२०५० सालदेखिका केही प्रतिनिधि झापाली कथाकार र तिनको कथाकारिताको अध्ययन

- चन्द्र प्रसाद उप्रेती

पहिलो परिच्छेद
शोध परिचय

१.१ शोध शीर्षक
प्रस्तुत शोधपत्रको शीर्षक २०५० सालदेखिका केही प्रतिनिधि झापाली कथाकार र तिनको कथाकारिताको अध्ययन रहेको छ ।

१.२ शोध प्रयोजन
प्रस्तुत शोध कार्य त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत नेपाली विषयको स्नातकोत्तर तह दोस्रो वर्षको दशौं पत्रको प्रयोजनका लागि रहेको छ ।

१.३ समस्या कथन
क) नेपाली साहित्यको क्षेत्रमा साधनारत तुलसीदास श्रेष्ठ, चूडामणि रेग्मी, कोमलप्रसाद पोखरेल, रोहिणीविलास लुइटेल, पुण्यप्रसाद खरेल र भक्त खपाङ्गीको साहित्यिक योगदानको सन्दर्भमा यी साहित्यकारहरुको जीवनी र व्यक्तित्व के कस्तो रहेको छ ?
ख) साहित्यकार तुलसीदास श्रेष्ठ, चुडामणि रेग्मी, कोमल प्रसाद पोखरेल, रोहिणी विलास लुइटेल भक्त खपाङ्गीको के कति कथा संग्रहहरू छन् र ती मध्ये क्रमश ः अतीत दोहोरिन्छ (२०५०), चावी (२०५६), अन्तव्र्थथा ःआजको (२०६०), इटहरीबाट (२०६२), द्वन्द्व र धुवाँ (२०६४) र जागित्रले बोलाएपछि (२०५७) संग्रहका प्रमुख कथाको विस्तृत अध्ययनका आधारमा समेत हेर्दा तिनका कथाकारिता के कस्ता रहेका छन् ?

१.४ शोधको उद्देश्य
उपर्युक्त समस्याकथनमा उल्लेखित प्रश्नहरूको समाधान गर्नु यस शोधको उद्देश्य रहेको छ । जसमा,
क) नेपाली साहित्यको क्षेत्रमा साधनारत तुलसीदास श्रेष्ठ, चूडामणि रेग्मी, कोमल प्रसाद पोखरेल, रोहिणीविलास लुइटेल, पुण्य प्रसाद खरेल र भक्त खपाङ्गीको साहित्यिक योगदानको सन्दर्भमा यी साहित्यकारहरुको जीवनी र व्यक्तित्वको खोजी गर्नु,
ख) साहित्यकार तुलसीदास श्रेष्ठ, चूडामणि रेग्मी, कोमल प्रसाद पोखरेल, रोहिणी विलास लुइटेल भक्त खपाङ्गीका कथा संग्रहहरूको विवरण प्रस्तुत गर्दै तिनका शोधसमस्यामा उल्लिखित कथाहरूका आधारमा ती ती कथाकारको कथाकारिताको निक्र्योल गर्नु


१.५ पूर्वकार्यको समीक्षा
कथाकार तुलसीदास श्रेष्ठ, चूडामणि रेग्मी, कोमल प्रसाद पोखरेल, रोहिणीविलास लुइटेल, र पुण्य प्रसाद खरेलका बारेमा केही समीक्षा, समालोचनाका साथै स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले केही शोध कार्य पनि सम्पन्न गरेका छन् । त्यस्ता अध्ययनहरूको संक्षिप्त विवरण निम्न अनुसार रहेको छ ः
क. उमादेवी गुरागाई, तुलसीदास श्रेष्ठको व्यक्तित्व र कृतित्वको अध्ययन, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि. स्नातकोत्तर क्याम्पस, विराटनगर २०५८ ।
प्रस्तुत अध्ययनमा शोधार्थी गुरागाईले कथाकार तुलसीदास श्रेष्ठको जीवनी र व्यक्तित्वका बारेमा प्रकाश पार्नुका साथै श्रेष्ठको ‘एक शिक्षक’ उपन्यास, पाँच वटा कथा र सात वटा प्रतिनिधि कविताको अध्ययन प्रस्तुत गरेकी छिन् ।
ख. निम्न अनुरागी व्यक्तिहरूले निम्न अनुसार तुलसीदास श्रेष्ठको वारेमा अध्ययन गरेका छन् ः
१. जीवनाथ सुवेदी – ‘यथार्थ कुरा’ वर्ष १, अंक ७ (२०५३ बैशाख ५ गते)
२. मातृका सिटौला – “मन्तव्य”, ‘अतित दोहोरिन्छ’ (कथा संग्रह)
३. माधव भण्डारी – “मन्तव्य”, ‘एक शिक्षक’ (उपन्यास)
४. चन्द्रप्रसाद मैनाली – “शुभेच्छा”, ‘अतित दोहोरिन्छ’ (कथा संग्रह)
५. तेज नारायण चौधरी – “दुई शब्द”, ‘एक शिक्षक’ (उपन्यास, २०३५)
६. मदन ढकाल – ‘वर्तमान यस्तै छ’, ‘पढेपछि लागेका कुरा’, ‘वर्तमान यस्तै छ’ (कविता संग्रह)
ग. दुर्गादेवी खतिवडा, कवि चूडामणि रेग्मीको भावना लघुकाव्य संग्रहका लघुकाव्यहरूको कृतिपरक अध्ययन, त्रि.वि. नेपाली विभाग मेची व. क्याम्पस, भद्रपुर २०५८, (अप्रकाशित स्नातकोत्तर शोधपत्र)
प्रस्तुत अध्ययनमा शोधार्थी खतिवडाले चूडामणि रेग्मीको जीवनी, व्यक्तित्व र भावना लघु काव्य संग्रहभित्रका सातवटा लघुकाव्यहरूबारे अध्ययन गरेकी छिन् ।
घ. कमल प्रसाद गुरागाई, नेपाली साहित्यमा ‘युगज्ञान’ पत्रिकाको साहित्यिक तथा भाषिक योगदान, अप्रकाशित शोध पत्र, त्रि.वि.२०३९ ।
ङ. कृष्ण प्रसाद अधिकारी (सम्पा.) वरिष्ठ साहित्यकार चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ, इटहरी ः सप्तकोशी साप्ताहिक, २०६६
प्रस्तुत ८७९ पृष्ठको यो अभिनन्दन ग्रन्थमा १६३ जना लेखकहरूले रेग्मीका कृतिबारे मूल्याङ्कन, संस्मरण र व्यक्तित्व चर्चा गरेका छन् ।
च. शेषराज शिवाकोटी (सम्पा.) चूडामणि रेग्मी पूर्वाञ्चलका मोतीराम, काठमाण्डौं ः ज्ञानगुन साहित्य प्रतिष्ठान, २०५७ ।
यस लेख संकलनमा सम्पादक शेषराज शिवाकोटीले चूडामणि रेग्मीका बारेमा विभिन्न ४४ वटा लेख – रचनाहरू संकलन गरेका छन् । यस ग्रन्थमा विभिन्न ४४ जना लेखकहरूको चुडामणि रेग्मी साहित्यिक, समालोचकीय, भाषाविद् एवम् अन्य बहुविध व्यक्तित्वका रूपमा चर्चा गरेका छन् भने सम्पादक शिवाकोटीले उनलाई पूर्वाञ्चलका मोतीराम विशेषण पनि दिएका छन् ।
छ. राजेन्द्र आचार्य, साहित्यकार भक्त खपाङ्गीको जीवनी, व्यक्तित्व, कृतित्वको परिचयात्मक अध्ययन (अप्रकाशित स्नातक शोधपत्र), त्रि.वि. नेपाली विभाग मेची बहुमुखी क्याम्पस, भद्रपुर, २०५९
प्रस्तुत शोधपत्रमा शोधार्थी आचार्यले साहित्यकार भक्त खपाङ्गीको जीवनी, व्यक्तित्व र ‘जागित्रले बोलाएपछि’ कथा संग्रहका कथाहरूको अध्ययन गरेका छन् । शोधार्थी आचार्यले खपाङ्गीलाई सामाजिक यथार्थवादी कथाकारका रूपमा चिनाएका छन् ।
ज. समालोचक राधिका रायाले ‘आत्मकथ्य ः विविध’ लेख रचना संग्रह (२०६३) मा कोमल प्रसाद पोखरलेरको ‘हाउडी पुराणः एक परिचय’ शीर्षकको समीक्षामा पोखरेलका निबन्धका बारेमा चर्चा गर्दै देशमा भएका सामाजिक, आर्थिक, धार्मिक, राजनैतिक क्षेत्रमा देखिएका कतिपय रूढि, अन्धविश्वास र विकृतिहरूलाई अनि मुलुकभरिका कीटाणुहरूलाई हटाउन आफ्ना हाँस्य – व्यङ्गयले प्रहार गर्दै समाजलाई प्रगतिको गोरेटोमा अघि वढाउने प्रेरणा पोखरेलका निबन्धमा देखिन्छ भन्दै हास्य–व्यङ्गय निबन्धमा उनलाई यथार्थवादी निबन्धकारका रूपमा चिनाएकी छिन् ।
ञ. चूडामणि रेग्मी, (सम्पा.) ‘जुहीरत्न रोहिणी विलास लुइटेल विशेषाङ्क (जुही साहित्यक त्रैमासिक २०६६, वर्ष २९, अंक २९) मा विभिन्न १४ जना लेखकहरूले लुइटेलको परिचय तथा कृतिहरूका बारेमा अध्ययन गरेका छन् ।
ट. कृष्ण कुमारी खनाल, पुण्य प्रसाद खरेलको जीवनी, व्यक्तित्व र कृतित्व, (अप्रकाशित स्नातकोत्तर शाोधपत्र) मेची वहुमुखी क्याम्पस भद्रपुर, (२०६०)
प्रस्तुत अध्ययनमा शोधार्थी खनालले खरेलका जीवनी र व्यक्तित्वका विविध पक्षमा प्रकाश पार्दै खरेलका २०६० सम्मका प्रकाशित पुस्तकाकार तथा फुटकर रचनाहरूबारे अध्ययन प्रस्तुत गरेकी छिन् ।
ठ. रीता भुजेल, “पुण्य प्रसाद खरेलको कथाकारिता” स्नातकोत्तर शोधपत्र, त्रि.वि. नेपाली केन्द्रीय शिक्षण विभाग, कीर्तिपुर, २०६१
प्रस्तुत शोधपत्रमा शोधार्थी भुजेलले कथाकार पुण्य प्रसाद खरेलका प्रकाशित दुईवटा कथा संग्रहको अध्ययन गरी त्यसका आधारमा उनका कथाकारिताका विशेषता पहिल्याएकी छिन् ।
ड. दमयन्ती गिरी, आख्यानकार पुण्य प्रसाद खरेलको आख्यानकारिताको अध्ययन (अप्रकाशित स्नातकोत्तर शोध पत्र) त्रि.वि. नेपाली विभाग, मेची वहुमुखी क्याम्पस, भद्रपुर, २०६७
प्रस्तुत शोधपत्रमा शोधार्थी गिरीले खरेलको ‘द्वन्द्व र धुवाँ’ (२०६४), कथा संग्रह र ‘दोसाँधको घाम’ (२०६३) उपन्यासको विश्लेषणात्मक अध्ययन गरी उनको कथाकारिता र उपन्यासकारिताको निरूपण गरेकी छिन् ।
ढ. समालोचक राजेन्द्र सुवेदीले खरेलको ‘द्वन्द्व र धुवाँ’ (२०६४) कथा संग्रहको आफ्नो “प्राक्पठन ः ‘द्वन्द्व र धुवाँ’” शीर्षकको आफ्नो भूमिकामा खरेलको प्रस्तुत कथा संग्रह सरल आकर्षक भाषा शैलीमा पाठकलाई उपहार भएको विचार व्यक्त गरेका छन् ।
ण. चूडामणि रेग्मी (सम्पा.) “यथार्थ कुरा” (साहित्यिक पाक्षिक, वर्ष ११, अंक २, पूणाङ्क ४६, २०६६) मा थुप्रै साहित्यकारहरूले उनको जीवनी, व्यक्तित्व र कृतित्वको बारेमा अध्ययन गरेका छन् ।

१.६ शोधको औचित्य ः
प्रस्तुत पूर्वकार्यको समीक्षामा उल्लेख भए अनुसारका कृतिहरू मार्फत नेपाली साहित्यलाई योगदान पु¥याइसकेका, अरू कतिपय कृतिहरू पनि प्रकाशित गराइसकेका र कतिपय प्रकाशोन्मुख कृतिका कथाकारहरू तुलसीदास श्रेष्ठ, चूडामणि रेग्मी, भक्त खपाङ्गी, कोमल प्रसाद पोखरेल, रोहिणीविलास लुइटेल र पुण्य प्रसाद खरेलका उपर्युलिखित कथाहरूको सामान्य अध्ययन गर्दै कुनै खास कथाको सुक्ष्म अध्ययन गरी तिनका कथाकारिताको निरूपण गरिएको पाइदैन । अतः तोकिएका कथाकारहरूको जीवनी, व्यक्तित्व, साहित्यिक यात्रा र कथाकारिताको विस्तृत अध्ययन गर्न आवश्यक भएकोले झापा जिल्ला निवासी ६ जना कथाकारहरू ः तुलसीदास श्रेष्ठ, चूडामणि रेग्मी, भक्त खपाङ्गी, कोमल प्रसाद पोखरेल, रोहिणीविलास लुइँटेल र पुण्य प्रसाद खरेलका जीवनी, व्यक्तित्व साहित्यिक यात्रा, माथि तोकिएका कथा संग्रह र ती संग्रहभित्रका क्रमशः ‘चेली रोएको साँझ’, ‘चावी’, ‘जागित्रले बोलाएपछि’, ‘अन्तव्र्यथा ः आजको’, ‘इटहरीबाट’, ‘चुनावी गाईजात्रा’ कथाहरूको विस्तृत अध्ययन गरी सम्बद्ध कथाकारहरूको कथाकारिताको निरूपण समेत गरिने हुनाले प्रस्तुत अध्ययन औचित्यपूर्ण रहेको छ । साथै यसबाट सम्बद्ध विषयमा अध्ययन गर्न चाहने जिज्ञासु पाठक तथा अनुसन्धाताहरूका लागि थप अध्ययनीय सामग्री उपलब्ध गराउने हुनाले पनि यो अध्ययन औचित्यपूर्ण रहेको कुरा सिद्ध हुन्छ ।

१.७ शोधको क्षेत्र
साहित्यकार तुलसीदास श्रेष्ठ, चूडामणि रेग्मी, भक्त खपाङ्गी, कोमल प्रसाद पोखरेल, रोहिणीविलास लुइँटेल र पुण्य प्रसाद खरेलका जीवनी व्यक्तित्व, साहित्यिक यात्रा र यी ६ बटै कथाकारहरूका कथाहरूको अध्ययन गदै तिनका कथाकारिताको निरूपण गर्नु नै यस शोध पत्रको क्षेत्र रहेको छ ।




१.८ शोधको सीमा
प्रमुख झापाली कथाकारहरुमा तुलसीदास श्रेष्ठ, चूडामणि रेग्मी, भक्त खपाङ्गी, कोमलप्रसाद पोखरेल, रोहिणीविलास लुइटेल र पुण्यप्रसाद खरेल, सरोज ओली, के.पी. ढकाल, राधिका राय, कृष्ण धारावासी, होम सुवेदी तथा भवानी क्षेत्री देखिन्छन । ति मध्ये कथाकार तुलसीदास श्रेष्ठ, चूडामणि रेग्मी, भक्त खपाङ्गी, कोमल प्रसाद पोखरेल, रोहिणीविलास लुइटेल र पुण्य प्रसाद खरेलका जीवनी व्यक्तित्व, साहित्यिक यात्रा र अन्य फुटकर रचना तथा संग्रह भए पनि २०५० सालदेखि यिनका कथा संग्रह क्रमशः ‘अतीत दोहोरिन्छ’ (२०५०), ‘चावी’ (२०५६), ‘जागित्रले बोलाएपछि’ (२०५६), ‘अन्तव्र्यथा ः आजका’े (२०६०), ‘इँटहरीबाट’ (२०६२), र ‘द्वन्द्व र धुवाँ’ (२०६४) को सामान्य अध्ययन गरी ती संग्रहभित्रका क्रमशः ‘चेली रोएको साँझ’, ‘चावी’, ‘जागित्रले बोलाएपछि’, ‘नौटङ्की’, ‘इँटहरीबाट’ र ‘चुनावी’ ‘गाईजात्रा’ कथाहरूको कथातŒवका आधारमा अध्ययन र ती कथाका आधारमा सम्बद्ध कथाकारका कथाकारिताको निरूपण गरिएको छ । यस क्रममा २०५० साल देखिका उपर्युल्लिखित ६ कथाकार र तिनका एक एक कथासंग्रह र तिनका पनि एक–एक कथाको मात्र अध्ययन र प्रवृत्ति निरूपणमा अध्ययनलाई सीमित तुल्याइएको छ । यही नै यस अध्ययनको सीमा हो ।

१.९ सामग्री संकलन विधि ः
प्रस्तुत शोध कार्यका लागि सामान्यतः पुस्तकालयबाटै सामग्री सङ्कलन गरिएको हुनाले पुस्तकालयीय अध्ययन विधि अपनाइएको छ भने सम्बद्ध व्यक्तिहरूका जीवनी र व्यक्तित्वको अध्ययनका लागि आवश्यक सामग्रंीको सङ्कलनमा भने सम्बद्ध स्रष्टाहरू, उनीहरूका आफन्त तथा उनीहरूबारे जान्ने सुन्ने व्यक्तिहरूसँगको प्रत्यक्ष अन्तर्वार्ताबाट पनि सामग्री सङ्कलन गरिएको छ । यसप्रकार यस शोधपत्रको तयारीका लागि पुस्तकालयीय र अन्तर्वार्ता विधिबाट सामग्री सङ्कलन गरिएको छ ।

१.१०. अध्ययन विधि
प्रस्तुत शोध कार्यका लागि मूलतः व्याख्याविश्लेषण विधिबाट अध्ययन प्रस्तुत गरिएको छ । यस क्रममा शोधमूलक अध्ययनका आगमनात्मक र निगमनात्मक विधिमध्ये आवश्यकता अनुसार दुवै विधिको प्रयोग गरिएको छ । विषयको अध्ययन विश्लेषणमा आगमनात्मक र प्रवृत्ति निरूपणका क्रममा निगमनात्मक विधिको उपयोग गरी शोध कार्य पूर्ण गरिएको छ ।

१.११. शोधपत्रको रूपरेखा
परिच्छेद एक ः शोध परिचय
परिच्छेद दुई ः कथाको सैद्धान्तिक परिचय
परिच्छेद तीन ः झापाली कथाको विकासक्रम
परिच्छेद चार ः तुलसीदास श्रेष्ठको जीवनी, व्यक्तित्व; उनको कथा र कथाकारिताको अध्ययन
परिच्छेद पाँच ः चूडामणि रेग्मीको जीवनी, व्यक्तित्व; उनका कथा र कथाकारिताको अध्ययन
परिच्छेद छ ः भक्त खपाङ्गीको जीवनी, व्यत्तित्व; उनका कथा र कथाकारिताको अध्ययन
परिच्छेद सात ः कोमलप्रसाद पोखरेलको जीवनी व्यक्तित्व; उनका कथा र कथाकारिताको अध्ययन
परिच्छेद आठ ः रोहिणीविलास लुइँटेलको जीवनी व्यक्तित्व; उनका कथा र कथाकारिताको अध्ययन
परिच्छेद नौ ः पुण्यप्रसाद खरेलको जीवनी व्यक्तित्व; उनका कथा र कथाकारिता
परिच्छेद दशः निष्कर्ष

दोस्रो परिच्छेद
कथाको सैद्धान्तिक अध्ययन

२.१ कथा परम्परा
साहित्यका विभिन्न विधामध्ये कथालाई आख्यान विधा अन्तर्गतको उपविधाको रूपमा लिने गरिएको छ । यसलाई कलाको एक प्रशाखाका रूपमा लिने गरिन्छ, किनभने समग्र साहित्य नै ललित कथाको एउटा प्रमुख शाखाको रूपमा स्थापित छ । संक्षेपमा भन्नुपर्दा साहित्य एउटा भाषिक कला हो र कथा साहित्यकै एउटा विधा हो भएकाले यो पनि एक भाषिक कला हो । कथा शब्द ‘कथ्’ धातुमा ‘आ’ प्रत्यय लागेर निर्माण भएको देखिन्छ । समय र परिस्थिति अनुसार कथा शब्दमा अर्थहरू विकसित हुदै आएका छन् ।
कथाको अध्ययन र लेखनका सिलसिलामा कथाको जन्म किन कहिले र कसरी भयो होला भन्ने जिज्ञासा जो कोहीलाई हुन सक्छ । यसको समाधानार्थ कुनै प्रामाणिक तथ्य नभए पनि विभिन्न तर्क र अनुमानका आधारमा विभिन्न अध्येताहरूले आ–आफ्नै दृष्टिकोण प्रस्तुत गरेका छन् । ती दृष्टिकोणहरूलाई यस प्रकार देखाउन सकिन्छ ः
उपाध्याय (२०५९ ः ११५) का अनुसार – कथाको जन्म मानवको जन्म र भाषाको आविष्कारका साथै भएको हो । प्रारम्भमा यो केटाकेटीहरूलाई फकाउन–फुल्याउन, नव युवक – युवतीहरूलाई मनोरञ्जन दिई रौस्याउन र वयस्कहरूलाई कालक्षेपणको रोचक अवसर दिन कथिए होलान्, तर पछि यिनलाई ऐतिहासिक, धार्मिक, दार्शनिक र नैतिक उपदेशका पनि सजिला र रुचिकर माध्यम ठानी गद्यमा मात्र होइन पद्यमा समेत आबद्ध गरियो । थापा (२०६६ ः १४४) का अनुसार – कथाको जन्म सृष्टिको प्रारम्भदेखि नै भएको हो । यसैले आजको कथाको पूर्वरूप सृष्टिजत्तिकै पुरानो हो । कथा भन्ने र सुन्ने परम्परामा मानव जीवनको अभिन्न अङ्ग र सहज प्रवृत्तिका रूपमा विकसित भएको हो । प्ररम्भिक अवस्थामा कथा मनोभाव व्यक्त गर्ने माध्यम थियो । यस्तै उपेदश, शिक्षा, नैतिक सन्देश दिने एउटा आधार र मनोरञ्जनको एउटा साधन थियो । आजको वर्तमान सन्दर्भमा भने थोरै समयमा सजिलोसँग कथाको आस्वादनद्वारा जीवन र जगतको कुनै एक पक्षीय अनुभूतिसँग नवीकरण र तादात्म्य सम्बन्ध स्थापित गर्ने एउटा सबल आधारको रूपमा पनि विकसित भएको छ । शर्मा (२०५८ः१) का अनुसार – ‘कथा साहै्र छिप्पिएको विधा हो, किन भने कथा हाल्ले चलन परापूर्व कालदेखि नै चलिआएको छ । मानिसले जिब्रो फड्कार्न जानेदेखि अर्थात् वाणीलाई अभिव्यक्तिको माध्यम तुल्याएदेखि नै रमाइला र बसिबियाँलाका निमित्त कथा भन्ने र सुन्ने क्रम अटुट रूपमा हुँदै आएको होला भन्ने सजिलै अड्कल गर्न सकिन्छ । पोखरेल (२०५९ ः २२८) का अनुसार – ‘जीवनसित कथाको घनिष्ठ सम्बन्ध मात्र नभएर जीवनवृत नै कथामा परिणत हुने हुनाले मानव सम्यताले एउटा निश्चित भूमिका बाँध्दा नबाँध्दै कथाको पनि पहिलो परिच्छेद सुरु भैसकेको थियो भन्न सकिन्छ । जङ्गली अवस्थामा अत्यास लाग्दो जीवन बिताउने मावनहरू जस्तै अत्यासिला, अचम्मका र रोमाञ्चकारी सपनाहरू पनि देख्दथे होला, परम्परा सुनाउने गर्थे होला, सम्भवत ः मानवपुर्खाका तिनै सपनाहरू नै आजका कथाका प्रेरणाका स्रोत हुन् ।
यी भनाइहरूलाई हेर्दा के देखिन आउँछ भने प्राचीन कालदेखि नै कथामा क्रमिक परिवर्तन हँुदै र लेखिदै आएको पाइन्छ । पूर्वीय जनका वेद, उपनिषद्, रामायण र महाभारत जस्ता ग्रन्थहरूका साथ साथै बृहत् कथा, कथासरित्सागर, पञ्चतन्त्र, हितोपदेश, बौद्ध ग्रन्थमा भएका जातक कथाहरू, गुणाढ्यको बृहत्कथा आदिमा समेत विभिन्न आख्यानहरू पाइन्छन् । जसरी पूर्वीय जगत्मा कथाको दीर्घ परम्परा रहेको छ उसरी नै पाश्चात्य जगतमा पनि कथाको परम्परा दीर्घ नै रहेको पाइन्छ । ग्रिसका वीरहरूका कथा, मिश्रदेशका जादुगरका कथाहरू, यहुदीहरूको ओल्ड टेष्टामेन्ट, क्रिस्तानको बाइबल आदिमा थरिथरिका कथाहरू पाइन्छन् । यसरी मानव सभ्यताको परिवर्तनसँगै कथाहरू परिवर्तन हुँदै आज आधुनिक कथाका रूपमा स्थापित भएका छन् । उपाध्याय (२०५९ ः ११५) का अनुसार – कथा संस्कृतमा वर्णित कथा भन्ने नबुझी हिन्दीमा प्रचलित ‘कहानी’, बंगलामा प्रचलित ‘गल्प’ र अंग्रेजीमा प्रचलित ‘सर्ट स्टोरी’ जस्तै आधुनिक ढङ्ग र ढाँचा लेखिएको आधुनिक कथा विधा बुझ्नुपर्छ । कथाले एउटा स्वतन्त्र विधाको रूपमा मान्यता पाएको निक्कै पछिदेखि मात्रै हो । यस विधाको स्वतन्त्र रूपमा प्रयोग जर्मनी, फ्रान्स, रुस, अमेरिका आदि देशमा उन्नाइसांै शताब्दीदेखि हुन थालेको हो । उन्नाइसौं शताब्दीपछि विश्व साहित्यमा आख्यान सहित्य अन्तर्गतको एक प्रमुख विधाको रूपमा कथाले आफ्नो छुट्टै पहिचान बनाउन सकेको देखिन्छ । अंग्रेजीमा अमेरिकाका एडगर एलेन पो सर्ट स्टोरीका प्रथम सष्टा हुन् । त्यसैले यिनलाई आधुनिक कथाका जन्मदाता मानिन्छ ।

२.२ कथाको परिभाषा
कथालाई पूर्वीय तथा पाश्चात्य विद्वान्हरूले आ–आफ्नै किसिमले परिभाष्ति गरेका छन् । आधुनिक कथाको जन्म र विकास पाश्चात्य जगतमा भएको हुँदा पाश्चात्य जगतका विद्वानहरूका परिभाषाले धेरै महŒव पाउने गरेको पाइन्छ । यति हुँदा हुँदै पनि पूर्वीय विद्वान्हरूका परिभाषाको पनि आफ्नै किसिमको महŒव रहेको छ ।
नेपाली विद्वान्हरूका कथासम्बन्धी परिभाषाहरूमा “कुनै पनि अनुभूति र प्रेरणा वा लक्ष्यलाई लिएर जीवन जगतका कुनै एक पक्षमा केन्द्रित भएर लेखिएको कौतुकमय, वेगवत्ताका साथ एक तथ्यानुभूति गराउने गद्यमय सरस लघु रचना कथा हो” (पोखरेल २०५९ ः २३०) । केशवप्रसाद उपाध्याय (२०५९ ः १३४) का अनुसार कथा निश्चित आयाम भएको सुव्यवस्थित र सुगठित त्यो आख्यान हो, जसले एक प्रभाव र एक उद्देश्यले पूर्ण रहेर जीवनको एक अंशको सच्चा परिचय दिन्छ । त्यसै गरी शर्मा र श्रेष्ठ (२०४६ः ७६) का अनुसार – ‘निश्चित प्रकारको सरचनमा निबद्ध र सीमित आयतनभरिको समय र स्थानभित्र विस्तारित तथा शैलीयुक्त विचार वा भावअभिव्यञ्जक संक्षिप्त आख्यात्मक गद्य स्वरूपलाई कथा भनिन्छ ।’ कथाकै परिभाषा दिने क्रममा न्यौपाने (२०४९ः१५३) का अनुसार – “कथा यस्तो रमणीय आख्यानात्मक सानो गद्य विधा हो जहाँ जीवन जगत्को कुनै एक अंश वा क्षणको विशिष्ट अनुभूति वा विशिष्ट मर्मको कलात्मक क्षिप्रशैलीमा प्रस्तुति हुन्छ, जसले संवदेनाको एकत्व र प्रभावान्विति वहन गर्छ, जो अखण्ड तथा स्वयं पूर्ण र कहिलेकाहीं प्रतीकात्मक पनि हुन्छ ।” त्यसैगरी थापा, (२०६६ः१४६) का अनुसार – कथा भनेको गध्यमा लेखिएको सानो आख्यान हो, जसमा जीवन जगत्को कुनै एक पक्षको चित्रण हुन्छ । शर्मा (२०५८ः१७) का अनुसार – ‘परिवेश, उपाख्यान र प्रतिक्रियाको अन्तर्निहित योजनमा वाँधिएर प्रतिफलित हुने लघु विस्तार भएको गद्यसङ्कथनलाई साहित्यमा कथा भन्दछन् ।’ कथा संरचनामा आवद्ध प्रवान्वितिपूर्ण कल्पनात्मक संक्षिप्त आख्यानात्मक गद्य रूप हो । यसमा स्थापित मूल्य मान्यताका साथै युगअनुसारको मूल्य मान्यता प्रकट हुन्छ ।’
यसै गरी कथाको परिभाषा दिने क्रममा हिन्दी विद्धान्हरूको परिभाषा पनि महŒवपूर्ण मानिन्छ । हिन्दी साहित्यकारहरूले पनि कथा सम्बन्धी आ–आफ्नै पाराले परिभाषा दिएको पाइन्छ । (न्यौपाने २०४९ः १४९. १५०) मा उद्धृत हिन्दी साहित्यकार गोविन्द त्रिगुणायनका अनुसार– ‘कहानी आधुनिक साहित्यको त्यो लघ्वाकार गद्यात्मक विधा हो जहाँ कलाकार जीवन या जगतको कुनै एक घट्ना वस्तु, व्यक्ति परिस्थिति, भावना या विचार लिएर एक निश्चित कला विधिको अनुसरण गर्दै यस्तो संवेदना वा प्रभावन्वितिको सृजना गर्छ जुन पाठकलाई भावविभोर वनाएर रससिक्त गर्न समर्थ हुन्छ ।’ त्यसै गरी उपाध्याय (२०५९ः१२०) मा उद्धृत हिन्दी साहित्यकार गुलाव रायको कथा सम्बन्धी परिभाषा यस्तो रहेको छ – “लधुकथा केन्द्रित घटनाहरूको आवश्यक उत्थानपतन र मोडका साथै पात्रहरूको चरित्रमाथि प्रकाश पार्ने वर्णन होस् ।” त्यसैगरी उपाध्याय (०५९ः१२०) मै उद्धृत इलाचन्द्र जोशीका अनुसार कहानी सङ्कट वा अन्योलमा परेका पात्रहरूको कलात्मक वर्णन हो, जसको कुनै निश्चित परिणाम होस् ।
वर्तमान समयमा आधुनिक कथा भन्नाले अंग्रेजीको सर्ट स्टोरी भन्ने बुझिन्छ त्यसैले आधुनिक कथाका विषयमा चर्चा गर्दा कथाको परिभाषा पाश्चात्य मतसँग धेरै हदसम्म मेल खान पुग्छ । कथा विधाको चर्चा गर्दा पाश्चात्य साहित्यका साहित्यकार एडगर एलेन पोलाई आधुनिक कथाका जन्मदाताको रूपमा लिने गरिन्छ । न्यौपाने (२०४९ ः १४७) मा उद्धृत एडगर एलेन पोका अनुसार – ‘कथा एउटा यस्तो वर्णनात्मक आख्यान हो जुन यति छोटो हुन्छ कि एक बसाइमा पढिसकिन्छ र जुन पाठकमा एउटै प्रभाव पार्न लेखिएको हुन्छ । त्यसमा यस्ता सबै कुराहरूको बहिष्कार गरिन्छ जुन त्यस प्रभावलाई अग्रसर गर्न सहायक छैनन्, यो स्वतः पूर्ण हुन्छ ।’ त्यसै गरी कथाको परिभाषा दिने क्रममा डा. थापा (२०६६ः १४५) मा उद्धृत पाश्चात्य विद्वान् हड्सनको शृंखला, चरित्रको कुनै एउटा रूप, कुनै एउटा अनुभूति, जीवनको कुनै एक पक्ष, कुनै नैतिक समस्या जस्ता असङ्ख्य विषय कुनै पनि सन्तोषप्रद कथाका बीजका रूपमा प्रयुक्त हुन सक्छन् । डा. उपाध्याय (२०५९ ः १२०) मा उद्धृत पाश्चात्य विद्धान ह्रयु पोले कथाको परिभाषा यसरी गरेका छन् – ‘लघुकथा एउटा यस्तो कथा हुनुपर्छ, जो विषयहरूको तथ्य तालिका होस ; घटना र दुर्घटनाले भरिएको होस ; गतिमय होस् र जो कुतूहल वा सन्देहको सहायताले अप्रत्याशित ढङ्गले विकसित हुँदै पराकाष्ठामा पुगेर चित्तबुझ्दो पाराले उपसंहृत होस् ।’ त्यसैगरी (उपाध्याय २०५९ ः १२०) मा उद्धृत अर्का पाश्चात्य विद्वान जे डब्लुको परिभाषा यस प्रकार रहेको छ – कथा कुनै एक चरित्रको जीवनको कुनै एक मार्मिक प्रसङ्गको नाटकीय रूपमा गरिएको प्रस्तुतीकरण हो ।
माथि उल्लेख गरिएका परिभाषाहरूमा कथालाई आख्यान साहित्यको मूल विशेषताका आधारमा, कथाले ओगट्ने जीवन जगतको आधारमा एवम् कथाले पार्ने प्रभावका आधारमा पूर्व पश्चिमका विद्वान्हरूबाट परिभाषित गरिएको पाइन्छ । यी सबै परिभाषाहरू कथालाई हेर्ने फरक फरक कोणहरू हुन् । यस आधारमा समष्टिमा कथालाई निम्न अनुसार परिभाषित गर्न सकिन्छ ।
एउटा मूल केन्द्रीय कथाप्रवाह भएको, थोरै पात्र एवम् सानो वा संक्षिप्त आकारको जीवन जगतको कुनै एउटा महŒवपूर्ण पक्षमाथि प्रकाश पार्ने गद्यभाषा प्रयोग भएको एकै बसाइमा पढेर सकिने सहित्यिक विधा नै कथा हो ।

२.३ कथाका उपकरण वा तŒवहरू
कथा आख्यान अन्तर्गत पर्ने एउटा स्वतन्त्र विधा हो । कथालाई पूर्ण रूप प्रदान गर्न आवश्यक पर्ने तŒवहरू नै कथाका तŒवहरू हुन जसलाई कथाको उपकरण पनि भन्ने गरिन्छ । विभिन्न तŒवहरूको संयोजनबाट कथाको निर्माण हुन्छ । कथाका ती तŒवह कहिले संयोजन भएर र कहिले घटी बढी भएर कथा बनेको हुन्छ । कथाका विभिन्न तŒवमध्ये कुनै स्थूल रूपमा प्रयोग भएका हुन्छन् भने कुनै तŒव सूक्ष्म रूपमा मात्र प्रयोग भएका हुन्छन् । कथामा मूर्त रूपमा देखिने तŒवलाई स्थूल तŒव भनिन्छ भने मसिनो गरी विश्लेषण गर्दा देखिने तŒवलाई सूक्ष्म तŒव भनिन्छ । कथाका स्थूल तŒवहरूमा कथानक, चरित्र र परिवेश पर्दछन् भने सूक्ष्म तŒवहरूमा भाषाशैली, उद्देश्य र दृष्टिविन्दु पर्दछन् ।
कथाका उपकरण वा तŒवका सन्दर्भमा विभिन्न विद्वानहरूले विभिन्न मतहरू प्रस्तुत गरेका छन् । किनभने कथाका तŒवहरू यति नै हुन्छन् भनेर किटान गर्नु एउटा जटिल कुरो हो । कथाका प्रमुख तŒवका विषयमा नेपाली साहित्यका विभिन्न विद्धानले आ–आफ्नो किसिमले प्रस्तुत गरेका छन् ।
गौतम (२०५४ः५) का अनुसार – स्थूल तत्व अन्तर्गत १. कथानक २. चरित्र,
३. परिवेश, पर्दछन् भने सूक्ष्म तत्व अन्तर्गत – १. भाषा, २. शैली, ३. उद्देश्य, ४. कथन पद्धति र ५. दृष्टिविन्दु पर्दछन् । त्यसैगरी उपाध्याय (२०५९ः १२३) का अनुसार – १. कथावस्तु, २. चरित्र, ३. देशकाल– वातावरण, ४. विचार, ५. कौतुहल, ६. संवाद, ७. शैली र ८. उद्देश्य नै कथा तŒवहरू हुन् । अर्का नेपाली विद्धान पोखरेल (२०५९ ः २३०) का अनुसार – १. कथावस्तु २. चरित्र चित्रण, ३. कथोपकथन, ४. देशकाल वातावरण र ५. उद्देश्य कथाका लागि आवश्यक तŒवहरू हुन । थापा (२०६६ ः १४६) का अनुसार – १. कथावस्तु, २. पात्र, ३. संवाद, ४. भाषा – शैली, ५. वातावरण र ६. उद्देश्य नै कथाका आवश्यक तŒवहरू हुन् । शर्मा (२०५८ ः १९) कथामा स्थूल र सूक्ष्म गरी कथा तŒवलाई दुई भागमा वाँड्दछन– स्थूल उपकरणमा १. कथानक, २. चरित्र, ३. परिवेश र सूक्ष्म तŒवहरूमा १. विषयसूत्र, २. भाषा, ३. शैली, ४. उद्देश्य र ५. दृष्टिबिन्दु ।
अन्य कतिपय विह्रान्हरूले कथाका निम्ति शीर्षक, विचार र उपसंहार आदिलाई समेत कथाका तŒवका रूपमा स्वीकार गरेको पाइन्छ । निर्धारित संरचना भएका कथाहरूमा कथाका सबै तŒवहरूको प्रयोग भएको पाइन्छ । तर धेरै कथामा कतिपय तŒवहरू अति सूक्ष्म रूपमा मात्र रहेको पाइन्छ । विशेष गरी हिजो आजका प्रयोगशील कथाहरूमा कथाका तŒवहरूको सन्तुलित रूपमा प्रयोग नभएको र कतिपय तŒवहरूको प्रयोग नै नभएको देखिन्छ । कथाका विभिन्न तŒवहरूबारे विभिन्न विद्धानहरूले आ–आफ्नै किसिमले चर्चा गरेको कुरा माथि छोटकरीमा उल्लेख गरिसकियो । कथा तŒवहरूका रूपमा प्रायः सबैले स्वीकारेका मुख्य तŒवहरू निम्नानुसार छन् ः

२.३.१ कथानक
कथानकको परिभाषा दिने क्रममा विभिन्न विद्वान्हरूले आ–आफ्नै पाराले परिभाषा दिएका छन् । शर्मा (२०५८ ः १९) का अनुसार – कथाका घटनाहरूको योजना अथवा अभिरेखा अथवा ढाँचालाई कथानक भनिन्छ । साथै उत्सुकता र संशय जगाउने गरी व्यवस्थित घटना र चरित्रको सङ्गठनलाई पनि कथानक भनिन्छ । निम्न लिखित प्रश्नको जवाफ आउने कुरा कथानक हुन्छ ः क) त्यो किन घटित भयो, ख) यो किन घटित हुदैन र ग) अव के हुन्छ र किन ?
थापा (२०६६ ः १४६) का अनुसार – “आवश्यक घटनाहरूको शृङ्खलात्मक र कलात्मक गठन र गुम्फन नै कथावस्तु हो ।” त्यस्तै श्रेष्ठ (२०६० ः ९) का अनुसार – “वास्तवमा कथावस्तु भन्नु नै स्वयम् कथाकारको विचार, धारणा वा अनुभूतिको मूर्त अभिव्यक्ति वा प्रस्तुति हो ।
यसरी माथि उल्लेख भएका कथानकको परिभाषालाई अध्ययन गर्दा निष्कर्षमा के भन्न सकिन्छ भने कथानक कथाको स्थूल तŒव हो । यो कथामा स्पष्ट रूपमा आएको हुन्छ । विभिन्न घटनाहरूको योगबाट कथानक बन्दछ । कुनै एक विषयसँग सम्बन्धित विभिन्न घटनाहरू निश्चित ढाँचामा प्रस्तुत भएर कथानकको निर्माण भएको हुन्छ । कथानकलाई चरित्र वा घटनाहरूको सुव्यवस्थित विन्यास पनि भन्न सकिन्छ ।

२.३.१ (क) कथानको स्रोत
विभिन्न विद्वान्हरूले कथानकको लागि विभिन्न स्रोत हुने बताएका छन् । शर्मा (२०५८ ः २३) का अनुसार – १. इतिहास, २. यथार्थ, ३. रागभाव र ४. स्वैरकल्पना गरी कथानकका चार वटा स्रोत हुन्छन् । यसका साथ एकभन्दा बढी स्रोतहरूलाई मिसाएर मिश्रित कथानक पनि तयार गर्न सकिन्छ । त्यसै गरी गौतम .(२०५४ ः ६) ले पनि कथानकका स्रोत – १. इतिहास, २. यथार्थ, ३. रागभाव र ४. स्वैरकल्पना नै हुन् भनेर शर्मा कै विचारसँग सहमति दर्शाएको देखिन्छ । त्यसैगरी ढुँगेल र दाहाल (२०६४ ः ६) ले पनि शर्मा कै स्रोतमा सहमति जनाएको पाइन्छ । यसरी प्रायः जसो विद्वानहरूले कथानकका चार स्रोतहरू – १. ऐतिहासिक, २. यथार्थ, ३. रागभाव र ४. स्वैरकल्पना मानेकाले कथानकको स्रोत पनि यिनै चार वटा नै हुने भनेर मान्न सकिन्छ ।

२.३.१ (ख) कथानकका विभिन्न भाग र अवस्था
कथानकमा कथाको विकासका निमित्त विभिन्न भाग र अवस्थाहरू रहेका हुन्छन् । पोखरेल (२०५९ः२२९) का अनुसार – कथानकलाई आकर्षक बनाउनका निमित्त यसलाई तीन भागमा बाँडेर ‘कौशलत्रय’ को उपयोग गनुपर्छ । कथावस्तुलाई रोचक बनाउन उपयोगमा ल्याइने ती तीन कौशल हुन् – १. प्रारम्भ कौशल, २. विकास कौशल र ३. चरमोत्कर्ष कौशल । त्यसैगरी अर्का विद्वान थापा (२०६६ ः १४८) का अनुसार – कथावस्तुका अवस्थालाई तीन रूपमा विभाजन गर्न सकिन्छ । ती हुन– १. प्रारम्भ, २. विकास र ३. उत्कर्ष या अन्त्य । उपाध्याय (२०५९ः१२३) का अनुसार – कथामा प्रस्तावना वा प्रारम्भ, मध्य वा विकास, चरमोत्कर्ष र अन्त्य यी चार अवस्था हुन्छन् । शर्मा (२०५८ः२४) का अनुसार कथानकभित्र त्यसका अङ्ग वा भाग र अवस्थाहरूको वितरणको क्रम निम्नानुसार हुन्छ ः
अङ्गहरू अवस्थाहरू
क) आदि अ) चिनारी
आ) सङ्घर्ष विकास
ख. मध्य इ) चरम
ई) सङ्घर्षह्रास

ग) अन्त्य उ) उपसंहार

यसरी विभिन्न विद्वानहरूका विभिन्न तर्कहरूलाई हेरेर के भन्न सकिन्छ भने कथानकको विकासमा जम्मा तीन भाग र ती तीन भागमा पाँच अवस्था रहेका हुन्छन् । ती तीन भाग र पाँच अवस्था निम्नानुसार छन् ः– १. आदि, २. मध्य र ३. अन्त्य । त्यसैगरी १. प्रारम्भ, २. विकास, ३. चरमोत्कर्ष, ४. सङ्घर्षह्रास र ५. उपसंहार गरी पाँच अवस्था रहेका हुन्छन् ।

२.३.२ चरित्र चित्रण
कथा मानव जीवनसँग असम्पृक्त रहने हुनाले मानवविनाको कथाको कल्पना गर्न सकिदैन । यसको अर्थ कथाको पात्र मानव मात्र हुने भन्ने चाहिं होइन । मानवबाहेक पशु प्राणी वनस्पति वा जड पदार्थ ढुङ्गा माटो पनि पात्रका रूपमा कथामा आएका हुन्छन् । कथामा यथासक्य थोरै पात्रको प्रयोग गर्दा राम्रो मानिन्छ । पात्रहरूमा निजी वैशिष्ट्य र व्यक्तित्वको नौलो पन हुन सके कथा प्रभावकारी बन्न सक्छ । कथामा प्रयोग हुने चरित्रका बारेमा विभिन्न विद्वानहरूले विभिन्न किसिमका परिभाषा दिएको पाइन्छ । उपाध्याय (२०५९ ः १२३) का अनुसार – “चरित्र त्यो माध्यम हो, जसको आधारमा कुनै घटनाको कल्पना गरी यथार्थको प्रस्तुतीकरणको प्रयास गरीन्छ ।” न्यौपाने, (२०४९ ः १६३) का अनुसार – “विषय, भावना वा घटना प्रकाशित गर्ने माध्यम र कथाको सञ्चालक चरित्र हो ।” शर्मा (२०५८ ः ४७) का अनुसार – “कथामा पाइने व्यक्तिलाई चरित्र भनिन्छ ।”
यसरी चरित्रलाई कथाको प्राण मान्ने गरिन्छ । कथामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आएका विभिन्न व्यक्तिहरू वा मानवीय चरित्रको विशेषता जाहेर गर्न आउने मानवत्तेर प्राणीहरू पनि पात्र हुन्छन् । आधुनिक युगमा कथामा चरित्रको भूमिका ज्यादै महŒवपूर्ण रहेको पाइन्छ ।
विभिन्न विद्वान्हरूले चरित्रका बारेमा विभिन्न किसिमका चरित्र हुने कुराको उल्लेख गरेको पाइन्छ । त्यसैले पात्रको वर्गीकरण एकै किसिमको पाइँदैन । शर्मा (२०५८ः २८) का अनुसार १. लिङ्गका आधारमा – क) पुरुष चरित्र, र ख) स्त्री चरित्र २. कार्यका आधारमा – क) प्रमुख चरित्र, ख) सहायक चरित्र र ग) गौण चरित्र ३. प्रवृत्तिका आधारमा – क) अनुकूल चरित्र र ख) प्रतिकूल चरित्र ४. स्वभावका आधारमा – क) गतिशील चरित्र र ख) गतिहीन चरित्र ५.जीवन चेतनाका आधारमा – क) वर्गगत चरित्र र ख) व्यक्तिगत चरित्र ६. आसन्नताका आधारमा – क) मञ्च पात्र र ख) नेपथ्य पात्र र ७. आबद्धताका आधारमा – क) बद्ध पात्र र ख)मुक्त पात्र
त्यसै गरी कथामा प्रयोग हुने चरित्रलाई बर्गीकरण गर्ने क्रममा (गौतम, २०५४ः १०, ११, १२, १३) का अनुसार – १. लिङ्गका आधारमा – क) पुरुष चरित्र र ख) स्त्री चरित्र २. कार्यका आधारमा – क) प्रमुख चरित्र, ख) सहायक चरित्र र ग) गौण चरित्र ३. स्वभावका आधारमा – क) स्थिर चरित्र र ख) गतिशील चरित्र ४. सामाजिक सम्वन्धका आधारमा – क) उच्च पात्र, ख) मध्यम पात्र र ग) निम्न पात्र ५. आसन्नताका आधारमा – क) मञ्चीय पात्र र ख) नेपथ्य पात्र र ६. आबद्धताका आधारमा – क) बद्ध पात्र र ख) मुक्त पात्र

२.३.३ परिवेश
परिवेश कथाको अर्को महŒवपूर्ण तŒव हो । कुनै घटना घटेको वा चरित्रले कार्य सम्पादन गरेको स्थान, समय र वातावरणलाई परिवेश भनिन्छ । जुनसुकै कथाकारले कथामा घटनाको वर्णन गर्न ती घटनाहरू कुन ठाँउमा, कुन समयमा घटेका हुन् र त्यो घटना घटेको स्थान र समयको वरिपरिको परिस्थिति कस्तो थियो वा छ भन्ने कुरा प्रस्तुत गरेको हुन्छ । यसरी कथाकारले कथामा यो प्रस्तुति कहिले कथाकार स्वयम्ले पनि समाख्यानात्मक विधिका माध्यमबाट गर्दछ भने कहिले दृश्यात्मक पद्धतिद्वारा पात्रका माध्यमबाट गर्दछ । पात्रको चरित्र अनुसारको परिवेश कथामा आएको हुनुपर्छ अर्थात् पात्रले परिवेशअनुसारको भूमिका निर्वाह गरेको हुनुपर्छ । पात्रको क्रियाकलापमा नवीनता आएमा परिवशले त्यो नवीनता जन्माउनु आवश्यक मानिन्छ । परिवेशको जीवन्त प्रस्तुतिले कथालाई यथार्थ र विश्वसनीय बनाउन सहयोग गर्दछ । परिवेशको चित्रणद्वारा पात्र वा चरित्रको मूल भावनाको चित्रण हुन राम्रो मानिन्छ । कथामा घटनाहरू र कार्यव्यपारमा समाजको प्रतिबिम्बन भएको हुन्छ । त्यसैले पात्रको मनोविज्ञान, मानसिक द्वन्द्व, बौद्धिक उहापोह आदि कुरासँग सम्वन्धित रहन्छ । देश, काल र परिस्थितिअनुसार परिवेश फरक–फरक हुन सक्छ । त्यसैले नेपाली, अंग्रेजी, रुसी, कथाका परिवेश फरक फरक हुन पुगेका हुन् ।
परिवेशका आधारमा कथालाई विभाजन समेत गर्ने गरेको पाइन्छ । यस आधारमा कथालाई प्रादेशिक, आञ्चलिक अथवा सार्वभौम भनेर छुट्याइन्छ । आख्यानमा समाविष्ट परिवेशको भिन्नताले भाव परिमण्डलमा पनि विशेष भिन्नता ल्याउँछ अथवा, परिवशेको यथार्थ चित्रणमा भिन्नता आएमा त्यसले विशेष किसिमको भाव परिमण्डल सिर्जना गर्दछ । ढुंगेल र दाहाल (२०४६ ः ७) का अनुसार– “कथा तŒवको रूपमा देश, काल र वातावरण भन्नाले कथाका घटनाहरू घटेको वा पात्रहरूको कार्यव्यपार सम्पन्न गरेको स्थान, समय र वातावरण बुझिन्छ ।’ त्यसै गरी शर्मा (२०५८ ः ३१) का अनुसार – “कथामा चरित्रले कार्यव्यापार गर्ने र घटनाहरू घट्ने बस्तुजगतलाई परिवेश भन्दछन् ।”

२.३.४ संवाद (कथोपकथन)
कथाका तŒवहरू मध्ये संवाद पनि एउटा तŒवको रुपमा रहेको पाइन्छ । नाटक र एकाङ्कीमा संवाद अनिवार्य तŒव मानिन्छ तर कथामा भने संवाद अनिवार्य तŒवका रूपमा नभई कथालाई विविधता, रोचकता र सरसता थप्न मात्र प्रयोग गरिन्छ । संवाद कथाकारको कुशल कथा संयोजनमा भर पर्दछ । कथाको परिवेश र पात्र अनुसार संवादको उपयोग गर्न सकिन्छ । संवादको प्रयोग कथावस्तुलाई अघि वढाउन, वातावरण प्रष्ट्याउन र पात्रलाई जीवन्त तुल्याउनको निम्ति गरिन्छ ।
संवाद संक्षिप्त, सरल, आकर्षक र सार्थक हुनु पर्दछ । क्लिष्ट, अनाकर्षक र अनुपयुक्त संवादले कथामा गति प्रदान गर्दैन । कथामा कथावस्तुअनुसार लामा नभई छोटा–छोटा संवादको प्रयोग गर्नु नै वाञ्छनीय मानिन्छ । यस आधारमा संवाद अर्थपूर्ण, सारपूर्ण र प्रभावपूर्ण हुन अत्यन्त आवश्यक छ । संक्षिप्त र परिमित संवाद प्रवाहपूर्ण हुन्छ । यस्तै प्रवाहपूर्ण संवाद प्रयोगले मात्र कथामा गतिशील स्थिति सृजना गर्छ । यो स्थिति नै कथाको लागि उपयुक्त मानिन्छ । संवादले नै पात्रको स्तर बताउन सक्छ । त्यसैले यसलाई पात्रको परिचायक पनि भन्ने गरिन्छ । कथाको जहाँ दृश्य योजना हुन्छ, त्यहाँ संवाद रहेको हुन्छ । यसै कारण संवादको प्रयोग गर्दा कथाकारले पूर्ण सनवधानी र सतर्कताको पालना गर्नुपर्छ ।
कथामा प्रयोग भएका पात्रहरूबीच हुने कुराकानी वा गफलाई संवाद भनिन्छ । कथाको यो तŒव कथाका पात्रसँग सम्बन्धित रहेको अन्तर्संवादका रूपमा लिइन्छ । संवादलाई कथोपकथन भनेर पनि चिन्न सकिन्छ ।
संवादको बारेमा विभिन्न विद्वानका धारणाहरू रहेका छन् । केही उल्लेख्य विचारहरू निम्नानुसार छन् ।
आचार्य र बस्नेत (२०६३ ः ३१४) का अनुसार – “कथाका पात्र – पात्रहरूको बीचमा आफ्ना–आफ्ना विचार, भावना र हर्ष विषाद, उल्लास, विष्मय–करुणा – क्रोध, प्रेम–इष्र्या आदि मनोरागहरूलाई व्यक्त गर्नका लागि हुने पारस्परिक वार्तालापलाई संवाद वा कथोपकथन भनिन्छ । ढुंगेल र दाहाल (२०६४ः ६,७) का अनुसार –“कथामा समाविष्ट पात्रहरूका बीचमा हुने कुराकानी र पात्रका आफ्नै मनमा हुने क्रिया–प्रतिक्रियाको प्रस्तुतिलाई नै कथोपकथन भनिन्छ ।”

२.३.५ भाषा
भाषा कथाको अर्को महŒवपूर्ण तŒव हो । कथामा कथाकारले आफ्नो भाव वा विचार प्रस्तुत गर्ने माध्यम नै भाषा हो । भाषाविना कथाकारले आफ्नो कथा पाठकसम्म लेख्य रूपमा पु¥याउन सक्तैन । त्यसैले कथामा भाषाले ज्यादै महŒवपूर्ण भूमिका खेलेको हुन्छ । भाषा कथाको सूक्ष्म तŒव हो । कथाको भाषा गद्यमय हुन्छ । कथामा सहज र तार्किक भाषिक रूपको प्रयोग हुन्छ । कथाको भाषा कविताको जस्तो लयात्मक र विचलनयुक्त नभएर बोलचालको समतुल्य हुन्छ । कथामा आवश्यकता अनुसार उखान, टुक्का, थेगो, निपात आदिको प्रयोग गर्न सकिन्छ । कथामा प्रयोग भएका भाषामा भाषिकागत विशेषताहरू पनि पाइन्छन् । कथामा पात्रको पृष्ठभूमि, ज्ञान र स्तर अनुरूपको भाषाको प्रयोग गर्नु उपयुक्त मानिन्छ । कथा समाख्यानात्मक कथन पद्धति र दृश्यात्मक कथनपद्धतिद्धारा रचना गर्दा भाषामा भिन्नता पाइन्छ । कथामा पात्रहरूले बोल्ने विभिन्न प्रकारको भाषा भए पनि कथाकारले उनीहरूको भाषासँग सन्निकटता देखाउने गर्दछ । कथाकारको आफ्नै भाषाशैलीको केन्द्रीयतामा नै कथाको मूल कथ्य बुनिएको हुन्छ । पात्रहरूको स्तर र उनीहरूको मानसिक अवस्था, विषय र मौलिक परिवशेका आधारमा कथाका पात्रको भाषा विविधतायुक्त र विशिष्ट किसिमको हुन्छ । कथाको स्थान, पात्रको उमेर, जात, वर्ग लिङ्ग आदिले पनि भाषामा भिन्नता ल्याउँछ ।
विभिन्न विद्वानहरूले कथाको तŒव भनेरे चिनिने भाषाको परिभाषा आ–आफ्नै तरिकाले दिएका छन् – डा. थापा (२०६६ ः १५९) का अनुसार – “कुनै पनि भाव या विचार अभिव्यक्त गर्ने माध्यम भाषा हो ।” शर्मा (२०५८ ः ३५) का अनुसार – भाषा साहित्यिक अभिव्यक्तिको माध्यम हो । यस माध्यमले नै वाङ्मय र अन्य कलालाई छुट्याउँछ । यस माध्यमका अभावमा कथा लगायत साहित्यको कुनै पनि विधाले रूपाकार वा मूर्तता पाउन्न । यो नहुँदा रचना मार्फत केही दिने साहित्य साधक र रचना मार्फत केही लिने पाठकको पारस्पारिक क्रियाकलाप अर्थात् सम्प्रेषण कार्य ठप्प हुन्छ । यस प्रकारको आदानप्रदान अर्थात् सम्प्रेषण कार्य भाषामा नै आधारित हुन्छ । शर्मा (२०५८ ः ३६) का अनुसार – कथामा निम्न प्रकारका भाषामध्ये कुनै एक प्रकारको प्रयोग गरिन्छ ।
क) उच्च प्रयुक्ति ः–
यस्तो भाषा परिनिष्ठित र काव्यात्मक हुन्छ । नेपालीमा तत्सम शब्दको बढी प्रयोग भएको भाषलाई उच्च प्रयुक्ति भनिन्छ । उच्च प्रयुक्ति भएको भाषा कठिन पनि हुन सक्छ ।
ख) मध्यम प्रयुक्ति ः–
यसमा भिन्न भिन्न प्रकारका शब्दहरूको प्रयोग हुन्छ । नेपालीमा संस्कृत, उर्दू, अंग्रेजी, झर्रा आदि शब्दको समान रूपले प्रयोग गर्दा मध्यम प्रयुक्ति हुन्छ ।
ग) निम्न प्रयुक्ति ः–
यसमा प्रचलित शब्दहरूको बढी प्रयोग हुन्छ । बोलचालको नेपाली भाषालाई निम्न प्रयुक्ति भनिन्छ । यसैलाई सामान्य प्रयुक्तिको नाम पनि दिइन्छ । कथामा यसै खालको भाषा हुनुपर्छ भन्ने मानिन्छ ।
सामान्य प्रयुक्ति अर्थात् बोलचालको भाषा साहित्यमा प्रयुक्त भएपछि विशिष्ट हुन्छ र त्यो विशेष अर्थ दिने खालको बन्छ । भाषामा साहित्यका सवैजसो तŒवहरूको समावेश हुन्छ ।

