जीवाणुदेखि मानवसम्म पुस्तक सर्सर्ती हेर्दा

- प्रा. डा. के.आर. खम्बू

नेपाली प्रगतिशील साहित्यिक आन्दोलनको अग्रणि तथा लोकप्रिय स्रष्टा मोदनाथ प्रश्रितको नाम नसुन्ने विरलै होलान् । उहा“ बहूआयामिक प्रतिभाशाली, कुशल प्रगतिवादी विचारक मात्र होइन, आयुर्वेदिक विज्ञानदेखि आधुनिक विज्ञान जगतका वैज्ञानिक साहित्यका प्रवर्तक पनि हुनु हुन्छ । उहा“ले सामन्तवादी समाजमा विद्यमान कुसंस्कार तथा अन्धविश्वासलाई उजागर गर्दै परिवर्तन गर्न पुर्वतयारीको लागि चुनौतिपूर्ण साहित्य सिर्जना गर्नु भएको छ । टाठाबाठा, कुलीन, सामन्तवर्गले भाग्य र भगवानको आडमा सोझा–साझा जनतालाई शोषणगर्ने कालो साहित्यलाई परास्त गर्नका लागि तथ्य र सत्यमा आधारित जनसाहित्य निर्माण गर्नु भएको छ । साधारण परिवारमा जन्मेर संघर्षमय जिन्दगी सुरु गर्नु भएको डा.मोदनाथ प्रश्रित जनजागृतिको मुर्धन्य स्रष्टा र सम्वाहक हुनु हुन्छ । उहा“का हरेक कृतिहरू उद्देश्यमूलक छन् । समाजमा रहेका हरेक समस्यालाई बैज्ञानिक रूपमा विश्लेषण तथा त्यस्का समाधानका उपायहरू समेत प्रस्टस“ग प्रस्तुत गर्नु भएको पाइन्छ । जीवन र जगत्का कुराहोस् वा प्रकृतिवादी सिद्धान्तलाई होस्, वर्गीय समाजको संरचना होस् वा मुक्ति र समानताका कुरा होस्, हरेक क्षेत्रमा गहिरो अध्ययन गरी जनताले बुझ्ने गरी साहित्य निर्माण गर्नु भएको छ । उहा“का सबै कृतिहरू मन–मश्तिष्कको अ“ध्यारो कुनालाई चिर्दै ज्ञानको नया“ ज्योति दिने खालका छन् । यस्ता ज्ञानका महान सागरका कृतिको टीकाटिप्पणी गर्नु मेरो बशको कुरा होइन, तर भाषा तथा साहित्यका अथक परिश्रमी साथै झर्रो नेपाली भाषाका महानायक चूडामणि रेग्मी गुरुले म भित्रको सम्वेगलाई घच्घच्याई दिनु भएकोले साहस गरें । मेरो लागि सबैभन्दा ठुलो प्रेरणा त उहा“ले माघ महिनाको एकाविहानै जाडोस“ग प्रतिस्पर्धा गर्दै मेरो घरमा आएर डा.प्रश्रितद्वारा लिखित धेरै पुस्तकका फोटोकापी देखाउनु भयो । ती पुस्तकहरू मध्ये मैले एउटा छानें । त्यसवारे जुहीको मोदनाथ प्रश्रित विशेषाङ्कको लागि केही लेख्नु थियो । मैले पनि मेरो विषयस“ग मिल्ने तथा क्याम्पसकालमा विद्यार्थीछ“दा पढेको जीवाणुदेखि मानवसम्म नामक पुस्तक छानें ।
पुस्तकको उद्देश्यवारे भूमिकामै प्रष्टस“ग राख्तै शीर्षक परिवर्तन वारे पनि खुलाउनु भएको छ । उक्त संस्करणमा यस पुस्तकको नाम “मोनेरादेखि मानवसम्म” राखिएको थियो । वैज्ञानिक युगको प्राप्तिस“गै जीववैज्ञानिक संसारमा पनि परिवर्तन आउने क्रममा “मोनेरा” सम्बन्धी उठेको विवादलाई सरल र तर्कपुर्ण तारिकाले चौथो संस्करणसम्म (२०५८) आइपुग्दा हल गर्नु भएको छ । जीवकोषको हेगेलवादी अवधारणालाई डार्विनवादको विकासवादी सिद्धान्तले परिमार्जित गरेको कुरा लेखकले प्रष्ट्याउ“दै पुस्तकको नाम परिवर्तन गरी जीवाणुदेखि मानवसम्म बनाएको छ । उहा“को यस भूमिकालाई पढ्दा डा.प्रश्रित आधुनिक जीववैज्ञानिकहरू भन्दा अलिकति पनि कम देखिनु हुन्न । किनभने जीवको उत्पत्ति सम्बन्धी विवादलाई यति सजिलो तरिकाले बुझाउनु जीवशास्त्रीहरूको लागि पनि कठिन काम हुन्छ । यस शीर्षकमा बोल्नुपर्दा मोनेरा, प्रोकर्योटिक र युकार्योटिक सेल अथवा पुर्ण कोषको विकासक्रमलाई खुट्याउन निकै जटिल पर्छ । ती जटिलताहरूलाई सहजीकरण गर्न जीवविज्ञानका शिष्य तथा अनुसन्धान कर्ताहरूलाई मात्र होइन जीवन र जगत् वारेमा जान्न चाहने सबै जीज्ञासुहरूलाई नपढी नहुने पुस्तक छ यो । विकासवादको क्रमवद्ध इतिहासलाई १७ शीर्षकहरूमा यस सानो पुस्तकमा राखिएको छ, लगभग ८७ पृष्ठमा अटाइएको छ ।
