झापाली हास्यव्यङ्ग्य साहित्य र चूमरे

- प्रा. जीवनाथ सुवेदी

१. विषय प्रवेश
हास्य वा हाँसो मानवनिहित भाव हो । मानिस खुसी, अस्वभाविक व्रिmयाकलाप र विकृति–विसङ्गतिमा हाँस्छ । हास्य साहित्यका विविध रस वा भाव मध्येको एक भाव हो । व्यक्ति, समाज, राष्ट्र र विश्वका विडम्बनाले हास्योत्पादन गर्छ । कुनै व्यक्ति, समूह वा विषयका घतलाग्दा सकारात्मक वा नकारात्मक पक्षका बारेमा घुमाउरो अथवा अन्योक्तिमूलक प्रतिव्रिmया व्यङ्ग्य हो । वर्तमान समयमा प्रायः नकारात्मक पक्ष वा विकृति–विसङ्गति र विडम्बनाको घुमाउरो प्रतिव्रिmयालाई व्यङ्ग्यका रूपमा लिने गरिएको छ । यसरी हास्य मानवको आवेग वा एक भाव हो भने व्यङ्ग्य घुमाउरो वा छेडपेचयुक्त प्रतिव्रिmया हो । हास्यात्मक ढङ्गले व्यक्त गरिएको व्यङ्ग्य चाहिँ हास्यव्यङ्ग्य हो । हास्य भावयुक्त व्यङ्ग्यात्मक प्रतिव्रिmया भएको साहित्यलाई हास्यव्यङ्ग्य साहित्य भनिन्छ । यस किसिमको साहित्य अन्य खाले भन्दा प्रभावकारी, रुचिकर वा लोकप्रिय हुँदै आएको छ । नेपाली साहित्यमा पनि यस्तो साहित्यको विकास भएको छ । यता झापामा समेत नेपाली हास्यव्यङ्ग्य साहित्य लगभग छ दशक पहिलादेखि नै आरम्भ भई हाल विकसित भइसकेको छ । झापाको नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नतिमा वि.सं. २०१० देखि हालसम्म श्यामकृष्ण उपाध्याय, के.बी. कार्की, चूडामणि रेग्मी, कोमलप्रसाद पोखरेल, नकुल काजी, होम सुवेदी, चूडामणि वशिष्ट लगायतका सर्जकहरूको महŒवपूर्ण योगदान रहेको छ ।
२. नेपाली हास्यव्यङ्ग्य साहित्यको सङ्क्षिप्त विवरण
आख्यान, निबन्ध, कविता र नाटक गरी साहित्यका सबै विधामा हास्यव्यङ्ग्यको प्रयोग भएको पाइन्छ । साहित्यका मुक्तक, लघु वा फुटकर कविता, कथा, निबन्ध जस्ता लधु आयामिक विधामा मात्र होइन एकाङ्की, खण्डकाव्य जस्ता मध्यम र पूर्णाङ्की नाटक, महाकाव्य तथा उपन्यास जस्ता बृहत् आयामिक विधामा समेत हास्यव्यङ्ग्यको पर्याप्त प्रयोग भएको पाइन्छ । नेपाली साहित्यमा सुवानन्द दासको कविता (नेपाली साहित्यकै पहिलो रचना, १०२६) पृथ्वीनारायण शाहको दिव्योपदेश (वि.सं.१८३१) र शक्तिबल्लभको तलहुँ भकुन्डो (१८३९) मा नै हास्यव्यङ्ग्यका लक्षणहरू देखिए पनि शक्तिबल्लभ अर्यालको ‘हास्यकलम्ब’ (१८५५) बाट स्पष्ट रूपमा हास्यव्यङ्ग्य लेखनको थालनी भएको पाइन्छ । त्यसपछि भानुभक्त आचार्यबाट यसको विकास अघि बढेको छ भने ज्ञानदिल दासबाट तीव्र व्यङ्ग्य चेतनाले भरिएका कविता सिर्जिएका देखिन्छन् । नेपाली साहित्यको माध्यमिक कालमा मोतीराम भट्ट, राजीवलोचन जोशी, गोपीनाथ लोहनी, लक्ष्मीदत्त पन्त, दोीदत्त पराजुली, लालबहादुर आउँमासी, शम्भुप्रसाद ढुङ्गेल, शिखरनाथ सुवेदी, सोमनाथ सिग्देल, चव्रmपाणि चालिसे, कृष्णलाल उपाध्याय आदि कविलेखकहरूद्वारा गद्य र पद्यका माध्यमबाट नेपाली हास्यव्यङ्ग्य साहित्य परम्पराले निरन्तरता पाएको छ । प्रकाशनको थालनी भएको यस कालमा प्रकाशित सुन्दरी (१९६३), गोरखापत्र (१९५८), सूक्तिसिन्धु (१९७४) आदि पत्रिका र सामूहिक सङ्कलनले पनि यस क्षेत्रलाई प्रोत्साहन र सहयोग गरेका छन् ।
नेपाली साहित्यको आधुनिक कालमा शारदा (१९९१), गोरखापत्र, गोरखा संसार आदि पत्रपत्रिकाका हँसी दिल्लगी जस्ता हास्यव्यङ्ग्य स्तम्भका माध्यमबाट नेपाली हास्यव्यङ्ग्य साहित्यको विकासमा योगदान पुगेको छ । लेखनाथ पौड्याल, बालकृष्ण सम, भीमनिधि तिवारी आदिद्वारा नेपाली नाटकमा हास्यव्यङ्ग्यको प्रयोग गरिको छ । कृष्णप्रसाद चापागाईं, केशवराज पिंडाली आदिबाट वि.