केही छिनोफानो: मोदनाथ प्रश्रितका ‘उपकथा’हरूका सन्दर्भमा

- होम सुवेदी

उपकथा, कथा, आख्यान, उपाख्यान, आख्यायिका आदि जस्ता शब्दहरू साहित्यमा आख्यानको अध्ययनका सन्दर्भमा देखिने शब्दहरू हुन् । यिनको अर्थ केही हदसम्म साम्य पनि छ । अहिले ‘कथा’ र ‘उपकथा’का बारेमा केही कुरा कोट्याउने पक्षमा म यहा“ छु । हुन त कथा र उपकथाको छिनोफानो हुने स्थिति यो होइन । यति चा“डै कुनै विषयको छिनोफानो हुन पनि सक्तैन । तथापि अन्योल भइरहेको यो ‘उपकथा’को बारेमा भने विधागत सङ्कट देखिएको कारणले केही बहस हुनु आवश्यक छ । ‘कथा’ भन्नु र ‘उपकथा’ भन्नु नजिकैका विषयहरू अवश्य नै हुन् । साहित्यको आख्यानका फा“टमा यिनको स्थान छ । साहित्यका काव्य, आख्यान र नाटक जस्ता तीन मूल शाखा वा विधा भन्दा फरक यिनको स्थान नभए पनि यिनीहरू आफैंमा केही मौलिकताको चिनारी लिएर उभिएका हुन्छन् । आख्यान भित्रका उपन्यास र कथाका फा“टमा गाभिन सक्ने तर केही नया“ रूप लिएर स्वतन्त्र रूपमा दर्ता हुन सक्ने विषय ‘उपकथा’ पनि हो । आजभोलि जेसुकैलाई पनि विधा भन्न थालिएको भए तापनि यसलाई म विधा भन्न रुचाउन्न । ‘उपकथा’ शब्दलाई साधारण बोलचालीको भाषामा पनि उपयोग गरिन्छ । “ठुलो कुरालाई पुष्टि पार्न वा रोचक तुल्याउनका निम्ति थपिएको अतिरिक्त कथा, ठुला कथा भित्रको सानो कथा” (नेपाली बृहद् शब्द कोश, २०४२, पृ १५०) भनेर यसलाई परिचय दिएको छ । वास्तवमा ठुलो कुरालाई पुष्टि गर्न वा रोचक तुल्याउन मात्र यसको उपयोग गरिन्छ भन्नु पनि पूर्णतः उपयुक्त होइन । आख्यानका साथमा गा“सिएर आएको अर्काे आख्यानलाई उपाख्यान भन्नु जस्तो हो ‘उपकथा’ । ‘उपकथा’ भन्नु कथाकै परिवेश भित्र समावेश हुने विषय हो । ‘उपकथा’ हाल्नु भनेको पनि कथा हाल्नु जस्तै हो । ‘उपकथा’ भनिएका वस्तुहरू पनि कथाकै कोटी र त्यही स्तरका हुन्छन् । यसको आकारप्रकार पनि कथाकै कोटीको हुन्छ । अतः यसको परिचयको आधाउधी भाग कथाकै हाराहारीको स्तरमा रहेको हुने कुराको केही मात्रामा छिनोफानो भयो ।
छिनोफानो हुन केही कुरा अझै पनि छन् । समस्या के पनि छ भने कथाका बारेमा नानाभा“तीका परिचय, परिभाषाहरू तेर्सिए पनि ‘उपकथा’ का बारेमा कुनै भरपर्दाे परिचय वा चिनारी पाइन्न । कथाका साथ ‘उप’ उपसर्ग जोडिएको छ र यो शब्दको निर्माण भएको हो । यसमा जोडिएको ‘उप’ उपसर्गले सन्निकट, निकटवर्ती, समकक्षी आदि अर्थ दिने देखि“दा र यसमा पनि ‘उप’ जोडिएको हु“दा कथाकै कोटीको, कथाकै निकटवर्ती वा कथाकै समतुल्य विषय हो भन्ने कुरा सिद्ध हुन्छ । सानो कथा वा किस्साको रूपमा (आप्टे ः संस्कृत हिन्दी कोश १९९७ ः २०२, मोतीलाल बनारसीदास) ले पनि यसको चिनारीलाई गम्भीरताका साथ राखेको देखिन्न । कथाकै कोटीको साहित्यको स्वरूपका रूपमा यसको स्थान रहेको हो भन्ने कुरा उनको भनाइबाट बुझिन्छ । ‘उपकथा’ भनेर पूर्व वा पश्चिममा यसको बेग्लै छिनोफानो गरेको नपाइए पछि यसलाई आफ्नै बुझाइका साथ र यसको प्रकृतिका साथ परिचय दिने काम गर्नु सान्दर्भिक हुन सक्छ । यसको चिनारीका अप्ठेरालाई त्यसरी नै समाधान गर्नु आवश्यक हुन्छ ।
