रको आफ्नो मौलिक र विशिष्ट धार्मिक पहिचान छ भन्ने प्रमाणित गरेको छ । पुस्तक पढ्दा प्रत्येक पानामा एक छुट्टै नामका देवी देवताको मौलिक कथा अगाडि आउने गर्दछ । एउटा सानो किताबभित्र सयौं देवी देवताका कथाहरु प्रस्तुत गरिएको छ । यी इतिहास, सभ्यता, संस्कृति तथा वेदपुराण कतै पूर्ण स्वरुपमा उल्लेख नभएका तर उल्लेख भएका देवी देवता सरह नै पूज्य र शक्तिशाली रुपमा यहाँ प्रस्तुत हुन आएका छन् । योगी नरहरिनाथ, बालकृष्ण पोखरेल, सत्यमोहन जोशी, देवीचन्द्र श्रेष्ठ, रत्नाकर देवकोटा जस्ता संस्कृतिविद्हरुले पनि सीमित दायरामा उल्लेख गरेका वा यी लेखकहरुले यस अघि कतिपय कुरा थाहै नपाएका विवरणहरु पनि यस पुस्तकमा प्रस्तुत गरेको पाइन्छ । यसमा पश्चिम नेपालका अति पूज्य र शक्तिशाली मालिका, दुर्गा, सुर्मा, कालिका, शैलेश्वरी, पूर्णगिरि, नैनादेवी, जालपा, घटाल, झुलादेवी आदिको भिन्नै परिचय समेत समावेश भएको छ। यस पुस्तकले महालिङ्ग भनेर सायद भगवान् शिवका मानव अवतारहरुका नयाँ कथाहरु अगाडि ल्याएको छ र पश्चिम नेपालकै स्थानीय देवता जस्तै मौलिक रुपमा मान्ने परम्परालाई पनि प्रस्तुत गरेको छ । त्यसका साथै यस पुस्तकले उत्तरको स्याङसुङ सभ्यता र बोन धर्मबारे व्यापक अनुसन्धान भइरहेझैं दक्षिणमा सीमित भए पनि पश्चिमा समाजशास्त्रीहरुले समेत जान्न चाहेको नेपालको अति पूज्य मस्टो देवताबारे व्यापक तथ्याङ्कहरु अगाडि ल्याएको छ । अध्ययन र पेसाका हिसाबले धेरै टाढाका विषयवस्तुहरु भए पनि लगातारको आफ्नो खोजी अनि स्थानीय स्तरका आफ्ना अनुभवलाई तिखारेर आफ्नो जन्मथलो आसपासका सबै सम्बद्ध क्षेत्रहरुलाई समेटी लेखकले मस्टो देवताबारे प्राप्त नयाँ नयाँ जानकारीहरुलाई निकै फराकिलो पारेर प्रस्तुत गरिदिएका छन् । पुस्तकमा आजसम्म मस्टोबारे जानकारी राख्ने हर्कबहादुर बम्म, मानमल विष्ट, अमरराज पाण्डे, नवराज जोशी लगायतका व्यक्तिहरुका साथै स्थानीय स्तरमा कलम चलाउने विष्णुभक्त जोशी, जबरे धामी, देवीचन्द्र जोशी, विष्णुप्रसाद खत्री आदिले सङ्कलन गरेका कतिपय लेखोटहरुलाई पनि संक्षिप्त रुपमा उपयोग गरिएको छ ।
यस पुस्तकमा मस्टो र उनका वरिपरि रहेर मस्टोको सत्ताका लागि सहयोग पु¥याउँदै देवी देवता तथा मानव जातिलाई बेलामौकामा पीडा पु¥याउने राक्षसी शक्तिलाई पनि नियन्त्रण गर्न आआफ्ना भूमिकाका साथ समग्र देवी देवता तथा अन्य पात्रहरु सकेसम्म प्रस्तुत गरिएका छन् । एक भाइ मस्टो र सोर बहिनी दुर्गा माल (तराई) मा जन्मेर कैलाश परिक्रमा गर्न तथा मानसरोवर नुहाउन हिँडेपछि सुरू हुने बाटाका समस्या अनि ठाउँ ठाउँमा राक्षसहरुसँग लड्नु भिड्नु पर्ने भएकाले महालिङ्ग जस्ता सहयोगी प्राप्त भएका र सबै बहिनीहरु उनैले बाजी थापेर जितेको अनि मिलेर राक्षसहरु मारेको रोचक कथाका साथै देवीहरु र मस्टो विभिन्न ठाउँमा बसेका अनि उनलाई सघाउने लाँकुडा