सं. १९९७ देखि परिष्कृत हास्यव्यङ्ग्य लेखन कार्य सुरु भई विकसित भएको छ । रुद्रराज पाण्डे, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, ह्दयचन्द्रसिंह प्रधान, लीलाध्वज थापा जस्ता प्रतिभाशाली लेखकबाट यस क्षेत्रमा कलम चलेको देखिन्छ । २००७ सालपछि हालखबर, नयाँ समाज, नेपाल समाचार पत्र, समीक्षा, रचना, अर्पण आदि पत्रपत्रिकाले नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा यागदान गरेका छन् । यसै समयदेखि केशवराज पिंडालीका खैखै, फेरि उल्टै मिल्यो आदि, भैरव अर्यालका जयभुँडी, गलबन्दी आदि, विष्णु नवीन, रामकुमार पाँडे आदिका हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहहरू प्रकाशित भए । अच्छा राई रसिक, धनुषचन्द्र गौतम, मोहनराज शर्मा, घटोत्कच शर्मा, भूतको भिनाजु, भीमप्रसाद लामिछाने, ओंकार झा, श्याम गोतामे, शङ्कर कोइराला, सूर्यबहादुर पिवा, विश्वशाक्य, गोपालराज पन्त आदिद्वारा नेपाली हास्यव्यङ्ग्य साहित्यमा योगदान पुगेको छ । हाल हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, राजाराम पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, नारद खतिवडा, केदार घिमिरे, सीताराम कट्टेल, कुन्जना घिमिरे आदि हास्यव्यङ्ग्य कलाकारबाट नेपाली हास्यव्यङ्ग्य अभिनय र साहित्य अघि बढेको छ ।
३. झापाको नेपाली हास्यव्यङ्ग्य साहित्यको अति छोटो चर्चा
समाजका विकृति–विसङ्गतिबाट उत्पन्न कटुतालाई व्यङ्ग्य र हास्यमा मिलाएर साहित्य सृजना गर्ने परम्परा झापामा करिब छ दशकदेखि चल्दै आएको देखिन्छ । हालसम्म प्राप्त जानकारी अनुसार भद्रपुर निवासी श्यामकृष्ण उपाध्यायबाट झापामा हास्यव्यङ्ग्य साहित्यको आरम्भ भएको मानिन्छ । उहाँले आपूmले सम्पादन गरेको केटो (२०१०), प्रकाश, युवक (२०१८), आलोक (२०२५) आदि पत्रिकामा बाजेको चिठी, ओ बाजे ! आदि हास्यव्यङ्ग्य स्तम्भका माध्यमबाट तत्कालीन समाजका विसङ्गतिलाई औंल्याउनुभएको थियो । त्यस सँगसँगै भद्रपुर निवासी के.बी. कार्कीले कविताका माध्यमबाट मान्छेका कुलत तथा सामाजिक विकृतिका विषयमा हास्यव्यङ्ग्यात्मक अभिव्यक्ति दिनुभएको छ ।
चन्द्रगढी निवासी चूडामणि रेग्मी (१९९३, सङ्खुवासभा) का गजवाष्टक १०८ (२०५१), अरे उदेक लाग्दा कुराहरू र गजवाष्टक (२०५६) (गफडीका गफ (२०६३) पुस्तक लगायत थुप्रै रचनाहरू र व्यङ्ग्य ऋषि, गफडी, म, आरास, ज्ञानी, रसिक आदि उपनामबाट समेत प्रशस्त हास्यव्यङ्ग्यहरू प्रकाशित छन् । सुरुङ्गा, झापा निवासी कोमलप्रसाद पोखरेल (१९९९, इलाम) का मेरो सूर्य (२०५१), कवितासङ्ग्रह, हाउडी पुराण (२०५२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, अन्तव्र्यथा ः आजको (२०६०) कथासङ्ग्रह र मेरो अमेरिका यात्रा (२०६८) यात्रा निबन्धसङ्ग्रह तथा पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित छन् । उहाँको हाउडी पुराण हास्यव्यङ्ग्यको पुस्तक हो भने अन्य कथा, कविता लगायत प्रायः रचनाहरू चोटिला हास्यव्यङ्ग्यले भरिएका हुन्छन् ।
दमक निवासी कर्णकुमार श्रेष्ठ एक्ले (२०००, इलाम) को नाकको अप्रेसन (२०५८) हास्यव्यङ्ग्य कथासङ्ग्रह र पत्रपत्रिकामा फुटकर कविता, कथा, गीत प्रकाशित छन् । धुलाबारी निवासी तेजराज खतिवडा (२००१, झापा) का काव्य, उपन्यास, नाटक, कविता र कथा सङ्ग्रहहरू तथा फुटकर रचनाहरू प्रकाशित छन् । ‘ढाडेको नाकमा घिउ’ उहाँको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो । व्यङ्ग्यनारान पाण्डे, वज्रपात, ऐंसेलु झाँगे आदि छद्मनामबाट उच्चकोटिका हास्यव्यङ्ग्य लेख्ने भद्रपुर निवासी नकुल काजी (२००२, ताप्लेजुङ) का गौंथलीको बाउ र गणतन्त्र (२०६८) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत कविता, कथासङ्ग्रह, खण्डकाव्य, उपन्यास आदि थुप्रै पुस्तकहरू तथा प्रशस्तै लेख, हास्यव्यङ्ग्य निबन्ध र कविताहरू पत्रपत्रिकामा प्रकाशित छन् । धरमपुर निवासी डम्बर घिमिरे (२००२, खोटाङ) का भीष्म प्रतिज्ञा (२०५१) कविता सङ्ग्रह र पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित छन् । शनिश्चरे निवासी रोहिणीविलास लुइँटेल (२००२, तेह्रथुम) का भुमरी शोककाव्य, मेरो मानस कवितासङ्ग्रह, तीन तारा हिमाली खण्डकाव्य र अपराजेय कटाक्ष (२०५८) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । चारपाने निवासी लीला उदासी (२००६, इलाम) का आज भालेलाई बास्न निषेध छ (२०४८) र यसपल्ट पनि बाली लागेन (२०५६) कवितासङ्ग्रह, त्यो बालक कहिले जन्मन्छ ? निबन्धसङ्ग्रह आदि कृतिहरू प्रकाशित छन् ।
