गजल

- कोमल भट्ट

कैले जिन्दगी आधार भो
कैले जिन्दगी व्यापार भो

हो यो कर्मको खेला सबै
ऐले जिन्दगी लाचार भो

चोटै चोटले बाधा दिए
पीडा मात्रको संसार भो

आफ्ना चाहना ढल्दै गए
सारा दर्दको भण्डार भो

माया गर्छ जो सद्प्रेमले
उस्मै जिन्दगी आभार भो

जस्को भावना भो 'कोमल'
उस्कै साथमा यो प्यार भो

(विश्राम – ५ अक्षरमा)

पुरानो नैकाप,काठमाडौँ, हाल:-न्युयोर्क,अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 1 आसाढ, 2073

लेखकका अन्य रचनाहरु