परिवर्तनका संवाहक प्रश्रितको नाट्यकारिता

- गङ्गाराम ढुङ्गेल

देवासुर सङ्ग्राम तथा मानव महाकाव्य पद्य लेख (काव्य) र ‘जीवाणुदेखि मानवसम्म’ गद्य लेख जस्ता चर्चित कृतिबाट नेपाली साहित्यमा आफ्नो छुट्टै परिचय दिन सफल सर्जक हुन्, मोदनाथ प्रश्रित । २०२०को दशकदेखि नै उदीयमान स्रष्टा तत्कालीन परिस्थिति अनुसार एक विद्रोही साहित्यकारका रूपमा चिनिएकाले उनलाई प्रगतिशील साहित्यकारको कित्तामा राखिएको पाइन्छ । तटस्थ पाठकको नजरबाट हेर्दा प्रश्रित शुद्ध सामाजिक तथा जनताका साहित्यकार हुन् । अहिले सम्म प्राप्त २९ भन्दा बढी रचनाहरूले उनलाई अव्वल दर्जाका जनसाहित्यकार मान्न सकिन्छ । प्रायः सबै विधामा सफलता साथ कलम चलाउने प्रश्रितको बहुआयामिक व्यक्तित्वको खास मूल्याङ्कन हुनै बा“की छ । यसै सन्दर्भमा उनको नाट्यकारिता पहिल्याउने सानो प्रयास गरिएको हो ।
प्रगतिशीलता र प्रश्रित ः
संस्कृत शब्द गतिशीलको तात्पर्य हो, सक्रियता । व्यक्तिको सक्रियताले समाज र समाजका समग्र स्रष्टाहरू मध्ये एकथरी परम्परावादी र रहस्यवादी अध्यात्मवादको वकालत गर्दछन् भने अर्का थरी परिवर्तनकारी भौतिकवादको वकालत गर्दछन् । दुवैले आआफ्नो पक्षलाई वस्तुवादी ठान्दछन् । साहित्यलाई समाजको चित्रण गर्ने एउटा भरपर्दो माध्यम ठान्नेहरू समाजको बनौटलाई पनि भौतिकवाद भित्र राख्दछन् । सामाजिक परिवर्तनको गतिलाई तत्कालीन राजनीतिक र प्रशासनिक व्यवस्थाले समेटेको छ कि छैन ? भनी हेर्दा भौतिकवाद भित्र पनि यथास्थितिवादी र क्रान्तिकारी (प्रगतिवादी) दुई ध््रुवमा देखा पर्दछन् । परम्परा र तत्कालीन शासन व्यवस्थाको संरक्षण गर्ने सामाजिक भावलाई यथास्थितिवादी भनिएको हुनु पर्दछ भने परम्परा र तत्कालीन शासन व्यवस्थाबाट असन्तुष्ट बनी समय सापेक्ष रूपमा सुधार गर्न सुझाव सहित नया“मार्ग (उपाय)को खोजी गर्दा परम्परा र शासन व्यवस्थाको विरोध गर्ने प्रगतिवादी मानिन थालेका हुन् । यस तात्पर्यमा प्रगतिशील शब्दको अर्थ सा“गुरिएर विद्रोही र क्रन्तिकारी भन्ने मात्र बुझिन थालेको छ । फराकिलो अर्थमा प्रगतिशीलको प्रयोग चाहिं जनस्तरको स्रष्टा, जनताको साहित्य कला लोकप्रिय सर्जक,आदि भन्ने हुन्छ । यसै कोेटी वा समूहको सर्जकमा मोदनाथ प्रश्रितलाई राख्न सकिन्छ ।
नेपालमा प्रगतिशील साहित्य सिर्जना कहिलेदेखि हुन थाल्यो ? त्यो सबेैको आ–आफ्नो अड्कलवाजी र खोजीको विषय हो । जन–चाहना अनुरूपको कला–साहित्य सिर्जना गर्ने र परम्परागत मान्यताको विरोध गर्ने विरोधी साहित्य मात्र प्रगतिशील मान्न थलिएको छ । बीसांै शताब्दीको थालनीस“गै यस किसिमको साहित्य सिर्जनाको थालनी भएको देखिन्छ । हृदयचन्द्र सिंह प्रधान, रमेश विकल, डी.पी. अधिकारी आदि दर्जनौं स्रष्टाहरूले यस फा“टलाई अघि बढाएका छन् । यस फा“टमा उदाएका नया“ र सशक्त सर्जक हुन् – मोदनाथ प्रश्रित ।
साहित्यकारका रूपमा प्रश्रित ः
वि.सं.१९९९ साल असार ६ गते अर्घाखा“ची जिल्लाको खिदिम निवासी श्रीघनश्याम उपाध्याय र बालिका देवी उपाध्यायका सुपुत्रका रूपमा जन्मिएका प्रश्रितले धेरै विषयमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेको देखिन्छ । आमाको आ“शु, (सङ्कलित कविताहरू), जब चल्छ हुरी, बुबा खै ?, देवासुर सङ्ग्राम, गोल घरको सन्देश, (कविता सङ्ग्रह र खण्डकाव्य–महाकाव्यहरू), देशभक्त लक्ष्मीवाई, चोर, उपकथा र कथाहरू, (आख्यान), पचास रूपिया“को तमसुक, सपनाहरू उपहार देशलाई, मन्त्रीजी, बुद्ध र चाण्डाल युवती, (नाट्य रचना), अतीतका पाइलाहरू, आमाको काखमा, मानसपटका तस्वीरहरू, नारी बन्धन र मुक्ति, जीवाणुदेखि मानव सम्म, नानीहरूलाई कसरी असल बनाउने ?, भूत–प्रेतको कथा, धर्म र नारी, केही सांस्कृतिक निबन्धहरू आस्था र प्रथा – एक विवेचना, जन सांस्कृतिको नया“ दिशा, जीवनको बाटोमा आदि दर्जनौ गद्य लेख सङ्ग्रहहरू छन् (हेर्नु — नव रङ्ग पृ ३७०) । यी बाहेक अन्य थुप्रै फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइरहेका छन् । यिनका विभिन्न साहित्यिक रूपहरू छन् ।
