आज अनामनगर फेरि शान्त छ

- विश्वम्भर चन्चल

आज अनामनगर फेरि शान्त छ , हिजोसम्मको त्यो हल्ला, दौडधुप र चहलपहल त्यहाँ केही देखिदैन, सुनिदैन । मागेर र बटुलेर ल्याएका जे–जस्ता सामानले अति कष्टपूर्वक तिनीहरूले फेरि अ–आप्mना झुपडी बनाएका थिए र सारा भाग्यलाई तिनै झुपडीका छानाभरि बिस्कुन सुकाएका थिए, ती पनि अब रहेनन् । एउटाले अपशोच प्रकट गर्यो, “दैवले पनि कत्ति ठग्नु यिनीहरूलाई ! भनिन्छ– ईश्वरले जब एउटा ढोका बन्द गर्छन् अर्को ढोका खोल्छन् । तर यिनीहरूका लागि त सबै ढोका बन्द भइदिए ।
“दुर्दिन कहिल्यै पनि एक्लै आउँदैन भनेको साँच्चिकै रहेछ,” अर्कोले थप्यो, “दैवले नै यिनीहरूलाई ठगेको छ भने मानिसले नठग्ने कुरै भएन ।”
“हो ! ठीक हो । अनामनगरका ती बासिन्दा सबैतिरबाट ठगिएका थिए । तर पनि एउटा प्रश्न भने अनुत्तरित नै रह्यो । के त अब तिनीहरूका लागि ? कुन हो तिनीहरूको अन्तिम ठाउँ ? भाग्यले कहाँ लैजाने हो तिनीहरूलाई ?”
“जाउँ ! उनीहरूको अवस्था के छ हेरूँ,” वरपर गाउँका मानिस उत्सुक भए ।
“हो ! हो ! जाउँ ! जाउँ ! सक्छौँ भने हामी उनीहरूका लागि केही गरिदिउँ । हामी नै दैव हौ उनीहरूका लगि यस बखत,” तिनीहरूका बीचबाट फेरि एउटाले सहानुभूति प्रकट गर्यो ।
आश्चर्य ! एउटा ठूलो आश्चर्य ! हिजोसम्मको अनामनगरको त्यो बस्ती आज खुल्ला छैन । हिजोसम्मका बस्तीका ती झुपडीहरू आज एउटा पनि छैनन् । त्यहाँका बसिन्दाहरू पनि देखिँदैनन् । रातारात त्यस क्षेत्रमा काँडेतारको बाक्लो बार लागेको छ मात्र होइन बस्तीका चारैतिर सूचनापाटीसमेत टाँसिएको छ सूचनापाटीमा बडेमानका अक्षरले लेखिएको छ– “यस क्षेत्रभित्र कसैले दखल गर्न आएमा वा मेरो हो भनी कतै दाबी गरेमा कानूनबमोजिम कडा कार्बाही गरिनेछ ।” साथै त्यस क्षेत्रका चारै सिमानामा जुँगामुठे र भुसतिघ्रे प्रहरीहरू तैनाथ छन् । यस्तो लाग्छ– त्यो क्षेत्र युध्दभूमिको सिमाना हो ।
खोइ त अब त्यो अनामनगरको बस्ती र त्यहाँका बसिन्दा ? तिनीहरू अब कहीँ होइन, जुन नदीले छोडेका किनारमा उनीहरूको आजसम्मको आश्रय ठडिइरहेको थियो, त्यहाँबाट ती विस्थापित भएपछि त्यही नदीले उनीहरूलाई शरण दियो । कहाँ जाउन् तिनीहरू दायाँ–बायाँ जब कि तिनीहरूका लगि खुट्टा टेक्ने जमिन आप्mनू भन्नु यस धर्तीमा कहीँ छैन । अनामनगर क्षेत्र पो त्यसै नदीले छोड्दै गरेको र आजसम्म कसैले थाहा नपाएको ऐलानी जग्गा थियो र ती बासिन्दाले त्यसै ठाउँमा आप्mनो घर बसाएका थिए । अरू ठाउँ त यसै नदीको पल्लो किनारामा पनि कतै बाँकी थिएन । सबैले आ–आप्mना नाममा पारिसकेका थिए र त केही वर्षपहिलेको त्यति चौडा नदीले पनि आज आएर केवल एउटा सानु खोलाको रूप धारण गरिसकेको थियो । शायद त्यो पनि बाँकी रहन्थ्यो वा रहँदैनथ्यो भन्न मुस्किल छ, यदि त्यहाँ पहरा जस्ता ठूलाठूला ढुङ्गा नतेर्सिदिएका भए.... ।
