यसरी सम्पन्न भयो अभिनन्दन कार्यक्रम

- देवीचरण भण्डारी सरोज

मनभरी उकुसमुकुसु कुराहरु खेलीरहेका छन् । के मात्रै लेखौँ । के मात्रै नलेखौँ भइरहेछ मलाई । सुरु कहाँबाट गरौँ र अन्त्य कहाँबाट गरौँ ? वडो द्विविधा र असमञ्जसमा परेको छु म । त्यति ठूलो र गहकिलो साहित्यिक कार्यक्रम अत्यन्तै मर्यादित, व्यवस्थित चित्ताकर्षक र रमाइलो ढंगले कार्यक्रम सम्पन्न गरियो । साहित्यिक कर्याक्रम मात्रै हैन, साहित्यिक कुम्भ मेला नै थियो रे त्यो कार्यक्रम । प्रतिक्रिया पछिसम्म पनि सुनियो । कसले कसलाई चिनेर सक्नु त्यो कार्यक्रममा । मेचीकालीकै साहित्य क्षेत्रका महारथीहरुको मिलन–केन्द्र वन्यो त्यो दुई दिन चन्द्रगढी र भद्रपुरमा ।
प्रसङ्ग हो पूर्वका मोतिरामको उपनामले परिचित वरिष्ठ साहित्यकार, भाषाविद् र झर्रोवादी आन्दोलनका सशक्त अभियन्ता चूडामणि रेग्मीको सार्वजनिक अभिनन्दन अनि अभिनन्दन ग्रन्थको लोकार्पण साथै झर्रो नेपाली वर्णविन्यास सम्बन्धी विचार गोष्ठी २०६६ चैत्र २८ र २९ गतेको कार्यक्रमको । चूडामणि रेग्मीको सार्वजनिक अभिनन्दन गर्ने, वहाँकै विविध साहित्यिक क्षेत्रका पक्षका वारेमा विभिन्न विद्वान प्राज्ञिक वर्गबाट लेखिएको अभिनन्दन ग्रन्थको लोकार्पण गर्ने अनि झर्रो नेपाली वर्ण विन्यास सम्बन्धी विचार गोष्ठीको आयोजना २०६७ चैत्र २८ र २९ गतेका दिन गर्ने भनि २०६६ साल चैत्र १४ गते शनिवारका दिन चन्द्रगढी–१ लेखनाथ चौक स्थित झर्रो नेपाली घरमा सप्तकोशी साप्ताहिक इटहरीका तर्फबाट चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ २०६६ का प्रकाशमण्डलका संयोजक कवि, कलाकार समीक्षक श्री उपेन्द्र पागलको अध्यक्षतामा बसेको बैठकले ग¥यो । चन्द्रगढी–भद्रपुर क्षेत्रका ४ वटा संस्थाहरु – लेखनाथ पुस्तकालय, चन्द्रगढी, देवकोटा स्मारक निर्माण तथा संरक्षण समिति चन्द्रगढी, देवकोटा स्मृति भवन भद्रपुर र पारिजात प्रतिभा उद्यान निर्माण समिति, चन्द्रगढी सह आयोजकको रुपमा रहने निर्णय भयो । डा. द्रोणकुमार उपाध्यायको संयोजकत्वमा ३३ सदस्यीय मूल समारोह समितिको गठन गरियो । लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति घनेन्द्र शर्मा, देवकोटा स्मारक निर्माण तथा संरक्षण समिति, चन्द्रगढीका सभापति शम्भु ढकाल र देवकोटा स्मृति भवन, भद्रपुरका सभापति राजेन्द्र चापागाँई सह–संयोजकको भूमिकामा रहनुभयो । मूल समारोह समितिका अन्य सदस्यहरुमा विष्णु शिवाकोटी, माधव विद्रोही, होम सुवेदी, कृष्ण सुवेदी ‘निराकार’, हिराप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल, विजय खरेल, तेराख, भवानी क्षेत्री, केशव आचार्य, लीला उदासी, सरोज ओली, राजेन्द्र संग्रौला, कोमलप्रसाद पोखरेल, प्रेम प्रभात, कमल जंगली, रुद्र निरौला, के.