भद्रपुर निवासी होम सुवेदी (२००९, पाँचथर) का कालिपोके (२०४२) खुइलिएको तालु (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू, मर्माहत कथासङ्ग्रह र प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू (सम्पादित) कृतिहरू प्रकाशित छन् । अनारमनी निवासी डम्बर बस्नेत (२०१०, इलाम) का हास्य पुराण (२०५२), भताभुङ्गे चाला (२०५५) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह र फुटकर रचनाहरू प्रकाशित छन् । अर्जुनधारा निवासी भक्त खपाङ्गी (२०११, जलपाइगुडी) को जागित्रले बोलाएपछि (२०५९) हास्यव्यङ्ग्य कथासङ्ग्रह प्रकाशित छ । बिर्तामोड निवासी केशव आचार्य (२०११, ताप्लेजुङ) का आचार विचार मुक्तकसङ्ग्रह, केशव आचार्यका कविता (२०५९) कवितासङ्ग्रह र पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित छन् । ‘नाइटोमाथि नाइटोमुनि’ जस्ता मुक्तकले भावकलाई खूब हँसाउने दुहागढी निवासी डीकमान विरही (२०१२, ताप्लेजुङ—२०६४, झापा) का एउटा अठोटको स्वर र विरह कवितासङ्ग्रह तथा फुटकर रचनाहरू प्रकाशित छन् ।
उन्मुक्त हाँसो र तिखो व्यङ्ग्य प्रस्तुत गर्न खप्पिस भद्रपुर निवासी चूडामणि वशिष्ट (२०१४, शान्तिनगर) का कुरा यिनै हुन्, कसो पो गर्ने र ! (२०६१) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह र पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित छन् । भद्रपुर निवासी शारदा कोइराला (२०१४, भोजपुर) का छेस्का मुक्तकसङ्ग्रह, पोथी बासेको घर हास्यव्यङ्ग्य सङ्ग्रह, एकदिन कथासङ्ग्रह तथा हास्यव्यङ्ग्य, यात्रा निबन्ध कथा आदि रचनाहरू प्रकाशित छन् । खितिती पत्रिकामा हास्यव्यङ्ग्य प्रकाशित गर्ने शनिश्चरे निवासी कृष्ण धरावासी (२०१७, पाँचथर) का उन्मुक्तिका आवाज कवितासङ्ग्रह, बालक हराएको सूचना, भिसा हराएको धुवाँ खण्डकाव्य, सडक, मम्मी हाम्रो आमा खै ? शरणार्थी, राधा, आधा आकाश आदि उपन्यासहरू र प्रशस्त रचनाहरू पत्रपत्रिकामा प्रकाशित छन् । गरामनि निवासी रत्नबहादुर बस्नेत (२०२४, झापा) का जात्रै जात्राको यात्रामा (२०५१) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह र पत्रपत्रिकामा फुटकर रचना प्रकाशित छन् ।
यसै गरी धुलाबारीका विनोद खनाल, अमृतलाल श्रेष्ठ, अनारमनीका मदन ढकाल, बुधबारेका उमाकान्त खतिवडा, टङ्क विकल्प, बिर्तामोडका गोपीकृष्ण खनाल, भद्रपुरका डिल्लीराम निर्भीक, एस.एल. शर्मा, भवानी घिमिरे, ह्षीकेश उपाध्याय, वसन्त खड्का, प्रहिल घिमिरे (मनमोजी), हरि (अनिकाले) ओझा, घनेन्द्र शर्मा (कौडिन्य), हीरा आकाश, लीला बराल, विरही अधिकारी, पुण्यप्रसाद खरेल कृष्ण सुवेदी (निराकार), विजय खरेल आदि प्रशस्त लेखकहरूले झापाली हास्यव्यङ्ग्य साहित्यमा महŒवपूर्ण योगदा दिनुभएको छ ।
झापामा बसोवास नभए पनि झापासँग सम्बन्धित हास्यव्यङ्ग्यकारहरू माधव भँडारी, मोहनराज शर्मा, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, मनोज गजुरेल आदिको यस क्षेत्रमा महŒवपूर्ण योगदान रहेको छ । यसै गरी खेममणि काफ्ले, लीलबहादुर राई (अकेला) आदिले समेत झापाली हास्यव्यङ्ग्यका फाँटमा सहयोग पु¥याउनभएको छ ।
झापाली हास्यव्यङ्ग्य साहित्यको विकासमा पत्रपत्रिकाका स्तम्भहरू र विभिन्न हास्यव्यङ्ग्य रचनाहरूको स्थान उल्लेख्य रहेको छ । जस्तै ः
व्रm.सं. पत्रिका शीर्षक लेखक
१. युवक -बाजेको चिठी -श्यामकृष्ण उपाध्याय
२. आलोक -बाजे, ओ बाजे ! -श्यामकृष्ण उपाध्याय
३. युगज्ञान -गजवाष्टक -चूडामणि रेग्मी
४. युगज्ञान -अरे ! -चूडामणि रेग्मी
५. युगज्ञान -पुछारको पातो -मोहनराज शर्मा
६. युगज्ञान -पूmल र काँडा -विरूपाक्ष (माधव भँडारी)
७. सूर्योदय -वाङकाजीको चिठी -वसन्तकुमार खड्का
८. विवेचना -ऐंसेलुका झाँगमुनि -नकुल काजी
९. विवेचना -सत्यवादी केशरी -नकुल काजी
१०. साप्ताहिक विचार -मुक्त पातो -कृष्ण धरावासी
११. नयाँ विचार -देखेका कुरा -कृष्ण धरावासी
१२. विश्वदीप -नारदजीको नेपाल भ्रमण -मदन ढकाल
१३. विश्वदीप -गाजले बाजेको रिपोर्ट -मदन ढकाल
१४. यथार्थ कुरा -गफाष्टक -चूडामणि रेग्मी