अहिले अनामनगरका बासिन्दा त्यही नदीबीचका चट्टान जस्ता ढुङ्गाहरूका ओढारमा आश्रय लिइरहेका छन् र उनीहरूका झुपडीका छताछुल्ल भएका हाड, छाला र करङहरू त्यसै नदीका ढुङ्गाहरूमा छानो लागेका छन् । जोडजाड गरेका भाँडाकुडाँ र खाने सामलले चाहिँ नदीसतहका गिर्खे ढुङ्गा र बालुवासँगै मीत लगाएका देखिन्छन् । तिनीहरूले अब भन्नु कसैलई केही छैन, कसैको सुन्नु अब केही छैन र कोहीसँग याचनापूर्वकका आँखाले हेर्न पनि अब व्यर्थ भइसकेको छ । बाँकी त मात्र अब तिनीहरूका लागि यत्ति छ उनीहरूका ती सबै पीडा र व्यथाहरू, यावत् दुर्दिनका कथाहरू आपैmँले आपैmँलाई पोख्नु छ । आपैmँले आपैmँसँग विरोध जनाउनु छ आप्mनो जन्मको, आप्mनो कर्मको र अझ त्यसभन्दा पनि बढी आप्mनै बाबु–आमाको, आपूmलाई जन्माउने सम्बन्धसँगको । त्यसैले अनामनगरवरपरका गाउँले जब अनामनगरका बासिन्दाप्रति सहानुभूति प्रकट गर्न त्यहाँ पुग्छन्, उनीहरू के देख्छन् भने ती बासिन्दाहरू बाँदरले भैmँ आपैmँले आपैmँलाई टोकिरहेका छन्, चिथोरिरहेका छन्, कोपरिरहेका छन्.... । परिणास्वरू तिनीहरूका शरीर रगताम्य भइसकेका छन् र त्यहाँ असंख्य असंख्य खटिराहरू दूषित भएर पाक्न थालिसकेका छन् ।
उनीहरूका यी सबै अवस्था देख्दा गाउँलेहरूलाई आश्चर्य मात्र होइन असैह्य पीडाबोध पनि हुन्छ । मानवश्रृष्टि र जातिमाथि नै वितृष्णा पैदा हुन्छ । एउटाले गएर सोध्छ, “ए बन्धु हो ! किन तिमीहरू आपूmले आपूmलाई नै यसो गरिरहेका छौ हँ ?” तर अनामनगरका ती बासिन्दा केही सुन्दैनन् मानौँ तिनीहरूका कान नै छैनन् र भए पनि सबै बहिरा छन् ।
“केही त बोल हो ! मुख त छ नि तिमीहरूको ! हुन सक्छ, हामीले तिमीहरूको लागि केही मदत गर्न सकौँ !” गाउँले सबै कराउँछन् । तर उनीहरू अहँ.... मरिगए बोल्दैनन् । किन बोलुन् उनीहरू जब कि उनीहरूको बोलीलाई कसैले सुन्दैन । किन सुनूुन्् उनीहरू जब कि उनीहरूले आजसम्म सुनेका र आश्वासन पाएका कैयौँकैयौँ वचनहरू त्यसै खेर गइसके । त्यसैले उनीहरू मुख भएर पनि बोल्दैनन् र कान भएर पनि सुन्दैनन् ।