वैचारिक नाट्य शिल्पी मोदनाथ प्रश्रित ः
नाटककारका रूपमा साहित्यकार प्रश्रितको विवेचना गर्न उनका केही एकाङ्कीहरूलाई आधार बनाइएको छ । प्रश्रितको चर्चित नाट्यकृति पचास रूपिया“को तमसुक हो । योबाहेक मन्त्रीजी, बुद्ध र चाण्डाल युवती, सपनाहरू उपहार देशलाई, यी तिन एकाङ्कीहरू मात्र यस पाठकले फेला पारेको हु“दा यिनै नाट्य कृतिको सामान्य परिचयबाट प्रश्रितको नाट्यकारिता पहिल्याउने कोशिस गरिएको छ ।
वैचारिक लघु नाटक मन्त्रीजी ः ‘प्रगतिशील विचार प्रवाह भएको यस एकाङ्कीले (वि.सं २०४६—२०५२) बीचको राजनीतिक र प्रशासनिक व्यवस्थालाई विषयवस्तु बनाएको छ । मन्त्री निवास यसको रङ्गभूमि (रङ्गमञ्च) हो । मन्त्रीको बैठकका दुई कोठामा यो एकङ्कीको फैलावट सीमित छ । मुख्य पात्र धनीराम रहेको छ । कमला, पियन, अञ्जु, केही गुण्डाहरू, केही भारतीय व्यक्तिहरू र केही व्यापारीहरू यस एकङ्कीका सहयोगी तथा अन्य पात्रहरूको भूमिका निर्वाह गर्न आएका छन् । यस कृतिको कथ्य विषय नेपालको संसदीय प्रजातान्त्रिक व्यवस्था (२०४६पछि)मा देखिएका विकृति र विसङ्गतिलाई उदाङ्गो पार्नु हो । त्यसैले एकाङ्कीकार धनीराम (मन्त्री) पात्रको चरित्र चित्रणमा त्यसबेला सत्ता समाल्ने पार्टीका मन्त्री र तिनका गतिविधिहरूको यथार्थ चित्र उतारिएको छ ।
हुन त अहिले सम्म विश्वमा रामराज्य समान हित गर्ने, कसैमाथि अन्याय अत्याचार नहुने, कानुन र विधि अनुसार सञ्चालन हुने, मानव अधिकारको पूर्ण सुरक्षा र पालना हुने, राष्ट्रियताको पूर्ण पालन हुने, सबैे भन्दा उत्तम व्यवस्था नै संसदीय प्रजातान्त्रिक व्यवस्था हो भनिंदै आएको पाइन्छ । यसैको वकालत गरी स्वनामधन्य प्रजातन्त्रवादी नेताहरूले भत्ता पचाउदै गरेको पनि देखिरहेछौं । यस व्यवस्था भित्र खासगरी निमुखा, सोझा–सिधा नागरिकले अधिकार प्राप्तिको अवसर पाउनु भन्दा अवसरवादी चरित्र भएका टाठा–बाठा धूर्त, छट्टुहरूकै हालिमुहाली चल्दो रहेछ भन्ने चित्रण स्वयं धनीरामको चरित्र चित्रणमा फेला पार्न सकिन्छ । एकङ्की अनुसार धनीराम मुलुकको एउटा शक्तिशाली मन्त्री हो । ऊ जनताको काम गर्न भन्दा आफ्नै निवासको कार्यालयमा बिहान ७ बजेदेखि नै रक्सी धोकेर बस्छ । अरु कोही भेट्न आएमा भित्र ‘जरुरी मिटिङ छ’ भन्नू भनी पालेलाई अराउ“छ । आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुने खालका मान्छे भेट्न आएको खण्डमा ऊ तुरुन्त भित्र बोलाउ“छ र पत्नी कमलालाई मिठोमिठो खाजा बनाउन लगाउ“छ । यति मात्र होइन कोरा भाषण गरी जनतालाई झुक्याउने, भ्रममा राख्ने, परिवारका सदस्यहरू मध्ये अशिक्षित छन् भने तिनलाई आफ्नो छलकपट नदेखाई बहादुरी र स्वार्थी काम मात्र देखाउने, आत्मरतिमा रमाउने प्रवृत्ति धनीरामका चरित्रमा स्पष्ट देख्न सकिन्छ । अघिल्लो दिन आफूले कुनै कार्यक्रममा गरेको कोरा भाषण रेडियो समाचारमा सुनिन थालेपछि धनीराम पत्नी कमलालाई सङ्केत गर्दै आफ्नो बहादुरी देखाउ“छ, आत्मरतीमा लठ्ठ हुन्छ । दिनदिनै विभिन्न व्यक्तिहरूबाट सम्पत्ति बटुल्ने पतिदेवको आदर्शपूर्ण भाषण सुनेपछि उसकी पत्नी देशको एउटा जिम्मेवार मन्त्रीले बोली र व्यवहारमा फरक देखाउ“दा छक्क पर्दछे र भन्छेः— ‘भाषणमा त त्याग, तपस्याका कुरा छन्, लोभ, लालच र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने कुरा छन् । तर .....सब थोक विर्सेर सकेसम्म बढी धन सम्पत्ति कसरी जोर्ने भन्ने धूनमा लागेका छौं हैन र ?’ पृ ९९ भनी सोध्दछे । उसको सोधाइमा सामान्य नेपाली जनताको प्रश्न समावेश भएको छ । प्रत्युत्तरमा मन्त्रीको जिम्मेवारी प्राप्त धनीराम पत्नीस“ग यसो भन्छ— “भाषण र आफ्नो भित्री कुरा एउटै हुन्छ त लाटी ∕ सिद्धान्त र भाषण जनताका लागि हुन्, धन सम्पत्ति आफ्ना लागि । आखिर मन्त्री भएको बेला सक्दो नकमाए ढाक्रे भएको बेला कमाउने त ?” पृ ९९ संसदीय प्रजातान्त्रिक व्यवस्थाका पक्षधर नेता र मन्त्रीका यस्ता कुरा सुनेर कमला आसचर्य चकित हुन्छे र तुरुन्त भन्छे– “कुरामा समाजवाद, काम भने कमाउवाद गर्न थालेपछि अरुले के भन्लान् नि ?” पृ ९९ सोझी कमलालाई धूर्त मन्त्री धनीराम यसरी जवाफ दिन्छ— “हात्तिको देखाउने र चपाउने दा“त छुट्टै भए जस्तै समाजवादमा छुट्टाछुट्टै काम हुन्छ, समाजवादको माला जपेर बसे त जोगी जस्तै भई हिडे भइगयो नि ? ‘यसै मौकामा घुस खाएर भए पनि कमिशन खाएर भए पनि सात पुस्तालाई सुतेर खान पुग्ने कमाउनु छ ।” पृ १०० यसरी खुलेआम घुस खाने र सम्पत्ति कमाउने साधन र अवसर प्रजातान्त्रिक व्यवस्था मान्ने अवसरवादीहरूको शासनबाट यो देश कसरी विकसित हुन्छ ? भन्ने मूल प्रश्न नाटकले अघिसारेको पाइन्छ ।
प्रजातान्त्रिक शासन भएका मुलुकमा आफ्नो लोग्ने मन्त्री बनेपछि सबै मन्त्रीका स्वास्नी नडराउलान् तर यस नाटकमा धनीरामकी पत्नी कमला भने डराएकी छे र आफ्ना पतिस“ग यसरी सोध्दछेः— “ठुल्ठुला घुस र कमिशन सित हाम्रो नाम जोडेर मान्छेहरू जुलुस र आमसभाहरूमा कराउन थाले, संसद पनि थर्केको थक्र्यै छ । पत्रपत्रिकाले पनि लेखेको लेख्यै छन् ।” पृ १०० वास्तवमा प्रजातान्त्रिक व्यवस्था भएका मुलुकमा के हुनु पर्ने हो ? त्यस कुरामा कमला सचेत बनेकी छे । उसको प्रश्नमा जनताका प्रश्नहरूको प्रतिनिधित्व भएको मान्नु पर्दछ । यस किसिमका स्वच्छ शासन व्यवस्था सञ्चालनको अपेक्षा राख्ने सचेत व्यक्तिहरूलाई समाजवादी प्रजातान्त्रिक व्यवस्थाका पक्षधर मन्त्रीको जवाफ यस्तो छ— “आः कराउन देउ न ∕ कुकुरहरू भुक्दै राख्छन्, हात्ती ंिहड्दै राख्छ ।” पृ १०० वास्तवमा प्रजातन्त्रको पुनर्वहाली (२०४६) पछिका तत्कालीन मन्त्रीहरू घमण्डले चुलिएका थिए । शासन सत्ता सधैंका लागि आफ्नै वपौती हो भन्ने ठानी आफुलाई अमूल्य मत दिएर जिताउने सबै जनतालाई कुकुर सरह मान्ने सोचाइको प्रतिनिधित्व उक्त भनाइबाट भएको मान्न सकिन्छ । यतिमात्र होइन विदेशी खास गरी भारतका व्यापारीहरू नेपालका मन्त्रीहरूलाई कुन हैसियतको ठान्दछन् ? मन्त्रीहरूस“ग कस्तो व्यवहार गर्दछन् ? भन्ने कुरा धनीराम मन्त्रीको यस भनाईबाट थप पुष्टि हुन्छ—‘आज भारतका एकजना उच्च स्तरीय मान्छे यहा“ आउने कुरा छ । ठूलो मौका हो यो । सक्दो हात पार्नुपर्छ’ पृ १०० विचरी सरल स्वभावकी कमला विदेशको कर्मचारी भन्दा त स्वदेशको मन्त्री ठूलो होला भन्ने ठान्दछे । उसलाई स्वदेश प्रति विदेशीको कस्तो दृष्टिकोण रहेको छ र उनीहरू नेपाली शासक प्रति कस्तो व्यवहार गर्दछन् ? भन्ने पूरा हेक्का छ । त्यसैले ऊ यसो भन्न समेत पछि पर्दिन— “भारतका साहु महाजनले हाम्रो देशमाथि आ“खा गाडेका छन् भन्छन् ।’ पृ १००
यस नाटकको पात्र मन्त्री धनीराम आफ्ना कार्यालयमा अरु कसैलाई प्रवेश गर्न दि“दैन । आफुलाई गुण्डागर्दी गरी चुनावमा जिताउने मुषण्ड युवाहरू आउ“दा बडो हर्षले स्वागत गर्दछ । आफ्नो चुनावी क्षेत्रका प्रतिद्वन्द्वी र संसदमा प्रतिपक्षी ठानिएका व्यक्ति र समूहमाथि के कस्ता झुटा मुद्दा र झुटा अभियोग लगाएर अपहेलना गर्न सकिन्छ, जनता सामू कसरी तिनीहरू खराव हुन् भन्ने भ्रम फैलाउन सकिन्छ ? आदि विभिन्न विषयमा त्यसको योजना बनाई ती पालिएका मुषण्डहरूलाई सरकारी ढिकुटीबाट उचित भत्ताको व्यवस्था गराउ“छ । यसको पुष्टि यी अभिव्यक्तिबाट भएको पाइन्छ— “हिजोको जुलुसमा पूरै शान्तिपूर्ण तरिकाले जाने कतै तोडफोड नगर्ने निर्देशन थियो, त्यसैले हामी त्यस जुलुस भित्र छिरेर जोशि“दै नतोकिएका चर्का नारा पनि लगायौं, जुलुस भड्किने गरी बीचैमा पुलिसलाई ढुङ्गाले हिर्कायौं । त्यस पछि त दोहोरो हानाहान भयो । हामीले त्यही खोजेका थियौं । त्यसै निहु“मा सात जनालाई थुनाउन सफल भयौं ।” पृ १०१ गुण्डाहरूको यस किसिमको कार्यबाट हौसिएर मन्त्री ती पालित गुण्डाहरूलाई पैसा दिन्छ र अझ यसरी हौस्याउ“छ— “पैसाको व्यवस्था भैहाल्छ । यिनीहरूलाई मासिक सात हजारका दरले दिने र पहिलेको भन्दा दोब्बर पैसा बढाएर पठाउने व्यवस्था गर्नू भनी मातहतका कर्मचारीबाट सरकारी पैसाको दुरूपयोग गरिएको देखाइएको छ ।” पृ १०२ ।