पी. ढकाल, हेम अधिकारी, अच्यूत घिमिरे, गंगाप्रसाद अधिकारी, रामनाथ बास्कोटा, तारा विविध, नवकुमारी खनाल, मधु पोखरेल, आरती पोखरेल, गंगाराम ढुंगेल र पुरुषोत्तम अधिकारी । सदस्य सचिवमा भने म आँफै रहेको थिएँ ।
कार्यक्रमलाई व्यवस्थित रुपले जिम्मेवारी बाँडफाँड गरी कार्य विभाजन नगरी कार्यक्रमले आशातीत सफलता प्राप्त नगरेको प्रशस्त उदाहरणहरु रहेका छन् । अनुभवले नै मानिसलाई परिपक्व र निपूण पनि पार्दै लाने रहेछ । यिनै अनुभवका आधारमा कार्यक्रमलाई सम्पन्न गर्न विभिन्न सातवटा उप–समितिहरु निर्माण गरी कामको बाँडफाँड गरियो । ती ७ उप–समितिहरु निम्नानुसार रहेका थिए ः–
१) प्रचार प्रसार उप समिति – संयोजक चन्द्र भण्डारी
सदस्यहरु – गोविन्दचन्द्र क्षेत्री, माधव विद्रोही, मोहनकाजी, गणेश आचार्य, केशव आचार्य, प्रकाश आङ्दाम्बे, टंक विकल्प, एकाराज गिरी, मदन ढकाल, दिपक अधिकारी, लीला अनमोल, माया पकुवाल, खगेन्द्रा खुशी, द्रोण अधिकारी, गोपिकृष्ण खनाल र हिमाल खरेल ।
२) मञ्च व्यवस्थापन तथा यातायात व्यवस्था उप–समिति ः–
संयोजक – शम्भु ढकाल
सदस्यहरु – गोविन्द लम्साल, घनश्याम राई र विनोद पोखरेल
३) जनसम्पर्क उप–समिति ः– संयोजक– उपेन्द्र पागल
सदस्यहरु ः– देवीचरण भण्डारी ‘सरोज’ र कृष्ण सुवेदी ‘निराकार’

४) गीत गजल कवि गोष्ठी व्यवस्थापन उप–समिति ः
संयोजक – कृष्ण सुवेदी ‘निराकार’
सदस्यहरु – जि.वि.लगुन र हरि पौडेल
५) सम्मान तथा अभिनन्दन उप–समिति ः– संयोजक–कृष्णविनोद लम्साल
सदस्यहरु – लेखनाथ घिमिरे, लक्ष्मी पौडेल र कृष्णा क्षेत्री ।
अर्थ संकलन उप समिति ः– संयोजक–पुष्पराज पोखरेल (पूर्व सांसद)
सदस्यहरु – हिराप्रसाद पोखरेल, माधव विद्रोही, पुण्यप्रसाद खरेल, प्रदिपमणि रेग्मी र गोविन्द कोइराला ।

कार्यक्रमलाई अझ व्यवस्थित र गरिमामय बनाउनका निम्ति आवश्यक सल्लाह, सुझाव र मार्ग निर्देश गर्न पूर्व सांसद पुष्पराज पोखरेलको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार उप–समिति समेत गठन गरियो । सल्लाहकार उप–समितिका सदस्यहरुमा लेखनाथ पोखरेल (स.प्र.जि.अ.) नरेशकुमार वर्मा, ओमप्रकाश सरावगी, चिन्तामणि दाहाल, विश्वनाथ श्रेष्ठ, रविन कोइराला, रोमनाथ ओली, डा. ऋषिकेश उपाध्याय, राधिका राया, खडानन्द वाशिष्ठ, टेकबहादुर खड्का ‘काजी’, वावुराम कोइराला र सन्तोष दाहाल ।