१५. हिजो आज -गाइँगुइँ -डिल्लीराम निर्भीक
१६. विवेचना -कुरा यिनै हुन् कसो पो गर्ने -तित्रा (चूडामणि वशिष्ठ)
१७. नयाँ कामना -सुलबुँगे -गोपीकृष्ण खनाल
१८. नयाँ कामना -विविध -रोहिणीविलास लुइँटेल
यस्तै खतिती, जुही (पूर्णाङ्क ४, २०३९), सुसेली ११, २०७०) जस्ता पत्रिकाका हास्यव्यङ्ग्य विशेषाङ्क प्रकाशित भएका छन् । त्यस्तै विभिन्न स्मारिका, मुखपत्र र अन्य साहित्यिक एवं समाचारमूलक पत्रिकामा विभिन्न लेखकहरूका हास्यव्यङ्ग्य रचनाहरू प्रकाशित भएका छन् । त्यसै गरी होम सुवेदीको सम्पादनमा प्रतिधि झापाली हास्यव्यङ्ग्यकारहरू (२०६८) नामक पुस्तक पनि प्रकाशित भएको छ भने नवरङ्ग (२०५९ं), कनकाई स्वर्णवर्ष स्मारिका (२०६६), कनकाई प्रवाह (२०६८) तथा सुसेली (२०७०) जस्ता सामूहिक सङ्कलनमा झापाली हास्यव्यङ्ग्य साहित्यबारेका लेखहरू समेत छापिएका छन् । यस आधारमा पनि झापाली हास्यव्यङ्ग्य साहित्य क्षेत्रमा यहाँका पत्रपत्रिकाको महŒवपूर्ण भूमिका रहेको देखिन्छ ।
झापाली हास्यव्यङ्ग्यको विकासमा हास्यव्यङ्ग्याभिनय पक्ष पनि महŒवपूर्ण रहेको छ । यहाँ पहिलापहिला विद्यालयका शिक्षक, विद्यार्थी तथा समाजका कलाप्रेमी जागरुक र सचेत मानिसहरूद्वारा नाटक मञ्चन गर्ने र त्यस प्रसङ्गमा प्रहसनहरू देखाउने गरिन्थ्यो । हिजोआज विद्युतीय श्रव्यदृश्य माध्यमको विकासले मञ्चन पक्ष अलि कम भएको छ । हुन त हाल पनि साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा विभिन्न कलाकारहरूद्वारा हास्यव्यङ्ग्यात्मक अभिनय गर्ने व्रmम जारी नै छ । त्यस्ता अभिनय कलाकारहरूमा गोकुलसिंह राजवंशी (घैलाडुब्बा झापा), पिनाकी कोइराला, तेजबहादुर दाहाल (बाहुन्डाँगी), लीला भण्डारी (गरामनी) तथा हास्यव्यङ्ग्य चित्रकार पवन राजवंशी लगायतका व्यक्तिहरू पर्नुहुन्छ । त्यसै गरी झापाका कञ्चनजङ्घा, पाथीभरा, मेची ट्युन्स आदि एफ.एम. र तिनीहरूसँग संलग्न कलाकारहरूले पनि झापाली हास्यव्यङ्ग्य क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएको पाइन्छ ।
४. चूडामणि रेग्मीको हास्यव्यङ्ग्य लेखनबारे छोटो चर्चा
लेखनाथ चोक चन्द्रगढी (झापा) निवासी चूडामणि रेग्मी (१९९३, वाना सङ्खुवासभा) नोपाली भाषामा झर्रोवादका अभियन्ता, पत्रकार, सम्पादक, कवि÷काव्यकार, निबन्धकार, कथाकार, भाषा÷व्यकारणका लेखक र समालोचकका रूपमा झन्नै छ दशक पहिलादेखि हालसम्मका नेपाली वाङ्मयका अथक एवम् अनवरत साधकको नाम हो । लेखन कार्यमा अरुलाई समेत प्रेरणा र नेतृत्व प्रदान गर्ने रेग्मीका भावना (२०५०, लघुकाव्य सङ्ग्रह) र यक्षको पोखरा प्रवास (२०६४) कविता–काव्य, पहिलो यात्रा (२०१२), नेपाली कथा साहित्य (२०१४, सहलेखन), भुमरी २०३६) र चावी (२०५७) कथासङ्ग्रह, साधना (२०३०), धुनमा घुन (२०३५), घुमेका कुरा (२०५६), आँखा र मनका पाइलाहरू (२०६३), एउटा छाता दिनुहोला है ! (२०६४) तथा मनभित्र र मनबाहिर (२०६४) निबन्ध सङ्ग्रह, गजवाष्टक १०८ (२०५१, सवाई), अरे ! उदेक लाग्दा कुराहरू र गजवाष्टक (२०५६) एवम् गफडीका गफ (२०६३, निबन्ध सङ्ग्रह) हास्यव्यङ्ग्य कृतिहरू, पारिजात ः परिचय र मूल्याङ्कन (२०५०), कृती र कृति भाग २ (२०५३), कृती र कृति भाग १ (२०५६), वाइस समालोचना (२०५६), चिन्तन र समालोचना (२०५९) र चूडामणिका कलममा कमलमणि (२०६४, व्यक्तित्व कृतित्व) समालोचनाका कृतिहरू, नेपाली टुक्काको अध्ययन (२०४१), नेपाली भाषा र व्याकरणका केही विषय ः केही छलफल (२०५२) र तत्सम शब्दको वर्णविन्यास (२०५३) भाषा–व्याकरणका पुस्तकहरू हालसम्म प्रकाशित छन् ।
रेग्मीले छात्रदूत (२०१३), छहारी (२०१५), जनवार्ता (२०२०), मोती (२०२४), धारा (२०२४), कस्तुरी (२०२५), युगज्ञान साप्ताहिक (२०२६—२०४८), अध्ययन (२०३६), जुही (२०३८ देखि ६९ अङ्कसम्म), यथार्थ कुरा पाक्षिक (२०५२ देखि ४७ अङ्कसम्म) पत्रपत्रिका सम्पादन गर्नुभएको छ । उहाँका युगज्ञान प्रकाशनका एक दर्जन र जुही प्रकाशनका त्रिसट्ठी पुस्तकहरू सम्पादित छन् । वि.सं. २०२१ देखि मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गर्दै चन्द्रगढीमा बसोवास गरी वाङ्मय साधनामा तल्लीन रहनुभएका चूमरेका हालसम्म लिखित पुस्तक २५, सम्पादित पुस्तक ७५ र सम्पादित पत्रपत्रिकाहरू १० गरी जम्मा ११० वटा पुस्तक पत्रपत्रिकाहरू रहेका छन् । उक्त पुस्तकमध्ये तीनवटा हास्यव्यङ्ग्यका कृति रहेका छन् भने अन्य रचनामा समेत व्यङ्ग्य तथा हास्यको प्रयोग भएको पाइन्छ ।