अब म महाकवि मोदनाथ प्रश्रितका उपकथाका बारेमा केही छलफल अघि सार्छु । मोदनाथ स्वयंले लेखेका र उनैले ‘उपकथा’ भनिएका स्वरूपहरूका साथ त्यसका विषयहरूस“ग कथालाई ग“सोट गरेको देखिन्छ । ‘उपकथा’ का बारेमा ‘केही ठट्टा ः केही मर्का’ भित्र समेटिएका ११ ओटा रचनाहरूलाई मोदनाथ प्रश्रित स्वयंले ‘उपकथा’ भनिदिएको कारणले यहा“ समस्या उब्जिएको हो । त्यति मात्र नभनी उनले ती एघार ओटा सामग्रीलाई हास्यव्यङ्ग्य पनि भनिदिएका छन् । हुन त उनको पनि प्रस्ताव मात्र हो भन्ने लाग्छ । प्रस्ताव नै मान्य हुनु आवश्यक छ पनि छैन पनि । त्यस बाहेक उनले किताबका फेदैमा तिनलाई हास्यव्यङ्ग्य पनि भनिदिए । डा. कपिल लामिछानेले यिनलाई छिपछिप आख्यान मिसिएका निबन्धका रूपमा मानिदिए । अब तिनलाई हास्यव्यङ्ग्यात्मक निबन्ध भन्ने कि उपकथा भन्ने समस्या यहा“ पनि उब्जियो । अझ डा.लामिछानेले भने यिनलाई संस्मरणात्मक हास्यव्यङ्य तर्फ सङ्केत गरेको पाइयो । मोदनाथ स्वयंले ‘उपकथा’का बारेमा “उपकथा भन्नाले परम्परागत अर्थमा कथा भित्रको कथा, सानो कथा वा कथाको स्तर भेट्नभेट्न खोजेको कथा भन्ने बुझिन्छ । पञ्चतन्त्र, हितोपदेश आदिमा एउटा कथा भन्दै जा“दा त्यसका भु“डी भित्र ससाना उपकथा भर्दै लगिएका छन्” (भूमिका ः केही ठट्टा केही मर्का) भनेर दिएको चिनारीका माझमा र उनका उपकथाहरूका बारेमा उति धेरै तालमेल खाने स्थिति रहेको देखिन्न । यिनको अध्ययनका अन्तमा अथवा यी सामाग्रीहरूको अध्ययनपछि पाठकमा विस्मय, संशय, जुगुप्सा, घृणा र आक्रोशका भावहरू पैदा हुन सक्ने स्थिति छ । थोरै मात्र हास्य र रमरम मात्र व्यङ्ग्यको मिश्रण भएको पाइन्छ । अतः अति कम हास्य र अझ कम व्यङ्ग्य मिसिएका यी रचनाहरू वास्तवमा हास्यव्यङ्ग्य भने कमै हुन् । उनले ‘उपकथा’ भने पछि ‘उपकथा’कै खण्डतिरको चर्चामा जानु उपयुक्त होला । यसबारे डा.कपिल लामिछानेले (मुक्तिसन्देश)मा यिनलाई संस्मरणात्मक निबन्धका रूपमा मानेका छन् । बरु यो पक्ष निकै नै सान्दर्भिक छ । मोदनाथको जीवनीको मूल फा“टस“ग गा“सिएर यी ‘उपकथा’ हरू आएका छन् । उनैका अनुभव, उनैका जीवनमा घटेका घटना र उनैले भोगेका कुराहरू यहा“ उनैका संस्मरणका साथ आएका छन् । उनका जीवनका विभिन्न खण्डहरूमा देखिएका केही छिटपुट सानातिना घटनाहरूको संस्मरण यिनमा छ । तिनलाई कथात्मकता दिने काम भएको छ । अतः जीवनीस“ग जोडिएका संस्मरणात्मक लेख रचनाहरू यी हुन् । यसैले यिनलाई संस्मरणात्मक निबन्ध भन्न सकिन्छ ।
अब यसको स्वरूपबारे हामी आफैं आकलन गरौं । वास्तवमा कथाकै कोटीको र जीवनजगत्कै परिवेश र परिधिको सामग्रीको चयनबाट ‘उपकथा’ को निर्माण भएको हुन्छ । ‘उपकथा’को वस्तुनिर्माणमा काल्पनिक र वास्तविकताको अनिवार्यताको खा“चो हु“दैन तापनि यसलाई जीवनका वास्तविकतास“ग सरोकार राख्नु आवश्यक छ । जीवनका नानाभा“तीका अनुभव र अनुभूतिहरूस“ग यसको सा“ठगा“ठ रहनुपर्दा यसलाई आत्मकथ्य वा जीवनीका नजिकै रहनु आवश्यक छ । काल्पनिक वा यथार्थ जे पनि यसको वस्तुका रूपमा आउ“न सक्छन् तापनि यथार्थताको परिधिमा यसको वस्तु हुनु आवश्यक मान्नुपर्छ । वस्तुको जोहो जुन क्षेत्रबाट पनि हुन सक्छ । ‘उपकथा’ का लागि आवश्यक पात्रहरूको कुनै सीमा हुन सक्तैन, भोक्ता एक र कर्ता अनेक हुन सक्छन् । भोक्ता वर्णन गर्ने र अन्य पात्रहरू उसैको अनुभव र दर्शनमा परिभ्रमित गर्दछन् । पात्र