अहिले गुरुहरु

- डिल्लीप्रसाद अधिकारी

उहिले नै एकादेशमा एक जमानामा
सबै गुरुहरु अादरणीय मानिन्थे
तर अाज ज्ञानभन्दा ठूलो ज्ञानी
पदभन्दा ठूलो पदाधिकारी
विद्याभन्दा ठूलो बोक्रेपन
मान्छेभन्दा ठूलो पैसा
इज्जतभन्दा ठूल‍ो फेसन
भनौ खुकुरीभन्दा कर्द लाग्ने भएपछि
गुरुहरु असुरक्षाको अातङ्कमा
हाम्रो समाजबाट बेपत्ता छन्
समयभन्दा बलियो केही रहेनछ
गुरुहरु युगको बली बनेका छन्
गुरुहरू सहिद भएका छन्
चेलाहरू टप्परटुइँया बाँचेका छन्

ज्ञानीहरू भययुक्त भएपछि
अज्ञनीहरू भयमुक्त हुन्छन्
ज्ञानीहरू जहाँदेखि निष्क्रिय हुन्छन्
अज्ञानी त्यहाँ क्रियाशील हुन्छ
शिक्षकको रथलाई नै जब
अशिक्षितले चलाइरहेछ भने
यात्रा कहाँ र कसरी पुग्छ
अनुमान लाउनेले लाउछन्
ज्ञान हासिल गर्नलाई
दिने तल र लिने माथि भएपछि
गुरु हेलाँ र चेलो प्रिय भएपछि
गुरु गुँड र चेलो चिनी भएपछि
समाजको गति र प्रगतिले
उल्टो पाइला चाल्छ
समाजरुपी य‍ो ज‍ोङ्गा
बिच बाटोमा अलपत्र पर्छ
अहिले गुरुहरू
अस्पतालको ICU मा अन्तिम श्वास गन्दैछन्
तैपनि मानिसहरू
गुरुलाई नै दोषी भन्दैछन् ।

तर राम्रो कुरा एउटै छ
अहिले पनि गुरुहरू सुल्टै पढाइरहेका छन्
यथार्थ नै बताइरहेका छन् ।।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 1 आसाढ, 2073

लेखकका अन्य रचनाहरु