आकारमा यो सानो पुस्तक देखिन्छ तर यसमा विकासवाद सम्बन्धी पर्याप्त ज्ञानहरूलाई समावेश गरिएको छ । जीवन तथा जगतको परिवर्तनलाई बुझ्न सजिलो होस् भन्नका लागि बिभिन्न बु“दाहरूमा वर्णन गरिएको छ ।
वास्तवमा यी विभिन्न शीर्षकहरूलाई सर्सर्ती हेर्दा पनि मानवको उत्पत्ति र समाज विकासको क्रमलाई हेर्ने दृष्टिकोण फेरिन्छ । हाम्रा मनमश्तिष्कका अ“ध्यारा कुनाहरूमा उज्यालो पस्तछ । यी माथिका विषयवस्तुहरूलाई केलाउनका लागि यस पुस्तकको शीर्षक वारेमा केही कुरा राख्न उपयुक्त लाग्छ ।
प्रश्रितज्यूले पहिलो संस्करणमा शीर्षकको पहिलो शब्द “मोनेरा” राख्नु भएको र चौथो संस्करणमा त्यसलाई परिवर्तन गर्दै “जीवाणु” बनाएको कुरा प्रष्टस“ग उल्लेख गर्नु भएको छ । मानेरावारे उठेको विवाद राम्रोस“ग विश्लेषण भएतापनि जीवाणुको अर्थ अब भेग भएर गएको छ । किनभने, जीवाणुको अङ्ग्रेजी शब्द कुन प्रयोग गर्ने त्यो समस्या देखिन्छ । जीवाणु भनेको ष्खिष्लन mयभिअगभि हो वा ष्खिष्लन mबततभच हो वा नभलभ वा म्ल्ब् वा ष्खिष्लन उबचतष्अब िहो एकिन गर्न अप्ठ्यारो छ ।
यसवारे पाठकहरूलाई बुझ्न सजिलो होस् भन्नका लागि आधुनिक जीवविज्ञानका प्रारम्भिक खण्डको अवधारणा वारे केही प्रकाश पार्ने प्रयास गर्नेछु ।
जीवविज्ञानका पाठ्यक्रम अनुसार यस विषयलाई दुई प्रकारले वर्गीकरण गरेको पाइन्छ । पहिलो पा“च समूह पद्धति ९ाष्खभ पष्लनमयm कथकतझ० र छ समूह पद्धति ९कष्ह पष्लनमयm कथकतझ० हो । पहिलो पा“च जीवसमुह पद्धति वर्गीकरण भित्र मोनेरा, प्रोटिस्टा, म्यूकोटा, प्लान्टी र एनिमालिया क्रमश पर्छन् । यसैगरी, छ जीवसमूहमा भाइरस, मोनेरा, प्रोटिस्टा, म्यूकोटा, प्लान्टी, र एनिमालिया आदिहरू क्रमशः पर्दछन् । पहिलो पा“च जीवसमूहको वर्गीकरण पद्धति अमेरिकी जीववैज्ञानिक रवर्ट एच. ह्वीट्टाकर (१९६९) ले गरेका हुन् र यो अहिले विद्यालय तथा क्याम्पसहरूमा यही पद्धति अनुसार पढाइ हुन्छ । यसर्थ यदि पा“च समूह पद्धति वर्गीकरणलाई लिने हो भने, जीवनको पहिलो रूप जर्मन जीववैज्ञानिक अर्नेस्ट हेन्री हेकले (१८६६) द्वारा भनिए अनुसार मोनेरा हुनसक्छ । अब अर्कोतिर जीवनको रूपलाइ मोनेराको अस्तित्व भन्दा अझ पर लाने हो भने छ समूह पद्धति अनुसार वर्गीकरण पद्धतिलाई लिन सकिन्छ । जस्तै, यस पद्धति अनुसार मोनेरा भन्दा पनि पर जीवनको केही गुण हुनुपर्ने समूह भाइरस अथवा विषाणु ९अयललभअतष्लन ष्लिप दभतधभभल ष्खिष्लन बलम लयल(ष्खिष्लन तजष्लनक० राखिएको छ । यो सीमासम्मको अध्ययन विकास त सूक्ष्मजीवविज्ञान भित्र पर्छ ।
जीवविज्ञानको कोष–अध्ययन ९अथतयनभलभतष्अक० अन्तर्गत कोषलाई दुई समूहमा बा“डिएको छ । नाभिकीय विहीन कोष ९उचयपबचथयतष्अ अभिि० र नाभिकीय भएको कोष वा पूर्णकोष ९भगपबचथयतष्अ अभिि० । यी कोषिकाहरू मध्य नाभिकीय सबभन्दा ठुलो हुन्छ । यो पनि नाभिकीय पदार्थहरू, जस्तै क्रोमोजोम, न्यूक्लियस आदि, हरेक क्रोमोजोम निश्चित गुणहरू बोकेको जीन (वंशाणु) मिलेर बनिएको हुन्छ । साथै हरेक जीन म्ल्ब् ९मभयहथचष्दयलगअष्अि बअष्म० को सृङ्खलाहरूले बनिएको हुन्छ । म्ल्ब् परमाणु भन्दा पर जीवनको अस्तित्वलाई स्वीकार्न सकि“दैन । हुन त म्ल्ब् को संरचनामा रहेको सृङ्खलाहरूमा लगअष्यितष्मभक, लगअभियकष्मभक तथा लष्तचयनभयगक दबकभक हुन्छन् । यी तत्वहरू एमिनोएसिडले बनेका र प्रोटिन संश्लेषण ९उचयतष्भल कथलतजभकष्क० का संरचना गर्ने एकाइहरू हुन् । यिनीहरूलाई जीवनको पूर्व आणविक पदार्थहरू मान्न सकिन्छ ।