२.३.६ शैली
कथाको अर्को तŒव शैली हो । शैली कथाको सूक्ष्म तŒव हो । साहित्यमा शैली अभिव्यक्तिको प्रकारको रूपमा आउँछ । साहित्यिक शैली सामान्य अभिव्यक्ति नभएर विशिष्ट अभिव्यक्तिको परिचायक हुन आउँछ । भनाइको रीति वा तरिकालाई शैली भनिन्छ । कथा रचनाका क्रममा प्रयोग भएका शब्द पदावली, वाक्य जस्ता भाषिक एकाइको विशिष्ट रखाइक्रमलाई शैली भनिन्छ । अर्को शब्दमा भाव, विचार वा अनुभूतिलाई अभिव्यक्ति दिने ढाँचा वा तरिकालाई नै शैली भनिन्छ । शैली भन्नाले झट्ट हेर्दा कथाको कलात्मक मूल्य भन्ने बुझिन्छ । शैलीको चमत्कारले नै कथावस्तुलाई रोचक तुल्याउँछ । शैलीको सम्बन्ध कथाको विन्यास र भाषासित रहेको हुन्छ । कथलाई रोचक र आकर्षक तथा अरुचिकर र अनाकर्षक तुल्याउन शैलीको भूमिका महŒवपूर्ण रहन्छ । कुशल शैलीकार नभई कौतूहलको सृष्टि र त्यसको संरक्षण एवम् सबद्र्धन पनि सम्भव हुन सक्तैन । सुदृढ संगठन, गतिमयता, सरस, सुबोध र सुस्पष्ट भाषा एवम् छोटा–छोटा वाक्य शैलीका विशिष्ट गुण हुन् । कथामा कस्ता शब्दहहरूको प्रयोग गरिएको छ, कस्ता पदावलीहरूको प्रयोग गरिएको छ र वाक्य गठनको स्वरूप कस्तो छ । यी सबैको अध्ययन शैली अन्र्तगत पर्दछ । शर्मा (२०५८ ः ३९) का अनुसार – शैली अभिव्यक्तिको प्रकार हो । कस्ता शब्द र वाक्यमा कसरी रचनालाई अभिव्यक्त गरिएको छ भन्ने कुरो नै शैली हो । त्यसैगरी गौतम (२०६६ ः १५९) का अनुसार भाषालाई अभिव्याक्त ढङ्ग वा तरिका नै शैली हो ।
शैलीका विभिन्न प्रकार हुन्छन् । उपाध्याय (२०५९ ः १२४) का अनुसार – हास्यमय, व्यङ्ग्यमय र सरल गरी तीन थरीका शैली हुन्छन् । शर्मा (२०५८ ः २९) का अनुसार –
क) कालका आधारमा ः–
अ) मेटाफिजिकल शैली आ) अगस्तन शैली
इ) जर्जियल शैली ई) वीरकालीन शैली
ऊ) भक्तिकालीन शैली ए) श्रृङ्गारकालीन शैली
ख) लेखकका आधारमा ः–
अ) चसरियन शैली आ) मिल्टानिक शैली
इ) गिब्वोलियन शैली ई) जेम्सियन शैली
उ) भानुभक्तीय शैली ऊ) लेखनाथीय शैली
ए) मैनाली शैली आदि
ग) तहका आधारमा ः–
अ) उच्च शैली आ) मध्यम शैली
इ) सामान्य शैली वा सादा शैली
घ) भाषाका आधारमा शैलीका प्रकार
अ) काव्यात्मक शैली आ) व्याख्यात्मक शैली
इ) सूचनात्मक शैली ई) वैज्ञानिक शैली
ङ) प्रयोगका आधारमा शैलीका प्रकार
अ) समास शैली आ) पत्रकारिता शैली
यसरी समग्रमा शैलीका विभिन्न प्रकार रहेको पाइन्छ ।

२.३.७ दृष्टिविन्दु
दृष्टिविन्दु कथाको एउटा महŒवपूर्ण तŒव हो । कुनै पनि कथाकारले आफ्नो कथामा कथ्य, विचार वा दृष्टिकोण सोझै प्रस्तुत नगरी वस्तु पात्र र परिवेशका माध्यमबाट प्रस्तुत गर्दछ । कथाकारले कथा लेख्नुपूर्व नै कथा प्रस्तुतिको ढाँचा तयार गर्नुपर्दछ । कुनै घटनाको छनौट गरेपछि घटनासँग पात्रको सम्बन्ध जोड्नुपर्दछ । यस क्रममा उसको कुनै एउटा पात्रलाई आफ्ना विचारको संवाहक बनाउँछ । कहिले पात्रको नाम दिएर र कहिले नाम वा सर्वनामको माध्यमबाट प्रस्तुत गर्दछ । कथाकारले कुन भाव वा विचार कुन पात्रको कार्यव्यपारद्वारा प्रस्तुत गर्ने भन्ने योजना निर्माण गर्छ । आफ्ना मुख्य भाव वा विचार प्रस्तुत गर्ने यही पद्धतिलाई दृष्टिबिन्दु भनिन्छ । शर्मा (२०४८ः४३) का अनुसार – दृष्टिबिन्दु त्यो परिप्रेक्ष्य हो, जसद्वारा आख्यानकारले चरित्र, कार्यव्यापार, परिवेश आदिलाई पाठकसामु राख्छ । श्रेष्ठ (२०६० ः ११) का अनुसार – दृष्टिविन्दु त्यो स्थिति, स्थान वा सीमा हो जसको माध्यमबाट कथाकारले आफ्नो धारणा वा अनुभूति पाठकसमक्ष पु¥याउँदछ । कथाकार र पाठकबीचको सम्बन्धसूत्र नै दृष्टिविन्दु हो ।
कथामा प्रयोग भएका पात्र, परिवेश, कार्यव्यापार उसका माध्यमबाट र कोद्वारा प्रस्तुत भएका छन्, त्यसका आधारमा दृष्टिविन्दु थाहा पाउन सकिन्छ । कथामा प्रयोग गरिने दृष्टिविन्दु दुई प्रकारका हुन्छन् ः
१. प्रथमपुरुष दृष्टिविन्दु र २. तृतीयपुरुष दृष्टिविन्दु ।
प्रथमपुरुष दृष्टिविन्दु ः कथामा कथाकार आफैं समाख्याता नभएर समाख्यान म, हामी पात्रबाट भएको छ भने त्यो प्रथमपुरुष दृष्टिविन्दु हो । प्रथमपुरुष दृष्टिविन्दुलाई आन्तरिक दृष्टिविन्दु पनि भन्ने गरिन्छ । आन्तरिक दृष्टिविन्दु ः केन्द्रीय र परिधीय गरी दुई किसिमका हुन्छन् ।
क) केन्द्रीय दृष्टिविन्दुमा स्वयम् कथाकार वा अरू कुनै ‘म’ को रूपमा मुख्य पात्र रही कथा प्रस्तुत भएको हुन्छ । यस दृष्टिविन्दुबाट सृजित कथामा मुख्य पात्रको आन्तरिक स्थितिको चित्रण सूक्ष्मताका साथ प्रस्तुत हुन्छ ।
ख) कथाका प्रयोग भएको ‘म’ पात्रको भूमिका मुख्य नभई त्यसको स्थान कि त गौण रहन्छ वा तटस्थ छ भने त्यसलाई परिधीय दृष्टिबिन्दु भनिन्छ । यो दृष्टिबिन्दु प्रयोग भएको कथामा मुख्य कथाको केन्द्र अर्कै पात्र बनेको हुन्छ । ‘म’ पात्र भने केवल त्यही पात्रलाई प्रस्तुत गर्ने माध्यमका रूपमा मात्र आएको हुन्छ ।
तृतीयपुरुष दृष्टिविन्दु ः तृतीय पुरुष दृष्टिविन्दुलाई बाह्य वा बहिरङ्ग दृष्टिबिन्दु पनि भनिन्छ । कथामा समाख्याता ‘म’ पात्र नभएर कुनै नाम वा तृतीय पुरुषवाची (ऊ, त्यो) जस्ता सर्वनामबाट भनिने वा कथाकार स्वयम् पात्र, परिवेश वा वातावरणको समाख्याता बन्ने दृष्टिविन्दु तृतीयपुरुष दृष्टिविन्दु हो ।
तृतीय पुरुष दृष्टिविन्दुहरू निम्नानुसार ३ प्रकारका हुन्छन् ः–
१. सर्वज्ञ दृष्टिबिन्दु, २. सीमित दृष्टिबिन्दु र ३. वस्तुपरक दृष्टिविन्दु
सर्वज्ञ दृष्टिविन्दु ः– कथावाचकले सम्बन्धित कथामा घटित प्रत्येक घटना, पात्रका आचरण तथा उसका मनका सवै कुराको ज्ञाता भएर प्रस्तुत गरेमा त्यो तृतीय पुरुष दृष्टिबिन्दुलाई सर्वदर्शी बाह्य दृष्टिविन्दु भनिन्छ ।
सीमित दृष्टिविन्दु ः– कथामा कथावाचकले एक मात्र पात्रको मानसिक संसारको विचरण गरेको छ भने त्यसलाई सीमित बाह्य दृष्टिबिन्दु भनिन्छ ।
वस्तुपरक दृष्टिविन्दु ः– कुनै पनि पात्रको मानसिक संसारको विचरण नभई केवल कथावाचकले बाहिरी रूपमा देखिने वा बाहिरी घटनाको मात्र सामान्य विवरण दिन्छ भने त्यसलाई वस्तुपरक बाह्य दृष्टिविन्दु भनिन्छ ।

२.३.८ उद्देश्य
कथाका तŒवहरूमध्ये अर्को महŒवपूर्ण तŒव उद्देश्य हो । उद्देश्य कथाको अमूर्त तŒव हो । उद्देश्य वैचारिक पक्षसँग सम्बन्धित हुन्छ । कथामा उद्देश्यअनुरूपको कथानक, परिवेश, भाव, बिम्ब, प्रतीकको प्रयोग गरिएको हुन्छ । कथामा उद्देश्य रहेको हुन्छ । त्यसैले उद्देश्यलाई कथाको तŒवको रूपमा स्वीकारेको पाइन्छ । सामान्यतया कथाकारले कथामा दिन खोजेको सन्देशलाई उद्देश्य भनेर बुझिन्छ । यो कथाकारको जीवनदृष्टिसँग सम्बन्धित हुन्छ । उद्देश्य कथामा समग्रतामा प्रस्तुत भएको हुन्छ । कथामा उद्देश्यलाई प्रत्यक्ष रूपमा व्यक्त गरिनु हुँदैन । प्रत्यक्ष रूपमा उद्देश्यलाई कथामा व्यक्त गरियो भने कथाको कलात्मक मूल्यको अवमूल्यन हुने सम्भावना बढी हुन्छ । त्यसले कथामा प्रभावहीनता र स्वत्वहीनता ल्याउँछ । त्यसैले कथाको अनुभूतिको प्रस्तुति अप्रत्यक्ष हुनुपर्दछ । भाव र विचारको प्रस्तुति कलात्मकतापूर्ण हुनुपर्दछ । कथाकारले नीतिचेतना, सुधारवादी भावना, यथार्थबोध, मनोवृत्तिको वर्णन, सौन्दर्यात्मक प्रभाव, आनन्द आदि विभिन्न उद्देश्यले कथाको रचना गरेको हुन्छ ।
कथाको उद्देश्यका बारेमा विभिन्न विद्वानहरूले आ–आफ्ना धारणा आ–आफ्नै किसिमले राखेको पाइन्छ । जसअनुसार जीवन दर्शन, विचार, अन्तर्वस्तु आदि नाम पनि दिएको पाइन्छ तर वास्तविक उद्देश्य भनेको प्रयोजन हो । उपाध्याय (२०५९ ः १२४) का अनुसार – “नरनारीको जीवन र त्यसमा उद्भूत हुने समस्या र सङ्घर्ष एवम अनुभूत हुने रहस्यको कलात्मक दङ्गले प्रत्यङ्कन गर्नु नै कथाको मुलभूत उद्देश्य हो ।” यसो गरेर नै कथाले एकातिर जीवनको तथ्य र सत्यसित परिचय गराउँछ र अर्कोतिर बौद्धिक परितृप्तिको साथै सहज मनोरञ्जन दिन्छ । शर्मा (२०५८ ः ४०) का अनुसार – “प्रत्येक साहित्यिक रचना कुनै – न – कुनै प्रयोजनको पूर्तिका लागि लेखिएको हुन्छ । प्रयोजन नै उद्देश्य हुन्छ । अचेलका कथामा उद्देश्यको तात्पर्य जीवनका कुनै विशेष दशाको चित्रण हो ।” ढुंङ्गेल र दाहाल (२०६४ ः ८) ले –“कथाकारले कथाका माध्यमबाट पाठकसामु प्रस्तुत गर्न खोजेको सन्देश नै उद्देश्य हो” भनेका छन् । समालोचक मोहनराज शर्मा कथाको उद्देश्यलाई प्रयोजन मानी पूर्व र पश्चिमका उद्देश्य सम्बन्धी प्रसस्त विचार गरिएको कुरा बताउँछन् । शर्मा (२०५८ ः ४२) का अनुसार – पूर्वीय दृष्टिमा साहित्यको प्रयोजन निम्नअनुसार छन् ः
१. प्रमुख प्रयोजन – क) प्रीति, ख) आनन्द, ग) रसानुभूति
२. व्यावहारिक प्रयोजन – क) धर्म, ख) अर्थ, ग) मोक्ष, घ) काम र ङ) लोकव्यवहार
३. वैयक्तिक प्रयोजन – क) कृपापात्रता, ख) देवस्तुति, ग) व्याधिरक्षा र घ) धनार्जन
यसै गरी पाश्चात्य विद्वान्हरूको धारणामा साहित्यका प्रमुख प्रयोजन निम्नानुसार रहेको शर्मा बताउँछन् ः
क) आनन्द प्राप्ति, ख) नीति सापेक्ष आनन्द र ग) लोकमङ्गल
यसरी पूर्वीय एवम् पाश्चात्य जगतका विद्वानहरूले कथाको प्रयोजनलाई विभिन्न दृष्टिबाट महŒव दिइएको पाइए तापनि वर्तमान कथाका उद्देश्य भने समसामयिक जीवनजगतका तथ्यको खोतलखातल गर्नु रहेको पाइन्छ । त्यसै गरी वर्तमान युगका कथाहरू मानव जीवनका विशेष परिस्थितिहरू प्रस्तुत गर्नका लागि लेखिएका छन् ।
कथाका यी विविध तŒवहरूका अतिरिक्त कथाका आवश्यक तŒवहरू अरू पनि छन् भनि विभिन्न विद्वान्हरूले आफ्नो राय प्रकट गरेको पाइन्छ । कुतूहल, शीर्षक, आदिलाई पनि कुनै न कुनै रूपमा कथाका तŒवकै रूपमा स्वीकार गरेको पाइन्छ । यसरी कथाको निर्माण गर्नमा विभिन्न तŒवले भूमिका निर्वाह गरेको पाइन्छ ।









तेस्रो परिच्छेद
झापाली कथाको विकासक्रम

३.१ पृष्ठभूमि
कथाको जन्म सृष्टिको प्रारम्भ देखि नै भएको हो (थापा; २०६६ ः १४५) । मानवीय सभ्यता र संस्कृतिको प्रारम्भिक इतिहाससँगै लोक साहित्यको उत्पति भएपछि यसको एक विधाको रूपमा कथाको उत्पत्ति भएको पाइन्छ । यसको पृष्ठभूमिमा वैदिक कथा, पौराणिक कथा, तान्त्रिक कथा तथा ऐतिहासिक कथाको क्रमिक शृङ्खला र सोपान पार गर्दै आधुनिक कथा पाश्चात्य प्रभावमा जन्मिएको मानिन्छ (दाहाल; २०५९ ः ३४४) । आधुनिक कथा भन्नाले निश्चित प्रकारका संरचनामा निबद्ध र सीमित आयतन भरिएको समय स्थानभित्र विस्तारित सङ्क्षिप्त अख्यानात्मक विधागत सचेतनामा आधारित गद्य रूप भन्ने बुझिन्छ (दाहाल; २०५९ ः ३४४) । नेपाली कथा वि.सं. १९९० को दशकमा आधुनिक कालको थालनी भएको हो । यस कालको ऐतिहासिक प्रारम्भविन्दु गुरुप्रसाद मैनालीको नासो (१९९२) कथा हो (गिरी; २०६७ ः २१) । यसै कथाबाट सामाजिक, प्रयोगवादी धाराहरू पार गर्दै यस समसामयिक धारा र अवस्थामा आइपुगेको छ (दाहाल; २०५९ ः ३४४) । यसरी हाल तीब्र रूपमा विकसित भइरहेका नेपाली आधुनिक कथाहरू पूर्ववर्ती धाराहरूमा लेखिएका भेटिन्छन् भने कतिपय कथाहरूको विषयवस्तु, शैली शिल्पगत दृष्टिले हेर्दा यिनीहरूले नौला–नौला ढाँचा, बान्की, अयाम र मूल्य मान्यताहरूलाई प्रस्तुत गरिरहेका छन् । यसरी विकसित आधुनिक नेपाली कथाको यिनै धारा, प्रवृत्ति र मूल्य मान्यताकै आधारमा र यिनीहरूकै सापेक्षतामा झापाली कथाको अध्ययन एवम् विश्लेषण गर्न सकिन्छ ।
वि.सं. २००४ सालमा बनारसबाट प्रकाशित हुने ‘दीपक’ पत्रिकामा एस.एल. शर्माको ‘विद्रोह’ कथा छापिएको थियो (खरेल; २०६७ ः मन्तव्य) । यो विद्रोह कथा नै पहिलो झापाली कथाकारको कथा हो ।

३.२. विकास क्रम
कालक्रमिकतामा झापाली कथा निम्न अनुसार विभाजन गरी अध्ययन गर्न सकिन्छ ।
१. पहिलो चरण ः– वि.सं. २००४ सालदेखि २०२२ सालसम्म
२. दोस्रो चरण ः– वि.सं. २०२३ सालदेखि २०३५ सालसम्म
३. तेस्रो चरण ः– वि.सं. २०३६ सालदेखि हालसम्म



३.२.१ प्रथम चरण (२००४ – २०२२)
कविता, नाटक आदि विधाको तुलनामा कथा विधाको निक्कै पछि जन्म भएको हो । नेपाली साहित्यमा पनि त्यही अवस्था रहेको छ भने झापाली कथाको थालनी त अझ धेरै पछि मात्र भएको हो । झापाली कथा साहित्यको इतिहास खोज्दा हालसम्मको अनुसन्धानमा वि.सं. २००४ सालसम्म पुग्नु पर्ने हुन्छ । त्यस साल बनारसबाट प्रकाशित ‘दीपक’ पत्रिकामा छापिएको एस. एल. शर्माको ‘विद्रोह’ शीर्षकको कथा नै झापाली कथाकारहरूमध्येका एक कथाकारको पहिलो कथा मानिएको छ (खरेल; २०६७ ः मन्तव्य) । यसरी २००४ सालमा प्रकाशित ‘विद्रोह’ कथा नै झापाली कथाको इतिहासमा पहिलो कथाको रूपमा रहेको छ भने एस.एल. शर्मा नै झापाको इतिहासमा पहिलो कथाकारका रूपमा रहेका छन् । त्यसपछि वि.सं. २०१५ सालमा काठमाडौंबाट प्रकाशित ‘शारदा’ पत्रिकामा छापिएको दौलतविक्रम विस्टको “ऊ गयो” कथा मानिन्छ (ऐजन) त्यसपछि छत्रमान केशरी प्रसाई (सि.के. प्रसाई) को शारदा पत्रिकामा २००५ सालमा ‘उषा’ कथा प्रकाशित भयो । (श्रोत ः प्रसाई २००५ ः १४÷८–९) यो अनुसन्धानको क्रममा यो नै प्राप्त पहिला कथा हो । त्यसपछि २०१८ मा भद्रपुरवाट प्रकाशित ‘युवक’ साप्ताहिकमा पनि श्यामकृष्ण उपाध्याय जस्ता कथाकारहरुको केही कथाहरु प्रकाशित भएका छन् । त्यसपछि ‘भानु’ (२०२१) पत्रिकामा पनि केही कथाहरु प्रकाशित छन् । त्यसपछि २०२२ मा फाट्टफूट्ट केही कथाहरु प्रकाशित छन् ।
यसरी झापाली कथा लेखनको पहिलो चरणको थालनी भएको २००४ सालदेखि २००५ सालसम्मको अवधिलाई पूर्ण रूपमा आभ्यासिक उपचरण अन्तर्गत राख्नु पर्ने देखिन्छ । त्यसपछि वि.सं. २००६ सालदेखि २०११ सालसम्म भने कुनै पनि कथा प्रकाशित भएको पाइदैन । यसर्थ २००४ सालदेखि २००५ सालसम्मको अवधिलाई अभ्यासिक उपचरण अन्तर्गत राख्नु पर्ने देखिन्छ भने वि.सं. २००६ सालदेखि २०११ सालसम्मलाई पहिलो चरण अन्तर्गतको शून्यकाल भनि पहिलो चरणको दोस्रो उपचरण मान्नु सकिन्छ । त्यसपछि वि.सं. २००९ सालमा भवानी घिमिरेको ‘आत्मज्वाला (२००९)’ प्रकाशित भएको छ । कसै कसैले घिमिरेको ‘आत्मज्वाला (२००९)’ लाई नै झापाली पहिलो कथा संग्रहको रूपमा राखेको पाइन्छ । तर यो कथा संग्रह घिमिरे झापा आगमन पूर्व नै प्रकाशित भएकोले यस संग्रहलाई झापाको पहिलो कथा संग्रह मान्न सकिदैन । साहित्यकार घिमिरेको झापा आगमन पश्चात् प्रकाशित “नानी”(२०१२) कथा संग्रह नै हालसम्मको खोजीमा झापाको पहिलो कथा संग्रह देखिन्छ (स्रोत ः दाहाल ः २०५९ ः ३४४) । भानु पत्रिका प्रकाशन गरेर देश विदेशमा परिचित घिमिरेका कथाहरू सामाजिक, यथार्थवादी धारानजिक रहेका छन् (दाहाल ः २०५९ ः ३४४) । झापाली कथाको विकासमा महŒवपूर्ण योगदान गर्ने तेजबहादुर प्रसाईको “२००७ साल” कथा संग्रह वि.सं. २०१२ मा प्रकाशित भएको पाइन्छ । यसरी वि.सं. २०१२ सालमा प्रकाशित भएका यिनै कथा संग्रहलाई झापाली कथाको आधार स्तम्भका रूपमा लिने गरिन्छ । कथाकारहरु घिमिरे र प्रसाई हरुले विभिन्न जिल्लामा घर वनाएर वसेको देखिन्छ ।

निष्कर्षमा
यसरी झापाली कथा लेखनको पहिलो चरण २००४–२००५ सम्मको पहिलो उपचरण हो । यो अवधिमा फुटकर कथा मात्र प्रकाशित भए भने २००६– २०११ सम्मको ६ वर्षको अवधिलाई दोस्रो उपचरण मान्न सकिन्छ । यो अवधिमा कुनै पनि कथासंग्रह र फुटकर कथाहरू प्रकाशित भएका छैनन् । त्यसैले यस उपचरणलाई पहिलो चरणको शून्यकाल मान्न सकिन्छ । यसपछि २०१२ सालको एक वर्षको अवधिलाई झापाली कथाको प्रथम चरणको उत्कर्षकालको रूपमा लिन सकिन्छ । यसै वर्ष झापाको पहिलो कथा संग्रह नानी (२०१२) प्रकाशित हुनका साथै सोही वर्ष तेजबहादुर प्रसाईको “२००७ साल” कथा संग्रह प्रकाशित भयो । यी कथा संग्रह प्रकाशित हुनुभन्दा अघि झापाका कथाकारका केवल दुईवटा मात्र फुटकर रूपमा कथा प्रकाशित भएको पाइन्छ । त्यसैले यो २०१२ साल झापाली कथाको विकासक्रमको प्रथम चरण मध्येको उत्कर्ष काल हो । त्यसपछि वि.संं २०१३ सालदेखि २०२२ सालसम्मको अवधिमा पूmटकर कथा वाहेक कुनै पनि कथा संग्रह देखा परेनन् । त्यसैले यस उपचरणलाई पहिलो चरणको शिथील काल मान्न सकिन्छ ।

३.२.२ दोस्रो चरण ः (२०२३ देखि २०३५ सम्म)
झापाली कथाको विकासक्रममा २०२२– २०३५ सालसम्मको अवधि दोस्रो चरण हो । यस चरणमा थुप्रै कथाकार र कथा संग्रहहरू देखा परेका छन् । झापाली कथा लेखनको दोस्रो चरणअन्तर्गत देखा पर्ने पहिला कथाकार द्रोणाचार्य क्षेत्री हुन् । उनको नुनिला आँसु (२०२३) कथा संग्रह प्रकाशित भएको पाइन्छ । कथाकार द्रोणाचार्य क्षेत्रीले मानवीय प्रेम, करुणा, उन्माद, निम्न वर्गप्रति सहानुभूति, सामाजिक विकृति र अन्याय अत्याचारप्रति विद्रोही स्वर आदि विशेषता प्रस्तुत गर्दै आफ्नो कथाकारितालाई सामाजिक यथार्थवादबाट समाजवादी यथार्थवादी धारा नजिक पु¥याएको वुझिन्छ (दाहाल ः २०६७ ः ४११) आचार्य झापामा नै बसेर कथा लेख्ने विशुद्ध झापाली पहिलो कथाकार हुन । मोहनराज शर्माको लगभग दश वर्षको झापा बसाइको क्रममा ‘च्याँखे धर्ना’ (२०२४) प्रकाशित भएको पाइन्छ । व्याङ्यात्मकता तथा स्वैरकल्पनात्मकताको प्रयोग गर्दै कथा लेखनमा नवीन प्रविधिको विकास गरी आधुनिक कथालाई समृद्ध बनाउने शर्माको योगदान झापाली कथामा अविस्मरणीय रहेको छ (ऐजन) । हालका दिनमा भने काठमाडौंलाई नै कार्यथलो बनाएर शर्मा राष्ट्रिय व्यक्तिŒवका रूपमा परिचित भएका छन् । यसपछि ‘जीवन प्रश्न’ (२०५५) का कथाकार नकुलकाजीको कथाकारिता सामाजिक समस्यामूलक रहेको देखिन्छ (दाहाल ः २०६७ ः ४११) । यसपछि “जीवन प्रश्न” (२०५५) का कथाकार नकुलकाजी कथाकारिता सामाजिक समस्यामुलक नै रहेको देखिन्छ (श्रोत ः दाहालः २०६७ ः ४११) । यसपछि दिव्य भुर्तेलको सम्पादमा २०२६ सालमा ‘एक रात’ कथा संग्रह प्रकाशित भएको देखिन्छ । यस कथा संग्रहमा माधव भण्डारी, श्यामकृष्ण उपाध्याय आदिका कथाहरू संकलित रहेका छन् । यस अनुसन्धानको क्रममा देखिए अनुसार यो कथा संग्रह नै झापाली कथाको विकासक्रममा पहिलो सम्पादित कथा संग्रह हो । नारायण खतिवडाको “कल्पना” (२०२७) कथा संग्रहको रूपमा प्रकाशित रहे पनि उनको कथाकारितामा भने निरन्तरता देखिँदैन । झापाकै अर्का कथाकार पुष्पनाथ शर्माको “चप्लेटी ढुङ्गा” (२०३२) कथा संग्रह प्रकाशित भएको देखिन्छ । झापाली कथा लेखनमा दिव्य भूर्तेलले थालनी गरको कथाहरूको सम्पादन गर्ने कार्यलाई झापाली कथाकार गोविन्दचन्द्र क्षेत्रीले पछ्याएको देखिन्छ । उनले विभिन्न कथाकारहरूका कथा संकलन गरी ‘केही कथा’ (२०३३) कथा संग्रहको रूपमा प्रकाशित गरेका छन् । यो कथा संग्रहमा नौ जना कथाकारहरूका नौवटा कथाहरू संकलित छन् । यसपछि झापाली कथाको इतिहासमा सह लेखनमा कथा संग्रह प्रकाशित गर्ने कार्य थालनी भएको देखिन्छ । गोविन्दराज भट्टराई, तुलसी प्रसाद भट्टराई र योगेन्द्र तिम्सिनाको सह–लेखनमा “तीन धारा (२०३३)” कथा संग्रह प्रकाशित भएको पाइन्छ (दाहाल २०५९ ः ३४५) । रघुनाथ सापकोटाको “चाहनाको अन्त्य (२०३५)” झापाको अर्को कथा संग्रहको रूपमा देखा परेको कृति हो । “रित्तो घर (२०३५)” कथा संग्रहका कथाकार तुलसी प्रसाद भट्टराईका कथाहरू सामाजिक यथार्थसँग सन्निकट रहँदै सभ्य तथा आदर्श समाजको निर्माण गर्ने चेष्टा गर्छन (पूर्ववत) ।
यसरी झापाली कथा लेखन इतिहासलाई हेर्दा वि.सं. २०२० सालदेखि २०३५ सालसम्मको दोस्रो चरणमा प्रायः जसो हरेक साल कुनै न कुनै कथाकारका कुनै न कुनै कथा संग्रह प्रकाशित भएकै पाइन्छ । त्यसै गरी यस चरणमा विभिन्न कथाकारहरूका कथाको संकलन पनि प्रकाशित भएको पाइन्छ भने यस चरणमा पुरुष कथाकारका मात्र कथा प्रकाशित देखिन्छन् । पहिलो चरणको तुलनामा दोस्रो चरणमा भने झापाली कथाको विकासमा निक्कै प्रगति भएको देखिन्छ ।

३.२.३ तेस्रो चरण (२०३६ साल देखि हालसम्म)
वि.सं. २०३६ सालदेखि भने झापाली कथा लेखनमा राजनैतिक जागरण, जनचेतनामा अभिवृद्धि, शैक्षिक चहल पहल जस्ता विविध कारणले गर्दा तीव्रता आएको पाइन्छ । यस चरणमा थुप्रै कथाकार चर्चित भैसकेका छन् भने नवोदिन कथाकारहरू भने चर्चित बन्ने तरखरमा रहेका पाइन्छन् ।
झापाका साहित्यिक गतिविधिमा तीब्रता ल्याउने कथाकारमा चूडामणि रेग्मी एक हुन् । झापा आगमनपूर्व नै पहिलो यात्रा (२०१२) कथा संग्रह प्रकाशित गर्ने चूडामणि रेग्मीको भुमरी (२०३६) सालबाट झापाली कथा लेखनमा तेस्रो चरण थालनी भएको देखिन्छ । रेग्मीको अर्को संग्रह चावी (२०५६) हो । झापाको साहित्यिक गतिविधिमा अत्यन्त सक्रिय, नवोदितहरूका लागि प्रेरणाका स्रोत भएकाले झापाली कथाको विकासमा उनको महŒवपूर्ण योगदान रहेको छ । रेग्मीको कथाकारिता भने सामाजिक यथार्थवादी, मनोवैज्ञानिक यथार्थवादी हुँदै समाजवादी–यथार्थवाद जस्ता यथार्थवादका विभिन्न फाँटमा फस्टाएको पाइन्छ (दाहाल ः ०५९ ः ३४५) । झापाको प्रगतिशिल साहित्यिक गतिविधिमा सक्रिय प्रथम पुस्ताकै सर्जकहरूमा चूडामणि रेग्मी उल्लेख्य छन् (अधिकारी २०६७ ः ४५९) । झापाली कथा क्षेत्रमा सफल नारी हस्ताक्षर रीमा पाण्डे (मिनी) को रश्मि खोई? कथा संग्रह वि.सं. २०३७ सालमा प्रकाशित भएको छ । हालसम्मको यो अनुसन्धानको क्रममा झापाली नारी हस्ताक्षरको पहिलो कथा संग्रह पनि यो नै ठहर्छ । उनको कथाकारितामा सामाजिक यथार्थवादभित्र रमरम मनोविज्ञानको प्रयोग भएको वुझिन्छ (दाहाल ः २०५९ ः ३४५) । झापाली कथाको विकासमा सहयोग पु¥याउने महिला कथाकार सीता पाण्डे सफल नारी सर्जक हुन् । उनको बन्धकी खुशीहरू (२०४२) कथा संग्रह प्रकाशित भएको पाइन्छ । त्यस्तै कथाकार कृष्ण प्रसाई (२०१७) को प्रक्षेपण (२०४७) कथा संग्रह प्रकाशित गरेको पाइन्छ । यसै क्रममा प्रदीप मेन्याङवोको पुरुष गन्ध (२०४७) उल्लेखनीय कृति हो । झापाली कथा क्षेत्रका महŒवपूर्ण कथाकार तुलसीदास श्रेष्ठ (१९९५) हुन् । उनका सत्य एवम् काल्पनिक घटनामा आधारित कथाहरूको संग्रह अतीत दोहोरिन्छ (२०५०) प्रकाशित छ । सामाजिक विषयवस्तुलाई टपक्क टिपेर कथ्य बनाउने र सरल भाषा शैलीको प्रयोग गर्ने सफल कथाकारका रूपमा उनी परिचित छन् । झापाका अर्का कथाकार पुण्यप्रसाद खरेलको पुनर्बहाली (२०५४), मताने साइँलो (२०५७) र द्वन्द्व र धुवाँ (२०६४) कथा संग्रहहरू प्रकाशित भएको पाइन्छ । मावोवादी कार्यकर्ताबाट भए गरेका गलत कार्यहरूप्रति तीब्र रोष प्रकट गर्दै सरल सीधा सादा गरीब निमुखा जनताका पक्षमा आवाज उठाउने खरेल प्रगतिवादी कथाकारका रूपमा चिनिन्छन् । अर्का कथाकार सरोज ओली झापाली कथाकारका फाँटमा चिनिएका अर्का व्यक्तित्व हुन् । उनको पहिलो कथा संग्रह मुटु छुने कथा (२०५०) प्रकाशित भएको छ भने अर्को उनको कथा संग्रह ‘टेथिस सागर देखि हिमालसम्म ! (२०६१)’ पनि उत्कृष्ट कथा संग्रहको रूपमा रहेको पाइन्छ । २०५० सालकै जीवन्त कहानी, कैयौ पुराना सालका मानव इतिहासका स्पन्दन र आजको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिको सिंङ्गो प्रतिबिम्ब बोकेर सरोज ओलीका कथाहरू आएका छन् (ओली ः २०५० ः प्रकाशकीय) ओलीको कथाकारिता सामाजिक यथार्थको परिधिबाट सामाजवादी याथर्थवादतिर अग्रसर रहेको देखिन्छल (दाहाल २०६७ ः ४१२) ।
झापा जिल्लामा कथा साहित्यको विकासमा २०५३ सालको सासंक प्रतिष्ठानले गरेको झापाली कथा गोष्ठीको पनि महŒवपूर्ण स्थान छ । (भट्टराई २०६० ः २९) । यस कार्यक्रममा लब्ध प्रतिष्ठित कथाकारका साथै नवोदित कथाकारहरू समेतले पनि भाग लिएका थिए । झापाली दश कथा नामक कथा संग्रह पनि प्रकाशित भएको थियो । त्यही सालदेखि यताको समयले सङ्केत गरेको कथा लेखन प्रवृत्तिलाई त्यस कार्यक्रमले प्रष्ट पारिदिएको छ (पूर्ववत्) । तत्काल लेखिएका हुनाले ती कथाहरू पुराना मान्यतामा मात्र स्थापित भएर आएका छैनन् र नयाँ जमाना र मागलाई मात्र उचाल्न सकेका पनि छैनन् । तिनमा नयाँ प्रविधि र प्रवृत्तितिर कथा साहित्यले गन्तव्य तोकेको छ भन्ने कुराको सङ्केत चाँहि ती कथाहरूबाट पाइन्छ ( भट्टराई २०६० ः २९, ३०) ।
झापा जिल्लामा सासंक प्रतिष्ठानले गरेको कथा साहित्यको विशेष कार्यक्रमले झापाली कथाकारहरूलाई ब्युँझायो । उनीहरू कथा लेखनमा आएपछि एउटा लामो ताँती लागिरहेको देखिन्छ । २०५३ सालमा भएको कथा साहित्यको विशेष कार्यक्रमपछि झापाबाट निक्कै कथा संग्रहहरू प्रकाशित भएको पाइन्छ । प्रत्येक वर्ष कुनै न कुनै कथा संग्रह प्रकाशित भएको पाइन्छ । कथा संग्रह प्रकाशन गर्ने क्रममा पुराना एवम् नयाँ पुस्ताका कथाकारहरू संलग्न रहेको पाइन्छ ।
झापाली कथा लेखनमा महŒवपूर्ण योगदान दिने महिला कथाकार सीता पाण्डे हुन् । उनका असजिला खुशी (२०४२), बन्धकी खुशी (२०४५) र सीता पाण्डेका कथा (२०५४) कथा संग्रहहरू प्रकाशित रहेका छन् । कथाकार सीता पाण्डे नेपाली साहित्यमा यौन प्रवक्ताको रूपमा चिनिन्छन् (दाहाल, २०६७ ः ४३४) । यसपछि विभिन्न पत्र–पत्रिकाको सम्पादनमा संलग्न रहेर विशेष गरी झापाली साहित्यको सेवामा समर्पित कथाकार तेजराज खतिवडा (तेराख) को सिमीको बोट (२०५५) प्रकाशित भएको पाइन्छ । तेजराज खतिवडा लामो समयदेखि वामपन्थी चिन्तनमा आबद्ध र प्रतिवद्ध रहँदै आएका हुन् र उनको साहित्य रचनाको परम्परा पनि वस्तुवादी नै रहँदै आएको हुनाले उनका कथाहरू सामाजिक, यथार्थवादी, आलोचनात्मक यथार्थवादी तथा सामाजवादी जुनसुकै प्रवृत्तिका सन्निकट रहेका भए पनि प्रगतिशील यथार्थ एंवम् आदर्शकै नजिक रहेका देखिन्छन् तर उनका कथाहरूमा पाइने अन्र्तवस्तुको प्रस्तुति उदार र फराकिलो बन्दै गएको चाँहि अवश्य पाइन्छ । अर्थात उनले आफ्नो प्रगतिशील चिन्तनलाई व्यापक धरातलमा उतारेको देखिन्छ (चापागाई ः २०५५ ः भूमिका) । धेरै पुराना, स्थापित र नयाँ ढङ्गले कथा लेख्ने कथाकार चूडामणि रेग्मीले सहलेखनमा कथा लेखी २०५८ सालमा दोस्रो संकरण समेत निकालिएको नेपाली कथा साहित्य संग्रहभित्रका कथाहरूले अति आधुनिक संरचनाको ढाँचामा लेखिने गरेका कथाहरूसँग मिल्दो प्रकृति र प्रवृत्ति लिएर आएका छन् (भट्टराईः २०६० ः ३०) झापाका अर्का कथाकारका रूपमा पदम पौडेल (२०१९) को नाम उल्लेखनीय छ । उनको एक्सरे (२०५८) कथा संग्रह प्रकाशित रहेको छ । ग्रामीण जनजीवनका यथार्थ घटनाहरूलाई सजीव चित्रण गरिएको ‘एक्सरे’ कथा संग्रहका कथाहरू प्रगतिवादी छन् (दाहाल ः २०६ ः ४०) । कमल जङ्गलीको मिसमास ः खिच्रो र कुराउनी (२०५६) कथा संग्रहको रूपमा प्रकाशित भएको पाइन्छ । उनी सामाजिक विषयवस्तुमा आधारित नारी समस्यामूलक कथा लेख्ने कथाकार हुन् (दाहाल २०६७ ः ४१३) । यो विधागत संग्रह नभएर मिसमास हो, अर्थात यसमा चिठी, सन्देश, भविष्यवाणी, संस्मरण, आलेख कविता, कथा आदि विविध छन् ।
झापाली कथाको विकासमा महŒवपूर्ण योगदान दिने कथाकारको रूपमा भक्त खपाङ्गीको नाम आउँछ । कथाकार खपाङ्गीको जागित्रले बोलाएपछि (२०५७) कथा संग्रह प्रकशित भएको छ । ग्रामीण जीवनको गरीवी, अशिक्षा, जातिपातिको भेदभाव, शोषण जस्ता कुराहरूलाई नाटकीय ढङ्गबाट प्रस्तुत गर्न उनको जुन शैली विकसित भएको छ, त्यो अनुकरणीय छ (धरावासी ः २०५६ ः प्रकाशकीय) । नेपाली कथा साहित्यको विकासका सापेक्षतामा उनलाई सामाजिक याथर्थवादी धारामा आबद्ध भई यात्रा अगाडि बढाउने कथाकारका रूपमा लिन सकिन्छ (आचार्य ः २०५६ ः ४१, ४२) । झापाली कथाका विकासमा योगदान गर्ने अर्का कथाकार कर्णकुमार श्रेष्ठ हुन् । उनको नाकको अपरेशन (२०५८) कथा संग्रह प्रकाशित छ । यो कृति हास्यव्यङ्ग्य कथा संग्रहको रूपमा रहेको पाइन्छ । त्यसै गरी लीला लेखनसँग समन्धित रहेर कलम चलाउने झापाली युवा कथाकार रत्ममणि नेपाल पछिल्ला पुस्ताका कथाकार हुन् । उनको कथाइन्द्रेणी (२०५८) कथा संग्रह प्रकाशित छ । कथाकार नेपालले आफ्नो कथा संग्रह कथा इन्द्रेणी (२०५८) मा संग्रहीत कथाहरू लीला लेखन शैलीमा छन् भनी उल्लेख गरेका छन् (नेपाल ः २०५८ ः ज) । अर्का झापाली कथाकार विरही अधिकारीको प्रतिबिम्ब बोल्छ (२०५९) कथा संग्रह प्रकाशित छ । लेखनाथ भट्टराईको सम्पादनमा झापाली दश कथा (२०६०) पनि प्रकाशित छ (दाहाल २०६७ ः ४१३)
२०६० लाई झापाली कथाको विकास यात्राका हिसाबले उल्लेख्य वर्ष मान्न सकिन्छ । यो साल झापाका थुप्रै कथाकारहरूका कथा स्रगंह प्रकाशित भए । यसरी कथा संग्रह प्रकाशित गर्नेहरूमा कोमलप्रसाद पोखरेल एक हुन् । २०२१ सालदेखि नै कथा प्रकाशित गर्न थालेका पोखरेलको अन्तव्र्यथा ः आजको (२०६०) कथा संग्रह प्रकाशित छ । ग्रामीण परिवेशको जीवन्त अभिव्यक्ति, रैखिक ढाँचाका यथार्थवादी पोखरेलका ती कथाहरूमा केही नयाँपन पनि पाइन्छ भने अधिकांश कथाहरूमा मार्मिकता र संवेदनशीलताको गहन अभिव्यक्ति पाउन सकिन्छ (शर्मा ः २०६० ः ग) । लीला लेखनमा आवद्ध भएर कथा लेख्ने कथाकार कृष्ण बराल (२०१७) को कथा च्यातिएका (२०६०) कथा संग्रह प्रकाशित भएको पाइन्छ । झापाली कथाको क्षेत्रमा लीला लेखनका शिखर व्यक्तिका रूपमा कृष्ण धरावासीको नाम आउँछ । धरावासीको झोला (२०६०) कथा संग्रह प्रकाशित छ । यथार्थ घटनालाई काल्पनिक भाव–भङ्गिमा दिएर लेखिएका उनका कथा मानवता र मानवीय संवेदनका संवाहक देखिन्छन् .(दाहाल ः २०५९ ः ३४६) । लीला लेखन एउटा प्रविधि हो र कला पनि हो, पुराणमा भएको कृष्णलीला नै यसको मुख्य आधार हो (दाहाल ः २०६७ ः ४२७) । विशेष गरेर झापाका केही कथाकारले लीलालेखन प्रविधिको प्रयोग गरेको पाइन्छ । यसमा कृष्ण धरावासी, कृष्ण वराल र रत्नमणि नेपाल आदि रहेका छन् (पूर्ववत) । वि.सं. (२०६०) सालमा नै महिला कथाकार भवानी क्षेत्री (२०१७) को उजेलीहरू (२०६०) कथा संग्रह प्रकशित भएको पाइन्छ । उनी झापाली सफल कथा सर्जक हन् । आफ्नै वरिपरिको समाजमा भएका घटनालाई कथाको विषयवस्तु बनाउने कथाकार क्षेत्रीले समाजमा नारी र पुरुषबीचको असमानता हटाउनु पर्ने विचार कथामा प्रस्तुत गरेकी छिन् । झापाका अर्का कथाकार के.पी. ढकाल (२००४) हुन् । उनको अरुणका छाल (२०६०) कथा संग्रह प्रकाशित छ । उनी शोषक, सामन्त, दमनकारी, अत्याचारी, दुराचारी वर्गको विरोध तथा उत्पीडित वर्गको मुक्ति एवम् समुत्थानका पक्षधर रहेका पाइन्छन् (चापागाई ः २०६० ः ख) । झापाली कथाको विकासमा डा. हृषीकेश उपाध्यायको योगदान पनि महŒवपूर्ण रहेको छ । उनले चिकित्सक पेशामा रहेर पनि अधुरो यात्रा (२०६०) कथा संग्रह प्रकाशित गरेका छन् । उनका सबै कथाहरू एकै बसाइमा पढेर सकिने आकारका सरल, तथा सम्प्रेष्य भाषामा आकर्षक प्रस्तुतिद्वारा पाठकका मन छुने, अधिकांश ग्रामीण वातावरण थोरै तथा प्रायः मध्यम वा उच्चवर्गीय पात्रहरू र तिनका चरित्रको वास्तविक चित्रण भएकाले सफल पठनीय छन् (भँडारी ः २०६० भूमिका) । झापाली कथाका विकासमा योगदान पु्¥याउने महिला कथाकार राधिका राया उल्लेखनीय रहेकी छन् । उनका झापा बसाइका क्रममा लेखिएको उनी गएको गरेटो (२०६०) कथा संग्रह प्रकाशित छ । उनका कथामा सामाजिक यथार्थता, जीवनका कोमल तथा कठोर पक्ष, दुःख–सुख, मानव जातिका उमेर अनुसारका अनुभूतिहरू, प्रेम–विछोड आदिको अभिव्यक्ति पाइन्छ (सुवेदः २०६० ः घ) । रायाका प्रायः कथाहरू प्रकृतिचित्रण र जीवनसम्बन्धी शाश्वत अनुभूति उल्लेख गरिएको भूमिकासाथ शुरु गरेर शीर्षकमा प्रयुक्त शब्द वा शब्दावलीलाई कथाको अन्तिम वाक्यको अन्तमा समस्यापूर्ति जस्तो प्रयोग गरी टुङ्ग्याएका हुन्छन् (गौतम ः २०६४ ः १८९) । यसपछि कथाकार श्यामकृष्ण श्रेष्ठको स्वप्नभङ्ग (२०६०) कथा संग्रह प्रकाशित रहेको पाइन्छ । झापाली कथाको विकासक्रममा महŒवपूर्ण योगदान पु¥याउने अर्का कथाकार रोहिणीविलास लुइँटेल हुन् । उनको एउटै कथा संग्रह इँहटरीबाट (२०६२) प्रकाशित छ । एउटै कथामा दृष्टिविन्दु परिवर्तन गरी कथा लेख्न सिपालु कथाकार लुइँटेल लामा छोटा दुवै प्रकारका कथा लेख्छन् । कथाकार लुइटेल विषयगत विविधता, विषयतग प्रतिपादनमा सूक्ष्मता, गम्भीरता र बौद्धिकता अनि प्रस्तुति शैलीमा नवीनता दिने कथाकारका रूपमा देखिन्छन् (अधिकारी ः २०६६ ः २५) झापाका अर्का कथाकारका रूपमा होम सुवेदीको नाम आउँछ । कथाकार सुवेदीको मर्माहत (२०६२) कथा संग्रह प्रकाशित रहेको छ । उनका अन्य प्रसस्तै फुटकर कथाहरू विभिन्न पत्र–पत्रिकाहरूमा प्रकाशित रहेका छन् । उनको कथाकारिता यौन विषयलाई समेत स्पर्श गर्ने सामाजिक यथार्थमा आधारित देखिन्छ । लेखन र समाजले वास्ता नगरेका ÷नगरिएका पात्रका मनोविज्ञानको सशक्त रूपमा चित्रण गर्न सुवेदीलाई निक्कै राम्रो सफलता मिलेको वुझिन्छ (सुवेदी ः २०६२ ः घ)
झापाका अर्का कथाकार शारदा कोइराला (२०१४) पनि हुन् । उनको एक दिन (२०६२) कथा संग्रह प्रकाशित छ । उनका कथाहरू सामाजिक र बैज्ञानिक गरी दुई खाले देखिन्छ ( दाहाल ः २०६७ ः ४१३) । झापा जिल्लाकै सवैभन्दा कलिलो उमेरमा कथा संग्रह प्रकाशित गर्ने कथाकारका रूपमा सन्देश कोइराला देखा पर्छन् । उनले तेइस (२३) वर्षकै उमेरमा मकैका ठेटना (२०६३) कथा संग्रह प्रकाशित गरेका छन् । प्रवृत्तिगत दृष्टिले हेर्दा उनले रमेश विकल र गोठालेका कथाशिल्पगत प्रवित्तिको गोरेटोका सन्निटक रही कथाकार पिता शारदा कोइरालाको कथाकारिताको उत्तराधिकारीको रूपमा आफूलाई रूपान्तरण गरिसकेको पाइन्छ (पागल ः २०६३ ः भूमिका)
यसैगरी झापाली कथाको इतिहासमा लघुकथाकारका रूपमा डम्बरुबल्लभ गड्तौला (२०१३) को नाम उल्लेख्य छ । गड्तौलाको भ्यागुताको चुरीफुरी (२०१३) लघुकथा संग्रह प्रकाशित रहेको पाइन्छ । लघुकथाकारका रूपमा नवराज घिमिरे (२०११) को नाम पनि जोडिन आउँछ । उनको कण्ठश्री (२०६३) लघुकथा संग्रह प्रकाशित छ । यो कथा संग्रह उखान टुक्कामा आधारित छ ।
झापाका कथा संग्रह प्रकाशित गर्ने कथाकारका रूपमा रामनाथ बाँस्कोटा पनि हुन् । उनको पूर्ण विराम (२०६४) कथा संग्रह प्रकाशित रहेको छ । त्यसैगरी प्रकाश आङदेम्बेको बेश्यासँग बिताएको साँझ (२०६५) कथा संग्रह प्रकाशित रहेको छ । झापाली महिला कथाकार भुवन सुब्बा पनि उल्लेख्य छिन् । उनको सेती नदी (२०६७) संग्रह प्रकाशित छ । भुवन सुब्वा आफ्ना कथाहरूका माध्यमबाट अभावमा बाँचेका निम्न वर्गीय जनताका समस्या र विशेषगरी महिलाका र अझ छोरीका समस्यालाई उजागर गर्ने कथाकारका रूपमा देखा परेकी छिन् (खरेल २०६७ ः मन्तव्य)
यसरी झापाली कथाको विकासमा कथा संग्रह प्रकाशित गरेर योगदान पु¥याउने प्रायः जसो सबै कथाकारले एक÷दुई कथा फुटकर रूपमा प्रकाशित गराएकै पाइन्छ भने कतिपय कथाकारले भने बगे्रल्ती फुटकर कथाहरू विभिन्न पत्र–पत्रिकामा प्रकाशित गराउन सफल भएका देखिन्छन् । आफ्ना कथाहरू संग्रहकै रूपमा प्रकाशित गराउन नसकेका तर संख्यात्मक र गुणात्मक रूपमा धेरै कथा दिने कथाकारहरू पनि झापामा पाइन्छन् । त्यसो त थोरै तर राम्रा कथाहरू प्रकाशित गराएर नाम कमाउन सफल कथाकारहरूपनि प्रसस्तै छन् । त्यस्ता कथाकारहरूमा निर्मल कुमार न्यौपाने, मधु पोख्रेल, मदन ढकाल, देवीप्रसाद आचार्य, तारा गाउँले, प्रकाश बुढाथोकी, मदनकृष्ण प्रसार्इं, हीरा आकाश, उमाकान्त खतिवडा, कृष्णा क्षेत्री, गंगाप्रसाद अधिकारी, अम्बिका चापागाई, चिन्तामणि दाहाल, देवेन्द्रकिशोर ढुङ्गाना, बुद्धदेव सारस्वत, मोहन भण्डारी, मोहन मिश्र, द्रोणकुमार उपाध्याय, दीपक ढकाल, सुरेन्द्र प्रसार्इं, विनोद खनाल, चन्द्रविन्दु बराल, नेत्र खनाल, गोपाल बस्नेत, भूमिप्रसाद दाहाल, होम प्रसाद पौडेल, बुद्धिनाथ पौड्याल, अमृतलाल श्रेष्ठ, कृष्ण अनमोल, के.वी कार्की, पुन्य खरेल, मान्यता अधिकारी, लता खरेल, सुषमा बास्कोटा, विजय खरेल, राजीव गौतम, कृष्ण सुवेदी ‘निराकार’, आदिका नाम आउँछन् ।
यसै चरणमा लघु कथा संग्रह प्रकाशन हुनुका साथै सह लेखनमा पनि कथा संग्रह प्रकाशन भएका छन् । एक्लै कथा संग्रह प्रकाशन गर्ने थुप्रै कथाकारहरू रहेका छन् । यसै चरणमा झापामा राष्ट्रियस्तरको कथा सम्मलेन भएको पाइन्छ । यस चरणमा फुटकर रूपमा कथा प्रकाशित गराउने कथाकार प्रसस्तै पाइन्छन् । तेस्रो चरणमा सबैभन्दा बढी आठवटा कथा संग्रह वि.सं. २०६० सालमा प्रकाशित भएको पाइन्छ । त्यसैले यसै वर्षलाई तेस्रो चरणको कथा प्रकाशनको दृष्टिले उत्कर्ष वर्षको रूपमा लिन सकिन्छ । तेस्रो चरणमा परम्परागत र नवीन दुवै प्रकृतिका संरचनामा कथाहरू संरचित भएको पाइन्छ । यस चरणमा विभिन्न वादमा आधारित भएर कथाहरू लेखिएको पाइन्छ । यस चरणमा धेरैजसो प्रगतिवादी कथा र कथाकारहरू देखा परेका छन् । यसको नेतृत्व भने चूडामणि रेग्मी, पुण्यप्रसाद खरेल, तेराख आदिले गरेको पाइन्छ । विभिन्न विषयलाई समेटेर यस चरणमा कथाहरू लेखिएका छन् । लामा कथा, लघुकथा, तथा बालकथा जस्ता कथाहरू विभिन्न प्रकारका संरचनामा लेखिएका छन् । हास्यव्यङ्ग्यात्मक तथा मनोवैज्ञानिक कथाहरू पनि यस चरणमा थुप्रै लेखिएका छन् ।
झापाली कथाको विकासमा विभिन्न पत्र–पत्रिकाहरूको योगदान महŒवपूर्ण रहेको पाइन्छ । यसरी योगदान पु¥याउने पत्र–पत्रिकाहरूमा मोती, कस्तुरी, आँखो, पाउलो, धारा, अध्ययन, युगज्ञान, जुही, सासंक, प्रतिभा, यथार्थकुरा, संगम, दोमुखा, साहित्यिक संचेतना मासिक, मधुरिमा, मनकामना आदि रहेका छन् । त्यसै गरी विभिन्न संघ संस्थाका भित्ते पत्रिका तथा स्मारिका आदिले पनि झापाली कथाको विकासमा महŒवपूर्ण योगदान पु¥याएको पाइन्छ । जुही पत्रिकाले पूर्णाङ्क ७ (२०४०), पूर्णाङ्क ४२÷४३ (२०५५), पूर्णाङ्क ४४(०५६), र पूर्णाङ्क ५३ (२०६३) गरी पाँच÷पाँच वटा कथा अंक प्रकाशित गरेर झापाली कथाको विकासमा योगदान पु¥याएको पाइन्छ । त्यसै गरी प्रतिभा निकेतन, दमकले प्रतिभा अंक ४(२०५३), झापाली कथा अंकको रूपमा प्रकाशित गरेको छ । सासङ्क प्रतिष्ठान धुलाबारी र दुबो प्रकाशनको दुबो कथा विशेषाङ्कको रूपमा निस्किएको बुझिन्छ (दाहाल ः २०६७ ः ४१३) । कन्काई प्रतिभा प्रतिष्ठान, सुरुङ्गाले कनकाई प्रवाह (२०६०) कथा विशेषाङ्कको रूपमा प्रकाशित गरेको पाइन्छ । त्यसैगरी सुसेली साहित्यिक परिवार, मेची नगर, झापाले कथा अंक (२०६५) प्रकाशित गरेको छ ।

३.३. निष्कर्ष
यसरी झपामा कथा लेख्ने क्रममा आजसम्म आइपुग्दा झापाली कथाको इतिहासमा कथा लेखनमा निकै ठूलो प्रगति भएको छ । यो अनुसन्धान क्रममा शुरुदेखि हालसम्म गरी ५४ वटा कथा संग्रहहरू प्रकाशित भएको पाइन्छ । थालनीमा कथा लेखनले खासै प्रगति गर्न नसके पनि पहिलो चरणको तुलनामा दोस्रो चरणमा यस क्षेत्रमा धेरै काम भएको पाइन्छ । यस चरणमा पहिलो चरणको तुलनामा धेरै कथाकार र कथा संग्रहको जन्म भएको पाइन्छ । यस चरणमा कथाहरूको सम्पादन गरी संग्रह प्रकाशन गर्ने, सहलेखनमा कथा संग्रह प्रकाशन गर्ने गरेको पाइन्छ । यस चरणमा प्रायः जसो प्रत्येक साल कथा संग्रह प्रकाशित भएको पाइन्छ । तेस्रो चरणमा भने लीला लेखन, पुराना तथा नयाँ दुवै संरचनामा कथाहरू प्रकाशित भएको पाइन्छ । नारीवादी कथाहरू पनि यसै चरणमा लेखिएका पाइन्छन् । यसै चरणमा परम्परागत एवम् विज्ञान कथाहरू पनि लेखिएका छन् । यस चरणमा कथा सम्मेलन भई कथाकारहरूमा कथा लेखनप्रति हौसला बढेको पाइन्छ । वि.सं. २०६० सालमा मात्रै आठवटा कथा संग्रहहरू प्रकाशित भएका छन् । झापाली कथा लेखननको इतिहासमा सवैभन्दा बढी कथा संग्रह पनि यसै वर्ष प्रकाशित भएको देखिन्छ । यसै चरणमा विभिन्न पत्र–पत्रिकाहरूले कथा अंक प्रकाशित गरी नवोदित र पुराना कथाकारहरूका कथा प्रकाशित गराउन मद्दत गरेका छन् । झापामा सबैभन्दा बढी ५।५ वटा कथा अंक प्रकाशित गरी ‘जुही’ साहित्यिक पत्रिकाले महŒवपूर्ण गुन झापाली कथालाई लगाएको पाइन्छ । त्यसैले तेस्रो चरणलाई समग्र झापाली कथाको इतिहासको स्वर्णकाल÷उत्कर्ष काल मान्न सकिन्छ ।

चौथो परिच्छेद
तुलसीदासको श्रेष्ठको जीवनी, व्यक्तित्व; कथाकारिता

४.१ तुलसीदास श्रेष्ठको जीवनी र व्यक्तित्व
४.१.१ जीवनी
४.१.१.१ जन्म
साहित्यकार तुलसीदास श्रेष्ठको जन्म वि.सं. १९९५ मंसीर २५ गते भारतको दार्जिलिङ्गमा भएको थियो तर उनको नागरिकतामा भने इलामको शान्तिपुर जन्मस्थान उल्लेख भएको पाइन्छ (स्रोत ः तुलसीदास श्रेष्ठ) । त्यसैले उनको जन्मस्थान दार्जिलिङ्ग नै ठहर्छ । यिनका पिता स्व. रामनारायण श्रेष्ठ र माता स्व. जानुका श्रेष्ठ हुन् भने हुजरबुबा स्व. बुद्धिमान प्रधान र हजुरआमा स्व. दिलकुमारी प्रधान हुन् ।

४.१.१.२ बाल्यकाल
दार्जिलिङ्गमा जन्मिएका साहित्यकार तुलसीदास श्रेष्ठको बाल्यकाल दार्जिलिङ्गमै बितेको पाइन्छ । यिनको बाल्यकालमा परिवारको आर्थिक अवस्था राम्रो थियो । त्यसैले श्रेष्ठलाई कुनै आर्थिक समस्या परेन । फलस्वरूप बाल्यकालमा अध्ययन गर्न यिनलाई सजिलो भयो । यिनले चुङ्गथुङ्क टर्नवुल हाइसकुलमा कक्षा नवौंसम्म अध्ययन गरेका थिए । यिनले दार्जिलिङ्गमा अध्ययनको क्रममा नै साहित्यिक रचना सृजना गर्न थालेको पाइन्छ । पहाडकी रानी भनेर चिनिने प्राकृतिक सौन्दर्यको दृष्टिले रमाइलो स्थान दार्जिलिङ्गमा उफ्रिँदै, दगुदै, लुकामारी खेल्दै आफ्ना साथीहरूसँग रमाइलोसँग बिताएको पाइन्छ (स्रोत ः तुलसीदास श्रेष्ठ) ।

४.१.१.३ परिवारिक जीवन
तुलसीदास श्रेष्ठको वि.सं. २०२८ सालमा चौबीस वर्षको उमेरमा शान्तिपुर, इलाम बस्ने नन्दलाल पोख्रेल र यसोदा पोख्रेलकी एउटी छोरी बिष्णुकुमारी पोख्रेलसँग कानुनी विवाह भएको हो । अध्यापनको क्रममा कहिले कहाँ, कहिले कहाँ घुम्दै २०१९ सालदेखि भने उनी सुरुङ्गामा बसोवास गर्दै आएका छन् । वि.सं. २०६४ असार ५ गते साहित्यकार श्रेष्ठकी धर्मपत्नी विष्णुकुमारी श्रेष्ठको निधन भएको थियो । हाल उनी विधुर जीवन बिताइरहेका छन् । हालका दिनमा श्रेष्ठका छोरा–बुहारीहरू नगेन्द्रमनी + भोजकुमारी, विजयकुमार + हरिकला श्रेष्ठ र जीवनकुमार + नरमाया श्रेष्ठ छन् भने छोरीहरू राधा उप्रेती, मीरा श्रेष्ठ र चन्द्रकला ढकाल रहेका छन् ।