त्यतिमात्र होइन अझ नेपालमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिशन तन्त्रको सञ्जाल कसरी पैmलिएको छ र त्यसले सरकारमा सामेल सशक्त मन्त्रीहरूलाई कमिशनको फन्दामा कसरी फ“साएको छ, भन्ने देखाउन एकाङ्कीकारले मन्त्री धनीरामको कार्यालयमा केही भारतीय व्यापारीहरूको प्रवेश गराएका छन् । तिनीहरू एकातिर लालची मन्त्रीलाई मोटो रकम दिएर कसरी फ“साउछन् भन्ने यो दृश्य र सम्वादले उदाङ्गो पारेको छ (ब्रिफकेश खोलेर नोटका बिटा र एउटा कपडाको थैलो देखाउदै) आगन्तुक एक भारतीय व्यापारी भन्छ— “यहा“ चार लाख रुपिया“ र यसमा चार किलो नम्बरी सुन छ ।” पृ १०३ यसरी विदेशी दलालहरू चुनावका बेलादेखि नै मन्त्री हुनसक्ने उमेद्वारलाई आफ्नो फन्दामा फसाउ“छन् भन्ने पुष्टि हुन्छ । ती दलालहरू उनीहरूका आफ्ना मान्छे नेपालको जेलमा अन्तराष्र्टि«य लागु पदार्थ ओसारपसार गर्ने अपराधीहरूका रूपमा थुनिएका हुन्छन् । तिनलाई छुटाउने प्रयत्न पनि गरिरहेका हुन्छन्, भन्ने प्रमाण यस सम्वाद भित्र पाइन्छ ‘एक जना मान्छे हिजो अलिकति सुन सहित एयरपोर्टमा पक्राउ परेछ । पहिले त्यो मान्छे पञ्चायतको थियो । त्यसलाई मैले नै काङ्ग्रेसमा प्रवेश गराएको हू“ .. । त्यसले आफ्नो व्यापारबाट पार्टीलाई सघाइ पनि रहेको छ । त्यस बेला पनि दुई–तिन लाख चन्दा दिएको थिए“, थुनामा परे पछि पार्टीलाई पनि नोक्सान हुन्छ, बेइजेत हुन्छ ।’ पृ १०३ यस सम्वादले पार्टी प्रवेश र अदल–बदलमा दलाल र तस्करहरू बढी हुने गर्दछन् । तिनीहरूको स्वार्थ मौलाउदै जा“दा राजनीतिक पार्टीको अवस्था कस्तो हुन्छ ? भन्ने सहजै अनुमान गर्न सकिन्छ । त्यस किसिमको प्रजातान्त्रिक पार्टीबाट देशले कसरी उन्नति गर्छ होला ? यो पनि अनुमेय विषय नै हो । नेपाली भाषामा एउटा किम्वदन्ती प्रचलित छ । त्यो के भने ? मारवाडीले सम्पत्ति कमाए पसलको सङ्ख्या बढाउ“छ, पहाडे नेपालीले सम्पत्ति वा नाम कमाए स्वास्नी जोड्दछ’ । यो किम्वदन्ती अनुसार नै धनीराम मन्त्री नहुञ्जेल कमलाबाट सन्तुष्ट रहन्छ भने मन्त्री बनेपछि अञ्जु भन्ने युवतीस“ग उसको हिमचिम बढेको हुन्छ । कमलाबाट जोगाएर रखौटीको रूपमा राखिएकी अञ्जुलाई धनीरामले विवाह गर्छु नै भनी फकाएको हुन्छ । मन्त्री धनीरामले फन्दामा पारिएकी अञ्जु धनीरामस“ग यसो भन्छे — ‘अँ अब म यसै कति दिन बसिरहने ? भोलिभोलि भनेर हजुरले धेरै आसवासन दिइसक्नु भयो । हामी भित्री रूपले पतिपत्नी भएको पनि वर्ष दिन भन्दा बढी भैसक्यो । अहिले त पेटमा बच्चा पनि दुई महिनाको भैसक्यो ... ‘अब तुरन्तै बिहे गर्छु, धन्दा नमान ∕’ भन्नु भएको होइन ?’ पृ १०६ यसरी कुरा समाते पछि धनीराम चाहिं अञ्जुलाई यसरी फकाउ“छ— ‘हो त्यसो त, तिम्रो लागि एउटा घर पनि किन्न लागेको छु । तर यो गर्भ त यसै राख्न भएन नि ? तुरन्तै गुप्त रूपले डाक्टरकाहा“ गएर एवोर्सन गराइहाल्नु प¥यो, नत्र दुबैको नाक काटिन्छ ।’ पृ १०६ संयोगले धनीरामको कार्यालयमा दुवै युवती भेट भएपछि भनाभन गर्छन्, कपाल लुछालुछ् गर्छन्, बल्लबल्ल छुट्याएर अञ्जुको हातमा नोटको बिटो थमाएर धनीराम भगाउन सफल हुन्छ । त्यस पछि कमलास“ग आत्मसमर्पण गर्दछ ।
प्रजातान्त्रिक संसदीय व्यवस्थाका पक्षधर मन्त्रीहरूको चरित्र कति भ्रष्ट भइसकेको छ ? भन्ने धनीरामको चरित्रमा देखाइएको छ । राजनीतिक पद, प्रतिष्ठा आर्जन गरेका प्रजातान्त्रिक मन्त्रीहरूलाई न कुनै इज्जतको ख्याल छ, न कुनै समाजिक डर छ, न त उनीहरूबाट आदर्श र सिद्धान्तको कुनै पालना नै भएको छ, बरु राजनीतिक भ¥याङ्बाट पद र प्रतिष्ठा प्राप्त गरेपछि जस्तोसुकै तरिकाले भएपनि सम्पत्ति कमाउन थाल्दछन् । यो चलन नेपालको राजनीतिक परम्परामा स्थापित भइसक्यो भन्ने कुरा छर्लङ्ग पारिएको छ, भन्न सकिन्छ ।