वर्तमान समय जीवविज्ञानको अवधारणा अनुसार जीवनको उत्पत्ति सम्बन्धमा एउटा सजिलो खाले सुत्र कर्म बनाएको छ । यो अनुसार पृथ्वीको उत्पत्तिपछि सबभन्दा पहिला साधारण वस्तुहरू हाइड्रोजन, अक्सिजन, कार्वन, नाइट्रोजन आदि उत्पन्न भए । त्यसपछि अलिक जटिल वस्तुहरू पानी, मिथेन, एमोनिया आदि अनि झिल्ली जस्तो जीवनको केही लक्षण देखिन सक्ने पदार्थ ९अयबअभचखबतभक०, अनि ९mगतिष्अभििगबिच ागलनष्०, अनि प्लान्टी ९नचभभल उबिलतक० अनि एनिमालिया ९बिि mगतिष्अभििगबिच बलष्mबकि० आदि । यस अवधारणालाई प्रश्रितज्यूले पुस्तकको छैटौं र सातौं शीर्षक अन्तर्गत क्रमशः पृथ्वीमा जीवअनुकूलताको तयारी तथा प्रारम्भिक जीवनको उत्पत्तिहरूमा प्रष्ट्याउन खोज्नु भएको छ । पृथ्वी सेलाउ“दै जानु र बाहिरी अवारणमा बिभिन्न वायुहरूको उत्पत्ति भएको साथै अनेकन प्रकृतिका रासायनिक प्रतिक्रियाहरू द्वारा जीवअनुकलताको वातावारण पृथ्वीमा तयार हु“दै गएको कुरा पनि उल्लेख गर्नु भएको छ । यसलाई हामी युवियन्ट ९भ्गदष्यलत० अवस्था मान्न सक्छौं । यसै अवस्थामा जीवाणु ९ष्खिष्लन mयभिअगभिक०, वंशाणु ९म्ल्ब्०, वंशसुत्र ९अजचयmयकयmभक यच नभलभक० लाई लिन सकिन्छ । त्यसपछि त वंशाणु ९म्ल्ब् यच च्ल्ब्० मात्र पाइने विषाणु ९ख्ष्चगक०हरू अस्तित्वमा आइहाल्छ । यसपछिका उत्पत्ति क्रममा परेका व्याक्टेरिया तथा नीला–हरिया लेउहरू ९दगिभ(नचभभल बनिबभ० हरू त निर्विवाद रूपमा तपाई–हामीले अहिले पनि अवलोकन गरिरहेका जीवनका पहिलो स्वरूपहरू हुन् । यही अवस्थालाई साधारण जीवविज्ञानले प्रागकोशीय मोनेरा वर्गमा राखेका छन् । यद्यपि, यस कुरालाई पनि लेखकले सारतात्विक रूपमा व्याक्टेरिया, भाइरस तथा प्रोटीन पदार्थसम्म पुगेको कुरा उल्लेख गर्नु भएको छ ।
यस पुस्तकको हृदयको धडकनको रूपमा पहिलो शीर्षक ‘विश्वको उत्पत्ति वारे दुई थरी धारणा’ नै हो । यो विश्व दर्शन प्रगतिशील साहित्यको मूल ढोका उघार्ने महत्त्वपूर्ण सा“चो हो । विश्वलाई हेर्ने भौतिकवादी तथा आध्यात्मवादी दृष्टिकोण वारे यति सरल तरिकाले उल्लेख गर्नु भएको छ कि एक पल्ट पढ्दा ग्लुकोज खा“दा शरीर ताजा भए झैं सोच्ने मश्तिष्क उज्यालो छ्याङ्ङ हुन्छ । समाज विकासको क्रममा शोषणको जराको रूपमा रहेको भाग्यवाद कृषि युगमा वीजारोपण भएर दास युगमा फस्टाएको देखिन्छ । अफ्नो चिन्तनलाई पहिचान गर्न तथा परिमार्जन गर्दै आफूलाई नै रूपान्तरित गर्न यसले सहयोग पुर्याउ“दछ । अहिलेको विज्ञान र प्रविधिका आडमा उत्पतिको दौडमा मानिसहरू पनि सोही अनुसार प्राविधिक मनस्थिति बोकेका एकोहोरे विश्वासी हु“दै गैराखेका छन् । उनीहरूलाई कुनै पनि दर्शनका वारेमा चिन्तन मनन गर्ने फुर्सत छैन । यस्तो अवस्थामा पुस्तकका ठूला–ठूला ठेलीहरू अध्ययन मनन गर्न सम्भव पनि नभएको हु“दा सारवस्तुलाई संश्लेषण गरी लेखिएको यो पुस्तक अति नै उपयोगी छ । यो पढ्दा जीवन र जगतको उत्पत्ति वारेमा सृजिएका दुई थरी धारणा इश्वरवादी धारणा र विकासवादी धारणालाई सजिलै सित छुट्याउन सकिन्छ । एउटा किसानले अन्न उब्जाउन कडा मिहिनेतको प्रतिफल हो भन्ने कुरा सम्झन्छ तर त्यो अन्नले सामन्तको भकारी भरिंदा भाग्यको प्रतिफल हो भन्ने कुरा उसले सम्झन्छ । यहा“ किसानको चिन्तन भौतिकवादी र सामन्तीको चिन्तन आध्यात्मवादी चिन्तन हो । यसरी स्रम गर्नेको सोच भौतिकवादी र श्रमशोषण गर्नेको सोच अध्यात्मवादी भन्ने सरल तरिकाले बुझिन्छ । यस्ता कुरा छुट्याउनु व्यवहारिक रूपमा आवश्यक बनेको छ ।