४.१.१.४ रुचि र स्वभाव
मान्छेपिच्छेका रुचि र स्वभाव फरक हुन्छन् । त्यसैले प्रत्येक मान्छेको आ–आफ्नो रुचि र स्वभाव अनुकूल उसको व्यवहार पनि हुन्छ । विशेष गरी साहित्य सृजनामा रुचि राख्ने श्रेष्ठ साहित्यिक कार्यक्रममा जान ज्यादै मन पराउँछन् । खानपिनमा मधुमेह र रक्तचापबाट पीडित श्रेष्ठ गहँुको रोटी र प्रणामी भएका कारण दाल भात तरकारी मन पराउँछन् । संगीततर्फ बाजामा हर्मोनियम, दुक्की तवेला मन पराउने श्रेष्ठ नृत्य एवम् खेलमा दार्जिलिङ्गमा पुरस्कार पाएको समेत बताउँछन् । यिनलाई मन पर्ने कथाकार भीमनिधि तिवारी हुन् भने मन पर्ने स्थान दार्जिलिङ्ग र सुरुङ्गा हो । उनलाई मन पर्ने साहित्यिक विधा कथा नै हो ।
साहित्यकार श्रेष्ठ शान्त, धैर्य एवम् चिन्तनशील देखिन्छन् । शान्त, स्पष्ट र मिजासिलो सुमधुर आवजमा बोल्ने हुनाले उनका आवाजहरूमा कठोरताको लेस पनि पाइदैन (चूडामणि रेग्मीबाट प्राप्त जानकारी) । उनी आफ्ना मित्रहरुसँग र छरछिमेकीसँग सधै मित्रवत् व्यवहार गर्छन (स्रोत ः शिक्षक मदन उप्रेती) ।

४.१.१.५ शिक्षादीक्षा
बालबालिकाको पहिलो पाठशाला घर नै हो । साहित्यकार तुलसीदास श्रेष्ठको पनि अध्ययनको थालनी अनौपचारिक रूपमा घरबाटै भएको देखिन्छ । यिनले औपचारिक रूपमा कक्षा पाँचसम्मको अध्ययन भारतको चुङ्गथुङ्ग कमानमा लिएका थिए । त्यस पश्चात् दार्जिलिङ्गको टर्नबुल हाइस्कुलमा नौ कक्षा पास गरेको पाइन्छ । त्यसैगरी श्रेष्ठले नेपालमा वि.सं. २०२९ सालमा आएर एस.एल.सी बालिका मा.वि. इलामबाट उत्तीर्ण गरेका थिए । वि.सं. २०१४ सालमा साहित्यकार श्रेष्ठले नर्मल तालिम लिएका थिए । उनले साहना प्रधानबाट व्यवसायिक शिक्षाको नर्मल तालिम लिएको पाइनछ (स्रोत ः तुलसीदास श्रेष्ठ) ।

४.१.१.६ कार्यक्षेत्र
लामो समयसम्म शिक्षक भएर कार्य गरेका साहित्यकार तुलसीदास श्रेष्ठ वि.सं. २०५३ सालमा सेवा निवृत भएका हुन् । त्यसपछि हालका दिनहरूमा साहित्यकार श्रेष्ठले धार्मिक, साहित्यिक, सामाजिक एवम् शैक्षिक क्षेत्रमा निरन्तर रूपमा कार्य गर्दै आएको पाइन्छ । यसरी विविध कार्य क्षेत्रहरूमा प्रत्यक्ष सम्बन्ध भएकाले ती सबै क्षेत्र उनका जीवनका महŒवपूर्ण कार्य क्षेत्रका रूपमा पाइन्छन् ।





४.१.२ साहित्यकार श्रेष्ठका व्यक्तित्वका विविध आयाम
४.१.२.१ शारीरिक व्यक्तित्व
साहित्यकार तुलसीदास श्रेष्ठ झट्ट हेर्दा ठूलो अनुहार मोटा, राता वर्णका छन् । हँसिलो अनुहार भएका ७३ वर्षका प्रौढ र रक्तचापको रोगले ग्रस्त भए पनि स्वस्थ्य र तन्दुरुस्त जस्ता देखिन्छन् । प्रफुल्ल मुद्रामा देखिने श्रेष्ठका कपाल सेतै फुलेका छन् । छालामा बुढेसकालका हलुका चिन्हहरू देखिन थालेका छन् । श्रेष्ठ सामान्य नेपाली कदका पाँच फुट २ इन्च लम्बाइका छन् ।

४.१.२.२ साहित्यिक व्यक्तित्व
साहित्यकार तुलसीदास श्रेष्ठ विद्यार्थी जीवनदेखि नै साहित्यका क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । साहित्यका विविध विधामा कलम चलाएका श्रेष्ठ बहुमुखी प्रतिभाशाली स्रष्टा हुन् । उनले कथा, कविता, उपन्यास आदि विधामा कलम चलाएका छन् । उनको सहित्यिक व्यक्तित्वका विविध पक्षलाई निम्न बुँदाहरुमा राखेर चर्चा गर्न सकिन्छ ।

४.१.२.२.१ कवि व्यक्तित्व
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने सहित्यकार तुलसीदास श्रेष्ठले विद्यार्थी जीवनदेखि नै कविता विधामा हात हालेको पाइन्छ । उनले विद्यालयमा अध्ययन गर्दादेखि अर्थात् वि.सं. २०१४ सालदेखि नै कविता लेख्न सुरु गरेका हुन् । भारतको दार्जिलिङ्गबाट निस्कने ‘प्रगति’ पत्रिकामा २०१४ सालमा उनको ‘इच्छा’ शीर्षकको कविता छापियो । यो नै उनको पहिलो प्रकाशित रचना हो (सुवेदी ः २०६६ ः १५८) । यसरी कविता विधाबाट साहित्यिक यात्राको थालनी गर्ने श्रेष्ठले लघुतम् र लघु कविता लेखेका छन् । उनलाई कवि व्यक्तित्वका रूपमा चिनाउने हालसम्म एउटै मात्र कविता संग्रह वर्तमान यस्तै छ (२०५७) प्रकाशित भएको छ । यस कविता संग्रहको प्रकाशक राम महर्जन, सुरुङ्गा, झापा हुन् भने यसमा श्रेष्ठका सतासीवटा कविताहरू संग्रहित छन् । यसका साथै उनका केही लघुतम र फुटकर कविताहरू सुरुङ्गा झापाबाट प्रकाशित हुने वार्षिक मुखपत्र ‘कनकाई’, विराटनगरबाट निस्कने ‘हिमालचुली’, भद्रपुरबाट निस्कने ‘नयाँ कामना’, चन्द्रगढीबाट निस्कने ‘यथार्थ कुरा’, त्यस्तै अन्य पत्र–पत्रिकाहरू ‘विवेचना’, ‘स्वाधीन संवाद’, ‘पूर्वाञ्चल’ आदि पत्रपत्रिकामा छापिएका छन् ।
हालसम्म प्रकाशित कविताहरूका आधारमा उनी मूलतः गद्य कवि देखिन्छन् । श्रेष्ठका कवितामा प्रगतिवादी भाव धारामा आवद्ध भएर लेखिएका कवितामा समाजका विकृति, विसंगति, अन्याय, अत्याचार, विद्रोह, निराशा, यौन र विसंगतिवादी जीवन दृष्टिको गहिरो छाप पाइन्छ (स्रोत ः गुरागाई २०५८ ः १९) । यसरी मुक्तक र फुटकर कविता लेख्ने श्रेष्ठको एउटा कविता संग्रह वर्तमान यस्तै छ (२०५७) र अन्य पत्र–पत्रिकाहरूमा छरिएर रहेका कविताहरूले कवि श्रेष्ठको कवि व्यक्तित्व उच्च रहेको पाइन्छ ।

४.१.२.२.२ कथाकार व्यक्तित्व
साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकार तुलसीदास श्रेष्ठको कथाकार व्यक्तित्व पनि अर्को महŒवपूर्ण व्यक्तित्वको रूपमा रहेको पाइन्छ । उनको पहिलो प्रकाशित कथा ‘चेली रोएको साँझ’ हो । यो कथा वि.सं. २०३५ सालमा विवेचना पत्रिकामा छापिएको थियो । श्रेष्ठले २०३५ सालभन्दा अघि विद्यार्थी जीवनदेखि नै कथा लेख्न थालेको वुझिन्छ (स्रोत ः तुलसीदास श्रेष्ठ) । यसरी विद्यार्थी जीवनदेखि नै कथा लेख्न थालेका श्रेष्ठको एउटा मात्र कथा संग्रह अतीत दोहोरिन्छ (२०५०) प्रकाशित भएको पाइन्छ । यस कथा संग्रहका अतिरिक्त अन्य थुप्रै कथाहरू ‘पूर्वाञ्चल’, ‘यथार्थ कुरा’, ‘विवेचना’, युगवाणी’, ‘स्वधीन संवाद’ ‘नयाँ कामना’, ‘जुही’, ‘कनकाई’ जस्ता पत्र–पत्रिकाहरूमा प्रकाशित भइरहेका छन् ।
कथाकार तुलसीदास श्रेष्ठको प्रकाशित एक मात्र कथा संग्रह अतीत दोहोरिन्छ (२०५०) का प्रकाशक विजयकुमार श्रेष्ठ रहेका छन् । यो संग्रहमा मन्तव्य मातृका सिटौला र शुभेच्छा चन्द्रप्रसाद मैनालीको रहेको पाइन्छ । चालीस पृष्ठको सानो आकारको यो संग्रहमा काल्पनिक तथा सत्य घट्नामा आधारित आठवटा कथाहरू क्रमश ‘पश्चात्ताप’, ‘चेली रोएको साँझ’, ‘इन्साफ खोई ?’, ‘कर्म रेखा’, ‘रत्नको सम्झना’, ‘रक्सी’, ‘प्रतिशोध’ र ‘छोरी पनि सन्तान हो’ रहेका छन् ।
श्रेष्ठले आफ्ना कथामा समाजमा हुने गरेका तथा देखे भोगेका घटनाहरूलाई आफ्ना कथाको विषयवस्तु बनाएको पाइन्छ । सर्वसाधारणले भोग्नुपरेका आर्थिक समस्या तथा अन्य समस्याहरूको चित्रण, शोषक सामन्तीले निर्धा निमुखा निरीह किसानहरूमाथि गरेको अमानवीय क्रियाकलाप, राजनैतिक घटनाप्रतिको व्यङ्गय, जीवनका विविध पक्षको अध्ययन, निराशावादी जीवन दृष्टि, व्यक्तिवादी जीवन पद्धतिको चित्रण, मादक पदार्थ सेवन र खराब संगतको कारणले ह्रासोन्मुख मानव जीवनको चित्रण, एउटा मान्छेको छलकपटबाट अर्को मान्छे गतल तरिकाले परिबन्धमा पर्नेे स्थितिको चित्रण गर्नु नै श्रेष्ठका कथाका विशेषता हुन् ।

४.१.२.२.३ उपन्यासकार व्यक्तित्व
साहित्यकार तुलसीदास श्रेष्ठका विभिन्न व्यक्तित्वमध्ये उपन्यासकार व्यक्तित्व पनि एउटा महŒवपूर्ण व्यक्तित्वको रूपमा रहेको पाइन्छ । हालसम्म उनका दुई उपन्यास प्रकाशित भएका छन् । साहित्यकार श्रेष्ठको पीडित शिक्षकहरूको दयनीय अवस्थाको चित्रण गरिएको र विद्वान् लेखक एवम् प्रा. माधव भण्डारीद्वारा भूमिका लेखिएको एक शिक्षक (२०३५) उपन्यास प्रकाशित भएको छ । यो ८१ पृष्ठको छ । उनको अर्को उपन्यास ‘आदर्श मान्छे’ हो । वि.स. २०६० सालमा प्रकाशित यस उपन्यासको प्रकाशक सुलभ प्रकाशन, सुरुङ्गा– ५ रहेको छ । यो उपन्यास एकासी पृष्ठको लघु आयमको छ । यसरी दुवै उपन्यासबाट उपन्यासकार श्रेष्ठको उपन्यासकार व्यक्तिव्य परिचित भएको पाइन्छ ।


४.१.२.३ सामाजिक व्यक्तित्व
साहित्यकार श्रेष्ठको अर्को महŒवपूर्ण व्यक्तित्वको रूपमा सामाजिक व्यक्तित्व रहको पाइन्छ । कन्काई ब. क्याम्पस, सुरुङ्गा (झापा) को भौतिक पूर्वाधार सम्पन्न बनाउन लगाइएको श्रीमद्भावगत सप्ताह महायज्ञमा प्रचार प्रसार उपसमितिको सदस्य रहेर श्रेष्ठले कार्य गरेका छन् । रेडक्रसको आजीवन सदस्यको रूपमा रहेर पनि यिनले सामाजिक कार्य गर्दै आएको पाइन्छ । कन्काई बहुमुखी क्याम्पस सुरुङ्गाको सञ्चालक समितिको सदस्यको रूपमा पनि उनले २०६३÷०६४ मा कार्य गरेको पाइन्छ । यसरी साहित्यकार श्रेष्ठले समाजमा बसेर विभिन्न सामाजिक कार्य गरेकाले उनको सामाजिक व्यक्तित्व महŒवपूर्ण रहेको देखिन्छ ।

४.१.२.४ शिक्षक व्यक्तित्व
साहित्यकार तुलसीदास श्रेष्ठको अर्को महŒवपूर्ण पाटो शिक्षक व्यक्तित्व पनि हो । उनको शिक्षक व्यक्तित्वको थालनी २००९ सालमा मासिक पन्ध्र रुपैयाँ तलबमा इलामको शान्तिपुर मिडिल स्कूलबाट भएको हो (स्रोत ः तुलसीदास श्रेष्ठ) । शिक्षक काम गर्दा गदै वि.सं. २०१४ सालमा नर्मल तालिम लिएर शान्तिपुर, जुरे आदि गाउँहरूमा स्कूलका भवन बनाउदै प्रौढ कथा सञ्चालन गरेका थिए । यसरी उनले झापामा अध्यापन गर्न थाल्नुभन्दा अघिसम्म इलाममा नै अध्यापन कार्य गरेको बुझिन्छ । उनले इलाममा अध्यापन कार्य छोडी झापाको खुदुनाबारी स्थित सिंहदेवी मा.वि. मा वि.सं. २०१८ सालदेखि अध्यापन गर्न थालेका हुन् । तत्पश्चात साहित्यकार श्रेष्ठले सरस्वती अपर प्राइमरी स्कूल (हालको कन्काई मा.वि.) मा वि.सं. २०१९ सालमा अध्यापन गर्न सुरु गरी वि.सं. २०५३ मा अवकास लिएको देखिन्छ । यस स्कूलमा श्रेष्ठ साहित्य, नृत्य, संगीत, खेलकुद, नाटक, शिक्षकको रूपमा पनि सक्रिय रहेका थिए । विद्यार्थीसँग सजिलै घुलमिल हुन सक्ने, कसैलाई दुःख नदिने, असल, इमान्दार र तत्कालीन समयमा पनि आधुनिक ढङ्गले अध्यापन गराउने सबै क्षेत्रमा योग्य शिक्षकका रूपमा श्रेष्ठले काम गरेका थिए (स्रोत ः भू.पू विद्यार्थी सूर्यप्रसाद अधिकारी) श्रेष्ठ ठिक समयमा विद्यालय नियमित रूपमा आउने सबै शिक्षकसँग मित्रवत् व्यवहार गर्ने अहिलेसम्म कुनै खराब कार्य नगरेका एउटा जिम्मेवार, कर्तव्यप्रति सचेत शिक्षकका रूपमा चिनिएका थिए (स्रोत ः श्रेष्ठका शिक्षक मित्र मदन उप्रेती) ।
यसरी वि.सं. २००९ सालदेखि वि.सं. २०५३ सालसम्मको लामो समयसम्म चौवालिस वर्ष अध्यापन गराउने साहित्यकार तुलसीदास श्रेष्ठको सबैसँग सजिलै घुलमिल हुन सक्ने कर्तव्य प्रति सचेत नैतिकवान् इमान्दार शिक्षकको अध्यापकीय व्यक्तित्व उच्च रहेको छ ।

४.१.१.७ सम्मान तथा पुरस्कार
साहित्यकार तुलसीदास श्रेष्ठ नेपाली साहित्यको श्रीवृद्धिका लागि निरन्तर क्रियाशील रहेका बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन् । श्रेष्ठको प्रतिभा र समर्पणको कदर गर्दै उनलाई विभिन्न सामाजिक तथा साहित्यिक संघ संस्थाहरूले विभिन्न सम्मान र पुरस्कार प्रदान गरेका छन् । ती सम्मान र पुरस्कारहरूको विवरण यस प्रकार छन् ।
ज्ञ। प्रशंसापत्र र नगद पुरस्कार – नेपाल राष्ट्रिय शिक्षक संगठन झापा (२०६४)
द्द। प्रमाणपत्र र पुरस्कार – जिल्ला शिक्षा समिति, झापा (२०३२)
घ। सम्मान र पुरस्कार – नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको आयोजनामा सासंक प्रतिष्ठान धुलाबारीबाट
द्ध। प्रमाण पत्र र रु. २५००।– नगद पुरस्कार सुरुङ्गा गा.वि.स., सुरुङ्गा (२०५४)
छ। प्रमाण पत्र र रु. ५००।– नगद पुरस्कार – कनकाई प्रतिभा प्रतिष्ठान, सुरुङ्गा (२०६०)
ट। अभिनन्दन पत्र – कन्काई मा.वि. सुरुङ्गा (२०५४)
ठ। शिक्षा सेवामा अमूल्य योगदान गरेवापत कन्काई मा.वि. सुरुङ्गाले २०६६ मा सम्मान गरेको ।
ड। सम्मान पत्र – श्री पशुपति मा.वि. सुरुङ्गा, झापा (२०६५)
ढ। सम्मान पत्र – श्री सिंहदेवी मा.वि. खुदनाबारी, झापा (२०६६)
ज्ञण्। सम्मान पत्र – सुरुङ्गा सहकार्य युवा क्लव (२०६६)

४.१.१.८ आर्थिक अवस्था
बावु बाजेको आर्थिक अवस्था राम्रै भए पनि अंश नलिएका साहित्यकार श्रेष्ठले आफूले दुःख गरेर कमाएको सम्पतिले चार विगाहा जग्गा किनेका थिए । दयालु स्वभाव भएका श्रेष्ठले अर्कालाई ऋण दिएका थिए । त्यो ऋणीले ऋण नतिरी बदमास गरेकाले बैकको ऋण तिर्ने क्रममा सबै जग्गा सकिएको थियो (स्रोत ः शोधनायक श्रेष्ठ) भुइँतले पक्का घर भएको बताउने साहित्यकार श्रेष्ठ शिक्षकको पेन्सनबाट जीविका चलाउँदै आएका छन् । यसरी उनी हाल सुकुम्वासी नेपाली नागरिकका रूपमा रहँदै आएका देखिन्छन् । आर्थिक रूपले गरीब भए पनि सन्तुष्ट छु भन्ने श्रेष्ठ केही दिन नसके पनि देशलाई सहयोग गरेकै छु भन्दै भू.पू. विद्यार्थीहरूको अपार माया नै मेरो सम्पत्ति हो भन्दछन् ।

४.१.१.१० संस्थागत संलनता
साहित्यकार तुलसीदास श्रेष्ठ विभिन्न संस्थामा संलग्न रहेको पाइन्छ । एउटा सचेत नागरिक तथा साहित्यकारको हैसियतले विभिन्न समयमा उनले विविध संस्थामा आवद्ध भई आफूले सक्दो काम गरेका छन् ।
सामाजिक कार्यमा अग्रसर रहने समाजसेवी तुलसीदास श्रेष्ठ वि.सं. २०४९ सालदेखि नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा (झापा) को आजीवन सदस्यको रूपमा रहदै आएका छन् । कन्काई क्याम्पस, सुरुङ्गाको भौतिक पूर्वाधार सम्पन्न बनाउन लगाइएको श्रीमद्भागवत सप्ताह महायज्ञको प्रचार प्रसार उप समितिको सदस्य रहेर कार्य गरेका थिए । दोमुखा साहित्य संस्थाको अध्यक्ष र साहित्य विकास समिति झापाको सदस्य भएर पनि श्रेष्ठले सामाजिक कार्य गरेका पाइन्छ । श्रेष्ठले प्रणामी मन्दिर माईधाम र सुरुङ्गा – ९ को पनि अध्यक्ष समेत भएर कार्य गरेको पाइन्छ । त्यसै गरी कन्काई बहुमुखी क्याम्पसको सञ्चालक समितिको पूर्व सदस्यको रूपमा पनि कार्य गरेको देखिन्छ । कन्काई मा.वि.को मुखपत्रको सम्पादक मण्डलमा श्रेष्ठले दुई कार्यकालसम्म रहेर कार्य गरेको पाइन्छ । त्यसैगरी भूतपूर्व शिक्षक समाजको दुई कार्यकालसम्म सदस्यको रूपमा रहेर पनि उनले महŒवपूर्ण भूमिका निर्वाह गरेको थिए । हाल श्रेष्ठ वि.सं. २०६७ मंसिर २३ गतेदेखि सेवा निवृत कर्मचारी हकहित समाज नेपालको गाउँ कार्य समितिको संयोजक पदमा रही कार्य गर्दै आएका छन् ।

४.१.१.११ साहित्यिक प्रेरणा र प्रभाव
कुनै पनि साहित्यकारले साहित्यको सृजना गर्नुका पछाडि मुख्य रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै व्यक्ति वा संघ संस्था वा घट्ना आदिको महŒवपूर्ण प्रेरणा रहेकै हुन्छ । साहित्य एउटा बृहत कला हो । साहित्यमा पनि कुशल सृजनाका निमित्त आवश्यक प्रेरणा प्रदान गरेर साहित्यकारलाई साहित्यिक मार्गमा सकुशल पदार्पण गराउने व्यक्ति, संघसंस्था र विभिन्न कार्यक्रम आदिको महत्वपूर्ण भूमिका रहन्छ । साहित्य सृजनामा गहिरो अभिरुचि बोकेका साहित्यकार तुलसीदास श्रेष्ठलाई पनि उनको सृजनालाई सुव्यवस्थित रूपमा प्रस्तुत गर्न प्रेरणा प्रदान गर्ने केही व्यक्ति, संघ संस्था आदि रहेका छन् ।
नेपाली प्रवासीहरूको साहित्य संगमको रूपमा रहेको गोर्खा दुःख निवारण संघमा हुने कवि गोष्ठीमा गएको बेला कविता लेख्न मन लागेकोले श्रेष्ठ आफ्नो साहित्य लेखनको मुख्य प्रेरणास्रोत गोर्खा दुःख निवारण संघले गरेका कवि गोष्ठीहरूलाई मान्दछन् । यसैगरी पहिलो ‘इच्छा’ कविता ‘प्रगति’ पत्रिकामा छापिएपछि उनलाई झन् कविता लेख्न हौसला बढ्न गयो । यो ‘प्रगति’ पत्रिका पनि उनको साहित्य लेखनको प्रेरणाको दोस्रो स्रोतको रूपमा रहेको छ (स्रोत ः तुलसीदास श्रेष्ठ) हालका दिनमा उनलाई साहित्य सृजनामा प्रेरणा दिनेहरूमा भूतपूर्व विद्यार्थी तथा शिक्षक मित्रहरु र चुडामणि रेग्मी हुन् (स्रोत पूर्ववत्)

४.१.१.१२ भ्रमण
दार्जिलिङ्गमा जन्मिएका साहित्यकार तुलसीदास श्रेष्ठको बाल्यकाल दार्जिलिङ्गमै बितेको थियो । त्यसै बेला उनले भारतका विभिन्न स्थानमा भ्रमण गरेका र नेपालमा शिक्षण गर्ने क्रममा इलाम तथा भापाको भ्रमण गरेका छन् भने साहित्यिक कार्यक्रममा भाग लिने क्रममा नेपालका मोरङ्ग, सुनसरी, धनकुटा, काठमाण्डौ जस्ता जिल्लाहरूको भ्रमण गरेको पाइन्छ । यिनले अन्य पाश्चात्य मुलुकको भने भ्रमण गरेको देखिदैन ।


४.२ तुलसीदास श्रेष्ठ र उनका कथाहरू
४.२.१ कथाकार तुलसीदास श्रेष्ठ
तुलसीदास श्रेष्ठ (१९९५) ले नेपाली लेखनको क्षेत्रमा विद्यार्थी जीवनदेखि नै हात हालेका हुन । यिनले पहिलो कथा चेली रोएको साँझ २०३५ सालमा विवेचना पत्रिकामा प्रकाशित गराएर कथा विधामा प्रवेश गरेका हुन् । उनको अहिलेसम्म एउटा मात्र कथा संग्रह अतीत दोहोरिन्छ (२०५०) मात्र प्रकाशित रहेको छ । यो कथा संग्रहबाहेक विभिन्न पत्रपत्रिकाहरूमा पनि उनका थुप्रै फुटकर कथाहरू पनि छरिएर रहेका छन् । यो अध्ययनमा यस ‘अतीत दोहोरिन्छ’ (२०५०) कथा संग्रहको सामान्य समीक्षा गरी यस संग्रहमा संकलित “चेली रोएको साँझ” कथाको मात्र विस्तृत अध्ययनका साथ उनको कथाकारिताको निरूपण गर्ने प्रयास गरिएको छ ।

४.२.२ अतीत दोहोरिन्छ कथा संग्रहको परिचय
कथाकार तुलसीदास श्रेष्ठको हालसम्म प्रकाशित भएको एउटा मात्र कथा संग्रह ‘अतीत दोहोरिन्छ’ सुरुङ्गा – ९ झापाबाट २०५० सालमा प्रकाशित भएको हो । यस संग्रहमा काल्पनिक र सत्य घटनामा आधारित आठ वटा कथाहरू संकलित छन् । प्रस्तुत कथा संग्रहको नामाकरण सङ्कलित कथा मध्ये कुनै पनि रचनामा आधारित छैन । सम्पूर्ण कथाहरूको विषयवस्तुलाई समेट्ने गरी शीर्षक अतित दोहोरिन्छ राखिएको छ ।
श्रेष्ठको ‘अतीत दोहोरिन्छ’ कथा संग्रहभित्रका कतिपय कथामा मादक पदार्थ सेवन र खराब संगतका कारण ह्रासोन्मुख हुन पुगेको मानव जीवनको चित्रण गरिएको छ ।

४.२.३ चेली रोएको साँझ कथाको अध्ययन
४.२.३.१ कथावस्तु
कथाकार तुलसीदास श्रेष्ठको चेली रोएको साँझ कथा अतीत दोहोरिन्छ (२०५०) कथा संग्रहमा संकलित छ । यो कथामा कार्की कान्छाको परिवारमा नौ कक्षामा पढ्दै गरेको छोरो दीपक हराएको घटनाबाट कथानकको शुरुआत भएको छ । छोरो दीपक हराएपछि कार्की कान्छाको परिवार ज्यादै दुःखी भएको छ । दीपकको खोजी गर्ने क्रममा कार्की कान्छाले ज्योतिष हेराएको, सत्यनारायणको पुजा गरेको छ र यता उती सबैतीर खोजी गर्दा पनि छोरो दीपकको पत्तो लागेको छैन । दाजु हराएकोले लता तिहार जस्तो पर्वमा पनि खुशी छैन । यसरी निराशमय वतावरणमा दीपकको खोजी गर्दा छ वर्ष बितिसकेको छ ।
एक साँझ खाना खाने बेलामा बाहिरबाट कसैले बोलाएको आवाज सुनी लता बाहिर निस्कँदा आफ्नो हराएको दाजु (दीपक) सिपाहीको पोशाकमा भरिया साथै लिएर आएको देखेर खुशी हुन पुग्छे । दीपक घरमा आएपछि कार्की कान्छाको परिवारमा ज्यादै रमाइलो वातावरणले छाउँछ । राती अबेरसम्म परिवारमा गफ गाफ हुन्छ । भोलि दाजु बहिनी तिहारको समान खरिद गर्न बजार जाने सल्लाह गरी सुत्दछन् ।
भोलिपल्ट दाजु–वहिनी (दीपक र लता) बिजनबारी बजार जान्छन् । बजारमा दाजु–बहिनी भाइटीकाका लागि सामान किन्दछन् । त्यतिकैमा बजारमा रमेश र विमलको भेट हुन्छ । बिमलले रमेशलाई लता एउटा पल्टने केटासँग निक्कै मज्जाले जिस्कँदै विश्वसुन्दरी जस्तै भई हिड्दै थिई भन्दछ । साँच्चै विमलजी सायद त्यसै होला अस्ति दुई तीन चोटि बोलाउँदा पनि बोलिनन् । धनको लोभमा परेर पल्टनेसँग लागेकी होली भन्दै रमेशले त्यसको अन्त्य गरिदिन्छु भन्दछ ।
दीपक र लता सौदा गरी बेलुका घरतिर लाग्दछन् । परदेशका कुरा गर्दै दिलविर टाहारको लामो गोलाइमा लता अघि–अघि दीपक पछि पछि हिड्छन् । त्यसैबेला रमेश हातमा नाङ्गो छुरी लिएर त्यही गोलाइमा लुकेर बसिरहेको हुन्छ । जब गोलाइबाट लता अगाडि बढिन र दीपक एक पाइलो अगाडि बढ्ने बित्तिकै पापी रमेशले पछाडि पट्टिबाट दीपकको डडाल्नुमा धारिलो छुरी प्रहार गर्छ । एक्कासी दीपकले मलाई मा¥यो भन्दा लताले रमेश भागेको र दाजुले भट्याक भट्याक गरेको देखेपछि रमेशले नै दाजुलाई मा¥यो भन्ने थाहा पाउछे । लताले रमेश तैले मेरो दाजु मारिस भन्दै दीपकको डडाल्नुमा भसिएको छुरी सावधानी पूर्वक निकाल्छे । दीपक छुरीको असरले मर्छ । लता जङ्गलै थर्किने गरी रुन्छे । यसरी यो कथा वियोगान्त अवस्थाम टुङ्गिएको छ ।

४.२.३.२ चरित्र चित्रण
प्रस्तुत कथामा लता, दीपक, कान्छा कार्की, लताकी आमा, रमेश, विमल, भरिया आदि प्रमुख र सहायक र गौण गरी जम्मा सात जना पात्र रहेका छन् । यस कथाले प्रमुख पात्रको रूपमा लता देखिन्छ । ऊ शुरुदेखि अन्तसम्म नै कथामा देखा परेकी छे ।

क) लता
लतालाई कथामा छोरी भनेर सम्बोधन गरिएबाट ऊ लिङ्गका आधारमा स्त्री चरित्र हो । कथामा लताले आदिदेखि अन्त्यसम्म महŒवपूर्ण भूमिका खेलेकी हुँदा कार्यका आधारमा ऊ प्रमुख चरित्र हो । लताले परिवारको नजिकमा रहेर सबै कार्य गरेकी छे तसर्थ ऊ प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो । लताले घरमा गर्ने घरायसी काम बाख्रा पगा लगाउने, खाना बनाउने, घर सिगार्ने जस्ता ग्रामीण नारीले गर्ने कार्य गरेकी छ तसर्थ ऊ जीवन चेतनाका आधारमा वर्गीय चरित्र हो । लताले आमा, बुवा, दाजु आदिसँग संवाद गरेकी र दाजुसँग बजार गएकी, दाजुको हत्या भएको देखेर रोएको घटना स्पष्टसँग कथामा देख्न सकिने भएबाट ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । दाजु बेपत्ता हुँदा र दाजुको हत्या हुँदा ज्यादै दुःखी भएबाट ऊ एउटी असल चेली चरित्र हो । यसैगरी कथामा लताको महŒवपूर्ण भूमिका भएकोले कथाबाट हटाउन नमिल्ने बद्ध चरित्र हो । समग्रमा ऊ प्रमुख स्त्री, बद्ध, मञ्चीय, वर्गीय अनुकूल चरित्र हो ।

ख) दीपक
ऊ यस कथामा केन्द्रीय विषयका रूपमा कथाको थालनीमा हराएकोले खोजिएको पात्रको रूपमा कथामा आएको छ । ऊ यस कथाको पुरुष चरित्र हो । ऊ यो कथामा मध्य भाग देखि अन्त भागसम्म देखा परेको चरित्र हो । त्यसैले समग्रमा ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । पल्टनबाट लामो समयपछि घर फकर्ने सिपाहीहरू जो आफ्नो घर परिवारको खुशीमा रमाउँछन् त्यस्ता चरित्रहरूको प्रतिनिधित्व गरेबाट दीपक जीवन चेतनाका आधारमा वर्गीय चरित्र हो । आफ्नी बहिनीको खुशीमा रमाउने एउटा असल दाजु चरित्रको रूपमा दीपक आएको छ । दीपककै खोजीमा कथानक अगाडि बढेको छ र अन्तिममा उसको हत्यासँगै कथाको अन्त्य भएको छ तसर्थ उसलाई कथाबाट बाहिर निकाल्दा कथानकको अस्तित्व नै रहदैन । तसर्थ, ऊ आबद्धताका दृष्टिले बद्ध चरित्र हो । कथा नै दीपक पढ्दा पढ्दै भागेर पल्टनमा गएको र पल्टनबाट फर्केपछि पुनः पल्टनमा नजाने र घरमै बस्ने भन्ने दीपकको भनाईबाट उसको स्वभावमा परिवर्तन आएकोले स्वभावका आधारमा ऊ गतिशील चरित्र हो । कथामा दीपकले कुनै खराब क्रियाकलाप गरेको पाइदैन तसर्थ ऊ अनुकूल चरित्र हो । यसरी समग्रमा ऊ प्रमुख पुरुष मञ्चीय, वर्गीय, गतिशील, बद्ध, अनुकूल चरित्र हो ।

ग) लताकी आमा (कान्छी कर्किनी)
आमा लताकी आमाको रूपमा अनुकूल चरित्रको रूपमा देखीएकी छ । उसको भूमिका कथामा लताको भन्दा कम देखिएकाले ऊ यस कथाकी सहायक चरित्र हो । लताले आमा भनेर कथामा सम्बोधन गरेबाट ऊ यस कथाकी लिङ्गका आधारमा स्त्री चरित्र हो । आमाले कथाको थालनीबाट नै छोरीप्रति उत्तरदायित्व बहन गरेकी, छोरा हराँउदा दुःखी भएकी, छोरो हराएको अवस्था पनि घर व्यवहार चलाएकी र श्रीमानप्रति पनि आफ्नो कर्तव्य निर्वाह गरेकी हुनाले प्रवृत्तिको आधारमा ऊ यस कथाकी अनुकूल चरित्र हो । छोरो हराएको अवस्थामा चिन्तित भए पनि छोरो खोज्ने कार्यमा लोग्नेलाई सहयोग गरेबाट ऊ गतिशील चरित्र हो । छोरो हराएको अवस्थामा घर व्यवहार चलाएकी र छोरो खोज्न सहयोग गरेकी, लता, श्रीमान् र छोरो दीपकसँग संवाद गरेका घटना कथामा सजिलै देख्न सकिने भएकोले ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । यसै गरी प्रत्येक नारीले जस्तै गरी छोरो हराउँदा दुःखी हुने, खोज्न सधै लाग्ने घर व्यवहार चलाउने कार्य गरेबाट ऊ जीवन चेतनामा आधारमा वर्गीय चरित्र हो । कथामा लोग्नेलाई घर व्यवहार चलाउन र छोरो खोज्न भूमिका निर्वाह गरेबाट उसलाई कथाबाट हटाउन नमिल्ने आबद्ध चरित्र हो । छोरो हराउँदा ज्यादै दुःखी हुने र छोरो देख्दा ज्यादै खुशी हुने एउटी आमा चरित्र हुनुका साथै घर व्यवहार चलाउन सिपालु कुशल गृहीणी हो । यसरी ऊ असल गृहिणी स्त्री, वर्गीय, अनुकूल गतिशील, मञ्चीय र सहायक चरित्र हो ।

घ) कान्छा कार्की
कथामा लताले बुबा भनेर सम्बोधन गरेबाट लिङ्गका आधारमा ऊ पुरुष चरित्र हो । कथामा मध्यान्तरसम्म उपस्थित भए पनि लताको भन्दा कम भूमिका निर्वाह गरेकाले कार्यका आधारमा ऊ सहायक चरित्र हो । ऊ छलकपटविहीन, परिश्रमी, समाजले मान्ने गुन्ने र हरबखत आफ्नै परिवारको सुख दुःखमा रमाउने यस कथाको अनुकूल चरित्र हो । छोरो हराउँदा दुःखी हुने, छोराको खोजी गर्ने, घर व्यवहार चलाउने जस्ता कार्य अन्य ग्रामीण नेपालले पनि गर्ने भएकाले ऊ जीवन चेतनाका आधारमा वर्गीय चरित्र हो घर व्यवहार चलाउँदै गरेको बेला छोरो हराउँदा खोज्न जोडतोडले लागेबाट ऊ गतिशील चरित्र हो । कान्छा कार्कीले बाख्रा पाठा घरमा लिएर आएको, छोरो खोज्न हिडेको, लता दीपक आदिसँग संवाद गरेको आदि घटनाहरू कथामा सजिलै देख्न सकिन्छ । तसर्थ, ऊ यस कथाको मञ्चीय चरित्र हो । उसले कथामा एउटा अभिभावकको रूपमा सबै कार्यहरू गरेबाट ऊ यस कथाको अनुकूल चरित्र हो । कथामा उसको भूमिका उल्लेखनीय छ । तसर्थ उसलाई कथाबाट हटाउँदा कथानकमा ठूलै असर पर्दछ । यसैले ऊ कथाबाट हटाउन नमिल्ने आबद्धताका आधारमा बद्ध चरित्र हो । यसरी समग्रमा ऊ परिश्रमी, जिम्मेवार अभिभावक सहायक, पुरुष, मञ्चीय, बद्ध, अनुकूल, गतिशील र वर्गीय चरित्र हो ।

ङ) रमेश
रमेश कथामा मध्य भागतिर देखा परेर अन्तिमसम्म हने पुरुष चरित्र हो । लता र दीपकको भन्दा कम भूमिका कथामा निर्वाह गरेकाले कार्यको आधारमा ऊ सहायक चरित्र हो । रमेशले कथामा देखा परेदेनि नै लतामाथि कु–दृष्टि राखेको, लतालाई फिलिम हेर्न जाउँ भनेको र केही अनौठी रहिछ भनेबाट ऊ यस कथाको प्रतिकूल चरित्र हो । कथामा लताले आफ्नो प्रेम अस्वीकार गरी अर्कैसँग लहसिएको भ्रममा लताको स्वार्थ पूर्तिका निम्ति हत्या गरेकाले ऊ गतिशील चरित्र हो । विमल र रमेशले बजारमा संवाद गरेको र दीपकको हत्या गरेको दृश्य कथामा सजिलै देख्न सकिने भएकाले ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । सबै केटाले रमेशको जस्तै गरी अर्काकी छोरीमाथि कुदृष्टि राख्तैनन् र आफूले मन पराएकी केटीलाई अर्कैले उम्काउन आँटेको भ्रममा हत्या गर्दैनन् । तसर्थ, ऊ जीवन चेतनाका आधारमा व्यक्तिगत चरित्र हो । कथामा रमेशको उपस्थिति नभएको भए दीपकको हत्या हुने थिएन । त्यसैले आबद्धताका आधारमा ऊ कथाबाट हटाउन नमिल्ने बद्ध चरित्र हो । यसरी समग्रमा ऊ पुरुष, सहायक, प्रतिकूल, मञ्चीय, आबद्ध, गतिशील र व्यक्तिगत चरित्र हो ।

च) विमल
विमल यस कथाको पुरुष चरित्र हो । ऊ दीपक र रमेशको साथीको रूपमा कथामा आएको छ । उसले रमेशसँग संवाद गरेको घटना स्पष्टसँग देख्न सकिन्छ । त्यसैले ऊ कथाको मञ्चीय चरित्र हो । उसले कथामा खासै भूमिका ननिभाएकोले ऊ कार्यको आधारमा गौण चरित्र हो । उसलाई कथाबाट हटाउँदा कथामा कुनै असर पर्दैन । त्यसैले ऊ आबद्धताका आधारमा मुक्त चरित्र हो । उसले कथामा कुनै नकारात्मक कार्य गरेको पाइदैन । त्यसैले ऊ यस कथाको अनुकूल चरित्र हो । उसको विचारमा कुनै परिवर्तन आएको पाइदैन त्यसैले ऊ व्यक्तिगत चरित्र हो । यसरी समग्रमा ऊ पुरुष, गौण, मञ्चीय अनुकूल, गतिहिन, मुक्त व्यक्तिगत चरित्र हो ।
यसैगरी यस कथामा पल्टनबाट आउने सिपाही र भरिया पनि चरित्रका रूपमा आएका भए तापनि तिनीहरूको खासै भूमिका नभएकाले गौण चरित्रका रूपमा रहेको पाइन्छ ।



४.२.३.३ परिवेश
प्रस्तुत कथामा दीपकको हत्या भएको दिलविरटाको गोलाई र कान्छा कार्कीको घरबारी नै मुख्य रूपमा स्थानगत परिवेशको रूपमा आएका छन् । सामान किन्न दाजु बहिनी बिजनबारी गएको उल्लेख भएबाट यो ठाउँ दार्जिलिङ्गको ग्रामीण परिवेश हो भन्ने थाहा हुन्छ । कथामा भरियाबाहेक सबै पात्रको आर्थिक अवस्था राम्रो भएबाट सामाजिक जीवन राम्रै छ । कथामा बाख्रा पगा लगाएको, गाईबस्तु, बत्तीस पाथी जाने देवी थाने खेत आदि उल्लेख भएबाट ग्रामीण पहाडी क्षेत्र हो भन्ने बुझ्न सकिन्छ । छोरो हराउँदा ज्योतिष हेराएको, धामी राखेको र नारायणको पूजा लगाएको उल्लेख भएबाट रुढिवादी समाज पनि परिवेशको रूपमा आएको पाइन्छ । दीपक हराएकोमा मुटु छेड्ने गरी भनेको र उनीहरूको हाँसो भएबाट समाज पनि परिवेशको रूपमा आएको छ । दाजु हराउँदा दुःखी भएकी लता दाजुको हत्या हुँदा रोएबाट, दाजु बहिनीबीच माया ज्यादै हुने नेपाली सामाजिकता पनि परिवेशको रूपमा आएको छ । लताले रमेशलाई दाजुको साथी भनी दाजुको जस्तै व्यवहार गरेको तर रमेशले लतामाथि कुदृष्टि राखेको, पछि दाजु बहिनीलाई नचिनी दाजुलाई परपुरुष सम्झेर रमेशले हत्या गरेबाट समाजमा कसैको पनि विश्वास गर्न नहुने, केटाले आफ्नो स्वार्थ पूर्तिका लागि कुनै कसर नराख्ने तत्कालीन समाजको दृश्प्रवृत्ति पनि परिवेशको रूपमा आएको छ । यस कथामा कालक्रमिक परिवेशको रूपमा लगभग सात वर्षको अवधि आएको देखिन्छ ।

४.२.३.४ संवाद
प्रस्तुत कथामा संवाद ससक्त रूपमा आएको छ । संवादकै सहारामा कथानक अगाडि बढेको छ । संवाद ससक्त रूपमा आएकोले कथा कौतूहलमय बन्न पुगेको छ । कथाको थालनी नै आमा छोरीको संवादबाट शुरु भएको देखिन्छ । यस कथामा आमा र लताबीच, रमेश र विमलबीच आमा र दीपकबीच, दीपक र लताबीच संवादहरू भएको पाइन्छ ।
कथाको थालनीमा आमा र लताबीचको संवादको नमूना
लता ः “आमा ............. आमा .............. वाहिर निस्कनु त ?”
आमा ः “यो केटी के भएकी हँ ? खोइ के भयो र आत्तिएकी ?”
लता ः होइन आमा तपाई पागल ता हुनु भएन ? के के बोकेर निस्कनु हुन्छ ? साँच्ची नि आमा ! आज बस बिसौनीको छेउमा दाइ जस्तै केटो देखेँ, साहै्र तिर्सना लागेर नजिकै गएकी ता पोहोर – परार दाइ भएको बेला हाम्रो घरमा आइ रहन्थे नि दाइकै साथी बिमल पो रहेछन् । नजिकमा पुगेपछि मलाई त कस्तो बेइजत लाग्यो ।”
आमा ः “लाटी बोलाउनु नि एक चोटी हाम्रा घरतिर पनि ।”




४.२.३.५ दृष्टिविन्दु
पात्रको क्रियाकलाप तथा वस्तु वर्णन कथाकारले नै सर्वज्ञ भएर उनीहरूको नाम तथा तृतीय पुरुष वाचक सर्वनामबाट नै प्रस्तुत भएको हुँदा यस कथामा वाह्य वा तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग भएको पाइन्छ ।

४.२.३.६ भाषा शैली
प्रस्तुत कथामा अत्यन्तै सरल भाषाको प्रयोग गरिएको छ । सामान्य पहाडी परिवेशमा बोलिने नेपाली भाषाको प्रयोग यो कथामा भएको छ । जस्तै आबो न चाबो, आधा शरीर, टन्न, लाटी बोलाउनु नि, निथ्रुक्क भिजेको शरीर आदि शब्द र वाक्य प्रयोगले भाषा शैली सरल भएको थाहा हुन्छ । संवादात्मक शैली प्रयोग गरिएको प्रस्तुत कथामा उखान, टुक्का, निपातको प्रयोगले कथालाई सरल एवम् पठनीय बनाएको छ । कथामा प्रायः जसो सामान्य बोलीचालीमा प्रयोग हुने शब्द एवम् वाक्यको प्रयोगले कथा पढ्नेबित्तिकै सजिलै बुझिन्छ । तसर्थ, यस कथाको भाषशैली सरल रहेको पाइन्छ ।

४.२.३ उद्देश्य
प्रस्तुत कथामा दाजु (दीपक) बेपत्ता भएकोले माइती नै नभएपछि तिहारको के मतलब भनेर लताले भनेकी छे । त्यसरी दाजु नहुँदा दाजुको तिर्सना आइरहेकोले लता दाजुको बारेमा वुझ्न बस स्टेशनमा विदेशबाट आउनेले भेटेका छन् कि भनेर गएकी छे । दाजु आएकोमा संसारै रमाइलो देख्ने लताले दाजुको हत्या हुँदा जङ्गलै थर्किने गरी रोएको घटनाले नेपाली समाजमा दाजु–बहिनी वा चेली–माइतीबीचको अगाध प्रेम हुन्छ भन्ने देखाउनु नै यस कथाको मुख्य उद्देश्य रहेको छ । यौनाकर्षण र वासनाको उन्माद र ईष्र्याजन्य व्यवहारको दुष्परिमाणका विसंगतिलाई व्यक्त गर्नु यस कथाको अर्को उद्देश्य रहेको छ । तत्कालीन समयमा स्कूल पढ्दा पढ्दै कसरी युवाहरू भागेर पल्टन जाने गर्थे भनेर देखाउनु पनि यसको उद्देश्यकै रूपमा रहेको पाइन्छ ।


४.३ कथाकार तुलसीदास श्रेष्ठको कथाकारिता
४.३.१ पुरुष पात्रको बाहुल्य
कथाकार तुलसीदास श्रेष्ठको कथामा पुरुष पात्रको बाहुल्य रहेको छ । उनको धेरै जसो कथामा ६÷७ जना पात्रको प्रयोग गरिएको पाइन्छ । त्यसमा पनि ५÷६ जना पुरुष पात्रहरू नै रहेका हुन्छन् भने १÷२ जना मात्र नारी पात्रहरू रहेका पाइन्छन् । यसरी संख्यात्मक हिसाबले हेर्दा पुरुष पात्रहरू नारी पात्रको तुलनामा धेरै मात्रामा प्रयोग भएको पाइन्छ । साथै उनका कथामा नारी पात्रहरूलाई प्रधान भूमिकामा प्रधान नगरी सहायक वा गौण भूमिकामा मात्र प्रस्तुत गरिएको पाइन्छ । एकाध कथामा मात्र प्रमुख भूमिकामा नारी चरित्र देखा परेका छन् । नारीको प्रधान भूमिका भएको कथामा “चेली रोएका साँझ” कथालाई लिन सकिन्छ ।

४.३.२ त्रासद विषयवस्तु
कथाकार तुलसीदास श्रेष्ठ त्रासद विषयवस्तुका कथा लेख्ने कथाकार हुन् । मुख्यतः करुणा र भयको वढी सञ्चार हुँदा कथा त्रासद हुन्छ । यिनका धेरै जसो कथाहरू करुणा र भयको आधिक्यताका कारण दुःखान्त हुन पुगेका छन् । यिनका पनि करुणा बढी सञ्चार भएको “चेली रोएको साँझ” कथामा पाइन्छ । त्यसैले यो कथा बढी त्रासद हुन पुगेको छ । यिनका कथा त्रासद भएका कारणबाट बढी मार्मिक एवम् कारुणिक हुन पुगेका छन् । “चेली रोएको साँझ” कथामा लताको दाजु दीपक हराएको, ऊ हराउँदा लताका कुनै खुशी नभएको र दीपकको हत्या जस्ता घट्नाले कथामा त्रासद परिस्थितिको सृजना भएको एवम् पाठकका मनबाट करुणा सहज रूपमा आएको पाइन्छ । त्यसैले यो कथालाई त्रासद एवम् करुणाका दृष्टिले उत्कृष्ट मान्न सकिन्छ ।

४.३.३ कुतूहलता
जुन सुकै कथा सफल हुन त्यसमा कुतूहलताको महŒवपूर्ण भूमिका हुन्छ । कुतूहलता नभएको कथा पढ्नमा आकर्षक नहुनसक्छ । कथामा कुनै घट्ना पछि अब के हुन्छ भनेर पाठकका मनमा सृजना हुने एक किसिमको जिज्ञासा नै कुतूहलता हो । जति पाठकका मनमा कुतूहलता सृजना हुन्छ, त्यति नै पाठक त्यो कथा अध्ययन गर्न रुचाउँछ । कथाकार श्रेष्ठले पनि आफ्ना कथामा प्रसस्तै कुतूहलता सृजना गर्न सफल भएका छन् । उनका सबै कथामा कुतूहलता पाउन सकिन्छ । त्यसमा पनि कुनै कथामा धेरै र कुनै कथामा न्यून मात्रामा कुतूहलता पाउन सकिन्छ । श्रेष्ठका धेरै जसो कथामा कुतूहलता ससक्त रूपमा उचित तरिकाले प्रयोग छन् । कुतूहलताका दृष्टिले चेली रोएको साँझ कथा ज्यादै सशक्त छ । यस कथामा कुतूहलता थालनीदेखि अन्तसम्म सशक्त रूपमा आएको छ । यस कथाका बावु–आमाको छोरा तथा लताको दाजु हराएको छ । ऊ भेटिन्छ वा भेटिदैन भन्ने कुतूहलता कथामा पाइन्छ । त्यसैगरी दाजु हराउँदा लताले तिहारमा घर सजी सजाउ गर्नुपर्छ भनेर आमाले भन्दा उसले मान्छे वा मान्दिन भने कुतूहलता सृजना हुन्छ । त्यसैगरी अव विदेश नजाने होलाद नि ? भनेर प्रश्न गर्दा दीपकले जान्छु भन्छ वा भन्दैन, दाजुसँग बजार जान्छु भनेर लताले भन्दा दीपक मान्छ वा मान्दैन भन्ने कुतूहलता सृजना भएको पाइन्छ । यो कथाको अन्तमा रमेशले दीपकको हत्या गरेपछि लताले बदला लिन्छे वा लिदिन भन्ने कुतूहलता कथामा सृजना भएको छ । यसरी कथा कुतूहलतामा पुगेर अन्त भएको छ । यसरी निष्कर्षमा कतूहलता पनि श्रेष्ठको कथाकारिताको महŒवपूर्ण विशेषताका रूपमा रहेको पाइन्छ ।

४.३.४ भाषा शैलीगत प्रवृत्ति
कथाकार तुलसीदास श्रेष्ठको अर्को महŒवपूर्ण विशेषताको रूपमा सरल बोलीचालीको भाषाको प्रयोग रहेको पाइन्छ । श्रेष्ठको भाषा – शिल्पतिर दृष्टि दिंदा उनका कथामा सामान्य सरल गाउँले बोली तथा चलनचल्तीको भाषाको प्रयोग भएको पाइन्छ । श्रेष्ठका कथा एउटा अशिक्षित मान्छेलाई पढेर सुनाइदियो भने उसले कथालाई सजिलै बुझ्न सक्तछ । त्यसकारण श्रेष्ठका कथाको भाषा सरल मान्नु पर्छ । श्रेष्ठका कथामा नेपाली झर्रा शब्द, अनुकरणात्मक शब्द, प्रसस्तै उखान टुक्काको प्रयोग, छोटा छरिता वाक्य–विन्यास, कथ्य भाषाको प्रयोग आदिले गर्दा भाषा सरल छ । उनले आफ्नो कथामा जटिल, अशिष्ट, दुरुह भाषाको प्रयोग नगरी गाउँले स्थानीय वोली, लवजलाई जस्ताको तस्तै उतार्ने प्रयास गरेका छन् । उनका धेरैजसो कथा आदि मध्य, अन्त्य शृङ्खला भएको रैखिक ढाँचामा नै लेखिएका छन् । यिनका कथामा सारवस्तु वा सन्देश प्रतीकात्मक वा घुमाउरो किसिमका हुँदैनन् । विभिन्न भाषाका केही आगन्तुक शब्द भए पनि नेपाली पाठकले सजिलै पचाइ सकेका हुनाले बुझ्न कुनै त्यस्तो अप्ठारो परेको देखिदैन । धेरै जसो कथामा संवादात्मक शैली पनि प्रयोग गएकोले श्रेष्ठका कथा सरल सम्प्रेषणीय छन् ।

४.३.५ सामाजिक यथार्थवादी प्रवृत्ति
कथाकार तुलसीदास श्रेष्ठका कथामा सामाजिक यथार्थवादी विशेषता पनि पाउन सकिन्छ । सामाजिक यथार्थवादी कथामा घट्ना, पात्र, परिवेश आदि समाजबाटै टिपिएका हुन्छन् । ती सवै हामीले देखे भोगेका हुन्छन् । त्यसका साथै त्यसमा कुनै काल्पनिकता हुँदैन । कथाकार श्रेष्ठले हाम्रा समाजमा घटेका घट्नाहरूलाई आफ्ना कथाका विषयवस्तु बनाएका छन् । पात्र एवम् परिवेश पनि क्रमश ः हाम्रै समाज र समाजलाई लिएका छन् । त्यसलाई कुनै बाङ्गो टिङ्गो पाराले होइन सिधै जस्ताको तस्तै समाजलाई उतारेका छन् ।
“चेली रोएको साँझ”मा स्कूल छोडेर पल्टन जाने, त्यो घट्नाले परिवारमा ल्याएको नैराश्य, आफूले मन पराएको केटी अरूसँग हिँड्दा त्यसप्रति रिस गरेर त्यसको हत्या गर्ने जस्ता घट्ना हाम्रा समाजमा जता ततै घटेका, सुनेका देखेका र भोगेका घटना हुन् । यसबाट श्रेष्ठ सामाजिक यर्थाथवादी कथाकार हुन् भनि सजिलै भन्न सकिन्छ ।

४.३.६ विसङ्गतिवादी प्रवृत्ति
कथाकार श्रेष्ठको अर्को विशेषता विसङ्गतिवादी कथा लेखन हो । विसङ्गतिवादी कथामा सोचे जस्तो नहुनु वा गर्न खोजेको गर्न नसक्नु जस्ता घट्नाहरू, अमिल्दा असमान कुराहरू समावेश भएका हुन्छन् । श्रेष्ठका कथामा पनि यी विशेषता पाइन्छन् । उनको “चेली रोएको साँझ” कथामा रमेशले लताले रमेशलाई फिल्म हेर्न जाने प्रस्ताव गर्नु तर लताले सो प्रस्ताव अस्वीकार गर्नु, तिहारमा दाजु घरमै रहेका बेला भाइटीका लगाएर रमाइलो मान्ने रहर दाजुको हत्याको कारण पूरा नहुनु जस्ता विसंगति कथामा पाउन सकिन्छ । त्यसै गरी “माटोको माया” कथामा टुकुई र रन्जितकी आमाले जिमदारले जग्गा हडपेर घर छोड्नु पर्छ भन्दा मर्न चाहेर पनि दुई छोराका कारण मर्न नसक्नु, टुकुईले ‘म’ पात्रसँग आफ्नो पुरानो जग्गामा गएर मर्न पाए हुन्र्थो भन्नु तर त्यहाँ जानसम्म आँट नगर्नु जस्ता सोचाइ र गराइबीच विसङ्गति पाइन्छ । यसरी हेर्दा कथाकार श्रेष्ठलाई विसंगतिवादी कथाकार भन्न सकिन्छ ।

४.३.७ निष्कर्ष
कथाकार तुलसीदास श्रेष्ठको एउटा कथा संग्रह र अन्य विभिन्न पात्र–पत्रिकामा समेत थुप्रै फुटकर कथाहरू प्रकाशित भएका छन् । नेपाली साहित्यमा सामाजिक यथार्थवादी कथा लेखनमा एक ससक्त स्रष्टाका रूपमा श्रेष्ठको नाउँ लिइन्छ । संख्यात्मक रूपमा थोरै कथा भए पनि गुणात्मक हिसाबले श्रेष्ठको कथागत योगदान विशिष्ट रहेको छ । उनका कथामा समाजमा व्याप्त अन्याय, अत्याचार, बेथिति, आँसु, शोषण, दमन, रुढिवादी परम्परा, जस्ता गरीव निरीह जनताले भोगिरहेका परिस्थितिहरूको उल्लेख गरिएको पाइन्छ ।
निम्न वर्गीय पात्रहरूलाई विशेषतः लक्ष्यित गरेर लेखिएका उनका कथाहरूमा सामान्य जनस्तरको भाषाशैलीको प्रयोग छ । उनले सकेसम्म आफ्नै चोखोपनाले भरिएको शुद्ध नेपाली भाषा र लवजको प्रयोग गर्ने प्रयास गर्नुका साथै बोलीचालीको नजिकको अनौपचारिक शैलीको भाषा प्रयोग गरेर कथालाई थप आकर्षण दिएका छन् । नेपाली सामाजिक यथार्थवादी कथाकारको हारमा एक ससक्त कथाकारमा रूपमा कथाकार श्रेष्ठ स्थापित छन् ।

पाँचौ परिच्छेद
चूडामणि रेग्मीको जीवनी, व्यक्तित्व; उनका कथा र कथाकारिता

५.१ चूडामणि रेग्मीको जीवनी र व्यक्तित्व
५.१.१ जीवनी
५.१.१.१ जन्म
साहित्यकार चूडामणि रेग्मीको जन्म वि.स. १९९३ साल चैत्र २९ गते सङ्खुवासभा जिल्लाको वाना भन्ने गाउँमा भएको हो (श्रोतः चुडामणि रेग्मी)। साहित्यकार रेग्मी पिता डिठ्ठा पीताम्बर र माता खिलेश्वरी रेग्मीका एघारौं सन्तान हुन (खतिवडा ः २०६४ ः ६)

५.१.१.२ बाल्यकाल
शिक्षित एवम् सम्पन्न परिवारमा जन्म लिन पुगेका रेग्मीको बाल्यकाल राम्रै लालन पालनमा बितेको देखिन्छ । रेग्मीका पिता अदालतको लेखापढी जान्ने राम्रै आर्थिक अवस्था भएका कारण अनेकांै अभाव र असुविधा बाल्यकालमा उनले भोग्नु परेन । उनको बाल्यकाल आफ्नो जन्म थलोमै बितेको बुझिन्छ । उनले बाल्यकालमा डन्डिबियो, पाङ्ग्रा, कुधुरी, लाप्पा र अलिअलि तास खेलेका थिए । उनले बाल्यकालमै आफ्नै गाउँ, स्याबुन गाउँ, खाँदबारी र दिङ्लामा रुद्री, वेद, चण्डी, लघुकौमुदी आदि अध्ययन गरेका थिए । समग्रमा रेग्मीको बाल्यकाल जन्मथलोमा नै विभिन्न खेलहरु खेल्दै रमाइलोसँग बितेको देखिन्छ । (कार्की, २०६...)

