जनकप्रसाद हुमागाईंसँगको छोटो यात्रा लामो अनुभूति

- कृष्ण सुवेदी निराकार

जनकप्रसाद हुमागाईंका मैले धेरै किताबहरु पढेको थिएँ । वाहाँलाई पत्र–पत्रिकाहरुमा पढेको थिएँ, रेडियोमा सुनेको र टेलिभिजनमा पनि देखेको थिएँ टाढैबाट । नजिकबाट पढ्न, देख्न, हेर्न, छुन र छाम्न भने कहिल्यै पाएको थिइँन त्यतिका वर्षसम्म ।
जनकसरलाई मैले धेरै पहिले काकरभिट्टाको प्र.ले.स को कार्यक्रममा पहिलो नमस्कार गरेको थिएँ । दोस्रो पल्ट कवि गोकुल जोशीको शालिक अनावरण हुँदा झापाकै घैलाडुब्बामा नजिकैबाट भेटेर आफ्नो सानो बाल कविता संग्रह ‘सानो छँदा’ कृति हातैमा दिएर नमस्कार गरेको थिएँ । त्यसपछि भेट भएको थिएन कतैपनि जनक सरसँग ।
जनकप्रसाद हुमागाईं सरको बारेमा बेलाबेलामा भाषाविद् गुरु चूडामणि रेग्मीले बाल साहित्यको प्रसंगमा कुरा गर्नुहुन्थ्यो । गुरु तारा विविधले त झन् औधी नै कुरा गर्नुहुन्छ । तारा विविध सरको कुरा सुनेपछि मलाई जनक सरसँग अघौंजी भेट्न पाएहुन्थ्यो जस्तो लागिरहेको थियो ।
भन्छन् रे–‘तँ चिता म पु¥याउँछु !’ भगवानहरुले । भगवान छन्–छैनन् थाहा छैन मलाई, तर भगवानले नै पु¥याए भनौं वा सञ्जोग हो जनकप्रसाद सरसँग नजिकै बस्ने, गफ गर्ने, खाने, बोल्ने, हिड्ने मौका दियो मलाई तीन दिनसम्म बाल साहित्य समाज सुनसरीले ।
२०६२ साल मार्ग ३ र ४ गते धरानमा आयोजित बाल साहित्य समाज काठमाण्डौको वार्षिक राष्ट्रिय सम्मेलन बाल साहित्य समाज घरानले आतिथ्य गरेको थियो । डा. गोपाल भण्डारीज्यूको निमन्त्रणा–पत्र पाएपछि म र मेरा मित्र देवीचरण भण्डारी सो सम्मेलनमा भाग लिन बाल साहित्यकारका नाताले घरान गयौं । कार्यक्रम भव्य रहेछ । काठमाण्डौबाट वरिष्ठ भाषाविद् चूडामणि बन्धु, समाजका अध्यक्ष विश्वम्भर चञ्चल, वरिष्ठ साहित्यकार रमेश विकल, श्यामप्रसाद, जनकप्रसाद हुमागाईं, रत्नाकर देवकोटा, ध्रुव घिमिरे, शैलन्दुप्रकाश नेपाल, शारदा अधिकारी, रामबाबु सुवेदी, शान्तदाश मानन्धर, शौरभकिरण श्रेष्ठ, भिक्टर प्रधान, बिजयराज आचार्य, सूलोचना मानन्धर लगायत ३५÷४० जना बाल साहित्यका बरिष्ठदेखि कनिष्ठसम्मका कलमकर्मीहरुको उपस्थिति थियो । काठमाण्डौं, धरान, बिराटनगर, झापा लगायतका साहित्यकारहरुको जमघट राम्रै थियो त्यो कार्यक्रममा ।
भाषाविद् गुरु चूडामणि रेग्मीले हामीलाई धेरै साहित्यकारहरुसँग परिचय गराइदिनु भयो । जनकप्रसाद हुमागाईंज्यूसँग पनि परिचयको नविकरण भयो २०६२ मंसिर ३ गतेको विहान शिक्षा सदन भवन धरानमा । ३ गतेको कार्यक्रम–उद्घाटन भयो । डा. वासुदेव त्रिपाठीले कार्यक्रमको उद्घाटन गर्नुभयो । अन्य कार्यक्रमहरु कार्यक्रम तालिका अनुसार नै चल्यो । रात्रीको भोजन सकिएपछि हामीलाई विश्रामका लागि रेडक्रस भवनमा व्यवस्था रहेछ । हामी धेरैजसो त्यहाँ बस्यौ । चिनाजान, गीत–गजल, पिस र हाँसोले रेडक्रस भवन उमङ्ग थियो त्यो रात । भोलीमल्ट विहान ७ः०० बजे हामी चिया खान रेडक्रस भवन अगाडीको पसलमा अभियौं । अचानक एउटा प्रस्ताव आयो त्यहाँ–धनकुटामा केही साहित्यकारहरु झमककुमारी घिमिरेलाई भेट्न जान भन्ने । मलाई जनकप्रसाद सरले एकान्तमा लगेर विस्तारै भन्नुभयो–‘निराकार भाइ हामी धनकुटा जाने सल्लाह गर्दैछौं, झापाबाट तपाईहरु पनि हिड्नुहोस्, यो मौका फेरी नआउन सक्छ’ । म खुसी भएँ । जौं–जौं लागिहाल्यो । मैले मेरा मित्र देवीचरणजीलाई भनें, हाम्रो सल्लाह मिल्यो, हामी जाने भयौं धनकुटा ।
धरानको भानुचोकमा हामी ६ जना विहान ८ः०० बजे जम्मा भयौं । जनकप्रसाद हुमागाईं, सूलोचना मानन्धर, विजयराज आचार्य, शौरभकिरण श्रेष्ठ, देविचरण भण्डारी र म कृष्ण सुवेदी ‘निराकार’ समेत जम्मा ९ जना रिजर्भ माइक्रो बस लिएर धनकुटा तर्फ लाग्यौं । हाम्रो साथमा मोरङ्गका एकजना सांसद लालबाबु पण्डित पनि हुनुहुन्थ्यो धनकुटा जाने ।
को.अ. १०८० नम्बरको माइक्रो बसवाट हामी करिव ८ः३० मा भेडेटार पुग्यौं । चिसो हावा, पिलपिले घाम, मनोरम दृष्यले भेडेटार सजिएको थियो । सुनौलो सूर्यको ताप लिदै भेडेटारमा हामीले तातो चिया र गुलीयो बिस्कुट खायौं । जनकप्रसाद सर हातमा डायरी र कलम लिएर खै के–के कुराहरु टिपीरहनु भएको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 जेठ, 2073

लेखकका अन्य रचनाहरु