डा.मोदनाथ प्रश्रित समग्रमा भन्ने हो भने दर्शन शास्त्रका तारापुन्ज हुनु हुन्छ । उहा“ले दासयुगबाट वर्ग विभाजन भै आफ्ना स्वार्थ रक्षार्थ वर्गसंघर्ष सुरु भएको र ती वर्गीय स्वार्थ रक्षार्थ भगवानवाद र भौतिकवाद प्रयोगमा आएको कुरा लेख्नु भएको छ । युगको परिवर्तनस“गै वर्गको परिवर्तन पनि भएको प्रष्ट बुझ्न सकिन्छ । जीवन र जगत्को सृष्टि कर्ताको रूपमा ईश्वरीय शक्ति रहेको कुरालाई विश्वका बिभिन्न धर्म ग्रन्थहरूमा पाइन्छ । धार्मिक अन्धविश्वासले चरम रूप लिएको यूरोपमा चाल्र्स डार्विनले ‘प्रजातिको उत्पत्ति’ ९यचष्नष्ल या कउभअभष्क० नामक आफ्नु पुस्तकमा आदम र इदको कथा केवल मिथ्या हो ९त्जभ कतयचथ या ब्मबm बलम क्ष्तजब ष्क mथतज० लेखेर चुनौति दिएका थिए । यसैगरी भारतमा धर्म पराम्परा अपनाउनु शोषक वर्गको स्वार्थ रक्षा गर्नु हो भन्ने कुरालाई प्रष्ट्याउन राहुल सांकृत्यायनले भौतिकवादी चिन्तन सहितका साहित्यिक आन्दोलन तथा वैचारिक आन्दोलन चलाएका थिए । यसैगरी हाल नेपालमा पनि गत चार दशकदेखि मोदनाथ प्रश्रित आन्दोलित हुनु भएको छ । उहा“को यो पुस्तक मात्र होइन अन्य दर्जनौं पुस्तकहरू भौतिकवादी चिन्तनले नै सृजिएका छन् । ‘अन्धविश्वासलाई चिर्न र धर्मभिरुहरूलाई नङ्ग्याउन वर्गसंघर्षले चिन्तन र खोजलाई अघि बढायो’ भन्ने शीर्षकमा विस्तार गर्नु भएको छ ।
परमाणविक गति वारे जति खोज गरे पनि अधुरै हुन्छ । अल्बर्ट आइन्स्टाइनले पनि विश्वमा कुनै पनि वस्तु स्थीर छैन भनेका थिए । सापेक्षतावादको सिद्धान्तले हरेकमा आफ्नै गति हुन्छ र यदि ती गतिहरूलाई प्रकाशको गतिमा परिवर्तन गरियो भने शक्तिमा परिणत हुन्छ भन्ने कुरा देखाउ“छ । आइन्स्टाइनको सोचाइ अझ पूर्ण नभएको कुरा अहिले अर्का भौतिक शास्त्री स्टेफान हकिन्सले प्रकाशको गतिशून्यता, कालोदुलो ९द्यबिअप जयभि० भित्र पनि सम्भव भएको देखाइरहेका छन् । यसर्थ पनि खोज अनुसन्धान र चिन्तन अनन्त छ । सुरु छ, उपलब्धी पनि छ तर अन्त्य छैन ।
पहिला पहिला अध्ययन गरिएका माक्र्सवादी पुस्तकहरू राम्रा र धेरै उपयोगी कुराहरूले युक्त हुन्थे । ती पुस्तकहरूबाट साररूपमा बुझिएको प्रकृतिलाई परिचालन गर्ने द्वन्द्वका तिन नियमहरू नै थिए । ती तिन नियमहरू गुणबाट परिमाणमा र परिमाणबाट गुणमा हुने परिवर्तनको नियम ९तचबलकायचmबतष्यल या त्रगबलतष्तथ ष्लतय त्रगबष्तिथ बलम खष्अभ खभचकब०, दुई विपरित तत्वहरूको एकता र संघर्ष ९त्जभ कतचगननभि बलम गलष्तथ या तधय यउउयकष्तभक० र निषेधको निषेध ९ल्भनबतष्यल या ल्भनबतष्यल० । हुन त यसलाई हेगेलले पनि सैद्धान्तिक तर्क पास गराएकै थिए । तर उनको तर्क आदर्शवादी थियो । यसलाई प्रकृतिको सजीव इतिहासको रूपमा भौतिक शास्त्र, रासायनिक शास्त्र, गणित, दर्शन शास्त्र र जीवविज्ञानमा प्रयोगात्मक रूपमा प्रमाणित गर्ने श्रेय फ्रेडरिक एङ्गेल्सलाई नै जान्छ । उहा“ द्वन्द्वात्मक तथा भौतिकवादका प्रवर्तक नै हुनु हुन्छ ।
मेरो अनुसन्धानको क्रममा जीवनमा एकपल्ट औद्योगिकवादी क्रान्ति पुत्र ९ष्लमगकतचष्ब िकयल० को जन्मस्थानमा गर्माएको वुपतर ताल भन्ने एउटा सहरमा पुगेको थिए“ । त्यस सहरमा अहिले एङ्गेल्सको औद्योगिक सङ्ग्रहालय ९ष्लमगकतचष्ब िःगकभगm० बनाएको रहेछ । त्यहा“ ऐङ्गेल्सका जन्मेदेखि मर्ने बेला सम्म प्रयोग गरेका सामग्रीहरू त्यसै सङ्ग्रहालयमा राखिएका छन् । त्यति मात्र होइन सामन्तवादी अवस्थाबाट औद्योगिक क्रान्ति हु“दै पु“जीवादी युगतिर संक्रमण भएको कुरालाई यन्त्र ९mबअजष्लभ०को