जस्ता सहायक देवताहरुको वर्णनले पुस्तक रोचक मात्र होइन समाजमा प्रचलित निगम (शास्त्रहरु) भन्दा फरक कथाहरुका साथ पश्चिम नेपालमा जहाँ हिन्दू, बोन, जैन, लिंगायत, बौद्ध आदि धार्मिक आस्थाको केन्द्र कैलाश छ त्यहाँ स्थानीय जनताबीच आफ्नै धार्मिक सत्ता कायम रहेको ऐतिहासिक तथ्यहरु उद्घाटन समेत हुन आएको छ । पश्चिम नेपालका देवी देवता जीवित मान्छे धामीहरुको शरीरमा मात्रै प्रकट नभएर त्यहाँका शाहीपाल जस्ता हिमाल पनि मस्टोकै रुपमा प्रस्तुत छन् ।
पुस्तकले पश्चिम नेपालको उत्तराखण्ड र कैलाश मानस क्षेत्रको धर्म, संस्कृतिको एकतामात्र प्रस्तुत नगरेर त्यहाँको भूगोल एवं मानव समाजलाई जति खण्डित गरे पनि त्यसको धार्मिक सांस्कृतिक सत्ताले त्यसलाई सधैँ जोडेको समेत प्रमाणित गरेको छ । पुस्तकमा पश्चिम क्षेत्रका गाउँहरुमा स्मरण गरिने देवी देवता, राक्षस तथा अन्य राम्रा र खराब शक्तिहरु जे जति छन् ती सबैलाई समेटिएको छ र देवताहरुमा महालिङ्ग पछिको प्रधान पात्र मस्टो देवताका राजा इन्द्रका छोरा जयन्त हुन् भन्ने लेखकको दाबी छ । जयन्त मस्टोका रुपमा पनि शक्तिशाली छन् र उनले बेला मौकामा धेरै विचित्रका काम गरेको पनि वर्णन पाइन्छ । डडेलधुरा लामाखेती गाउँको भीरमा सिँढी बनाएको, अजयमेरु रोल्ली गाउँमा रातारात भीर काटेर सुगम मार्ग बनाएको, डोटीको जिन्जौडामाँडुको चौतारो बनाएको जस्ता अनेक वर्णन यहाँ छन् जसबाट पश्चिम नेपाललाई भइरहेको दैवी कृपा र त्यहाँको विविध साँस्कृतिक सम्पन्नता प्रमाणित हुन्छ ।
यस पुस्तकको पहिलो खण्डमा लेखकले प्राचीन सभ्यताका बारेमा लेख्दा पश्चिमा विद्वान्हरुकै सामग्रीहरुलाई महŒव दिने काम गरेर मिस्र, मेसोपोटामिया, बेबिलोन, सिन्धुघाटी, मोहनजोदाडो आदिको वर्णन अघि सारेका छन् । लेखकले हुन त अरु विद्वान्हरुको भनाइलाई उद्धृत गर्ने कोसिस गरेको हुन सक्छ । यस्तै कतिपय ठाउँमा लेखकले आफ्नो विश्लेषण राख्न समेत छुटाएका छन् । यथार्थमा कांग्री कार्चाक (कैलाश पुराण), सृष्टि मुन्धुम (आदि भूगोल) हिमवत्खण्ड जस्ता पश्चिम नेपालको महŒव थाहापाइने ग्रन्थहरुमा लेखिएको बारे ध्यान गएको देखिदैन तर स्थानीय स्तरमा भने लेखकको गहन अनुसन्धान र खँदिलो प्रस्तुति छ ।
पुस्तकमा देवीचन्द्र जैसीको सुर्मादेवीको इतिहासलाई आधार बनाएर लेखकले छ भाइ महालिङ्गलाई राक्षसले मारेर खाएको र एक भाइ बाँकी रहेको अनि चमोली गढवालको त्रियुगीनारायण भन्ने स्थानमा जलिरहेको जस्ता प्रसङ्गहरुले भगवान् शिवका मानव अवतार बारे अनुसन्धान र आध्यात्मिक साधना गर्नेहरुलाई समेत आकर्षित पार्छन् । यस्तै देवीचन्द्र जैसीले मस्टो जुम्लाबाट आएको भनी उल्लेख गरेका छन् र महिषासुरको मृत्युपछि देवता जलन्धर आई बस्न थाले भन्ने प्रसङ्ग पनि प्रस्तुत गरेका छन् । यो जलन्धर भनेको पनि जलन्धर राजाको राज्य रास्कोट नै हो । यस्तै लेखकले कैलाश जाँदा सान्नी (रास्कोटसँगै) दक्षिण हुँदै गएको र फर्किंदा हुम्ला हुँदै बाजुराको जुगाडाबाट बझाङ आएको भनी उल्लेख गर्नुले बझाङका मस्टा पनि जुम्लाबाटै आएको देखिएका छन् । उत्तराखण्डको चण्डाक मस्टो पनि यतै नेपालबाट गएको भनी उल्लेख भएकै छ ।