५.१.१.३ विवाह र परिवारिक जीवन
साहित्यकार चूडामणि रेग्मीको विवाह वाल्यकाल मै वि.स. २००६ साल मंसिर २६ गते भएको थियो । (पौडेल ः २०६६ ः ८०८) रेग्मीको विवाह १३ वर्षको कलिलो उमेरमा सङखुवासभाको मादीका चन्द्रशेखर दाहाल र शारदा (पुण्यप्रभा) दाहालकी एक मात्र छोरी ११ वर्षीया वेदकुमारी (१९९५) सँग सम्पन्न भएको हो । (स्रोत – पूर्ववत्) विवाह पश्चात् रेग्मीले दुई वर्ष आधार पाठशालमा हरिप्रसाद भण्डारीकहाँ गुरुकुलीय शिक्षा पढे । (विद्रोही ः२००६ ः ८१३)
उनका सन्तानहरूमा जेठी छोरी रचनाको जन्म २०११ सालमा, माहिली छोरी २०१४, जेठो छोरा प्रदीपको जन्म २०१६, माइला छोरा गगनको २०१८, कान्छी छोरी कोपिलाको २०१९ र कान्छो छोरा हेमन्तको २०२१ सालमा जन्म भएको हो । रेग्मीको परिवार केही वर्ष वाना–विराटनगर गर्दै २०२१ सालमा भने झापाको भद्रपुरका विभिन्न घरमा भाडाको कोठामा डेरा लिएर बस्न थालेको देखिन्छ । त्यही समयदेखि उनको परिवारले भद्रपुरका विभिन्न ठाउँमा डेरा गरी बस्दै २०३६ सालसम्म डेराको कष्टकर १५ वर्ष जीवन बिताएको बुझिन्छ । त्यसपछि भने रेग्मी परिवार हालको चन्द्रगढीस्थित आफ्नै झर्रो नेपाली घरमा स्थायी रूपमा बसोवास गर्दै आएको छ । सन्तानतर्फ तीन छोरी र तीन छोरा र ११ नाति नातिना र जेठी छोरीतर्फ भने ३ पनाति समेत रहेको पाइन्छ । रेग्मीको परिवार सहज रुपमा साधारण तरिकाले चल्दै आएको कुरा चूडामणि रेग्मीकी पत्नी वेदकुमारी बताउँछिन् ।

५.१.१.४ उपनाम
सामान्य ः लेखक साहित्यकारहरूमा आफ्नो वास्तविक नाम नलेखेर उपनाम वा छद्म नाम राख्ने चलन रहेको पाइन्छ । आफू समाजमा सजिलै नचिनिन वा आफूलाइ गोप्य राख्न, आफु सुरक्षित रहन, नाम सजिलो पार्न, एउटै नाम भएकाबाट अलग्ग पहिचान राख्न, जात थर छोप्न, देखासिकी आदि विविध कारणले यसरी उपनाम राख्ने गरेको पाइन्छ । साहित्यकार चूडामणि रेग्मीले पनि आफ्नो पूरा नाम नराखेर उपनाम राख्नुको कारण मुख्य रूपमा राजनैतिक कारण नै रहेको कुरा स्वयम् चूडामणि रेग्मी नै बताउँछन् । साहित्यकार चूडामणि रेग्मीका उपनामहरू चूमरे, ज्ञानी, गफडी, व्यङ्ग्यऋषि, चङ्खे, विद्यार्थी, आराश, रसिक, आदि रहेका छन् । (अधिकारी ः २०६६ ः ६४)

५.१.१.५ रूचि र स्वभाव
मानिस नै पिच्छे रूचि र स्वभाव फरक हुन्छ । चेतनशील साहित्यकार चूडामणि रेग्मीको पनि आफ्नै प्रकारको रूचि र स्वभाव रहेको पाइन्छ । साधारण नेपाली खानपिन तथा पहिरनमा रमाउनु उनको रूचि रहेको छ । त्यसै गरि नयाँ साहित्यकारहरूलाई साहित्य लेखनमा हौस्याउनु उनको रूचिको विषय हो । चित्त नबुझेको कुरामा स्पष्ट हुन खोज्नु, गलत कुराको ठाडै तिरस्कार गर्नु , आफू कहिल्यै ठूलो हुन नखोज्नु उनको स्वभाव स्पष्ट देखिन्छ । त्यसै गरी शोधार्थी तथा विद्यार्थीहरूलाई खुलेर सहयोग गर्नु, छायाँ परेका साहित्यकारलाई प्रकाशमा ल्याउनु, चर्चामा आएका साहित्यकारलाई अझ अगाडि बढाउन विशेषाङ्क निकालेर होस् वा अन्य तरीकाले समेत सहयोग गर्नु साहित्यकार रेग्मीको स्वभाव रहेको छ ।

५.१.१.६ साहित्यिक प्रेरणा
कुनै पनि साहित्यकारले साहित्यसृजनामा प्रवृत्त हुने क्रममा कुनै न कुनै प्रत्यक्ष वा अप्रत्यक्ष प्रेरणा रहेको पाइन्छ । साहित्य एक प्रकारको कला हो । साहित्यमा पनि कुशल सिर्जनाको निमित्त आवश्यक प्रेरणा प्रदान गरेर साहित्यकारलाई साहित्यिक मार्गमा कुशलतापूर्वक डो¥याउने व्यक्तित्व वा कुनै घटना आदि पनि रहेका हुन सक्छन् । यस्ता प्रेरणाप्रद व्यक्ति वा अन्य कुराको पनि उसको साहित्यिक व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका रहेकै हुन्छ । यही प्रेरणाबाट प्रेरित भएर नै कुनै पनि साहित्यकारले आफ्नो सिर्जनात्मक सामथ्र्यको प्रस्तुतीकरणमा गतिशीलता थप्न सक्षम भएको पाइन्छ । साहित्यिक क्षेत्रमा ठूलो अभिरुचि बोकेका साधनारत चूडामणि रेग्मीलाई पनि उनको सिर्जनाको लहरलाई सुव्यवस्थित रूपमा प्रस्तुत गर्न दिशानिर्देश गर्ने अथवा प्रेरणा प्रदान गर्ने केही अग्रज कुशल साहित्यकारहरू, विभिन्न पत्र–पत्रिका र विभिन्न घटनाहरू रहेको पाइन्छ । यस्ता प्रेरणाप्रद कुराहरूमा यी प्रमुख रहेका छन् ः
क) बुवा – आमाको नियमित ‘श्रीमद्भगवद्गीता’ र ‘श्रीमद्भागवत’ पाठ सधैं सुन्ने अवसर
प्राप्त गर्नु ।
ख) आमाले मिठो लयमा रामायण भन्नु । संगिनी त झन राम्रो स्वरले गाउनु ।
ग) संस्कृतका कवि कालीदासको काव्यको प्रभाव पर्नु ।
घ) काठमाडौं देवपतनमा भएको कविगोष्ठी, जसमा महाकवि देवकोटा र महापण्डित राहुल सांकृत्यानको समेत उपस्थिति थियो ।
ङ) वनारसको साहित्यिक वातावरण र तत्काल इलाहावाद वाट छापिने गरेको “हिन्दी कहानी”
पत्रिकाको अध्ययन ।(खरेल ः २०६१)

५.१.१.७ शिक्षादीक्षा
शिक्षित र सम्पन्न परिवारमा जन्म लिन पुगेका साहित्यकार चूडामणि रेग्मीले शिक्षाको आरम्भ घरबाटै गरेका हुन् । रेग्मीले बाल्यकालमा नै आफ्नै गाउँ, स्याबुन गाउँ खाँदबारी र दिङ्गलामा रुद्री वेद, लघु कौमुदी आदि अध्ययन गरेका थिए (कार्की २०३७ ः ६) । उनको शिक्षाको आरम्भ गर्ने काम उनकै घरमै लुवाकोट निवासी श्री डम्बरुबल्लभ भट्टराई (शास्त्री) गुरुबाट भएको पाइन्छ । त्यसपछि तीन चार महिना जति दिङ्गलामा प्रसिद्ध गुरु पं. डिल्ली प्रसाद अधिकारीसँग र खाँदवारीमा गुरु हरिप्रसाद भँडारीसँग गुरुकै घरमा बसी दुई वर्ष जति लघु कौमुदी र रघुवंश आदिको अध्ययन गरेको भेटिन्छ । (श्रोत ः शोधनायक) । व्याकरणको जग बसाउने काम चाहिँ भण्डारी गुरुबाटै भएको थियो (स्रोतः पूर्ववत्) । साहित्यकार रेग्मीले वनारसमा वाराणसेय संस्कृत विश्वविद्यालयबाट १९५४ ई. मा सम्पूर्ण मध्यमा, १९५६ मा शास्त्री र १९५९ इ. मा साहित्याचार्य उत्तीर्ण गरेको देखिन्छ भने बनारसबाटै उत्तर प्रदेश उच्च माध्यमिक शिक्षा परिषदबाट १९६३ ई. मा आई. ए पनि उत्तीर्ण गरेको पाइन्छ (खतिवडा २०६४ ः ७) । त्यसपछि रेग्मीले विराटनगर आएर महेन्द्र कलेज (हाल म.मो.आ.ब. क्याम्पस) बाट वि.ए. केही महिना अध्ययन गरेको देखिन्छ ।

५.१.१.८ पुरस्कार र सम्मान
असल काम गर्ने मानिसलाई अभिपे्ररित गर्नका लागि पुरस्कार तथा सम्मान गर्ने गरिन्छ । नेपाली साहित्यको श्रीवृद्धिका लागि निरन्तर क्रियाशील रहेका बहुआयमिक प्रतिभाका धनी चूडामणि रेग्मीले गरेको असल कार्यको मूल्याङ्कन गरी उनको प्रतिभा र समर्पणको कदर गर्दै उनलाई विभिन्न सामाजिक संघ संस्थाहरूले विभिन्न सम्मान र पुरस्कार प्रदान गरेका छन् । ती सम्मान र पुरस्कारहरूको विवरण यस प्रकार छ –
ज्ञ। नेपाल साहित्य गुठी सम्मान (२०४२)
द्द। पत्रकारिता पुरस्कार (जुही का लागि वि.सं. २०४४ मा शिक्षा मन्त्रालयबाट)
घ। त्रि.वि.वि. सेवा पदक (२०४७)
द्ध। महानन्द पुरस्कार (२०४८)
छ। देवकोटा स्मृति भवन (भद्रपुर) रजत जयन्ती सम्मान (२०५२)
ट। राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३ समाज कल्याण मन्त्रालय)
ठ। गणेश दुवाल + खिलकुमारी प्रतिभा पुरस्कार (वनेपा, काभ्रे, २०५३)
ड। प्रेस काउन्सिल पुरस्कार (२०५४)
ढ। भैरव पुरस्कार (२०५४)
ज्ञण्। बिर्ता जेसिज उत्कृष्ट नागरिक सम्मान र पुरस्कार (२०५४)
ज्ञज्ञ। कनकाई प्रतिभा प्रतिष्ठान सम्मान (सुरुङ्गा, झापा, २०५३)
ज्ञद्द। घनश्याम स्मृति प्रतिष्ठान सम्मान (चन्द्रगढी, २०५४)
ज्ञघ। समता साहित्यिक परिवार, इलाम ‘अभिनन्दन’ (२०५४)
ज्ञद्ध। सिंहदेवी पुस्तकालय, पृथ्वीनगर, झापा, सम्मान (२०५७)
ज्ञछ। वर्तमान साहित्य प्रतिष्ठान, चन्द्रगढी ‘सम्मान’ (२०५७)
ज्ञट। त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी, ‘सम्मान’ (२०५८)
ज्ञठ। महानन्द वाङ्मय मन्दिर विराटनगर–मोरङ्ग अभिनन्दन (२०६०)
ज्ञड। मदन पुरस्कार स्वर्ण वर्ष सम्मान (२०६२)
ज्ञढ। अथक साहित्य साधक, प्रलेस गोरखा ‘सम्मान’ (२०६३)
द्दण्। प्रलेस, सुनसरी ‘अभिनन्दन – सम्मान’ (२०६३)
द्दज्ञ। लेखनाथ पुस्तकालय, चन्द्रगढी ‘सम्मान’ (२०६३)
द्दद्द। रसिक साहित्य प्रतिष्ठान (इटहरी) द्वारा दिपेश पुरस्कार सहित ‘अभिनन्दन’ (२०६४)
द्दघ। डा. नरेन्द्र चापागाई स्मृति पुरस्कार र अभिनन्दन, विराटनगर – मोरङ्ग (२०६४)
द्दद्ध। महेन्द्र सहकारी संस्था लि. काकरभिट्टा ‘सम्मान’ (२०६४)
द्दछ। आमा सेतुलीमाया शाक्य स्मृति सम्मान र पुरस्कार – पोखरा कास्की (२०६४)
द्दट। विदुर इङ्लिस बोर्डिङ्ग हाइस्कूल, रजत जयन्ती सम्मान (२०६४)
द्दठ। साहित्यकार पत्रकार संघ केन्द्रीय कार्यालयद्वारा अभिनन्दन (२०६६)
द्दड। प्रलेस प्रतिभा पुरस्कार (२०६७)
द्दढ। श्रीकृष्णकुमारी मनोरथ नेपाल स्मृति वाणी ‘सम्मान’ (२०६७) प्रकाशन विराटनगर
घण्। ज्ञानगुन प्रकाशन काठमाडौंले विराटनगर उपमहानगर पालिकाको सभाकक्षमा आयोजित समारोहमा ७५ वर्ष प्रवेशको अवसरमा रेग्मीको शुभजन्मोत्सव मनाएको आदि ।

५.१.२ चुडामणि रेग्मीको व्यक्तित्वका विविध पक्ष
५.१.२.१ साहित्यिक व्यक्तित्व
साहित्यकार चूडामणि रेग्मी विद्यार्थी जीवनदेखि नै साहित्यको क्षेत्रमा क्रियाशील रहँदै आएका हुन् । साहित्यका विविध विधामा कलम चलाएका साहित्यकार रेग्मी बहुप्रतिभाशाली स्रष्टा हुन् । उनले कथा, कविता, निबन्ध समालोचना आदि साहित्यका विविध फाँटमा कलम चलाएका छन् । उनका साहित्यक व्यक्तित्वका विविध पक्षहरूलाई निम्न बुँदाहरूमा राखेर चर्चा गर्न सकिन्छ ।

५.१.२.१.१ कथाकार व्यक्तित्व
नेपाली साहित्यका क्षेत्रका अथक साधक चूडामणि रेग्मीले साहित्यका विविध विधाहरूमध्ये कथा विधामा पनि कलम चलाएका छन् । नेपाली कथाका विभिन्न वादहरू मध्ये यथार्थवादी प्रगतिवादी धारामा प्रवेश गरेका रेग्मीको पहिलो प्रकाशित कथा “गोडा भए जुत्ताको के खाँचो” वि.सं. २०१२ सालमा “छात्रदूत” पत्रिकामा प्रकाशित भएको थियो । (तिम्सिना ः २०६६ ः ८, ९) । कथाकार रेग्मीका शुरुका कथाहरू बनारसबाट तत्काल प्रकाशित भएका “छात्रदूत”, ‘छात्रवाणी’, ‘दीपक’, ‘उदय’ आदि पत्रिकाहरूमा प्रकाशित भएका पाइन्छन् । उनले प्रारम्भमा ‘स्वतन्त्रता’, ‘घरानियाँ छोरी’ जस्ता कथाहरू प्रकाशित भएपछि ‘पहिलो यात्रा’ (२०१२) कथा संग्रह प्रकाशित भयो । यसपछि उनको कथाकार व्यक्तित्वले स्पष्ट रूपमा आकार प्राप्त गरेको देखिन्छ । हालसम्म कथाकार रेग्मीको तीनवटा कथा संग्रहहरू प्रकाशित भएको पाइन्छ जसको विवरण निम्न अनुसार छ ।
१. पहिलो यात्रा (२०१२)
२. भुमरी (२०३६)
३. चावी (२०५६)
४. नेपाली कथा साहित्य (सह लेखन) पहिलो संष्करण (२०१४) दोस्रो संस्करण (२०५८) जुही प्रकाशन, चन्द्रगढी, (झापा)
यी तीन कथा संग्रहका अतिरिक्त कथाकार रेग्मीका थुप्रै फुटकर कथाहरू विभिन्न पत्र–पत्रिकाहरूमा प्रकाशित रहेका पाइन्छन् । यिनै कथा संग्रहहरूले उनको कथाकार व्यक्तित्व बनाएको देखिन्छ ।

५.१.२.१.२ कवि व्यक्तित्व
साहित्यकार चूडामणि रेग्मीका विविध साहित्यिक व्यक्तित्वहरूमध्ये एउटा कवि व्यक्तित्व रहेको पाइन्छ । उनको साहित्यिक यात्राको प्रथम प्रकाशित रचना “हामी युवक बढदै छौ” शीर्षकको कविता हो (तिम्सिना ः २०६६ ः १) । यो कविता वि.सं. २०१२ सालमा ‘रहर’ (सामूहिक कविता संग्रह) मा प्रकाशित भएको देखिन्छ जसको सम्पादक बलराम उपाध्याय (बनारस) अनि “जाग बिहान भयो” पनि छात्रदुत (२०१२) मा यसै वर्ष प्रकाशित भएको पाइन्छ (पूर्ववत) । यसरी साहित्यकार रेग्मीको साहित्य यात्राको थालनी “हामी युवा बढदै छौ” भन्ने शीर्षकको कविताबाट शुरु भएर हालका दिनसम्म चलिरहको छ । कविता विधाबाट साहित्य यात्रा थालनी गर्ने रेग्मीले मुक्तकदेखि लघुकाव्यसम्मका कविता रचना गरेको पाइन्छ । रेग्मीलाई कवि व्यक्तित्वका रूपमा चिनाउने कृतिहरू निम्नानुसार रहेको छन् –
१. भावना (लघुकाव्य संग्रह) (२०५०)
२. गजवाष्टक १०८ (हास्यव्यङ्ग्य कविताहरूको संग्रह) (२०५१)
३. यक्षको पोखरा प्रवास (२०६४)
४. अरे ! उदेकलाग्दा कुरा र गजवाष्टक चम्पू (२०५६) का साथै घुमेका कुरा जस्ता निबन्धपरक कृतिमा समेत कविता राखिएका छन् । यसका अतिरिक्त अन्य फुटकर रूपमा रेग्मीका वनारस प्रवासकालीन कविताहरू “रहर”, ‘‘छात्रदूत’’, “छात्रवाणी”, “नौलो पाइलो”, “उदय”, “दीपक”, “उजेली”, “युगज्ञान” र “जुही” जस्ता पत्र–पत्रिकाहरूमा छरिएर रहेका छन् ।
देशभक्ति, सामाजिक उत्थान, अन्धविश्वासमाथि अविश्वास, परिवर्तन र वर्गीय चेतना चूडामणिका काव्य सौन्दर्य हुन् (सुवेदी, २०६६ ः १४०)

५.१.२.१.३ निबन्धकार व्यक्तित्व
साहित्यकार चूडामणि रेग्मीको अर्को महत्त्वपूर्ण व्यक्तित्व निबन्धकार व्यक्तित्व हो । साहित्यका विविध विधामा कलम चलाउदै आएका साहित्यकार रेग्मीले निबन्ध विधामा पनि निक्कै सफलतासाथ कलम चलाएका छन् । वि.सं. २०२२ सालमा “भानु” पत्रिकामा छापिएको “कस्तो अर्ती खानू ?” शिर्षकको निबन्ध लेखेर यस फाँटमा चूडामणि रेग्मी उदाएका हुन् (ढुङ्गेल २०६६ ः ४७२) । निबन्धकार रेग्मीका हालसम्म नौवटा निबन्धसंग्रह प्रकाशित भएका छन् । जसमा रेग्मीका चार यस ३२ वटा निबन्धहरू संकलित छन् । त्यसैगरी रेग्मीका सयौंका संख्यामा विभिन्न पत्र–पत्रिकामा निबन्धहरू प्रकाशित भएका छन् । रेग्मीको सवैभन्दा धेरै निबन्ध संख्या भएको निबन्ध संग्रह “गफाडीका गफ” (२०६३) र सबैभन्दा कम निबन्ध भएको संग्रह “बितेकाहरूको सम्झना” (२०६३) र “चूडामणिका कलममा कमलमणि” (२०६५) हुन् जसमा २१÷२१ वटा निबन्धहरू संकलित छन् । पेज संख्याको हिसाबले सबैभन्दा ठुलो गफडीका गफ (२०६३) र सबैभन्दा सानो बितेकाहरूको सम्झना (२०६३) निबन्ध संग्रह हुन् । यी संग्रहमा क्रमश ः २३२ र ८० पेज रहेका छन् । झापालाई छुने गरी रेग्मीको “साधना” नामको निबन्ध संग्रह २०३० सालमा प्रकाशित भयो । यो निबन्ध संग्रह प्रकाशनका दृष्टिले झापाको पहिलो निबन्ध संग्रह हो (तेराख २०६६ ः ४८५, ४८६) निबन्धकार रेग्मीका हालसम्म प्रकाशित नौवटा निबन्ध संग्रहहरू यस प्रकार छन् –
१. साधना (२०३०)
२. धुनमा धुन (२०३५)
३. घुमेका कुरा (२०५६)
४. गफडीका गफ (२०६३)
५. आँखा र मनका पाइलाहरू (२०६३)
६. बितेकाहरूको सम्झना (२०६३)
७. एउटा छाता दिनु होला है १ (२०६४)
८. मनभित्र र बाहिर
९. चूडामणिका कलममा कमलमणि (२०६५)
रेग्मीको निबन्धकारिताको बारेमा खेम दाहालले मूलतः विचारमा सही, सत्य र साँचो उन्नतिप्रेमी र प्रस्तुतीकरणमा संस्मरण र नियात्रात्मक ढाँचाका प्रयोगकर्ता र शब्द वाक्य प्रकाशनमा झर्रा शब्दको पक्षपाती भएको भनी ठहर गरेका छन् (दाहाल ः २०६६ ः ४७०) । अर्का समालोचक राजेन्द्र सुवेदीले चूडामणि रेग्मी आफ्ना संक्षिप्त अनुभूति र रमरम संवेदनालाई जीवनको परिधीय वृतभित्र समेटेर मानवीय अनुभूति संवेदनाका व्यक्तिगत परिवृतमा प्रस्तुत गर्ने निबन्धकार हुन् भनी मूल्याङ्कन गरेका छन् (सुवेदी ः २०६६ ः ५४६) ।
सग्रमा साहित्यकार चूडामणि रेग्मीको निबन्धकार व्यक्तित्व उर्बर रहेको देखिन्छ । रेग्मीका प्रकाशित नौ वटा निबन्ध संग्रह र अन्य विभिन्न पत्र–पत्रिकामा प्रकाशित फुटकर निबन्धहरूले उनको निबन्धकार व्यक्तित्व उच्च रहेको देखाउँछन् ।

५.१.२.१.४ एकाङ्कीकार व्यक्तित्व
साहित्यका विभिन्न विधामा कलम चलाएका चर्चित साहित्यकार चूडामणि रेग्मीको अर्को व्यक्तित्व एकाङ्कीकार व्यक्तित्व पनि हो । उनका सृजनात्मक अन्य व्यक्तित्वको तुलनामा नाटक एकाङ्कीकार व्यक्तित्व अलिक पछि परेको देखिन्छ । उनका हालसम्म तीनवाटा मात्र एकाङ्कीहरू प्रकाशित भएका पाइन्छन् । ती एकाङ्कीहरू यस प्रकार छन्–
१. गोदामभित्र (२०५४)
२. सपनाको पसल (२०५५) र
३. काजु किसमिस खान देऊ (२०६३)
यी एकाङ्कीहरूमा सामाजिक यथार्थ, समाजका देखिएका विकृति विसंगतिप्रति व्यङ्गय गरेको पाइन्छ भने थोरै पात्रको चयन गर्नुका साथै एकाङ्कीभित्र स्वयम् उपस्थित रहनु र केही नवीनता प्रस्तुत गर्नु जस्ता विशेषता उनका एकाङ्कीमा पाइन्छ (खतिवडा ः ०६४ ः १३) । यसरी यी तीनवटा एकाङ्कीका माध्यमबाट रेग्मीको एकाङ्कीकार व्यक्तित्वलाई पनि चिन्न सकिन्छ ।

५.१.२.१.५ समालोचक तथा समीक्षक व्यक्तित्व
साहित्यका विविध विधामा कलम चलाउने साहित्यकार चूडामणि रेग्मीको अर्को महत्त्वपूर्ण व्यक्तित्व समालोचक व्यक्तित्व हो । समालोचक रेग्मीको समालोचकीय यात्रा वि.सं. २०१३ सालमा वाराणसीबाट प्रकाशित “छात्रदूत” मा सम्पादक बनेर सम्पादकीय लेखेपछि र “दीपक” मासिकमा सन् १९५८ (वि.सं. २०१४) मा (वाराणसीबाट प्रकाशित) “ध्वनि ः एउटा छोटकरी” बाट शुरु भएको हो (तिम्सिना ः २०६६ ः ११) । रेग्मीले कवि हरिभक्त कटुवालको “आकाशका तारा के तारा” कविताबारे गरिएको समालोचना “आकाशका तारा के तारा हेर्दा” (२०१९, उदय, वराणसी), कवि र कविताका बारेमा (आमा, २०१९), मेची अञ्चलमा नेपाली भाषा र साहित्य, एउटा खस्रो विवेचना (युगज्ञान, २०३४) आदि फाटफुट समालोचना सृजना गर्दै पारिजात ः परिचय र मूल्याङ्कन (२०५०) समालोचना संग्रह प्रकाशित गरेपछि भने समालोचनाका क्षेत्रमा विशिष्ट आफ्नो छुट्टै पहिचान बनाएको देखिन्छ । यसरी रेग्मीको पहिलो प्रकाशित समालोचना कृतिको रूपमा पारिजात ः परिचय र मूल्याङ्कन नै रहेको पाइन्छ । कुनै व्यक्ति विशेषको विषय प्रवृत्तिमा आधारित भएर सिङ्गो पुस्तक लेख्ने कार्य रेग्मीले यसै कृतिबाट थालनी गरेको पाइन्छ । पारिजातसम्बन्धी समग्र रूपमा अध्ययन गरिएको पहिलो पुस्तकार कृति वा समालोचनाको पुस्तक पनि यही ठहर्दछ (पोखरेल ः २०६६ ः ५५८) । साहित्यका विभिन्न विधामा कलम चलाउने रेग्मीका हालसम्म पाँचवटा समालोचनाका कृतिहरू प्रकाशित भैसकेका छन् । समालोचक रेग्मीका समालोचनाका कृत्तिहरू यस प्रकार छन् –
१. पारिजात ः परिचय र मूल्याङ्कन
२. कृती र कृति (२०५३)
३. कृती र कृति भाग – १ (२०५६)
४. बाइस समालोचना
५. चिन्तन र समालोचना (२०५९) ।
रेग्मीका माथि उल्लेख भएका समालोचना संग्रहका साथै अन्य फुटकर रूपमा थुप्रै समालोचनाहरू विभिन्न पत्र–पत्रिकाहरूमा प्रकाशित भएका छन् । समालोचक रेग्मीले स्थानीय देखि राष्ट्रिय स्तरका प्रतिभाहरूले सृजना गरेका साहित्यका नाटक, कथा, कविता, निबन्ध आदि विविध विधाहरूको समालोचना गरेका छन् । रेग्मीले व्यक्ति परिचय पनि दिने कार्य गरेका छन् । रेग्मीले समालोचनामा झर्रा शब्दको प्रयोगका साथै उनले प्रस्ताव गरेको वर्णविन्यासअनुसार वर्णहरूको प्रयोग गरेका छन् ।
कोमलप्रसाद पोखरेलका अनुसार कृतिगत अध्ययनका आधारमा समालोचक रेग्मीका विशेषतालाई यस प्रकार सूत्रबद्ध गर्न सकिन्छ –
१. प्रगतिशीलता तथा वस्तुपरकता
२. सूत्रात्मकता र व्यावहारिकता
३. निर्णयात्मकता तथा स्पष्टवादिता
४. व्याख्यात्मकता तथा विश्लेषणात्मकता
५. अन्वेषणात्मकता तथा प्रभाववादिता (पोखरेल २०५७ ः भूमिका ः ६)
समग्रमा नवप्रतिभाहरूलाई प्रेरणा दिने, स्थानीय प्रतिभाहरूको सराहना, पछि परेका साहित्य साधकलाई हौस्याउने, स्थापित प्रतिभाहरूको गुणगान गाउने, राष्ट्रिय प्रतिभाहरूका विषयमा परिचय गराउने खालका समालोचनाहरू नै रेग्मीका प्राप्ति हुन् (तिम्सिना ः २०६६ ः १२)

५.१.२.१.६ भाषा व्याकरणविद् व्यक्तित्व
साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकार चुडामणि रेग्मीको अर्को महत्त्वपूर्ण व्यक्तित्व भनेको भाषा व्याकरणविद् व्यक्तित्व हो । रेग्मीको यो व्यक्तित्व निक्कै उर्बर रहेको पाइन्छ । रेग्मीका अरु सबै विषयमा चर्चा गरे पनि भाषागत सेरोफेरोभित्र नपसेसम्म साहित्यकार रेग्मीबारेको अध्ययन अपुरो रहन्छ । बनारसमा अध्ययन गर्दा गर्दै ‘झर्रोवाद’ को सूत्रपात गर्ने एउटा विद्यार्थी समूहभित्र रहेर जुन आन्दोलन चलाए त्यसमा चूडामणि रेग्मीको महत्त्वपूर्ण भूमिका रहेको थियो । चूडामणि रेग्मीले अझै यस वादलाई कछुवाको तालमा डो¥याइरहेका छन् । उनले आफ्नो घरलाई समेत ‘झर्रो नेपाली घर’ नामाकरण गरेर झर्रोवादी आन्दोलनलाई अझ झर्रो रूप दिएका छन् । नेपाली भाषालाई हिन्दी तथा अन्य विदेशी भाषाको प्रभाव र थिचोमिचोबाट जोगाउन प्रारम्भ गरिएको ‘झर्रोवादी’ आन्दोलन (२०१३) का नेतृत्वकर्ताहरू बालकृष्ण पोखरेल, डा. तारानाथ शर्मा, डा. बल्लभमणि दाहाल, कोशराज रेग्मी, माधव भँडारी, पोषराज निरौलाहरूसँग सँगै प्रारम्भदेखि नै सङ्घर्षरत रहेर अगाडि बढेका यी आन्दोलनकारीले लेखक्यौली, सम्पादक्यौली, पोस्तक, मानिला, गुरु जस्ता ठेट नेपाली शब्दहरू प्रयोगमा ल्याएर यस आन्दोलनलाई सार्थक तुल्याएका छन् ।
जतिसुकै खरो र टर्रो लागे पनि नेपालीपनले ओतप्रोत झर्रोपनको स्पर्श नभएको नेपाली भाषा, नेपाली भाषा नै होइन भन्ने उनको नेपाली भाषासम्बन्धी मान्यता रहेको पाइन्छ (स्रोत ः चूडामणि रेग्मी) । नेपाली गन्ध आओस भनेर रेग्मीले ‘जूही’ लाई ‘जुही’ पारेका छन् । संस्कृतको वर्चस्व र अंग्रजीको हैकम अनि हिन्दीको थिचोमिचो नेपाली भाषामा रहनु हँुदैन भनी सधै कुर्लिने रेग्मी नेपाली भाषाको आफ्नोपन छ र त्यसै अनुरूप व्याकरण लेखिनुपर्छ भन्दै आएका छन् । त्यसै गरी समय समयमा भाषासम्बन्धी हुने विभिन्न ठाउँका विभिन्न गोष्ठीहरूमा समेत यी आवाजहरू रेग्मीले उठाउदै आएको पाइन्छ । रेग्मीका भाषापरक शब्द वाक्यपरक चर्चा गरिएका लेखहरू ‘गरिमा’, ‘युगज्ञान’ जस्ता विभिन्न पत्र–पत्रिकाहरूका साथै पुस्तकाकार रूपमा पनि प्रकाशित भएको पाइन्छ ।
चूडामणि रेग्मीको भाषा व्याकरणविद् व्यक्तित्व उनका भाषिक रचनाहरू त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रद्वारा आयोजित हुने गरेको नेपाली विषयक अभिमुखीकरण गोष्ठीका सहभागी तथा विशेषज्ञका रूपमा सहभागी हुन थालेपछि सशक्त रूपमा देखा पर्न थालेको हो । त्यसो त ‘युगज्ञान’ पत्रिकामा रेग्मीका “नेपाली भाषाका उल्लेखनीय विशेषता” शीर्षकको भाषिक लेख जस्ता केही लेखहरू अगाडि नै पनि प्रकाशित भएको देखिन्छ (खतिवडा ः २०६४ ः १४) भाषा – व्याकरणविद् रेग्मीका हालसम्मका तीनवटा भाषा – व्याकरण विषयक पुस्तकहरू प्रकाशित भएको देखिन्छ । ती पुस्तकहरू यस प्रकार छन् –
१. नेपाली टुक्काहरूको अध्ययन (२०२१)
२. नेपाली भाषा र व्याकरणका केही विषय केही छलफल (२०५२) र
३. तत्सम शब्दहरूको वर्णविन्यास (२०५३)
रेग्मीको पछिल्लो भाषा व्याकरणसम्बन्धी कृति “तत्सम शब्दको वर्णविन्यास” त्रि.वि. पाठ्यक्रम विकास केन्द्रले २०४९ सालमा नेपालगञ्जमा आयोजना गरेको अनिवार्य नेपाली विषयको गोष्ठीमा प्रस्तुत गर्न तयार पारिएको कार्यपत्रको संशोधिन एवम् परिवद्र्धित रूप हो (खतिवडा २०६४ ः १४) । यसरी साहित्यकार रेग्मीले भाषा व्याकरणसँग सम्बन्धित विभिन्न पत्र–पत्रिकाहरूमा लेख प्रकाशित गरेर भाषा व्याकरण विषयका तीनवटा कृतिहरू प्रकाशित गरेर आपूmलाईभाषा–व्याकरणविद् व्यक्तित्वको रूपमा स्थापित गराएका छन् ।
भाषा–व्याकरणविद् चूडामणि रेग्मीको अभिमत भाषामा बोलाइ र लेखाइमा एकरूपमा होस भन्ने रहेको छ (तिम्सिना ः २०६६ ः ९) । उनले नेपाली ‘वर्ण विन्यास’ का बारेमा आधुनिक कम्प्यूटरसँग मेल खाने ढङ्गले वर्णविन्यास गरिनु पर्छ भनेर प्रस्ताव गरेका छन् (पूर्ववत) । यस मामलामा रेग्मी एक्लै भए पनि आफ्नो प्रस्तावमा हालसम्म अडिग छन् । नेपाली लेखनमा रेग्मीले नयाँ वर्णविन्यास (नञा वर्ण विन्यास) लाई प्रस्तावित वर्ण विन्यासका नाममा प्रस्तुत गरेका छन् । उनको यो प्रस्तावको विषयमा सकारात्मक – नकारात्मक दुवै थरिका टीका – टिप्पणीहरू पनि भएको छन् । यसरी रेग्मीले प्रस्तुत गरेको प्रस्तावित वर्णविन्यास प्रति मिश्रित प्रतिक्रियाहरू आएका पाइन्छन् । यसरी नेपाली भाषामा रेग्मीले प्रस्ताव गरेको वर्णविन्यास बहसको विषय बनेको पाइन्छ । कतिपयले यसलाई बैज्ञानिक मानेका छन् भने कतिपयले यसलाई नेपाली भाषामा अनावश्यक ठानेका छन् ।
भाषा व्याकरणविद् चूडामणि रेग्मीले प्रस्ताव गरेको नयाँ वर्णविन्यासका मुख्य बुँदा निम्न लिखित रहेका छन् ।
क) स्वर वर्णमा ऋ को सारो रि लेख्ने ।
ख) साझाको झ लेख्ने, गोरुसिङ्गे ञ, व वर्णको प्रयोग गर्ने ।
ग) आधा र् को प्रयोगमा जोड दिने ।
घ) रु, रू को साटो रु, रू को प्रयोग नगर्ने ।
ङ) तद्भव र आगन्तुक शब्दका अ, अू (कहीं अपवाद राखी दीर्घ लेख्ने)
च) यथासम्भव सबै शब्द अलग्ग लेख्ने (हिन्दी झै)
छ) ङ, ञ, ण, न, म, को साटो सिरबिन्दुको प्रयोग नगर्ने ।
ज) क्रिया र केही अपवाद शब्द बाहेकका शब्दका अन्तमा खुट्टा नकाट्ने ।
झ) तत्सम शब्दको यथावत् प्रयोग बारे विचार गर्ने । आदि
भाषा – ब्याकरणविद् व्यक्तित्व रेग्मीले प्रस्तुत गरेको नयाँ वर्णविन्यासलाई उनले ‘जुही’, ‘यथार्थ कुरा’ जस्ता पत्र–पत्रिकाहरूमा आफूले प्रकाशित गरेका पुस्तकहरूमा तथा अन्य फुटकर लेखहरूमा प्रस्तुत गरेको पाइन्छ ।
यसरी नेपाली भाषा र व्याकरणको लामो अध्ययन, अध्यापनको अनुभवबाट र धेरै विद्वानहरूका विचारहरूलाई समेत समेट्दै प्रस्ताव गरिएको नयाँ वर्ण विन्यास रेग्मीको लामो भाषा साधनाको उपज रहेको देखिन्छ । वि.सं. २०१३ सालको झर्रोवादी आन्दोलनबाट प्रभावित भएर थालनी भएको रेग्मीको भाषा एवम् व्याकरण सम्बन्धी लेखन र चिन्तन कार्य हालका दिनमा पनि क्रियाशील नै रहेको पाइन्छ । समग्रमा साहित्यकार रेग्मीको भाषा–व्याकरणविद् व्यक्तित्व स्थानीय तहमा मात्र सीमित नरहेर राष्ट्रिय स्तरमा नै उल्लेखनीय रहेको छ । यसरी रेग्मीको भाषा तथा व्याकरणविद् व्यक्तित्व उच्च रहेको पाइन्छ ।

५.१.२.१.७ पत्रकार व्यक्तित्व
साहित्यकार चूडामणि रेग्मीका विविध व्यक्तित्वमध्ये पत्रकार व्यक्तित्व पनि एउटा महत्त्वपूर्ण व्यक्तित्व हो । पत्रकार रेग्मीको पत्रकार व्यक्तित्वको थालनी वनासरमा अध्ययन गर्ने तत्कालीन नेपाली छात्र समुदायको वार्षिक मुखपत्र छात्रदूत (२०१३) बाट भएको हो भने हालका दिनमा पनि रेग्मी पत्रकारिता पेशामा नै रही आएका छन् । हालसम्म पत्रकार रेग्मीले सम्पादन गरेका पत्रिकाहरू यस प्रकार छन् –
क) छात्रदूत (वाराणसेय संस्कृत छात्र परिषदको वार्षिक मुखपत्र (२०१३))
ख) छहारी (विराटगरबाट निस्कने द्वैमासिक, २०१५ को सम्पादन)
ग) जनवार्ता (विराटनगरबाट निस्कने दैनिक पत्रिका, २०२०)
घ) मोती (साहित्यिक सामयिक संकलन, २०२३)
च) कस्तुरी (२०२४, को सहसम्पादन)
छ) धारा (मेची महाविद्यालयको वार्षिक मुखपत्र, २०२४)
ज) अध्ययन (मेची महाविद्यालयको वार्षिक मुखपत्र, २०३६)
झ) युगज्ञान (साप्ताहिक समाचार पत्र, २०२६– २०४८)
ञ) जुही (साहित्यिक त्रैमासिक २०३८ – हालसम्म)
ट) यथार्थ कुरा (पाक्षिक साहित्यिक समाचार पत्रिका, २०५२– ०६२)
यसरी वनारसकालीन विद्यार्थी अवस्थामा नै छात्रदूत पत्रिकामार्फत पत्रकारिता गरेर साहित्यकार रेग्मीले अखबारी पत्रकारिता र साहित्यिक पत्रकारिताका दुवै क्षेत्रमा हात हालेको देखिन्छ । ती दुई क्षेत्रमध्ये रेग्मीले साहित्यिक पत्रकारिता क्षेत्रमा धेरै काम अघि बढाएको पाइन्छ । यसरी विभिन्न पत्र–पत्रिकाको सम्पादन गरेर हालसम्म रेग्मीले ‘जुही’ का २८ वटा विशेषाङ्क र “यथार्थ कुरा” का एघार वटा विशेषाङ्कहरूको समेत सम्पादन गरिसकेका छन् । त्यसै गरी उनले थुप्रै पुस्तकहरूको पनि सम्पादन गरेको पाइन्छ । यसरी विभिन्न पत्र पत्रिका, विशेषाङ्कहरूका साथै पुस्तकहरूको सम्पादन गर्ने रेग्मीको पत्रकार व्यक्तित्व झापामा मात्र सीमित नभएर नेपाल भारतसम्म पुगेको देखिन्छ । समग्रमा रेग्मीको पत्रकार एवम् सम्पादक व्यक्तित्व निक्कै उच्च रहेको पाइन्छ ।

५.१.२.१.८ प्रेरक व्यक्तित्व
साहित्यकार चूडामणि रेग्मीको अर्को महत्वपूर्ण व्यक्तित्व भनेको प्रेरक व्यक्तित्व पनि हो । साहित्यकार रेग्मी आफू मात्र साहित्यिक रचनाको सृजना गर्दैनन् अरूलाई पनि साहित्य सृजना गर्न हौसला दिन्छन् । सादा जीवन उच्च विचारमा विश्वास गर्नु आफ्नो मूल्याङ्कन होस् वा नहोस् अरूका लागि रातदिन चिन्तित रहन्छन् । रेग्मी घर घरमा गएर नयाँ नयाँ पुस्तक तथा पत्रिका पढ्न दिन्छन् र पहिले दिएको पुस्तक पत्रिका फिर्ता लिएर नयाँ दिँदै साहित्य लेखनमा प्रवेश नगरेकालाई साहित्य लेखनमा प्रवेश गराउँछन् । स्थापित साहित्यकारहरूलाई अझ ऊर्जाशील बनाउने, छायामा परेका र हराएका प्रतिभालाई जनसमक्ष ल्याई पुनः सक्रिय बनाउने र नव प्रतिभालाई परिचित गराउने उनको स्वभाव नै हो । पत्रिकाका विभिन्न विशेषाङ्क प्रकाशित गरी छायामा परेका वा पारिएका व्यक्तिलाई उकासेर आफ्नो कार्यका लागि उत्प्रेरित गर्नु पनि रेग्मीको प्रेरक कार्य हो । त्यसैगरी नेपालका विभिन्न स्थानमा साहित्यिक सद्भाव यात्रा गराई साहित्यकारहरूलाई परिचित गराई साहित्य लेखनमा हौसला दिनु पनि रेग्मीको उत्प्रेरक कार्य नै मानिन्छ । त्यसैगरी साहित्यिक कार्यक्रमको आयोजना गरेर साहित्य लेखनमा हौसला प्रदान गर्नु साहित्यकार रेग्मीको अर्काे महत्त्वपूर्ण प्रेरक कार्य हो । त्यसैले यस्ता साहित्यिक कार्यमा रात–दिन निरन्तर लागि परेका कारण रेग्मीलाई पूर्वका मोतीराम एवम् झापाका आधुनिक मोतिराम (भट्टराई ः २०६६ ः २१२) समेत भन्ने गरेको पाइन्छ । रेग्मीका माथि उल्लेख भएका कार्यबाटै उनको उत्प्रेरक व्यक्तित्व उच्च रहेको पाइन्छ ।

५.२ कथाकार चूडामणि रेग्मी र उनका कथाहरू
५.२.१ कथाकार चूडामणि रेग्मी
कथाकार चूडामणि रेग्मीले नेपाली कथा लेखनको क्षेत्रमा विद्यार्थी जीवनदेखि हात हालेका हुन् । उनले नेपाली कथा लेखनको क्षेत्रमा २०१२ सालमा ‘छात्रदूत’ पत्रिकामा “ गोडा भए जुत्ताको के खाँचो” शीर्षकको कथा प्रकाशित गरेपछि प्रवेश गरेका हुन् । उनका अहिलेसम्म पहिलो यात्रा (२०१२), भुमरी (२०३६) र चावी (२०५६) नेपाली कथा साहित्य (२०१४) (सह लेखन) गरी चारवटा कथा संग्रह प्रकाशित भैसकेका छन् । यी कथा कृतिहरू बाहेक विभिन्न पत्र–पत्रिकाहरूमा थुप्रै फुटकर सृजनाहरू पनि छरिएर रहेका छन् । यस अध्ययनमा ‘चावी’ (२०५६) कथा संग्रहको सामान्य समीक्षा गरी यसै संग्रहमा संकलित ‘चावी’ कथामा मात्र विस्तृत अध्यययन गरी उनको कथाकारिताको निरूपण गर्ने प्रयास गरिन्छ ।

५.२.२ चावी (२०५६) कथा संग्रहको परिचय
कथाकार चूडामणि रेग्मीको हालसम्मकै पछिल्लो प्रकाशित ‘चावी’ (२०५६) कथा संग्रहकी प्रकाशिका श्रीमती वेदकुमारी रेग्मी रहेकी छिन् । यस कथा संग्रहभित्रको पहिलो क्रममा रहेको ‘चावी’ कथाको शीर्षकलाई नै पुस्तकको शीर्षक बनाइएको छ । यसबाट कथाकारले यसै कथालाई यस संग्रहको प्रतिनिधि कथाको रूपमा लिएको स्पष्ट हुन्छ । यस कथा संग्रहमा कथाकार रेग्मीका जम्मा बाह्र कथाहरू संकलित रहेका छन् । कथाकार रेग्मीका प्रायः जसो सबै कथाहरू छोटा छरिता छन् । एकै बसाइमा सजिलै पढ्न सकिन्छ । सामाजिक, आर्थिक र राजनीति विषयवस्तु भएका कथाहरू यस कथा संग्रहमा संकलित छन् । उनका यस कथा संग्रहका प्रायः सबै कथाहरूमा प्रगतिवादी, चनाखा पात्र छन् (ढकाल ः २०६६ ः ३९३) । प्रगतिवादी दृष्टिकोणमा आस्था राख्ने रेग्मीमा समाजको अग्रगामी परिर्वतनको कामना छ ।
उनको ‘चावी’ कथा संग्रहभित्रका कथामध्ये ‘चावी’ र सानो प्राणी मनोवैज्ञानिक कथा हुन् । ‘चावी’ कथामा चावी हराएको घटना ल्याएर चावी कसले चो¥यो भन्ने प्रसङ्गमा घरमा सबै सदस्यले नोकरमाथि शंका उपशंका गरेका छन् । त्यसैगरी सानो प्राणी कथामा नोकर हर्केले सानामा देखेको बाघलाई दुरुस्त रातोदिन पिट्ने मालिक जस्तै देखेर भागेको घटना देखाई बाल मनोविज्ञानको प्रयोग गरिएको छ । “बुढीको मृत्यु” कथामा बुढीलाई पञ्चायती व्यवस्थाको रूपमा हेरी उसको मृत्यु भएपछि पञ्चायत व्यवस्थाको अन्त्य भएको मानिएको छ । त्यसैगरी कथालाई प्रगतिवादी कथा पनि भन्न सकिन्छ । त्यस्तै “चामे झोक्राउँछ” कथामा चामेलाई जेल हालेको घटनाबाट प्रगतिवादी कथा बन्न पुगेको छ । त्यसैगरी यो “यो आततायी हो” र “मोतीराम एक्लै रुन्छ” कथाकार स्वयम्ले भोगेका घटनामा आधारित कथा हुन् । यो कथाका पात्रहरू क्रमशः मोतीराम र यात्रु स्वयम कथाकार रेग्मी नै हुन् । “जङ्गे मास्टरको लभ” कथा जङ्गेको एकतर्फी प्रेमको बारेमा लेखिएको कथा हो ‘अभिशाप’, ‘यो एउटा उजाड थलो’, ‘घर फिर्ती’ सामाजिक यथार्थवादी कथा हुन् (ढकाल ः २०६६ ः ३९९)

५.२.३. ‘चावी’ कथाको अध्ययन
५.२.३.१ कथानक
कथाकार चूडामणि रेग्मीको प्रकाशित सबैभन्दा पछिल्लो कथा संग्रह ‘चावी’ हो भने यस संग्रहमा संकलित पहिलो कथा पनि ‘चावी’ हो । प्रस्तुत कथा चावी हराएको विषयलाई लिएर लेखिएको झिनो कथानक भएको कथा हो । यो कथाको मुख्य पात्र कथाकार बाहिर खाटमा बसेर केही सोचिरहेको हुन्छ । त्यत्तिकैमा भित्रबाट उजुर सुन्नुहोस् कथाकार ज्यू भन्दै उसकी श्रीमतीको आवाज आउँछ । कथाकारलाई नरमाइलो लाग्छ । फेरि ऊ सोच्न थाल्दछ ‘पुरानो घर छोडे, आर्जनलाई बढाउन लत बसाइनँ र मेरो भरे र अहिलेको पढाइ लेखाइ हो । फेरि कथाकारकी श्रीमती मन्छे म मरिसकें सुन्नु हुन्न । कथाकार एउटा रिसको न खुशीको अप्ठ्यारोपनको अनुभव गर्दै भन्छ – के अप्ठारो प¥यो ? यसपछि कथाकारले श्रीमतीबाट पाँचैपट्टीका साँचा हराएको थाहा पाउँछ । श्रीमतीले खोइ ! कस्तो पारा यो सुनिदिनु त पर्छ भनेपछि कथाकार जुरुक्क उठेर कोठाभित्र पस्छ । उसले कोठाभित्र श्रीमती छक्क परेर बसेको देख्छ । श्रीमतीले कथाकारलाई राखेको ठाउँमा साँचो छैन भन्छे । कथाकार साँचो कसले लग्यो भनेर खोजतलास गर्न थाल्छन् । साँचो खोजने क्रममा कहिले नोकरमाथि कहिले जहान छोरा छोरीमाथि शंका गर्छ । उसले यस क्रममा शंका गरिएका सबैसँग सोधीखोजी गर्छ तर कसैले साँचो लगेका बताउँदैनन् । सबै छोरा छोरी र नोकर त्रसित छन् । कथाकार कहिले सिस्नु पानी लाउँछु, त कहिले कुटूँ कि ? बानूँ कि ? फकाऊँ कि ? त्यस्तै होस् कि ? भनेर श्रीमतीसँग सल्लाह माग्छ । एक दिन त्यही कथाकार श्रीमतीले आफू छोराछोरीसँग नसक्ने भएँ भनी खटपटिंदा “बालककाल यस्तो हो के गछ्र्यौ त भन्न पुग्छ । यसरी कथाकार रेग्मीले यो कथाको अन्त गरेका छन् ।

५.२.३.२ चरित्र चित्रण
क) कथाकार
कथाकार प्रस्तुत कथाको केन्द्रीय चरित्र हो । उसैको चरित्रको सेरोफेरोमा कथानक अघि बढेको छ । ऊ लिङ्गको आधारमा पुरुष चरित्र हो । ऊ आफ्नो घरको अभिभावक चरित्र पनि हो । कथाको विचारमा परिवर्तन आएकोले विचारका आधारमा ऊ गतिशील चरित्र हो । उसले घरमा नोकर राखेबाट ऊ एउटा मालिक चरित्र हो । आज भरेको कार्य पढाइ – लेखाइ हो भनेबाट ऊ एउटा साक्षर पात्र हो । कथाकार शुरुदेखि अन्त्यसम्म देखा परेको र कथाका अन्य पात्रसँग संवाद गरेको कार्यबाट ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । उसलाई कथाबाट हटाउँदा कथानकमा ठूलै असर पर्छ । त्यसैले ऊ कथाबाट हटाउन नमिल्ने बद्ध चरित्र हो । कथाकारले प्रस्तुत कथाभित्र कुनै नराम्रो कार्य गरेको देखिदैन । त्यसैले ऊ प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो । सबै अभिभावकलाई चावी हराएर यो समस्या बेहोर्नु पर्दैन, त्यसैले जीवन चेनताका आधारमा ऊ व्यक्तिगत चरित्र हो । समग्रमा ऊ प्रमुख, पुरुष केन्द्रीय, साक्षर मञ्चीय, व्यक्तिगत अनुकूल चरित्र हो ।

ख) श्रीमती
श्रीमती प्रस्तुत कथामा स्त्री चरित्र हो । कार्यका आधारमा ऊ प्रमुख चरित्र हो । ऊ कथाको शुरुदेखि अन्तसम्म कथामा देखा परेकी छ र उसले कथाकारसँग संवाद गरेको देख्न सकिन्छ । त्यसैले ऊ यस कथाकी मञ्चीय चरित्र हो । उसले कथामा महत्त्वपूर्ण भूमिका खेलेकी छे । त्यसैले ऊ कथाबाट हटाउन नमिल्ने बद्ध चरित्र हो । जीवन–चेतनाका आधारमा ऊ व्यक्तिगत चरित्र हो । उसको स्वभावमा कुनै परिवर्तन आएको छैन । त्यसैले ऊ स्वभावका आधारमा गतिहीन चरित्र हो । ऊ चावी खोज्ने कार्यमा पूर्ण रूपमा लागेकी छे । त्यसैले प्रवृत्तिका आधारमा ऊ यो कथाकी अनुकूल चरित्र हो । यसरी समग्रमा ऊ प्रमुख , स्त्री मञ्चीय, बद्ध, गतिहीन, अनुकूल, व्यक्तिगत चरित्र हो ।

ग) ठूली छोरी
कथाकारकी ठूली छोरीका रूपमा प्रस्तुत कथामा आएबाट ऊ लिङ्गका आधारमा स्त्री चरित्र हो । आमा–बावुले चावी खोज्ने क्रममा मैले देखिन भनेर सहयोग गरेबाट ऊ कार्यका आधारमा सहायक चरित्र हो । उसले कथाकारसँग संवाद गरेबाट ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । उसलाई कथाबाट हटाउन नमिल्ने भएबाट ऊ बद्धतामा आधारमा बद्ध चरित्र हो । उसमा वर्गीय चरित्र पाइँदैन । तसर्थ, जीवनचेतनाका आधारमा ऊ एउटा व्यक्तिगत चरित्र हो । उसले कथामा कुनै नकारात्मक कार्य नगरेकाले प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो । कथाको शुरुदेखि अन्त्यसम्म उसको स्वभावमा कुनै विचलन छैन । त्यसैले ऊ गतिहीन चरित्र हो ।
समग्रमा ऊ स्त्री, सहायक, मञ्चीय, बद्ध, गतिहीन र अनुकूल चरित्र हो ।

घ) काइली छोरी (कमला)
कमला कथाकारकी काइली छोरीका रूपमा कथामा आएबाट लिङ्गका आधारमा ऊ स्त्री चरित्र हो । कथकारको प्रश्नको उत्तर दिन कथामा देखा परेकीले ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । चावी खोज्नमा उसले सहयोग गरेबाट ऊ आबद्धतामा आधारमा बद्ध चरित्र हो । कथामा कुनै नकारात्मक कार्य नगरेको हुँदा प्रवृत्तिका आधारमा ऊ अनुकूल चरित्र हो । कथामा उसको स्वभावमा कुनै परिवर्तन नआएकोले ऊ गतिहीन चरित्र हो । उसले कथाभित्र कुनै पनि वर्गको प्रतिनिधित्व गरेको पाइदैन त्यसैले ऊ जीवन चेनताका आधारमा व्यक्तिगत चरित्र हो ।
यसरी समग्रमा ऊ यस कथाकी स्त्री, सहायक, मञ्चीय, अनुकूल, बद्ध, गतिहीन, व्यक्तिगत चरित्र हो ।

ङ) हर्के
हर्के लिङ्गका आधारमा पुरुष चरित्र हो । यसको कथामा कथाकार र कथाकारकी श्रीमतीको भन्दा कम भूमिका भएकोले कार्यका आधारमा ऊ यस कथाको सहायक चरित्र हो । ऊ कथामा कथाकारको नोकरको रूपमा आएको छ । अरूको घरमा नोकर गरी बस्नेहरूको प्रतिनिधित्व उसले गरेकोले ऊ जीवन चेतनाका आधारमा वर्गीय चरित्र हो । हर्के र कथाकारको संवाद भएबाट मञ्चमा देख्न सकिने हर्के आसन्नताका आधारमा मञ्चीय चरित्र हो । उसलाई कथाबाट हटाउन नमिल्ने भएकोले ऊ आबद्धताका आधारमा बद्ध चरित्र हो । हर्केले कथामा कुनै नकारात्मक कार्य गरेको पाइँदैन । त्यसैले ऊ प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो । हर्केको स्वभावमा कुनै परिवर्तन नआएकोले स्वभावका आधारमा ऊ गतिहीन चरित्र हो ।
यसरी समग्रमा, ऊ नोकर, पुरुष, मञ्चीय, सहायक, वर्गीय बद्ध, अनुकूल र गतिहीन चरित्र हो ।

च) ठूले
ठूलो कथामा कथाकारको ठूलो छोराको रूपमा देखा परेकोले ऊ लिङ्गका आधारमा पुरुष चरित्र हो । ऊ कार्यका आधारमा सहायक चरित्र हो । ठूलेले कथाकारको प्रश्नको उत्तर दिएको घट्ना देख्न सकिने भएकोले ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । ठूलेको स्वभावमा कुनै परिवर्तन आएको पाइदैन । त्यसैले ऊ स्वभावका आधारमा गतिहीन चरित्र हो । कथाबाट उसलाई हटाउन नमिल्ने भएकाले आबद्धताका आधारमा ऊ बद्ध चरित्र हो । उसले कान्छी बहिनीलाई पिटेको छ । त्यसैले प्रवृत्तिका आधारमा ऊ यस कथाको प्रतिकूल चरित्र हो ।
यसरी समग्रमा ऊ पुरुष सहायक, मञ्चीय, गतिहीन, बद्ध र प्रतिकूल चरित्र हो ।

५.२.३.३ संवाद
प्रस्तुत कथामा संवाद निक्कै सशक्त रूपमा आएको छ । कथाको सम्पूर्ण कथानकलाई संवादले नै डो¥याएको छ । कथाको थालनीमा कथाकारले केही सोच्दै गरेको समयमा श्रीमतीको उजुरीबाट शुरु भएको संवाद अन्त्यसम्म नै रहेको छ । यो कथामा संवाद प्राणको रूपमा आएको छ । प्रस्तुत कथामा कथाकार र श्रीमतीबिच, कथाकार र ठूली छोरीबीच, कथाकार र ठूलेबीच, कथाकार र नोकर (हर्के) बीच संवाद भएको देखिन्छ । यस कथामा प्रयोग भएका संवाद छोटा–छरिता, पात्र र विषय अनुकूल रहेको पाइन्छ । यस कथामा प्रयोग भएको संवाद अर्थपूर्ण, सारपूर्ण, प्रभावपूर्ण रहेको पाइन्छ । कथाभित्रबाट केही उदाहरण हेरौं ः
कथाकार र श्रीमतीबीचको संवाद
खोइ ! कस्तो पारा यो सुनिदिनु त पर्छ ।! अलिकति उद्वेगपूर्ण भनाइले कथाकार जुरुक्क उठ्यो र भित्र पस्यो । देख्यो श्रीमती छक्क परेर बसेकी छ ।
“ के भयो ? ”
“उ त्यहाँ साँचो राखेको, छैन ।”
“कसले लग्यो ?”
“खै के भनूँ ।” श्रीमती भन्दै थिई ।

५.२.३.४ परिवेश
कथाकार बाहिर खाटमा सोच्दै थियो र श्रीमतीको उजुरी सुन्न कोठाभित्र पसेबाट एउटा घर परिवार नै मुख्य स्थानगत परिवेशको रूपमा आएको देखिन्छ । ठूले धान बोक्न मेचीनदीतिर गएबाट एउटा ग्रामीण समाज पनि यो कथामा परिवशेको रूपमा आएको छ । कथाकारले घरमा नोकर राखेको र ठूलो छोरो (ठूले) धान बोक्न मेचीनदीतिर गएबाट निम्न मध्यम वर्गीय परिवारिक परिवेश पनि प्रस्तुत कथामा परिवेशको रूपमा आएको छ । कथामा चावी हराएपछि कथाकारमा तनाव बढ्छ र ऊ कहिले छोरा छोरीलाई त कहिले नोकर हर्केलाई शंका गर्छ भने छोरा छोरी र नोकर हर्के भने कथाकारले चावी हराएको बेलामा प्रश्न गर्दा त्रसित हुन्छन् । यसरी यस कथामा कथाकारको र छोरा छोरी तथा नोकरको मनोवैज्ञानिक पक्षको परिवेश पनि आएको छ । समग्रमा चावी हराएको कथाकारको घर परिवार, चावीको घरमा कोठामा भएको खोजतलास, मानसिक शंका, उपशंका, त्रास, उकुस मुकस भएको बाह्य तथा आन्तरिक परिवेश कथामा आएको छ । प्रस्तुत कथामा बाह्यभन्दा आन्तरिक परिवेश सशक्त र प्रभावकारी रूपमा आएको छ ।