विविध विधामा कलम चलाउनुहुने रेग्मीले नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा वि.सं. २०१२÷१३ वा आफ्नो साहित्य यात्रारम्भदेखि हालसम्म लगभग ६ दशक लामो अनवरत साधना गर्नुभएको छ । त्यसैले उहाँ नेपाली साहित्यका हास्यव्यङ्ग्यकार पनि हुनुहुन्छ । उहाँका कथा, निबन्ध लगायतका विधाहरूमा हास्यव्यङ्ग्यको प्रयोग पाइन्छ तापनि तोकिएका हास्यव्यङ्ग्य कृतिका रूपमा गजवाष्टक १०८ (२०५१, सवाई छन्दको कवितासङ्ग्रह), अरे ! उदेक लाग्दा कुराहरू र गजवाष्टक (२०५६, गद्यपद्य मिश्रित÷चम्पू) र गफडीका गफ (२०६३, निबन्धसङ्ग्रह) गरी तीन पुस्तकहरू प्रकाशित छन् ।
गजवाष्टक १०८ (२०५१) युगज्ञान साप्ताहिकका २०२६ देखि २०४८ सम्मका अङ्कहरूमा व्यङ्ग्य ऋषि छद्म नामबाट रेग्मीद्वारा लिखित र प्रकाशित सवाई नेपाली लोक छन्दका आठश्लोके १०८ वटा कविताहरूको सँगालो हो । यस पुस्तकका रचनाहरूमा तत्कालीन नेपाली समाज, राजनीति, प्रशासन, शिक्षा, भाषा–साहित्य, पत्रकारिता, अर्थव्यवस्था, उद्योगव्यापार आदि क्षेत्रका विसङ्गतिमाथि हास्यविनोदात्मक ढङ्गले व्यङ्ग्य गरिएको छ ।
यी गजवाष्टकहरूले सामाजिक भेदभाव, आर्थिक अभावका कारण सांस्कृतिक पर्व मनाउन केही वर्गलाई समस्या पर्ने र सम्पन्न वर्गले तडकभडक गर्नाले वर्गीय दुरी बढेको, टपरटुइयाँहरू प्रतिष्ठित भएका कुरालाई औंल्याएका छन् । श्रमजीवी श्रम र अभावले थिचिएको छ भने भत्ता र घुसखोर तथा ठगहरू सुविधासम्पन्न भई मोज गरिरहेका छन् । समाजमा नारीको महŒव भइकन पनि उनीहरूलाई सामाजिक–राजनीतिक व्रिmयाकलापमा सहभागी नगराएर उपेक्षा गरिएको छ । यस्ता सामाजिक विसङ्गतिमाथि यी गजवाष्टकहरूले व्यङ्ग्य गरेका छन् ।
राजनीति क्षेत्रका पञ्चायतकालीन पञ्चे, बाम–काङ आदि राजनीतिमा देखापरेका विसङ्गतिप्रति व्यङ्ग्य गरिएको छ । पञ्च¥याली, भूमिगत गिरोह, गाउँफर्के अभियान, भूमिसुधार कायव्रmम, पुनर्वास कम्पनी, वनफँडानी आदि जनविरोधी गतिविधिको उछितो काढिएको छ । पञ्चायत र बहुदलमा समेत देखिएको पञ्चे प्रवृत्तिलाई छेडखान गरी उडाइएको छ । तत्कालीन राजनीतिक परिस्थितिमा बोल्न र लेख्न नियन्त्रण, राजनीतिक भ्रष्टाचार, नियुक्तिमा टीका प्रथा, वर्गभेद, विकासनिर्माणको अभाव, भाषणमा वृद्धि र काममा ह्रास जस्ता कुराहरूप्रति हाँसो उडाउँदै व्यङ्ग्य गरिएको छ ।
प्रशासनिक पक्षको विसङ्गतिलाई व्यङ्ग्य गर्ने व्रmममा जनताको करबाट सुविधा खाएर जनतालाई उपेक्षा गर्ने वा जनताको काम नगर्ने प्रशासनिक दुश्चरित्र र गैरजिम्मेवार कर्मचारीतन्त्रलाई तारो बनाइएको छ । ढिलासुस्ती, घुसखोरी, भ्रष्टाचार जस्ता गलत कार्यमा प्रवृत्त भएकालाई हाँसो उडाउँदै व्यङ्ग्य गरिएको छ । शिक्षानीति फेरिँदा पनि शैक्षिक स्तर नबढेको, अनुशासन खस्केको, पठनपाठन कमजोर भएको, शिक्षक–विद्यार्थी आन्दोलित भएर बन्दहडताल भएको आदि शिक्षा क्षेत्रको अस्तव्यस्ततामाथि व्यङ्ग्य गर्दै प्रकारान्तरले सुधारको कामना गरिएको छ । साहित्यिक क्षेत्रमा देखापरेका चोरी, व्यापार, गुठबन्दी, साहित्यिक गोष्ठीहरूमा श्रोताको अभाव, साहित्यकारलाई असहयोग, नेपाली भाषामाथि अन्य भाषाको प्रभाव बढेको जस्ता भाषा–साहित्य क्षेत्रका विकृति–विसङ्गतिप्रति व्यङ्ग्य गरिएको छ ।