भेरी लोक साहित्यको पृष्ठ १९९ मा लोखाडी मस्टाको वर्णनसँगै मस्टोलाई मष्तिस्क देवता भन्दै मस्टो मस्तकसँगै सम्बन्धित मानेको भनी लेखक पूर्णप्रकाश यात्रीले उल्लेख गरेका छन् । तर योगी नरहरिनाथले देवभूमि भारत आध्यात्मिक नेपाल भन्ने पुस्तकमा मस्टोको नामले अष्टमूर्ति महेश्वरका अंशावतार रmद्र रक्षक क्षेत्रपाल र बाबिरा थार्प मस्टोका नामले धामीहरु मार्फत समाजमा आराध्य छन् भनी उल्लेख गर्नु भएको छ । उहाँले रmद्रका मस्ट (पृथ्वी, जल, तेज, वायु र आकाश, चन्द्र, सूर्य आत्मा) का आठ शक्ति (पृष्ठ १३४) हो भनी व्याख्या गर्नुभएको छ । हाल कालीकोटको भाटगाउँको तिमाला, गानचौरको खापर (रmद्र) तथा दाडे मस्टो, तलकोटको नयन्याल मस्टो, स्यालीवनको निरायल मस्टो, मालकोटको दाडे मस्टो यी मालिकादेवीका गुँड परिवार भनी लेख्नु भएको छ । उहाँले एकादश रmद्र पनि मस्टोका नामले प्रसिद्ध छन् भन्नु भएको छ ।
सत्यमोहन जोशीले मूर्ति नभएको ग्रामीण देउता भनी मस्टोबारे लेखेको पुस्तकमा उल्लेख भएको छ भने भाषाविद् बालकृष्ण पोखरेलले आफ्नो विशद ग्रन्थ खसजातिको इतिहासमा मस्टोलाई इराकको बेबिलोनबाट आएको भन्दै जरथु्रस्टले लेखेका अभेस्ता का प्रमुख देवता अहुर मज्द नै मस्टो भएको उल्लेख गर्नु भएको छ । उक्त पुस्तकको पृष्ठ २४१ को टिप्पणीमा मस्टको मूल हो संस्कृत मस्त (शिर)स यो फार्सेलीमा मज्द (तु.अहुरमज्द अथवा होरमज्द) भयो । नेपाली मस्ट उपासनामा अहुर (असुर) मस्ट बान्नी मस्ट कहलायो भन्ने अन्वेषक पोखरेलको विचार छ । कारण असुर नरेशमध्ये केहीको नाम बानी पाल छ । बाबिरो मस्टो चाहिँ पक्कै बेबिलोनका राष्ट्रिय देवता मार्दुक (वायु देवता मस्टो) हो, कारण संस्कृतमा बेबिलोनको निम्ति प्रयोग हुने बाबेरmसँग यो धेरै मिल्दछ ।
पुस्तकमा एक ठाउँ लेखकले मस्टोलाई मरmत् भनी उल्लेख गरेको भनिएको छ । अन्वेषक पोखरलले वायुदेव मरmत् भनेको र स्कन्द पुराणको स्वस्थानीव्रतकथामा यं ब्रम्हावरुण इन्द्र रुद्र मरुतस् ……देवाय तस्मै नमः भनी उल्लेख गरेकोले मरmत् वा मस्टो देवताको वर्गमा देखिए तापनि पुराण अनुसार इन्द्रले मरmत्हरुलाई भाइ मानेकाले आफूलाई इन्द्रपुत्र कहलाउने मस्टो र मरmत् नाम मात्रको संयोग पनि देखा पर्छ । यस्तै दुधे मस्टो र दाडे मस्टोसँग रास्कोटमा सिमनाथका धामी पतुरे पनि खापर मस्टोसँग कहिल्यै सँगै पतुर्दैनन् र खापर प्रेत वा राक्षस जस्तै मानिएको छ । रक्तभोगी भए पनि दाडे मस्टो देवताको रुपमा स्वीकार गरिएको छ । तैपनि दाडे मस्टो र खापरको मन्दिर गाउँ नजिक हुँदैनन् भनी दाडे मस्टोका पूर्व धामी