गीत

- प्रकाश बजगार्इं अन्जानपथ

भगवानको मन्दिरैमा , के माग्यौ भन हो
नजरैले इशारामा , के ताक्यौ भन हो
घोत्ली घोत्ली हेर्ने , जादू टुना गर्ने
यो मनको बगैंचामा, मायाको मुना भर्ने @!

संकेतैको प्रस्ताव राख्यौ, कुरा के म बुझुँ
झरझर यो झरना संगै , लाग्छ रुझुँ रुझुँ
गुलाफी त्यो गाला तिम्रो , सौन्दर्य कि खानी
बनाउँ झैँ लाग्छ तिम्लाई , जिन्दगी कि रानी @!!

बिना सित्तैँ तनाव भर्‍यौ, इच्छा के म साचुँ
सरगम यो गाना संगै , हुन्छ नाचुँ नाचुँ
मेहेन्दी त्यो हातै भरी, खासखुसे भो कुरा
रंगाउन सोच्छु सिउँदो , किनि ल्याछु चुरा @!!!

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 11 जेठ, 2073

लेखकका अन्य रचनाहरु