जब उनीहरूले यसरी मुख भएर पनि बोलेनन् र कान भएर पनि सुनेनन्, गाउँलेहरूलाई शङ्का लाग्यो कि के यिनीहरूले आँखाको दृश्य पनि त गुमाएका छैनन् ? त्यसैले कसैले गएर उनीहरूका अगाडि हात हल्लाएर नै सोध्छन्, “ए बन्धु हो ! भन त, यी हातका औँलाहरू कतिवटा छन् ?” तर उनीहरू अन्धाले भैmँ आँखा ट्वाल्ल पारेर हेरिरहन्छन् मात्र या त दिनको लाटोकेसेरो भैmँ आँखाका नानी मात्र चलाइरहन्छन् । आँखैनजीक लगेर हातले हम्किदिँदा भने परेला चाहिँ झिम्क्याउँछन्, झिम्क्याउन त, तर अहँ उनीहरू केही देख्दैनन् । यस्तो लाग्छ– उनीहरू अब सम्पूर्ण इन्द्रियविहीन भइसकेका छन् । त्यसैले त चेतनाविहीन पनि । परिणामस्वरूपः उनीहरू जीवरूपका निर्जीव वस्तु भैmँ देखिन्छन् या त मानिसहरूको पशु–व्यवहार छ उनीहरूमा र उनीहरू अब मानिसकै शक्तिले पशुमा परिणित भइसकेका छन् । थाहा छैन त्यसपछिको अवस्था अब उनीहरूको के हुने हो ? उनीहरू प्रकृतिको त्यस काखबाट पनि मानिसव्दारा नै विस्थापित हुनु पर्ने हो या प्रकृति स्वयम्को बाढीले नै उनीहरूलाई किनारा लगाइलिने हो.... !
....जब अनामनगरका झुपडीहरूलाई हूरीले उडायो, त्यस नगरका बासिन्दाका लागि अब केही बाँकी रहेन । त्यस हूरीले तिनीहरूका झुपडी मात्र उडाएनन्, ती झुपडीभित्र जे जति सामान थिए– ताम्चिनका प्वाल परेका भााडाकुँडाँ, झुत्राफाटा कपडा, र केही जोडजाड गरेका पिठो, कनिका, सातु, मोटो चामल, मकै, भटमास, चिउरा सबै शुन्य आकाशमा कता पुगे कता । अनामनगरका बासिन्दा स्तब्ध रहे । वरपर गाउँमा हल्ला फिँजियामे कि अब अनामनगर त रहेन रहेन तर त्यहाँका बास्न्दिाको के बिजोग हुने हो !
भोलिपल्टै स्वतन्त्र पत्रपत्रिकाहरूले अनामनगरका बारे भँगेराटाउके शीर्षकमा समाचारहरू छापे । सरकारी सञ्चार माध्यमले ढोल पिटायो । सम्बिन्धित् मन्त्रीले वस्तुस्थितिको गहिरो नीरिक्षण गरे र पीडित बासिन्दाहरूप्रति थुप्रा आश्वासनहरू बाँडेर हिँडे । अनामनगरका बासिन्दामा अब पहिलेको जस्तो ठूलो इच्छा पनि केही रहेन । केवल पेट भर्नको लागि एक छाक राम्रो खानाको प्रबन्ध, जीउ ढाक्नको लागि एकजोर कपडा र घाम–पानीबाट बच्न एक एकवटा झुपडी भए उनीहरूलाई मनग्गे पुग्ने भयो । बस्तीका लागि धारा, पानी बिजुली अस्पताल, सडक आदिआदि सुविधाको रहर उनीहरूमा अब केही रहेन । ती सबै अहिले तपसिलका कुरा मात्र रहे । अहिले त केवल त्यस ठाउँमा एउटा बस्तीरूपको अस्तित्व कायम हुन सके नै ठूलो कुरा हुन्थ्यो उनहिरूका लागि ।
