वर्तमान समयको त्रासदी बोकेका कविता

- दीपक सुवेदी

अनुभुतिका शिखाहरूले जब काव्यसौन्दर्यका बगैँचाहरू आलोकित पार्छन्, संबेदनाका भावथुँगाहरू एकाकार भएर स्पन्दित हुँदारहेछन् अनि भरिँदारहेछन् अमृतरूपि घडा । तर हिजोका कोपिलाहरू जब न्यानो घामका किरणहरूको चुम्बनबाट टाढिन्छन्, जव जीवन त्यहाँ मुस्कुराउँन पाउँदैनन् तव अनेकौं रहस्यमय थुम्काहरूमा अनुभूतिको शिखाबाट काव्यमा शाब्दिक युद्ध हुँदोरहेछ ।
हङ्कङेली नेपाली साहित्यमा सन् २०१४ लाई नेपाली कविता वर्षका रmपमा मनाइदै छ । यसै अवसरमा जीवनलाई रागात्मक आँखाले हेर्ने कवि पूर्णिमा जी शाहको पहिलो कविता संग्रह लम्कँदै छु यद्ध गर्न (२०७०) साब्लाबुङ प्रकाशन हङ्कङले प्रकाशन गरेकोछ ।
हङ्कङको साहित्यिक सृजनशील कर्मको कृति प्रकाशनमा नारी हस्ताक्षरको अघिल्लो पङ्क्तिमा रहेकी पूर्णिमा नेपालको राष्ट्रिय महिला सुटिङ खेलाडी, नेपाल प्रहरी, सामाजिक अभियन्ता पनि हुन् । पूर्णिमाको यस लम्कँदै छु यद्ध गर्न कविता संग्रहमा मिलनको अभिलाषामा, आमा, म र वस्त्र, दैलो खोल, हजारौँको भिडमा, कनात पर्खाल, म देख्दै छु, मेरो गोर्खे, स्पर्श, लम्कँदै छु यद्ध गर्न, पहिचान, मेरो अस्तित्व, म र युद्ध, तिमीसँगै, स्वतन्त्रता, सन्ध्या, तिमीलाई शुभकामना र अर्थी गरी मझौला आकारका अठार वटा कविताहरm संकलित छन् ।
विज्ञानले अर्थात अस्त्रहरmले हिंसायुक्त युद्घ गर्ने सूरमा छैनन् । ज्ञानले प्राणी र सुन्दर प्रकृतिलाई नष्ट पार्ने षड्यन्त्रमा पनि छैनन् कविताहरm । हार र जितको फैसलाको अपेक्षा पनि छैन कवितामा । कविले गर्ने युद्घमा विजयको उच्च अभिलाषा पनि छैन न त कुण्ठाग्रस्त द्वेषनै । प्रेमका लागि युद्घरत पूर्णिमाले भनेकि छन्
आउनेछु सदा
अनेकौँ रmप धारण गरी
अन्यायको अन्त गर्न
नरोपी भाला
नकाटी शिर
फुकेर शङ्ख मस्तिष्कमा
हुने छु सदा
तिमी भित्र म
म नै हुँ जया, म नै हुँ विजया
हुने छु म घरघरमा ।
यसरी राष्ट्रिय भावधारासँगको गहिरो प्रेम छातीमा बोकेर अन्तर्राष्ट्रिय परिवेशसँगको आत्मीयतापूर्ण आशामा पूर्णिमाका कविताहरm रहेका छन् । राष्ट्रको सिमानाभित्र मात्र कैद भएका छैनन् कविताहरm । अन्तर्राष्ट्रिय परिवेशमा उचित श्रमको मूल्य खोजीमा रहेका जीवन भोगाइ पनि छन् कवितामा ।
साँच्चै, पूर्णिमाको अनुभूतिको स्वीकारोक्तिमmैँ आफ्नै देशमा पनि परदेशी जस्तो हुन्छ मान्छे । आफ्नै घरमा पनि पाहुनाजस्तो हुन्छ मान्छे । राजनीतिले, देशको अवस्थाले, अस्तव्यस्तता र भयावहले । यिनै समसामयिक युगजीवन र प्रहार, आशा—निराशा, जीवन—मृत्यु, प्राप्ति—अप्राप्ति, मोह—वितृण्ण, पराइ—आफन्त, प्रेम—घृणा आदिको दोसाँधमा बाँचिरहेका हुन्छौँ हामी । अँध्यारामा मान्छेले उज्यालोको प्राप्त्याशा साँच्दछ र अँध्यारोबोधले उज्यालोको मार्ग पहिल्याउँछ । तर कतिपय क्षण मान्छे उज्यालो भएर पनि अन्धकारमा निसासिन्छ र अन्त्यमा आफ्नो अस्तित्वको लागि युद्ध गर्न तयार हुँदोरहेछ ।
चेतनालाई निषेध गर्ने र सत्यलाई समन तथा कैद गर्ने साहस कुनै पनि शक्तिसँग लामो समय रहन सक्दैन । चेतना र सत्यका हिमायतिहरू सदैव अटल र दृढ रहिरहन्छन् भन्ने विचारधारात्मक प्रतिबद्घता र वर्गीय पक्षधरतालाई कविताले मूर्त पारेका छन् ।
यो यान्त्रिकी परिघटनामा पूर्णिमाले मान्छेलाई सचेत मानसिक दबावको सिर्जना गरेर कहाली लाग्दो यो विश्वव्यथाबाट छुटकारा पाउन सचेत आह्वान गरेकीछिन् । कविताले वर्तमान समयको त्रासदीलाई बोकेका छन् । उमेरका स्वाभाविक अनुभूतिका, निराशाका कुरा गर्दा पनि पलायन भने रोजेकी छैनन् । जीवनको स्वतन्त्र भाका र रहर लाग्दा प्रणय भावतिर कविताहरू नगएर देशको चोटतिर र संघर्ष नै जीवन हो भन्ने भावमा बारम्बार फर्किएका छन् ।