५.२.३.५ भाषाशैली
संवादात्मक शैलीमा लेखिएको प्रस्तुत कथामा ठाउँ ठाउँमा कथारेखाले निश्चित गति पक्रन्छ । र त्यो गति क्रमिक रूपमा अघि बढेको देखिन्छ । त्यसैले यो कथा रैखिक शैलीमा अघि बढेको देखिन्छ । कथाभित्र छोटा छोटा वाक्यहरूको प्रसस्तै प्रयोग गरिएको छ । जल्दी, साइकोलोजी, जस्ता आगन्तुक शब्दको प्रयोग गरिए पनि नेपालीहरूले बोलचालमा प्रयोग गरिरहेका शब्दको प्रयोग भएको हुनाले त्यस्ता शब्दलाई सजिलै बुझ्न सकिन्छ । केही झर्रा शब्दहरूको प्रयोग पनि कथामा गरिएको पाइन्छ । लचक्क, छक्क, जुरुक्क, जस्ता अनुकरणात्मक शब्दले कथालाई रोचक बनाएको छ । इच्छार्थक, प्रश्नार्थक, वाक्यहरू पनि कथामा यथोचित ठाउँमा प्रयोग गरी कथालाई सहज र सरल बनाएको पाइन्छ ।


५.२.३.६ दृष्टिबिन्दु
प्रस्तुत कथामा कथाकारले कथाकार भनेर कथामा आँफै उभिए पनि कथाको विषयलाई कथाकार पात्रका नाम तथा ऊ, त्यो आदि सर्वनाम शब्दद्वारा कथा प्रस्तुत गरेको हुनाले कथामा बाह्य वा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । तृतीय पुरुष दृष्टिबिन्दुमा पनि कथाको समाख्याता चाबी कसले लग्यो भन्ने बारेमा अनभिज्ञ नै रहेको देखिनाले सीमित दृष्टिबिन्दुको प्रयोग भएको देखिन्छ ।

५.२.३.७ उद्देश्य
शङ्काले लङ्का सल्काउँछ भने जस्तै चावी हराएको घटनाबाट घर परिवारका सवै सदस्य चावी चोरको घेरामा परेका, चोर वा चावी लुकाउने कोही एक जना होला तर शङ्काले कसैलाई बाँकी नछोड्ने, ज्यादा शङ्का, उपशङ्काले घरमा तनाव, त्रास, अविश्वास र झै झगडाको वातावरण बन्दछ भन्दै हामी समायानुसार परिवर्तनशील बन्दै सेवा र त्यागबाट जीवनलाई सार्थक र उपयोगी बनाउनु पर्छ भन्ने सन्देश प्रस्तुत गर्नु नै प्रस्तुत कथाको मुख्य उद्देश्य हो । त्यसैगरी चाबी हराउँदा अभिभावक कसरी तनावको अवस्थामा पुग्दछन् र अभिभावकले छोरा छोरी तथा नोकरलाई हराएको चावीबारे प्रश्न गर्दा कसरी त्रसित अवस्थामा उनीहरू पुग्दछन् भन्दै सामान्य मनोवैज्ञानिक पक्ष प्रकट गर्नु पनि यस कथाको उद्देश्य रहेको छ । त्यसैगरी परिवारमा सानो घटनाले कसरी असर पार्दछ भन्ने देखाउनु पनि यो कथाको अर्को उद्देश्य हो ।

५.३ कथाकार चूडामणि रेग्मीको कथाकारिता
५.३.१ प्रगतिवादी कथाकार
कथाकार चूडामणि रेग्मीको कथाकारिताको प्रमुख विशेषता प्रगतिवादी दृष्टिकोण हो । उनका प्रायः जसो कथामा प्रगतिवादी स्वर मुखरित भएको पाइन्छ । पञ्चायती व्यवस्थाको प्रतीकका रूपमा रहेकी बुढीको मृत्यु कथाकी बुढीको मृत्युलाई पञ्चायती व्यवस्थाको मृत्यु भएको देखाएबाट यो कथा प्रगतिवादी कथा बन्न पुगेको देखिन्छ । त्यसैगरी “चामे झोक्राउँछ मात्र अब” कथाकी गौथलीले लोग्ने चामेले उपद्रो गर्दा जेलमा हालेको देखाइ नारीले पुरानो सामाजले जे ग¥यो त्यही गर्नुपर्छ भन्ने छैन भन्ने कथाकारले कथामा देखाएबाट यो कथा प्रगतिवादी कथा बन्न पुगेको पाइन्छ । यसरी रेग्मीका अन्य थुप्रै कथाहरूमा प्रगतिवादी विचार रहेको पाइन्छ । त्यसैले कथाकार रेग्मीको कथाकारिताको एउटा महत्त्वपूर्ण वैशिष्ट्य प्रगतिवादी कथा लेखन रहेको पाइन्छ ।

५.३.२ मनोवैज्ञानिक कथाकार
कथाकार चूडामणि रेग्मीको कथाकारिताको अर्को विशेषताका रूपमा बाल मनोवैज्ञानिक प्रवृत्ति पनि रहेको पनि पाइन्छ । उनका ‘चावी’ र ‘सानो प्राणी’ कथा बाल मनोवैज्ञानिक कथाका रूपमा आएका छन् । ‘चावी’ कथामा कथाकारले चावी खोज्ने क्रममा छोरा छोरी र नोकरलाई चावीको बारेमा प्रश्न गर्दा सबै त्रसित भएर रहेकाले यो कथा बालमनोवैज्ञानिक कथाको रूपमा रहेको छ । त्यसैगरी ‘सानो प्राणी’ कथामा पहाडबाट धानको भात खान मधेश आएर नोकर बसेको एउटा बालक उसको मालिकबाट शोषित पीडित बनेको छ । ऊ मालिकदेखि यति डराउँछ सपनामा पनि मालिकलाई बाघ जस्तो देख्छ । उसबाट बाँच्न “ए बाबु हौ । मार्न आट्यो । जोगाऊ” भनी चिच्याउँछ । यसरी बालबालिकाहरूप्रति गरिने अन्याय अत्याचारबाट बालक मनमा पर्न जाने असरलाई बालकको मनोदशाको प्रस्तुतिमार्फत बाल मनोविज्ञानको प्रयोग गरिएको पाइन्छ ।

५.३.३ झर्रोवादी कथाकार
कथाकार चूडामणि रेग्मीको अर्को विशेषता झर्रोवादी कथाकारिता पनि हो । कथाकार रेग्मीले बनारसबाट थालिएको झर्रोवादी अभियानलाई शुरुआत देखि नै आत्मसात् गर्दै आएको पाइन्छ । झर्रोवादीहरू विदेशी भाषाको थिचोमिचो वा प्रभावबाट नेपाली भाषालाई जोगाउन ज्यान दिएर लागेको पाइन्छ । सुरु सुरुमा उनीभन्दा बरिष्ठ थुप्रै चर्चित साहित्यकारहरूले झर्रोवादी अभियानलाई नेतृत्व गरेर लागेका भए पनि हाल आएर अरू झर्रोवादी शीर्ष व्यक्तिहरू प्रायः जसो सबै निष्क्रिय रहेको पाइन्छ । तर कथाकार रेग्मी आफ्ना कथामा झर्रा शब्दहरूको प्रयोग गर्दै निरन्तर यस अभियानमा क्रियाशील रहेका छन् । त्यसै झर्रोवादी शब्दहरूको सुहाउँदिलो प्रयोग आफ्ना कथामा गर्ने रेग्मीको कथाकारिताको यो पनि एउटा महत्त्वपूर्ण विशेषता रहेको पाइन्छ ।



५.३.४ प्रतीकात्मकता
प्रतीकात्मकता पनि कथाकार रेग्मीको कथाकारिताको अर्को महत्त्वपूर्ण विशेषता हो । कथाकार रेग्मीको ‘बुढीको मृत्यु’ प्रतीकात्मक कथा हो । यसमा बुढी पात्रलाई पञ्चायती व्यवस्थाको प्रतीकको रूपमा ल्याइएको छ । बुढीको मृत्युलाई पञ्चायती व्यवस्थाको अन्त्य भएको मनिएको छ । यसरी यो कथा प्रतीकात्मक रूपमा रहेको छ । त्यसैगरी ‘चावी’ कथालाई पनि प्रतीकात्मक रूपमा लिन सकिन्छ । चावी गोप्य वस्तु हो । कथामा चावी हराएको छ र अन्त्यसम्म फेला परेको छैन । पञ्चायती व्यवस्थाका समर्थकहरूले पनि व्यवस्थाको चावी हराएको प्रतीकात्मक अर्थ यस कथामा व्यक्त भएको छ । जनताले चावी उम्काउन सक्ने प्रबल सम्भावना देखेर नायक कथाकार आत्तिएको, रिसाएको, गर्जिएको छ । पात्र कथाकारले आफ्ना श्रीमती, छोराछोरी र नोकरलाई सोधी र खोजी गरेको छ । तर चावी भेटिएको छैन । पञ्चायत विरुद्ध जनता जाग्लान भन्ने डर त्रास देखिएको छ । यसरी यो प्रतीकात्मक मीठो कथा हो । यसर्थ रेग्मीको कथाकारिताको रूपमा प्रतीकात्मकता पनि रहेको पाइन्छ ।

५.३.५ छोटा आकारका कथा
कथाकार चूडामणि रेग्मीका कथाहरू धेरै लामा हुँदैनन् । कथाकार एडगर एलेन पोले कथाको परिभाषामा भने झै “एक बसाइमा पढिसकिने” आकारका कथा लेख्छन् । विषयको गहिराइ र सूक्ष्मतातर्फ उनका कथाहरू प्रारम्भदेखि लाग्दछन् । पाठकको रुचिलाई ध्यानमा राखेर अनावश्यक गन्थनलाई पन्छाएर रेग्मीका कथाहरू लघु आकारमै पूर्ण हुन्छन् । उनले आफ्ना कथामा प्रायः एक वा दुई घटनाहरू बोकेर कथालाई सलल बगाएका छन् । रेग्मीले यस्ता लघु कथाहरूमा पाठकको कुतूहलता मेटाएकाले यी कथाले पाठकलाई कथ्यगत सन्तुष्टि प्रदान गर्दछन् । रेग्मी चुट्किला वा बिन्दुकथा लेख्न पनि खप्पिस रहेका छन् । आजको युगअनुकूल लामा कथा पढ्न पाठकलाई फुर्सद नहुने भएकाले सामान्यत ः एक बसाई अर्थात दश पन्ध्र मिनेटमा पढिसकिने आकारका कथा उनले लेखेका छन् । यो पनि रेग्मीको कथाकारिताको एउटा महत्वपूर्ण विशेषताका रूपमा रहेको पाइन्छ ।

५.३.६ पुरुषका पात्रको बहुलता
कथाकार चूडामणि रेग्मीका कथामा पुरुष पात्रको बहुलता पाइन्छ । त्यसो त उनको कथामा नारी पात्रको प्रयोग नभएको होइन तर नारी पात्रको संख्या उनका कथा न्यून रहेको पाइन्छ । यसका साथै रेग्मीका कथामा नारी पात्रलाई प्रधान भूमिकामा प्रस्तुत नगरी सहायक वा गौण पात्रका रूपमा मात्र प्रयोग गरिएको पाइन्छ । कथाकार रेग्मीको “चामे झोक्राउँछ मात्र अब ?” कथाकी गौथली, “बुढीको मृत्यु” कथाकी घोरमुखा बुढीको भूमिका अन्य पात्रको तुलनामा सशक्त छ । तर अरू कथामा भने त्यस्तो सशक्त भूमिकामा नारी पात्रहरू देखा पर्दैनन् । यसर्थ यो पनि उनको कथाकारिताको एउटा महत्वपूर्ण विशेषता नै बनेको छ ।

५.३.७ निष्कर्ष
कथाकार चूडामणि रेग्मीले एक सह लेखनसहित चारवटा कथा संग्रह र अन्य विभिन्न पत्र–पत्रिका समेत थुप्रै फुटकर कथाहरू प्रकाशित गरेका छन् । नेपाली साहित्यका प्रगतिवादी फाँटका एक स्रष्टाका रूपमा कथाकार रेग्मीको नाउँ लिइन्छ । संख्यात्मक र गुणात्मक दुवै हिसाबले कथाकार रेग्मीको कथागत योगदान विशिष्ट रहेको छ । उनका कथामा समाजमा व्याप्त अन्याय अत्याचार, बेथिति, रूढिवादी परम्परा, आँसु, शोषण, विकृति विसंगति जस्ता गरीव जनताले भोगिरहेका परिस्थितिहरूको भण्डाफोर गर्दै जनतालाई अन्यायका विरुद्ध लड्न सचेत गराइएको हुन्छ ।
मूलत प्रगतिवादी प्रवृत्तिका कथाकार रेग्मीको कथाकारिताका प्रमुख विशेषता अन्तर्गत मनोवैज्ञानिकता, प्रतीकात्मकता, झर्रोवाद, छोटा आकारका कथा लेखन, पुरुष पात्रको बाहुल्य जस्ता कैयन् विशेषता समेटिएका पाइन्छन् । त्यसमा पनि सबैजसो कथाहरूमा प्रगतिवादी प्रवृत्ति सबैभन्दा बढी पाइन्छ । त्यसैले नेपाली प्रगतिवादी कथाकारको हारमा एक सशक्त कथाकारका रूपमा कथाकार रेग्मी स्थापित छन् ।




छैटो परिच्छेद
भक्त खपाङ्गीको जीवनी, व्यक्तित्व र उनको कथाकारिता

६.१ भक्त खपाङ्गीको जीवनी र व्यक्तित्व
६.१.१ जीवनी
६.१.१.१ जन्म
साहित्यकार भक्त खपाङ्गीको जन्म भारतको पश्चिम बंगालको जलपाइगुडी स्थित मेटेली चिया वगानमा वि.सं. २०११ साल पौष १० गते भएको हो (स्रोत ः भक्त खपाङ्गीको जन्म कुण्डली) । तर यिनको शैक्षिक प्रमाण – पत्र र नागरिकता भने वि.सं. २०१० साल उल्लेख भएको छ । नागरिकता र शैक्षिक प्रमाण पत्र मा वि.सं. २०१० साल उल्लेख भए पनि जन्म कुण्डलीको मिति नै उनको वास्तविक जन्म मिति ठहर्छ । खपाङ्गी पिता सन्तवीर विश्वकर्मा र माता हरिमाया विश्वकर्माका जेठा पुत्र हुन् ।
साहित्यकार खपाङ्गीको न्वारको नाम भक्तवीर विश्वकर्मा हो भने बाल्यकालमा आमा–बुवाले प्यारो गरेर बोलाउने नाम गोकुल हो (आचार्य ः २०५९ ः ६) । यिनका साहित्यिक रचनाहरूमा भक्त खपाङ्गी, गफी जेठा, वक्रासुर, जस्ता नाम उपनामहरू रहेको पाइन्छ । उनका हाल तिन भाइ क्रमश ः किशोर, रोहित र प्रदीप छन् भने दिदी कौशिला र बहिनी गीता रहेका छन् । माइली बहिनी रीताको भने मृत्यु भैसकेको छ ।

६.१.१.२ बाल्यकाल
कथाकार खपाङ्गीको बाल्यकाल वि.सं. २०२२ सालसम्म जन्मथलो भारतको मेटेली चिया बगानमा बितेको देखिन्छ भने बाँकी बाल्यकाल नेपालको झापा जिल्ला स्थित बुधबारे गा.वि.स. मा बितेको पाइन्छ । खपाङ्गी परिवार वि.स. २०३५ सालसम्म सुकुम्वासी परिवारको रूपमा रहेको थियो । यसकारण उनीहरूको आर्थिक अवस्था कमजोर रहेको देखिन्छ । माता–पिता मजदुरी गर्ने परिवारमा जन्मेका खपाङ्गीको बाल्यकाल रमाइलोसँग बितेको पाइदैन । भारतबाट नेपाल आएर नयाँ स्थानमा घुलमिल हुन खपाङ्गीलाई धेरै अप्ठारो प¥यो । दलित भएकै कारण तथा कथित माथिल्ला जातका मान्छेले गर्ने घिनलाग्दो व्यवहारले उनलाई झन् दुःखी बनाएको थियो । पैसाको अभावका कारण नेपाल आउने बित्तिकै केही वर्ष उनको पढाइ पनि अवरुद्ध हुन पुग्यो । यी सवै कुराले गर्दा साहित्यकार खपाङ्गीको बाल्यकाल ज्यादै नरमाइलोसँग बितेको देखिन्छ ।

६.१.१.३ पारिवारिक जीवन
साहित्यकार भक्त खपाङ्गीको २०३३ सालमा राधा रसाइलीसँग भागी विवाह भएको थियो । खपाङ्गी हिन्दू भएकाले उनको विवाह हिन्दू परम्परा अनुसार नै सजातीय राधासँग भएको देखिन्छ । केटा पक्ष र केटी पक्षका अभिभावक सहमत हुँदा हुदै पनि खपाङ्गीलाई बेहुला भएर जान अप्ठारो भएकोले वि.सं. २०३३ सालमा माघ महिनामा एक्काइस वर्षको उमेरमा खपाङ्गीले केटी भगाएर आफ्नो घर लगेका थिए । वि.सं. २०३४ सालमा झापा जिल्लाको अर्जुनधारा निवासी गणेशमान रसाइली र मुनादेवी रसाइलीकी कान्छी छोरी राधासँग खपाङ्गीको रीतिरिवाज अनुसार विवाह भएको हो (स्रोत ः खपाङ्गी पत्नी राधा) । विवाहपश्चात् दुवैको जीवन राम्ररी नै बितेको देखिन्छ । हाल खपाङ्गीका पत्नी राधा, छोरा – बुहारी योगेश + निर्मला, छोरी – ज्वाइँ योगिता + विनोद खाती र छोरीपट्टीबाट दुई जना नाती समेत रहेका छन् । वि.संं २०३६ सालमा जन्मिएको एक सन्तानको न्वारान नै नभई मृत्यु भएको हो ।

६.१.१.४ रुचि र स्वभाव
सधै हँसिलो अनुहारमा देखिने भक्त खपाङ्गी सबैलाई समानताका दृष्टिले हेर्ने गर्दछन् । उनलाई विशेष रिस उठ्ने भनेको छुवाछुत तथा जातभात सम्बन्धी कुराकानी गर्दा नै हो । अन्तरजातीय विवाह मन पराउने खपाङ्गी अन्तजातीय विवाह गरी जन्मेका सन्तान सजातीय विवाहबाट जन्मेका सन्तानभन्दा राम्रा र स्मरण शक्ति तेज हुने बताउँछन् । मूर्ति पूजाका विरोधी खपाङ्गी मूर्ति पूजा केवल आडम्बर मात्र हो भन्दछन् । खपाङ्गी मूर्ति पूजाभन्दा दीन दुःखीको पूजा नै ठूलो हो त्यसैले खपाङ्गी गरीब गुर्वाको सेवा गर्नु नै मूर्ति पूजाभन्दा ठूलो धर्म हो (सोत ः शोधनायक भक्त खपाङ्गी) भन्दछन् ।
साहित्यकार खपाङ्गी मांसहारी भोजन मन पराउँछन् । उनी खसी, माछा, कुखुराको मासु मन पराउँछन् । सन्तुलित भोजनमा विशेष ध्यान दिने खपाङ्गी हरिया सागसब्जी, आलु, फूलकोपी, रोटी र भात बढी रुचाउँछन् । उनका विशेष रुचिका क्षेत्र भनेका पत्र–पत्रिका पढ्नु, टि.भी. हेर्नु, रेडियो सुन्नु, साहित्यिक र धार्मिक पुस्तकहरू पढ्नु, विभिन्न साहित्यकारहरूको कृतिको अध्ययन गर्नु र साहित्यिक रचनाको सृजना गर्नु नै रहेको पाइन्छ (स्रोत ः उही)
भक्त खपाङ्गीलाई मन पर्ने साहित्यकारहरूमा गुरुप्रसाद मैनाली, पुष्कर शम्शेर, विश्वेश्वरप्रसाद कोइराला, इन्द्र ब. राई, डायमन शम्शेर हुन् । खपाङ्गीलाई मन पर्ने स्थानमा झापाका महेन्द्र राजमार्ग माथिको भू–भाग नै हो । खेल जगतमा पछि परेका खपाङ्गीलाई फुटवल खेल औधी मन पर्छ । सर्ट प्यान्ट लगाउने खपाङ्गीलाई यथार्थमा दौरा सुुरुवाल पहिरन नै मन पर्छ (स्रोत ः उही) । खपाङ्गी सबेरै उठेर नित्यकर्म गर्ने, शारीरिक व्यायम गर्ने र घर परिवारको व्यवस्थापनमा व्यस्त रहन मन पराउँछन् । यसरी साहित्यकार खपाङ्गीले सादा जीवन उच्च विचारप्रति झुकाव लिएको पाइन्छ ।

६.१.१.५ साहित्यिक प्रेरणा र प्रभाव
कुनै पनि साहित्यकारले साहित्य सृजना गर्नुको पछाडि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै घट्ना वा व्यक्तिको कुनै न कुनै प्रेरणा रहेको हुन्छ । साहित्यमा पनि कुशल सृजनाका निमित्त आवश्यक प्रेरणा प्रदान गरेर साहित्यकारलाई साहित्यिक मार्गमा सकुशल पदार्पण गराउने व्यक्तिहरूको पनि महŒवपूर्ण भूमिका रहेको हुन्छ । साहित्यकार त्यही प्रेरणा प्राप्त गरेर आफ्नो सिर्जनात्मक सामाथ्र्यको प्रस्तुतीकरणलाई गतिशीलता प्रदान गर्न सक्षम भएको हुन्छ । साहित्यिक क्षेत्रमा ठूलो अभिरुचि बोकेका साधनारत भक्त खपाङ्गीलाई पनि उनको सृजनको लहरलाई सुव्यवस्थित रूपमा प्रस्तुत गर्न दिशा निर्देश गर्ने क्रममा केही व्यक्तिसाहित्यकार तथा पत्र–पत्रिकाको भूमिका रहेको छ ।
साहित्यकार खपाङ्गीका आमा–बुबा साक्षर थिए । शिशु अवस्थादेखि नै राति आफ्नै ओछ्यानमा आमा–बाबुका मुखराविन्दबाट गुणरत्नमाला, मैतालु छोरीको कथा, तोता मैनाका कथा, मधु मालतीको कथा आदि थुप्रै कथा कहानीहरू सुन्ने अवसर पाएका थिए (आचार्य, २०५९ ः १२) । यिनै कथाको प्रभाव स्वरूप साहित्य लेखनको थालनीदेखि नै कविता विधाभन्दा बढी कथा विधाबाट उनी प्रभावित रहेको देखिन्छ । यसै क्रममा खपाङ्गीले गुरुप्रसाद मैनालीका कथाहरूको अध्ययन गरेका थिए । कथाकार मैनालीका कथाहरूबाट पनि खपाङ्गीमा साहित्य लेखनको प्रभाव परेको पाइन्छ । त्यसै गरी बाल्य अवस्थादेखि नै पत्र–पत्रिका भनेपछि हुरुक्क हुने खपाङ्गीमा पत्र–पत्रिकाहरूमा छापिएका लघु कथाहरूले पनि ठूलो प्रभाव परेको देखिन्छ ।
यसरी कथा लेखनको प्रेरणा आमा–बुबाबाट सुनेका कथा, गुरुप्रसाद मैनालीका कथा, विभिन्न पत्र – पत्रिकामा छापिएका लघुकथा साहित्यकार खपाङ्गीका साहित्य लेखन प्रेरणाका स्रोत बन्न पुगेका छन् । अझ कथा लेखन शैलीलाई सहज रूपमा कथामा भिœयाउने प्रेरणा दिने साहित्यकार कृष्ण धरावासी हुन् (स्रोत ः शोधनायक)

६.१.१.६ शिक्षादीक्षा
साहित्यकार खपाङ्गीले ६–७ वर्षको उमेरदेखि क, ख पढ्न सुरु गरेको पाइन्छ (स्रोत ः शोधनायक खपाङ्गी) । उनको अक्षराम्भ घरमै आमा र दिदीले गराएका थिए । उनले कक्षा १ देखि ४ सम्म मेटेली चिया कमानकै प्रामइरी स्कूलमा पढेको देखिन्छ (स्रोत ः भक्त खपाङ्गी) ।
वि.सं. २०२२ सालमा नेपाल भित्रिएका साहित्यकार खपाङ्गीले अध्ययनलाई निरन्तरता दिन सकेनन् । तत्पश्चात् एक दुई वर्ष खपाङ्गी घरमै अध्ययन नगरी बसेका थिए । उनले वि.सं. २०२४ सालमा निःशुल्क तथा अनिवार्य प्राथमिक शिक्षा केन्द्र नं. १ बुधबारेमा कक्षा ५ मा भर्ना भए । यसै स्कूलमा वि.सं. २०३० सालमा एस.एल.सी. पार गरेका खपाङ्गीले स्कूल जीवनमा सधैं प्रथम मात्र हुन्थे (स्रोत ः भक्त खपाङ्गीकी आमा हरिमाया) । आर्थिक अभावका कारण रोजगारी तर्फ लागेका खपाङ्गीले २०३१ सालदेखि २०३६ सालसम्म अध्ययन स्थगित गरेका थिए । उनले वि.सं. २०३९ सालमा मेची बहुमुखी क्याम्पस, भद्रपुरमा आइ.ए.पास गरेका थिए । उनले २०३९ सालमा बी.ए. प्रथम वर्षको अध्ययन यसै क्याम्पसमा गरे तर दोस्रो वर्षको अध्ययन गरेको पाइदैन । त्यसपछि प्राइभेट विद्यार्थीको रूपमा उनले बी.ए. तह वि.सं. २०४६ सालमा उत्तीर्ण गरे । खपाङ्गीले एक वर्षे बी.एड् वि.सं. २०४८ सालमा कीर्तिपुरबाट उत्र्तीण गरे भने कीर्तिपुर क्याम्पसबाटै वि.सं. २०५१ सालमा उनले इतिहास विषयमा एम.ए., २०५५ सालमा एम.ए. (नेपाली) र वि.सं. २०६४ सालमा एम.एड्. (नेपाली) समेत उत्तीर्ण गरे । खपाङ्गी हाल त्रि.वि.वि. बाट “झापाका दलितहरूको अवस्था र चुनौती” विषयमा विद्यावारिधि तहमा अनुसन्धानरत छन् ।

६.१.१.७ सम्मान तथा पुरस्कार
असल व्यक्ति सधैं समाजमा सम्मानित हुनुपर्छ र त्यस्ता व्यक्तिलाई सम्मान गर्दै आएको पनि पाइन्छ । साहित्यकार भक्त खपाङ्गी पनि असल व्यक्तिका रूपमा चिनिदै आएका छन् । उनले समाजमा विभिन्न प्रकारबाट आफ्नो स्तर कायम गरिसकेका छन् । खपाङ्गीको अनुकरणीय व्यक्तित्वबाट प्रभावित भएर विभिन्न सम्मानपत्र, कदरपत्र तथा नगद पुरस्कारले खपाङ्गीलाई सम्मानित गरेको पाइन्छ । वि.सं. २०३८ सालमा मेची ब. क्याम्पस, भद्रपुरमा स्ववियूले आयोजना गरेको साहित्य गोष्ठीमा कथा लेखन एवम् वाचनतर्फ प्रथम भई पुरस्कृत भएका थिए (स्रोत ः खपाङ्गी स्वयम्) । सासंक प्रतिष्ठानद्धारा प्रदान गरिएको झापाका दश कथाकारका रूपमा नगद पाँच सय र सम्मान पत्र प्राप्त गरेका खपाङ्गीले महानन्द शिक्षा सदन बुधबारेले आयोजना गरेको कथा प्रतियोगितामा प्रथम पुरस्कारका साथै उनलाई शान्ति समाज बुधबारेले समेत कथामा प्रथम पुरस्कार प्रदान गरेको देखिन्छ (आचार्य, २०५९ ः १२)

६.१.१.८ कार्यक्षेत्र
आर्थिक अवस्था कमजोर भएका कारण भक्त खपाङ्गीले आफ्ना पितालाई आर्थिक टेवा पु¥याउन वि.सं. २०३२ सालमा प्रहरी सेवामा प्रवेश गरेको पाइन्छ । उनको दरबन्दी प्रहरी उपरीक्षक कार्यालय, चन्द्रगढीमा थियो । सुन्दर अक्षर लेख्न सिपालु खपाङ्गीले आफूमा रहेको कला कौशल प्रस्तुत गरी एक वर्षमा नै वि.सं. २०२३ सालमा हवल्दार पदमा बढुवा पाएका थिए । ६ वर्षसम्म प्रहरी जीवन बिताएपश्चात् उनलाई काठमाडौं सरुवा गरिएकाले परिवारिक र शैक्षिक कारण देखाई खपाङ्गीले वि.सं. २०३७ सालमा प्रहरी जागिरबाट राजिनामा दिई स्वतन्त्र जीवन बिताउन थालेका थिए ।
साहित्यकार खपाङ्गीले प्रहरीको जागिर छोडेपछि परिवारको आर्थिक समस्या धान्न जागिरको खोजीमा निकै भौंतारिनु प¥यो । स्नातक तहमा अध्ययन गर्दै गरेका समयमा उनी काठमाडौं गई कस्तुरी टाभल्स (रात्री सेवा) को शाखा प्रमुखको रूपमा वि.सं. २०४१ सालदेखि २०४२ सालसम्म लगभग एक वर्षसम्म काम गरे (स्रोत ः स्वयम् खपाङ्गी) । खपाङ्गीले यो काम थालेको वर्ष दिन नपुग्दै कम्पनी बन्द भएकोले उनी पुनः घर फिर्ता भए । यसपछि उनी बैकबाट ऋण लिई घरेलु उद्योग सञ्चालन गर्न पुगे । यो उद्योग पनि एक वर्षमै बन्द गर्न उनी बाध्य भएका थिए ।
साहित्यकार भक्तबहादुर खपाङ्गीले वि.सं. २०४१ सलामा चिया विकास निगम धुलाबारी प्रधान कार्यालयको पाँचौ तहको दरबन्दीमा ज्यालादारीमा नियुक्त भएको र पछि सोहि चिया विकास निगमको अस्थायी कर्मचारी भई तीन वर्ष जागिर खाएको पाइन्छ (आचार्य, २०५९ ः १०) । कम्पनी घाटामा गई अस्थायी कर्मचारी हटाउने क्रममा वि.सं. २०४४ सालमा उनले त्यस जागिरबाट पनि अवकाश पाएका थिए । यसपछि उनी केही समय बेरोजगार नै रहे भने यसपछि उनले जीविकोपार्जनको लागि २०४४ सालमै आर्टस् ग्यालरी पनि खोलेका थिए । यसपछि उनले २०४४ साल चैत्र महिनामा केडिसी नामको एउटा कोरियाली निर्माण कम्पनीमा जागिर पाउने भएपछि आटर््स ग्यालरी बन्द गरी विदेशी दातृ संस्थाको सहयोगमा निर्माणाधीन चारआली–इलाम राजमार्ग बनाउने कोरियाली कम्पनी के.डी.सी. (कोरियन डिभलोप्मेन्ट करपोरेसन) मा एममिनेस्ट्रेसन–सेक्सनमा नियुक्त भए । खपाङ्गी यहाँ एक वर्ष जति कार्य गरेपछि यसबाट पनि बाहिरिए । के.डी.सी. बाट बाहिरिए पछि उनी एक वर्षसम्म पुनः बेरोजगार भए । यसपछि भने २०४६ साल माघमा सिंह वाहिनी प्रा.वि. शनिश्चरे, झापामा अस्थायी शिक्षकका रूपमा नियुक्ति भएर शिक्षण पेशाको थालनी गरेका थिए भने हाल उनी झापाकै बुद्ध उच्च आदर्श मा.वि. मा स्थायी शिक्षकको रूपमा सेवा गर्दै यसै उच्च मा.वि.का ११ र १२ कक्षामा नेपाली विषयको अध्ययन गराउदै आएका छन् । त्यसैगरी उनी साहित्यिक क्षेत्रमा संलग्न रहेर साहित्यिक रचना सृजनामा निरन्तर क्रियाशील छन् । यसरी विभिन्न पेशा अँगाल्ने साहित्यकार खपाङ्गीका विभिन्न कार्य क्षेत्र रहेका छन् ।

६.१.१.९ बसोबास
भारतमा जन्मेर नेपालमा बसोबास गर्दै आएका खपाङ्गीले आफ्नो जीवन यात्रामा विभिन्न ठाउँमा बसोवास गरेको देखिन्छ । भारतमा जन्मिएका खपाङ्गी बाल्य अवस्थामा नै सपरिवार भारतको जलपाइगुडी, दार्जिलिङ्ग र भुटानसम्म पुग्दछन् । उनले नौ वर्षको प्रवास जीवनपश्चात् वि.स. २०२१ सालमा प्रवास छोडी स्वदेश फर्की झापाको बुधबारे गा.वि.स. वार्ड नं. ७ मा वि.सं. २०२१ सालदेखि २०३४ सालसम्म बसोवास गरेको पाइन्छ । तत्पश्चात २०३४ सालदेखि २०६१ सालसम्म अर्जुनधारा–२, झापामा बसोवास गरेको पाइन्छ भने वि.सं. २०६१ सालदेखि हालसम्म अनारमनी – ३ (बिर्तामोड) झापामा बसोवास गदै आएका छन् (स्रोत ः शोधनायक भक्त खपाङ्गी)

६.१.१.१० आर्थिक स्थिति
साहित्यकार भक्त खपाङ्गीको आर्थिक अवस्था बावु बाजेको पालादेखि नै दयनीय रहेको थियो । वि.सं. २०३५ सालसम्म खपाङ्गी परिवार सुकुम्वासीकै रूपमा रहेको बुझिन्छ । वि.सं. २०३६ सालमा तत्कालीन पञ्चायती सरकारले पहिलेदेखि बसोवास तथा खेती गर्दै आएको एक बिगाहा जग्गा खपाङ्गी परिवारलाई वितरण गरेको थियो । त्यसै साल भक्तका पिताले एक बिगाहा जग्गा आफ्नै पैसाले खरिद गरेका थिए । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले आफ्नो अध्ययन कार्यलाई रोकी वि.सं. २०३२ सालमा प्रहरीमा जागिर खाएका थिए । त्यसै गरी उनले अन्य विभिन्न क्षेत्रमा जागिर खाएर घरको आर्थिक उन्नति गर्न सहयोग गरेका थिए । घरको दयनीय आर्थिक अवस्थाका कारण छोरा योगेश काठमाडौंमा जागिरमा लागेका थिए भने खपाङ्गीकी श्रीमतीले शनिश्चरे बजारमा शृङ्गार गृह र महिला कपडा पसल खोलेकी थिइन (स्रोत ः शोधनायक खपाङ्गी) । साहित्यकार खपाङ्गीले शिक्षक पेशा पनि अंगालेर आर्जन गरेको पैसाले वि.सं. २०३८ सालमा आफ्नै प्रयासबाट अर्जुनधारा –२, एकान्त टोलमा एक कठ्ठा भिट्टा खरिद गरी त्यस ठाउँमा सानो २ तले घर बनाएका थिए । यसरी आर्थिक अवस्थामा सुधार गर्दै आएका साहित्यकार खपाङ्गी हाल अनारमनी – ३ (झापा) को अग्रसेन भवन नजिक एकतले पक्की घर बनाएर बसेका छन् ।

६.१.१.११ भ्रमण
भारतमा जन्मेर शैशवास्थामा नै भारतका विभिन्न स्थानमा घुमिसकेका खपाङ्गी बाल्यावस्थामा नै भारतका विभिन्न स्थानका साथै भुटानसम्म पनि पुगेका थिए । २०२२ सालमा नेपालको झापामा आएपछि भने उनले स्वदेशकै विभिन्न ठाउँबाहेक अन्यत्र घुमफिर गर्ने अवसर पाएका छैनन् भने उनले नेपाल, भारत र भुटानबाहेक अन्यत्र कुनै मुलुक घुमेका छैनन् । (स्रोत ः शोधनायक खपाङ्गी)

६.१.२ भक्त खपाङ्गीको व्यक्तित्वका विविध पक्ष
६.१.२.१ निजी व्यक्तित्व
व्यक्तिको शारीरिक बनावट, आकार प्रकार नै बाह्य व्यक्तित्व हो । साहित्यकार भक्त खपाङ्गी भट्ट हेर्दा पाँच फिट अग्ला, खाँदिएको पुष्ट शरीर, बाटुलो ठूलो अनुहार, डल्लो नाक फराकिलो निधार, दाहिले गालामा स्पष्ट देखिने ठूलो कालो दाग, बाक्लो केश भएका शारीरिक रूपमा स्वस्थ्य रहेका व्यक्ति हुन् । धार्मिक विश्वास कम भएका प्रायः निधार खाली राख्ने घर वा बाहिर हिंड्दा साधारण किसिमको पहिरनमा रहने गर्दछन् ।

६.१.२.२ कथाकार व्यक्तित्व
नेपाली साहित्यको विशेषतः कथा विधामा साधनारत साहित्यकार खपाङ्गीले यस विधामा निकै प्रसिद्धि कमाएका छन् । कथा र उपन्यास विधा मन पराउने खपाङ्गीको कक्षा ६ मा पढ्दा भद्रपुरबाट प्रकाशित हुने ‘युगज्ञान’ साप्ताहिकमा वि.सं. २०२७ सालमा प्रकशित ‘जोखाना’ नै पहिलो प्रकाशित एवम् लिखित कथा हो । उनको हालसम्म प्रकाशित रूपमा एउटा मात्र कथा संग्रह “जागित्रले बोलाएपछि” (२०५९) रहेको छ । यस कथा संग्रहमा उनका वाह्रवटा कथाहरू संकलित रहेका छन् । पाण्डुलिपिको रूपमा उनको बिथोलिएको सम्बन्ध प्रकाशनको अवसर पर्खेर बसिरहेको कथा संग्रह पनि छ । यसका साथै अन्य पत्र पत्रिकामा पनि फुटकर रूपमा केही कथा प्रकाशित छन् । उनका कथाहरूले उनलाई सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित गरेको पाइन्छ । उनी हाम्रा समाजमा रहेका विषयवस्तुलाई जस्ताको तस्तै आफ्ना कथामा उतार्ने गर्छन् । यसलाई मध्यनजर राख्दा खपाङ्गीले गुरुप्रसाद मैनालीले भिœयाएको लेखनलाई पछ्याएको पाइन्छ । खपाङ्गीका कथामा सामान्य सुधार उल्लेख भएको पाइए पनि हाम्रा समाजमा हुने गरेका विकृति विसंगति, जातीय छुवाछुत, धार्मिक शोषण र यौन शोषणको उछित्तो काडेको पाइन्छ । यसरी कथाकार खपाङ्गी यथार्थवादी कथाकारका रूपमा स्थापित रहेका छन् ।

६.१.२.३ स्तम्भकार व्यक्तित्व
खपाङ्गी एक कुशल स्तम्भकार व्यक्तित्वका रूपमा रहेका छन् । यिनले विभिन्न पत्रिकाहरूमा विविध स्तम्भहरू पनि लेख्ने गरेको पाइन्छ । ‘स्पेसटाइम’ पत्रिकामा कटाक्ष शीर्षकमा २०५८ श्रावण ६ गते देखि २०५८ माघ २० गतेसम्म उनले साप्ताहिक रूपमा स्तम्भ लेखेका छन् । ‘प्रतिदिन’ दैनिकमा धारणा शीर्षकमा २०६६ वैशाख २७ गते देखि २०६७ माघ २० गते सम्म स्तम्भ लेखेका छन् । त्यसैगरी ‘अर्जुनधारा’ दैनिक पत्रिकामा “छड्के नजर” शीर्षकमा २०६५ पौष १० गते देखि २०६६ सम्म स्तम्भ लेखेका छन् । उनले “मुक्ति आवाज” साप्ताहिक पत्रिकामा ‘गाउँले गफ’ शिर्षकमा ‘गफी जेठा’ उपनाममा २०५६ श्रावण ११ गतेदेखि २०५७ जेठ १० गतेसम्म स्तम्भ लेखेका छन् । ‘पूर्वाञ्चल’ दैनिकमा ‘गफै त हो नि’ शीर्षकको स्तम्भका स्तम्भकारका रूपमा उनी २०५५ माघ १६ गतेदेखि २०५६ बैशाख ८ गतेसम्म रहेका देखिन्छन् । हालका दिनमा “बाङ्गा कुरा” शीर्षकमा ‘बक्रासुर’ उपनाममा २०६७ श्रावण २४ गते देखि हालसम्म उनी पूर्वाञ्चल दैनिकमा स्तम्भ लेख्दै आएका छन् ।

६.१.२.४ अध्यापक व्यक्तित्व
साहित्यकार भक्त खपाङ्गीका विभिन्न व्यक्तित्वहरूमध्ये अध्यापक व्यक्तित्व पनि महŒवपूर्ण रहको छ । खपाङ्गीले २०४६ माघ महिनामा सिंहवाहिनी प्राथमिक विद्यालय, सेतीपानी शनिश्चरेमा उच्च प्रथामिक तहमा अस्थायी शिक्षकका रूपमा नियुक्ति लिई शिक्षण सेवा प्रारम्भ गरेको पाइन्छ । वि.सं. २०४७ जेठ महिनादेखि भने उनको नियुक्ति बुद्ध आदर्श मा.वि. (हाल उच्च मा.वि.) बुधवारेमा मा.वि.मा अस्थायी शिक्षकका रूपमा भयो । २०६० सालसम्म अस्थायी शिक्षककै रूपमा उक्त मा.वि.मै अध्यापन गराउदै २०६० मा सेवा स्थायी भएपछि उनी नेपाली विषयका स्थायी मा.वि. शिक्षकका रूपमा हालसम्म नै अध्यापन गराउदै आएका छन् । यसका साथै खपाङ्गीले उच्च मा.वि. तर्फ कक्षा ११ र १२ मा पनि नेपाली विषयको अध्यापन यसै बुद्ध आदर्श उच्च मा.वि. मा गराउदै आएका छन् । खपाङ्गी राजनैतिक गतिविधिले देशको शैक्षिक वातावरणमा नराम्रो असर पर्ने भएकोले शैक्षिक क्षेत्रमा हुने राजनैतिक गतिविधि नियन्त्रण गर्न सके शैक्षिक उन्नति हुने कुरामा जोड दिने गर्छन । सधै नियमित रूपमा विद्यालयमा उपस्थित हुने खपाङ्गी एक परिश्रमी र आधुनिक शैलीमा अध्यापन गराउने असल शिक्षक हुन् (स्रोत ः खपाङ्गीका शिक्षक मित्र टिकाराम खवास) । यसरी लामो समयसम्म अध्यापन गराउदै आएका खपाङ्गीको अध्यापक व्यक्तित्व पनि एक उच्च व्यक्तित्वको रूपमा रहेको छ ।

६.१.२.५ सम्पादक व्यक्तित्व
साहित्यका क्षेत्रमा साधनारत भक्त खपाङ्गीको सम्पादक व्यक्तित्व पनि व्यक्तित्वको अर्को महŒवपूर्ण पाटो हो । उनले सम्पादन गरेको पहिलो पत्रिका जातीय समानताका लागि सामयिक प्रकाशनले प्रकाशित गरेका उद्दीपन (२०५० पौष अंक १, वर्ष १) हो । यो पत्रिकाको एउटै मात्र अङ्क प्रकाशित भएको थियो । यसै गरी यिनले सामाजिक परिवर्तनका लागि जागरण अभियानको रूपमा “अनुसूचन” (विचार पत्रिका) मासिक पत्रिकाको वि.सं. २०६५ असोजदेखि सात अंकसम्मको सम्पादन गरेका छन् । उनले मानव अधिकार वर्ष १९९३ को नेपाल जातीय छुवाछुत विषयक तथा संकलन र समग्री तयारीका क्रममा सम्पादन सहयोगीका रूपमा पनि काम गरेको देखिन्छ । साहित्यकार खपाङ्गीले झापाको बुधवारे गा.वि.स. बाट निस्कने स्मारिका बुधवारे हिजो र आज को पहिलो प्रकाशन (२०६२) को सम्पादक मण्डलीमा रही कार्य गरेको देखिन्छ ।
यसरी विभिन्न पत्र–पत्रिकाहरूमा तथा स्मारिकाको सम्पादनमा महŒवपूर्ण भूमिका निर्वाह गरेकाले साहित्यकार खपाङ्गीको सम्पादक व्यक्तिŒव पनि उल्लेख्य रहेको देखिन्छ ।

६.२ भक्त खपाङ्गी र उनका कथाहरू
६.२.१ कथाकार भक्त खपाङ्गी
भक्त खपाङ्गी (२०११) ले नेपाली कथा लेखनको क्षेत्रमा विद्यार्थी जीवनदेखि हात हालेका हुन् । खपाङ्गीको पहिलो कथा जोखाना युगज्ञान पत्रिकामा वि.सं. २०२७ सालमा प्रकाशित भएको थियो । उनको अहिलेसम्म एउटा मात्र कथा संग्रह जागित्रले बोलाएपछि (२०५९) प्रकाशित भएको छ भने बिथोलिएको सम्बन्ध कथा संग्रह अप्रकाशित रूपमा मात्र रहेको पाइन्छ । त्यसै गरी उनका विभिन्न पत्रिकाहरूमा फुटकर कथा पनि प्रकाशित रहेका छन् । यो अध्ययनमा यस जागित्रले बोलाएपछि (२०५९) कथा संग्रहको सामान्य समीक्षा गरी यस संग्रहमा सकलित ‘जागित्रले बोलाएपछि’ कथाको मात्र विस्तृत अध्ययनका आधारमा उनको कथाकारिताको निरूपण गर्ने प्रयास गरिएको छ ।

६.२.२ जागित्र बोलाएपछि कथा संग्रहको परिचय
नेपाली कथा विधाको क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याउने कथाकार भक्त खपाङ्गी झापामा बसेर कथा लेखनमा निरन्तर क्रियाशील छन् । उनको ‘जागित्रले बोलाएपछि’ (२०५९) कथा संग्रह पहिलो प्रकाशित पुस्तकाकार कृति हो । यसमा खपाङ्गीका बाह्रवटा कथाहरू संकलित छन् । यी कथाहरूले सामाजिक यथार्थवादी प्रवृत्ति अंगालेको पाइन्छ (आचार्य २०५९ ः २२) । प्रत्येक कथामा अलग–अलग प्रसङ्ग, परिवेश, भावभूमि र विषयवस्तुलाई समेट्ने प्रयास गरेका छन् । यस कथा संग्रहमा रहेका कतिपय कथाहरू रोमान्टिक यथार्थपरक रहेका छन् भने कुनैमा प्रगतिवादी विचार पनि प्रकट भएको देखिन्छ ।
नेपाली साहित्यका विभिन्न वाद वा धारामध्ये कथाकार खपाङ्गी सामाजिक यथार्थवादलाई आत्मसात् गरेर कथा लेख्ने गर्दछन् । उनका कथाले विसंगति र विकृतिप्रति व्यङ्ग्य गरेको पाइन्छ । वर्गीय भेदभाव ग्रामीण जीवनको गरिबी, अशिक्षा, जातिपातिको भेदभाव र शोषण आदिलाई पनि प्रबल रूपमा उठाएका छन् । समाजमा लुकेर बसेको आडम्बरी प्रवृत्ति र संस्कृतिलाई नाटकीय ढङ्गबाट प्रस्तुत गर्न खपाङ्गीको जुन शैली विकसित भएको छ त्यो उनको शैलीगत सफलता हो । खपाङ्गीको ‘जागित्रले बोलाएपछि’ कथा संग्रहमा कथाहरूमा नारीमा पाइने कोमलता, गरीबीका कारण यौन व्यवसायमा लाग्नुपर्ने परिस्थितिको वर्णन पाइन्छ । यसरी कथाकार खपाङ्गीका कथाहरूमा सामाजिक यर्थाथता विषयवस्तु बनेको पाइन्छ ।

६.२.३ ‘जागित्रले बोलएपछि’ कथाको अध्ययन
६.२.३.१ कथानक
प्रस्तुत कथा कथाकार भक्त खपाङ्गीको ‘जागित्रले बोलाएपछि’ कथा संग्रहमा संकलित कथा हो । उनको यसै कथालाई आधार बनाएर कथा संग्रहको नाम राखेका छन् । कथाकार स्वयम्लाई धेरै मन पर्ने यो कथा पहिलो पटक ‘झापा दश’ (२०५७) मा छापिएको थियो ।
पाँच पृष्ट ओगटेको यो कथा तीन खण्डमा विभाजित छ । आयामका दृष्टिले यो कथा मझौला आकारको रहेको छ । ‘भारी पुग्यो बाजे ?’ भन्ने प्रश्नवाचक वाक्यबाट यस कथाको थालनी भएको छ । चिया बगानमा घाँस काट्दै गरेका रामप्रसाद बाजे एक्कासी ‘भारी पुग्यो बाजे’ भन्ने आवाज सुन्न पुग्छन् । त्यो आवाज कस्को हो भनेर चारैतिर हेर्दा कोही मान्छेलाई नदेखेपछि कसको आवाज हो भनेर छुट्याउने क्रममा पहिल्यै त्यस ठाउँमा रहस्यमय तरिकाले मृत्यु भएकी साहिली तामाङ्नीको जस्तो लाग्छ । त्यसपछि रामप्रसाद वाजे तामाङ्गनी साहिली जागित्र भएर आएकी हो भन्ने निर्णयमा पुग्छन् । त्यही जागित्रको डरले घर पुगेका बाजेलाई ज्वरो आउँछ । बाजेले बज्यैलाई जागित्रबारे सबै बताउँछन् । बजेलाई शान्तीपुरे धामीले सेर्गेम गरे पनि सन्चो हुँदैन । बाजेले पुनः पान्थरे धामीलाई बोलाउन पठाउँछन् । यसै समयमा कोही नभएको मौका पारी रामप्रसाद बाजेले सावित्रीसँग कान्छो छोरोको सम्बन्ध नजिकिदै गएको देखेर उसँग नजिक नहुनु भन्दे त्यो तेरो दमिनी पट्टीबाट जन्मेकी बहिनी हो । पहिल्यै सावित्राकी आमासँग मेरो लसपस भएको र यो घट्नालाई मैले जसरी त्यसरी भए पनि पन्छाएको थिए भन्न पुग्छन् ।
रामप्रसाद बाजे बिरामी भएका छन् भन्ने सुनेर चिया बगानमा काम गर्ने मजदुर महिला लच्छिमी हेर्न आएकी छे । उसले बज्यैसँग हिजो चिया बगानमा बाजे घाँस काटिरहेका थिए । मैले “भारी पुग्यो बाजे” भनें तर बाजेले सुन्नु भएन भनी बज्यैसँग गफ गर्छे । बिरामी रामप्रसाद बाजेले लच्छिमी र बज्यैको संवाद भित्रैवाट सुनेका थिए । बाजेले लच्छिमीलाई भारी पुग्यो भनेर भन्ने तिमी नौ हौ भनेर भनेपछि लच्छिमीले कुरो बुझे झै गरी हो त भनी उत्तर दिन्छे । यसरी कथाको अन्त्य अवस्थामा सत्य खुल्दा बाजेले सुनेको त्यो स्वर जागित्रको नभएर छिमेकी नारी नच्छिमीको हो भन्ने थाहा पाउँछन् ।

६.२.३.२ चरित्र चित्रण
कथामा कथावस्तु पछि अर्को महŒवपूर्ण तŒव पात्र हो । यस कथामा रामप्रसाद बाजे, बज्यै, दमिनी, कान्छो छोरो, शान्तीपुरे धामी, सावित्री, माहिली तामाङ्गी बुढापाका जस्ता पात्रहरू छन् जसमा रामप्रसाद बाजे प्रमुख पात्र हुन् ।

क) रामप्रसाद बाजे
रामप्रसाद बाजे यस कथाका प्रमुख केन्द्रीय पात्र हो । उसकै चरित्रको सेरोफेरोमा प्रस्तुत कथाको कथानक अघि बढेको छ । लिङ्गका आधारमा ऊ पुरुष चरित्र हो । कार्यका आधारमा ऊ केन्द्रीय चरित्र हो । रामप्रसाद बाजेले चिया बगानमा घाँस काटेको देखिन्छ । यस मानेमा ऊ एउटा किसान चरित्र हो । बाजेले चिया बगानमा सुनेको एउटा नारी स्वरलाई जागित्र ठानेको छ । त्यसैले ऊ एउटा अन्धविश्वासी चरित्र हो । घरमा कोही नभएको मौका छोपेर काम गर्ने नोकर्नी दमिनीसँग यौन लसपस पनि गरेको छ । यसर्थ, ऊ एउटा कामुक चरित्र हो । दमिनीसँगको यौन संसर्गबाट जन्म लिन पुगेकी आफ्नै छोरीलाई समाजको डरले अर्कालाई जिम्मा लगाएबाट बाजे कतव्र्यविमुख कायर पिता चरित्र पनि हो । बाजेले बगानमा घाँस काटेका र विभिन्न व्यक्तिसँग संवाद गरेका घटनाहरू कथामा दृश्यात्मक रूपमा देख्न सकिन्छ । यसैले बाजे यस कथाको मञ्चीय चरित्र हो । उसलाई कथाबाट बाहिर निकाल्दा कथाको अस्तित्व नै हराउँछ । त्यसैले ऊ एउटा बद्ध चरित्र हो । जीवन चेतनाका दृष्टिले हेर्दा ऊ एउटा वर्गीय चरित्र हो । किन भने हाम्रो समाजमा जागित्रको विश्वास गर्ने, धामीझाक्रीलाई पत्याउने मानिसहरू प्रसस्तै छन् । ऊ त्यस्ता व्यक्तिहरूको प्रतिनिधित्व गर्ने व्यक्ति हो । ऊ स्वभावका आधारमा गतिशील चरित्र हो ।
यसरी यस कथाका प्रमुख चरित्र रूपमा रहेका राम प्रसाद वाजे पुरुष, अन्धविश्वासी, मञ्चीय, वद्ध, गतिशिल, कतव्र्यविमुख पिता, यौन शोषक, कायर, केन्द्रीय चरित्र हो ।

ख) बज्यै
बज्यै यस कथाकी प्रमुख नारी चरित्र हो । कथामा उसको उपस्थिति पहिलो, दोस्रो र तेस्रो गरी सबै खण्डमा भएको छ । ऊ आफ्नो श्रीमान् बिरामी हुँदा ज्यादै दुःखी भएकी छे । श्रीमान्को सेवा तथा उपचार गर्न भरमग्दूर रूपमा लागेकी छे । यसैले ऊ एउटी असल पत्नी चरित्र हो । नेपाली समाजका नारीहरूमा हुने गुण उसमा भएबाट जीवन चेतनाका आधारमा ऊ एउटी वर्गीय चरित्र हो । श्रीमान् विरामी भएको बेला लोग्नेको सेवा गर्ने र उपचार गर्न तल्लीन भएकी छ । उसको कथामा कहीं कतै नकारात्मक कार्य देखिदैन । त्यसैले प्रवृत्तिका आधारमा ऊ अनुकूल चरित्र हो । जागित्र तथा धामी झाँक्रीमा विश्वास गरेबाट बज्यै अन्धविश्वासी चरित्र हो । आसन्नताका आधारमा ऊ मञ्चीय चरित्र हो किनभने उसले बाजे, लच्छिमीसँग संवाद गरेको र पान्थरे धामी लिन गएको घटनाहरू मा उसलाई प्रत्यक्ष रूपमा देख्न सकिन्छ । आबद्धताका दृष्टिले बज्यै बद्ध चरित्र हो किन भने कथाबाट बज्यैलाई अलग गर्दा कथानक भताभुङ्ग हुन गएर कथाको अस्तित्व नै समाप्त हुन पुग्दछ । यसरी बज्यै यस कथाकी स्त्री, अनुकूल, मञ्चीय, बद्ध, अन्धविश्वासी वर्गीय चरित्र हो ।


ग) लच्छिमी
लच्छिमी यस कथामा सहायक स्त्री चरित्र रूपमा देखा परेकी छे । लिङ्गका आधारमा स्त्री चरित्र लच्छिमी चिया बगानमा काम गर्ने मजदुर हो । ऊ कथामा रामप्रसाद बाजेकी छिमेकीका रूपमा देखा परेकी छे । कथामा थालनीमै देखा परेकी लच्छिमी दोस्रो खण्डमा देखा परेकी छैन तर अन्तिम खण्डमा भने देखा परेकी छे । यस कथामा जागित्रको समस्या ल्याउने तथा ‘बाजे भारी पुग्यो ?’ भनेर कथाको थालनी गर्ने र बाजे भारी पुग्यो भन्ने मै हँु भनेर समस्याको सामाधान गर्ने चरित्रको रूपमा ऊ कथामा आएकी छ । लच्छिमीले बज्यै र बाजेसँग संवाद गरेको, लच्छिमी घाँस काट्न गएको, विरामी रामप्रसाद बाजेलाई हेर्न आएको घटना कथामा दृश्यात्मक रूपमा देख्न सकिन्छ । यसर्थ, ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । लच्छिमीले कथामा कहीं कतै नकारात्मक कार्य गरेको देखिंदैन । यसर्थ, ऊ यस कथाकी अनुकूल चरित्र हो । यसलाई कथाबाट हटाउँदा कथाको थालनी नै हुन सक्तैन । उसकै भूमिकाबाट कथानकको थालनी र अन्त भएको छ । यसर्थ ऊ कथाबाट हटाउन नमिल्ने पात्र भएकाले आबद्धताका दृष्टिले ऊ बद्ध चरित्र हो । हाम्रो समाजमा छिमेकी विरामी हुँदा महिलाहरू हेर्न जाने चलन छ । लच्छिमी पनि विरामी भएका रामप्रसाद बाजेलाई हेर्न गएकी छ । यसबाट ऊ विरामी हेर्न जाने नेपाली समाजकी प्रतिनिधि पात्र हो । यसर्थ, ऊ जीवन चेतनाका आधारमा वर्गीय चरित्र हो । त्यसै गरी ऊ चिया बगानमा मजदुरी गर्ने गरीव वर्गीय चरित्र पनि हो । यसरी यस कथामा लच्छिमी एउटी गरीब , स्त्री, मञ्चीय, वर्गीय, बद्ध, अनुकूल र महŒवपूण चरित्र हो ।

घ) कान्छा
कान्छा राम प्रसाद बाजेको छोरो हो । लिङ्गका आधारमा ऊ पुरुष चरित्र हो । ऊ क्याम्पस पढ्ने आधुनिक युवा विद्यार्थी हो । ऊ जातभातमा विश्वास नगर्ने परम्पराविरोधी र चेतनशील युवा चरित्र हो । किनभने सावित्रा दमिनी हो भनेर जान्दा जान्दै पनि उसले सावित्रासँग सम्बन्ध बढाएको छ । पिता रामप्रसाद बाजेले बोलाउँदा तुरुन्त आउने र हिम्मत नहार्नु पिता भनेबाट ऊ एउटा असल पुत्र चरित्र हो । सबै बाबुका छोराले पनि यस्तै कार्य गर्ने भएकाले जीवन चेतनाका आधारमा ऊ एउटा वर्गीय चरित्र हो । कान्छोले पितासँग गरेको संवाद दृश्यात्मक रूपमा देख्न सकिने भएको हुँदा आसन्नताका आधारमा ऊ एउटा मञ्चीय चरित्र हो । प्रस्तुत कथाबाट उसलाई बाहिर निकाल्दा कथानक बाधा पुग्छ । त्यसैले ऊ कथाबाट हटाउन नमिल्ने बद्ध चरित्र हो । कथामा कान्छोले कुनै नकारात्मक कार्य गरेको पाइदैन । त्यसैले ऊ प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो । समग्रमा कान्छो सहायक, मञ्चीय, वर्गीय, बद्ध, अनुकूल र पुरुष चरित्र हो ।