तर त्यस बस्तीलाई कायम गर्ने कसरी ? कसले त्यहाँ फेरि एउटा बस्ती बसालिदेला र अनामनगरका ती बासिन्दाले ओत लाग्ने ठाउँ पाउन सक्लान् ! सरकारी आश्वासन त भर्सेलै परोस्, कहिले पूरा हुने हो ठेगान छैन । त्यसैले अनामनगरका बासिन्दा आप्mनै मिहिनेत र परिश्रम तथा आप्mनै कर्मको लागि आपैmँ जुटे । उनीहरूले सोचे– कर्म नै ठूलो हो । कर्मविना मानिसले न चन्द्रलोक प्राप्त गर्न सक्छ नत पृथ्वीलोक नै ? कर्म नै नगरी दैवी इच्छामा मात्र भर पर्नु पनि केही रहेनछ । नत्र भने दैवी इच्छाले उनीहरू पहिले नै चन्द्रलोक पुगिसक्नु पर्ने थियो र चन्द्रलोकको सुख–सुविधामा नै अहिले आप्mनो जीवन व्यतित गरिरहेका हुन्थे । तर अपशोच ! त्यो हुन सकेन । देवदूत र चन्द्रलोकको त्यो आश्वासन त केवल भ्रम थियो अनामनगरका बासिन्दाका लागि । दुःख, अभाव, गरिबी, पीडा र घृणामा उनीहरू जुन प्रकारको जीवन बाँचिरहेका थिए मुक्तिको प्रतिक थियो त्यो देवदूतको कल्पना र त्यस बखतका लागि त्यही भ्रममा नै बाँच्नु बाध्यता थियो उनीहरूमा । तर अहिले त्यो भ्रमबाट मुक्त भएका छन् उनीहरू र यथार्थको धरातलमा उभिएका छन् ।
त्यसपछिका घटनाक्रमहरूमा अनामनगरका बासिन्दा टाढाटाढा जान्थे । एउटा बाँस माग्थे । केही नर्कट माग्थे, भाङ्ग्रा, मान्द्रो, बोरा अथवा चुहिएर फालिएका प्लास्टिकका टुक्राहरू नै किन नहोउन्, जोडजाड गरी ल्याउँथे र एकै ठाउँमा थुपार्थे । पराल, खर वा छ्वाली पनि बटुल्थे बटुल्न त केही तर त्यतिले मात्र त्यहाँ बस्ती बस्न सक्दैनथ्यो । ती सामानले त एक दुईवटा झुपडी बन्थे नै भनुँ । तर पनि बनेका ती झुपडीमा सबै बासिन्दा अटाउन सक्दैनथे । नअटाउनेहरू अटाउन खोज्थे र अटाउनेहरू अझ सुविधा खोज्थे । यस अवस्थामा पुनः त्यहाँ मानवस्वभावको एउटा अति दुर्बल पक्ष जागृत भइहाल्थ्यो । अटाउने र नअटाउने बीचमा स्वार्थ र अभावबाट उत्पन्न झगडाले बनेको झुपडी पनि भत्किन्थ्यो । भोलपल्ट बन्थ्यो, पर्सिपल्ट फेरि भत्किन्थ्यो ।
यही थियो अनामनगरका बासिन्दाको नियति । उनीहरू दिनदिनभरि गाउँ–गाउँ चाहारी हिँड्थे वा सडकका छेउ वा मन्दिरवरिपरि बसेर केही खाने सामल बटुल्थे र बेलुका फेरि त्यही ठाउँमा आई एकले अर्कोलाईै खप्टिएर सुत्थे न्यानोको लागि । हिजो मात्र सुविधाप्रप्त र सुविधाविहीन बासिन्दा जुन रूपमा आ–आप्mनै स्वार्थको लागि झगडा गरिरहेका हुन्थे र भएको भुपडी पनि एक अर्काको रिसमा भत्किन्थे, आज तिनै व्यक्तिहरू फेरि प्रकृतिको मारबाट वा बाहिरी कुनै शत्रुको आक्रमणबाट बच्न एकले अर्कोको सहारा लिइरहेका हुन्थे । स्वतन्त्र पत्रिकाहरूका भँगेराटाउको अक्षरका समाचार, सरकारी सञ्चार माध्यमको ढोलपिटाइ र मन्त्रीस्तरीय आश्वासन जुन बखतमा थिए र भए, त्यही समयका लागि मात्र थिए, र भए नै । पछि न उनीहरूको खोजखबरी कसैले गर्यो नत उनीहरूका लागि कुनै एक आश्वासन मात्र पनि पूरा भयो ।
