गजल

- कोमल भट्ट

साँच्चै जिन्दगानी,कठिन लाग्न थाल्यो
आभा हेर्छु आफ्नै,मलिन लाग्न थाल्यो

चाँडै निभ्छ क्यारे,धिपधिपाइ देख्छु
धागो सिद्धिएको,मइन लाग्न थाल्यो

खाली छैन कैले,छ अति व्यस्ततामा
दौडी राख्नु पर्दा,मसिन लाग्न थाल्यो

नाना ताप झेल्दा,मन छ व्यग्रतामा
थोरै हाँस्न पाए,सुदिन लाग्न थाल्यो

कामै काम भन्दै,जनम बित्छ होला
रोजै मात्र खल्लो र घिन लाग्न थाल्यो

"दु:खी रैछ मान्छे,सहज छैन बाँच्न"
सारा दर्द देख्दा,यकिन लाग्न थाल्यो

छन्द – स्वाक्साकाङ
विश्राम – ६ र १० अक्षरमा

चन्द्रागिरी न.पा -२१, काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 आसाढ, 2073

लेखकका अन्य रचनाहरु