प्रजातान्त्रिक व्यवस्थाका पक्षधर मन्त्रीहरूमा राष्ट्रभक्ति भन्दा भारतभक्ति सयौं गुणा बढी रहेको हुन्छ, भन्ने तथ्य पनि यस नाटकले अघि सार्न खोजेको देखिन्छ । यति मात्र होइन भारतीय व्यापारी र उच्च पदाधिकारीहरूको नेपाल प्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुरा पनि प्रस्तुत गर्न खोजिएको छ । मन्त्री धनीराम र आगन्तुक भारतीय उच्च पदाधिकारी बीच भएको सम्वादले यस कुरालाई छर्लङ्ग पारेको छ— ‘हम ने प्रधानमन्त्री जी और हमारे राजदूत के साथ बैठ कर भारत नेपाल सम्बन्ध के बहुत से विषयों मे गम्भीरता से बातचित की है । ... आप की पार्टी को संसद मे जिताने के लिए हमने उतना सहयोग किया । संसद और सरकार चलाने के बारे में ढेर सारे सुझाव दिए । लेकिन हम को लगता है कि आप लोग उस ढंगसे चल नहीं रहे हैं्र । ... टनकपुर का इतना छोटा सा मामला आपलोगों ने अभी तक हल नहीं किया । आगे इस से बडे बडे काम कैसे कर सकेंगे ? पृ १०९ जवाफमा नेपाली मन्त्री भक्तिभाव देखाउदै यसो भन्छ— ‘भारतीय उद्योगपति, व्यापारी और मजदूरों को सब जगह हमने खुला कर दिया है । विश्वास कीजिए, हमलोग भारत के प्रति पूरी बफादारी के साथ काम कर रहे हैं । ... अगर आपलोगों से भरपूर सहयोग मिलेगा तो अब के चुनाव में पैसा, बन्दुक, गुण्डे और हर तरह की धा“धली से भी दो तिहाइ सीट लाएगें, तब आप और हम जो चाहेंगे सो कर सकेंगे ।’ पृ १११ नेपाली जनताका प्रतिनिधि भएर मन्त्री बनेका जिम्मेवार व्यक्तिको यस किसिमको भारत भक्ति र चुनावमुखी उद्देश्य अनि भ्रम पारी षडयन्त्र गर्ने ध्येय थाहा पाए पछि भारतीय नेता वा पदाधिकारीले दिने आस्वासन स्वभाविक रूपमा स्वार्थपूर्ण तथा हेपाहा किसिमको हुन्छ भन्ने पुष्टि यी भनाइबाट पनि सजिलै बुझ्न सकिन्छ— ‘चुनाव अच्छी तरह जीतने के वाद सब से पहले संविधान में रहे धारा १२६ को बदलना होगा । उसके वाद पञ्चेश्वर, कर्णाली लगायत बा“की नदीयों मे हुवा सन्धि को समीक्षा होना चाहिये । यहा“ के उद्योग धन्दे और संस्थान नेपालीयों से चलने वाले नही“ है’ पृ ११२ यति आसवासन पाएको नेपाली मन्त्री राष्ट्रको माया भन्दा बढी भारत भक्ति यसरी देखाउछ— ‘आप फिकर मत किजिये, ... नेपाल और भारत का एकीकरण के लिए हमलोग हमेशा तत्पर हैं, बसर्ते कि भारत के हमारे पार्टी को पूरा सहयोग मिले’ पृ ११२ वास्तवमा नेपाल र नेपालीको सम्बन्ध मित्रराष्ट्रस“ग कस्तो हुनु पर्छ र यसलाई नेपालको हित हुने गरी कसरी समान रूपले सह अस्तित्वको सिद्धान्तका आधारमा शासक वर्गले परिमार्जन गर्दै लान्छन् ? भन्ने देशभक्त नेपालीहरूको चासोको विषय हो । नेपालको शासकीय इतिहासमा २०४८ सालपछि आएको राजनीतिक परिवर्तनले शासक वर्गमा के कस्ता विकृतिहरू देखि“दै र विकसित हु“दै गए ? तिनीहरू मध्येकै एउटा पाटोको चित्रण मात्र हो, यस नाटकको विषयवस्तु । नेताले काम भन्दा कुरा धेरै गर्नु, कोरा भाषण गरेर जनतामा भ्रम फैलाउनु, आफ्नो स्वार्थ सिद्धिका लागि पार्टीका कार्यकर्ता खटाउनु, विदेशी दलालको दलालीमा रम्नु, विदेशी व्यापारीको इशारामा नेपाली योजनाहरू बनाउनु आदि अराष्ट्रिय कार्यहरूलाई नै यस नाट्य कृतिले अघि सारेको छ । यसको मुख्य पात्र धनीराम (मन्त्री)को चरित्र चित्रणबाट स्पष्ट उक्त समय पछिका शासक वर्गको कुप्रवृत्ति र विशेषताहरू झल्किएका हुन् । यिनै राष्ट्रिय गतिविधि र प्रवृतिहरूलाई उदाङ्गो पार्नु यस नाटकको विषयगत विशेषता हो भने शासकवर्गमा आएको अराष्ट्रिय गतिविधि देखाउदै जनचेतना जगाउनु लेखकीय विेशेषता हो, खास नाट्य कारिता हो ।
गीति नाटक बुद्ध र चाण्डाल युवती ः