आविष्कारले सम्भव भयो भन्नेकुरा यहा“ देखाइएको छ । कार्लमाक्र्स र उहा“ले लेखेका दर्शन शास्त्रका ठुलाठुला ग्रन्थहरू यहा“ राखिएका छन् । उहा“ले द्वन्द्ववादको सिद्धान्तलाई यहीं वुपर नदीको किनारमा अवस्थित कारखानाका मजदूरहरूस“ग आन्दोलित हु“दै प्रमाणित गरेको कुरा सङ्ग्रहालयको पथप्रथर्दक ९नगष्मभ०ले घुमाउने क्रममा बताउ“छन् । कति सजिलै द्वन्द्ववादलाई भौतिक वस्तुहरूमा प्रयोग गरेर विकासको चुलिमा पुगेको कुरा सुन्दा अचम्म लाग्दो रहेछ । त्यस ठाउ“मा अहिले पनि माक्र्स र एङ्गेल्सलाई ठुलो सम्मान दिएका छन् । वुपरताल विश्वविद्यालयले उनकै सम्मानमा एङ्गेल्स टाइम्स भन्ने समाचारपत्र प्रकाशन गरिरहेको पाइयो । जसरी त्यहा“ नमूना बनाएर द्वन्द्वात्मक भौतिकवादलाई सहज रूपमा बुझाउन सकिने बनाएको छ त्यसै गरी प्रश्रितज्यूको यस सानो पुस्तकले शब्द चित्रमार्फत गति र परिवर्तनका द्वन्द्ववादी नियमहरू सामाजिक विकास क्रममा पनि लागु भएको झ्वाट्ट आसय बुझ्न सहज बनाएको छ । यस पुस्तकमा प्रकृतिविज्ञानको प्रायः सबै विधाहरूलाई सरल तरिकाले सारसंक्षेपमा उल्लेख गरिएको छ । भुगर्भ शास्त्र ९न्भययिनथ०को मुख्य आधार पृथ्वीको उत्पत्ति वारे तर्कपूर्ण वर्णन गरिएको छ । पृथ्वीको भित्री बनोट र बाहिरी संरचना वारे सर्वसाधारणले पनि बुझ्न सकिने गरी प्रस्तुत गरिएको देख्ता कोलकाताको विरला प्लानेटोरियम होस् वा लन्डनको प्लानेटोरियम होस् वा अरु कुनै ठाउ“को प्लानेटोरियम भित्र देखिएको सौर्यमन्डल र पृथ्वीको उत्पत्तिको कला देखे जस्तै लाग्छ । अजीव चिन्तन युग भित्र यिनै कुराहरूलाई दर्शाउ“दै जीवविज्ञानको विकासवादी सिद्धान्तको आधारस्तम्भ मानिने भौगर्भिक प्राणीउत्पत्ति कालखण्ड ९श्यय(न्भययिनष्अब िएभचष्यमक० लाई चुनिएको छ । खण्ड प्रलयदेखि जीवावशेषको उत्पत्तिसम्म पनि छाडिएको छैन । हाम्रो देशको एउटा सानो ढुङ्गाको टुक्रा भित्रको जीवअवशेषको चापले कसरी पृथ्वीको वास्तविक इतिहास वताइरहेको छ भन्ने कुरा यो शीर्षक पढ्दा मनन गर्न सकिन्छ । बाहिरी आ“खाले देखिने परिवर्तन मात्रै पृथ्वीलाई सन्चालन गर्ने परिवेश होइन तर यसलाई त नदेखिने भित्री कारणहरू नै हुन् । यी सबै परिवर्तनका नियमबद्ध प्रकृया भित्रै छेलिरहेका हुन्छन् भन्ने सन्देश दिनु यो पुस्तकको विशेषता हो ।
पृथ्वी र जीव उत्पत्तिको इतिहासलाई सरलरूपमा पा“च खण्डहरूमा बा“डिएको कुरालाई पनि पढ्न कम चाखलाग्दो छैन । प्रायः मानिसहरू कालखण्डमा उल्लेख गरिएको संख्या गन्न भ्याउ“दैनन् । अनि ती कालखण्ड र उत्पत्तिलाई मान्न रहस्यमय तरिकाले विश्वास गर्न पुग्छन् । यी सबै अन्तर्निहित तथ्य कुराहरू हुन् । यो अवधारणाबाट जबसम्म सोचाइलाई ढाल्न सकिन्न, तबसम्म अन्धविश्वासलाई त्याग्न पनि सकिन्न । अनि हामी विज्ञान विषय र प्रविधिका उन्नतिलाई रहस्यमयी आ“खाले नै हेरिरहेका हुन्छौं । इतिहास पट्यार लाग्दो हुन्छ भन्ने गुनासो मैले पनि धेरै सुनेको छु । अझ मानिसलाई पृथ्वीको उत्पतिस“ग जीवनको उत्पतिवारे अनुमान गर्न निकै सतर्क हु“दै सोचाइलाई त्यतैतिर केन्द्रित गर्नुपर्छ । जीवनको उत्पत्ति हामीले देखेको वाहिरी सन्सार जस्तै अवश्य थिएन । सबभन्दा पहिले पृथ्वीमा कसरी जीव उत्पत्तिको लागि अनुकूल बन्दै गयो होला भन्ने कुरा बुझ्न जरुरी पर्छ । जीवनको प्रारम्भिक चरण पानीमै भएको थियो । पानीका जलचर प्राणीहरू कसरी करोडौं वर्षपछि सरलबाट जटिल संरचनामा परिवर्तन हु“दै गएका थिए । यस्ता जीवविज्ञानका आधारभूत सिद्धान्तहरूलाई