भूल

- उज्ज्वल जी.सी.

“तिमी फर्केर आउन्जेल त मेरो बिवाह भएर पनि छोराछोरी भइसक्छन् होला । पॉंच–पॉंच वर्षसम्म प्रतीक्षामा बस्ने कुरा त्यति सजिलो छैन बिनोद ! मेरा बावुआमा कस्ता छन् भन्ने तिमीलाई थाहा नभएको हैन क्यारे ।” भन्दै शर्मिलाले ऑंखाभरि ऑसु भर्न थाली ।

“यो तिम्रो कमजोर मनस्थितिको उपज हो । कमसेकम कुरा बुझ्ने कोशिस त गर ! म कसरी आफ्नो पढाइलाई रोकू‘ं ? भविष्य पनि हेर्नु प¥यो । पॉंच वर्षसम्म तिम्रो पढाई पनि सकिन्छ । अनि म फर्केपछि बिवाह गरौ‘ंला नि !” भन्ने बिनोदको तर्क शर्मिलालाई चित्त बुझेन । उनको मनभित्र पॉंच वर्षको लम्बाइले अनेक शंकाहरु जन्माउन थाले ।
चोखो प्रेममा हुनुपर्ने विश्वासको धरातल सॉंघुरिदै गयो ।

अन्तिम अनुरोधस्वरुप शर्मिलाले ऑंसु पुछ्दै फेरि भनी– “सक्छौ र चाहन्छौ भने पढ्न जानु अगावै मलाई आफ्नो घरमा लग । अन्यथा मैले नचाह‘ंदा–नचाह‘ंदै अर्को जीवनसाथी रोज्नु पर्ने हुन्छ । त्यति लामो समयसम्म विदेशमा रह‘ंदा लोग्ने मानिसको मन हो, अर्कैसंग भुल्यो भने मेरो के हविगत हुन्छ ? सोचेका छौ तिमीले ?”

शर्मिलाले अनायासै व्यक्त गरेका शब्दहरुले बिनोदको मस्तिष्कमा क्रोध र तिरस्कारका ज्वालाहरु दन्किए । अविश्वासले भरिएका मनभित्र विश्वासको वीजारोपण गर्न खोज्दा आत्मसम्मान गिर्न जाने सम्भावनाप्रति सजग हु‘ंदै उसले ठाडो जवाफ दियो– “तिमीले ठीक भन्यौ शर्मिला ! मानिसको मन कुनबेला कसरी कहॉं बहकिन्छ भन्ने थाहा हु‘ंदैन । त्यसैले तिमी मेरो प्रतीक्षामा नबस । केटाहरु अरु पनि छन् । आफ्नो मनले खाएकोसंग जिन्दगी बिताए हुन्छ । त्यसमा मलाई दुःख छैन ।”

व्यङ्गात्मक शब्दहरुका दोहरी खेलाइले दुबैको मुटुमा ठूलो भुकम्प गएको अनुभूति भयो । सहमतिको शिखर पुग्न नसक्दाको पीडा बोक्दै शर्मिला आफ्नो गन्तव्यतिर लागी ।
००० ००० ०००

विदेशमा पढ्न गएको लामो समयसम्म पनि चिठ्ठीपत्रहरु आदान–प्रदान भएनन्– बिनोद र शर्मिलाको । दुबै एक अर्कालाई बिर्सेर बस्न सक्षम भए । समयमा बिवाह हुन नसकेको परिणामस्वरुप शर्मिलाको बलियो चरित्र क्रमशः खुकुलो हु‘ंदै गयो । छोरी कसैले माग्न नआएकोले ‘यो वर्ष बिहे भएन भने त अर्को साल बिकाउन ज्यादै मुस्किल पर्छ’ भन्दै उनका बावुआमा शिक्षित केटाको खोजीमा तल्लिन थिए ।

टोलका एकदुई जनाले ‘शर्मिला त आजकल खुब केटाहरुसंग नारिएर हि‘ंड्न थालेकी छे’ भन्नु सिवाय अन्य रहस्य पत्ता पाएका थिएनन् । केटाहरुसंग कतै हि‘ंडिरहेकी बेला टोलका परिचित व्यक्तिहरुले झ्वाट्ट देखिहाले
भने कसैलाई मामाको छोरा,कसैलाई भान्दाइको छोरा भन्दै बिभिन्न नाता जोडेर आफ्नो चरित्र सुकिलो बनाउने कोशिस गर्थी शर्मिला ।
तर जे जस्तो भए पनि एक अविवाहित केटीमा हुनुपर्ने गुणहरु नष्ट भइसकेकोले उनलाई समाजमा हि‘ंड्दा कताकता लाजको अनुभव हुन्थ्यो ।

आपूm सरहका साथीहरु घरजम गरी बच्चाको आमा भइसकेको देख्दा उनको छातीभित्र सधै‘ं पीडाहरु सल्बलिन्थे । तर आफ्ना पीडा र वेदनाहरु बिर्सन क्षणिक जवानीको रस चुस्न खोज्ने केटाहरुबाट आनन्द लिनु बाहेक अर्को विकल्प थिएन उनको ।