एकाङ्कीकार मोदनाथ प्रश्रितको अर्को सङ्गीतमय एकङ्की (गीति नाटिका) हो, ‘बुद्ध र चाण्डाल युवती’ । यसले एकातिर एतिहासिक प्रसङ्ग पहिल्याउने प्रयास गरेको छ भने अर्कोतिर समाजमा रहेको जातीय भेदभाव र छुवाछूत जस्तो अमानवीय पक्षको विरोध र भण्डाफोर नया“ ढङ्गले गर्न खोजिएको छ । ई.पू.४९० तिरको तराईको एउटा इनार र गाउ“ले बाटाको परिवेश तथा त्यहा“को मध्ययुगीन जस्तो लाग्ने समाजका एउटा दृश्यलाई रङ्गमञ्चमा उभ्याएको छ । जेठ महीनाको गर्मी, बिहानको समयमा एउटी चण्डाल जात (तत्कालीन समाजले अछुत मानिएको एउटा जात)की अविवाहिता युवती कम्मरमा गाग्री बोकेर प“धेरातिर लागेकी हुन्छे । प“धेरामा अरु छुत (सवर्ण) जातका नारीहरू पनि पानी भर्न आउ“छन् । चण्डाल युवतीस“ग बाटामा गाउ“कै एकजना साहुस“ग जम्का भेट हुन्छ । रित्तो गाग्री देख्नासाथ साहु साइत विग्रियो भन्दै युवतीलाई यसरी गाली गर्दछ—‘यस्तो राम्रो साइतमा कहा“ पुगु“ भन्थें । मनमनै सुन चा“दी हीरामोती गन्थें । यै बेलामा अलच्छिनी चण्डालकी छोरी । त्यैमाथि रित्तो गाग्री हल्लाउ“दै मरी ।’ नाटक पृ, ११६
यतिमात्र होइन साहु भएको घमण्डले अछूत मानिएकी युवतीलाई साइत विग्रि“दा यसरी सजाय दिने कुरा समेत गर्दछ— ‘मेरो साइत बिगार्नेको टाउको फुटाइदिन्छु । ... नेटो कटाइदिन्छु ।’ पृ, ११६
यसरी तत्कालीन समाजका साहुु–महाजनहरूको व्यवहार कस्तो अमानवीय र ज्यदती पूर्ण थियो भन्ने स्पष्ट हुन्छ । यस किसिमका सामाजिक विकृति हटाई समानता मूलक समाज र शान्तिका लागि बुद्धको उदय भएको हो, भन्ने सन्देश एकङ्कीकारले दिन खोजेका छन् । अझ भनौं ब्राम्हणवादी संस्कारको विकासले हिन्दू समाजमा जातीय भेदभाव र छुवाछूत प्रथा ज्यादै बढेकाले त्यसले वर्गीय र सामन्ती समाजका मानिसलाई कति त्रसित बनाएको थियो, भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । गौतम बुद्धको उदय र उनका उपदेश तथा कार्यले ती विकृतिहरू हटाउन धेरै मद्दत गरेको थियो । यसै कुराको सङ्केत गर्न एकङ्कीकारले तिर्खाएको बुद्धलाई बाटामा पानी बोकेकी अछूत् युवतीस“ग भेट गराएका छन् । यति मात्र होइन बाटैमा युवतीलाई उभ्याएर तिर्खाएका बुद्धले पानी मागी खाएका छन् । त्यो सम्वादको नमूना यस प्रकार छ— ‘लामो यात्रा गर्दै आए“, घाम छ चर्को नानी । साह्रै छु तिर्खाएको दिन्छ्यौ अलिकति पानी ? पृ ११७
उता युवती आफू अछुत जातको भएकोले बुद्ध जस्ता ठुला मान्छेलाई पानी दि“दा पनि पाप लाग्ने, तिर्खाएको मान्छेलाई पानी नदि“दा पनि पाप लाग्ने डरले बडो धर्म संकटमा पर्दछे र यसो भन्छे— ‘हजुर त ठूलो मान्छे, पवित्र बुद्ध ज्ञानी । अछूत हु“ चण्डाली म कसरी ख्वाउ“ पानी ?’ पृ ११६
अझ खिन्न हुदै युवती भन्छे— ‘तिर्खाएकालाई पानी नदिए पनि पाप लाग्ने । के गरु“ तल्लो जात ह“ु पानी दिए पनि पाप लाग्ने ?’ पृ ११७ त्यसबेला मात्र होइन अहिले सम्म पनि अछूत जातका मान्छेका मनमा रहेको हिनता बोधलाई युवतीका माध्यमबाट लेखकले सजिलै उतारेका छन् । त्यसैले त परम्परावादी समाजको अन्ध विश्वासले पिरोलिएकी युवती यसरी सोच्न बाध्य हुन्छे— ‘पूर्व जुनीको पापले गर्दा अछुत भयौं हामी । अर्को जुनीमा झन् तल खस्न कसरी ख्वाउ“ पानी ?’ ११७ आखिर महान् उद्देश्य लिएको व्यक्तिले समाजमा रहेका झिना–मसिना कुरा, रुढीवादी अन्ध विश्वासबाट डराउने काम पनि छैन, डराएर उद्देश्य पूरा पनि हुदैन । त्यसैले बुद्ध युवतीलाई सम्झाउ“दै छूवाछूत पूर्ण भेदभाव विरुद्ध मायालु पाराले बुझाउ“छन्, यसरी समानताको सन्देश दिन्छन्— ‘यो जुनी र त्यो जुनी भन्ने हुन् साह्रै अज्ञानी । मान्छेले जब मान्छेलाई आफैं जस्तो ठानी । माया, दया, सेवा जो गर्छन् बुद्ध तिनै हुन् ज्ञानी ।’ पृ,११७
सामन्ती समाजका अझ सामन्ती प्रवृतिका मान्छे महान् ठानिएको व्यक्तिका क्रियाकलापको अनुसरण गर्न पछि पर्दैनन् । आफुले हेपेको व्यक्ति, जाति, र समुदायलाई मात्र हप्काउने गर्दछन् भन्ने सङ्केतका लागि यहा“ पहिले साइत विग्रियो भनी रित्तो गाग्री देखाउने युवतीलाई गाली गर्ने साहुलाई नै बुद्ध र युवती बीच भइरहेको सम्वाद नजिक कतै लुकेर हेरिरहेको अवस्थामा देखाइएको छ । बुद्ध जस्ता ठूला मान्छेले चण्डाल युवतीले छोएको पानी खाएको देखे पछि मनमनै पछुतो पनि मान्दछ । त्यति मात्र होइन आफ्नै कुकृत्यले पोलेको आफ्नो मनको शान्तिका लागि अनायास ऊ बुद्धस“ग आएर यसरी माफी माग्दछ— ‘अहो बुद्ध आज मैंले ठूलो गल्ती गरें । यो निर्दाेषी नानीलाई व्यर्थै गाली गरें । हजुरको आदर्शले मेरा आ“खा खुले । मन भित्र भावनाका नया“ फूल फूले ।’ पृ ११७ ।