जीवहरूको पानीबाट जमिनमा संक्रमण भन्ने पाठमा वर्णन गरिएको छ । जमिनबाट रुखमा र फुल पार्नेबाट स्तनधारी जन्तुतर्फ संक्रमण भएको तथ्यलाई पनि समग्रमा प्रस्ट्याइएको छ । यो वर्णन जीववैज्ञानिक दृष्टिकोणले वर्गीकरणस“ग ठ्याक्क नमिल्ला तर विकासवादको अनुकूलताको नियमस“ग भने मिल्दोजुल्दो देखिन्छ । जीवविकासको क्रममा प्रस्तुत गरिएका बिभिन्न वैज्ञानिकहरूका सिद्धान्तहरूलाई यस पुस्तकमा सारै राम्रोस“ग समीक्षात्मक रूपमा राखिएका छन् । लामार्कवादको वातावरणको प्रभाव, अङ्गहरूको प्रयोग र दुरूपयोग अनि आर्जेका गुण सन्तानमा सर्ने अवधारणा आदि सूक्ष्म रूपमा भए पनि खुलस्त पार्नुभएको छ । यसै गरी डार्विनवादी सिद्धान्तलाई बा“च्नको लागि संघर्ष, प्रकृतिको छनोट अनि प्रजातिको उत्पत्ति वारे सर्वसाधारणले पनि बुझ्ने गरी नेपालीपनमा ढाल्नु भएको छ ।
यस पुस्तकको नकार्नै नसकिने वैज्ञानिक पाटो भनेको अन्तिम तिरका मानव उत्पत्ति र विकासवाद सम्बन्धी पाठहरू नै हुन् । यो पढ्दा प्रश्रितज्यू वास्तविक रूपमा नृतत्त्वशास्त्री नै हुनु हुन्छ भन्ने प्रमाणित हुन्छ । यहा“ मानवविज्ञानका आधारभूत कुराहरूलाई कति सजिलै तरिकाले नेपाली शैलीमा अभिव्यक्त गर्नु भएको छ कि अङ्ग्रेजी पुस्तकमा धेरै पल्ट पढ्दा पनि अवधारणा स्पष्ट नहुने कुनै कुनै कुराहरू हुन्छन्, जस्को उदाहरण विदेशी परिवेशमा गरिएका हुन्छन्, त्यस्ता कुराहरूलाई विद्यार्थी तथा शिक्षकहरूलाई यसले सजिलो बनाइदिन सक्छ ।
वंशविज्ञान ९नभलभतष्अक०को वारेमा पनि प्रष्ट उदाहरणहरू दिएका छन् । यहा“नेर खट्केका कुरा नमाङ्कनमा पनि देखें । जीन भनेर वंशबीज भनिएको छ । मेरो विचारमा जीन नभएर जीन्स ९नभलभक० हुनुपर्ने हो । चलनचल्तीमा जीन्सलाई वंशाणु भनिने गरेको छ । अर्कातिर जेनस भन्नाले वर्गीकरणको सुत्रमा प्रजातिहरूको साझा गुण भएको जाति समूह हो । तर नाम जे भए पनि आसय त्यही भएकाले बुझिन्छ नै । जीवप्रविधि ९दष्यतभअलययिनथ०को अत्याधुनिक प्रगति र त्यसले मानव समुदायमा दिएको फाइदा वारे यति राम्रो तरिकाले वर्णन गर्नु भएको छ कि, सबै वर्ग र तहका पाठकहरू सजिलै बुझ्न सक्छन् । यो पनि यसको अर्को विशेषता हो । जीवविज्ञानमा एउटा चाखलाग्दो नियम छ जसलाई जीव वंशविज्ञानको नियम ९दष्य नभलभतष्अ बिध० भनिन्छ । यसको मतलब मानवको जीवनचक्र इतिहासले पुख्र्यौली इतिहासलाई दोहोर्याउछ । यसको अर्थ अर्धकोषहरू शुक्रकीट र डिम्ब मिलेर एउटा पूर्ण कोष बन्नु, पूर्ण कोषबाट अनेकौं परिवर्तन हु“दै जन्म हुनु, बालक घस्रेर हिडनु, वामे सर्नु, ताते गर्दै हिड्न थाल्नु, अनि सामान्य जीवन बिताउ“दै मश्तिष्कको प्रतिस्पर्धामा उत्रिनु आदि । यही हो पुख्र्यौली इतिहास दोहोरिनु भनेको । किनभने यहा“ शुक्रकीट र डिम्बलाई मोनेरा, गर्भाधानपछि बनिएको पूर्णकोष प्रोटिस्टा, र त्यसपछि क्रमशः बहुकोषीय अवस्थाहरूलाई देखाउ“दै जान्छ । भ्रुणको विकासक्रममा केही हप्ता माछाको, अनि केही हप्ता उभयचरको, केही हप्ता सरीसृपको, केही हप्ता चराहरूको हु“दै मानव स्वरूपमा आइपुग्छ । त्यसपछि पनि बालकले देखाउने प्रारम्भिक लक्षणहरू पहिले बा“दरस“ग, ढेडुस“ग, नरवानरस“ग हु“दै विकसित मानवसम्म आइपुग्छ । त्यसपछि मश्तिष्कको विकास र चेतनाको स्तर बाल्यावस्था, युवावस्था, वयस्क तथा वृद्ध अवस्थामा पुगी विश्राम लिन्छ । यही रहस्यमयी जीवन इतिहासलाई वैज्ञानिक साहित्यिक तरिकाले बुझाउन सक्नु यो पुस्तकको प्रमुख लक्ष रहेको पाइन्छ ।