हरेक दिन दुर्बल मनस्थिति बोक्दै शर्मिलाका वर्षहरु बिते ।

बिनोदले पॉंच वर्षको अध्ययन पूरा गरी फर्केको खवर सुन्दा झन् उनलाई प्रायश्चितका सुइराहरुले घोच्न थाले । ‘यदि बिनोदले दिएको आश्वासनमा विश्वस्त हुन सकेकी भए सायद आउनासाथ उसले बिवाह गथ्र्यो होला’ भन्ने कल्पनामा पिल्सनु बाहेक अन्य कुनै आधारहरु थिएनन्– शर्मिलाको ।

इन्जिनियर भएर फर्केको उपलक्ष्यमा बिनोद एकदिन आफ्ना साथीहरु सहित रेष्टु‘ंरा पस्दा अनायासै शर्मिला एक केटासंग गफ गरिरहेकी देख्न पुग्यो । पॉंच वर्ष अगाडिको सौन्दर्य हराइसकेको भए पनि उसको हृदयभित्र पुन अतीतको सम्झनाले स्नेहका भेलहरु उर्लिन थाले । उसको एकटक हेराइले शर्मिलालाई खुसी र त्रासको अनुभूति भयो । बिनोदले आपूmलाई हेराइमा मात्र सीमित राख्न सकेन । त्यसैले टेबुलनिर गएर ‘मलाई चिन्छौ होला नि !’ भन्दै आफ्नो परिचय दियो ।

“मनले पुजेको ईश्वरलाई बिर्सन खोजेर नै कहॉं सकि‘ंदोरहेछ र ?” शर्मिलाले हृदयस्पर्शी जवाफ दिई ।

“त्यसैले त पॉंच–पॉंच वर्षसम्म चिठ्ठीहरु पढ्दा–पढ्दा वाक्कै भा’थे‘ं ।” भन्दै बिनोदले व्यङ्गात्मक जवाफ दियो ।

“चिठ्ठी लेख्ने वातावरण बनाएर गएका थियौ र तिमी ? जे होस्, क्षमा त दिन्छौ होला नि अब !”भन्दै आफ्नो भूल स्वीकार गरी शर्मिलाले ।

“ल...ल... क्षमा नै भयो । बरु फुर्सद छ भने एकछिन बाहिर जाऊ‘ं न ! तिमीसंग केही कुरा गर्नुछ”भन्दै शर्मिलालाई रेष्टु‘ंरा बाहिर लगि बिनोदले कुरा गर्न थाल्यो । पॉंच वर्षसम्म प्रतीक्षाको यातना भोग्नु परेको नाटकीय कुराहरुले बिनोदको मनभित्र रहेका शंका र अविश्वासका दागहरु मेट्न सफल भई– शर्मिला । कुरा गर्दागर्दै उनले ‘पख म तिमीलाई मेरो मामाको छोरासंग भेट गराउ‘ंछु’ भन्दै रेष्टु‘ंराभित्र छिरेर केटाको कानमा मन्त्र फुक्दै बाहिर ल्याएर परिचय गराई ।

कुराकानीको क्रममा शर्मिलाले भावुक हु‘ंदै भनी– “हेर न केटी मान्छे एक्लै रेष्टु‘ंरा छिर्नु भएन ! फेरि बुवामुमाले एक्लै त कही‘ं पठाउनु हुन्न मलाई । कहिले बहिनी, कहिले मामाको छोरा त कहिले काकाको छोरा साथै हुन्छन् ।”

“यति साह्रो कन्जरभेटिभ हुनु त ठीक हैन । तर के गर्ने ? बुढावुढीको कन्सेप्ट नै छोरीले एक्लै हि‘ंड्नु हु‘ंदैन भन्ने छ । म त यस्ता विचारहरुको पूरा विपक्षमा छु” भन्दै बिनोदले आफ्नो आधुनिक दर्शन छॉंट्यो विदेशको
रहनसहनले उसमा देखिएको वैचारिक परिवर्तनबाट शर्मिलालाई अत्यधिक सुखानुभूति भयो । अन्ततः दुबैले हप्ता दिनभित्रै मन्दिरमा गएर बिवाह वन्धनमा बॉंधिने निर्णय गरे ।

“भोलि मकहॉं आऊ न ! तिमीसंग अरु कुरा पनि गर्नुछ । अहिले त अवेर हुन लागिसक्यो । बुवामुमाले फेरि गाली गर्नुहुन्छ ।” भन्दै आफ्नो केटालाई लिएर बाटो लागी शर्मिला ।

साथीभाइहरुसंगको रमाइलो खानपिनमा बिनोदले आफ्ना अतीतका वृतान्तहरु सबै सुनायो । हप्ता दिनभित्र बिवाह गर्ने उसको निर्णयमा सबैले समर्थन गर्दै अग्रिम शुभकामना दिए ।