बिजैपुरका देवजङ्ग शाहीले बताएका छन् । बिजैपुरको दाडेमस्टो सान्नीको साँके जिउला रिस्कोटबाट आफ्नी चेलीका साथ आएको माइती देव मानिएका छन् । ग्रेगरी मास्र्कारनेचले रुलिड्ड अफ दि नाइट्स मा १२ भाइ मध्ये १२ काल्या १८ कंकाल्या भनेर वाहन वर्गमा मस्टोलाई उभ्याएको देखिन्छ । यी सबै विवादमा मस्टो इन्द्रका पुत्र जयन्त हुन् भनी लेखकले मस्टो सम्बन्धी विवादलाई छिनाल्ने काम गरेका छन् । यसबाट लेखक मस्टोबारे निकै गहिराइमा पुगेको अनुमान गर्न सकिन्छ । यस पुस्तकमा मेरो रmचिको मात्र होइन इतिहासमै नयाँ क्षिजित उद्घाटन गर्ने काम भएको छ मस्टोका मित्र लाटाहित वा शाहीपालको कथा । हालको पाकिस्तान वा राहुलहरुको गाउँ राहुलपिण्डीमा मारिएका राजा जयपालको शाही परिवारसँगै लाँगा भन्ने लङ्गर शाही र लाटाहितको सम्बन्ध देखिन्छ । जुम्ला राज्यका संस्थापक महाराज बलिराज शाही दत्तात्रेयदेखि विश्वसम्राट् भनिएका मण्डल प्रमुख ग्याल्बो पेहारको अवतार मानिएझैँ पश्चिमा संस्कृतिमा बेबिलोनलाई मानव सभ्यताको आदि केन्द्र मानिएको देखिन्छ । यसले मस्टो देवता र जुम्लाका शाही राजाहरुको इतिहासको विश्वव्यापी सम्बन्धलाई पनि खोजीकै विषय बनाएको छ र टर्कीदेखि जापानसम्मको शेषशायी (श्री विष्णु) का सन्तानहरुको राजनैतिक सत्ता रहेको खोजी गर्नेहरुलाई शाहीपालको कथा प्रसङ्गले पनि सघाउने देखिन्छ ।
रास्कोटको बिजैपुरमा जुम्लाको प्रतिनिधि भै त्यहाँ हुने धाडो (लुट र आक्रमण) नियन्त्रण गर्न र समाजमा सुखशान्ति कायम गर्न नियुक्त राजकुमार प्रतापराजलाई प्रतापराज हित भनेकोबाट लाटाहितको कथाले उनी रास्कोटमा राजा भएर बसेका त होइनन्? खोजीकै बिषय बनेको छ । विश्व इतिहास तथा आदि मानव सभ्यता पश्चिम नेपालका शाहीपाल हिमालदेखि मलयगिरि पर्वत र गाउँ गाउँमा रहेका मस्टा माँडु (मन्दिर) अनि आखर (दैवी वाणी बोल्ने) लाटा सोझा धामीहरुकै माझबाट उकेर्न सकिने मार्ग यस पुस्तकले देखाएको छ । त्यस्तै यो पुस्तक सामान्य ग्रन्थ नभएर पश्चिम नेपालको दैवी संस्कारलाई व्याख्या गर्ने पञ्चमवेदका रुपमा प्रस्तुत भएको मैले मानेको छु । योगीज्यूले मानव सभ्यताको केन्द्र कैलाश कर्णाली क्षेत्र मान्नु भएको थियो, त्यस दाबीलाई कर्णालीसँग सेती÷महाकाली उत्तराखण्ड हुँदै बेबिलोन पु¥याउने मस्टो आदिको देवलोकका बीच टुटफुट भएका कडीहरु जोड्ने काम गर्न बझाङका श्यामबहादुर खड्काले सफलता पाएका छन् । योगीको सपना पूरा गर्ने मार्गलाई यस पुस्तकको आधारमा निरापद विकास गरेर मानव सभ्यता र संस्कृतिको खोजीको अभियानलाई नयाँ सांग्रिला देखाउन सफल छन् लेखक। त्यसैले उनलाई साधुवादले मात्र पुग्दैन, मस्टाकै कृपाप्राप्त महापुरूषको पदवी प्रदान गर्न विश्वमानव समाज अग्रसर होस् भन्ने कामना छ । जय गोरख

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 श्रावण, 2073

लेखकका अन्य रचनाहरु