गीत

- राजकुमार श्रेष्ठ

मन्दिरकै संघार मा खस्यो पुजा थाली
दैव पनि मेरो निम्ती बन्यौ किन जाली

बजेनन् ती घण्टाहरू मैले बजाउँदा
पछ्यौरीमा अल्झ्यो हात चुरा सजाउँदा
टुक्रिएर झर्यो भुईमा भयो खाली खाली
दैव पनि मेरो निम्ती बन्यौ किन जाली

नियती नै यस्तै थ्यो की भाग्य लेखी दिँदा
निभ्न खोज्छ दीयो अझै तेल थपिरहँदा
ढोगी रहें पाउमा उन्को सिउँदो भयो खाली
दैव पनी मेरो निम्ती बन्यौ किन जाली

मन्दिरकै संघार मा खस्यो पुजा थाली
दैव पनि मेरो निम्ती बन्यौ किन जाली

(हालै काबुलमा १२ नेपाली मारिएको घटना पछि लेखेको गीत - लेखक)

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 आसाढ, 2073

लेखकका अन्य रचनाहरु