ङ) शान्तिपुरे धामी
शान्तिपुरे धामी कथाको मध्य भागमा यस कथाको मुख्य पात्र रामप्रसाद बाजेको जोखाना हेर्न र सेर्गेम गर्नेमा देखा परेको छ । त्यसैले ऊ कार्यको आधारमा यस कथाको सहायक पात्र हो । लिङ्गका आधारमा ऊ पुरुष चरित्र हो । उसले विरामी बाजेको जोखाना हेरेको र सेर्गेम गरेको घटना कथामा दृश्यात्मक रूपमा देख्न सकिने भएकोले ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । आबद्धताको दृष्टिले ऊ मुक्त चरित्र हो । किनभने उसलाई कथाबाट हटाउँदा कथानकमा कुनै असर पदैन । हाम्रा समाजका धामी झाँक्रीहरूले जस्तै गरी जोखना हेरेको र सेर्गेम गरेबाट जीवन चेतनाका आधारमा ऊ वर्गीय चरित्र हो । उसको विचारमा कुनै परिवर्तन आएको छैन । यस मानेमा स्वभावका आधारमा ऊ स्थिर प्रकृतिको चरित्र हो । यसरी समग्रमा ऊ अन्धविश्वासी, पुरुष, सहायक, मञ्चीय, मुक्त, स्थिर चरित्र हो ।
यसै गरी यस कथामा देखा परेका अन्य चरित्रहरू सावित्रा, साहिली तामाङ्गनी, आदिको खासै भूमिका नभएकाले यी गौण चरित्र हुन्

६.२.३.४ परिवेश
यस कथामा रामप्रसाद बाजे र लच्छिमीले घाँस काटेको चिया बगान अवस्थित छतिउन गाछीदेखि रामप्रसाद बाजेको घरसम्मको स्थान मुख्य रूपमा स्थानगत पपिरवेशको रूपमा आएका छन् । किनभने यो चिया बगानमा जागित्र आएको घटनाले नै यस कथाको कथानकको थालनी भएको छ । त्यसै घटनाका कारण बाजे घरमा गएर बिरामी भएको हो । बिरामी हेर्न बाजेको घरमा ठूलो भीड छ । बाजेले साँझमा चिया बगानमा घाँस काटेको र भोलिपल्ट सत्य थाहा पाएको घटनाले दुई दिनको कालक्रमिक परिवेश आएको देखिन्छ । बाजेलाई जागित्रको रूपमा आएको नारी स्वर र कान्छो छोरोको सावित्रासँग सम्बन्धले तनाब बढाएको छ । जसले आन्तरिक परिवेश कथामा ल्याएको छ । मजदुर महिला लच्छिमी र रामप्रसाद बाजे घाँस काट्न गएको घट्नाले ग्रामीण समाजको परिवेश कथामा आएको पाइन्छ । जागित्र आएको ठानेबाट, धामी, झाँक्री लगाएमा निको पार्न खोजेबाट अन्धविश्वासी नेपाली संस्कार परिवेशको रूपमा आएको छ । जातीय भेदभाव र सामाजिक मर्यादाका कारण आफ्नै सन्तानलाई पनि अर्काको जिम्मा लगाउनुपर्ने स्थिति, माथिल्ला जातको तल्ला जातले सेवा गर्नुपर्ने, सेवामा सेवारत रहँदा यौन शोषण गर्ने यौन पापी शोषक र यौन पीडित शोषित समाज पनि परिवेशको रूपमा आएको छ ।

६.२.३.५ भाषाशैली
भाषाशैली पनि कथाका उपकरणहरूमध्ये एक महŒवपूर्ण अङ्ग मानिन्छ । भाषाशैलीको माध्यमबाट नै कथा कतिको उत्कृष्ट छ भन्ने पत्ता लगाउन सकिन्छ । यस कथाको भाषा अत्यन्त सरल छ । सामान्य ग्रामीण क्षेत्रमा बोलिने नेपाली भाषाको प्रयोग छ । जस्तै ः दशाले कुत्कुत्याएर लगेछ नि !, तेरा बुढाको दिन सकिएछ, बुढी अब मानो पुगेछ इत्यादि । कहीं–कहीं सामान्य अ्रग्रेजी (स्कूल, क्याम्पस, क्लास) जस्ता शब्दको प्रयोग भए पनि सामान्य नेपाली बोलचालमा प्रयोग भइरहेकाले सबैले बुझ्न सक्छन् । यसैगरी ठुल्दाइ, दोबाटो, हिम्मतिलो जस्ता समस्त शब्दको प्रयोगले कथालाई जीवन्त बनाएको छ । पो, नि, जस्ता निपातहरू, हंसले ठाउँ छोड्नु, चिसो पस्नु, जस्ता तुक्काको प्रयोगले कथालाई पठनीय आकर्षक पनि बनाएको छ ।

६.२.३.३ संवाद
संवाद पनि कथाको एउटा महŒवपूर्ण अङ्ग हो । कथाकार खपाङ्गीले प्रस्तुत कथामा संवादको यथोचित रूपमा प्रयोग गरकोे पाइन्छ । प्रस्तुत कथामा कथाको उद्देश्य पूर्तिका लागि रामप्रसाद बाजे र बज्यै, बज्यै र लच्छिमी, रामप्रसाद बाजे र लच्छिमी, बाजे र कान्छो छोराबीच संवादको प्रयोग गरेका छन् । कथाभित्र प्रयोग भएको संवादमा पात्रको स्तरअनुसारको भाषाको प्रयोग गरिएको छ । यसै गरी सामूहिक छलफलको रूपमा पनि संवादको प्रयोग कथामा भएको छ । कथामा प्रयोग भएको संवाद सबै सजिलै बुझ्न सकिने खालका छन् ।
प्रस्तुत कथामा प्रयोग भएको संवादको नमूना ः
रामप्रसाद बाजे र बज्यैबीचको संवाद
“के भयो यस्तो गर्मीमा सिरक पो ओढ्नु भएछ” भित्र गएर असामान्य स्थिति बोध हुने बित्तिकै बाजेको निधार छाम्दै बज्यै बोलिन् ‘जरो पो आइराखेको छ त !’
“तेरा बुढाको दिन सकिएछ बुढी अब !”
आँखा नउघारी शिथिल स्वरमा बाजेले बोले ।
के भन्नु हुन्छ ? के भो ? बज्यै आत्तिइन् ।
अक म बाँत्तिनँ, मानो पुगेछ । सारै कचकच गर्छौ भन्थिस् अब कचकच गर्दिन । घर अब तेरै जिम्मा भयो ।
चिन्तित हुदै बज्यैले सोधिन् “भ को चै के हो? त्यो बताउनुहोस् न पैले के भयो ?”
साइली तामाङ्गनी जागित्र भ’की र’छे, मलाई बोलाई आज !
यसरी यस कथामा प्रयोग भएको संवाद हेर्दा छोटा छोटा सरल संवाद रहेका छन् । प्रस्तुत कथामा प्रयोग भएका संवादहरूले कथालाई रोचक बनाउन महŒवपूर्ण भूमिका खेलेका छन् ।

६.२.३.६ दृष्टिबिन्दु
सामान्य रूपमा भन्ने हो कसको कथा हो र त्यसको प्रस्तोता को हो भन्ने कुराको उत्तर दिनु नै दृष्टिबिन्दु हो । प्रस्तुत कथामा समाख्याता आफू तटस्थ बसेर कथावाचन गरेको छ । यसर्थ कथामा वाह्य बा तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग भएको छ । “भारी पुग्यो बाजे ?” (पृष्ठ १२) भनेर कथा भन्न शुरु गरेको समाख्याताले तटस्थ बसेर कथा समाख्यान गरेको छ ।


६.२.३.७ उद्देश्य
चिया बगानमा घाँस काटेका बेला आएको एउटी नारीको स्वरलाई जागित्र आएको ठानी रामप्रसाद बाजे विरामी अवस्थासम्म पुगेको घटना र अन्तमा त्यो स्वर लच्छिमीको भएको सत्यता रामप्रसाद बाजेले बुझ्न पुग्छन् । यो घटनामार्फत कथाकारले अन्धविश्वासले मानिसलाई कहाँसम्म पु¥याउँछ, कुनै पनि कार्यको कारण पत्ता नलगाउँदा कस्तो परिस्थितिको सामना गर्नु पर्छ भन्ने देखाउनु नै यस कथाको मूख्य उद्देश्य हो । ठूला जातकाले साना जातका नारीको यौन शोषण कसरी गर्छन् र त्यो यौन शोषणबाट उत्पन्न पापको पोकालाई कसरी कुन चालबाजीले पन्छाउँछन् भन्दै यौन शोषण र शोषित समाजको चित्रण गर्नु यस कथाको दोस्रो उद्देश्य रहेको हो । माथिल्ला जातका मानिसको तल्ला जातका मानिसको सेवा गर्नु पर्ने बाध्यता देखाउनु यस कथाको अर्को उद्देश्य हो ।

६.३ कथाकार भक्त खपाङ्गीको कथाकारिता
६.३.१ सामाजिक यथार्थवादी कथाकार
कथाकार भक्त खपाङ्गीले आफ्नो कथामा नेपाली समाजमा रहेका मूल्य मान्यता, परम्परा, रीतिरिवाज कस्तो रहेको छ भन्ने कुरालाई यथार्थ ढङ्गबाट प्रस्तुत गरेका छन् । बहुसंख्यक जनताको जीवनमा घटने घटनालाई विषयवस्तुको रूपमा लिएर कथामा पुरानो पुस्ता र नयाँ पुस्ताको द्वन्द देखाउदै समाजमा पुरानो पुस्ताका मूल्य मान्यता क्रमश ः विस्थापित हुँदै जाने र नयाँ मान्यता स्थापित हुँदै जाने युगसत्यलाई कथामा देखाएका छन् । खपाङ्गीले आफ्ना कथामा प्रायः सोझा सादाले सामाजिक अपराध सहन बाध्य हुनु परेको, निमुखा गरीब दलितहरूको जीवन गुजाराका बाटाहरू त्यसै बन्द भएका, कसैका छोरीले आफ्ना आमा–बाबुको नाक काटेका विषयवस्तु हाम्रै समाजबाट लिएका छन् । विषयवस्तु अनुसार पात्र परिवेश आदि पनि हाम्रै समाजबाट लिएको पाइन्छ । तसर्थ खपाङ्गी सामाजिक यथार्थवादी कथाकार हुन् ।

६.३.२ प्रगतिवादी कथाकार
कथाकार खपाङ्गीमा प्रगतिवादी प्रवृत्ति पनि पाइन्छ । वर्गद्वन्द्वको अभिव्यक्तिमा जोड दिँदै शोषक वर्गप्रति घृणा र शोषित वर्णप्रति सहानुभूति दर्शाएर शोषकविरुद्ध कथामार्फत आवाज उठाउँदै रुढीवादी दृष्टिकोण र अन्ध परम्पराको विरोध, नयाँ युगको आकाक्षा जस्ता दृष्टिकोण हुनु जस्ता प्रगतिवादी प्रवृत्तिबाट प्रभावित भएर कलम चलाएका छन् । उनी ‘जागित्रले बोलाएपछि’ कथामा रूढीवादी एवम् अन्ध परम्परा र संस्कृतिको विरोध गर्दै नयाँ मूल्य मान्यताको पक्षमा उभिएका छन् । यो कथामा रामप्रसाद बाजेले एउटी गरीव तामाङ्नीलाई यौन शोषण गरेर जन्मिएकी छोरीलाई जसो तसो गरेर पन्छाएका छन् । जागित्रमा विश्वास गर्ने परिपाटीको अन्त्य गर्न जागित्र नभएको घटना कथामा देखाएका छन् । यसरी कथाकार खपाङ्गीले प्रगतिवादी स्वर कथामा प्रस्तुत गरेका हुनाले उनी प्रगतिवादी कथाकार हुन् । उनका दशैंको खसी, छोरीका कुरा प्रगतिवादी कथा हुन् ।

६.३.३ राजनैतिक विषयवस्तु
राजनैतिक विषयवस्तुलाई आफ्नो कथामा प्रस्तुत गर्नु कथाकार खपाङ्गीको अर्को महŒवपूर्ण विशेषता हो । यो विशेषता कथाकार खपाङ्गीका कथामा पनि पाइन्छ । उनले आफ्ना कतिपय कथाको विषयवस्तु राजनैतिक क्षेत्रवाट लिएका छन् । हाम्रा समाजमा हुने खराव राजनैतिक प्रवृत्तिलाई खपाङ्गीले आफ्ना कथामा चिरफार गरेका छन् । त्यस्ता खराव राजनीतिले समाजलाई कसरी भ्रष्ट बनाएको छ भन्ने देखाउँदै उनका कथाले देशमा शान्ति सुरक्षा एवम् अमन चयन कामय हुन नसक्नुको कारण नै राजनीति हो भन्ने निष्कर्ष पनि दिएका छन् । खपाङ्गीका शान्ति सुरक्षा, शहरभित्रको बन जस्ता कथा राजनैतिक विषयवस्तु भएका कथा हुन् । शान्ति सुरक्षा कथामा पुलिसकहाँ उजुरी गर्न जाँदा राजनीतिक प्रतिनिधि लिएर आउनू भन्ने कुरो उठाएर राजनीतिक पार्टीको समर्थनले विकृति बढेको भन्ने प्रसङ्ग देखाएका छन् ।

६.३.४ कथाहरू छोटा आकारका हुनु
कथाकार भक्त खपाङ्गीका कथाहरू धेरै लामा हुँदैनन् । कथाकार खपाङ्गी एडगर एलेन पोले कथाको परिभाषामा भने झंै “एक बसाइमा पढिसकिने” आकारका कथा लेख्छन् । उनका कथाहरू छोटोमा दुई पृष्टदेखि लामोमा ११ पृष्ठसम्मका छन् । खपाङ्गीका प्रायः जसो ५÷६ पृष्ठका नै छन् । आजको युगअनुकूल लामा कथा पढ्न पाठकलाई फुर्सद नहुने भएकोले सामान्यतः एक बसाइ अर्थात २०÷२५ मिनटभित्र पढिसकिने आकारका कथा उनले लेखेका छन् । यो पनि खपाङ्गीको कथाकारिताको एउटा विशेष पक्ष हो ।

६.३.५ सरल र बोलीचालीको भाषाको प्रयोग
कथाकार खपाङ्गीको सरल र बोलीचालीको भाषा प्रयोग अर्को महŒवपूर्ण विशेषताको रूपमा रहेको पाइन्छ । कथाकार खपाङ्गीको कथामा दुर्बोध्य र असम्प्रेषणीय पदावलीको प्रयोग पाइँदैन । उनका कथाहरू सामान्य, सरल, अशिक्षित, श्रमजीवि वर्गलाई लक्ष्यित गरेर लेखिएका हुनाले त्यहाँ कुनै आलङ्कारिक भाषाको प्रयोग हुँदैन । कथाकार खपाङ्गीले आफ्ना कथामा सकेसम्म सामान्यभन्दा सामान्य पाठकले सजिलै बुझ्न सक्ने सरल बोलीचालीका शब्दहरूको प्रयोग गरेर कथालाई सुबोध्य बनाएका छन् । गाउँले बोली र लवजलाई जस्ताको तस्तै उतारेर सामान्य भन्दा सामान्य पाठकमा पु¥याउने चेष्टा उनले आफ्ना कथामा गरेका छन् । अनुकरणात्मक शब्द, नेपाली झर्रा शब्द, यथाप्रसङ्ग प्रभावकारी र सान्दर्भिक रूपमा उखान, टुक्का उपमा आदिको प्रयोग गरेर कथालाई सरल, रोचक र आकर्षक बनाउने चेष्टा गरेका छन् ।




६.३.६ निष्कर्ष
नेपाली साहित्यका साधनारत साहित्यकार भक्त खपाङ्गीले विभिन्न वादमा आधारित कथाहरू लेखे पनि उनी मूलतः सामाजिक यथार्थवादी कथाकार हुन् । उनका कथाहरू सामाजिक राजनैतिक विषयमा आधारित छन् । कथाकार खपाङ्गी आफ्ना कथामा समाजका आफ्ना आँखा अगाडिका घटनाहरूलाई कथाको विषयवस्तु र आफ्नै समाजिक परिवेशमा अवस्थित चरित्र र गाउँले परिवेशलाई कथामा चयन गर्न पुगेका छन् । खपाङ्गीका कथाहरूमा प्रायः जसो सबै कथाहरूमा तृतीय पुरुष वर्णन शैली अँगालिएको पाइन्छ । सामाजिक, राजनीतिक, विकृतिलाई प्रष्ट्याउँदै खपाङ्गीका कथाहरूमा समाज सुधारको सामान्य अपेक्षा गरिएको पाइन्छ ।

सातौ परिच्छेद
कोमल प्रसाद पोखरेलको जीवनी, व्यक्तित्व, उनका कथा र कथाकरिता

७.१ कोमल प्रसाद पोखरेलको जीवनी र व्यक्तित्व
७.१.१ जीवनी
७.१.१.१ जन्म
साहित्यकार कोमल प्रसाद पोखरेलको जन्म वि.सं. १९९९ असार ३ गते आषाढ शुक्ल तृतीयाका दिन मेची अञ्चलको इलाम जिल्लामा अवस्थित तोरीबारी भन्ने ठाउँमा भएको हो (स्रोत ः कोमलप्रसाद पोखरेल) । पिता रामनाथ पोखरेल र माता मीनरुपा पोखरेलका नौ जना सन्तानमध्ये प्रथम सन्तानको रूपमा कोमलप्रसाद पोखरेलको जन्म भएको हो । साहित्यकार पोखरेलको गोत्र आत्रेय हो । साहित्यकार पोखरेलका पुर्खाहरू दोलखा जफेमालुबाट बसाइँ सरी इलाम आएका हुन् भन्ने भनाइ शोधनायक पोखरेलको रहेको छ ।

७.१.१.२ बाल्यकाल
साहित्यकार पोखरेलको बाल्यकाल इलामको तोरीबारीमै बितेको देखिन्छ । आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्म लिन पुगेका पोखरेलको बाल्यावस्था कमजोर आर्थिक अवस्थाकै कारण आधुनिक सुखसुविधामय वातावरणमा बित्न पाएन । यिनको बाल्यकाल आमा–बुबाको काखमा नै बितेको देखिन्छ । आफू जन्मिएको ठाउँमै आफ्नो बाल्यकाल बिताउने पोखरेलले प्राकृतिक सौन्दर्यले परिपूर्ण इलामको तोरीबारीमा उफ्रँदै, दगुर्दै, पल्टँदै, गाई बस्तु चराउँदै, लुकामारी खेल्दै बाल्यावस्था पार गरेको देखिन्छ । समग्रमा पोखरेलको बाल्यकाल रमाइलोसँग प्राकृत वातावरणमा नै बितेको देखिन्छ ।

७.१.१.३ पारिवारिक जीवन
साहित्यकार कोमल प्रसाद पोखरेलको दुई पटक विवाह भएको देखिन्छ । पोखरेलको पहिलो विवाह वि.सं. २००९ सालमा दश वर्षको उमेरमा इलाम तोरीबारी निवासी नन्दप्रसाद घिमिरे र बेदमाया घिमिरेकी १० वर्षकी छोरी लोकमाया घिमिरेसँग परम्परागत रूपमा भएको हो । उनलाई विवाह गरेको एघार वर्षसम्म कुनै सन्तान प्राप्त भएनन् । तत्कालीन रूढिग्रस्त समाज, धर्मिक वातावरण र ज्योतिषीका सल्लाहअनुसार वि.सं. २०२१ सालमा पोखरेलले दोस्रो विवाह गरेका हुन् । यिनको दोस्रो विवाह इलामको लक्ष्मीपुर बसोबास गर्ने उमाकान्त दाहाल र कृष्णकला दाहालकी छोरी धर्मादेवीसँग भएको थियो । यसरी २०२१ सालमा पोखरेलको दोस्रो गृहस्थ जीवनको शुरुआत भएको देखिन्छ । सन्तान प्राप्त गर्ने उद्देश्यले दोस्रो विवाह गरी ल्याएकी श्रीमती धर्मादेवीबाट तीन छोरा र दुई छोरीको जन्म भयो । वि.सं. २०४९ सालमा जेठा छोरा सूर्यप्रसाद पोखरेलको बस दुर्घटनमा परी मृत्यु भयो । त्यसै गरी साहित्यकार पोखरेलकी जेठी श्रीमती लोकमाया पोखरेलको वि.सं. २०२६ सालमा सालमा मृत्यु भयो । हालका दिनमा साहित्यकार पोखरेलका माइला छोरा–बुहारी तीर्थप्रसाद र राधा पोखरेल, कान्छा छोरा–बुहारी गणेशप्रसाद र दीपा पोखरेल छन् भने छोरी ज्वाँइ पुन्यप्रसाद प्रवाह पोखरेल र गोपी पोखरेल, कान्छी छोरी – ज्वाँइ पुष्पादेवी र विष्णुप्रसाद प्रसार्इं रहेका छन् । नाती – नातिना छोरा पट्टिबाट तीन जना क्रमशः अजिन, अभिजित र अजिता रहेका छन् भने छोरीपट्टि दुई नाति अभिषेक र अमृत रहेका छन् ।

७.१.१.४ रुचि र स्वभाव
साहित्यकार कोमलप्रसाद पोखरेल सबैसँग सजिलै मिल्न सक्ने मिलनसार व्यक्ति हुन् । पोखरेलको केटाकेटीसँग ख्याल ठट्टा गर्ने स्वभाव रहेको छ । गम्भीर स्वभावका पोखरेल सबैका कुरा सुन्ने तर थोरै कुरा मात्र व्यक्त गर्ने मिजासिला मित्र हुन् (स्रोत ः साहित्यकार तुलसीदास श्रेष्ठ)
प्राइभेट रूपमा उच्च शिक्षाका सबै तह उत्तीर्ण गर्ने साहित्यकार पोखरेलको पुस्तक, पत्र पत्रिका अध्ययन गर्नु मुख्य रुचिको विषय रहेको छ । उनको साहित्यसाधना गर्ने मुख्य समय कोलाहलरहित शून्यमय वातावरण नै हो (स्रोत ः कोमलप्रसाद पोखरेल) । पोखरेल खानामा दाल, भात र तरकारी नै रुचाउँछन् । पहिरनमा पोखरेल दौरा सुरुवाल मन पराउँछन् । यसका साथ साथै घरमा बस्दा गन्जी र तौलिया लगाउनु राम्रो ठान्दछन् । उनलाई मन पर्ने स्थान जन्मभूमि इलाम नै हो । यिनलाई मन पर्ने कथाकारहरूमा गुरुप्रसाद मैनाली, पुष्कर शम्शेर, वी.पी. कोइराला हुन् (स्रोत ः पूर्ववत) । साहित्यकार पोखरेल सादा जीवन उच्च विचारमा विश्वास राख्दछन् ।

७.१.१.५ साहित्यिक प्रेरणा
साहित्य साधनामा निरन्तर लागि पर्ने कुशल साधक साहित्यकार कोमलप्रसाद पोखरलेलाई सर्वप्रथम सहित्यतर्फ डो¥याउने प्रेरणाको स्रोतका रूपमा बनारसबाट प्रकाशित “आमा” (२०२०) पत्रिका हो (स्रोत ः कोमलप्रसाद पोखरेल) भारतको बनारसमा रहँदा पोखरेलको पहिलो कविता “शिरमाथि नेपाल आमालाई, काधमाथि महेन्द्र राजालाई” आमा पत्रिका प्रकाशित भएबाट नै उनलाई साहित्यतर्फ अभिप्रेरित हुने हौसला बृद्धि भएको देखिन्छ । यसरी तत्कालीन अनुकूल समय र विभिन्न साहित्यकारहरूसँगको सम्पर्कले पनि पोखरेललाई साहित्य क्षेत्रमा लाग्न प्रेरणा मिलेको पाइन्छ । त्यसै गरी इलामबाट निस्कने “सौगात” पत्रिकामा आफ्नो साहित्य सम्बन्धी लेख छापिएपछि उनलाई साहित्यतर्फ लाग्ने प्रेरणा अझ बढेको देखिन्छ । झापाली अग्रज साहित्यकार एवम् झर्रोवादी आन्दोलनका एक अग्रणी चूडामणि रेग्मीले पनि साहित्य लेखनमा अघि बढ्न प्रेरणा दिएको आत्मस्वीकृति साहित्यकार पोखरेलको रहेको छ ।

७.१.१.६ शिक्षादीक्षा
साहित्यकार कोमल प्रसाद पोखरलले उनका पिता रामनाथ पोखरेलबाट जन्मथलो इलाममा नै अक्षराम्भ गरेका हुन् (स्रोत ः शोधनायक कोमल प्रसाद पोखरेल) । साहित्यकार पोखरेलले घरमा नै रुद्री, चण्डी, वेदको अध्ययन गरेको पाइन्छ । यसरी उनको अध्ययनको थालनी अनौपचारकि रूपमा घरबाटै भएको देखिन्छ । यसै गरी उनले वि.सं. २०१२–०१३ सालमा दुईवर्षसम्म लघु कौमुदी र मध्यकौमुदीको अध्ययन गरेका थिए । यसपछि पोखरेलले वि.सं. २०१४ सालदेखि २०१५ साल भोजपुरको दिङ्गलामा अवस्थित षडानन्द संस्कृत पाठशालामा सिद्धान्त कौमुदी र रघुवंशको अध्ययन गरेका थिए । यसपछि पोखरेल अध्ययनका लागि छिमेकी राष्ट्र भारतको बनारस लागे र वि.सं. २०१७ सालमा संस्कृत साहित्यमा पूर्वमध्यमा र उत्तरमध्यमा बनारसबाट उत्तीर्ण गरे (पोखरेल, २०५८ ः ७) त्यसपछि उनले वि.सं. २०२५ सालमा प्राइभेट विद्यार्थीको रूपमा एस.एल.सी उत्तीर्ण गरेका थिए । एस.एल.सी २०२५ सालमा उत्तीर्ण गरेपछि उनले प्राइभेट रूपमा नै आफ्नो अध्ययन अघि बढाएको देखिन्छ । उनले २०२६ सालमा त्रि.वि.वि.बाट प्रवीणता प्रमाण पत्र तह र वि.सं. २०३४ सालमा त्रि.वि. बाटै स्नातक तह प्राइभेट विद्यार्थीको रूपमा उत्तीर्ण गरेका थिए । ठूलो वर्णमालाबाट अक्षर चिनेका पोखरेलले वि.संं ०३६ सालम अंग्रेजी विषयमा दुई वर्षे बी.एड्. रेगुलर पूरा गरेका थिए भने वि.सं. २०४७ सालमा त्रि.वि. बाटै नेपाली विषयमा स्नातकोत्तर तह प्राइभेटबाट उत्तीर्ण गरेका थिए (स्रोत ः कोमलप्रसाद पोखरेलका प्राप्त लब्धाङ्क पत्रहरू)
यसरी साहित्यकार पोखरलले बी.एड्. बाहेक एस.एल.सी. देखि स्नातकोत्तर तह सम्मको अध्ययन प्राइभेटबाट नै पुरा गरेको देखिन्छ ।

७.१.१.७ पुरस्कार र सम्मान
असल व्यक्ति समाजमा सधै सम्मानित हुनुपर्छ र यस्ता व्यक्तिलाई समाजले सम्मान गर्दै आएको पनि पाइन्छ । यस्तै असल व्यक्तिकै रूपमा चिनिएका साहित्यकार कोमलप्रसाद पोखरेल को व्यक्तित्व अनुकरणीय रहेको छ । यसर्थ उनको यही व्यक्तित्वको कदर गर्दै विभिन्न संघसंस्थाहरूले उनलाई थुप्रै सम्मान पत्र, कदर पत्र र नगद पुरस्कार समेतले सम्मानित गरेको पाइन्छ ।
साहित्यकार पोखरेलले प्राप्त गरेका पुरस्कार एवम् सम्मान यस प्रकार छन् ।
ज्ञ। लेखनाथ वाचनालय तथा पुस्तकालय, झापाबाट सम्मान (२०५२)
द्द। देवकोटा स्मृति भवन, भद्रपुरबाट सम्मान (२०५२)
घ। रा.प्र.प्र तथा सासंक प्रतिष्ठान, झापाबाट उत्कृष्ट कथा पुरस्कार (२०५३)
द्ध। नवरङ्ग साहित्य प्रतिष्ठान, झापाबाट सम्मान तथा कदर पत्र (२०५४)
छ। जुही साहित्यिक त्रैमासिक, चन्द्रगढीबा सपत्नीक सम्मान (२०५८)
ट। जय नेपाल प्रतिभा प्रो. प्रतिष्ठान, झापाबाट उत्कृष्ट शिक्षक पुरस्कार (२०५९)
ठ। साहित्य कला संगम, झापाबाट सम्मान (२०५९)
ड। नेपाल राष्ट्रि शिक्षक संगठन, झापाबाट सम्मान (२०५९)
ढ। नेपाल शिक्षक संघ, झापाबाट कदर पत्र (२०६०)
ज्ञण्। कन्काई मा.वि. सुरुङ्गा, झापाबाट सम्मान (२०६४)
ज्ञज्ञ। मिश्र सेवा समाज, सुरुङ्गा, झापाबाट सम्मान (२०६४)
ज्ञद्द। पशुपती अंग्रेजी मा.वि., सुरुङ्गा, झापाबाट सम्मान (२०६४)
ज्ञघ। हरिकुल नमूना उच्च मा.वि., सुरुङ्गा, झापाबाट सम्मान (०६६)
ज्ञद्ध। सरस्वती उच्च मा.वि., इलामबाट सम्मान (२०६४)
ज्ञछ। कञ्चनजङ्गा एफ.एम., झापाबाट सम्मान (२०६७)

७.१.१.८ कार्य क्षेत्र
साहित्यकार कोमल प्रसाद पोखरेलले वि.सं. २०१५ सालदेखि इलामको सेउले कटेरो गाउँबाट शिक्षक जीवन थालनी गरेर यसै पेशालाई नै निरन्तर रूपमा जीविकोपार्जनको माध्यम बनाउदै देशको सेवा गर्दै आएका छन् । पोखरेलको कार्यक्षेत्र शिक्षण पेशाका साथ साथै जीवन भोगाइको क्रममा विभिन्न संघ संस्थासित सम्बद्ध रहदै साहित्यिक एवम् सामाजिक क्षेत्रमा उनले आफ्नो संलग्नता निरन्तर रूपमा बढाइराखेको पाइन्छ । साहित्यकार पोखरेलको व्यक्तित्वसँग यी साहित्यिक, शैक्षिक एवम् सामाजिक कार्य क्षेत्रहरूको प्रत्यक्ष सम्बन्ध भएकाले ती सबै क्षेत्र पोखरेलका जीवनका महŒवपूर्ण कार्यक्षेत्र बन्न पुगेका छन् ।

७.१.१.९ आर्थिक अवस्था
साहित्यकार कोमल प्रसाद पोखरेल एक सामान्य परिवारमा जन्मिएका थिए । एघार जनाको ठूलो परिवार चलाउन यिनका पिता रामनाथ पोखरेलले वि.सं. २००२ सालदेखि २००४ सालसम्म सैनिक पेसा अपनाएका थिए । भू्.पू सैनिकको हैसियतले २०२३ सालमा नेपाल सरकारबाट गोलधाप गा.वि.स. (झापा) को चम्मर धापमा चार बिघा जग्गा पनि प्राप्त गरेका थिए । वि.संं २०४० सालमा कोमल प्रसाद पोखरेलका दाजुभाइ विच अंशवण्डा भयो । अंशवण्डा बापत उनले एक बिघा जग्गाको रकम रु. साठी लाख मात्र पाएका थिए । यो रकमले पोखरेललाई प्रारम्भमा घर व्यवहार चलाउन धौ–धौ परेको थियो । केही समयपछि उनको अंशवण्डाको रकम र उनको जागिरबाट प्राप्त भएको आम्दानीले उनको आर्थिक अवस्थामा केही सुधार भएको देखिन्छ । हाल पोखरेलको दुई बिघा खेतीको जग्गा र सुरुङ्गामा दुई तले टाँडे घर रहेको छ ।





७.१.२ साहित्यकार कोमल प्रसाद पोखरेलका विविध व्यक्तित्व
७.१.२.१ अध्यापक व्यक्तित्व
हालको कन्काई मा.वि. (सुरुङ्गा, झापा) सुरुमा प्रा.वि. स्तरको थियो । त्यो प्रा.वि. स्तरको अवस्थमा नै पोखरेलले २०२३ सालदेखि स्थायी रूपमा अध्यापन कार्य प्रारम्भ गरेका हुन् । २०२५ सालमा जुनियर हाइस्कूलको रूपमा स्थापित भएको यो विद्यालयको २०२९ सालमा नयाँ शिक्षा लागू भएपछि स्तर झ¥यो र नि.मा.वि. बन्न पुग्यो । उनले यसै नि.मा.वि.को प्राधानाध्यापकको रूपमा २०२९ सालदेखि २०३३ सालसम्म रहेर कार्य गरे । वि.सं. २०३४ सालमा यो विद्यालय मा.वि. बन्न पुग्यो । कोमलप्रसाद पोखरेलले यस विद्यालयमा २०२४ सालदेखि सहायक शिक्षकको रूपमा अंग्रेजी विषयको अध्यापन गराएका थिए । पोखरेल २०३७ सालमा सहायक प्रधानाध्यापक बने र त्यसपछि उनले २०४९ देखि २०५९ सालसम्म प्रधानाध्यापकको रूपमा रही कार्य गरेको पाइन्छ । २०५४ सालम मा.वि. शिक्षकको दोस्रो श्रेणीमा बढुवा भएका पोखरेलले २०५९ सालमा शिक्षक पदबाटै राजीनामा दिएका थिए ।
प्रारम्भमा संस्थापक शिक्षकको रूपमा कन्काई व. क्याम्पस (सुरुङ्गा झापा) मा नेपाली विषयको अध्यापन गराउदै आएका पोखरेलले यस क्याम्पसमा एक वर्ष निःशुल्क अध्यापन गराएका थिए । २०५९ सालमा स्थायी भएका पोखरेल सुरु सुरुमा पार्ट टाइम अध्यापन गराएका थिए । उनी अहिले उक्त क्याम्पसमा सह–प्राध्यापकका रूपमा कार्यरत रहँदै आएका छन् ।
यसरी वि.सं. २०३३ सालदेखि प्रा.वि. स्तरको शिक्षकको रूपमा अध्यापन कार्य थालनी गरेर नि.मा.वि., मा.वि. हुँदै क्याम्पस स्तरसम्मको अध्यापन गराउने साहित्यकार पोखरेलले हालसम्म पनि अध्यापन कार्यलाई निरन्तरता दिंदै आएबाट उनको उच्च अध्यापकीय व्यक्तित्व रहेको स्पस्टिन्छ ।

७.१.२.२ सम्पादक व्यक्तित्व
कोमल प्रसाद पोखरेलको अर्को महत्वपूर्ण व्यक्तित्व सम्पादक व्यक्तित्व हो । उनी विभिन्न साहित्यिक पत्र – पत्रिकाको सम्पादन गर्ने कार्यमा पनि संलग्न रहेको पाइन्छ । वि.सं. २०३६ सालमा कन्काई मा.वि. सुरुङ्गाको ‘मुखपत्र भेल–१’ साहित्यकार पोखरेलकै सम्पादनमा प्रकाशित भएको हो भने यसै मा.वि. को मुखपत्र भेल संग्रह २ र ३ क्रमश ः वि.सं. २०३७ र २०३९ सालमा उनकै सम्पादनमा निस्किएका थिए (पोखरेल, २०५८ ः १५) । उनले कन्काई मा.वि.ले आफ्नो स्वर्ण महोत्सवको अवसरमा प्रकाशित गरेको स्मारिका (२०६६÷०६७) को प्रधान सम्पादकको जिम्मेवारी पनि पूरा गरेका छन् । त्यसैगरी उनले कन्काई प्रतिभा प्रतिष्ठानले प्रकाशित गरेको कथा विशेषाङ्क ‘कन्काई प्रवाह’ (२०६०) को पनि सम्पादन गरेका छन् । उनले ‘केचना’ साहित्यिक पत्रिकाको पहिलो अंकको पनि सम्पादन गरेका छन् । उनले ‘मोती समस्या पूर्ती’ को पहिलो, दोस्रो र तेस्रो अङ्कसमेतको सम्पादन गरेको पाइन्छ ।
यसरी साहित्यकार कोमल प्रसाद पोखरेलले विभिन्न पत्र–पत्रिकाहरूको सम्पादन गरेर आफ्नो सम्पादक व्यक्तित्वलाई पर्याप्त चम्काएका छन् ।

७.१.२.३ सामाजिक व्यक्तित्व
शिक्षण पेशमा आँफैमा समाज सेवाको कार्य हो । साहित्यको क्षेत्रमा मात्र नभएर विविध क्षेत्रमा संलग्न रहेर साहित्यकार कोमल प्रसाद पोखरेलले समाज सेवा पनि गरेका छन् । यस क्रममा उनले विभिन्न संघ संस्थामा रहेर कार्य गरेका छन् । कन्काई धाम धर्मिक विकास संस्थामा वि.सं. २०६२ सालदेखि २०६४ सालसम्म कार्य समितिमा रहेर कार्य गरेका छन् । भने कन्काई मा.वि. सुरुङ्गा झापाको सञ्चालक समितिमा २०६५ सालदेखि २०६७ सालसम्म रहेर महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसैगरी त्रि.वि. को अनिवार्य नेपाली पाठ्यक्रम विकास समितिमा दुई कार्यकाल सम्म चार वर्षसम्म रहेर कार्य गरेका छन् ।
त्यसै गरी सूर्यस्मृति प्रतिभा पुरस्कारका संस्थापकका रूपमा रहेका पोखरेलले नेपाली लेखक संघ झापाको उपाध्यक्ष समेत भएर कार्य गरेको पाइन्छ । मोती समस्या पूर्तिका सदस्य र साहित्यिक पत्रकार संघ, मेची अञ्चल समितिका अध्यक्ष भैसकेका पोखरेल हाल कन्काई प्रवाह प्रतिष्ठानका अध्यक्ष भएर कार्य गर्दै आएका छन् ।
यसरी विभिन्न संघसंस्थामा क्रियाशील रहेर निरन्तर रूपमा कुनै न कुनै रूपमा समाज सेवा गर्दै आएका साहित्यकार पोखरेलको सामाजिक व्यक्तित्व उच्च रहेको पाइन्छ

७.१.२.४ कवि व्यक्तित्व
साहित्यको विभिन्न विधामा कलम चलाउने साहित्यकार कोमल प्रसाद पोखरेलको साहित्यतर्फको पहिलो व्यक्तित्व भनेको कवि व्यक्तित्व नै हो । पोखरेलको पहिलो प्रकाशित कविता “शिरमाथि नेपाल आमालाई, काधमाथि महेन्द्र राजालाई” नै हो (पोखरेल, २०५८ ः १३) । यो कविता २०२० सालमा बनारसबाट प्रकाशित हुने “आमा” पत्रिकामा प्रकाशित भएको थियो (स्रोत ः पूर्ववत)। पोखरेलको साहित्यतर्फको पहिलो रचना नै यही कविता हो (स्रोत ः कोमलप्रसाद पोखरेल) । उनका हालसम्म “मेरो सूर्य” (२०५१) एउटा मात्र कविता संग्रह र अन्य केही फुटकर कविता विभिन्न पत्रिकाहरूमा छापिएर रहेका छन् । उनका कवितामा विशेषत ः युगीन जटिलता, सामाजिक विसंगति र राजनैतिक व्यंग्यात्मकता प्रभावकारी ढङ्गमा प्रस्तुत हुनुका साथै कतिपय कवितामा शोक भावले युक्त करुण रस पनि रहेको छ (पोखरेल, २०५८ ः १३)
यसरी २०२० सालबाट कविता लेखन कार्य थालेका पोखरेल हालका दिनमा पनि कविता लेखन कार्यका क्रियाशील नै रहेका छन् । यसरी उनको कवि व्यक्तित्व स्पष्ट रुपमा देख्न सकिन्छ ।

७.१.२.५ कथाकार व्यक्तित्व
साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकार कोमल प्रसाद पोखरेलको अर्को महŒवपूर्ण व्यक्तित्वका रूपमा कथाकार व्यक्तित्व पनि रहेको छ । वि.सं. २०२० सालमा “आमा” वनारसबाट निस्कने पत्रिकामा “म को भएँ ?” नै पोखरेललाई कथाकारका रूपमा परिचय गराउने प्रथम कथा हो (पोखरेल, २०५८ ः १४) यसपछिका कथा हुन् “आशीर्वाद” र “शिक्षाको जग” (२०६०) आफ्नो भनाई (पृष्ठ घ) । हालसम्म कथाकार पोखरेलको “अन्तव्र्यथा ः आजको” (२०६०) एउटै मात्र कथा संग्रह प्रकाशित भएको छ । उनका कथाहरू सरल सुपाठ्य र सुबोध्य छन् । उनले प्रायः जसो सबै कथामा गाउँले स्थानीय बोलीचाली लवजलाई जस्ताको तस्तै उतार्ने प्रयास गरेका छन् । यिनका कथामा कतै आत्मानुभूति पाइन्छ भने कनै सामाजिक विकृतिको उल्लेख गरिएको हुन्छ त कतै राजनैतिक विकृतिलाई व्यङ्ग्य हानिएको हुन्छ । उनका कथाहरु झ्वाट्ट सुरु हुन्छन् सरक्क चरममा पुग्छन र स्वाभाविक ढङ्गमा टुङ्गिन्छन् (शर्मा ः २०६० ः क)
समाजमा भेटिने यथार्थ घटनालाई टपक्क टिपेर आफ्नो कथाको कथावस्तु तयार गर्ने पोखरेलका कथामा समाजका विकृति र विसंगतिलाई छर्लङ्ग देखाइएको छ । विभिन्न शैली अपनाएर कथा लेख्ने पोखरेलका कथाहरू गुणात्मक दृष्टिले हेर्दा उत्कष्ट छन् । उनका कथाहरू विभिन्न विषयमा आधारित रहेको पाइन्छ ।
यसरी हालसम्म एउटै मात्र कथा संग्रह र अन्य केही फुटकर कथाहरू लेखेर आफ्नो कथाकार व्यक्तित्व उच्च बनाएका छन् ।

७.१.२.६ निबन्धकार व्यक्तित्व
साहित्यकार कोमल प्रसाद पोखरेलको अर्को महŒवपूर्ण व्यक्तित्वको रूपमा निबन्धकार व्यक्तित्व रहेको पाइन्छ । पोखरले निबन्ध विधातर्फ हास्यव्यङ्ग्यमा बढी परिचित छन् (पोखरेल २०५८ ः १४) । उनको पहिलो प्रकाशित निबन्ध “कान्छा बा” हो । यो निबन्ध वि.सं. २०२५ सालमा इलामको ‘सौगात’ पत्रिकामा प्रकाशित भएको थियो । उनका हालसम्म एउटा मात्र निबन्ध संग्रह “हाउडी पुराण” (२०५२) र विभिन्न पत्र–पत्रिकामा केही फुटकर निबन्धहरू प्रकाशित रहेका छन् ।
उनका निबन्धमा देशका सामाजिक, आर्थिक, धार्मिक र राजनीतिक क्षेत्रमा देखिएका कतिपय रूढी, अन्धविश्वास र विकृतिहरूलाई अनि मुलुकभरिका दूषित कीटाणुहरूलाई हटाउन आफ्ना हास्यव्यङ्ग्यका माध्यमबाट प्रहार गर्दै समाजलाई प्रगतिको गोरेटोमा अघि बढाउने प्रेरणा प्रदान गर्ने चेष्टा रहेको देखिन्छ (राया ः २०६६ ः १००) उनले निबन्धका माध्यमद्वारा नेपाली सामाजमा देखा परेका समस्याहरू सामाजिक विकृति र विसंगतिहरूप्रति व्यङ्ग्य गरेका छन् (पोखरेल ः २०५८ ः १५) । उनी निबन्धमा विशुद्ध यथार्थवादी रहेका छन् ।
यसरी “हाउडी पुराण” (२०५२) निबन्ध संग्रह र अन्य केही फुटकर निबन्धले उनको निबन्धकार व्यक्तित्वलाई पर्याप्त चिनाएको छ ।



७.२ कथाकार कोमल प्रसाद पोखरेल र उनका कथाहरू
७.२.१ कथाकार कोमल प्रसाद पोखरेल
कोमल प्रसाद पोखरेल (१९९९) ले नेपाली कथा लेखनको क्षेत्रमा विद्यार्थी जीवनदेखि नै हात हालेका हुन् । यिनको पहिलो कथा “म को भए ?” (२०२०) हो । यसै कथाबाट उनी कथा विधामा प्रवेश गरेका हुन् । पोखरेलको अहिलसम्म एउटा मात्र कथा संग्रह “अन्तव्र्यथा ः आजको” (२०६०) मात्र प्रकाशित रहेको छ । यो कथासंग्रहबाहेक कथाकार पोखरेलका अन्य केही कथाहरू विभिन्न पत्र–पत्रिकाहरूमा फुटकर रूपमा छरिएर रहेका छन् । यो अध्ययनमा यस “अन्तव्र्यथाः आजको” (२०६०) कथा संग्रहको सामान्य समीक्षा गरी यसै संग्रहमा संकलित “नौटङ्की” कथामा मात्र विस्तृत अध्ययन गरी उनको कथाकारिताको निरूपण गर्ने प्रयास गरिएको छ ।

७.२.२ अन्तव्र्यथा ः आजको (२०६०) कथा संग्रहको परिचय
कथाकार कोमल प्रसाद पोखरेललिखित प्रस्तुत कथा संग्रहमा तेह्र वटा कथाहरू संकलित छन् । यो कथा संग्रहमा दुई शब्द शीर्षकमा मोहनराज शर्माले भूमिका लेखेका छन् । यस संग्रहका सबै कथा हाम्रा समाजका वरिपरि घुमेका छन् । अन्तव्र्यथा आजको कथामा डलरको लोभमा विदेश पुगेका नेपालीहरूले पाएको व्यथालाई देखाइएको छ भने शिक्षाको जग कथामा शिक्षा गर्ने अवसर नभएको गाउँले परिवेशको व्यक्तिले कडा संघर्ष गरी असल शिक्षक बनेको घटना देखाइएको छ । त्यसैगरी माटो माया कथामा जन्मथलोको महŒव दर्शाइएको छ । भने मिलापत्र कथामा लोग्ने स्वास्नीको झगडार्ला राजनीतिक प्रतिनीधिले मिलाइदिएर झगडाको अन्त्य भएको देखाइएको छ । एउटा शिक्षकको अवसान कथामा शिक्षकको त्यागमय जीवनलाई सजीव चित्रण गदै शिक्षक एवम् विद्यार्थीको जातलाई पवित्र जातको संज्ञा दिएको छ । पुनर्वहाली कथामा राजनीतिलाई वेश्यावृत्तिसँग तुलना गदै फाइदा हुने अवसर पाउना साथ पार्टी फेरिरहने अवसरकान्त र आर्थिक फाइदा हुने देख्नेबित्तिकै लोग्ने फेर्ने उसकी श्रीमतीबीच लामो समयपछि विवाह भएको घटना देखाइएको छ । नौटङ्की कथामा असल शिक्षकलाई दिइने पुरस्कार गैह्र शिक्षकलाई दिएको घट्ना देखाइएको छ ।

७.२.३ नौटङ्की कथाको अध्ययन
७.२.३.१ कथावस्तु
श्यामल सरलले चालीस वर्ष शिक्षक भएर विद्यालयमा काम गरेका छन् । ऊ विद्यालयमा प्रवेश गर्दा विद्यालयको भवन एउटा सानो झुप्रो रूपमा रहेको थियो । सो विद्यालय अहिले भौतिक सुविधासम्पन्न भएको छ । धेरै वर्ष पहिलेदेखि शिक्षक दिवसका दिन असल शिक्षकलाई पुरस्कार दिने परम्परा रहँदै आएको छ । प्रत्येक वर्ष फागुन बाह्र गते श्यामल सर शिक्षा दिवसका दिन पुरस्कार पाउने आशा गर्छ । गत वर्ष पनि उसले पुरस्कार पाएन । उसले त्यति बेला पक्कै मभन्दा योग्य व्यक्तिले नै पुरस्कार पायो होला भन्ने ठानेको थियो । यो साल पनि उसले पुरस्कार पाउने आशा गरेको थियो । उसले खबरकागज हेरेपछि उसको आशा सकियो । कस कसले पुरस्कार पाए भनेर नाम हेर्दा श्यामल सरले कोही चिनेका र कोही नचिनेका असंख्य नाम पाउँछ । केही शिक्षक र सम्बन्धित विद्यालयको नाम जिल्लाका कुनै पनि ठाउँमा नभएको श्यामल सरले थाहा पाउँछ । श्यामल सरलाई यस घटनाले ज्यादै दुःखी बनाउँछ । बजार जाने क्रममा ऊ कालु हजाम, भट्टिनी कान्छी र एक जना विहारी गफ गर्दै गरेका स्थानमा पुग्छ । त्यहाँ उसले हजाम काम गर्ने कालु हजाम भट्टी चलाउने कान्छी (ढालमाया बाई) जसले नक्कली नागरिकता लिएका छन् तिनैले योग्य शिक्षकको रूपमा पुरस्कार पाएको थाहा पाउँछ । उनीहरूले सबै पार्टीको सदस्यता लिएको थाहा पाएपछि श्यामल सर छक्क पर्छ । भट्टिनी कान्छीले आफ्नो पसलमा रक्सी खान आउने, मसँग मज्जासँग रमाउने हाकिम नेताहरूसँग मेरो चिनजान छ भनी श्यामल सरलाई पनि कहिले काँही आएमा म पुरस्कारको लागि सिफारिस गरिदिन्छु भनेपछि श्यामल सर ज्यादै दुःखी हुन पुग्छ । त्यसपछि ऊ सरासर घर जान्छ घरमा श्रीमतीले खाना खान बोलाउँदा श्रीमतीसँग पुरस्कारसम्बन्धी सबै कुरा बताउँछ । श्रीमती श्यामल सरसँग रिसाउछे । श्यामल सर त्यस्तो घिनलाग्दो कार्य नगर्ने बरु जागिर छोड्ने कुरा गर्छ । राती सपनामा आमाले समाजमा असल काम गर्नेले मात्र अर्को जन्ममा राम्रो जीवन पाउने बताएको घटनाले श्रीमतीको खराब विचारमा सुधार ल्याउछ र ऊ आफ्नो श्रीमानलाई खराब काम नगर्नू भन्न पुग्छे । यसपश्चात् त्यो गतल पुरस्कार वितरण प्रक्रियाबाट दुःखी हुन पुगेका श्यामल सर शिक्षक पेशबाट अवकास लिएर निवृत्तिभरणमा रमाउने भन्न पुग्छन् ।

७.२.३.२ चरित्र चित्रण
प्रस्तत कथामा श्यामल सर, कालु हजाम, भट्टिनी कान्छी, श्यामल सरकी श्रीमती, विहारी आमा जस्ता चरित्रहरू आएका छन् ।

क) श्यामल सर
श्यामल सर प्रस्तुत कथाको थालनीदेखि अन्त्यसम्म देखा परेको र उसले कथामा सबैभन्दा महŒवपूर्ण भूमिका निर्वाह गरेकाले ऊ कार्यका आधारमा केन्द्रीय पुरुष चरित्र हो । ऊ पेशाले चाप्लुसी नगर्ने भष्टाचारविरोधी, इमान्दार चालीस वर्ष अध्यापन गराएको एउटा असल शिक्षक चरित्र हो । उसको चरित्रमा कथाको प्रारम्भदेखि अन्त्यसम्म कुनै परिवर्तन आएको छैन । त्यसैले ऊ स्वभावका आधारमा स्थिर चरित्र हो । उसले कथाभित्र शुरुदेखि अन्त्यसम्म सकारात्मक कार्य मत्र गरेकाले प्रवृत्तिका आधारमा ऊ अनुकूल चरित्र हो । ऊ कथामा शुरुदेखि अन्त्यसम्म देखा परेको छ । उसले श्रीमती, कालु हजाम, भट्टिनी कान्छीसँग संवाद गरेको देखिन्छ । यसकारण ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । उसलाई कथाबाट हटाउँदा कथानकमा अबरोध आउँछ । यसर्थ ऊ कथाबाट हटाउन नमिल्ने यस कथाको बद्ध चरित्र हो । ऊ इमान्दार, चाप्लुसी नगर्ने, राजनीति गर्ने असल शिक्षकहरूको प्रतिनिधि पात्र हो । त्यसैले ऊ जीवन चेनताका आधारमा वर्गीय चरित्र हो । उसले पहिले योग्य शिक्षकको हैसियतमा पुरस्कार पाउने आशा गरेको छ तर कथाको अत्त्यतिर योग्य शिक्षकको पुरस्कार नपाउने वास्तविकता बुझेर निराश भएको छ । त्यसैले ऊ निराशावादी चरित्र हो । यसरी समग्रमा ऊ केन्द्रीय, पुरुष, मञ्चीय, बद्ध, अनुकूल, गतिहीन चरित्र हो ।

ख) कालु हजाम (बबुवा ठाकुर)
कालु हजामको अर्को नाम बबुवा ठाकुर हो । ऊ पेशाले हजाम हो । ऊ कथाको शुरुदेखि अन्त्यसम्म देखा परेको छैन र उसको भूमिका श्यामल सरको भन्दा न्यून रहेको छ । त्यसैले ऊ कार्यका आधारमा सहायक चरित्र हो । ऊ लिङ्गगका आधारमा पुरुष चरित्र हो । ऊ गैर कानुनी रूपमा नेपाली नागरिकता लिने विदेशी चरित्र हो । चाप्लुसीका भरमा शिक्षक नै नभई योग्य शिक्षकको रूपमा पुरस्कार पाउने नक्कली योग्य शिक्षक हो । रक्सी भट्टी जाने, सबै पार्टीको टिकट काट्ने खराब चरित्र हो । उसले श्यामल सरलाई खराब कार्य गर्न सल्लाह दिएको छ । यसैले ऊ स्वभावका आधारमा यस कथाको प्रतिकूल चरित्र हो । ऊ कथामा देखा परेदेखि नै उसको विचारमा कुनै परिवर्तन आएको छ्रैन । त्यसैले प्रवृत्तिका आधारमा ऊ गतिहीन चरित्र हो । यो कथामा श्यामल सर र भट्टिनी कान्छीसँग संवाद गरेको स्पष्ट देखिने भएबाट ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । यो कथामा उसको भूमिका स्पष्ट देखिएकाले कथाबाट हटाउन नमिल्ने बद्ध चरित्र हो । जीवन चेतनाका आधारमा व्यक्तिगत चरित्र हो किनभने सबै हजामले गैर कानुनी रूपमा नागरिकता लिएका हुदैन भने सबै हजामले योग्य शिक्षकको रूपमा पुरस्कार पाएका छैनन् । यसरी समग्रमा ऊ सहायक पुरुष, प्रतिकूल, मञ्चीय, गतिहीन, बद्ध र व्यक्तिगत चरित्र हो ।

ग) भट्टिनी कान्छी
भट्टिनी कान्छीको अर्को नाम ढालमाया बाई हो । कथामा ऊ मध्य भागतिर मात्र देखा परेकी छ । उसको कथामा भूमिका श्यामलको भन्दा कम रहेको छ । त्यसैले कार्यका अधारमा ऊ सहायक स्त्री चरित्र हो । ऊ गैरकानुनी रूपमा नेपालको नागकिता लिने भुटानी नागरिक हो । रक्सी भट्टी खोलेर प्रशासकलाई कुलतमा ल्याई भ्रष्ट कार्य गर्न उत्प्रेरित गर्ने, सबै पार्टीको टिकट काट्ने खराब चरित्र हो । त्यसै ऊ प्रवृत्तिका आधारमा प्रतिकूल चरित्र हो । शुरुदेखि अन्त्यसम्म उसको स्वभावमा कुनै परिवर्तन आएको छैन । त्यसैले ऊ गतिहीन चरित्र हो । उसलाई कथाबाट हटाउँदा कथानकमा असर पर्छ । त्यसैले ऊ कथाबाट हटाउन नमिल्ने बद्ध चरित्र हो । उसले कथामा कालु हजाम, श्यामल सरसँग संवाद गरेर र भट्टी खोलेबाट ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । भट्टी पसल खोल्ने, शिक्षक नै नभई योग्य शिक्षकको पुरस्कार पाउने नक्कली योग्य शिक्षक चरित्र हो । सबै भट्टी खोलेर बस्ने भट्टीबालाले योग्य शिक्षक पाउने पुरस्कार पाएका छैनन् । त्यसैले ऊ जीवन चेतनाका आधारमा व्यक्तिगत चरित्र हो ।
यसरी समग्रमा ऊ सहायक, स्त्री, मञ्चीय, बद्ध, प्रतिकूल गतिहीन र व्यक्तिगत चरित्र हो ।

घ) श्रीमती
ऊ श्यामल सरकी श्रीमती भएकाले स्त्री चरित्र हो । श्यामल सरको भूमिकामा सहयोगी चरित्र भएबाट कार्यका आधारमा ऊ सहायक चरित्र हो । ऊ कथाको अन्त्यतिर मात्र देखा परेकी छे । कथाको अन्त्यमा मात्र भए पनि प्रत्यक्ष रूपमा देखापर्नु, श्यामल सरसँग संवाद आदि घटनालाई हेर्दा ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । शुरुमा आफ्नो लोग्नेले पुरस्कार पाउनका लागि चाप्लुसी नै गर्नु परे पनि गर्नुपर्छ भन्ने र पछि त्यस्तो कार्य गर्नु हुँदैन भनेबाट उसको स्वभावमा परिवर्तन आएको छ जसले गर्दा ऊ स्वभावका आधारमा गतिशील चरित्र हो । उसले सपनामा विश्वास गरेकी छ । त्यसैले ऊ रूढिवादमा विश्वसा गर्ने अन्धविश्वासी गाँउले चरित्र हो । सपनामा विश्वास गर्ने नेपालीहरूको प्रतिनिधि पात्र भएबाट जीवन चेतनाका आधारमा ऊ वर्गीय चरित्र हो । ऊ कथाको कथानकबाट हटाउन नमिल्ने बद्ध चरित्र हो । शुरुमा पुरस्कारका लागि चाप्लुसी गर्नुपर्छ भने पनि पछि त्यस्तो खराव कार्य गर्नु हुँदैन भनेबाट समग्रमा प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो ।
यसरी समग्रमा श्रीमती स्त्री, सहायक, मञ्चीय, बद्ध, अनुकूल गतिशील र वर्गीय चरित्र हो ।

ङ) आमा
कथामा आमा भनिएबाट ऊ लिङ्गका आधारमा स्त्री चरित्र हो । त्यस्तै प्रत्यक्ष रूपमा ऊ देखा नपरेबाट आसन्नताका आधारमा नेपथ्य चरित्र हो । उसले सपनाका माध्यमबाट श्रीमतीको विचारमा परिवर्तन ल्याइदिएकी छे र श्यामल सरको भन्दा कम भूमिका रहेकोले ऊ कार्यका आधारमा सहायक चरित्र हो । कथाबाट उसलाई हटाउँदा श्रीमतीको चरित्रमा परिर्वतन नआउने हुँदा कथाबाट निकाल्न नमिल्ने आबद्धताका आधारमा बद्ध चरित्र हो । उसको स्वभावमा कुनै परिवर्तन आएको पाइदैन । त्यसैले ऊ स्वभावका आधारमा गतिहीन चरित्र हो । कथामा उसले कुनै पनि नकारात्मक कार्य नगरेकाले प्रवृत्तिका आधारमा ऊ अनुकूल चरित्र हो ।
यसरी समग्रमा ऊ सहायक, स्त्री, नेपथ्य, बद्ध अनुकूल र गतिहीन चरित्र हो ।

७.२.३.३ संवाद
कथामा संवादले महŒवपूर्ण भूमिका खेलेको हुन्छ । संवादले पात्रको चरित्र चित्रण गर्न र कथानकलाई अघि बढाउन गतिलो सहयोग गरेको देखिन्छ । यस कथामा संवादले पात्रको चरित्रलाई उजागर गर्नमा पर्याप्त भूमिका निर्वाह गरेको छ । यस कथामा छोटा – छोटा र सरल ढङ्गका संवादमा प्रयोग भएकाले संवाद योजना ससक्त रहेको पाइन्छ । संवाद संक्षिप्त, सरल, आकर्षक र सार्थक पनि रहेका छन् ।
कथाकार कोमलप्रसाद पोखरेलले यस कथामा श्यामल सर र कालु हजाम, श्यामल सर र भट्टिनी कान्छी, श्यामल सर र श्रीमतीबीच संवादको प्रयोग गरेका छन् ।
यस कथामा प्रयोग भएको संवादको नमूना
“यसपाली ठाकुरले पनि शिक्षा दिवसमा पुरस्कार पाए जस्तो छ नि कसो ?” श्यामलले आश्चर्य भाव प्रकट गदै सोध्यो ।
“ओस्तो कुडा तँ हाम कहेको सर जी । देखिए तो बबुआ ठाकुर किसको नाम छ,” कालुले पत्रिका देखाउँदै भन्यो ।
“तिम्रो नाम बबुआ ठाकुर हो ? कालू होइन ?”
“सरजीको मालुम हुन्दैन ओस्तो सेक्रेट बात उधरके सिटिजनमे “कालू” और इधरके सिटिजन मे “बबुआ” अब तो मालुम हुआ न सर जी ?”
“हँ ................ थाहा पाएँ । अनि “ढालमाया” बाई मान्छे पनि तिमीले चिनेको छ ?”
“इसिलिए तो हम कहेको छ सर जी सीधा मान्छे छ । ये कान्छी बहनका नाम ‘ढालमाया’ छ”