मानवीय संवेदनाको बोधले गाँसिएकोले लम्कँदै छु युद्घ गर्न कविता संग्रहभित्रका कविताहरm सजीव र सार्थक देखिएका छन् । पूर्णिमाले अन्तर्हृदयमा बोकेको पहिलो साहित्यिक विधा कविता भएकाले उनले मनको भित्री पाटोबाट कविता लेखेकीछन् । यी कसैको प्रभाव र सिद्धान्तमा बाँधिएका छैनन् । तर पनि उनका कविताहरm आफैँमा बलिया र सुन्दर छन् अनि स्वतन्त्र भएर हिँडेका छन् । सामाजिक विकृति र विसङ्गति, माया र प्रेमका भावहरm नारीपात्रका माध्यम भएर सरल र सरस भाषामा आएका छन् ।
पूर्णिमा मानवीय संवेदनाभन्दा पर पुगेर कविताको परिकल्पना पनि गर्दिनन् । फेरि कविता लेख्न बिम्व र प्रतीकहरूको खोजी पनि गर्दिनन् । पूर्णिमालाई के विश्वास भएको देखिन्छ भने प्रत्येक व्यक्तिसँग आ—आफ्नै भावना हुन्छन् र ती प्रत्येक व्यक्तिका भावनाका मूर्त रूपहरू हुन सक्छन् । कतै कतै, कसै न कसैको जीवनमा घटिरहेका घटनाहरूनै पूर्णिमाका कविताका मूल भावभूमि हुन् । आफ्नो समाज, संस्कृति र समसामयिकताबाट टाढा कल्पनाको उडान भर्दिनन् आफ्नै परिवेशलाई भूल्दिनन् र भूलेकी पनि छैनन् । यही नै चेतनशील सर्जकको चिनारी हो ।
परिवर्तित समय र समाजमा बिम्व बोकेका सृजनाहरmले साहित्यिक तिर्खा मात्र मेट्दैनन्, बौद्धिक चेतना पनि प्रदान गर्छन् । जीवनमा आउने आशा, निराशा, घटना, परिघटना, आरोह—अवरोहलाई पूर्णिमाले आफ्नो कविताको समयसीमा बनाएकीछन् । त्यसैभित्र रहेर उनले मानवीय मूल्यको खोजी पनि गरेकीछन् । कवि पूर्णिमाका कविताहरmले समाजमा छोपिएर रहेका ती अँध्यारा पक्षलाई नामझैँ भएर उजागर गरेका छन् ।
सर्जकले जहिले पनि सरल र स्पष्ट सृजना गर्नुपर्छ भन्ने मान्यतालाई पूर्णिमाले राम्ररी नै पहिल्याएको थाहा हुन्छ । त्यसैले कविताहरू निषेधित राजमार्गमmैं जटिल छैनन् । सरल, सुनशान र सिधा छन् । कृति बिम्व व्यञ्जनात्मक तथा प्रतीकधर्मी नभई युद्घ र आन्दोलनमा विचार र भाव एकत्रित नभएमmैं कविता नारामा उर्लिएका छन्, विचारमा डुबुल्कि मारेका छन् । साँच्चै समले भने जस्तै– ुजस्तो शरीरदेखि आत्माको अस्तित्व रहँदैन त्यस्तै इतिहास, ज्ञानविज्ञान, दर्शन, वर्णन, गणित आदि शरीरदेखि कविता–आत्मा भिन्न रहन सक्तैन । केवल आँखा पनि कविता हुन सक्तछ जब कवि त्यसलाई लिन्छ, अनि भावले खेलाउँछ, कसैले पनि नहेरिएको बादल कविले छुनासाथै कविता बन्दछ, कविता भावनाको बौद्घिक कोमलता हो ।’ कवितामा कलापक्ष हराए पनि आम नेपालीको जीवन र जिजीविषाभन्दा पर नरहेर, तिनका सपना र सङ्घर्षहरूलाई उपेक्षा नगरी त्यसैका बारेमा मात्र बर्णनत्मक कविता रचना गर्नै कविका रूपमा पूर्णिमालाई लिन सकिन्छ । उनको आफ्नोपनको स्वाभिमान पनि यहि हो झैँ लाग्छ, जसका कारण हङ्कङेली कविहरmकोे लस्करमा बिद्रोहको चेतनाका भिन्न रmप र रङ लिएर कवि पूर्णिमा लम्कँदै छु युद्घ गर्न मार्फत उभिएकी छन् ।

गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 आसाढ, 2073

लेखकका अन्य रचनाहरु