गजल

- डिल्लीप्रसाद अधिकारी

तिमी यत्ति राम्री छौ कि वयान गर्न सक्तिनँ म
तिमीलाई देखेर नै अहिल्यै मर्न सक्तिन म।

कस्तो साह्रो सुहाएको तिमीले जे लाए पनि
सौन्दर्य त्यो कत्ति धेरै तय गर्न सक्तिन म।

अाँखाले नै राम्री तिमी गाला अोठ सबै राम्रा
सौन्दर्यको खोजनीमा भयो चर्न सक्तिन म

जता जाउँ गर्मी धेरै चर्को घाम लागेको छ
तिम्रो रुप पखालिन्छ पानी पर्न सक्तिन म

लक्ष्य मेरो पारी पुग्ने यात्रा तय गरें तर
वारि तिमी भएपछि खोलो तर्न सक्तिन म

शहर साह्रै कोलाहल छ, गाउँ भने रमाइलो छ
तर तिम्रो शहर छोडी बसाइँ सर्न सक्तिन म

डिल्लीप्रसाद तिमीलाई स्वप्न परी मान्छ अब
अाउ तिमी अझै माथि अाफू झर्न सक्तिन म।।।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 आसाढ, 2073

लेखकका अन्य रचनाहरु