सृजनशील अराजकका कविता

- दीपक सुवेदी

वि.स. २०४८ सालमा कवितालेखी नेपाली साहित्यमा प्रवेश गरेका कवि हाङयुग अज्ञात पुरातन साहित्यिक शैली भत्काएर नेपाली साहित्यको धरातललाई अझ व्यापक र शक्तिशाली बनाउन २०५७ भदौ १३ गते रmपरेखा साप्ताहिकमा सृजनशील अराजकताको सिद्धान्तगत अवधारण प्रकाशन गरी सिर्जनशील अराजकताका नाममा कवितालाई खेलाउँदै वि.सं. २०६१ सालमा हङ्कङ प्रवेश गरेका हुन् ।
राम्रो साहित्य वादले लेखिन्छ वा लेखकीय पक्ष आफैँ बलियो हुन जरmरी छ ? नेपालको सन्दर्भमा जातजातिको मुद्घा कतिको सान्दर्भिक छ अथवा विश्व परिवेशमा कस्तो छ ? लेखकको समाजप्रतिको दायित्व के हो ? यस्ता विषयहरmको उठान गर्ने सृजनशील अराजकताको उद्देश्य नश्लीयबोध र पहिचानलाई नेपाली साहित्यको केन्द्रमा स्थापित गर्न गम्भीरताको बाक्लो रंग यिनको अनुहारमा सधैँ पोतिएको हुन्थ्यो, जस्ता यिनका कविता पोतिएका छन् ।
रङ्गीन आविष्कार (२०५७), ढुङ्गामुढाको मन (२०५८), करङको हिरासत(२०६०) पछि अज्ञातको पछिल्लो कविता सङ्ग्रह ककपिक् (२०६२), हङ्कङ नेपाली साहित्य परिषद्द्वारा प्रकाशित छ । यसमा नङ र निरङ्कुशता, ड्राकूला, किन ?, मङ्गला, बन्दी, घुङ्रिङ, ब्लैकआउट र प्रतिजीवन गरी आठ ओटा कविताहरू सङ्कलित छन् ।
सङ्ग्रहको पहिलो कविता ज्यामितीय रेखाङ्कन जस्तै छोटो तर सुन्दर शैलीको नङ र निरङ्कुशता हो । यसमा निरङ्कुशता र हिंसाको विषवृक्ष दुवैको उच्छेदन नभएसम्म मानवताको मुहान बन्दैन तर नङ जति काटे पनि पलाइरहे जस्तै निरङ्कुशता पनि नमासिने विचार व्यक्त गरिएको छ ।
ब्रिटिश उपन्यासकार ब्राम स्टकरको सन् १८९७ मा प्रकाशित ड्राकुला उपन्यासमा एक क्रुर ट्रान्सल्भेनियन काउन्टरलाई ड्राकुलाको रmपमा प्रस्तुत गरेका छन् । उपन्यासमा ड्राकुलालाई सुन्दरी महिलाहरmलाई बहकाएर उनीहरmको यौनमा रमाउने र रगत पिउने भ्याम्पायर चमेरोको रmपमा प्रस्तुत गरिएको छ । कालो टोपी, सेतो टाई, गोरो मैलो शरीरको ड्राकुला परिचय हो । त्यही पात्रलाई विनिर्माण गर्दै लामो समय क्रान्ति र परिवर्तनका नाममा जङ्गलबाट निस्किएर दौरा सुरूवाल लगाउने, चन्द्रसूर्य अंकित झण्डा हल्लाउने अनि कालो टोपी लगाई सिंहदरबार छिर्ने प्रति नै कवि शंका गर्दै कवितामा प्रश्न गर्छन् ः
जङ्गलबाट फर्केपछि
किन ऊ हात पखाल्छ र मुख मिठ्याउँछ ?
किन ऊ कम्ब्याट खोल्छ र दौरा सुरूवाल लगाउँछ ?
किन ऊ काँडे बुट खोल्छ र साधारण जुत्ता लगाउँछ ?
किन ऊ हेलमेट खोल्छ र ढाकाटोपी लगाउँछ ?
किन ऊ ऐनामा चस्मा फेर्छ र सरासर सिंहदरबार छिर्छ ?
किन ऊ ड्राकूलाजस्तो रूप फेर्दे हाम्रो मानसपटलमा हिँड्छ ?
(ड्राकूला, ८)
त्यस्तै किन ? कवितामा एउटा बाटो छ, अर्को कार्यालय यी सुनसान छन् । यी घृणित उपादान हुन् । पहाड निचोरेर आएको सङ्लो पानी होइन यहाँ त हतियार, मट्टितेल, आगो अनि गडबढ मिश्रित छ भन्ने भाव व्यक्त गरिएको छ । अर्को बन्दीमा २०१७ पछिको राजनीतिक अवस्था, कैदी, विस्थापित, बन्दी, निर्वासित समकालीन राजनीतिक अवस्थाको चित्रण छ । समुन्नत समाजको सिर्जनामा बाधक तत्वका रूपमा जरा गाडेर बसेका राजनीतिक, सामाजिक, साँस्कृतिक, विकृति–विसङ्गीत, आर्थिक शोषण– उत्पीडन, हिंसात्मक द्वन्द्व जस्ता कुरूप यथार्थहरू नै यस सङ्ग्रहका कवितामा भाव भएर आएका छन् ।
