कसुर

- जेबी खत्री

कुनै बेला उनी समाजमा एक प्रतिष्ठित व्यक्ति मानिन्थे । उनलाई समाजको एउटा गन्यमान्य व्यक्तिको रूपमा लिइन्थ्यो । लेखपढ सामान्य भएपनि कानूनी ज्ञान भएकोले उनले भनेका कुरा समाजले प्रायः काट्दैनथ्यो । थोरै बोल्ने तर अकाट्य कुरा बोल्ने बानी भएकोले पनि उनी गाउँमा लोकप्रीय बनेका थिए ।
गाउँघर छरछिमेकमा भनाभन झैझगडा भयो कि त उनलाई बोलाइ हाल्थे । न्यायका लागि दुवै पक्ष उनलाई नै गुहार्न पुगि हाल्थे । उनी कुरा गर्न सिपालु सिपालु पनि थिए । उनीसँग गाउँलेहरू डराउँथे पनि अन्यायमा परेकालाई उनी न्याय पनि दिन्थे ।
विस्तारै उनलाई सबैले मान्न छोडे । उनको कुरो पनि बिक्न छाड्यो । गाउँलेहरूले बोलाउनै छाडे । छरछिमेक तल्लाघर–माथ्लाघर जाँदाआउँदा पनि उनको वास्ता हुन छाड्यो । बाटाउँदो उनलाई देखेर केटाकेटीहरू पनि मुखामुख गरेर हाँस्न थाले ।
उनका बारेमा गाइँगुइँ कुरा चल्न थाल्यो । छरछिमेकमा एकान दुकान गर्दै सबै गाउँभरि हल्ला फैलियो । उनकी श्रीमति उनीसँग झगडा गरेर माइत गएकी रहिछन् । उनको घरमा छोरा–बुहारी र आफूहरू दुई जना गरी चार जनाको परिवार थियो । छोरा विदेश गएको थियो । छोरो नआएसम्म आउँदिन भनेर हिडेकी उनी आइनन् पनि । छोरो विदेश गएदेखि उनको घरमा यस्तै झगडा हुन थालेको रहेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 जेठ, 2073

लेखकका अन्य रचनाहरु