बन्दको आनन्द

- सुमी लोहनी

बन्दमय देशका सम्पूर्ण बासिन्दालाई मेरो खुला ह्दयको नमस्कार ! तपैँलाई था छ ? आजभोलि म त आरामसाथ फुर्सदले भजन गाएर बसिरा’छु । जोस जाँगरले भरिपूर्ण भएर काम गर्नुपर्ने बेलामा कामसाम नगरी भजन गाएर बस्ने कस्तो मान्छे भन्ठानेर छक्क पर्नु भ’को छ भने नपर्नुस् छक्क !
अब त कसैले काम पाएको, गरेको देखियो, सुनियो भने पो छक्क पर्नुपर्ने भएको छ । मेरा कुरा नपत्याए लौ तपैँ नै आफ्नोे छातीमा हात राखेर भन्नुस् त कहाँ र के काम गर्ने ? उद्योग, कलकारखानामा काम गरौँ, साना–ठूला, साझा, मझौला सबै खाले उद्योग, कलकारखाना धमाधम बन्द भ’र काम गर्ने झन्झटै खत्तम ¤ होटेल, रेष्टुरेन्टमा देशी विदेशी अतिथि देवदेवीलाई ख्वाइप्याई आदरसत्कार गर्ने काम गरौँ न त भने ती पनि ‘तँ भन्दा म के कम‘ भने जसरी दु्रत गतिमा बन्दाबन्दी हुँदै छन् । त्यसैले कामदार र सञ्चालक दुबैलाई आप्mनै गार्डेनमा बसेर आनन्दले हावा खाँदै रमाउने अवसर मिलेको छ । लौ, भै हाल्यो कामधन्दा नभएको मौकामा यसो घुमघाम नै भए पनि गर्न जाऔँ न त भने पनि घर बन्द, टोल बन्द, जिल्ला बन्द, देश बन्द, सडक बन्द । सबै खुले गाडी बन्द अनि कहाँ कतिखेर के बन्दरुपी बज्र आÇनोे तालुमा बज्री बडेमान्को आलु बगे्रल्ती फल्ने हो पत्तै हुँदैन । बानेश्वरको बीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रमा गएर ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने उखानलाई चरितार्थ पार्नेहरूको चर्तिकला हेरौँ, सुनौँ न त भने बैठकै बस्न नपाई भत्ता चैँ चालू सभा चैँ समाप्त भैहाल्छ । अब के गरौँ ? के गरौँ ? लौ जा त अब कम्प्युटर खोलेर नयाँ नौला कुराको ज्ञान प्राप्त गरौँ अनि यसो साथीसंगीसँग च्याटचुट पनि गरौँ भने त्यो पनि अदृश्य प्राणरुपी बिजुलीका कारण बन्द । गीत, संगीत सुनौँ, टी.भी. हेरेर मनोरञ्जन गरौँ भने विद्युत आशीर्वाद विना ती पनि बन्द । ‘तै रिन तै रिन, बूढी बाख्री किन्’ भने झैँ झोँक चला’र पढन जाऔँ न त भने बेलाबेलाँ अनेक बहानामा यामानको भोटे ताल्चा ठोकी त्यतातिरको पनि दैलो नै बन्द । मिडियातिर काम गरौँ भने लोडसेडिङ्कको भाइरसको आक्रमणले त्यो क्षेत्र पनि आक्रान्त ¤ त्यति मात्र कहाँ हो र शर्वशक्तिमान् बिजुली प्रभुको वरदान र कृपाले चल्ने अरू पनि धेरै–धेरै कामकुराहरू सबै ढ्याक्क ला’र बन्द ।

लौ भै हाल्यो नि त अब पकाउने सामग्री केही र’छन् भने भान्छामा गएर पकाउने तुल्याउने काम गर्नु प¥यो भनेर खाना पकाउनलाई पानी थाप्न धारो खोल्दा एक थोपा पनि आउँदै नआई पानी पनि बन्द । अनि त खाना पकाउने र खाने कामै बन्द । ‘घरै पिँडालु वनै पिँडालु, ससुराली जाँदा त झन बा¥ह हातको पिँडालु’ भने झैँ यतै बन्द, उतै बन्द, चारैतिर बन्दै बन्द । काम बन्द, माम बन्द, अनि माम हाम पनि बन्द । आहा हा हा ¤ कत्ति रमाइलो हगि ¤ जताततै बन्दै बन्द ।

यसरी सर्वत्र बन्द हुँदा पनि दुःख, पीडा र अभाव चैँ सरकारको आदेशै मान्दैनन् बा !खुरुक्क ला’र ठूलाठालूको आदेश मानेर बन्द हुनु पर्दैन भन्या ¤ अनि, अनि झन् अटेरी छ खाली पेटको भोक त ¤ नेताको भाषणले र ठूल्ठूला कुराले मज्जासँग टन्न ला’र भरिनुपर्छ नि ¤ नभरीकन रित्ताको रित्तै भएर झन् आन्द्रा पो बटारिन्छन् ए गाँठे ¤

अब यस्तो रमाइलो र अति आनन्ददायक स्थितिमा सारङ्कीजस्तो ज्यानबाट प्राणपखेरु कहिले उड्ने हो र कतिखेर एक मुठी सास पनि चल्न बन्द हुने हो, यो कुरो उनै परमेश्वरै जानून् । त्यसैले काम नभएको यस्तो फुर्सदिलो समयमा आउनुस् सँगै भगवान्को भजन गाऔँ –
हरे राम ! हरे राम !
राम ! राम ! हरे हरे !
काम पाए, माम खाए
ज्यानमा केही तरान परे
गाउँला प्रभु तिम्रो नाम
हैन भने हौँला परमधाम
आउँला प्रभु तिम्रै धाम
गाउँला प्रभु तिम्रै नाम
हरे राम ! हरे राम !
राम ! राम ! हरे हरे !
.........................।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 बैशाख, 2073

लेखकका अन्य रचनाहरु