तिख्खर बौद्घिक कविता लेख्ने अज्ञातले कवितामा दौरा सुरूवाल लगाउने, झण्डा हल्लाउने, सिंहदरबार छिर्ने र ड्राकुलाको जस्तो भेषमा हिड्ने प्रति लक्षित गरी ऊ र मङ्गलामा मङ्गलालाई नै तिमीद्वारा सम्बोधन गरेका छन् र ड्राकूला, मङ्गला, घुङ्रिङ, ब्लैकआउट अनि प्रतिजीवनमा कवि आफ्नै सहभागी पनि छन् । कवितामा प्रथम र तृतीय दुवै दृष्टिबिन्दुको प्रयोग गरिएको छ । ड्राकुला, मङ्गला, घुङरिङ, ब्लैकआउट र प्रतिजीवनमा प्रथम पुरूष र अन्यमा तृतीय पुरूष दृष्टिबिन्दुको प्रयोग गरिएको छ ।
सङ्ग्रहका कवितामा २०१७ साल पछिको राजनैतिक र सामाजिक परिवेश उल्लेख छ । नङ र निरङ्कुशता, तानाशाही, ड्राकूला, प्रजातन्त्रिक, किन ?, निषेधित र मङ्गला कवितामा द्वन्द्वात्मक परिस्थितिको उल्लेख छ । खुल्ला राजनैतिक र सामाजिक परिवेश नै रहेको पाइन्छ ।
समकालीन समयमा गिर्दो मानवीय अस्मिता एवं आत्म पहिचानको खोजी गर्नु, ह्रासोन्मुख मानवताको चित्रण गर्नु, मान्छेको निरीहता, विवेकहीनता, नैतिकताप्रति चिन्ता, आक्रोश र घृणा व्यक्त गर्दै मान्छे समयको आरोह–अवरोहमा आफँै अलमलिएको र दिग्भ्रमित भएको विचार व्यक्त गर्नु यसको उद्देश्य रहेको देखिन्छ ।
कविको दार्शनिक चेत जति फराकिलो छ, त्यति नै गम्भीर छन् कविता विषयहरm । सबै कवितालाई एउटै कोटिमा राख्न मिल्दैन । नङ र निरङ्कुशता, ड्राकुला, घुङरिङ र प्रतिजीवन बलिया कविता यस संग्रहका गहना हुन् । आफुमा रहेको दार्शनिकतालाई सर्वकालिक र सर्वमान्य पुष्टि गर्ने प्रयत्नमा कवि रहेको देखिन्छन् । तर त्यस्तो प्रयत्न सबै कवितामा सफल हुन सकेको छैन । तर जतिमा सफल भएका छन्, त्यतिमा नै उनको कवित्व खुबी चम्केको छ । अज्ञात कै शब्दमा शब्द नयाँ छैन, शब्दको गठनले नयाँ अनुभूति उजागर गर्छ । यो नयाँ अनुभूति सापेक्षित छ । प्रयोग गरिएको भाषा तर्क भाषा छ । प्रज्ञप्तिपरक अर्थलाई आधार बनाएर मात्र कविताहरू प्रष्ट हुन्छन् । अमूर्त बिम्बको प्रचुरता पाइन्छ । नव निर्मित प्रतीकहरू प्रयोग गरिएको छ । कवि रहेको लेखनीय धार र लिखित कविताको सामञ्जस्यता पाइन्छ ।
साँच्चै, ईश्वराभिव्यक्ति जस्तै एउटा व्यक्ति आफ्नो मुख्य जमिनबाट पर एउटा टापुको शहर नै, मुख्य भूमिबाट पर र अभिव्यक्तिको सामञ्जस्यको अभिमञ्जन मिथक बुन्न खोजेका रहेछन् कवि हाङयुग अज्ञातले । कवि हाङयुग अज्ञातले कहीँ न कहीँ आवासस्नेह अर्थात् गृहस्नेहले प्रपञ्च तैयार गर्न चाहँदैछन् संरचनामा । आदिवासी बिम्व र प्रतीक भुँवरी, एकैछिनमा तत्काल त्यहीँ विच्छिन्न संस्कृति र परम्पराको अमूर्त–मूर्त आभासले आजका कविताहरm अर्कै र इतर बन्न थालेका रहेछन् । फेरि आश्चर्यपूर्ण खोज र आविष्कार निर्माण भएका छन् कवितामा ।
शेली भन्छन् ‘कवि एक कोइली वा बुलबुल जस्तै हो जो आफ्ना शून्यतालाई मधुर संगीतका उल्लासले भर्दछ ।’ तर अज्ञात सिर्जनशील अराजकताले । कवितामा कविको विद्रोहशीलता क्रियाशील छ र त्यो विद्रोहशीलता आधुनिक समाजबाट प्रभावित छ । सायद, अज्ञातले देखेको काठमाण्डौ उपत्यकाभित्रको अव्यवस्थित बसोबास, जहाँ न घरछेउमा आँपका रूख छन् न घरमुनि क्यामुनाका ठूला रूख नै छन् । न रात परेपछि आँपको रूखामा कोइली कराउँछ न त बडहरको रूखमा हुचिल । अज्ञातले यहाँ देखेको कक्पिक मात्र होइन उता गाँउमा सिमल नफूलेको, हाडफोर खुल्ला आकासमा नडुलेको पनि धेरै भयो ।
शीर्षक चयननै ओझिलो छ । सङ्ग्रहका कविता हेर्दा कक्पिक प्रचलित नाम काकाकुलसँग मानवतालाई तुलना गर्दैै प्रगतिवादी चेतना र चिन्तनको अभिव्यञ्जनाका रूपमा रचिएका कविताहरू गुणात्मक रूपले उत्कृष्ट छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 आसाढ, 2073

लेखकका अन्य रचनाहरु