माथि उल्लेख गरिएका मूल समारोह समितिका साथै सबै उप–समितिहरु एक आपसमा समन्वय र सहकार्य गर्दै आ–आफ्नो जिम्मेवारी पूरा गर्न इमान्दारीताका साथ लागि नपरी सुखै थिएन । तर पनि यौटाकुरा मेरो मनमा सदा विझ्ने गरेको छ यस्ता कार्यक्रमहरु आयोजना गरिरहँदा मलाई मात्र हैन सवैलाई विझ्छ होला जस्तो लाग्छ मलाई । नेपालीमा यौटा उखान छ “जति डोरी बाटे पनि गाँठो एउटै” । हो यो उखान प्राय सबै संघ–संस्था, समिति या उप–समितिहरुमा धेर थोर मात्रामा लागू हुन्छ नै । आखिर खट्ने र वेशी मिहेनत गर्ने २–४ जना मात्र । यस्तै भयो यो कार्यक्रममा पनि । कार्यक्रम आउने दिन जति–जति नजिकिँदै छ, त्यति त्यति मनमा एक किसिमको अत्यास, कौतुहलताले घर गर्दैछ मेरो । कार्यक्रम कसरी सम्पन्न गर्ने होला? कार्यक्रम कस्तो होला? सहभागिता पो कम हुने हो कि? आदि–आदि कुराहरुले उद्वेलित बनाइरहन्थ्यो मलाई । मूल समारोह समितिको सदस्य सचिवको नाताले चिन्तित हुनु स्वभाविकै रहेछ जस्तो लाग्छ आजभोली मलाई ।
मिति २०६६ चैत्र १९ गतेका दिन मूल समारोह समितिका संयोजक डा.द्रोणकुमार उपाध्यायको अध्यक्षतामा मूल समारोह समितिको बैठक बस्यो । बैठकले चैत्र १४ गते गठन गरिएको यातायात व्यवस्था उप–समितिसँग समन्वय गरी चैत्र २८ गतेका लागि एउटा र २९ गतेका लागि २ वटा वसको व्यवस्था गर्न डा. द्रोणकुमार उपाध्याय, होम सुवेदी र देवीचरण भण्डारीलाई जिम्मा दियो । चैत्र २८ र २९ गते दुई दिनको लागि भरपर्दो र विश्वसनिय साउण्ड सिष्टमको व्यवस्थापन गर्न सदस्य सचिव देवीचरण भण्डारी र कृष्ण सुवेदी ‘निराकार’ लाई जिम्मा दिइयो । कार्यक्रमको व्यापक प्रचारप्रसारका लागि ७ ठाउँमा कार्यक्रमको व्यानर बनाएर राख्ने निर्णय भए अनुसार, लेखनाथ चौक चन्द्रगढी, मुना भवन अगाडि देवकोटा चौक, भैरे चोक (चारआली मार्ग), चन्द्रगढी जि.वि.स. अगाडि, धनुषमोड चन्द्रगढी, क्याम्पसमोड भद्रपुर र मोहपाल धर्मशाला, भद्रपुरमा व्यानर राख्ने कामको जिम्मा पनि देवीचरण भण्डारीले पाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरु र सहभागीहरुको लागि व्याच तयार गर्ने जिम्मा देवीचरण भण्डारी र कृष्ण सुवेदी ‘निराकार’ लाई दिइयो ।
