गीत

- राजकुमार श्रेष्ठ

दुख्ने गर्छ घाऊ अझै खाटो लागे पनि
कुल्चिएर फूलको थुंगा बाटो लाग्दा ऊनी

सकिदैन भुल्न किन कुनै कुनै कुरा
बैगुनीले बाचा गरी छोडेका अधूरा
बल्झिरहने घाऊ बनी बाँच्यो मेरो जुनी
कुल्चिएर फूलको थुंगा बाटो लाग्दा ऊनी

सुन्दर सपना देख्नु पनि भुल हुने रैछ
त्यही सपना भत्किएर शुल बन्ने रैछ
पल्टिएर यौटा जीवन पर्यो डुँगा मुनी
कुल्चिएर फूलको थुंगा बाटो लाग्दा ऊनी

दुख्ने गर्छ घाऊ अझै खाटो लागे पनि
कुल्चिएर फूलको थुंगा बाटो लाग्दा ऊनी

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 जेठ, 2073

लेखकका अन्य रचनाहरु