००० ००० ०००

बिवाह भएको दुई महिनाभित्रै शर्मिलाले एक ट्राभल एजेन्सीमा नोकरी खाई । दुबैजना आ–आफ्ना काममा व्यस्त हुन थाले । बिनोदसंग गॉंसिएको सम्बन्धले शर्मिलाको आचरणमा कुनै सुधार हुन सकेन । पॉंच बजे अफिस छुटे पनि सधै‘ सात,आठ बजे मात्र घर फर्किने उनको क्रमले बिनोदको आधुनिक बिचारहरुभित्र शंका–उपशंकाहरु जन्मन थाले । काहिलेकाही‘ं ‘आज किन अवेर ?’ भन्ने प्रश्न गर्दा अफिसमा काम परेको बहाना देखाउ‘ंथी– शर्मिला ।

एकदिन अथाह सोचाइले तातेको मस्तिष्क बोकेर बिनोद एक रेष्टु‘ंराभित्र के छिरेथ्यो, उसले केविनभित्र शर्मिलाको मामाको छोरो भनाउ‘ंदो पूरानै केटोसंग खिल्लिदै जिस्किरहेकी आवाज सुन्यो । उसलाई आफ्नो उपस्थिती देखाएर शर्मिलाको सुखद क्षण बिथोल्न मन लागेन ।
घरमै दुईचार कुराहरु गर्ने विचारले ऊ फरक्क फर्कियो । आठ बजेतिर शर्मिला घर पुगी, अफिसको कामले अवेर भएको बहाना लिएर ।

बिनोदले आपूmलाई संयमित गराउ‘ंदै भन्यो– “तिमीलाई अझै केटाहरुसंग रेष्टु‘ंरा छिर्ने रहर मेटिएको रहेनछ । यसरी जीवन कसरी चल्छ ? तिमी आफै भन त ! धोकाको पनि एउटा सीमा हुन्छ । लोग्नेले स्वास्नीलाई अनि स्वास्नीले लोग्नेलाई धोका दिनु जति महापाप केही हु‘ंदैन बुझ्यौ ? अब जे होस्, म बढी कुरा गर्ने पक्षमा छैन । तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु ।” भन्दै बिनोद आफ्नो कोठामा ढोका लगाएर सुत्यो ।

शर्मिला स्तव्ध हु‘ंदै टोलाउन थाली ।

बिनोदले आफ्ना सारा रहस्य पत्ता लगाइसकेको शतप्रतिशत विश्वास भयो उनलाई ।
केही दिनसम्म शर्मिलालाई भोक र निन्द्राले समातेन । बिनोदले भनेका प्रत्येक शब्दहरुले उनलाई आत्मग्लानी हुन थाल्यो । आफ्नो गल्तीको सफाई दिने विकल्प कुनै नदेखिएकोले अन्तत उनले आत्महत्याको प्रण गरेर विष खाई ।
बिनोदले तुरुन्तै हस्पिटल पु¥याएर उनका आफन्तहरुलाई खवर ग¥यो ।
एक घण्टाभित्रै उनका परिवारहरु उपस्थित भए । ‘के कारणले विष खाई ? हजुरले केही गर्नु भो’कि ?’ भन्ने आदि इत्यादि प्रश्नहरु तेस्र्याउन थाले बिनोदलाई ।

“खै, किन खाई त्यो उनैसंग सोध्नुपर्छ” भन्ने वास्तविक उत्तरमा कसैको चित्त बुझेन ।

‘लोग्ने भएपछि तेस्तो भन्न कहॉं पाइन्छ र ? तपाईंले केही नभनेको भए त्यसै किन खान्थी र विष ?” भन्दै अप्ठेरो परिस्थितिको सिर्जना गर्न थाले उनका बावुले ।
तर बिनोदले शर्मिलाको भित्री आचरण खोल्न चाहेन । यथार्थको चित्रण गर्दा उल्टै आफ्नो इज्जत घट्न जाने सम्झ्यो उसले ।

“मैले के गरे‘ं ? किन विष खानु प¥यो ? भन्ने कुरा शर्मिलालाई होश आएपछि सोध्नु भए भैहाल्छ । अन्दाजको भरमा उनको दोष किन मलाई थोपर्नु हुन्छ तपाईंहरु ?” भन्दै ऊ रन्किएर घर फक्र्यो ।

उसको व्यवहार देखेर ‘यही नै होला विष खुवाउने । हैनभने लोग्ने भएपछि यस्तो अवस्थामा रिसाएर घरतिर फन्किनु हुन्छ ? बरु आफ्नो भूल स्वीकार्नु पो पर्छ ।” भन्दै बर्वराउन थाले शर्मिलाका आफन्त भनाउ‘ंदाहरु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 आसाढ, 2073

लेखकका अन्य रचनाहरु