अभिनन्दन गरिने व्यक्तित्व चूडामणि रेग्मी र वहाँकी धर्मपत्नी वेदकुमारी रेग्मीलाई झर्रो नेपाली घरबाट नौमती वाजा सहित शोभायात्रा गर्दै मुना भवन, देवकोटा चोकसम्म ल्याइने निर्णय भए अनुरुप नौमती वाजाको व्यवस्था गर्ने जिम्मा देवीचरण भण्डारी र कृष्ण सुवेदी ‘निराकार’ लाई दिइयो । नौमती वाजाको व्यवस्था गर्न हामीलाई निक्कै हम्मे प¥यो । वल्लतल्ल गोलधाप स्थित भुटानी शरणार्थी शिविरमा पुगेर नौमती वाजाको व्यवस्था गर्न सफल भयौँ हामी र साउण्ड सिष्टमको व्यवस्था गर्न त झन् गाह्रो भयो हामीलाई । साँच्चै नढाँटी भन्नुपर्दा आकाशको तारो झार्नु जति कै चैँ होइन छुन सम्मको गाह्रो चाँही भएकै हो । कहाँ मात्रै पुगिएन, कसलाई मात्रै सोधिएन । काँकरभिट्टा, धुलावारी, विर्तामोड, सुरुङ्गा, दमक– कतै पनि भेटिएन कार्यक्रमको दिनका निम्ति साउण्ड सिष्टम । चैत्र महिना भएकाले जतासुकै गाउँघर अनि शहरमा समेत पुराणको खेती भइरहेको अवस्था । साउण्ड सिष्टमहरु सबै तिनै पुराणहरुमा व्यस्त । वडो कठिनताका साथ दुधे स्थित डि.के. साउण्ड सिष्टमकहाँ पुगेर अनुनय–विनय गरी वन्दोवस्त ग¥यौँ साउण्ड सिष्टमको । जल सम्पदाको दोस्रो धनी देश भनेर के गर्नु र अधिकांश समय लोडसेडिङ्ग, लाइन आएको वखत पनि भर पर्न नसकिने । त्यसैले जेनेरेटरको व्यवस्था नगरी नहुने । डि.के. साउण्ड सिष्टमसँगै ठूलो जेनेरेटरको समेत वन्दोवस्त मिलायौँ हामीले । वोझ धेरै घटेको महसुस भयो अब भने हामीलाई ।
घुम्ती कार्यक्रम गर्ने अर्थात् ४ स्थानमा कार्यक्रम गर्ने निर्णय भएको थियो । चैत्र २८ गते अपरान्ह १ः०० बजे देखि ४ः०० बजे सम्म मेची क्याम्पस भद्रपुरमा झर्रो नेपाली वर्णविन्यास सम्बन्धी विचार गोष्ठी गर्ने र सोही दिन बेलुका ५ः०० बजे देखि मोहपाल धर्मशाला भद्रपुरमा वृहत गीत, गजल तथा कवि गोष्ठी
गर्ने । आमन्त्रित पाहुनाहरुको लागि भोजन र आवासको व्यवस्था पनि सोही धर्मशालामा गरिएको थियो । भोजन र आवासको व्यवस्थापन गगनमणि रेग्मीका तर्फबाट मिलाइएको थियो । भोलीपल्ट अर्थात् चैत्र २९ गते अभिनन्दन गरिने व्यक्तित्व चूडामणि रेग्मीको जन्म दिनको अवसर पारी चूडामणि रेग्मीको घरमा आई जन्मदिनको बधाई तथा शुभकामना आमन्त्रित सबैबाट दिइने र तत्पश्चात् नौमतीवाजा सहित रेग्मी दम्पत्तिलाई शोभायात्रा सहित रिक्सामा चढाई बेहुला–बेहुलीको रुपमा अभिनन्दन कार्यक्रम स्थल मुनाभवन देवकोटा चोकमा विहान ८ः०० बजे पु¥याइने, अभिनन्दन कार्यक्रम ११ः०० बजे सम्पन्न गरी देवकोटा स्मारक निर्माण तथा संरक्षण समितिका अध्यक्ष शम्भु ढकालको विशेष पहलमा सौजन्य गरिएको भोजन ग्रहण गरी जि.वि.