७.२.३.४ परिवेश
परिवेशको पनि कथामा महŒवपूर्ण भूमिका रहेको हुन्छ । परिवेश योजनाबाट पात्रको बाह्य आन्तरिक चरित्रको उद्घाटन गर्न र कथावस्तुलाई गति दिनमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । यस कथामा कथागत परिवेशको प्रयोग उपयुक्त ढङ्गले गरिएको छ । श्यामल सरले पढाउने विद्यालय, भट्टिनी कान्छीको भट्टी पसल, र श्यामल सरको घर स्थानगत परिवेशको रूपमा आएका छन् । सपना पनि काल्पनिक परिवेशको रूपमा आएको छ । श्यामल सरले चालीस वर्ष विद्यालयमा अध्यापन गराएकोले चालीस वर्षको अवधि कालाक्रमिक परिवेशका रूपमा आएको पाइन्छ । शिक्षा दिवसको दिन गलत तरिकाले गैर शिक्षकलाई पुरस्कार दिएको घटनाले नेपालको शैक्षिक परिवेश पनि कथामा परिवेशको रूपमा आएको छ । गैर नेपालीलाई नागरिकता दिएको घटनाले नेपलाको घिनलाग्दो प्रशासनिक परिवेश पनि कथामा आएको छ ।

७.२.३.५ भाषाशैली
प्रस्तुत कथाको भाषा सरल देखिन्छ । सामान्य तराईको ग्रामीण परिवेशमा बोलिने भाषाको प्रयोग छ । जनसाधारणको भाषालाई झल्काउने खेपै पिच्छे, ढ्याक्के, गाईप्राणी, पुर्पुरो, गुटगुट जस्ता सरल, बोलीचालीका शब्द एवम् अंग्रेजी भाषाका टिचिङ्ग, इमेटेन्ट, न्युज, प्राइज, डान्स आदि जस्ता शब्दहरूको प्रयोग भएको छ । त्यस्तै गरी “आशा हि परमं दुखम्, नैराश्यं परमं सुखम्” भन्ने संस्कृतका सूक्तिमय वाक्यको प्रयोग सामान्य नेपालीले सजिलै बुझ्न सक्छन् । त्यस्तै नेपालीहरूले बुझ्नसक्ने खालका हिन्दी शब्दको प्रयोग कथा भएको पाइन्छ । खन्यूले नजान्दा फेदाँ फल भन्या यही हो, कहाँ राजाराम कहाँ गने भँडारी, कसैले तपाईं भनोस नभनोस आँफै मपाई जस्ता सुहाउँदिला उखानको प्रयोगले कथालाई जीवन्त र प्रभावकारी बनाएको छ । यसरी समग्रमा कथा सरल, सहज र बोधगम्भ बनेको छ ।

७.२.३.६ दृष्टिबिन्दु
नौटङ्की कथामा समाख्याताले तटस्थ बसेर कथा वाचन गरेको छ । समाख्याताको उपस्थिति कथाको पात्रका रूपमा नभएर तटस्थ वक्ताका रूपमा मात्र भएको हुनाले यस कथामा बाह्य वा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग भएको छ । बाह्य अन्तर्गत पनि समाख्याता सबैका आन्तरिक कुरा पनि राम्ररी जान्ने सर्वज्ञ भएकाले तृतीय पुरुषको सर्वदर्शी दृष्टिबिन्दुको प्रयोग यस कथामा भएको देखिन्छ ।

७.२.३.७ उद्देश्य
शैक्षिक क्षेत्रमा रहेका खराव प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको प्रस्तुत कथाको मुख्य उद्देश्य भनेको असल योग्य शिक्षकलाई शिक्षा दिवसका दिन दिइने पुरस्कार कपाल काट्ने हजाम एवम् भट्टी चलाएर बस्ने शिक्षक नै नभएका नक्कली नेपाली नागरिकता लिएका विदेशीलाई दिने गरिन्छ । तर असल शिक्षकलाई त्यस्तो पुरस्कार दिइदैन भन्दै असल इमान्दार शिक्षकले यो पुरस्कार पाउन सक्तैन भन्ने नै हो । यस कथामा इमान्दार शिक्षक श्यामल सरले पुरस्कार पाएको छैन तर कालु हजाम र भट्टिवाल्नीले भने पढाउदै नपढाइकन चाप्लुसीका भरमा पुरस्कार पाएको देखाइएको छ । त्यसै गरी विदेशीलाई पनि कानुनविपरीत नक्कली नेपालीलाई नागरिकता दिएको देखाएर नेपालको प्रशासनिक खराव प्रवृत्तिप्रति व्यङ्गय गर्नु यस कथाको अर्को उद्देश्य रहेको छ । त्यसै गरी पुरस्कार वितरण प्रक्रिया गतल भएपछि कसरी इमान्दार शिक्षक मारमा पर्छन् र निराश बन्दछन् भन्ने देखाउदै इमान्दार शिक्षकले जागिर छोड्न बाध्य भएको कुरा देखाउनु पनि प्रस्तुत कथाको उद्देश्य हो । त्यसै गरी श्यामल सर र श्रीमती मार्फत धन भन्दा इमान्दारिता नै ठूलो कुरा हो भन्ने देखाइएको छ । यसरी लोभ लालचबाट माथि उठेर इमान्दारिता अपनाउने सन्देश प्रस्तुत गर्नु पनि यस कथाको अर्को उद्देश्य हो ।

७.३ कथाकार कोमलप्रसाद पोखरेलको कथाकारिता
७.३.१ सामाजिक यथार्थवादी कथाकार
कथाकार कोमलप्रसाद पोखरेलका कथाहरूले कथाकार गुरुप्रसाद मैनालीले निर्माण गरेको बाटो पछ्याएका छन् । पोखरेल सामाजिक यथार्थवादी धाराका कथाकार हुन् । सामाजिक यथार्थवादी कथामा कथाको कथावस्तु हाम्रा आँखाले देखेका तथा हामीले भोगेका समाजका घट्नाहरूलाई लिइएको हुन्छ भने पात्र, परिवेश आदि पनि समाजबाटै टिपिएको हुन्छ । सामाजिक यथार्थवादी कथा पढ्नासाथ समाजै पढेको अनुभव हुन्छ । कथाकार पोखरेलले पनि नेपाली जनताका दुःख, कष्ट तथा भोगाइ अनुभव समेत आफ्ना कथामा उल्लेख गरेका छन् । उनका पात्रहरू पनि हाम्रै समाजबाट टिपिएका गरिव दुःखी, युवा प्रौढ आदि नै छन् । परिवेशका रूपमा नेपाल तथा अन्य देशका विभिन्न स्थानलाई लिएको पाइन्छ । उनले आफ्ना कथामा लोग्ने स्वास्नीको झगडाको मिलापत्र भएको घटना ‘मिलापत्र’ मा उल्लेख गरेका छन् भने पैसाको लोभमा विदेशिने नेपाली युवाले विदेशमा भोग्नु परेको दुर्गति तथा घरमा भएको दर्दपूर्ण अवस्थाको चित्रण ‘अन्तव्र्यथा ः आजको’ कथामा उल्लेख गरेका छन् । त्यसै गरी पोखरेलले गाउँले परिवेशमा शिक्षा प्राप्तिको अवसरको अभावको कारण भागेर शहरमा गई पढ्ने चलनको उल्लेख ‘शिक्षाको जग’ कथामा गरेका छन् । त्यसै गरी उनले ‘पुनर्वहाली’ “नौटङ्की’, ‘मृगतृष्णा’ कथाहरूमा पनि जीवनका विविध पाटाहरूको कलात्मक प्रस्तुति गरेका छन् ।
यसरी सामाजिक विषयवस्तुलाई जस्ताको तस्तै रूपमा यथार्थवादी ढङ्गबाट प्रस्तुत गर्ने सामाजिक यथार्थवादी प्रवृत्ति कथाकार पोखरेलको सबैभन्दा महŒवपूर्ण प्रवृत्ति हो ।

७.३.२ छोटा आकारका कथा लेख्नु
अन्तव्र्यथाः आजको कथा संग्रहका कथाहरूको अध्ययन गर्दा कथाकार कोमलप्रसाद पोखरेलका कथाहरू धेरै लामा छैनन् । कथाकार एङगर एलेन पोले भने झै “एक बसाइमा पढिसकिने” आकारका कथा लेख्छन् । उनका कथाहरू छोटोमा ६ पृष्टदेखि लामो ११ पृष्ठसम्मका छन् । त्यसमा पनि प्रायः जसो कथाहरू ६÷७ पृष्ठका नै छन् । आजको युगअनुकूल लामा कथा पढ्न पाठकलाई फुर्सद नहुने भएकाले र पाठक छोटा छरिता पढ्न इच्छुक हुने भएकाले सामान्यत ः एक बसाईमा अर्थात २०÷२५ मिनेटमा नै पढिसकिने आकारका कथा उनले लेखेका छन् । यो पनि पोखरेलको कथाकारिताको एउटा महŒवपूर्ण पक्ष हो ।

७.३.३ शैक्षिक बेथितिप्रति तीव्र रोष
कथाकार कोमलप्रसाद पोखरेलको अर्को महŒवपूर्ण विशेषता भनेको नेपाली समाजमा रहेका शैक्षिक बेथितिप्रति तीव्र रोष प्रकट गर्नु हो । कथाकार पोखरेल शिक्षण पेशामा लामो समयदेखि संलग्न रहँदै आएका छन् । उनले आफूले अध्यापन गराउँदा अनुभव गरेका शैक्षिक क्षेत्रका तीता दुःखदायी घटना र परिस्थितिहरूलाई आफ्ना कथामार्फत उल्लेख गर्दै नेपालको शैक्षिक क्षेत्रमा देखिएका खराब क्रियाकलापप्रति तीव्र रूपमा असन्तुष्टि प्रकट गरेका छन् । उनका त्यस्ता असन्तोेषहरू कतै शैक्षिक क्षेत्रका प्रशासक, कतै परिवारिक एवम् आर्थिक समस्यनका कारण र कतै राजनैतिक विसंगतिका कारण सृजना भएका घटना र परिस्थितिलाई व्यक्त गर्ने सन्दर्भमा प्रकट भएका छन् ।
कथाकार पोखरेलले आशीर्वाद कथामा सौताका कारण घरबाट निकालिएकी शारदाले आर्थिक अवस्थाका कारण छोराको फि तिर्न थोरै खाना खाएको, ड्रेस नभएकोले प्र.अ.को गाली खाएर मानसिक तनाब बोकेर हिड्नु परेको गोपालको समस्या र छोरो गोपालको अनुपस्थितिमा आमा (शारदा) विरामी भएको घटनाप्रति पनि कथाकार रोष प्रकट गर्दछन् । त्यसै गरी नौटङ्की कथामा एउटा इमान्दार शिक्षक श्यामल सरले पुरस्कार नपाएको तर गैर शिक्षकहरूले चाप्लुसीका भरमा पुरस्कार पाएको घटना देखाएर कथाकार पोखरेलले नेपालको शैक्षिक क्षेत्रमा हुने गैरकानुनी ढङ्गको पुरस्कार वितरण प्रक्रिया प्रति रोष प्रकट गरेका छन् । यसै गरी शैक्षिक बेितिप्रति असन्तोष प्रकट गरिएका उनका कथाहरूमा “शिक्षाको जग” “एउटा शिक्षकको अवसान” पनि महŒवपूर्ण कथा मानिन्छन् । यसरी नेपालको शैक्षिक क्षेत्रमा देखा परेका बेथितिप्रति तीव्र रोष वा असन्तुष्टि प्रकट गर्नु पनि उनको महŒवपूर्ण कथाकार वैशिष्ट्य मानिन्छ ।

७.३.४ भाषा शैलीगत प्रवृत्ति
कथाकार कोमलप्रसाद पोखरेलका कथाहरूमा सरल, सुबोध स्वभाविक गद्य भाषा छ । कतै कतै पद्य भाषाको प्रयोग गद्य भाषामा मिसिएर आएको छ । त्यस्ता पद्यहरू पनि सजिलै बुझ्न सकिने खालका छन् । उनका कथाहरूमा कहीं कतै क्लीष्ट, दुरूह र अशिष्ट भाषाको प्रयोग भएको पाइदैन । सामान्य सरल गाउँले बोलीचाली तथा चलनचल्तीकै भाषाको प्रयोग उनका कथामा भएको पाइन्छ । एउटा अशिक्षित अपठित मान्छेलाई पनि उनका कथा पढेर सुनाइदिंदा उसले सजिलै कथा बुझ्दछ । उनका कथामा ठाउँ ठाउँमा नेपाली झर्रा शब्द, अनुकरणात्मक शब्द, प्रसस्तै उखान टुक्काको यथोचित ठाउँमा प्रयोग हुनुका साथै छोटा – छरिता वाक्य गठन तथा अनुच्छेदको प्रयोग पाइन्छ । उनका कथाहरूमा नेपाली भाषाका साथै कथ्य भाषा र पूर्वेली भाषिकाको प्रयोग गरिएको छ (शर्मा २०६० ः दुई शब्द) । भाषिक प्रयोगको विविधताले कथाहरूलाई आकर्षक बनाएको पाइन्छ । उनका कथामा ग्रामीण क्षेत्रमा बोलिने पात्र एवम् परिवेश अनुसारको भाषाको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पोखरेलले सामाजले पचाएका हुनाले कथामा सुनमा सुगन्ध थपेको अनुभव पाठकले गर्न सक्छन् । त्यसै गरी उनले निपात, अनुकरणात्मक र द्विरुक्त शब्दको प्रयोग पनि आफ्ना कथाहरूमा यथोचित ढङ्गले यथोचित स्थानमा गरेका छन् । यसरी कथाकार पोखरेलले पाठकले सजिलै बुझ्न सक्ने गरी कथा लेखेकाले नै उनका कथा उत्कृष्ट बनेका छन् ।

७.३.५ तृतीय पुरुष दृष्टिविन्दुको अधिक प्रयोग
कुन कथा कसको हो र त्यसलाई भन्ने समाख्यता को हो भन्ने कुरा नै दृष्टिविन्दु हो । दृष्टिविन्दु प्रथम पुरुष र तृतीय पुरुष गरी दुई प्रकारका हुन्छन् । कथाकार पोखरेलले पनि आफ्ना कथामा कतै प्रथम पुरुष त कतै तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग गरेका छन् । कथाकार पोखरेलले आफ्ना कथाहरूमा प्रायः गरी तृतीय पुरुष दृष्टिविन्दुकै प्रयोग गरेका छन् । उनले “म को भएँ ?” जस्ता एक दुई कथामा मात्र प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरेका छन् । तर अरू सबै कथामा तृतीय पुरुष दृष्टिबिन्दुको नै प्रयोग पाइन्छ । तृतीय पुरुष दृष्टिविन्दु भएका कथामा पनि समाख्याताले सम्पूर्ण कथाका घटना, पात्रका आन्तरिक बाह्य कुराहरूको जानकारी राख्ने गरेको पाइने हुनाले उनका कथा सर्वज्ञ वा सर्वदर्शी तृतीय पुरुष दृष्टिविन्दुमा रचिएका छन् ।


७.३.६ कारुणिकताको चित्रण
आधुनिक नेपाली कथा लेखन परम्परामा कथाकार कोमल प्रसाद पोखरेल कारुणिक कथाकारका रूपमा देखा परेका छन् । कथाकार पोखरेलले समाजमा भए गरेका विभिन्न घटनालाई कथामा प्रस्तुत गर्दै त्यस घटनामा दुःखदायी अवस्था भोग्न बाध्य भएका पात्रहरूको स्थितिको वर्णन गरेर पाठकका मनमा त्यस्ता घटना र पात्रप्रति करुणा उमार्ने चेष्टा गरेको देखिन्छ । यस कार्यमा कथाकार पोखरेल निकै सफल पनि देखिन्छन् । पोखरेलले आफ्ना कथाका पात्रहरू आफू मात्र कारुणिक बन्ने होइन आफ्ना करुणा पाठकलाई बाँडेर उनीहरूलाई पनि करुणामा डुबाउँछन् । उनका धेरैजसो कथाहरूमा पात्रहरू कारुणिक छन् भने पाठकले कथा पढिसकेपछि ती पात्रप्रति करुणा सहजै व्यक्त गर्न पुग्छन् ।
अन्तव्र्यथा ः आजको कथामा पैसा कमाउन घर जग्गा बेचेर विदेश गएको हर्केले विदेशमा दुःख पाएको, यता घरमा हर्केका बाबु दुर्घटनामा परेको र डाक्टरले हर्केको बाबुको खुट्टो अनावश्यक रूपमा काटेको जस्ता घटनाले कथा पढ्ने जो कोही पाठकलाई करुणाले द्रवीभूत पार्दछ । पाठक यस कथाका हर्के र उसको बाबुको अवस्था देखेर दुःखी नहुने प्रश्न नै आउँदैन र उनीहरूप्रति करुणा व्यँुझन्छ । त्यसै गरी मृगतृष्णा कथामा होनाहार इमान्दार छोरो सूर्यको दुर्घटनामा परी मृत्यु भएको घटनाले पाठकलाई ज्यादै दुःखी बनाउँछ ।
यसरी कथाकार कोमलप्रसाद पोखरेल आफ्ना कथामार्फत पाठकका मनभित्रैबाट कथाका पात्रमाथि सहानुभूति व्यक्त गराउन सफल भएका छन् । यसैले कथाकार पोखरेलको कथाकारिताको एउटा महŒवपूर्ण पक्ष कारुणिकता पनि हो ।

७.३.७ निष्कर्ष
कथाकार कोमल प्रसाद पोखरेलको एउटा कथा संग्रह र अन्य विभिन्न पत्रिकामा समेत फुटकर कथाहरू प्रकाशित छन् । नेपाली साहित्यको सामाजिक यथार्थवादी फाँटमा एक सशक्त स्रष्टाका रूपमा पोखरेलको नाउँ लिइन्छ ।
उनका कथामा सामाजिक, राजनैतिक एवम् शैक्षिक विषयलाई कथाको कथावस्तु बनाइएका छन् । उनी आफ्ना कथामा कारुणिक अवस्थाको सृजना गरी गरीव, निमुखा जनताहरूको वास्तविक चित्र उतार्दै पाठकको भित्री मनबाट कथाका पात्रमा सहानुभूति बगाउन सफल देखिन्छन् । हाम्रा समाजका आँखाअगाडिका घटनालाई जस्ताको तस्तै उतार्ने कथाकार पोखरेलले राजनैतिक, शैक्षिक प्रशासनिक विकृति विसंगतिप्रति तीव्र रोष र घृणा पनि प्रकट गरेका छन् ।
निम्न वर्गीय पात्रहरूलाई लक्ष्यित गरिएर लेखिएका उनका कथाहरूमा सामान्य जनस्तरको भाषाको प्रयोग छ । उनले सकेसम्म गाउँले परिवेशमा बोलिने बोलीचालीको कथ्य नेपाली भाषाको प्रयोग गरेर कथालाई थप आकर्षक बनाएका छन् । नेपाली सामाजिक यथार्थवादी कथाकारको लहरमा एक सशक्त कथाकारका रूपमा कथाकार पोखरेल स्थापित हुन पुगेका छन् ।

आठांै परिच्छेद
साहित्यकार रोहिणीविलास लुइटेलको जीवनी व्यक्तित्वः उनका कथा र कथाकरिता परिचय

८.१ रोहीणीविलास लुइटेलको जीवनी र व्यक्तित्व
८.१.१ जीवनी
८.१.१.१ जन्म
साहित्यकार रोहिणीविलास लुइटेलको जन्म वि.सं. १९९८ सालमा भएको थियो । साहित्यकार लुइटेलको जन्मस्थान कोशी अञ्चल अन्तर्गत पर्ने तेह्रथुम जिल्लाको सोल्मा गा.वि.स.को वार्ड नं. ९, कालीमाटी भन्ने ठाउँमा भएको थियो । उनी घनश्याम लुइँटेल र कृष्णा लुइटेलका नाती एवम् स्व. पण्डित नरपति लुइँटेल र आमा लक्षिमादेवी लुइँटेलका छोरा हुन् । साहित्यकार लुइँटेलको न्वारनको नाम पनि रोहिणीविलास लुइँटेल नै हो (स्रोत ः शोधनायक) । साहित्यकार लुइँटेलका साहित्यिक उपनामहरू निम्न रहेका छन् – रोविलु, रोविगाउँले, कौशिक, धर्मरत्न, सोल्माली जेठो । उनी नेपालको सुदुर पूर्वमा अवस्थित झापा जिल्लाको शनिश्चरे गा.वि.स. वडा नं. ३ कालिकास्थानमा २०२५ सालदेखि बसोबास गदै आएका छन् ।

८.१.१.२. बाल्यकाल
साहित्यकार रोहिणीविलास लुइटेलले आफ्नो जन्मस्थान तेह्रथुममै वि.सं. १९९८–२००० सालसम्म दुई वर्षे बाल्यकाल आमा–बुबासँगै बिताएको देखिन्छ । यसपछि चारवर्षमा विराटनगरमा बाल्यकाल बितेको देखिन्छ भने विराटनगरमा लगभग चार वर्षे बसाइपछि वि.सं. २००४ सालमा उनको परिवार भारतको आसाम गएको थियो । १० ÷१२ वर्षको आसाम बसाईपछि त्यस स्थानमा बस्न मन नलागेर पुनः उनीहरू नेपालकै विराटनगरमा आएर बसोवास गरेको देखिन्छ (स्रोत ः शोधनायक) । विराटनगर ६।७ वर्ष वसोवास गरेपछि लुइँटेल परिवार २०२५ सालदेखि झापामा आई बसोवास गर्न थालेका हुन् । विभिन्न ठाउँमा बाल्यकाल बिताएका लुइँटेललाई नयाँ नयाँ बालसाथीसँग घुलमिल हुन केही समय अप्ठ्यारो परे पनि नयाँ नयाँ स्थान घुमडुल गर्न पाएकाले समग्रमा उनको बाल्यकाल रमाइलोसँग बितेको देखिन्छ (स्रोत ः शोधनायक)

८.१.१.३ पारिवारिक जीवन
साहित्यकार रोहिणीविलास लुइटेलको विवाह वि.सं. २०२५ सालमा ताप्लेजुङ्ग जिल्ला नाङ्गेका महानन्द पोख्रेल र हिमादेवी पोख्रेलका जन्मेका दुई सन्तान मध्ये जीवित एक मात्र छोरी पन्ध्र वर्षकी बालटुहुरी धनमायासँग भएको थियो । यिनको परम्पराअनुसार नै मागी विवाह भएको थियो । उनी विभिन्न ठाउँमा बस्ने क्रममा कहिले कहाँ कहिले कहाँ घुम्दै २०२५ सालदेखि झापामा बसोबास गर्दै आएका छन् । मध्यम वर्गीय परिवारका लुइँटेलका हाल एक छोरा एक बुहारी (रमणविलास + सृजना) र छोरी प्रियम्बदा लुइटेल (नेपाल), कादम्बरी लुइटेल (काफ्ले) र नातिहरू शिवाङ्गकुमार लुइटेल र दिवाङ्क लुइटेल रहेका छन् (स्रोत ः शोधनायक) । कहिले काहीं सामान्य खस्रो मसिनो परे पनि पतिपत्नीबीच सम्बन्ध राम्रो छ । त्यसैले परिबार राम्ररी चलेको छ (स्रोत ः लुइटेलपत्नी धनमाया)

८.१.१.४ रुचि र स्वभाव
सधै हँसिलो अनुहारमा देखिने साहित्यकार रोहिणीविलास लुइटेल सबैलाई समानताका दृष्टिले हेर्दछन् । उनलाई विशेष रिस उठ्ने भनेको झूटो बोल्ने र बरालिएर हिड्ने व्यक्तिसँग हो । शिक्षित व्यक्ति भएर उनको धर्मकर्मतर्फ सामान्य झुकाव रहेको देखिन्छ । उनको विशेष रुचिको क्षेत्र साहित्य भनेको साहित्य नै हो । साहित्यमा उनी छन्दका कविता लेख्न औधि रुचि राख्दछन् । धर्मकर्म गर्न रुचाउनु उनको दोस्रो रुचि क्षेत्र देखिन्छ । धर्ममा लुइँटेल प्रणामी धर्म मन पराउँछन् । यो उनको तीन पुस्ते प्रणामी सम्प्रदायको प्रभाव हो (स्रोत ः शोधनायक)।
साहित्यकार लुइटेलको मन पर्ने खाना शाकाहारी भोजन नै हो । उनी शाकाहारी भोजनमा दालभात तरकारी मन पराउँछन् । उनी पहिरनमा राष्ट्रिय पोशाक दौरासुरुवाल नै मन पराउँछन् । उनी स्वतन्त्र पेशा हुने भएकाले कृषि पेशा नै मन पराउँछन् । यसै गरी उनी खेलमा फुटवल र बक्सिङ्ग मन पराउनुका साथै गीत संगीत पनि मन पराउछन् ।
साहित्यकार लुइटेल निरन्तर लेखन कार्यमा तल्लीन रहने गम्भीर चिन्तक हुन् । उनी कुरा सबैका सुन्ने गुण–दोष झट्ट न उगेल्ने कसैले यसो होइन र गुरु ? भन्यो भने मलाई पनि त्यस्तै लागको थियो भनेर बिस्तारो तालि बजाउदै मज्जाले हाँस्ने सबैका प्रिय व्यक्तित्व हुन् । कुरै कुरामा चर्चा उपचर्चा बढी भयो भने पुस्तकले भरिएको कालो झोला बोक्दै “ए ! ढिलो पो भएछ अहिले म हिंडे फिर मिलिंगे” भन्दै बाटो लाग्ने, विवादमा नमुछिने उहाँको स्वभाव लोभ लाग्दो छ (स्रोतः पूर्ववत्)
सरल स्वभाव, झनक्क नरिसाउने, ढुस्स रिसाएर फुलेर नबस्ने, कसैको आशा पनि नगर्ने, निराशा पनि नपार्ने, सबैलाई रिझाउने जस्ता उनका सरल गुण शैली छन् (स्रोत ः पूर्ववत पृष्ठ १६)

८.१.१.५ शिक्षा
साहित्यकार रोहिणीविलास लुइटेलको शिक्षाको आरम्भ अनौपचारिक रूपमा भएको देखिन्छ । लुइँटेलका पिताले घरमै तत्कालीन शैक्षिक समस्यालाई अनुभूत गरेर पाठशाला स्थापना गरेका थिए । सोही पाठशालामा बालबालिकाहरूलाई एकत्रित पारी निःशुल्क शिक्षा दिने गर्थे । यसै क्रममा रोहिणीविलासले पनि दुई तीन वर्षमै सामान्य प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । त्यसपछि उनले वनारसको वाराणसेय संस्कृत विश्वविद्यालयबाट मध्यमा (२०२२) र शास्त्री (२०२४) सालमा उत्तीर्ण गरेका हुन् । उनले सोही विश्वविद्यालयबाट २०२६ सालमा आचार्य समेत गरेको देखिन्छ । यिनले वनारसमा २०२६ सालमा आचार्य उत्तीर्ण गरेपछि बाँकी अध्ययन नेपालमा गरेका हुन् । उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए.को अध्ययन गरे तापनि यो अपूर्ण रहेको देखिन्छ ।

८.१.१.६ कार्य क्षेत्र
लामो सयमसम्म शिक्षक भएर कार्य गरेका साहित्यकार लुइटेल वि.सं. २०६३ सालमा सेवानिवृत भएका छन् । त्यसपछि हालका दिनहरूमा उनले कृषि पेशा अंगाल्दै आएका छन् । कृषि पेशा मन पराउने लुइँटेल समाज सेवाका कार्यमा पनि लागिपरेका देखिन्छन् । त्यस्तै उनलाई धार्मिक गतिविधि र साहित्यिक क्षेत्रमा पनि निरन्तर क्रियाशील रहिरहेको देखिन्छ । यसरी विविध कार्य क्षेत्रहरूसँग प्रत्यक्ष सम्बन्ध भएकाले ती सबै क्षेत्र उनको जीवनका महŒवपूर्ण कार्यक्षेत्र रहेका छन् ।

८.१.२ रोहिणीविलास लुइटेलको व्यक्तित्वका विविध पक्ष
८.१.२.१ शारीरिक व्यक्तित्व
सामान्य दौरासुरुवाल पहिरन रमाउने साहित्यकार रोहिणीविलास लुइँटेल सामान्य नेपाली कदको उचाइ भएका, गोरा वर्णका हिडडुल गर्न सक्ने देखिन्छन् । चश्मा नभई नहुने लुइँटेलको आँखा भने केही कमजोर रहेको (स्रोत ः शोधनायक लुइटेल) देखिन्छ ।

८.१.२.२ अध्यापक व्यक्तित्व
साहित्यकार रोहिणीविलास लुइटेलले भारत र नेपालमा अध्ययन गरी उच्च शिक्षा आर्जन गरेपश्चात् शिक्षण पेशामा लागेका देखिन्छ । उनले अध्यापकको रूपमा वि.सं. २०३५ देखि सेवा प्रवेश गरेको देखिन्छ । उनले शुरुमा छ महिनासम्म शनिश्चरे मा.वि. झापामा अस्थायी शिक्षकका रूपमा काम गरे भने त्यसपछि निरन्तर रूपमा २०३५ सालसम्म सोही मा.वि. मा मा.वि. स्थायी शिक्षकको रूपमा सेवा गरेका थिए (स्रोत ः शोधनायक) वि.सं. २०६२ देखि साहित्यकार लुइटेल सेवानिवृत भई घरमै बस्दै आएका छन् ।

८.१.२.३ प्रेरक व्यक्तित्व
साहित्यकार रोहिणीविलास लुइटेलको व्यक्तित्वका विभिन्न पाटामध्ये प्रेरक व्यक्तित्व पनि अर्को महŒवपूर्ण व्यक्तित्वको रूपमा रहेको छ । उनले इलामका बुद्धि घिमिरेसँग मिलेर वि.सं. २०६२ सालमा मोतिराम समस्या पूर्ति संस्था स्थापना गरेका थिए । यसै संस्थामार्फत छन्दमा कविता लेख्नुपर्छ भनेर साहित्यप्रति रुचि राख्ने, साहित्यप्रेमीलाई प्रेरणा दिने कार्य गर्छन् । त्यस्तै गरी छन्दमा कविता लेख्न पनि सिकाउने गर्छन् । मोतीराम समस्या पूर्तिसंस्थाको संस्थापक संयोजक लुइटेल हाल पनि यसै संस्थाको संयोजक रहेका छन् ।
८.१.२.४ साहित्यकार व्यक्तित्व
साहित्यकार रोहिणीविलास लुइटेल विद्यार्थी जीवनदेखि साहित्यको क्षेत्रमा क्रियाशील रहँदै आएका हुन् । निरन्तर विभिन्न पत्र–पत्रिकामा कविता, कथा, निबन्ध, हास्यव्यङ्ग्य आदि प्रकाशित गराउने लुइँटेल साहित्यका विविध विधामा कलम चलाउने बहुमुखी प्रतिशाली स्रष्टा हुन् । उनले कथा, कविता, निबन्ध, समालोचना आदि विधामा कलम चलाएका छन् । उनका साहित्यका विविध पक्षहरूलाई निम्न बुँदाहरूमा हेर्न सकिन्छ ।

८.१.२.४.१ कवि व्यक्तित्व
नेपाली साहित्यको विविध विधामा कलम चलाउने साहित्यकार रोहिणीविलास लुइटेलले पहिलो हाल हालेको विधा कविता नै हो । उनको पहिलो प्रकाशित कविता कृति वाराणसीबाट निस्कने ‘छात्रप्रभा’ वि.सं. २०१८ सालमा प्रकाशित ‘शारदा बन्दना’ हो (तेराख, जुही, ५९) छन्दमा कविता लेख्ने कवि रोहिणीविलास लुइँटेलले कविता विधामा फुटकर कविता देखि खण्डकाव्यसम्मका कृति प्रकाशित गराइसकेका छन्, जसको विवरण यस प्रकार रहेका छन् –

क्र.स. कृतिको नाम प्रकाशन वर्ष
१ भुमरी शोक काव्य २०३७
२ मेरो मानस (कविता संग्रह) २०३५
३ तीन तारा हिमाली (खण्डकाव्य) २०५४
४ लङ्कासङ्कल्प (छायानुवाद) २०४१
५ जपानंं शब्द चित्रं (छायानुवाद) २०५३

यसै गरी कवि रोहिणीविलास लुइटेलले लेखेको ‘सतीको सराप’ खण्डकाव्य प्रकाशोन्मुख अवस्थामा रहको छ भने “धुएँत्रो” (कविता) संग्रह अप्रकाशित रहेको छ (स्रोत ः शोधनायक)

८.१.२.३.२ कथाकार व्यक्तित्व
साहित्यकार रोहिणीविलास लुइटेलको अर्को महŒवपूर्ण व्यक्तित्व कथाकार हो । विद्यार्थी जीवनदेखि साहित्य लेखनमा प्रवेश गरेका कथाकार लुइँटेलको पहिलो प्रकाशित कथा ‘अलच्छिना गग्रेटो’ २०२१ सालमा ‘संगालो’–२ (ने.सा.स.स. वराणसी) पत्रिकामा प्रकाशित भएको थियो । यही ‘अलच्छिना गग्रेटो’ कथा बाटै लुइँटेलको कथाकार व्यक्तित्व क्रमशः अगाडि बढ्न थालेको पाइन्छ ।
साहित्य सृजनामा निरन्तर लागेका लुइँटेलका दुई बिसौनीमा विभाजित एक मात्र कथा संग्रह “इटहरीबाट” २०६२ प्रकाशित भएको पाइन्छ । यी दुवै बिसौनीमध्ये पहिलो बिसौनीमा नौलो प्रयोग भएको पाइन्छ भने दोस्रो विसौनीमा परम्परागत शैली रहेको पाइन्छ । पहिलो बिसौनीमा लामा कथा छन् भने दोस्रोमा तुलनात्मक रूपमा छोटा आकारका कथा छन् । एउटै मात्र कथा संग्रह प्रकाशित गर्ने कथाकार लुइटेल उत्कृष्ट कथा लेख्ने कथाकारका रूपमा चिनिएका छन् । यिनको “तेलको धुप” कथा संग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ ।

८.१.२.३.३ निबन्धकार व्यक्तित्व
साहित्यकार रोहिणीविलास लुइटेलका विभिन्न व्यक्तित्व मध्ये निबन्धकार व्यक्तित्व पनि अर्को महŒवपूर्ण व्यक्तित्वका रूपमा रहेको छ । विद्यार्थी जीवनकालदेखि निबन्ध लेख्न थालेका निबन्धकार लुइँटेलको पहिलो प्रकाशित निबन्ध “समाज साहित्य र साहित्यकार” २०२० सालमा ‘संगालो’ – ४ (ने.सा.स.स. वारावासी) पत्रिकामा प्रकाशित भएको थियो (स्रोत ः शोधनायक) । निबन्धकारका रूपमा हालसम्म उनको एक मात्र निबन्ध संग्रह “अपराजेय कटाक्ष” (व्यङ्ग्य निबन्ध (२०५८) प्रकाशित भएको छ ।

८.१.२.३.४ अनुवादक व्यक्तित्व
साहित्यकार रोहिणीविलासमा लुइँटेलमा अन्य भाषमा लेखिएका साहित्यिक कृतिलाई अनुवाद गर्ने सफल अनुवादक व्यक्तित्व पनि रहेको देखिन्छ । योगी नरहरिनाथले लेखेको “जापान शब्द चित्रम् काव्यम्” को छायानुवाद गरी लुइँटेलले “जापान शब्द चित्र काव्यम्” (२०५३) प्रकाशित गरेका छन् । त्यसैगरी योगी नरहरिनाथकै “लङ्कासङ्कल्प” को छायानुवाद गरी २०४१ सालमा “लङ्कासङकल्प” प्रकाशित गराएका छन् ।

८.१.१.६ सम्मान तथा पुरस्कार
असल व्यक्ति सधै समाजमा सम्मानित हुनुपर्छ र त्यस्ता व्यक्तिलाई सम्मान गर्दै आएको पाइन्छ । साहित्यकार रोहिणीविलास लुइँटेल पनि एक असल व्यक्तिका रूपमा चिनिँदै आएका छन् । उनले समाजमा विभिन्न प्रकारबाट आफ्नो स्तर कायम गरिसकेका छन् । साहित्यकार लुइँटेलको अनुकरणीय व्यक्तित्वबाट प्रभावित भएर विभिन्न सम्मानपत्र, कदरपत्र तथा नगद पुरस्कार समेतले साहित्यकार लुइँटेललाई सम्मानित गरेको पाइन्छ । यसरी साहित्यकार लुइटेललाई प्रदान गरिएका सम्मानपत्र, कदर–पत्र, तथा नगद पुरस्कार निम्न अनुसार रहेका छन् ।
ज्ञ। प्रशंसापत्र – शनिश्चरे उच्च मा.वि. (२०४०)
द्द। सम्मान–पत्र – लेखनाथ वाचनालय, चन्द्रगढी, (२०५०)
घ। सम्मान–पत्र – देवकोटा स्मृति भवन, भद्रपुर (२०५०)
द्ध। प्रशंसापत्र – प्रलेस (२०५३)
छ। पुरस्कार – कन्काई प्रतिभा प्रतिष्ठान सुरुङ्गा (२०५४)
ट। सम्मान–पत्र– स्वर्ण जयन्ती समारोह शनिश्चरे उच्च मा.वि. (२०५५)
ठ। पुरस्कार – महानन्द पुरस्कार समिति, झापा (२०५६)
ड। सम्मान–पत्र – नवरङ्ग साहित्य प्रतिष्ठान, धरमपुर, झापा (२०५७)
ढ। पुरस्कार – नवक्षितिज पुरस्कार वाणी प्रकाशन, विराटनगर (२०५८)
ज्ञण्। सम्मान–पत्र – नवरत्न जुही साहित्यिक त्रैमासिक परिवार, चन्द्रगढी (२०५९)
ज्ञज्ञ। सम्मान–पत्र – साहित्य कथा सङ्गम, दमक (२०६०)
ज्ञद्द। सम्मान–पत्र – जिलल शिक्षा कार्यालय, चन्द्रगढी (२०६२)
ज्ञघ। सम्मान – जुही– ५९ रोहिणीविलास लुइँटेल अंक प्रकाशित गरी सम्मान (२०६६)
ज्ञद्ध। प्रमात्रपत्र – अत्रि गोत्रिय मित्रबन्धु नेपाल (२०६७)
ज्ञछ। पुरस्कार – कञ्चनजङ्गा एफ.एम् विर्तामोड, झापाद्वारा २०६७ (छन्दका तरङ्ग) माध्यमद्धारा सर्वोकृष्ट कविका रूपमा
ज्ञट। अभिनन्दन – श्री शनिश्चरे प्रा.वि. शनिश्चरे – ३ झापाद्वारा दम्पति दुवैलाई संयुक्त रूपमा (२०६७)
ज्ञठ। पुरस्कार – द्रोणाचार्य – शेरबहादुर झापा ज्योति पुरस्कार (२०६७)

८.१.१.७ संस्थागत संलग्नता
साहित्यकार रोहिणविलास लुइटेल विभिन्न संघ संस्थामा संलग्न रहेको पाइन्छ । उनी संलग्न रहेका विभिन्न संघसंस्थाको विवरण निम्नानुसार रहेको छ ः
वाराणसी ः (२०१६ – २०२३) सम्म
ज्ञ। नेपाली छात्र परिषद, वाराणसी (सदस्य÷महामन्त्री)
द्द। नेपाली साहित्य सम्पर्क समिति, वाराणसी (सदस्य)
घ। हिन्दू साहित्य परिषद, वाराणसी (सदस्य)
द्ध। संस्कृत प्रचार समिति (सदस्य)
काठमाडौं ः (२०२२–२०२३) सम्म
१. बृहद् आध्यात्मिक परिषद (सदस्य)
२. नेपाल–भारत मैत्री संघ (सदस्य)
झापा ः २०३१ सालदेखि यता
ज्ञ। श्री ५ वीरेन्द्र शुभराज्यभिषेक समारोह÷कालीस्थान÷२०३१ सचिव
द्द। बृहद् आध्यात्मिक परिषद, झापा, अध्यक्ष (२०३१)
घ। महानन्द पुरस्कार वितरण समारोह वितरण समिति, शनिश्चरे, २०४४ सदस्य
द्ध। साहित्यिक सांस्कृतिक दोभान, शनिश्चरे (सदस्य)
छ। गार्गी वेद विध्यापीठ , कालीस्थान (संस्थापक अध्यक्ष) २०५२
ट। साझा प्रकाशन पुल्चोक, ललितपुर सदस्य
ठ। महानन्द पुरस्कार समिति, झापा (उपाध्यक्ष)
ड। योगी नरहरिनाथ स्मृति अन्तराष्ट्रिय परिषद, लक्ष्मीपुर, झापा (आजीवन सदस्य)
ढ। श्यामकृष्ण पत्रकारिता पुरस्कार समिति (बिर्तामोड सल्लाहकार सदस्य)
ज्ञण्। शनिश्चरे प्रकाशन, झापा उपाध्यक्ष
ज्ञज्ञ। मेची साहित्यिक पत्रकारिता समिति (सदस्य)
ज्ञद्द। वाणी प्रकाशन विराटनगर (सदस्य)
ज्ञघ। बनिता प्रकाशन विराटनगर (सदस्य)
ज्ञद्ध। साहित्य विकास समिति, झापा उपाध्यक्ष
ज्ञछ। मोती समस्यापूर्ति प्रकाशन समिति नेपाल (सह–संयोजक)
ज्ञट। मोती समस्यापूर्ति प्रकाशन समिति नेपाल (संयोजक)

यसरी विभिन्न संघ संस्थाहरूमा रहेर कथाकार लुइँटेलले यस क्षेत्रमा योगदान दिएका छन् ।


८.२ कथाकार रोहिणीविलास लुइटेल र उनका कथाहरू
८.२.१ कथाकार रोहिणीविलास लुइटेल
कथाकार रोहिणीविलास लुइँटेलले नेपाली कथा लेखनको क्षेत्रमा विद्यार्थी जीवनदेखि नै हात हालेका हुन् । पहिलो कथा ‘अलिच्छिना गग्रेटो’ २०२१ सालमा ‘संगालो – २ (ने.सा.स.स. वाराणसी) पत्रिकामा प्रकाशित गराएर उनी कथासृजनामा प्रवेश गरेका हुन् । उनको अहिले सम्म एउटा मात्र कथा संग्रह “इटहरीबाट” (२०६२) मात्र प्रकाशित रहेको छ । यो कथा संग्रह बाहेक उनका विभिन्न पत्र – पत्रिकाहरूमा केही फुटकर कथाहरू पनि छरिएर रहेका छन् । यो अध्ययनमा यस “इटहरीबाट” (२०६२) कथा संग्रहको सामान्य अध्ययन गरी यसै संग्रहमा संकलित ‘इटहरीबाट’ कथाको मात्र विस्तृत अध्ययनका आधारमा उनको कथाकारिताको निरूपण गर्ने प्रयास गरिएको छ ।

८.२.२. ‘इटहरीबाट’ (२०६२) कथा संग्रहको परिचय
कथाकार रोहिणीविलास लुइटेलको सातांै पुस्तकाकार कृतिको रूपमा रहेको ‘इटहरीबाट’ कथा संग्रह वि.सं. २०६२ सालमा प्रकाशित भएको हो । यस कथा संग्रहकी प्रकाशिका घनमाया लुइँटेल रहेकी छिन् । वि.सं. २०२१ सालदेखि २०५६ सालसम्म लेखिएका कथाहरू यस संग्रहमा सङ्कलित छन् । यस कथा संग्रहभित्रको पहिलो क्रममा रहेको ‘इटहरीबाट’ कथाको शीर्षकलाई नै कथा संग्रहको पनि शीर्षक बनाइएको छ । यसबाट कथाकारले यसै कथालाई यस संग्रहको प्रतिनिधि कथाको रूपमा लिएको स्पष्ट हुन्छ । यस संग्रहमा जम्मा पन्ध्रबटा कथाहरू संकलित छन् । यो कथा संग्रहमा रहेका कथाहरू दुईवटा बिसौनीमा बाँडिएका छन् । पहिलो बिसौनी सातवटा र दोस्रो बिसौनीमा आठवटा कथा रहेका छन् । पहिलो बिसौनीमा ७३ र दोस्रो बिसौनीमा ३३ पृष्ठ गरी जम्मा १०८ वटा पृष्ठसम्म यो कथा संग्रह विस्तारित रहेको छ ।
यस कथा संग्रहमा सबै सामाजिक विषयवस्तु भएका कथाहरू संकलित छन् । परिवेश नेपालभित्र र नेपालबाहिरको समेत रहेको छ । नेपाली समाजकै सङ्गत–असङ्गत, मर्यादित–अर्मादित विविध व्यवहार यस संग्रहका कथाहरूमा देख्न सकिन्छ । यस संग्रहका पहिलो बिसौनीका कथाहरू लामा छन् भने दोस्रो बिसौनीका छोटा आकारका छन् । पहिलो बिसौनीका कथाहरूमा दृष्टिबिन्दु परिवर्तन गरी लेखिएका मनोवादात्मक रूपमा आएका छन् ।
कथाकार रोहिणीविलास लुइँटेलको प्रस्तुत इटहरीबाट कथा संग्रहमा तारानाथ शर्माको प्राक्कथन (भूमिका) रहेको छ ।

८.२.३ ‘इटहरीबाट’ कथाको अध्ययन
८.२.३.१. कथावस्तु
प्रस्तुत कथा बसभित्र यात्रा गरिरहेका तीन जनाको मनोवादमा आधारित छ । इटहरीबाट बिर्तामोडसम्मको यात्रामा संलग्न तिन जना बस यात्रीका मनोवादमा आधारित यो कथाको विषयवस्तु त्रिकोणात्मक मनोविज्ञानमा आधारित रहेको छ । बसको एउटा सिटमा टाँसिएर बसेका नवविवाहित युवा–युवती तथा विपरीत दिशामा अर्को सिटमा बसेको एउटा प्रौढ यात्रीका आफ्ना–आफ्नै मनोभावना वा मनमा उठेका विचारतरङ्गलाई मनोवादको रूपमा प्रस्तुत गरिएको छ ।
पहिलो खण्डमा प्रौढ यात्री (म) पात्रले सुन्दरीले उसलाई हेर्दा उसको चञ्चलतालाई देखेर उसको मनभित्र उठेका विभिन्न सोचाइका तरङ्गहरूलाई मनोवादात्मक शैलीमा प्रस्तुत गरिएको छ । सुन्दरीले उसलाई म जस्तो झुत्रो बुढोलाई के हेरेकी होली भनी म पात्रमा एक प्रकारको हीनताबोध भएको पाइन्छ । त्यसैगरी उसलाई हेर्दा अरूले के ठाने होला भन्छ । त्यसका साथै सुन्दरीका हरेक गतिविधिलाई एकोहोरो हेरेर उसका बारेमा अनेक किसिमका अड्कल गर्दछ । अन्त्यमा शनिश्चरे गन्तव्य भएको ऊ बिर्तामोडमा ओर्लन्छ र म किन ओर्लेको भन्दै सुन्दरी कहाँ जाने हो म पनि त्यहीसम्म जाऊ कि भनि सोच्दछ । यसरी ऊ सुन्दरीप्रति आकर्षित हुन पुगेको छ ।
दोस्रो खण्डमा सुन्दरीले त्यस पौढ व्यक्ति (म) लाई पछाडि फर्केर हेर्दा उसले आफूलाई हेरेको देखेर त्यसले मलाई किन हेरेको हो भन्दै उसले आफूलाई फसाउन खोजेको होला भन्ने सोच्दछे । म यस्तो अँगालाभरीको लोग्ने हुँदा हुँदै त्योसँग फस्ने होइन भन्दै आफू राम्री भएकी र त्यो प्रौढ नराम्रो भएको भन्दै अनेक किसिमका धारणा मन मनै तयार गर्छे । सुन्दरीले प्रौढ यात्री बसबाट ओर्लेर हिँड्दा आफूले केही गुमाएको महशुस गर्दछे ।
तेस्रो खण्डमा पतिको मनोवाद एवम् सुन्दरीसँगको संवादको रूपमा आएको छ । पति सुन्दरीको लोग्ने हो । ऊ सुन्दरीसँगै बसेको छ । ऊ इटहरीबाट पूर्वतिर लागेपछि सुन्दरी किन फुर्तिली देखिन्छे, निक्कै चुल्बुले देखिन्छे भन्ने सोच्दछ । सुन्दरीले सोधेका प्रश्नको उत्तर ठाउँ ठाउँमा दिँदै जान्छ । सुन्दरीले सोधेका प्रश्नको उत्तर दिँदै उसले सोधेको प्रश्नहरू सामान्य भएका कारण कसरी सम्झाऊँ भन्ने सोच्दछ । उसलाई सुन्दरी आफूसँग टाँसिदा यसले किन बेसोमत देखाएकी भन्दै उसको बाल्यपन देखेर टिठाउँ छ । मातृवासल्यबाट छुट्टिएकी भन्दै आफूलाई उसको पति मात्र होईन रक्षक अभिभावक पनि भएको ठान्दछ । उसले बाटामा विभिन्न ठाउँका बारेमा सुन्दरीलाई बताउँछ । सुन्दरीले प्रौढ यात्री ओर्लेको देखेर त्यो मान्छे ठिक लागेन भनेर भन्दा पतिले किन यसका मुखबाट यस्तो कुरो फुत्क्यो मैले बुझ्न सकिन भन्ने सोच्दै यो विनाप्रसङ्ग बोल्दछे भन्ने ठान्दछ ।

८.२.३.२ चरित्र चित्रण
क) ‘म’ (प्रौढ यात्री)
‘म’ पात्र लिङ्गका आधारमा पुरुष चरित्र हो । ऊ यस कथाको कार्यका आधारमा प्रमुख चरित्र हो । ऊ बस यात्राका क्रममा बसमा पछाडि बसेको छ । सुन्दरीसँग उसका आँखा चार भएका छन् । बसबाट ओर्लेर गन्तव्यतिर गएको घटना स्पष्टसँग देख्न सकिन्छ । यी विविध कारणले गर्दा आसन्नताका आधारमा ऊ मञ्चीय चरित्र हो । बस यात्रा गर्ने क्रममा कुनै युवतीले उसलाई हेर्दा त्यस युवतीप्रति गहिरिएर हेर्ने र उसका बारेमा अनेक किसिमका भावनामा डुब्नुका साथै ऊ प्रति ‘म’ पात्र पनि आकर्षित भएको देखिन्छ । सबै प्रौढ यात्री यस्ता प्रवृत्तिका हुँदैनन् । त्यसैले जीवन चेतनाका आधारमा ऊ व्यक्तिगत चरित्र हो । उसले सुन्दरीलाई देखेर आकर्षित भए पनि कुनै नकारात्मक कार्य कहीं कतै गरेको पाइदैन । तसर्थ ऊ प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो । ‘म’ पात्र बस यात्राको थालनीदेखि नै सुन्दरीप्रति आकर्षित भएको छ र अन्त्यसम्म पनि आकर्षित नै रहेको छ । तसर्थ, स्वभावका आधारमा ऊ गतिहीन चरित्र हो । उसले सुन्दरीलाई हेरेर ऊप्रति आकर्षित भएको पहिलो खण्डमा नै उसको उपस्थिति छ भने दोस्रो खण्डमा सुन्दरीको मनोवाद ऊसँग सम्बन्धित छ । त्यसरी नै तेस्रो खण्डमा सुन्दरीले पतिलाई उसैको बारेमा कुरा गरेको पाइन्छ । यदि यसको उपस्थिति कथामा नभए यो कथाको संरचना हुनै सक्तैन । यसलाई कथाबाट निकालिदा कथाको अस्तित्व नै समाप्त हुन्छ । त्यसैले ऊ कथाबाट हटाउन नमिल्ने बद्ध चरित्र हो । यसरी समग्रमा ऊ प्रमुख पुरुष, व्यक्तिगत, मञ्चीय, गतिहीन, अनुकूल र बद्ध चरित्र हो ।

ख) सुन्दरी
सुन्दरी प्रस्तुत कथाकी स्त्री चरित्र हो । ऊ यस कथाकी प्रमुख वा नायिका हो किनभने उसकै सेरोफेरोमा कथानक अघि बढेको छ । उसले शुरुमा ‘म’ पात्रलाई हेरेकी छे र ऊप्रति विकर्षित छे । बसबाट ओर्लेर ‘म’ पात्र गन्तव्यतिर लाग्दा अनायास आफूले केही गुमाएको महशुस गरेबाट युवती पनि ऊप्रति आकर्षित बन्न पुगेको स्पष्ट हुन्छ । त्यसैले उसको स्वभावमा परिवर्तन आएकोले ऊ गतिशील चरित्र हो । उसले कथामा कुनै नराम्रो कार्य गरको पाइँदैन । तसर्थ, प्रवृत्तिका आधारमा ऊ अनुकूल चरित्र हो । सबै महिला आफ्नो लोग्ने हुँदा हँुदै अन्य पुरुष प्रति आकर्षित हुदैनन् । त्यसैले ऊ जीवन चेतनाका आधारमा व्यक्तिगत चरित्र हो । बस यात्राका क्रममा ऊ बसमा लोग्नेसँग सिटमा बसेको, लोग्नेसँग संवाद गरेको र ‘म’ पात्रसँग हेराहेर गरेका घटनाहरू स्पष्टसँग देख्न सकिन्छ । तसर्थ, ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । उसको कथामा मुख्य भूमिका रहेको छ । उसलाई कथाबाट हटाउँदा कथाको अस्तित्व समाप्त हुन्छ । त्यसैले ऊ आबद्धताका आधारमा कथाबाट हटाउनै नमिल्ने बद्ध चरित्र हो ।
समग्रमा ऊ प्रमुख, स्त्री, गतिशील, व्यक्तिगत मञ्चीय अनुकूल र बद्ध चरित्र हो ।

ग) पति
पति यस कथामा सुन्दरीको पति भनेर उल्लेख भएबाट लिङ्गका आधारमा पुरुष चरित्र हो । कथामा पतिको भूमिका ‘म’ पात्र र सुन्दरीको भन्दा कम रहेका छ । त्यसैले कार्यका आधारमा ऊ सहायक चरित्र हो । कथाको तेस्रो खण्डमा उसको भूमिका सशक्त छ । त्यसैले उसलाई कथाबाट हटाउँदा कथानक भताभुङ्ग हुन्छ । यसरी ऊ कथाबाट हटाउन नमिल्ने पात्र भएकाले आबद्धताका आधारमा बद्ध चरित्र हो । ऊ पत्नी सुन्दरीको आनीबानी बुझ्न नसक्ने अनभिज्ञ चरित्र हो । कथामा सुन्दरीसँग संवाद गरेको स्पष्ट देखिन्छ । तसर्थ, आसन्नताका आधारमा ऊ मञ्चीय चरित्र हो । कथामा उसले कुनै खराब कार्य गरको पाइँदैन । तसर्थ प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो । उसको स्वभावमा कुनै परिवर्तन छैन । तसर्थ ऊ गतिहीन चरित्र हो । उसले आफ्नी पत्नी सुन्दरीले सोधेका प्रश्नको उत्तर दिएको छ र म उसको लोग्ने मात्र होइन, अभिभावक पनि हुँ भनेको छ । सबै लोग्ने मानिसमा यस्तो प्रवृत्ति भेटिन्छ । त्यसैले ऊ जीवन चेतनाका आधारमा लोग्ने मानिसको प्रतिनिधित्व गर्ने वर्गीय चरित्र हो ।
समग्रमा ऊ पुरुष, सहायक, मञ्चीय, अनुकूल गतिहीन, बद्ध र वर्गीय चरित्र हो ।
प्रस्तुत कथामा माथि उल्लेख भएदेखि बाहेक बस यात्रामा अन्य केही यात्री भनेर उल्लेख गरिए पनि तिनीहरूको कथामा कुनै भूमिका छैन ।

८.२.३.२ संवाद
संवादको दृष्टिले यो कथा उच्च दर्जाको रहेको छ । प्रस्तुत कथामा एकल र बहुल संवादको प्रयोग गरिएको छ । त्यसमा पनि एकल संवाद वा मनोवाद अझ बढी सशक्त रूपमा आएको छ । प्रस्तुत कथामा तीनवटै खण्डमा मनोवादको प्रयोग गरिएको छ । अझ पहिलो र दोस्रो खण्डमा केवल मनोवादको मात्र प्रयोग गरिएको छ । पहिलो खण्डमा प्रौढ यात्रीले – सुन्दरीले आफूलाई हेरेको देखेर उसको चञ्चलताका बारेमा विभिन्न प्रकारले चिन्तन र तर्कवितर्क गरेको छ । उसले किन आफूलाई हेरेकी होला भन्ने कुरा र आफ्नै बारेमा उठेका अनेक भावनालाई मनोवादको रूपमा प्रस्तुत गरेको छ । त्यसैगरी मैले उसलाई हेर्दा अरूले के ठाने होला भन्ने कुरालाई पनि ‘म’ पात्रले मनोवादकै रूपमा व्यक्त गरेको छ । दोस्रो खण्डमा सुन्दरीले त्यो प्रौढ व्यक्तिले मलाई किन हेरेको हो । कस्तो खालको मान्छे, मलाई फसाउँन खोजेको होला, म त्यो सँग फस्ने होइन भन्दै म नवविवाहित, मेरो लोग्ने छ भन्ने भावनालाई मनोवादको रूपमा व्यक्त गरेकी छ । अन्त्यमा प्रौढ यात्री बिर्तामोडबाट ओर्लेर हिड्ँदा सुन्दरीलाई केही गुमेको जस्तो अनुभूति भएको कुरा मनोवादको रूममा व्यक्त भएको छ । सुन्दुरीले आफूले कति राम्रो लोग्ने पाएको छु जे गरे पनि रिसाउँदैनन् भन्ने भाव पनि मनोवादकै रूपमा आएको छ । तेस्रो खण्डमा युवतीले अनेक प्रश्न गरेकी छ र त्यसको उत्तर पतिले दिएको संवाद सहज रूपमा आएको छ । पतिले पत्नि सुन्दरीले चञ्चलता देखेर यो अनौठो स्वभावकी छे भन्ने भाव मनोवादको रूपमा आएको छ । त्यसैगरी म यसको लोग्ने मात्र होइन अभिभावक पनि हुँ भन्ने भाव मनोवादकै रूपमा आएको छ । समग्रमा प्रस्तुत कथामा प्रस्तुत भएको संवाद कथानक एवम् पात्र अनुकूल सरल सरस र प्रवाहमय रहेको छ ।

८.२.३.४ परिवेश
प्रस्तुत परिवेश बाह्य र आन्तरिक दुई किसिमको परिवेशको प्रयोग भएको पाइन्छ । त्यसमा पनि आन्तरिक परिवेश यो कथामा सशक्त छ । आन्तरिक परिवेशको रूपमा प्रौढ यात्रीले बस यात्राको क्रममा सुन्दरीले आफूलाई अस्वाभाविक रूपमा हेरेको घटनाले यसका मनभित्र सुन्दरीका बारेमा आफ्ना विविध धारणा, आफ्नो रूप, रङ्ग, उमेरका बारेका धारणा र आफूले सुन्दरीलाई हेर्दा अरूले के ठाने होलान् भन्ने विचारहरू आन्तरिक परिवेशको रूपमा आएको छ । त्यसै गरी सुन्दरीले प्रौढ यात्रीले आफूलाई हेर्दा उसका मनमा उठेका विभिन्न मानसिक विचार तरङ्ग, आफूले प्रौढ यात्रीलाई हेर्दा अरूले के भन्लान् भन्ने बारेमा उठेका अड्कल अनुमान र आफ्नो लोग्नेका बारेमा उसका मनमा अनेक किसिमका कुरा खेलेका छन् । यसलाई पनि कथाको आन्तरिक मानसिक परिवेशका रूपमा लिन सकिन्छ । त्यसै गरी पतिको मनमा सुन्दरीको चञ्चलताका बारेमा अनेक किसिमका भावना सृजना भएका छन् । त्यो पनि प्रस्तुत कथामा आन्तरिक परिवेशको रूपमा आएको छ । यसरी प्रस्तुत कथामा त्रिकोणात्मक आन्तरिक परिवेश आएको छ ।
बाह्य परिवेशको रूपमा काठमाडौं दार्जिलिङ्ग जाने भनेर सुन्दरी र पति बसको यात्रा गरिरहेका छन् । त्यसैले काठमाडौं दार्जिलिङ्गसम्मको परिवेश प्रस्तुत कथामा बाहय परिवेशको रूपमा आएको छ । बस यात्राको क्रममा काठमाडौं, धरान, इटहरी, बेलबारी, कानेपोखरी, पथरी, कन्काईधाम र बिर्तामोड प्रत्यक्ष स्थानगत परिवेशको रूपमा आएका छन् भने दार्जिलिङ्ग भने अप्रत्यक्ष स्थानगत परिवेशको रूपमा आएको छ । त्यसै गरी कालगत परिवेशको रूपमा दोस्रो खण्डमा सुन्दरीले बस यात्राका क्रममा दुई तीन रातको अनिदो छ भनेबाट दुई तीन दिन र इटहरीबाट यात्राको गरेको एक दिनको पनि समयलाई मिलाउँदा तीन – चार दिनको कालिक परिवेश कथामा आएको छ ।
यसरी आन्तरिक बाह्य परिवेश र कालक्रमिक परिवेशको संयोजन गरी निर्माण भएको यस कथाको परिवेश त्रिकोणात्मक रूपमा आएको छ । अन्य परिवेशको तुलनामा आन्तरिक परिवेश ज्यादै ससक्त छ । समग्रमा परिवेशका दृष्टिले कथा ज्यादै उत्कृष्ट छ ।