आर्थिक पक्षमा जनताले बेहोर्नुपरेका महगी, करवृद्धि, बजेटघाटा, तस्करी, सुकुमवासीका नाममा हुनेखानेले जगा लिएको, किसानले सुविधा र उपयुक्त बजारभाउ नपाएको, मुद्रास्फिती, राजनीति आर्थिक चलखेलको कारोबार भएको, घुसखोरी, ठगी, लुटपाट, गरिबी बढेको जस्ता बेथितीप्रति व्यङ्ग्य गरिएको छ । साधन, स्रोत, सुविधा र अवसरहरूमा टाठाबाठा तथा सम्पन्नहरूको मात्र पहुँच भएकाले धनी र गरिबबिच दुरी बढ्दै गएको कुराको धज्जी उडाइएको छ । लामो समयसम्म युगज्ञान साप्ताहिक समाचारपत्र र जुही तथा यथार्थ कुरा जस्ता साहित्यिक पत्रिकाको समेत सम्पादन गरी पत्रकारिता क्षेत्रको समस्या झेल्नुभएका व्यङ्ग्यकारले पत्रकारिता जगत्का विकृति–विसङ्गतिलाई पनि हास्यव्यङ्ग्यको विषय बनाउनुभएको छ । यस क्षेत्रमा सामाजिक, राजनीतिक प्रशासनिक, आपराधिक, आर्थिक आदि थुप्रै समस्या र जोखिम पनि हुने हुँदा त्यस पक्षलाई समेत हास्यव्यङ्ग्यात्मक गजवाष्टकहरूले मसिनै गरी औंल्याएका छन् ।
अरे ! उदेक लाग्दा कुरा र गजवाष्टक (२०५६) गद्यपद्य मिश्रित वा चम्पू हास्यव्यङ्ग्य सङ्ग्रह हो । यसमा अरे !, उदेकलाग्दा कुरा र गजवाष्टक गरी तीन खण्डका रचनाहरू समेटिएका छन् । यस कृतिको अरे ! खण्ड अन्तर्गत २०२६ देखि २०४४ सम्मको अवधिका लेखकका देखाइ, भोगाइ र सोचाइबाट उत्पन्न प्रतिव्रिmया व्यक्त भएका ४३ वटा संवादात्मक रचनाहरू समेटिएका छन् । यी रचनामा स्थानीय तथा राष्ट्रिय प्रचलन नै बनिसकेका धुत्र्याइँ, दलाइँ, छुच्याइँ, छलकपट आदि चारित्रिक तथा सामाजिक विकृति–विसङ्गतिको चित्रण गर्दै त्यस्ता गतिविधिप्रति हास्यविनोदात्मक ढङ्गले व्यङ्ग्य गरिएको छ । प्रत्येक रचनाका अन्त्यमा ‘के–के अरे ! जम्मै भनुँला भरे!’ भन्ने अंश जोडेर सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रका विसङ्तिलाई नङ्ग्याउने सङ्केत गरिएको छ । यी रचनामा त्रि.वि.को ढिलासुस्ती, मदन पुरस्कारमा पक्षपात, किसान–मजदुरको समस्या, उद्योगको अभाव र समस्या, महगी, राजनीतिक विकृति, वनविनाश, प्राकृतिक प्रकोप वा मौसमी समस्या जस्ता कुरालाई विषय बनाइएको छ । विकास निर्माणमा भारतको स्वार्थपूर्ण हस्तक्षेप, देशमा जुनसुकै शासन व्यवस्था आए पनि टाठाबाठाको मात्र हित भएको र निमुखो वर्ग दबिइरहेको जस्ता कटुयथार्थको आलोचना गरिएको छ । निमुखो वर्गले आफ्नो हक प्राप्तिका लागि सचेत हुनुपर्ने आवश्यकता देखाइएको छ । सामाजिक निराशा, निष्व्रिmयता र चेतना हीनताको चित्रण गर्दै त्यसैमा टेकेर सामन्ती–पूँजीपति वर्गको मनपरी चलेकाले देश र जनताको अवस्था गिरिरहेको कुरा औंल्याइएको छ ।
यस पुस्तकको गजवाष्टक खण्डमा युगज्ञान साप्ताहिकका २०२६ देखि २०४४ सम्मका अङ्कमा प्रकाशित व्यङ्ग्य ऋषिका नामबाट स्तम्भका रूपमा लेखिएका आठ श्लोके सवाई छन्दका कविताहरू समेटिएका छन् । यी अष्टकमा पनि सामाजिक÷सांस्कृतिक, राजनीतिक, भाषिक, शैक्षिक आदि क्षेत्रमा विद्यमान विकृतिलाई नै तारो बनाइएको छ । ठुुुुुुलाठालुले सामान्य जनतालाई आश्वासन दिएर छक्याउने गरेको परम्परागत सामाजिक वञ्चनालाई जनताले बुझ्नुपर्ने विचार व्यक्त गरिएको छ । यस्ता जालझेलले धनी र गरिबविचको दुरी बढेर समाजको वर्गविभाजन झन झन पैmलिँदै गइरहेको कुरालाई औंल्याइएको छ । यसै गरी यी रचनामा बुद्धिजीवी, पत्रकार जस्ता देश र समाजका सचेत एवम् अगुवा वर्ग नै पद, प्रतिष्ठा, पैसा, सुरक्षा आदिका लागि काँतर भएर शक्तिका सामु झुकेको र स्वाभिमान गुमाएको यथार्थताप्रति व्यङ्ग्य गरिएको छ । उदेक लाग्दा कुरा खण्डमा नयाँ नारा, आत्माको पुकार, जित कसको ? सत्यको, सत्यवादी, दुर्घटना, बालकको दया, उदाहरण, जोइटिङ्ग्रे, सम्पादक, जवाफ, बुज्रुक, विकासको लच्छिन, कस्तो अखबार ?, फुच्चे नेता, संवाददाता, बिल्डिङ, ठगको पर्दाफास, खसाल , युवा जोश, चुक्ली र चाकरी, प्रश्न कर्ता, साथी, भाषणपछि, यो बढेछ, गुरुजी, ‘र’ सम्म, राँको, हेलिकोप्टर, म कप्तानको छोरो, आफ्नै अनुरोध, आपैंm त महादेव कसले देओस् वर, हुनुपर्छ, धूर्त, अभिभावक, चन्दा तारा र जवानीको सोर शीर्षकका ३६ वटा गद्यात्मक वा निबन्धात्मक हास्यव्यङ्ग्य रचनाहरू समेटिएका छन् । यी शीर्षकबाटै सामाजिक क्षेत्र, पत्रकारिता जगत्, विकासनिर्माणमा भ्रष्टाचार, चाकरी प्रथा, शैक्षिक क्षेत्र तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा रहेका आपराधिक तथा राजनीतिक क्षेत्रका नकारात्मक पक्षको चित्रण गरी व्यङ्ग्य गरिएको छ । यसरी यी रचनाहरूमा समाजका साना–ठुला, धनी–गरिब, ज्ञानी–मूर्ख, शिक्षित–अशिक्षित सर्वत्र देखिएका होचीअर्घेलीलाई हास्यव्यङ्ग्यात्मक झटाराले प्रहार गरिएको पाइन्छ ।