स. झापाको सभाकक्षमा झर्रो नेपाली वर्ण विन्यास सम्बन्धी गोष्ठीबाट निस्किएको निचोड चन्द्रगढी घोषणा–पत्र २०६६ को घोषणा गर्ने । यसरी ४ स्थानमा गरिने कार्यक्रमका लागि कति दौडधुप र कृयाशील रहनुपर्छ होला ! सहजै अनुमान गर्न सकिन्छ नै । कार्यक्रमको दिन आउनु भन्दा ५–७ दिन अघिमात्र मेरी जीवनसंगी गीताले घाँटी सुकाई–सुकाई विद्यार्थीलाई पढाए वापत दुःख गरी–गरी आर्जेको सुकोले मोटरसाइकल जोडेकाले दौडधुप गर्न निकै सहज भएको थियो मलाई । मोटरसाइल आफ्नो, मोटरसाईकलमा लाग्ने इन्धन आफ्नो, दौडधुप आफ्नो खर्चिएर पनि कार्यक्रम राम्ररी सम्पन्न भएन भने त्यसबाट प्राप्त हुने अपजसले कसरी पो सन्तुष्टी मिल्ला र ! यस कुराले मलाई निकै चिन्तित तुल्याउँथ्यो ।
दिन वित्न कहाँ वेर लाग्दो रहेछ र आखिर चैत्र २८ को दिन आइपुग्यो । पाहुनाहरु आउनेक्रम सुरु भयो लगभग विहानै देखि । साउण्ड सिष्टम पनि समय मैँ आइपुग्यो । सन्तोषको श्वास लिएँ मैले । मेची क्याम्पस भद्रपुरमा २८ गतेको कार्यक्रम राखिएको र त्यसको व्यवस्थापन मेची क्याम्पसकै नेपाली विभागले गरेको
थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति बैँरागी काइला हुनुहुन्थ्यो भने हेमाङ्गराज अधिकारी, चुडामणि वन्धु, मोहन दुवाल, शेषराज शिवाकोटी, नरनाथ लुइटेल, रोचक घिमिरे, आर.सी. रिजाल, युवराज नयाँ घरे, बालकृष्ण पोखरेल, चक्रपाणि खनाल, कोशराज रेग्मी, नगेन्द्रराज शर्मा, लोकनाथ उपाध्याय चापागाँई
(सिलगढी), तुलसी भट्टराई (सिलगढी), कुन्ता शर्मा, अनिरुद्ध तिम्सिना, विश्वराज पाण्डे लगायतका विशिष्ट विद्वान र विदुषीहरुको जमघट रहेको थियो । भर्रो नेपाली वर्ण विन्यास सम्बन्धी ३ वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए त्यहाँ । कार्यपत्र प्रस्ततु गर्नेहरुमा श्री चक्रपाणी खनाल, जिवेन्द्रदेव गिरी र गंगाप्रसाद अधिकारी हुनुहुन्थ्यो ।
वेलुकाको कार्यक्रम थियो मोहपाल धर्मशाला भद्रपुरमा । पाहुनाहरुलाई लाने ल्याउनका लागि नेशनल मेरीगोल्ड वोर्डिङ्ग स्कूल चन्द्रगढीले वस दिएर सहयोग गरेको थियो । मेची क्याम्पसको कार्यक्रम समापन पछि पाहुनाहरुलाई दुई ट्रिप लगाएर बसले मोहपाल धर्मशाला पु¥यायो । म र राजन खनाल (लेखनाथ पुस्तकालय चन्द्रगढीका कार्यालय सचिव) भने जेनेरेटर थन्क्याउन लाग्यौँ । जेनेरेटर वाहिरै छोडेर जान पनि नमिल्ने, हरायो भने अर्को फसाद पर्ने । वडो मुस्किलले असिन पसिन हुँदै मोविलको कालोमा पोतिदै अत्यन्तै कष्टले लखतरान हुँदै जेनेरेटर क्याम्पसको कोठामा थन्क्याइयो । यति कष्ट भयो कि त्यो क्षण मेरा लागि कहिल्यै विर्सन नसक्ने कष्ट विचको आनन्दको क्षण भएको छ । मेची क्याम्पसबाट वेलुका ७ः०० बजे म मोहपाल धर्मशाला पुगेँ । त्यहाँको कार्यक्रमको उद्घोषक म आँफै थिएँ र जेनेरेटर वोक्दा र उचाल्दा थाकेर लखतरान भएकाले कार्यक्रम मैले चलाइन । केशव आचार्यले कार्यक्रम चलाउनुभयो । विच विचमा मात्र मैले सञ्चालन गरें । वहुत रमाइलो कार्यक्रम भयो त्यहाँ । विभिन्न विद्वत वर्गहरुका रचनाहरु सुन्न पाइयो । राती करीब १२ बजे सम्म कवि गोष्ठी सञ्चालन भयो । घरमा आइपुग्दा झण्डै १ बजेको थियो होला ।
