नेपाली जन्ता भन्या को हुन् हँ ?

- सुमी लोहनी

नेपाली जन्ता भन्या को हुन् हँ ? तपैँलाई था छ कि ? के वाहियात प्रश्न सोध्या तिमी हामी नै त हौँ नि नेपाली जन्ता भन्या भन्नुहोला । साँच्चै, के नेपाली जन्ता भन्या हामी नै हौँ त ? पहिला पहिला त पुस्तौँदेखि यहीँ बसोबास गर्दै आ’का, नेपाली नागरिकता पा’का आदि सबै नेपाली जन्ता हुन् भन्ने लाग्थ्यो । तर केही समयदेखि ठूला बडा नेताका भाषण र कुरा सुनेर यो सबै भ्रम रहेछ भन्ने लाग्न थाल्या छ ।

बुभ्mनु भएन कुरा ? ल अझै प्रष्टसँग भन्छु अनि त तपैँ पनि यो कुरामा पक्कै सहमत हुनुहुनेछ ।

तारे, हसियाँ, हथौडा, कलम, रुख, गाई, हलो आदि भएका टुटेका, फुटेका, जुटेका सबै ठूला नेताहरूको भाषण र कुरा ध्यान दिएर सुनी उनीहरूको व्यवहार हेर्नुभयो भने तपैँ सामू पनि यो प्रश्न खडा हुनेछ कि नेपाली जन्ता भन्या को हुन् भनेर । टाउके, लाउके, खाउके सबै नेताहरू हामी जन्ताका भलाई र हित्का लागि यसो गर्छौँ, उसो गर्छौँ, यति गर्दागर्दै पनि भएन भने जन्ता माझ जान्छौँ र फेरि आन्दोलन गर्छौँ भन्दै फलाक्छन् । यस्ता त्यस्ता राम्रा काम जे जति भ’का छन् ती सप्पै जन्तालाई सुख सन्तोष दिन उनीहरूका हित् र भलाइका लागि ग¥या हौँ भन्दै कुर्लन्छन् । यसरी भएभरका सप्पै ठूलाबडा नेताले सिर्फ नेपाली जन्ताका लागि निश्वार्थ भै आपूmजस्तै राम्रा नै राम्रा काम गरेपछि त पक्कै पनि सबै नेपाली जन्ता सुख शान्ति पाएर आनन्दित् भ’का होलान् नै ¤ तर तपैँ हामीले चाहिँ यस्ता राम्रा काम कुरा कतै भएका देख्या सुन्या अनुभव ग¥या पटक्कै छैनौँ । ल अब भन्नुस् त त्यत्रा महान् र ठूला सधैँ साँच्चो मात्र बोल्ने अति इमान्दार वाँहरूले तपैँ हाम्रै लागि यो काम कुरा गरेको हो भन्नु भा हो त ? अब वाँहरूले नेपाली जन्ताका हित् र भलाइका लागि गर्नु भा ती सबै राम्रा काम कुरा देख्न सुन्न त के कुनै छनक मात्र पनि हामीले पाएका छैनौँ । अब हामीजस्ता सर्वसाधरणले त्यत्रा ठूला वाँजीहरूका कुरा नपत्याएर वाँहरूलाई अविश्वास गर्ने धृष्टता पनि त गर्नु भएन नि !

वाँहरू सधैँ नेपाली जन्ता, नेपाली जन्ता भन्नुहुन्छ । अब भन्नुस् त को हुन् ती भाग्यमानी नेपाली जन्ता ? जस्का खातिर नेतानेतृ र मन्त्री सधैँ चिन्तित हुनुहुन्छ । उनीहरूकै लागि भनेर नानाथरीका आन्दोलन गर्नुहुन्छ, फेरि पनि गर्छु भन्नुहुन्छ । साँच्चै भन्नुस् त के ती नेपाली जन्ता तपैँ हामी नै हौँ ? अँह, पटक्कै हैन । नयाँ नेपालका नयाँ, पुराना, ठूला, भुरा सप्पै नेताहरू सुगा रटाईका तालमा जस्का लागि मैले यसो गरेँ, उसो गरेँ, अब यो, त्यो गर्छु भनेर थाक्दैनन्, ती जन्ता तपैँ हामी हैनौँ किनभने हामीले त दुःखकष्ट, अभाव, अशान्ति आदि बाहेक केही राम्रा कुरा पाएकै छैनौँ । त्यसैले वाँहरूले भन्नु भ’का ती जन्ता अरू नै कोही हुन् जस्का लागि वाँजीहरू त्यत्रा विघ्न धेरै राम्रा काम कुरा गरेँ, गर्दैछु, गर्नेछु भनिबक्सिन्छ । के कसैलाई था पत्तो छ र भन्न सक्छ ती अति महान् र ठूला नेतानेतृ, मन्त्रीज्यूूज्यूनीले मर्जी भा नेपाली जन्ता भन्या को हुन् ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 आसाढ, 2073

लेखकका अन्य रचनाहरु