गफडीका गफ (२०६३) रेग्मीको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हो । यसमा भद्रपुरबाट निस्कने युगज्ञान पत्रिकाका २०३५ देखि २०३९ सम्मका १०८ अङ्कमा गफडीको पातो शीर्षक स्तम्भका रूपमा गफडी उपनामबाट चूडामणि रेग्मीद्वारा लिखित तथा प्रकाशित हास्यव्यङ्ग्य निबन्धहरू समेटिएका छन् । यी रचनामा तत्कालीन समसामयिक स्थानीय र राष्ट्रिय विसङ्गत गतिविधिलाई हास्यव्यङ्ग्यात्मक गफका रूपमा प्रस्तुत गरिएको छ । दुई सय बत्तीस पृष्ठको यस पुस्तकमा पहिलो भाग र दोस्रो भाग गरेर रचनाहरूलाई छुट्याइएको छ । पहिलो भागमा गफ नम्बर एकदेखि सतहत्तरसम्मका रचनाहरू रहेका छन् भने अठहत्तरदेखि एक सय आठसम्मका रचनाहरू दोस्रो भागमा राखिएका छन् । दोस्रो भागका रचनामा वर्ण चिनारी गफ भनी ‘अ’ देखि ‘व’ सम्मका विभिन्न वर्णहरू र तिनबाट बन्ने शब्द तथा निस्कने अर्थको चर्चा गर्दै विभिन्न सामाजिक गतिविधिका नमिल्दा प्रसङ्गलाई हास्यात्मक शैलीमा व्यङ्ग्य गरिएको छ । यस पुस्तकका सम्पूर्ण रचनाहरूमा मूल शीर्षक र भित्रभित्र विभिन्न उपशीर्षकहरू दिइएका छन् । प्रत्येक रचनाको अन्तिम उपशीर्षक ‘पातमा पात ! बातमा बात !’ रहेको छ । यसलाई यसै पुस्तकको लेखक्यौलीमा हिन्दी लेखक यशपालको ‘ज्यों केले की पत्तों मे पात, त्यों सज्जनों की बातों मे बात’ भन्ने भनाइबाट प्रभावित भएर यसो गरिएको भनिएको छ । यस पुस्तकका रचनाहरूमा समसामयिक सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक, शैक्षिक, धार्मिक÷सांस्कृतिक, मानवस्वभावगत, चारित्रिक तथा व्यावहारिक पक्षमा देखापरेका विसङ्गतिको हास्यविनोदात्मक, व्यङ्ग्यात्मक एवं आलोचनात्मक ढङ्गले चर्चा गरी प्रकारान्तरले सुधारात्मक सन्देश दिइएको छ ।
यसरी स्थानीय र राष्ट्रिय क्षेत्रमा देखापरेका सामाजिक विषमतालाई विषयवस्तुका रूपमा अँगालिएका यी निबन्धको प्रस्तुतिको मूल प्रवृत्ति चाहिँ हास्यव्यङ्ग्य बन्न पुगेको छ । जीवनजगत्को वास्तविकतालाई छोएका यी निबन्धमा स्थानीय क्षेत्रका कटु सत्य, सामाजका विभिन्न अमिल्दा पक्ष, समाजसेवा, देश र जनताको सेवा गर्ने खोव्रmो ढ्वाङ् फुकेर पेट तथा घर भर्ने नेताको चरित्रलाई नङ्ग्याएर हाँसो उडाउँदै व्यङ्ग्य गरिएको छ । विशेषतः तत्कालीन भद्रपुर र नेपालकै समसामयिक गतिविधि र पञ्चायती राजनीति, बहुदल र निर्दलको चुनाव, बहुदलवादी र निर्दलवादीहरूको स्वार्थी व्रिmयाकलाप, स्कुलकलेजका विसङ्ति, व्यापारिक क्षेत्रका कालाबजारी, मिसावट र महगी, प्रशासनिक विसङ्गति, भ्रष्टाचार आदिलाई हास्यव्यङ्ग्यको तारो बनाइएको छ । पद, पैसा र प्रतिष्ठालोभका कारण चाकरी, सोर्सफोर्स, पहुँचवालाले मात्र पद, जागिर, पदक, पुरस्कार पाउने गरेको कुरालाई उदङ्ग्याइएको छ ।
५. निष्कर्ष
हास्य मानवीय भाव हो भने व्यङ्ग्य शब्दको व्यञ्जना वा ध्वन्यर्थ हो । साहित्यमा हास्य मात्र पनि प्रयोग हुन सक्छ भने व्यङ्ग्यले भरिएको साहित्यमा हास्य विलकुलै नहुन पनि सक्छ । हास्यव्यङ्ग्य साहित्य भन्नाले हास्य र व्यङ्ग्य दुवै प्रयोग भएको साहित्य भन्ने बुझिन्छ । साहित्यका यावत विधामा हास्य र व्यङ्ग्य दुवै प्रयोग हुन सक्ने भएकाले हास्यव्यङ्ग्य साहित्यको अलग विधा होइन । साहित्यका आख्यान (कथा र उपन्यास), नाटक (एकाङ्की र पूर्णाङ्की), कविता (मुक्तक, फुटकर कविता, खण्डकाव्य र महाकाव्य) तथा निबन्ध (पत्र, दैनिकी लगायत विभिन्न किसिमका गद्य रचना) गरी सबै विधामा हास्य र व्यङ्ग्यको उत्तिकै उपयोग भएको पाइन्छ ।
नेपाली साहित्यमा हालसम्म प्रथम कवि मानिएका सुवानन्द दासको ‘पृथ्वीनाराण’ (१८२६) शीर्षक कवितादेखि नै स्पर्श गरेर दिव्योपदेश (१८३१), तनहुँ भकुन्डो (१८३९) हुँदै निरन्तर अघि बढेको हास्यव्यङ्ग्य हालसम्म सबै विधामा र उत्कृष्ट ढङ्गले प्रयोग हुँदै आएको पाइन्छ । सुरुमा कवितामा प्रयोग भएको हास्यव्यङ्ग्य शक्तिबल्लभको हास्यकलम्ब (१८५५) नाटकमा प्रथमबार प्रयोग भयो भने आधुनिक कालमा भीमनिधि तिवारी, बालकृष्ण सम, लेखनाथ पौड्याल, मोहनराज शर्मा आदिले नाटकमा प्रयोग गर्नुभएको छ । नेपाली साहित्यको आधुनिक कालमा केशवराज पिँडाली, भैरव अर्याल लगायतका सिद्धहस्त हास्यव्यङ्ग्यकारले निबन्धमा पर्याप्त मात्रामा यसको प्रयोग गर्नुभएको छ । ध्रवचन्द्र गौतम लगायतका विभिन्न उत्कृष्ट साहित्यकारले नेपाली उपन्यासमा समेत यसको प्रयोग गर्नुभएको छ ।