भोलीपल्टको कार्यक्रम विशेष महत्वको रह्यो । विहान ७ः०० बजे बजे चूडामणि रेग्मीको घरमा सबै आमन्त्रित पाहुना आयोजक तथा छरछिमेकी शुभचिन्तक लगायतको मानिसहरुले चूडामणि रेग्मीलाई जन्मदिनको शुभकामना तथा बधाई र उपहार दिने काम सम्पन्न भयो । एकातिर जन्मदिनको बधाई दिने र उपहार प्रदान गर्ने कार्यक्रम धमाधम भईरहेको छ भने अर्कोतिर नौमति बाजा झ्याईँझ्याईँ बजिरहेको छ । आँगन भरि अटाईनअटाई देशका प्रभुद्ध वर्ग कवि साहित्यकारहरुको खचाखच भीँड छ । आँगनमा नअटाएर बाटाभरि यातायात नै ठप्प हुने गरेको उत्तिकै भीँड लागेको छ । लाग्थ्यो, आज झर्रो नेपाली घरमा कसैको विवाह भईरहेको छ । लगभग पौने घण्टा जतिको समय खायो चुडामणि रेग्मी दम्पत्तिलाई बधाई तथा उपहार प्रदान गर्न । विहान ८ बजे देवकोटा चौक स्थित मुना भवनमा पुग्नुपर्ने निर्धारित कार्यक्रम थियो तर झर्रोनेपाली घरबाट हिँड्दा झण्डै ८ः३० बजेको थियो क्यार । रिक्सामा चुडामणि रेग्मी र वेदकुमारी रेग्मीलाई बेउला बेउलीको रुपमा राखिएको छ । सबभन्दा अघि नौमति बाजा, त्यसपछि नाँचगानमा मस्तसँग झुमिरहेका श्रष्टाहरु, अनि चुमरे दम्पत्ती चढेको रिक्सा । रिक्सालाई कपिल लामिछाने र उहाँकी धर्मपत्नीले ठेलीरहेको र पछाडी जन्तीको रुपमा कवि साहित्यकारहरु, स्थानीय वासिन्दाहरु लामवद्ध भएर हिँडीरहेका । बाटामा ठाउँठाउँमा पानीका घडा बाटाका दुवै तर्फबाट फुल र अविरको वर्षा । अहो ! कति रोमान्चित र रमाइलो दृश्य थियो त्यो । म भने मोटरसाइकलमा त्यो दृश्यको अवलोकन गर्दै विस्तारै विस्तारै अघिबढिरहेको थिएँ । पुलकित हुन्थेँ म त्यो दृश्य र क्षणलाई देखेर । त्यो धुनमा मस्तीकासाथ तालि बजाउँदै, गीतगाउँदै नाच्दै गरेको उमेरले धेरै पाका भइसकेको श्रष्टाहरुलाई देखेर । अनुपम र अद्वितीय झैँ लाग्थ्यो त्यो वातावरण । सबैको मुहारमा एक किसिमको श्रद्धाभाव झल्कन्थ्यो चुडामणि रेग्मी प्रति । झर्रोनेपाली घरबाट मुनाभवन सम्मको करिब २ किलोमिटरको यात्रा पार गर्न झण्डै झण्डै १ घण्टा जस्तो लागेको थियो । विहानको चिया खाजाको व्यवस्था देवकोटा स्मारक निर्माण तथा संरक्षण समितिले गरेको थियो । चिया खाजा पश्चात् १०ः३० बजे सुरु भयो