गीत

- सन्तोष लामिछाने

भुवा झैँ उडिरहे आकाशलाई छुन सकिन
तिमी मेरो हुन सकिनौ म कसैको हुन सकिन

सँगैहुँदा कयौं पल्ट हाँसखेल पनि गरेकै हो
कतै जाँदा धेरैपल्ट बाटो एउटै परेकै हो
अन्तिम पल्ट बिदा हुँदा आघातले रुन सकिन
तिमी मेरो हुन सकिनौ म कसैको हुन सकिन

आफैभित्र टुक्रिएर फैलदै गएछु
नबग्ने पोखरी झैँ मैलदै गएछु
खोलाले झैँ आफूले आफैलाई धुन सकिन
तिमी मेरो हुन सकिनौ म कसैको हुन सकिन

भुवा झैँ उडिरहे आकाशलाई छुन सकिन
तिमी मेरो हुन सकिनौ म कसैको हुन सकिन

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 1 आसाढ, 2073

लेखकका अन्य रचनाहरु