यहा“नेर खण्ड प्रलयका कुराहरूमा हिमयुग र महान खडेरी युगलाई चित्रित गरिएको छ । जीवनहरूको उत्पत्तिपछि पनि संसारमा ठुला परिवर्तनहरू भएका छन् । भौगर्भिक विचलनले महादेशीय तखताहरूलाई वरपर सार्ने प्रक्रिया कैयौं युगसम्म चलिरह्यो साथै अहिले पनि चलिरहेको छ । अहिलेको छ महादेश र छ महासागरहरूको उपस्थिति सजिलै भएको होइन । एउटा टुक्रने र अर्कोस“ग गा“सिने लामो प्रक्रियाको परिणाममा नै अहिलेको महादेशीय स्वरूप भएको हो । जस्तै गोन्ड्वाना द्विपबाट टुक्रेर आएका दुईवटा भूभागहरू उत्तरतिर सर्दैजा“दा एउटा अफ्रिकातिर गई मडागास्कर भन्ने टापू भएर बस्यो । अर्को भूटुक्रा अझ अघि बढ्दै एशियाको तिब्बती पठारमा ठोक्किएर भासिंदा टेथिस सागरको भूभाग चुलिएर हिमालय पर्वतमालाको सृजना भयो । यसरी पछि जोडिएको खण्डलाई इन्डिया भनियो । यो पछि आएर जोडिएको नौलो प्रायद्विप भएकाले यसको नाम भौगोलिक आधारमा पूर्वीय प्रदेश राखियो । अहिले हामीहरू प्यालेर्तिक भूभाग र पूर्वीय भूभागको माझमा चुलिएर बनिएको हिमाली प्रदेशमा छौं । स्वभावैले तलतिरबाट आएको पूर्वीय भूभागमा दक्षिणतर्फ पाइने वनस्पति र जन्तुहरू लिएर आएकै हुनाले नया“ क्षेत्र हिमाली क्षेत्रतिर संक्रमण भएकै हो । कालान्तरमा यो क्षेत्र नेपाल देश भयो र यहा“ भएका वनस्पतिहरू र सबै जन्तुहरू नेपाली भए, जो आज हामी छौं । यसर्थ यहा“ दुबै परिवेशको सङ्गम विन्दू भएर संसारकै अलग्ग प्रकारको विशिष्ट भएको भूभाग तथा प्रकृतिका दृश्यहरू वनस्पति र जन्तुका प्रजातिहरू तथा सामाजिक जनजीवन रहेका पाइन्छ । यो वास्तविकतालाई बुझ्न पनि यो पुस्तकले ठुलो मद्दत गर्छ ।
मानव अवशेषको आधारमा रामापिथेकस, जावा मानव, पेकिङ मानव, क्रोम्याग्नन मानव, निअन्डर्थल मानव हु“दै आधुनिक मानवसम्मको विकास कसरी भएको थियो भन्ने कुरालाई पनि शब्द चित्रद्वारा प्रकाश पार्नु भएको छ । यो पुस्तकको मानवको उत्पत्ति र विकास भन्ने पाठ सिध्याउ“दा मलाई आफू जर्मनी बसाइको अन्तिमतिर घुमेको निअन्डर्थल सङ्ग्रहालयको सम्झना आयो । निअन्डर्थल मानव पत्ता लगाउने वैज्ञानिक ए. फुल्रोटको सम्झनामा स्थापना गरिएको फुल्रोट म्युजियम भित्र निअन्डर्थल मानवको जीवावशेषबाट पुनसंरचना गरिएको पूर्णकदको मूर्ति त्यही सङ्ग्रहालय भित्र थियो । निअन्डर्थल मानव सङ्ग्रहालय भित्र प्रश्रितज्यूले यस पुस्तकमा लेख्नुभए झैं जङ्गली अवस्था, ढुङ्गाका हतियार चलाउने युग, माटाका भा“डाकुडा बनाउने अवस्था इत्यादि अवस्थाहरू झल्कने नमूनाहरू बनाएर खण्डखण्डमा राखिएका छन् । ती मानवका नमूना मूर्तिहरू र उनीहरूका वासस्थानको परिवेश सा“च्चि नै जस्तो लाग्दथ्यो । मान्छेहरू बोल्लान्–बोल्लान् जस्ता अनि ढुङ्गाका हतियार चलाउ“दै गरेका वा आगो फुक्तै गरेका हेर्दा कम चाखलाग्दो थिएन । तिनै कुराहरू यो पुस्तक भित्र विचरण गर्दा हरेक पाठकले पाउन सक्छन् ।
पुस्तकका अन्तिम दुई भाग सबभन्दा महत्त्वपूर्ण अंश शरीर विज्ञान सम्बन्धी छन् । भौतिक मश्तिष्क नै चेतनाको उद्गमविन्दु हो भन्ने कुरालाई सरल र तर्कपूर्ण तरिकाले वर्णन गरिएको छ । यसमा मश्तिष्कको बनोट र कार्यहरूको वारेमा मिहीन तरिकाले भनिएको हु“दा पाठकको बुझ्न खोज्ने जिज्ञासालाई बढाइ दिन्छ । उहा“ले वडो कुशलता पूर्वक निन्द्रा कसरी लाग्छ, सपना कसरी देखिन्छ, भोक–प्यास कसरी लाग्छ आदि कुरालाई छर्लङ्ङ पार्नुभएको देख्ता उहा“का ज्ञानचक्षु कति गहिरोसम्म पुगेर यो लेख्नु भएको हो अनुमान लगाउन सकिन्छ । एक कुशल नृविज्ञानका विशेषज्ञले भन्दा पनि सहज तरिकाले वर्णन