हाम्रो समाजका ठुला–ठालु भनाउदा र छूवाछुत प्रथालाई कट्टरता साथ पालन गर्ने व्यक्तिले यसरी नै पश्चाताप गर्ने तथा आत्मसमर्पण गर्ने दिन एक पटक कुनै दिन आउ“छ, भन्ने लेखकको आसय यहा“ अवश्य प्रस्तुत भएको हो । यो गति नाटक (एकाङ्की)का माध्यमबाट लेखक असमान तथा छूवाछतयुक्त विभेदकारी समाजको अमानवीय सामाजिक विकृति हटाउन उपयुक्त पात्रको छनौट गर्न सफल भएका हुन् । समाज सुधारको चिन्ता लेखकमा स्पष्ट देखिन्छ र सामाजिक विकृतिको संरक्षणले गर्दा हाम्रो समाजमा सबैको उन्नति हुन नसकेको हो भन्ने चिन्तन यो पद्यात्मक सम्वाद तथा गीति लयमा प्रस्तुत भएको नाटकले पोखेको छ भन्न सकिन्छ ।
घटना प्रधान एकङ्की सपनाहरू ः उपहार देशलाई ः
एकङ्कीकार प्रश्रितको घटना प्रधान, देशभक्तिको भावले भरिएको नाट्य कृति हो ‘सपनाहरूः उपहार देशलाई’ । सहिद सप्ताहका सन्दर्भमा लेखिएको यस एकाङ्कीले देशभक्तिपूर्ण तर क्रन्तिकारी भावना प्रस्तुत गर्दछ । एउटा हिरासत भित्रका ४ वटा दृश्यलाई रङ्गमञ्चमा मञ्चित गराएर यस एकाङ्कीले क्र्रूर तानाशाही व्यवस्था भित्र शासकवर्गबाट के कस्ता अमानवीय व्यवहार गरिएका हुन्छन्, भन्ने देखाइएको छ । प्रहरी महानिरीक्षक, बन्दी, बन्दीका आमा–बाबु र पत्नी अनि केही प्रहरी जवान यस एकङ्कीका पात्र हुन् । देश र जनताका लागि समर्पित एक क्रान्तिकारीलाई व्यवस्थाको विरोध गरेवापत प्रहरीले जेलमा कठोर सजाय मात्र होइन फा“सीको सजाय समेत दिएको घटनालाई विषयवस्तु बनाइएको छ । तानाशाही व्यवस्थामा आफ्नो शासन बचाउन सत्ताको विरोध गर्ने व्यक्तिलाई फकाउने, धम्क्याउने, आत्मसमर्पण गर्न लगाउने र कठोर सजाय दिने जस्ता कामलाई प्राथमिकता दिएको हुन्छ । त्यसैले यस एकाङ्कीमा बन्दी बाहेक सबैले शासनको विरोध गरी जेल परेको बन्दीलाई फकाउने, धम्क्याउने, डर, देखाउने र आत्मसमर्पण गराउनका लागि अनुरोध गर्ने जस्ता उपायहरू सबैले गर्दछन् । बन्दीका आफन्तहरू मध्ये आमा यसो भन्दै रुन्छिन्— ‘तिमीलाई केही भयो भने म कुनै हालतमा बा“च्न सक्तिन । त्यस्तो पाप तिमीले बोक्नु नपरोस् । तिमी हाम्रो निम्ति बा“च्नु पर्छ छोरा, जसरी पनि बा“च्ने उपाय गर (पृ १३९) देश र जनताका लागि समर्पित बन्दी जन्म दिने आमाको चित्त बुझाउनका लागि यसरी जवाफ दिन्छन्— ‘म मरेर तपाईंहरूलाई महान् बनाउन सक्छु । ज्यू“दै मरेको जीवन लिएर गद्दारका बाबुआमा भन्ने कलङ्क तपाईंहरू माथि लाउन चाहन्न ... मेरा सपनाहरू पूरा गर्न बा“चुन्जेल प्रयत्न गर्नु भो भने म जस्ता हजारौंहजार सन्तानले तपाईंहरूलाई आफ्नै आमा–बाबुको सम्मान र ममता दिनेछन् ।’ पृ १३९ यसैगरी जन्म दिने र हुर्काउने जिम्मेवारी रहेका बन्दीका बाबु आफ्नो बूढेसकालको सहारा छोरो बन्दी बनेकोले केही निराश हु“दै यसरी सम्झाउछन्— ‘ज्यान रहे पछि धेरै थोक देख्न र गर्न पाइन्छ । यो बुढो बाबुको मुख हेरेर आफूलाई थाहा भएका कुराहरू बताइ दियौ । तिमीलाई हुर्काउन हामीले गरेको दुःख कष्ट सम्झ छोरा (पृ १३९) जन्म दिने बाबु–आमा दुबैलाई सम्झाउन बन्दी यसरी प्रस्तुत हुन्छ— ‘तपाईंहरूबाट नै मैले यो जीवन पाएको हू“ र यसैलाई पूरा सफल पारू“ भनेर नै मैले देशलाई माया“ गर्न सिकेको हू“ । म आफ्ना जीवन दाताहरूबाट, कायर र गद्दार बन्ने प्रेरणा हैन, सच्चा वीर, र देशभक्त बन्ने प्रेरणा चाहन्छु । मेरो महान् सङ्कल्पलाई आसीर्वाद दिनुहोस् ।’ पृ १३९