एकचोटि सुनियो कि अन्तर्राष्ट्रियस्तरको सहयोग पनि अनामनगरका बासिन्दाका नाममा आएको थियो रे । बाँड्लाई पनि उनीहरूकै नाममा बाँडियो । तीमध्ये पाउने चाहिँ कोही भएन । यसबीच ती बासिन्दाहरू सरकारसमक्ष धेरै याचना र अनुरोधहरू पनि लिएर नपुगेका होइनन् हुन त, तर जतिपल्ट जान्थे, त्यति नै पल्ट मौखिक आश्वासनका भारी लिएर मात्र फर्किन्थे । त्यसको कार्यान्वयन चाहिँ कहिल्यै हुँदैनथ्यो ।
एकपटकको कुरा हो त्यस बस्तीमा केही सुकिलामुकिला मान्छेहरू आए र उनीहरूले नदी किनारको त्यस बस्तीको फाँटलाई वारकापार हेरे घुमिफिरि, जाहाँतहीँ र वर्कीफर्की हेरिसकेपछि आ–आपूmमा कुरा गरे । अनामनगरका बासिन्दाले कारण बुभ्mन सकेनन् । जब ती मानिसहरू धूलो उडाउँदै मोटर चढेर हिँडे, अरूहरूले सुनाए अब त्यहाँ सरकारले राम्रो बस्ती बसालिदिने भयो रे । घर नहुनेलाई घर दिने भयो, घडेरी नहुनेलाई घडेरी दिने भयो । अनि ती घर–घडेरीको लालपूर्जा वितरण गरी सबैलाई आआप्mनो बास र जग्गाको आपैmँ मालिक बनाउने भयो आदिआदि.... ।
यो सुनेर अनामनगरका बासिन्दा हर्षले गद्गद् भए । सरकारले भन्यो, “यो त हाम्रो कर्म र धर्म नै हो । तिमीहरूप्रतिको वाचा–बन्धन नै हो । चनद्रलोकमा बस्ती बसालिदिने कवोल पनि हामीले गरेका हौँ । देवदुत बनेर आएका पनि हामी नै थियौँ । तर एकै दिनमा पश्चिमतिरबाट आउको त्यस हूरीले तिमीहरूको उठिबास लगायो । हामीले त्यस हूरीलाई रोक्न भरमग्दुर कोशशि त गर्यौँ । तर सकेनौँ र चन्द्रलोकको त्यो अभियान पनि पूरा भएन । तर अहिले चाहिँ तिमीहरूलाई चन्द्रलोक नै दिन नसके पनि पृथ्वीलाई नै चन्द्रलोकसरह भने अवश्य बनाइदिन्छौँ । संसारका सुन्दरतम, आधुनिकतम र विकसित देशको दाँजोमा हामी यही अनामनगरको बस्तीलाई नमुनाका रूपमा देखाइदिन्छौँ । हामी नै तिमीहरूका भाग्य हौँ, विधाता हौँ । यस उसले तिमीहरू निस्फिक्रीसाथ बसेर बितेको कुरालाई मात्र एउटा इतिहास बनाइदेउ । अहिलेको यथार्थमा चाहिँ केवल हामी र हाम्रो कार्यलाई ग्रहण गर.... ।”
अनामनगरका बासिन्दा यिनै कुराहरूमा ढुक्क भए । अभाव र पीडाभित्रका यस्ता आश्वासनहरू निकै विश्वसनीय र शक्तिशाली लाग्नु उनीहरूको लागि अस्वभाविक पनि भएन । नभन्दै त्यसको केही दिनपछि एउटा आयोगको टोली आयो । उनहिरूलाई यसै भनियो । बासिन्दाहरू सबै आयोग टोली वरिपरि झुम्मिए । टोलीले भन्यो, “हामी सुकुम्बासीको लागि बनाइएको आयोगका टोली हौँ । अब तिमीहरूकै नाममा तिमीहरू आ–आपूmले भोगचलन गरेको जग्गाजमिन पास हुनेछ । त्यसपछि मात्र सरकारले यस ठाउँलाई संसारमा एउटा नमूनरूपको बस्ती बसाल्ने लामो योजना थाल्नेछ ।”