गर्नु भएको छ । यसैगरी अन्तिम पातो मश्तिष्कको आकार र चेतनाको स्तर नामक पाठमा मश्तिष्कको आकार र स्मरण शक्ति वारे तुलनात्मक रूपमा व्यक्त गर्नु भएको छ । यो जीवविज्ञानको अन्तिम पाटो हो जसलाई इथोलोजी भनिन्छ । कुकुर, स्याल, मृग, बाघ र ब“देलको तुलनात्मक विश्लेषण गर्दै मश्तिष्कको क्षमताको विकास रहन–सहन, खानपान आदिमा आधारित हु“दै विकसित भएको वर्णन छ । मश्तिष्कको सबभन्दा उच्चतह विकसित रूप भनेको सिक्ने क्षमताको विकास हो भन्नेकुरा बा“दर, चिम्पान्जी र मानिस बिच तुलनात्मक अध्ययन र त्यसको प्रगतिवारे पढ्न पाउ“दा मख्ख परिन्छ । जीवजन्तु तथा मानव समुदाय सधैं गल्तीबाट ९तचष्ब िबलम भचचयच० सिक्तै आफ्नो चेतनाको स्तर बढाउ“दै अघि बढिरहेको कुरा यस पाठबाट सिक्न सकिन्छ । यसबाट लेखक जन्तु विज्ञानको अनुभवी विशेषज्ञ पनि देखिनु भएको छ ।
लेखकले बिचबिचमा झर्रा नेपाली शब्दहरू प्रयोग गर्दै विज्ञानका पट्यारलाग्दा वाक्यहरूलाई मिठास थप्नु भएको छ । जस्तै ... “पानीबाट जमिनतिर जीवहरू सानो बालक ताते–ताते गर्दै अघि बढेझैं बिस्तारै संक्रमण भयो । आमा भ्यागुत्ताले फ्यात्त फुल पारेर छाडे झैं, सूर्यले आगो झैं जिब्रो निकालेर पृथ्वीको वनस्पति र प्राणीलाई चाटिदियो, गड्डामा लडेको शरीर विस्तारै घस्र“दै अघि बढ्यो । आम्मै कत्रा शरीर थिए तिनीहरूका, जमीनबाट रुखमा चढ्नु जीवहरूको परिवर्तन क्रान्तिकारी छलाङ थियो, गुलेली पनि चलाउन नजान्ने पुर्खाहरूका सन्तानले अन्तरीक्ष विजय, धर्नाढुक लागेर घन्टौं कोसिस गरिरह्यौं, सुरक्षा कवच झैं ...” आदिलाई लिन सकिन्छ । यस्ता धेरै उदाहरणहरू छन् । यसै गरी पुस्तकमा भनिएको वा वर्णन गरिएका महत्त्वपूर्ण वस्तुहरूको रेखाचित्र द्वारा प्रष्ट्याउनु त उहा“को मौलिक विशेषता नै हो ।
जेहोस् यो सानो पुस्तकमा सानो माइक्रो चिपमा विशाल कुरा अटाए झैं सृष्टिका सारा कुरा यस भित्र अटाएको छ । गा“ठी कुरा चाहिं के हो भने लेखक हरेक पाठमा द्वन्द्ववादी चिन्तनमा कति पनि विचलित हुनु भएको छैन । यस्ता कुरा अन्य पुस्तकमा पनि कहींकहीं भेटिएला तर हरेक पाठमा भौतिक वस्तु र चेतनाको वारेमा तुलनात्मक रूपमा गालेर समाज विकासको गतिस“गस“गै सिमारेखा कोरेर अर्जुन दृष्टिका साथ टुङ्ग्याउन कुनै लेखक–साहित्यकारले गर्न सकेका छैनन् । उहा“का हरेक वाक्य वैज्ञानिक पद्धतिमा आधारित भएकाले कहीं प्रश्न उठाउने ठाउ“ छैन ।
समग्रमा यो पुस्तक पढीसक्ता मैले म आफैंलाई मूल्याङ्कन गर्न सक्ने भए“ । प्रगतिशील वैज्ञानिक साहित्यको लक्ष्मण रेखा कोर्न सक्ने भए“ । आफैंले जाने–बुझेका ज्ञान–विज्ञानका कुराहरूलाई परिमार्जन गर्न सक्ने भए“ । विज्ञानका यिनै विधाहरूलाई चेतनाबाट भौतिक वस्तु पैदा भयो भन्ने समूहले कसरी व्याख्या गरेर रनभुल्लमा पारेका रहेछन् भन्ने कुरा बुझ्न सक्ने भए“ । यसर्थ यो पुस्तक वैज्ञानिक तथ्य र सत्यमा आधारित लेखहरूको एक अमर सङालो हो । यो कहिल्यै पुरानो हु“दैन, अनि यहा“ उल्लेखित प्रकृतिका नियमहरू कहिल्यै मर्दैनन् पनि । यस्ता पुस्तक हरेक समाजका चेतनशील पाठकले अध्ययन–मनन गर्न जरुरी छ । यस्तो पुस्तक विद्यालय तथा क्याम्पसको कोर्स भित्र पनि समावेश गर्न आवश्यक छ ।
अन्तमा यो पुस्तक नेपालको वैज्ञानिक साहित्यको सुत्रधारको रूपमा सधैं बा“चिरहोस् र प्रगतिशील दृष्टिकोणलाई धारिलो बनाउने साधन बनिरहोस् भन्ने कामना गर्दछु ।

भद्रपुर, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 आसाढ, 2073

लेखकका अन्य रचनाहरु