बाबु–आमाको चित्त बुझाएर मात्र भएको छैन, बन्दीले आफ्नी एकमात्र जीवन स“गिनीको समेत चित्त बुझाउनु छ । यो काम निकै कठिन पनि छ । त्यसैले ऊ छोरा सहित पत्नीलाई यसरी सम्झाउछ— ‘प्रिये ∕ तिमीले मलाई राम्ररी चिनेकै रहिनछ्यौ । म तिमी जस्तै लाखौं नारी र नानीहरूका लागि मर्न तयार बनिसकेको छु । म महान् बाटो र लक्ष्यबाट पतित भएर ज्यू“दै मरेको भए“ भने तिमीहरूले कस्तो माया“ पाउला मबाट ? त्यसैले यस बलिदानको आगो आफ्नो चेतनामा सल्काएर नानीहरूलाई पनि महान् लक्ष्यतिर लैजान सफल होऊ । ओभानो सिन्दुरको साटो अब मेरो रातो रगतको सिन्दूर लगाएर लक्ष्य प्राप्तिमा पुग्ने कोसिस गर । (पृ १४०) पारिवारिक ममता, माया र सहानुभूति भन्दा माथि उठेर देश र जनताको ऐभारा आफुले बोकेको ठान्ने बन्दीलाई प्रहरी महानिरीक्षक अझ यसरी फकाउछ— ‘अझै पनि माफी माग्छस् भने त“लाई बँचाउन सकिने निर्देशन छ मलाई भन्, मान्छस् ? (पृ १४१) यसरी फकाउ“दा नमानेपछि आत्मसमर्पण गरोस् भन्ने उद्देश्यले धम्की दिन्छ । तर बन्दी भने आत्मसमर्पण नगर्ने बरु आत्मबलिदान गर्ने निर्णयमा पुग्दछ ।
त्यसपछि बन्दीलाई तानाशाहका मतियारहरू फा“सीको तख्तामा पु¥याउछन् । त्यहा“ पु¥याएपछि पनि आत्मसमर्पण गर्न अन्तिम अनुरोध गर्दछन् । बन्दी भने “आफ्ना सपनाहरू देशलाई उपहार दिन्छु आत्मसमर्पण गर्दै–गर्दिन” भन्दै यसरी प्रस्तुत हुन्छ— ‘जनता सामु गरेको सङ्कल्प र बाचाहरूप्रति विश्वासघात नगर्न ज्यान दिने निर्णय गरें । म देशघाती नीच होइन, विष्टामा सल्बलाउने किरा होइन, मेरो सट्टा जनताका सामु निहुुेरेर तिमीहरूले उल्टै माफी माग्नु पर्ने हो’ (१४१ पृ) । ऊ बढो स्वाभिमानी, देशभक्त र क्रान्तिकारी स्वभावको छ । उसको देशभक्ति परिवार, समाज, आफन्तहरू भन्दा पनि प्यारो र गौरवपूर्ण छ । यो भाव उसको यस अभिव्यक्तिमा प्रस्तुत भएको हो– ‘मेरो प्यारो देश ∕ उद्देश्य अधूरो छ“दै यात्राको बीच बाटोमा म आफ्नो प्राण तिमीलाई चढाउ“दैछु । बा“की छन्, मेरा अधूरा सपनाहरू, ती सपना उपहार तिमीलाई ।’ हेर्नु (पृ १४२) यसरी तिन वटा नाट्यकृतिको समान्य अध्ययनका आधारमा स्रष्टा मोदनाथ प्रश्रितका मूलभूत पक्षहरू छनौट गर्न सकिन्छ— ‘१ प्रश्रित नाटककार विजय मल्लको जस्तै लघु नाटक लेखेर विषय वस्तुलाई पूर्णता दिन्छन् ।
२, प्रश्रितका नाट्यकृतिमा देशभक्तिको भावना प्रचूर मात्रामा भरिएको पाइन्छ ।
३, प्रश्रितका नाटकमा यथास्थितिवादी, सामन्तवादी एवम् तानाशाही व्यवस्थाका संस्कार तथा प्रवृत्तिको, अनि परम्परागत रुढीवादी अन्धविश्वास र सामाजमा विकृतिपूर्ण बनेको अत्याचार तथा शोषणको सशक्त विरोध गरिएको छ, व्यङ्ग्य प्रहार गरिएको छ ।
४, प्रश्रितका नाट्यकृतिमा सरल भाषा शैली र स्वाभाविक अभिनयात्मक प्रस्तुति पाइन्छ ।
५, प्रश्रितका नाट्यकृतिले भौतिकवादी विचार, दर्शनलाई जीवनको मार्ग दर्शनका रूपमा स्वीकारेको पाइन्छ र स्वीकार्दा नै आसावादी जीवन भोग्न पाइन्छ, भन्ने सन्देश प्रस्तुत गरिएको छ ।
६, प्रश्रितका नाट्यकृति समाजबाट घटनाहरू लिएर लेखिएका अनि समाजकै उन्नतिका लागि चेतना फैलाउने खालका सन्देश मूलक छन् ।
७, प्रश्रितका नाट्यकृतिमा गद्य र पद्य (गीति लय) दुवै सम्वाद, प्रस्तुत गरी विविधता अ“गालिएको पाइन्छ । यिनै पक्षहरूले स्पष्ट्याएको प्रश्रितको नाट्यकारितामा वैचारिकता, देशभक्तिको भावना, प्रगतिशीलता, सामाजिक यथार्थको स्वभाविक चित्रण ,स्वाभाविकता जस्ता विशेषताहरू फेला पार्न सकिन्छ, भन्ने यस अध्ययनको निष्कर्ष हो । अस्तु
सन्दर्भ सामग्री ः—
१, मानसपटका तस्वीरहरू एकता प्रकाशन प्रथम प्रकाशन २०४९
२, जीवनको बाटोमा पहिलो प्रकाशन २०४८
३, संस्कृति (पत्रिका) वर्ष ३ अंक २, २०५३,
४, अन्तरदृष्टि (पत्रिका) १२ — ३, २०६१ ,
५, मिर्मिरे मासिक निबन्ध विशेषाङ्क राष्ट्रवैक पूणाङ्क २६२ २०६४ असार,
६, अलिमिया अभिनन्दन ग्रन्थ २०६१,
७, नवरङ्ग सामयिक पत्रिका १ २०५९,

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 आसाढ, 2073

लेखकका अन्य रचनाहरु