जीवनजगत्कै परिवेशबाट टिपिएका हुन सक्छन् र हुनुपर्छ । उनीहरूले जीवनजगत्कै गतिविधिको परिचय हुने खालको कार्य गर्दछन् वा भोक्ताको अनुभवलाई कार्यान्वित गर्ने काम उनीहरूको हुन्छ । यसको आकार प्रकार कथा वा निबन्धकै आकारस“ग काटीकुटी मिल्छ । खण्डित नगरी सोझै अघि लगिएका अवस्थामा उपकथा नै आत्मजीवनी हुन सक्छ । खण्डित गरेको अवस्थामा नै यसले कथा वा निबन्धको आयामस“ग सामीप्यता पाएको हुन्छ । यसको सबै भन्दा निकटता कथा र निबन्धका साथ हुन्छ भने उपन्यास, नाटक र कविताका साथ केही दूरताको साइनो हुन्छ । यसलाई प्रस्तुत गर्ने शैली नानाभा“तीका हुन सक्छन् तापनि कथाकै बान्कीमा यसले अधिक सार्थकता पाएको हुन सक्छ । यो कथा भन्दा नौलो विषय नभएको कारणले कथा विधाकै एक कोटी भित्र पर्ने उपविधा हो भन्न पनि सकिन्छ । कथा विधाका उपविधाहरूमा लघुकथा, चुट्किला र अड्काहरू पनि पर्न सक्छन् । त्यस्तै ‘उपकथा’ पनि कथाकै कोटीको र कथाकै समकक्षी एक कथा नै हुन सक्ने भएकाले मोदनाथले र अन्य स्रोतले यसलाई कथाका का“टमा राखेको बुझिन्छ । आख्यान कम भएर वर्णन वा भावुकता बढी भए त्यस्ता उपकथाहरू संस्मरणात्मक निबन्ध हुन सक्छन् । आख्यानकै आधिक्य भए ती उपकथा नै रहन्छन् । कथालाई नै ‘उपकथा’ भनिदिनु हो भने त्यो ‘उपकथा’ हुन सक्छ । शब्दकोशले दिएको अर्थतिर ध्यान दिने हो भने ‘उपकथा’ भनेको कथाका लागि सहायक, कथालाई वा ठुलो कुरालाई रोचक बनाउन प्रयोग गरिने सानो अकारको सामाग्री हो । तर मोदनाथ प्रश्रितले लेखेका ‘केही ठट्टा ः केही मर्का’ भित्रका रचनाहरू भने माथिकोे सानो तय गरिएको परिचय भित्र भन्दा पनि संस्मरणात्मक निबन्धको परिचयमा गाभिने प्रकृतिका छन् । डा. लामिछाने यस अर्थमा निकै नै सान्दर्भिक देखिन्छन् ।
मोदनाथ प्रश्रित बाहेक कसैले नेपाली भाषामा ‘उपकथा’ भनेर यस्ता सामग्री लेखेका देखिएका छैनन् । उनले पनि शब्दकोशले भने झैं ठुला कुरालाई पुष्टि हुने शैलीले ‘उपकथा’ लेखेको देखिन्न । ‘उपकथा’ भनिएका उनका सामग्रीहरू कथाकै ढा“चामा बनेका कुराहरू जस्ता देखिन्छन् । उनका ‘उपकथा’हरू मध्ये केही मात्र माथि बृहद् नेपाली शब्दकोषले भनेको कनथस“ग सम्बन्ध राख्छन् । अन्य कतिपय भनिएका ‘उपकथा’हरूको अध्ययन गर्दा सा“च्चै नै कथाको सहायकका रूपमा नभई आफंै कथाका रूपमा पूर्ण हुने प्रकृतिका छन् । यी ‘उपकथा’हरू उपकथाकारको जीवनका कतिपय बिर्सन नसकिने घटनाका सेरोफेरोमा आबद्ध रहेका छन् । उपकथाकार मोदनाथको समग्र जीवनीलाई एक लामो कथा मान्ने हो भने त्यस लामो कथालाई उजिल्याउनका लागि यहा“ प्रयोगमा आएकाले यिनबाट सहायकको भूमिका समेत खेलेको देखिन्छ । त्यसै अर्थमा मात्र यी उपकथाहरूका रूपमा सिद्ध हुन सक्छन् । अन्यथा ‘केही ठट्टा ः केही मर्का’ भित्रका सबै उपकथाहरू कथा नै हुन सक्ने लक्षण भएका सामाग्रीहरू हुन् । मोदनाथको जीवनका लामो सूत्र भित्रको कालखण्डका संस्मरण भएको नाताले मात्र यी उपकथाको परिभाषा अनुसार दर्तिन सक्छन् । यसरी कुनै परिचय नभएको मोदनाथले उपकथा भनिदिएको अवस्थामा यिनलाई छिनोफानो गरिराख्नु पर्छ । अर्काे भरपर्दाे उपाय देखिन्न ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 श्रावण, 2073

लेखकका अन्य रचनाहरु