त्यसपछि त्यो टोलीले बस्तीका मानिसको नाम, ठेगाना र अरू जे–जति कुरा आवश्यक पर्छन्, ती सबै सोधीसोेधी लगत लिने कार्य गर्न थाल्यो । यस कार्यमा आ–आप्mनो नाम त सबैले पटापट भने, ठीकै भयो । तर बाबु–बाजेको नाममा भने उनीहरू कोही कोही अलमलिए । यसमा टोली रिसायो र भन्यो, “ बाबु–बाजेको नाम त तिमीहरूलाई आउँदैन, के घरजग्गा लिन्छौ त तिमीहरू ?” अनामनगरका बासिन्दा पनि मानिस नै हुन् । मानिस भएपछि कसैको भनाइमा अलिकति चित्त दुख्नु, अलिकति रिस उठ्नु स्वाभाविक नै हो । तर त्यस बखत उनीहरूको चित्त दुखाई र रिसउठाइले झन् अर्को झन्झट आइलाग्न सक्थ्यो । त्यसैले नम्र भएर नै आ–आप्mनो विवशता सुनाए । त्यसमा टोलीले एक एकवटा नाम राखिदियो र त्यसपछि ठेगाना सोध्ने पालो आयो । यसमा चाहिँ सबैले एकैमुख लगाएर भने, “हाम्रो ठेगाना अनामनगर हो ।”
”नाम भन नाम, आप्mनो ठेगानाको, वतनको क्या वतनको ! वतन भनेको त बुझौला नि ! ‘अनाम’ त नाम नै भएन नि !” टोली पुनः जङ्गियो ।
”हो हजूर ! यस बस्तीको नाम नै अनामनगर हो । नाम भने पनि अनाम भने पनि यही हो हाम्रो ठेगाना, वतन जे भने पनि यही हो,” उनीहरूले टोलीसमक्ष हात जोडे । टोलीले अर्को ्प्रश्न गर्यो, “खास कहाँका बासिन्दा हौ तिमीहरू ? तिमीहरूको जन्मथलो कहाँ हो ? कि यही अनामनगरमै जन्मेका हौ ?”
“राम ! राम ! राम !! किन हामी त्यति झुटो कुरा गथ्र्यौँ हजूर ! गरिब भएर हामीसँग अरू केही नभए पनि हाम्रो इमान त हामीसँगै छ नि हजूर ! ब्रह्माजी नै आए पनि हाम्रो इमान हामीबाट खोस्न सक्दैनन् ।
“हो ! हो ! जान्ने न हौ । तिमीहरू इमानदार छैनौ भनेर कसले भनेको छ र ? खूब इमानदार छौ तिमीहरू,” टोलीले व्यङ्गात्मक मुद्रामा उनीहरूसँग फेरि सोध्यो, “ल भन तिमहिरू कहाँ कहाँबाट यहाँ आएर बसोबास जमाएका हौ ?”
“हामी धर्तीका बासिन्न्दा हौँ र यही धर्ती चाहार्दा चाहार्दै नै यस ठाउँमा आइपुगेका हौँ हजूर !” बासिन्दामध्ये एउटाले प्वाक्क जवाफ दियो । टोली रिसले आगो भयो र सुनायो, “मानिस धर्तीमै बस्छन् नि ! नभए के आकाशमा बस्छन् त ? के बकम्फुसे कुरा गरेको ? जग्गा पाउने सुर छैन कि क्या हो ?” यसमा अनामनगरका बासिन्दाले स्पष्टिकरण दिँदै भने, “हो हजूर !! हामी जहाँ जान्छौँ त्यहीँका बासिन्दा हुन्छौँ । हाम्रो खास ठेगाना कतै छैन ।”
“बाबु–आमको ठोगान त होला नि ?”
