गीत

- नवराज बुढा

सक्दिन म आकाशका तारालाई छुन।
तिमीलाई सम्झि हेरि बस्छु रातैभरी जुन।

रुदैछौकी उता बनको न्याउली चरी सङ्ग।
मेलापात एक्लै गर्छ्यौ होला झरी सङ्ग।
छुट्नु पर्यो पाएनि सङ्गै जिउने गुन।
तिमीलाई सम्झी हेरि बस्छु रातैभरी जुन।

यो मुटुमा बिझ्यो आज बिछोडको काडा।
म सहर तिमी गाउँ दुरि धेरै भो टाढा।
तिमी वारि म समुन्द्रपारी हेर्छु सम्झी रुन।
तिमीलाई सम्झी हेरी बस्छु रातैभरी जुन।

सक्दिन म आकाशका तारालाई छुन।
तिमीलाई सम्झी हेरि बस्छु रातैभरी जुन।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 जेठ, 2073

लेखकका अन्य रचनाहरु