औपचारिक कार्यक्रम । औपचारिक कार्यक्रमका वीच वेद विद्याश्रम गुरुकुल विद्यालय महेशपुरका वटुकहरुले स्वस्ती वाचन गरेका थिए । मुनाभवन वेहुली झैँ सिँगारिएको थियो । मञ्चको साजसज्जा पनि अत्यन्तै आकर्षक थियो । हलभित्र वाहिर मानिसहरुको खचाखच । भव्य कार्यक्रमका वीच सार्वजनिक अभिनन्दन गरियो चूमरेलाई र लोकार्पण गरियो अभिनन्दन ग्रन्थको ।
१९२ जना स्रष्टाहरुको सुन्दर रचना भएको अभिनन्दन ग्रन्थको जम्मा पेज ८७९ रहेको छ । झर्रो नेपालीका विभिन्न सम्मानले ३३ जना स्रष्टाहरुलाई सम्मान गरिएको थियो त्यहाँ । यसरी सम्मानित हुनुहुनेहरुमा निम्नानुसारका झर्रोआन्दोलनका अभियान्ताहरु रहनुभएको छ ।

सि.नं. नाम सम्मानको नाम
क १. श्री बालकृष्ण पोखरेल झर्रो सिद्धान्त शिरोमणि
२. डा. तारानाथ शर्मा झर्रो सिर्जना शिरोमणि
३. चूडामणि रेग्मी झर्रो नेपाली महासेनानी
४. कोशराज रेग्मी झर्रो नेपाल सेनानी
५. दाहाल यज्ञनिधी झर्रो नेपाली तपस्वी
ख १. श्री श्यामप्रसाद शर्मा झर्रो नेपाली दिग्गज
२. श्री कमलमणि दीक्षित झर्रो नेपाली दिग्गज
३. श्री कृष्णप्रसाद पराजुली झर्रो नेपाली दिग्गज
४. श्री मोहनराज शर्मा झर्रो नेपाली दिग्गज
ग १. श्री चूडामणि वन्धु झर्रो नेपाली विशिष्ठ
२. डा. हेमाङ्गराज अधिकारी झर्रो नेपाली विशिष्ठ
३. डा. माधवप्रसाद पोखरेल झर्रो नेपाली विशिष्ठ
४. डा. टंक न्यौपाने झर्रो नेपाली विशिष्ठ
५. डा. जिवेन्द्रदेव गिरी झर्रो नेपाली विशिष्ठ
६. कृष्णप्रसाद श्रेष्ठ झर्रो नेपाली विशिष्ठ
घ १. श्री माधव भण्डारी झर्रो नेपाली रत्न
२. श्री खगेन्द्र संग्रौला झर्रो नेपाली रत्न
३. डा. अभि सुवेदी झर्रो नेपाली रत्न
४. श्री मोहन दुवाल झर्रो नेपाली रत्न
५. श्री नरनाथ लुईँटेल झर्रो नेपाली रत्न
६. श्री विश्व शाक्य झर्रो नेपाली रत्न
७. श्री कपिलदेव लामिछाने झर्रो नेपाली रत्न
८. श्री आर.सी. रिजाल झर्रो नेपाली रत्न
९. कृष्णविनोद लम्साल झर्रो नेपाली रत्न
१०. पुण्यप्रसाद खरेल झर्रो नेपाली रत्न
११. कुन्ता शर्मा झर्रो नेपाली रत्न
१२. विवश पोखरेल झर्रो नेपाली रत्न
१३. शेषराज शिवाकोटी झर्रो नेपाली रत्न
१४. युवराज ‘नयाँघरे’ सुवेदी झर्रो नेपाली रत्न
१५. रोचक घिमिरे झर्रो नेपाली रत्न
१६. नगेन्द्रराज शर्मा झर्रो नेपाली रत्न
१७. अनिल पौडेल झर्रो नेपाली रत्न
१८. कृष्णभूषण बल झर्रो नेपाली रत्न
२०. वैरागी काइँला (तिलविक्रम नेम्वाङ्ग) स–सम्मान आदर गरिएको

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 बैशाख, 2073

लेखकका अन्य रचनाहरु