“होला कतै । वा उनीहरू पनि हामीजस्तै बेघरबारकै थिए होलान् थाहा छैन,” बासिन्दामध्ये अलि पाको चाहिँले अगाडि सर्दै भावुक मुद्रामा सुनायो, “मेरो चाहिँ उता कतै डाँडापारी घमाइलो पाखामा सुन्तला र अम्बाघारिका बीचमा परालको छाना भएको र सेतै कमेरोले पोतेको चिटिक्क परेको घर थियो रे बाजेको पालामा । गाई, भैँसि, गोठ सबै थिए रे । तर एक सालको कुरा हो, चार–पाँच दिनदेखिको लगातारको पानीले त्यही बीचको कुनै एक रात सबै जना निदाएको मौका पारी अचानक पहिरो गएछ नराम्ररी । गाउँले सबै एकै थलोमा पुरिएछन् र मेरो परिवार पनि । पापी दैवले म र मेरी आमालाई मात्र किन बचाएछन् कुन्नि ? त्यसपछि हामी घरबारविहीन भयौँ र घरबार जोड्ने चाहनाले मेरी आमाले यतै पिठ्यूँमा बोकी ल्याइछन् । पछि आमा पनि मरिन् र एक्लो टुहुरो भई जीवन बिताएको पनि आज चालीस वर्ष बितिसकेछ.... ।”
“हाम्रो चाहिँ साहूले खाइदिएछ सबै र हामीलाई उठिबास लगाएछ । पछि बासँग हाम्रो ठोगान सोध्दा आँखाभरि आँशु पारेर भक्कानो फुटेको आवाजले भन्थे, “हुन्दे बाबु, त्यस ठाउँको नाम कहिल्यै लिन नपरोस् । त्यस ठाउँको नाम लियो कि त्यस अधम, पापी र दुराचारी साहूको सम्झना आउँछ.... ।” यसैले मेरा बाबुले हाम्रो पुख्र्यौली ठेगाना कहिल्यै बताएनन् । जबदेखि म जान्ने–सुन्ने छु, यही अनामनगरमै छु ।”
तेश्रोले पनि आप्mनो विरहको त्यस्तै गाथा सुनायो, “मेरी आमा मागी, खाई हिँड्थिन् । राम्री थिइन् । एक दिन एउटा मानिसले अलि धेरै पैसा दिएर लोभ्याएछ । उनी ऊसँग सुत्न पुगिन् र मलाई जन्माइन् । तर त्यो बाबु बन्ने अधर्मी कहाँको हो र कहाँच् गयो थाहा छैन । आमाले मलाई सडकमै जन्माइन्, सडकमै हुर्काइन् । त्यसैले मेरो खास ठेगाना सडक हो हजूर ! अहिले चाहिँ केही वर्ष भयो म यसै ठाउँमा आएर बसेको.... ।”
यस्तै यस्तै सोधपुछ र जवाफ लिने क्रम टोलीले सिध्यायो । अनि जानेवेलामा सबैका अनुहारतिर हेरेर एकचोटि हाँस्यो पनि । अनामनगरका बासिन्दा सरकारको जयजयकार मनाउँदै आयोगको टोलीलाई विदा गर्न निकै वरसम्म आए । भोलिपल्टदेखि पनि फेरि अनामनगरको बस्तीमा धूलो उडाउँदै मोटर दौडिरह्यो.... दौडिरह्यो.... । अनामनगरका बासिन्दा पछि लागिरहे.... लागिरहे.... । अनि त्यसको केही दिनपछिको मात्रै त कुरा हो– एक दिन राती वरपरका गाउँले कसैले पनि थाहा नपाईकन अनामनगरका बासिन्दा अचानकै नै विस्थापित हुन पुगे । “खबरदार ! चाइँचुइँ बौल्यौ र हल्लाखल्ला गर्यौ कि गोली चलाइनेछ....,” चारंैतिरबाट अनामनगरको बस्तीलाई घेरियो र उनीहरू सबैलाई फेरि एउटा कुन चाहिँ कागजमा हो, सहीछाप गराइयो । अनामनगरमा बिहान बिउँझिँदा अनामनगर स्वयम् चिरनिद्रामा भैmँ देखिन्थ्यो– चकमन्न र सुनसान । त्यहाँ त काँडेतार, सूचनापाटी र प्रहरीको गस्ती मात्र बाँकी रह्यो । यो किन, कसरी र कसले गरायो थाहा छैन । धर्ती मौन छ, आकाश मौन छ र वायु मौन छ । कतिसम्म भने आज स्वतन्त्र पत्रपत्रिकाहरू, सरकारी सञ्चार माध्यमहरू र स्वयम् सरकारसमेत मौन छ । तर पनि सबैले देखेको र थाहा पाएको तथ्य कुरा के हो भने आज अनामनगर फेरि शान्त छ...., त्यहाँको वातावरण शान्त छ...., प्रकृति शान्त छ.... ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 11 जेठ, 2073

लेखकका अन्य रचनाहरु