झापामा सुरुमा श्यमकृष्ण उपाध्यायले निबन्धात्मक विधामा र के.बी. कार्कीले कवितामा हास्यव्यङ्ग्यको प्रयोग गर्नुभएको छ । त्यसपछि चूडामणि रेग्मीले कविता र निबन्धमा प्रमुख रूपमा र कथामा समेत हास्यव्यङ्ग्यको प्रयोग गर्नुभएको छ । समयका दृष्टिले रेग्मीभन्दा उपाध्याय र कार्की जेठा भए पनि पुस्तकाकार हास्यव्यङ्ग्य सङ्ग्रह प्रकाशन, एकभन्दा बढी विधामा हास्यव्यङ्ग्यको प्रयोग तथा दीर्घ साधनाका दृष्टिले पूर्ववर्ती झापाली उक्त हास्यव्यङ्ग्यकारभन्दा रेग्मी नै अग्र स्थानमा आसीन हुनुहुन्छ । रेग्मीका उत्तरवर्ती झापाली वरिष्ठ हास्यव्यङ्कारहरूमा कोमलप्रसाद पोखरेल, नकुल काजी, होम सुवेदी, चूडामणि वशिष्ट आदिको नाम आउँछ । पोखरेलका कथा, कविता र निबन्धमा नै हास्यव्यङ्ग्यको प्रयोग पाइए पनि हास्यव्यङ्ग्यात्मक कृतिका रूपमा हाउडीपुराण एक मात्र पुस्तक प्रकाशित छ । सुवेदीले कविता र निबन्ध दुवैमा हास्यव्यङ्ग्यको प्रयोग गरेको पाइन्छ भने पुस्तकाकार हास्यव्यङ्ग्य कृति दुईवटा मात्र प्रकाशन गर्नुभएको छ । काजीका हास्यव्यङ्ग्य रचनाको सङ्ख्या र गुण दुवै अब्बल भए पनि हास्यव्यङ्ग्यै भनेर चाहिँ एक मात्र पुस्तक प्रकाशित देखिन्छ । वशिष्टका निबन्धमा मात्र हास्यव्यङ्ग्यको प्रयोग छ भने उहाँको एक मात्र कृति प्रकाशित छ । त्यसै गरी पोखरेल, सुवेदी र काजीका हास्यव्यङ्ग्यमा कतै कतै व्यङ्ग्यलाई हास्यले उछिनेको देखिन्छ भने वशिष्टका रचनामा दुवै तŒव उत्तिकै बराबर प्रयोग भएको पाइन्छ अनि रेग्मीका हास्यव्यङ्ग्यमा चाहिँ हास्यलाई व्यङ्ग्यले नै उछिनेको पाइन्छ । यसरी हेर्दा हास्यव्यङ्ग्यात्मक पुस्तक सङ्ख्या र निरन्तर दीर्घ साधनाका दृष्टिले रेग्मी उत्तरवर्ती झापाली हास्यव्यङ्ग्यकारभन्दा अगाडि नै देखिनुहुन्छ भने गुणस्तरका दृष्टिले पनि पूर्ववर्ती र उत्तरवर्ती झापाली हास्यव्यङ्ग्यकार सँगसँगै रहनुभएको छ । अतः जनजीवनको दैनन्दिनी, समस्या, मर्म, सामाजिक, राजनीतिक, शैक्षिक, प्रशासनिक आदि क्षेत्रका होचीअर्घेलीलाई सरल ढङ्ले झर्रो भाषामा हास्यव्यङ्ग्यको रूप दिएर मानव चेतनालाई नित्यनिरन्तर झझक्याइरहनुहुने चूडामणि रेग्मी झापाका एक वरिष्ठ हास्यव्यङ्ग्यकारका रूपमा स्थापित हुनुभएको छ । म यस्ता प्रेरक व्यक्तित्व आदरणीय गुरु चूडामणि रेग्मीको ७८औं वर्षप्रवेशको जन्मदिका सुअवसरमा उहाँमा सुस्वस्थ जीवनको हार्दिक शुभकामना अर्पण गर्दछु ।
प्रमुख सन्दर्भ स्रोत
अधिकारी, कृष्णप्रसाद (सम्पा.) (२०६६). वरिष्ठ साहित्यकार चूडामणि रेग्मी अभिनन्दनग्रन्थ. इटहरी ः
सप्तकोशी साप्ताहिक ।
ऋषि, व्यङ्ग्य (२०५१). गजवाष्टक १०८. चन्द्रगढी ः जुही प्रकाशनका निमित्त श्रीमती वेदकुमारी रेग्मी ।
खरेल, विजय र अन्य (सम्पा.) (२०७०). सुसेली (१२÷११). मेचीनगर ः सुसेली साहित्यक परिवार ।
गफडी (चूडामणि रेग्मी) (२०६३). गफडीका गफ. चन्द्रगढी ः वेदकुमारी रेग्मी, जुही प्रकाशन ।
पोखरेल, कोमलप्रसाद (२०५९). ‘झापामा हास्यव्यङ्ग्यको खेती ः सङ्क्षिप्त विवेचना’, नवरङ्ग. (सम्पा.
डम्बर घिमिरे र अन्य). धरमपुर ः नवरङ्ग साहित्यक प्रतिष्ठान ।
रेग्मी, चूडामणि (२०५६). अरे ! उदेक लाग्दा कुराहरू र गजवाष्टक. चन्द्रगढी ः जुही प्रकाशनका निमित्त
श्रीमती वेदकुमारी रेग्मी ।
सुवेदी, जीवनाथ (२०६६). ‘झापाको नेपाली हास्यव्यङ्ग्य साहित्य’, कनकाई स्वर्ण स्मारिका. (सम्पा.
कोमलप्रसाद पोखरेल र अन्य). सुरुङ्गा ः कनकाई माध्यमिक विद्यालय ।
सुवेदी, होम (सम्पा.) (२०६८). प्रतिनिधि झापाली हास्यङ्ग्यकारहरू. चन्द्रगढी ः जुही प्रकाशन ।

सुरुङ्गा—४, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 श्रावण, 2073

लेखकका अन्य रचनाहरु