गजल

- प्रज्वल पाैडेल पि स्क्‍वाएर

तिम्राे मेराे एउटै, घर हुन्छ हुन्‍न ?
तिम्राे नाममा मेराे, थर हुन्छ हुन्‍न ?

धेरै भएछ भेट, नभएकाे पनि
काखैमा बस्न खाेज्दा, डर हुन्छ हुन्‍न ?

खेल्दै जाँदा पाैडि, लाग्‍न सक्छ थकाई
मायाकाे चाैतारीमा, वर हुन्छ हुन्‍न ?

समयसँगै अब, यात्रा माेडिदैछ,
गाउँ जस्तै प्रिय शहर हुन्छ हुन्‍न ?

खाली सिउँदाे भर्ने, साेच राखेँ भने
साेच्दैछु विश्वास र भर हुन्छ हुन्‍न ?

सैपू ७, रामेछाप

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 आसाढ, 2073

लेखकका अन्य रचनाहरु