८.२.३.५ भाषाशैली
यस कथाको भाषा शैली सरल देखिन्छ । सामान्य भन्दा सामान्य पाठकले सजिलै बुझ्न सक्ने, साधरण मानिसले बोल्ने प्रसस्तै झर्रा शब्दहरूको प्रयोग गरिएको छ । जस्तो छिल्लिएकी, पात्तिएकी, जोइटिङ«े, ख्याउटी, पाल्सी आदि । यसै गरी प्रस्तुत कथामा सुहाउँदो पाराले उखानको पनि प्रयोग गरिएको छ । जस्तै ढाँटेको कुरा काट्टे मिल्दैन, नपत्याउने खोलाले बगाउँछ, नयाँ छउञ्जेल नौ पुला गाँस पुरानो भएपछि जगटाको नाश आदि । त्यसैगरी ह्वात्तै, फ्याट्टै, भुसुक्क, ट्वाल्ल आदि जस्ता अनुकरणात्मक शब्दको प्रयोगले कथालाई रोचक बनाएको छ । द्विरुक्त शब्दको प्रयोग पनि यो कथामा विभिन्न ठाउँमा कथालाई मिठास बनाउन प्रयोग गरिएको छ । जस्तै बेला – बेला, आ–आफ्नो, भ्याल–भ्याल्ती, लस–पस, ओल्टे–कोल्टे आदि । एक दुई ठाउँमा अंग्रेजी तथा हिन्दी शब्दहरूको पनि प्रयोग भएको पाइन्छ । निपातको प्रयोगले कथालाई पठनीय बनाएको छ । केही ठाउँमा नेपाली भाषाको पदक्रम भङ्ग भएको देख्न सकिन्छ । जस्तै ‘मैले धेरै धेरै हेरें उसलाई’ । त्यस्तै ‘एक मित्र छन् साथमा’ आदि । समग्रमा प्रस्तुत कथा भाषाशैली कथानक पात्र परिवेश आदि अनुसार उत्कष्ट रहेको पाइन्छ ।

८.२.३.६ दृष्टिविन्दु
प्रस्तुत कथामा कथाकारले नवीन ढङ्गले प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । हरेक पात्रलाई समाख्याता बनाएर प्रस्तुत गरिएको यस कथामा पात्रै पिच्छे दृष्टिबिन्दुको परिवर्तन गरिएको छ । कथाकारले हरेक पात्रलाई बेग्ला–बेग्लै रूपमा समाख्याता बनाई कथावस्तुको समाख्यान गराउने नौलो शैली अपनाएका छन् । प्रस्तुत कथामा तीन पात्र छन् र प्रत्येक पात्रबाट अलग अलग समाख्यान गराउँदा कथा पनि तीन खण्डकै बनेको छ । ती तीन खण्डहरूको नाम क्रमशः म, सुन्दरी, र पति राखिएको छ । तिनीहरूले मनोवादात्मक शैलीमा क्रमशः आफ्नो – आफ्नो खण्डमा समाख्याता भएर कथावस्तुको समाख्यान गरेका छन् । त्यसैले यस कथामा प्रथम पुरुष वा आन्तरिक दृष्टिबिन्दुको प्रयोग भएको छ ।

८.२.३.७ उद्देश्य
‘इटहरीबाट’ कथाले नवविवाहित युवतीले बस यात्राको क्रममा आफ्नो पति र अन्य प्रौढ व्यक्तिसँग कस्तो किसिमको दृष्टिकोण राख्दछन् भन्ने देखाउनु यस कथाको एउटा उद्देश्य हो । सुन्दरीको प्रौढ व्यक्तिले उसलाई हेर्दा उसको आफूलाई किन हेरेको होला, फँसाउन खोजेको होला भन्ने सोचाइ र ऊ पतिसँग अरूको वास्तै नगरी लेपासियाइ जस्ता क्रियाकलाप कथामा देखाइएको छ । यसबाट नवविवाहित युवतीहरूका क्रियाकलापलाई देखाउने उद्देश्य कथाकारले राखेको देखिन्छ भने युवतीहरूको मन लोग्ने हुँदाहुँदै पनि कसरी परपुरुषतिर पनि थाहा नपाइ आकर्षित हुन पुग्छ भन्ने कुरालाई पनि कथाले देखाउन खोजेको देखिन्छ । यसरी लोग्ने वा अन्य व्यक्तिसँगको युवतीको दृष्टिकोण प्रस्तुत गर्नु पनि यस कथाको उद्देश्य रहेको छ । ‘म’ पात्र सुन्दरीले आफूप्रति किन यसरी हेरेकी म जस्तो झुत्रे, झाम्रेलाई भन्ने ठान्दछ र सुन्दरीप्रति नजानिदो पाराले अकर्षित हुन्छ । यसरी युवतीप्रति नजानिदो पाराले प्रौढ व्यक्ति कसरी आकर्षित हुन्छन् भन्ने देखाउनु पनि यस कथाको अर्को उद्देश्य हो । यसरी आफ्नी पत्नी सुन्दरीले अनेक किसिमका प्रश्न गर्दा उत्तर दिँदै ऊ किन यसरी मसँग लेपासिन्छे भन्दै म उसको पति मात्र होइन रक्षक, अभिभावक पनि हँु भन्ने ठान्दछ र यसलाई मैले मायाका साथै संरक्षण पनि दिनु पर्छ भन्ने ठान्दछ । यसरी पति जिम्मेवार व्यक्ति भएको देखाउनु पनि यस कथाको उद्देश्य हो ।
समग्रमा नव युवक युवतीको स्वभाविक यौन आकर्षण, प्रौढ यात्रीको युवतीप्रतिको आकर्षण, युवतीको प्रौढ यात्रीप्रतिको रहस्यमय आकर्षणलाई प्रस्तुत गरेर मानिसका विभिन्न उमेर र अवस्थामा हुने विपरीतलिङ्गी आकर्षणलाई प्रकट गर्नु नै प्रस्तुत कथाको मुख्य उद्देश्य हो । यहाँ युवतीले प्रौढ यात्रीलाई घृणा गर्दा गर्दै पनि उसका अवचेनत मनमा त्यो प्रौढ यात्रीको पनि हल्का स्पर्शलाई सङ्केत गरेर कथाकारले यौन रहस्यको एउटा यथार्थलाई प्रकट गरेका छन् भने चेतन मनले नचाहँदा नचाहँदै पनि विपरीत लिङ्गीप्रति मानिसको अवचेतन मन स्वाभाविक रूपमा कसरी लहस्सिन पुग्छन् भन्ने यथार्थ प्रस्तुत गर्नु पनि यस कथाको अर्को उद्देश्य रहेको देखिन्छ । यसरी मानवका विपरीत लिङ्गी आकर्षण विकर्षणको चापमा मानव मनको द्वन्द्व र दुविधायुक्त अवस्थालाई यस कथामा प्रस्तुत गरिएको छ । यही नै कथाको उद्देश्य हो ।

८.३ कथाकार रोहिणीविलास लुइटेलको कथाकारिता
८.३.१. आदर्शवादी कथाकार
कुनै पनि घटनामा आदर्श झल्किने गरी तयार गरिएका कथा नै आर्दशवादी कथा हुन् । कथाकार रोहिणीविलास लुइटेलले पनि आफ्ना कथामा आदर्श भरिएका घटना र पात्रहरूको प्रयोग गरेका छन् । उनका धेरैजसो कथामा यो प्रवृत्ति पाइन्छ । “मर्यादित जीवन” कथामा पढाइमा ज्यादै कमजोर ज्ञानबहादुर विद्यालयमा ज्यादै अनुशासित विद्यार्थी हो । जाँच सकिएपछि पनि विद्यालयमा केही सेवा गर्ने ज्ञानबहादुर पुस्तकालयको केही पर आगलागी भएको घरमा आगलागीबाट केही बच्चालाई बचाएर आफू मरेको छ । यसरी उसले आदर्श कार्य गरेको छ । त्यसै गरी ‘फूलमाया’ कथालाई पनि आदर्शवादी कथाको रूपमा लिन सकिन्छ । आदर्शवादी कथा लेखन लुइँटेलको कथाकारिताको एउटा महŒवपूर्ण विशेषता हो ।

८.३.२. यौनवादी कथाकार
विभिन्न क्षेत्रका विषयलाई आफ्नो कथाको कथावस्तु बनाउने कथाकार रोहिणीविलास लुइँटेलको अर्को महŒवपूर्ण विशेषता यौनवादी कथाको सृजना गर्नु हो । हुन त उनका सबै कथामा यौनवादी दृष्टि पाइदैन । उनको ‘इटहरीबाट’ कथामा बस यात्राको क्रममा युवतीले प्रौढ यात्रीलाई घृणा गर्दा गर्दै उसका अवचेतन मनमा त्यो प्रौढ व्यक्तिको पनि हल्का स्पर्शलाई सङ्केत गरेर कथाकारले यौन रहस्यको एउटा यथार्थलाई उजागर गरेका छन् । चेतन मनले नचाहँदा नचाहदै विपरीत लिङ्गीप्रति हाम्रो अवचेतन मन थाहै नपाई सल्किसकेको हुन्छ । इटहरीबाट बिर्तामोडसम्म आउँदा युवतीले घृणा गरेको ‘म’ पात्र जब बसबाट ओर्लिएर आफ्नो गन्तव्यतिर जान्छ तब त्यस युवतीलाई आफ्नो केही गुमेको आभास हुन्छ । यसरी कथाकार लुइँटेलले यस कथामा फ्रायडीय यौन मनोविज्ञानको प्रयोग गरेका छन् । कथाकार लुइँटेलले अन्य केही कथामा पनि सामान्य यौन मनोविज्ञानको प्रयोग गरेका छन् । त्यसैले कथाकार लुइटेलको कथाकारिताको अर्को महŒवपूर्ण विशेषताको रूपमा यौनवादी कथा लेखन पनि रहेको छ ।

८.३.३ नारीवादी कथाकार
कथाकार लुइटेलले आफ्ना कथामा नारी पक्षीय दृष्टिकोण राखेको पाइन्छ । उनले छोरा–छोरीबीच भेदभाव गर्ने नेपाली चलनको अन्त्य चाहेको कुरो “दुई मानाको भात” कथामा पाउन सकिन्छ । छोरो दुई पल्ट फेल हुँदा केही नभन्ने तर छोरी एक पल्ट फेल हुँदा नपढ् भन्ने बाबुको भनाइलाई मामाले पढ्नु पर्छ भनेर छोरीमान्छेको पढाइमा जोड दिएको पाइन्छ । यसबाट छोराको तुलनामा छोरीलाई हेला गर्ने प्रवृत्ति त्यागी समान व्यवहार गर्नु पर्ने नारीपक्षीय धारणा कथाकारमा रहेको देखिन्छ ।

८.३.४ द्वन्द्वात्मकता
कथाकार लुइँटेलको अर्को महŒवपूर्ण विशेषताको रूपमा द्वन्द्वात्मकता रहेको छ । उनले आफ्ना कथामा बाह्य र आन्तरिक दुवै किसिमका द्वन्द्वको सशक्त रूपमा प्रयोग गरेका छन् । ‘उपहार’ कथामा अमेरिकाको भियतनाममाथिको आक्रमण नै स्वयम् एउटा द्वन्द्व हो । त्यसै गरी यसै कथामा हिंसा र अहिंसाबीचको द्वन्द्व पनि पाइन्छ । अमेरिकीहरूले भियतनामीहरूलाई मार्नु र शान्तिका लागि गुम्बामा प्रार्थना गर्नु अहिंसा र हिंसाबीचको द्वन्द्व हो । त्यसैगरी ‘इटहरीबाट’ कथामा सुन्दरीले प्रौढ यात्रीलाई नचाहँदा नचाहँदै पनि म पात्र सुन्दरीप्रति आकर्षित भएको छ भने सुन्दरी पनि म पात्रप्रति त्यसरी नै आकर्षित देखिन्छे । यसमा अचेतन मन र चेतन मनबीच द्वन्द्व छ । यो आन्तरिक द्वन्द्व हो । यसरी बाह्य र आन्तरिक दुवै प्रकारको द्वन्द्व पाइनु पनि कथाकार लुइटेलको कथाकारिताको एउटा महŒवपूर्ण वैशिष्ट्य हो ।

८.३.५. काल्पनिक विषयवस्तुको प्रस्तुति
कथाकार लुइँटेलले धेरै जसो कथाहरू सामाजिक विषयवस्तुलाई आधार बनाएर लेखेका छन् । काल्पनिक विषयवस्तु भएका कथा लेख्नु कथाकार लुइँटेलको मुख्य विषयगत प्रवृत्ति होइन तर पनि उनका काल्पनिक विषयमा आधारित कथा पनि छन् । उनको कोशी किनारकी बनदेवी काल्पनिक विषयलाई आधार बनाएर लेखिएको कथा हो । यथार्थ जगतमा नपाइने र घट्न नसक्ने घट्नाहरू पनि कल्पनाशील कथाकारका विषय हुन्छन् । प्रस्तुत कथाको समाख्याताले कोशी किनारको निर्जन स्थानमा एउटी रहस्यमयी महिलालाई भेट्यो र उसको नालीबेली सुन्दा सुन्दै त्यो महिला अन्तरध्यान भई । कथाकारले त्यस महिलालाई कोशी किनारकी बनदेवीका रूपमा उल्लेख गरेका छन् । त्यो महिला कथाकारकी कल्पनाकी उपज, दृष्टिभ्रम वा अवचेतन मनकी उपज हो । यसरी कथाकार लुइँटेलले काल्पनिक विषयवस्तुको प्रयोग गरेका छन् ।

८.३.६ लामा र छोटा दुवै आकारका कथा लेख्नु
कथाकार लुइँटेलको कथाकारिताको अर्को पक्ष लामा र छोटा दुवै प्रकाका कथा लेखन पनि रहेको छ । कथा भनेको एक बसाइमा पढिसकिने गद्य रचना हो । कथाकार लुइँटेलले यो परिभाषालाई ध्यान दिएर छोटा आकारका कथा लेखेका छन् । उनका ‘इटहरीबाट’ कथा संग्रहका दोस्रो बिसौनीका सबै कथाहरू छोटा आकारका छन् । उनका यी कथाहरू पश्चिमी कथाकार एडगर एलेन पोले भने झै “एक बसाइमा पढिसकिने” खालका छन् । दोस्रो बिसौनीका कथाहरू छोटामा तीन पृष्ठदेखि पाँच पृष्ठसम्मका छन् । यसै गरी उनले लामा आकारका कथा पनि लेखेका छन् । उनको इटहरीबाट कथा संग्रहका पहिलो बिसौनीका सातवटै कथाहरू दोस्रो बिसौनीका तुलनामा लामा रहेका छन् । पहिलो बिसौनीका कथाहरू छोटामा दश पृष्ठदेखि लिएर लामामा एक्काइस पृष्ठसम्मका रहेका छन् । यो बिसौनीका कथाहरू पढ्न २५÷३० मिनेट लाग्दछ । छोटा कथा पढ्न बानी परेका पाठकलाई लामा कथा पढ्न बानी पार्न उनले लामा कथा लेखेका हुन् (स्रोत ः शोधनाकय लुइटेल) । यसरी छोटा लामा कथा लेख्नु उनको कथाकारिताको एउटा पक्ष हो ।

८.३.७ राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशको चित्रण
कथाकार रोहिणीविलास लुइटेल आफ्ना कथामा हाम्रा गाउँ बेसीको मात्र परिवेश लिदैनन् । हाम्रो देशभन्दा बाहिरको अन्तराष्ट्रिय परिवेश पनि आफ्ना कथामा लिने गर्दछन् । उनका अधिकांश कथामा राष्ट्रिय परिवेश आएका छन् । उनको ‘इटहरीबाट’ ‘फूलमाया’ आदि राष्ट्रिय परिवेश भएका कथा हुन् भने उपहार भने अन्तराष्ट्रिय परिवेश भएको कथा हो । यो कथा अमेरिकी सैनिकले भियतनाममाथि आक्रमण गर्दाको विषयवस्तु भएकाले यसमा भियतनामको परिवेश आएको छ ।

८.३.८ सरल र ग्रामीण बोलीचालीको भाषा प्रयोगमा जोड
कथाकार रोहिणीविलास लुइँटेलले आफ्ना कथामा सामान्य भाषाको प्रयोग गरेका छन् । कतै कतै संस्कृत शब्दको प्रयोग भए पनि त्यसलाई तोकेर उनका कथाको भाषालाई जटिल भनि हाल्न मिल्दैन । उनले ग्रामीण क्षेत्रमा बोलिने सामान्य बोलीचालीको भाषाको प्रयोग गरेर कथालाई सम्प्रेषणीय बनाएका छन् । चोखा, झर्रा नेपाली शब्दको प्रसस्तै प्रयोग उनले कथामा गरेको पाइन्छ । उनका कथामा यथोचित ठाउँमा ट्वाक्क मिल्ने गरी उखान–टुक्का, निपात, थेगोको प्रयोग गरेर कथालाई पठनीय बनाएको पाइन्छ । उनका कतिपय कथामा हरेक पात्रलाई बेग्ला बेग्लै रूपमा समाख्याता बनाई प्रस्तुत गर्नु दृष्टिबिन्दुको परिवर्तन गर्ने नौलो शैलीको प्रयोग गरेको पाइन्छ ।



८.३.७ निष्कर्ष
कथाकार रोहिणीविलास लुइँटेलले एउटा कथा संग्रह र अन्य विभिन्न पत्र–पत्रिकाहरूमा केही फुटकर कथाहरू प्रकाशित गरेका छन् । नेपाली साहित्यमा आर्दशोन्मुख यथार्थवादी फाँटका एक सफल सष्ट्राका रूपमा लुइँटेलको नाउँ लिन सकिन्छ । संख्यात्मक र गुणात्मक दुवै हिसाबले लुइँटेलको कथागत योगदान विशिष्ट रहेको छ । यौन मनोविज्ञान र मनोविकृतिलाई मनोवादात्मक शैलीमा प्रस्तुत गर्न निक्कै सिपालु लुइँटेलका प्रायः जसो कथा आर्दशवादी रहेका छन् । उनका धरै कथा निम्नमध्यम वर्गीय नेपाली समाजका पारिवारिक परिवेशमा आधारित रहेका छन् ।
निम्न र निम्नमध्यम वर्गीय पात्रहरूलाई विशेषता लक्ष्यित गरेर लेखिएका उनका कथाहरूमा सामान्य जनस्तरको भाषाशैलीको प्रयोग गरिएको छ । उनले आफ्ना कथामा यथोचित ठाउँमा ट्वाक्क मिल्नेगरी उखान–टुक्का निपात आदिको प्रयोग गर्नुका साथै बोलीचालीको नजिकको अनौपचारिक शैलीको भाषा प्रयोग गरेर कथालाई थप आकर्षण दिएका छन् । नेपाली आर्दशोन्मुख यथार्थवादी कथाकारका हारमा एक सफल कथाकारका रूपमा कथाकार लुइँटेल स्थापित छन् ।

नवौ परिच्छेद
साहित्यकार पुण्यप्रसाद खरेलको जीवनी व्यक्तित्व ः उनका कथा र कथाकरिताको परिचय

९.१ पुण्य प्रसाद खरेलको जीवनी र व्यक्तित्व
९.१.१ जीवनी
९.१.१.१ जन्म
साहित्यकार पुण्य प्रसाद खरेलको जन्म वि.सं. २००७ चैत्र २५ गते भएको हो । उनको जन्म ताप्लेजुङ्ग जिल्लाको थेचम्बु गा.वि.स.को अमेवुङ भन्ने स्थानमा भएको थियो । यिनका पिता स्व. चन्द्रमणि खरेल हुन् भने माताको नाम स्व. भगीरथा खरेल हो । आमा–बुबाका सोह्र सन्तानमध्ये यिनी पाँचौ सन्तानका रूपमा जन्मिएका हुन् । खरेलहरूका भुँडीफोर र हत्यारा दुई प्रकारमध्ये उनको पुर्खा भुँडीफोरा हुन् (गिरी, २०६७ ः ६)
साहित्यकार पुण्य प्रसाद खरेलको पुख्र्यौली थलो काभ्रेको खरेलथोक हो । खरेलथोकबाट बसाइँ सरी खरेका पुर्खाहरू ताप्लेजुङ्ग आएका हुन् (स्रोत ः शोधनायक) । उनको शिक्षाको औपचारिक थालनी ताप्लेजुङ्गमा नै भएको देखिन्छ । हालसम्म उनका दाजुभाइ पुख्र्यौली घर आमेबुङ्ग नै रहेका छन् (गिरी ः २०६७ ः ६)
९.१.१.२ बाल्यकाल
९.१.१.३ पारिवारिक जीवन
साहित्यकारका रूपमा स्थापित पुण्य प्रसाद खरेलको वि.सं. २०३० सालमा परम्परागत रूपमा मागी विवाह भएको हो । खरेलको विवाह ताप्लेजुङ्ग जिल्ला निगुरादिन भन्ने ठाउँका चन्द्रनारायण र सावित्री सिटौलाकी छोरी मेनुका (मैया) सिटौलासँग भएको हो । निरन्तर रूपमा अध्ययन र अध्यापन गर्ने कायमा विभिन्न ठाउँमा घुम्दै वि.सं. २०४५ सालदेखि उनी नेपालको सुदूर पूर्वमा अवस्थित झापा जिल्लाको मेची नगरपालीका – १० काकरभिट्टामा बसार्इँ सरेर स्थायी रूपमा बसोबास गर्दै आएका छन् । हाल खरेका चार भाइ छोरा र बुहारी, एक छोरी, ज्वाइ र नाति नातिनीहरू रहेका छन् (स्रोत ः शोधनायक) ।

९.१.१.४ रुचि र स्वभाव
सधै प्रफुल्ल अवस्थामा देखिने साहित्यकार खरेल सवैलाई समान व्यवहार गर्दछन् । बरालिएर हिड्ने युवाहरूलाई घृणा गर्ने तर परिश्रमी व्यक्तिलाई माया गर्ने उनको व्यवहार छर्लङ्ग देख्न सकिन्छ । उनलाई विशेष रिस उठ्ने भनेको परिवारका सबै सदस्यहरू बेलुका उपस्थित नहुँदा र घरको काम सबै मिलेर नगर्दा नै हो (गिरी, २०६७ ः ७)
पुस्तक तथा पत्र–पत्रिका पढ्न धेरै मन पराउने साहित्यकार खरेलको भुर्इं तलामा रहेको कोठामा पुस्तकै पुस्तक संग्रह रहेका छ । उनको साहित्य साधना गर्ने समय कोलाहलरहित शून्य समय हो (स्रोत ः शोधनायक) । उनी शाकाहारी भोजन बढी मन पराउने, अमिलो पिरो छोडेर गुलियो मन पराउँछन् । यिनको मन पर्ने खाना दाल भात तरकारी नै हो । उनी खेलमा टेबलटेनिस र फुटवल मन पराउँछन् । खरेलको गीत संगीतप्रति पनि रुचि रहेको पाइन्छ । उनलाई मन पर्ने नेपालका नेताहरूमा मदन भण्डारी, पुष्पलाल हुन् भने विदेशी नेताहरूमा लेनिन र महात्मा गान्धी हुन् । आफूलाई मनमा लागेका कुरा स्पष्ट बताउने उनको स्वभाव छ (स्रोत ः शोधनायक)

९.१.१.५ शिक्षादीक्षा
साहित्यकार खरेलको शिक्षाको थालनी अनौपचारिक रूपमा धुले पाठशालाबाट भएको देखिन्छ । यिनले धुले पाठशालामा अक्षर चिन्ने, चण्डी, रुद्री, वेद भाष्वती आदिको अध्ययन गरेको देखिन्छ । वि.सं. २०१६ सालमा मात्र उनले औपचारिक रूपमा विद्यालय प्रवेश गरेको देखिन्छ (गिरी ०६७ ः ६)
वि.सं. २०१३ सालमा थेचम्बुमा स्थापना भएको प्रा.वि. लाई नै त्यहाँका शिक्षाप्रेमी गाँउलेहरू, समाजका अग्रणी व्यक्ति कुमारध्वज मेयाङ्बोको सक्रियताले थेचम्बु हाइ स्कुलको रूपमा विकसित गरेको हुनाले साहित्यकार खरेलले गाउँमै बसेर प्रवेशिका उत्र्तीण गर्ने अवसर पाएका थिए (खनाल २०६० ः ८) । उनले त्यस विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरी धरान केन्द्रबाट २०२४ सालमा एस.एल.सी. परीक्षा दिएर द्वितीय श्रेणीमा उत्र्तीण गरेका हुन् । यसपछि खरेलले महेन्द्र मोरङ्ग कलेज विराटनगरबाट २०२८ सालमा आई. एस्सी. तृतीय श्रेणीमा उत्तीर्ण गरेका हुन् । उनले २०३० सुालमा शिक्षाशास्त्र अध्ययन संस्थान सानोठिमीमा कृषिमा स्नातक अध्ययन थालेर २०३२ सालमा स्नातक तह पूरा गरे । वि.सं. २०३३ सालमा खरेलले बी.एड्. प्रथम श्रेणीमा उत्तीर्ण गरे ।
यसरी साहित्यकार पुण्य प्रसाद खरेलले १०१६ सालबाट अध्ययन कार्य थालेर २०३३ सालसम्ममा स्नातक सम्मको अध्ययन पूरा गरेपछि उनको औपचारिक शिक्षा अध्ययनको क्रम रोकिएको देखिन्छ ।

९.१.१.६ कार्य क्षेत्र
वि.सं. २०२४ सालमा एस.एल.सी परीक्षा उत्तीर्ण गरेपछि वि.सं. २०२५ सालदेखि खरेलले शिक्षण पेशालाई निरन्तर रूपमा जीविकोपार्जनको माध्यम बनाउदै देश सेवा गर्दै आएको देखिन्छ । वि.सं. २०३१ सालमा बी.एड. गर्न काठमाडौं गएका समयमा युनिसेफद्वारा सञ्चालित “चित्रावलीबाट सञ्चार” नामको प्रोजेक्टमा पनि केही समय सेवा गरेको देखिन्छ (खनाल २०६०ः१०)
साहित्यकार पुण्य प्रसाद खरेको कार्यक्षेत्र शिक्षण पेशाका साथ साथै जीवन भोगाइको क्रममा विभिन्न संघ संस्थासित सम्बद्ध रहँदै राजनैतिक, साहित्यिक एवम् सामाजिक क्षेत्रमा समेत संलग्नता निरन्तर रूपमा रहेको पाइन्छ । खरेलको व्यक्तित्वसँग यी राजनैतिक, सामाजिक, साहित्यिक कार्यक्षेत्रहरूको प्रत्यक्ष सम्बन्ध भएकाले ती सबै क्षेत्रहरू खरेलको जीवनमा महŒवपूर्ण कार्यक्षेत्र मानिन्छन् ।

९.१.२ पुण्य प्रसाद खरेलका व्यक्तित्वका विविध पक्षहरू
९.१.२.१ अध्यापक व्यक्तित्व
साहित्यकार पुण्य प्रसाद खरेल वि.सं. २०२४ सालमा एस.एल.सी परीक्षा उत्तीर्ण गरेपछि २०२५ सालदेखि नै शिक्षण पेशामा निरन्तर संलग्न हुँदै आएका हुन् । उनी हालका दिनमा पनि शिक्षण पेशामा नै संलग्न रहेका छन् । वि.सं. २०२५ साल वैशाख १ गतेदेखि चैत्र महिनासम्म उनले ताप्लेजुङ्गको पृथ्वी मिडिल स्कूलमा अस्थायी शिक्षकको रूपमा काम गरेका थिए भने आइ.एस्सी. उत्तीर्ण गरी २०२८ सालदेखि ताप्लेजुङ्गको थेचम्बु हाईस्कुलमा (तत्कालीन मिडिल स्कूल) मा आइ.एस्सी. शिक्षकको रूपमा गणित विषयको अध्यापन गराएका थिए । यि २०३० सालमा नयाँ शिक्षा थालनीसँगै स्थायी रूपमा थेचम्बु हाईस्कूलमा शिक्षक भई कार्य गरेका थिए । २०३३ सालमा ताप्लेजुङ्गमै मोती मा.वि. बाट ताप्लेजुङ्गकै भानुजन मा.वि. फुङलिङमा वि.सं. २०३६ बैशाख २३ गते सरुवा भएको देखिन्छ । साहित्यकार खरेलले यस स्कूलमा व्यावसायिक कृषि पढाउने मा.वि. शिक्षकका रूपमा सेवा गरेका हुन् (स्रोत ः शोधनायक) ।
वि.सं. २०३७ सालमा शिक्षक संगठनको स्थापनामा सक्रिय भएका कारण तत्कालीन सत्ताधारी पञ्चायती सरकारले शिक्षण पेशाबाट बर्खास्त गरेपछि आफ्नो पुख्र्यौली थलो छोडी उनी झापा प्रवेश गरे (गिरी २०३७ ः ९) । वि.सं. २०३९ साल माघ २० गतेबाट उनको पुनः काँकरभिट्टा मा.वि.मा अस्थायी शिक्षकको रूपमा सेवा प्रारम्भ भयो (भुजेल २०६२ ः ३५) । यसपछि पनि राजनैतिक कारणबाटै वि.सं. २०४५ भाद्र १ गते पुनः सेवाबाट उनी बर्खास्त हुन पुगे । त्यसपछि प्रजातन्त्रको स्थापना भएपछि २०४७ साल भाद्र २० गते भानु मा.वि. ताप्लेजुङ्गमा उनको पुनर्बहाली भयो (भुजेल २०६२ ः ३५)
ताप्लेजुङ्गमा दोस्रो पटक शिक्षक पदमा पुनर्बहाली भएको पाँच वर्षपछि वि.सं. २०५२ साल वैशाखमा ताप्लेजुङ्गबाट झापाको काँकरभिट्टा मा.वि. सरुवा भई हालका दिन पनि उनी यसै विद्यालयमा अध्यापन गर्दै आएका छन् । विद्यार्थीको परीक्षा राम्रो हुनु भनेको पढाउने शिक्षकको अध्यापन राम्रो हुनु हो भन्ने धारणा राख्ने खरेल विद्यार्थीको उज्ज्वल भविष्य होस् भन्ने आशा राख्दछन् । खरेल भविष्यका कर्णधार उत्पादन गर्ने शिक्षकको शिक्षण पेशा गरिमामय पेशा हो भन्ने गर्दछन् । उनी शिक्षक तथा विद्यार्थी सबैसँग सजिलै घुलमिल गर्न सक्ने खुवी भएका एउटा इमान्दार शिक्षक हुन (स्रोत ः शिक्षिका भुवन सुब्बा, काँकरभिट्ट मा.वि.)





९.१.२.३ राजनैतिक व्यक्तित्व
राजनैतिक गतिविधिबाट अलग्ग रहेर खेतीपातीमा संलग्न परिवारमा हुर्केका साहित्यकार खरेल राजनैतिक क्षेत्रमा महŒवपूर्ण व्यक्तिका रूपमा स्थापित छन् । निर्दलीय पञ्चायती कालमा वि.सं. २०१७ सालदेखि २०४६ सालसम्मको देशको घिनलाग्दो राजनैतिक अवस्थाबाट दिक्क भएका खरेललाई पञ्चायती शासन व्यवस्थाले देश र जनताको भलो गर्न सक्तैन भन्ने लागिसकेको थियो । त्यसैले किसान परिवारमा जन्म लिन पुगेका पुण्यप्रसाद खरेल परिवारिक तथा सामाजिक वातावरण आदिले गर्दा माक्र्सवादी चिन्तनप्रति झुकाव राख्न थाले । यिनले कार्लमाक्र्स, लेलिन, लु स्युन, स्टालिन, एङ्गेल्स, माओत्सेतुङ आदि महान् राजनैतिक विचारकहरूको जीवनी र उनीहरूका क्रियाकलपाबारे अध्ययन गरेर उनीहरूले अगाडि बढाएको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको राम्रो अध्ययन गरेका थिए । यसको फलस्वरूप उनी बामपन्थी विचारधाराप्रति आकर्षित भएका थिए । हाल उनी यसै विचारधारालाई समर्थन गदै आएका छन् । बामपन्थी भएकै कारण बामपन्थी क्रियाकलापमा उनी संलग्न हुदै आएका छन् । बामपन्थी क्रियाकलापमा क्रियाशील भएकै कारण वि.सं. २०३२ सालमा पक्राउ परेर असार देखि असोजसम्म तीन चार महिना केन्द्रीय कारागारमा उनी बन्दीका रूपमा थुनिन पुगेका थिए । क्याम्पस अध्ययनको क्रममा विद्यार्थी राजनीतिमा सक्रिय खरेल २०३२ सालमा सानोठिमी क्याम्पसको स्व.वि.यु.को अध्यक्ष पदको उम्मेदार पनि भएका थिए तर चुनाव हुनै नपाई उनको अध्ययनकाल समाप्त भएकोले त्यसमा सहभागी हुन पाएनन् (भुजेल २०६० ः ३६)
साहित्यकार खरेलले कम्युनिष्ट पार्टीको सदस्यता लिएपछि वि.सं. २०४९ सालमा फुङलिङ क्षेत्रको इलाका सदस्य भएका थिए । खरेल वि.सं. २०५१–२०५२ सम्म नेकपा एमाले झापा जिल्लाको जिल्ला कमिटि सल्लाहकार सदस्य भएका थिए । झापा जिल्ला तत्कालीन क्षेत्र तीनको पार्टी क्षेत्रीय समन्वय समितिमा रहेर उनले २०५२–२०५५ सम्म कार्य गरेको देखिन्छ । पार्टी विभाजनपछि साहित्यकार खरेल २०५६ देखि २०५८ सम्म ने.क.पा. एमालेको झापा जिल्ला कमिटि सदस्य रहेको देखिन्छ । तत्पश्चात् खरेल क्षेत्रीय समन्वय कमिटिमा सदस्यको रूपमा २०५८ सालदेखि २०६७ सालसम्म रहेको पाइन्छ । यसपछि उनी २०६७ सालदेखि हालसम्म अञ्चल कमिटि सल्लाहकार सदस्य रहँदै आएका छन् ।
राजनैतिक क्रियाकलपामा संलग्न भएका कारण साहित्यकार पुण्यप्रसाद खरेलले जेल जीवन पनि बिताएको पाइन्छ । वि.सं. २०४६ सालको जनआन्दोलनमा झापामा बसेर आन्दोलन गर्ने क्रममा उनले माघदेखि चैत्रसम्म तीन महिना जेल जीवन बिताएका थिए (स्रोत शोधनायक) । यसै गरी २०४८ सालमा राजनैतिक कारणले जालसाजी मुद्दामा जेठ असार महिनामा एक्काईस दिन राजनैतिक बन्दीका रूपमा जीवन बिताएका थिए ।
दोस्रो जनआन्दोलन २०६२÷०६३ मा पनि खरेलले साहित्यिक कार्यक्रममार्फत नेतृत्व गरेर आन्दोलनलाई सहयोग पु¥याएको पाइन्छ । झापाका काँकरभिट्टा बिर्तामोडलाई केन्द्रबिन्दु बनाएर विभिन्न ठाउँमा शाही सरकारको विरुद्धमा विभिन्न सभा समारोहमा कविता लेखी वाचन गरेर सडक कविता मार्फत दोस्रो जनआन्दोलनमा सहयोग गरेको पाइन्छ । यसरी खरेलले मुलुकको राजनैतिक क्षेत्रमा निक्कै ठूलो लगानी गरेको पाइन्छ । यसरी राजनैतिक क्षेत्रमा पु¥याएको योगदानबाटै उनको राजनैतिक व्यक्तित्व उच्च देखिन्छ ।

९.१.२.३ साहित्यकार व्यक्तित्व
विद्यार्थी जीवनदेखि नै साहित्यको क्षेत्रमा साहित्यकार खरेल क्रियाशील रहँदै आएको देखिन्छ । साहित्यका विविध विधामा कलम चलाएका साहित्यकार खरेल बहुप्रतिभाशाली स्रष्टा हुन् । साहित्यका विभिन्न विधामा कलम चलाउने खरेलले कथा, कविता, निबन्ध, उपन्यास, समालोचना आदि साहित्यका विविध विधाको सृजना गरेको पाइन्छ । उनको साहित्यिक व्यक्तित्वका विभिन्न पक्षहरूलाई निम्नानुसार राखेर हेर्न सकिन्छ ।

९.१.२.३.१ कथाकार व्यक्तित्व
नेपाली साहित्यक्षेत्रका अथक साधक साहित्यकार पुण्य प्रसाद खरेलले साहित्यका विविध विधामध्ये कथा विधामा पनि सशक्त रूपमा कलम चलाएका छन् । विद्यार्थी जीवनदेखि नै साहित्य क्षेत्रमा प्रवेश गरेका खरेलको पहिलो प्रकाशित कथा “छोराको हत्या” हो । यो कथा २०३१ सालमा “मातृभूमि” पत्रिकामा प्रकाशित भएको थियो (खनाल, २०६० ः ८३) । नेपाली साहित्यको कथा विधामा कलम चलाउने खरेल प्रगतिवादी धारामा कथा लेखेर चर्चित भएका छन् । खरेलका हालसम्म तीनवटा कथा संग्रहहरू प्रकाशित भएका छन् । उनका ती कथा संग्रहहरू निम्न अनुसार छन् ः
क्र.स. कथा संग्रहको नाम प्रकाशन वर्ष कथा संख्या प्रकाशन
१ पुनर्वहाली २०५४ १७ साथी प्रकाशन
२ मताने साँइलो २०५७ १७ मैया खरेल
३ द्वन्द्व र धुवाँ २०६४ १९ सुसेली साहित्यिक परिवार मेची नगर, झापा

कथाकार खरेलका कथाहरू सुपाठ्य र सुबोध्य छन् । कथा सरल, सहज र सरस हुनु कथाकार खरेलको कथाकारिताको विशेषता हो । कथाकार खरेलले नेपाली झर्रा शब्द, अनुकरणात्मक शब्द, प्रसस्तै उखान–टुक्काको प्रयोग, छोटा – छोटा वाक्य विन्यास, केही कथ्य भाषाको प्रयोग, पात्रको जात–भाषा अनुसार भाषाको आफ्ना कथामा प्रयोग गर्छन् । खरेल आदि मध्य र अन्त्य स्पष्ट छुट्टिने रैखिक ढाँचाका कथा लेख्न निक्कै सिपालु छन् । कुनै कुनै कथाहरूमा संवादात्मक शैलीको प्रयोग गर्ने खरेल प्रायः जसो कथाहरू तृतीय पुरुष दृष्टिबिन्दुलाई अंगालेर लेखेको पाइन्छ । खरेल अभिधामूलक अर्थप्राधान्य भएका कथा लेख्ने कथाकार हुन् । उनका कथा सामाजिक, राजनैतिक, शैक्षिक विकृतिहरू प्रति व्यङ्ग्य गर्ने खालका रहेका छन् । कथाकार खरेलका कथाले समाजका शोषित, पीडित गरीब निमुखा असहायहरूका कथा–व्यथा, दुःख–दर्द, पीडा अभावलाई आफ्ना कथा मार्फत अघि सार्दै अन्यायमा परेका निम्न बर्गीय जनताहरू शिक्षित बनाएर आफ्ना हक अधिकार खोज्न अग्रसर गराउने जमर्को गरेका छन् । त्यसैले कथाकार खरेल यथार्थवादी र खास गरी प्रगतिवादी धारामा कलम चलाउने कथाकार हुन् ।
यसरी प्रगतिवादी धारामा कलम चलाउने कथाकार खरेलले अन्य विधाको तुलनामा कथा विधालाई धेरै माथि उकासेका छन् ।

९.१.२.३.२ कवि व्यक्तित्व
साहित्यकार खरेलको अर्को महŒवपूर्ण व्यक्तित्व कवि व्यक्तित्व पनि हो । फुटकर कविता लेख्न निक्कै सिपालु कवि खरेलको एकल संग्रहको रूपमा “रोकिन्न काबेली” कविता संग्रह प्रकाशित भएको छ । प्रकाशक मैया खरेल रहेको यस संग्रहको प्रकाशन २०६७ वैशाखमा भएको हो । यस कविता संग्रहमा जम्मा ४४ वटा फुटकर कविताहरू रहेका छन् । यसका साथै कवि खरेलका सहसङ्कलनको रूपमा सङालिएका प्रतिबिम्बहरू (२०५१) प्रकाशित रहेका छन् ।
कवि खरेल राजनैतिक आन्दोलनको बेला तत्कालीन शाही सरकारका विरुद्ध २०६२÷०६३ को समयमा झापाका विभिन्न ठाउँमा सम्पन्न सभा समारोहमा फुटकर कवितामार्फत चर्चामा आएका चर्चित कविका रूपमा पनि चिनिएका छन् । हालका दिनमा कवि खरेलका कविता विभिन्न पत्र–पत्रिकामा प्रकाशित पाएको पाइन्छ । यसरी पुण्यप्रसाद खरेलको कवि व्यक्तित्व पनि उच्च रहेको पाइन्छ ।

९.१.२.३.३ निबन्धकार व्यक्तित्व
नेपाली साहित्य क्षेत्रका अथक साधक पुण्य प्रसाद खरेलले साहित्यका विविध विधामध्ये निबन्ध विधामा पनि कलम चलाएका छन् । निबन्धकार खरेलको हालसम्म एक मात्र निबन्ध संग्रह प्रकशित भएको छ । त्यो निबन्ध सग्रहको नाम “घुमिफिरी रुम्जैटार” (२०५९) हो । यो निबन्ध संग्रहमा खरेलका जम्मा पन्ध्रवटा निबन्धहरू संकलित छन् । यो निबन्ध संग्रह सुसेली साहित्यिक परिवार, मेचीनगर–१० ले प्रकाशित गरेको हो । यसबाहेक खरेलका थुप्रै निबन्ध विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित भएका छन् । जसको विवरण यस प्रकार छ ।
क्र.स. निबन्धको शीर्षक पत्रिका प्रकाशन वर्ष
१ पैसा चाँहि कति थियो नि ! भानुप्रभा २०५७
२ चाल्ने पिलो मनन २०५९
३ कुहिराको काग भानुप्रभा २०५९
४ हात्ती आतङ्क पूर्वाञ्चल २०६०
५ म प्रधानमन्त्री भएँ भने मनन २०६०




९.१.२.३.४ उपन्यासकार व्यक्तित्व
नेपाली साहित्यका विविध विधामा कलम चलाउने साहित्यकार पुण्य प्रसाद खरेलको उपन्यासकार व्यक्तित्व अर्को महŒवपूर्ण व्यक्तित्व हो । उपन्यास विधामा पनि कलम चलाउने खरेलले यस विधामा पनि निक्कै प्रसिद्धि कमाएका छन् । राजनैतिक एवम् सामाजिक विषयवस्तुलाई आफ्नो उपन्यासको विषय वस्तु बनाउने उपन्यासकार खरेलका प्रमुख विशेषताहरू आञ्चलिकता, ग्रामीण परिवेशको चित्रण, सामाजिक यथार्थवादी र ग्रामीण समाजमा प्रचलित विविध उपमा आदिका साथै अनुकरणात्मक शब्दको समेत प्रयोग गर्ने उपन्यासकार खरेलका दुईवटा मात्र उपन्यास प्रकाशित छन् । ती उपन्यासको विवरण यस प्रकार छ ः
क्र.स. उपन्यासको नाम प्रकाशन वर्ष प्रकाशन
१ दोसाँधको घाम २०६३ सुसेली साहित्यिक परिवार काकरभिट्टा, झापा
२ त्रिवेणी आमा २०६६ साझा प्रकाशन, ललितपुर

यी दुवै उपन्यासले उपन्यासकार खरेलको उपन्यासकार व्यक्तित्व पर्याप्त मात्रामा चम्काएको देखिन्छ ।

९.१.२.३.५.सम्पादक व्यक्तित्व
साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकार पुण्यप्रसाद खरेलले सम्पादन सम्बन्धी पनि कार्य गरेका छन् । उनले सम्पादन गरेका कृतिहरू यस प्रकार छन् ।
ज्ञ। हाम्रो तमोर (अंक – १ र २)
द्द। मेचीका सुसेली (अंक १) ताप्लेजुङ्ग
घ। सुसेली अंक (२ र ५) झापा
द्ध। अनावरण (अंक – १)

यिनै कृतिहरूको सम्पादन गरेबाट साहित्यकार पुण्यप्रसाद खरेलको सम्पादक व्यक्तित्व पनि पर्याप्त सफल रहेको स्पष्ट देखिन्छ ।


९.२ कथाकार पुण्य प्रसाद खरेल र उनका कथाहरू
९.२.१ कथाकार पुण्य प्रसाद खरेल
नेपाली साहित्यका क्षेत्रका अथक साधक कथाकार पुण्य प्रसाद खरेलले विद्यार्थी जीवनदेखि नै कथा विधामा हात हालेका हुन् । उनले नेपाली कथा लेखनको क्षेत्रमा २०३१ सालमा “मातृभूमि” पत्रिकामा “छोराको हत्या” शीर्षकको कथा प्रकाशित गरेर लेखनमा प्रवेश गरेका हुन् । खरेलका हालसम्म ‘पुनर्बहाली’ (२०५४), ‘मताने साइलो’ (२०५७), ‘द्वन्द्व र धुवाँ’ (२०६४) गरी तीनवटा कथा संग्रह प्रकाशित छन् । यी कथाहरूबाहेक विभिन्न पत्र पत्रिकाहरूमा अरू थुप्रै कथाहरू फुटकर रूपमा प्रकाशित छन् । यस अध्ययनमा द्वन्द्व र धुँवा (२०६४) कथा संग्रहको सामान्य अध्ययन गरी यसै संग्रहको “चुनावी गाइजात्रा” कथाको विस्तृत अध्ययनका माध्यमबाट उनको कथाकारिताको निरूपण गरिएको छ ।

९.२.२ ‘द्वन्द्व र धुँवा’ कथा संग्रहको परिचय
कथाकार पुण्यप्रसाद खरेलको ‘द्वन्द्व र धुँवा’ कथा संग्रह २०६४ सालमा प्रकाशित भएको हो भने यसको प्रकाशन सुसेली साहित्यिक परिवार, मेचीनगर झापाले गरेको देखिन्छ । यस संग्रहमा जम्मा १९ वटा कथाहरू संकलित रहेका छन् । यस संग्रहमा कथाकार खरेलले २०३५ सालदेखि २०६२ सालसम्म लेखेका कथा संकलित छन् ।
यस संग्रहमा एक पृष्ठको “अभिनन्दन” कथादेखि आठ पृष्ठ लामो “अम्बेडकर” सम्मका कथाहरू रहेका छन् । यस संग्रहमा माओवादी द्वन्द्वका सन्दर्भमा सिर्जित कथाहरूको संख्या धेरै रहेको छ । यस संग्रहका कथामा राजनीतिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विषयवस्तु समेटिएका छन् । गाउँ र शहर तथा दुवै परिवेश मिसिएको परिवेश यी कथाहरूमा पाइन्छ । निन्द्राको कालबाहेक अरू सबै कथाहरू तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका छन् ।
समालोचक चूडामणि रेग्मी र राजेन्द्र सुवेदीका अलग–अलग भूमिका यस संग्रहमा रहेका छन् ।

९.२.३ ‘चुनावी गाईजात्रा’ कथाको अध्ययन
९.२.३.१ कथानक
राजनैतिक दलले निर्वाचन वहिष्कार गरेको जनताको इच्छा विपरीत हुने नगरपालिकाको निर्वाचनमा कतिले इच्छाले उम्मेदारी दिएका छन् भने कतिलाई झुक्याएर उम्मेदार बनाइएका छन् । आँफै उम्मेदार बन्नेहरू पुराना मण्डलेहरू छन् भने कति अन्य राजनैतिक दलले भाग लिएमा निर्वाचन नजित्ने, जनताले विश्वासै नगर्ने खालका छन् । त्यस्ता उम्मेदारमा गण्डकी प्रसाद पनि एक हो । झुक्याएर उम्मेदवार बनाइएकोमा एउटा उम्मेदार डिल्लीप्रसाद हो । उसलाई एउटा मेयर पदको उम्मेदवारले छोराको पासपोर्ट बोक्नु पर्छ भनेर वडा अध्यक्षको उम्मेदवार बनाएको छ । एकलासमा घर रहेको छ कसरी बस्ने भन्ने डरले गर्दा डिल्लीप्रसाद रुँदै म त धेरै आत्तिएको छु भनि गण्डकीप्रसादलाई भन्दछ । त्यत्तिकैमा इन्सपेक्टरले सबै उम्मेदवारलाई एकै ठाउँमा भेला पारेर तपाईंहरूलाई बाहिर सुरक्षा नहुने भयो यहीं बस्नु पर्छ भनी नगरपालिकाको भवनमा बस्नुपर्छ भन्दछ । इन्स्पेक्टरको त्यो भनाइले गण्डकीप्रसाद छक्क पर्छ ।
हवल्दारले गण्डकीप्रसादलाई भेट्न आएकी उसकी आमालाई हप्काएर पठाउन कोसिस गर्छ तर सफल हँुदैन । त्यसै बेला गण्डकीप्रसाद आमालाई भेटेर के भनौला ? भनेर सोच्दछ । इन्स्पेक्टरले दश मिनेट गण्डकीप्रसादलाई नगरपालिकाको फाटकमा उभिएकी आमालाई भेटन समय दिन्छ । फाटकमा रहेकी आमालाई भेट्न जाँदा गण्डकीप्रसादलाई २०४६ सालमा जेल परेको बेला आमा भेट्न आएको सम्झना हुन्छ । तर त्यो बेला जस्तो गर्व उसमा छैन । उसलाई अहिले लाजमर्दो काम आफूबाट भए जस्तो लाग्छ र उसले फाटकबाट बाहिरको दृश्य नदेखे पनि बेला बेला कल्याङ–मल्याङ सुन्छ । उसले जिन्दावाद र मुर्दावादको नारा सुन्छ । नगर पालिकाका कर्मचारीले उसलाई हेर्दा तिनीहरूले उसलाई हियाए जस्तो लाग्छ । आमाले आखाबाट आँशु बगाउदै “मर्दा मलामीसम्म नपाइने बाटो किन समाएको तैले?” भन्दै “थपक्क घर हिँड ! छोडदे यो रडाको छोरा ! मलाई नरुवा !” गण्डकी प्रसादलाई भन्दछिन् । आमाको भनाई सुनेपछि यहाँबाट मलाई उम्कन दिंदैनन्, उम्मेदवारी फिर्ता लिन्छु भन्दा पनि नपाइने भएको छ भन्दै हरिबहादुरले उम्मेदवारी फिर्ता लिन्छु भन्दा अञ्चलाधीशले माओवादी भनेर एक महिनाभित्र सिध्याइदिन्छु भनेका छन् । मैले उम्मेदवारी फिर्ता लिन्छु भन्दा त्यही केस दोहोरिन्छ भनेर गण्डकीप्रसाद आफ्नी आमालाई भन्दछ । त्यतिकैमा गण्डकीप्रसादले अलिक पर “मण्डलेहरू ! मुर्दावाद”, चुनावी “गाईजात्रा ! मुर्दावाद” प्रजातन्त्र – जिन्दावाद, सविधान सभा चाहियो चाहियो !” जस्ता नारा लगाउँदै गरेका आफ्ना छर छिमेकी, पुराना साथी, नातागोता देखिन्छ । ती नाराले उसैलाई सम्बोधन गरे झंै लाग्दछ । त्यतिकैमा हवल्दारले गण्डकीप्रसादलाई भित्र लैजान्छ । गण्डकीप्रसाद सबै उम्मेदवारलाई ज्यादै राम्रो होटलमा खाना पिना र बस्ने व्यवस्था गरिएको छ । सबै उम्मेदारलाई खाना खान सेना सशस्त्र प्रहरीको सुरक्षा दिएर लगिएको छ । ३० भन्दा बढी नगरपालिकाका उम्मेदार निर्विरोध भएको बाँकी ठाउँमा उम्मेदवार नै नभएकोले खाली भएको र दुई उम्मेदवारको हत्या भएको अनि तीन जना उम्मेदवार अपहरणमा परेको खबर रेडियोबाट उम्मेदवारहरूले थाहा पाउछँन् । गण्डकीप्रसादका प्रतिद्वन्द्वी उम्मेदवार कोही कसो कसो गरेर भागे अनेकन बहाना देखाएर निस्किए वक्तव्य दिएर चुनावबाट अलग्गिए । ऊ निर्विरोध जस्तो भए पनि पद छोड्न इच्छुक छ तर प्रसाशकको डरले पद छोड्न सक्तैन । भोलीपल्ट अखबारबाट ललितपुरका उम्मेदारलाई गोली लागेको समाचार सबैले थाहा पाउँछन् ।
गण्डकीप्रसादकी श्रीमती आफ्नो लोग्ने गण्डकीप्रसादलाई घर लान नगरपालिकामा आउँछे र गण्डकीप्रसादलाई लिएर जाने कुरो गर्दा इन्स्पेक्टरले माथिको आदेश नआइन्जेल लान मिल्दैन भन्छ । तत्पश्चात् उसले गण्डकीप्रसादलाई खाली कागज दिन्छे । त्यो खाली कागजमा गण्डकीप्रसादले आफू बाध्य भएर उम्मेदवारी फिर्ता लिन नसकेको उल्लेख गर्छ जुन कुरो भोलिपल्ट समाचारमा आउँछ । उम्मेदारी फिर्ता लिएमा अञ्चलाधीशले एक महिनाभित्रमा माओवादीको आरोपमा सिध्याइदिने धम्की गण्डकीप्रसादलाई दिएको भन्दै यही वक्तव्य मार्फत आफ्नो उम्मेदारी फिर्ता लिन्छु त्यसको साथै मेरो ज्यान अञ्चलाधीशका कारण असुरक्षित छ । कृपया मानवअधिकारकर्मीमार्फत म मेरो ज्यानको सुरक्षाको अपिल गर्दछु भने गण्डकीप्रसादको अपिल समाचारमा आउँछ । इन्स्पेक्टर कालो नीलो हुन्छ । यसरी प्रस्तुत कथाको घटनाक्रम समाप्त हुन्छ ।


९.२.३.२ चरित्र चित्रण
राजनैतिक परिवेशमा लेखिएको प्रस्तुत कथामा गण्डकीप्रसाद, आमा, श्रीमती, इन्स्पेक्टर, हवल्दार, डिल्लीप्रसाद मुखाले बुढी र अन्य उम्मेदारहरू जस्ता प्रमुख र सहायक गौण, पात्र रहेका छन् । यस कथाको प्रमुख पात्र गण्डकीप्रसाद हो । ऊ कथाको शुरुदेखि अन्तसम्म देखा परेको छ ।

क) गण्डकीप्रसाद
गण्डकी प्रसादले यस कथामा महŒवपूर्ण भूमिका निर्वाह गरेका छ । उसैको चरित्र र क्रियाकलापको सेरोफेरोमा कथानक अघि बढेको छ । तसर्थ, ऊ कार्यको आधारमा प्रमुख चरित्र हो । उसलाई आमाले छोरो भनेबाट लिङ्गको आधारमा पुरुष चरित्र हो । वि.सं. २०४६ सालमा राजनैतिक पार्टीमा लागेर प्रजातन्त्र ल्याउन संघर्ष गर्ने क्रममा जेल परेको तत्कालीन अवस्थाको एउटा प्रजातन्त्रप्रेमी चरित्र हो । तिनै राजनैतिक दलले निर्वाचन वहिष्कार गर्दा पनि वडा अध्यक्षको पदमा स्वेच्छाले उम्मेदार दिएर वडा अध्यक्ष बन्न खोजेबाट ऊ एउटा अवसरवादी चरित्रका रूपमा देखिन्छ भने आमा, श्रीमती तथा छर छिमेकीबाट चर्काे विरोध भएपछि उम्मेदवारी फिर्ता गर्न खोजेबाट ऊ एउटा निरीह चरित्र रहेछ भन्ने पनि सिद्ध हुन्छ । उम्मेदवारी फिर्ता लिन खोज्दा अञ्चलाधीशको डरले उम्मेदवारी फिर्ता लिन नसक्ने एउटा कायर चरित्रका रूपमा उसलाई लिन सकिन्छ । शुरुमा वडा अध्यक्ष बन्ने विचारले उम्मेदार बने पनि पछि अखवारमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणाबाट ऊ गतिशील चरित्र हो किनभने यी क्रियाकलापबाट उसको स्वभावमा परिवर्तन आएको छ । गण्डकीप्रसादले आमा, श्रीमती, हवल्दार, इन्स्पेक्टरसँग संवाद गरेको, फाटकबाट बाहिर हेरेका घटनाहरू सजिलै कथामा दृश्यात्मक रूपमा देख्न सकिन्छ । त्यसैले ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । उसलाई कथाबाट हटाउँदा कथाको कथानकीय संरचना भताभुङ्ग हुन्छ, त्यसैले ऊ कथाबाट हटाउनै नमिल्ने बद्ध चरित्र हो । घर, परिवार, राजनैतिक दलले विरोध गरेको निर्वाचनमा उम्मेदार बनेपछि वक्तव्यमार्फत उम्मेदार फिर्ता लिएबाट समग्रमा ऊ प्रवृत्तिका आधारमा अनुकूल चरित्रकै रूपमा देखिन्छ । सबै मान्छेले राजनैतिक पार्टीले विरोध गर्दा गर्दै उम्मेदारी दिदैनन्, सबैले वक्तव्यमार्फत उम्मेदारी फिर्ता लिँदैनन् । त्यसैले घर, परिवार राजनैतिक पार्टीको दवावको कारण वक्तव्यमार्फत उम्मेदारी फिर्ता लिएबाट ऊ जीवन चेतनाका आधारमा नितान्त व्यक्तिगत चरित्र हो । यसरी समग्रमा गण्डकीप्रसाद प्रमुख पुरुष, गतिशील, मञ्चीय, बद्ध, अनुकूल र व्यक्तिगत चरित्र हो ।

ख) आमा
आमा प्रस्तुत कथामा गण्डकीप्रसादकी आमाको रूपमा देखिएबाट लिङ्गका आधारमा ऊ स्त्री चरित्र हो । यस कथाको केन्द्रीय चरित्र गण्डकीप्रसादको भन्दा कम महŒवपूर्ण भूमिका निर्वाह गरेबाट कार्यका आधारमा ऊ सहायक चरित्र हो । गण्डकीप्रसादले सानामा ध्यू चोर्दा अब नगर्ने शर्तमा माफी दिएको र अहिले दुनियाँको तगारो नहुनु भन्दै उम्मेदार फिर्ता लिनू भनेर छोरा गण्डकीप्रसादलाई भनेबाट ऊ एउटा असल अभिभावक चरित्र हो । कथामा आमाले चारैतिरबाट विरोध गरिएको अवस्थामा उम्मेदवारी फिर्ता लिनुपर्छ भनी छोरालाई भनेर कथामा उसले सकारात्मक कार्य गरेकी छ । उसको कतै नकारात्मक कार्य पाइदैन । त्यसैले प्रवृत्तिका आधारमा ऊ अनुकूल चरित्र हो । शुरुदेखि अन्तसम्म आमाको स्वभावमा कुनै परिवर्तन आएको छ्रैन । त्यसैले स्वभावको आधारमा ऊ गतिहीन चरित्र हो । उसले हवल्दार, इन्स्पेक्टर, गण्डकीप्रसादसँग संवाद गरेको र रोएको दृश्य कथामा प्रत्यक्ष दृश्यात्मक रूपमा देख्न सकिन्छ । त्यसैले ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । उसलाई कथाबाट बाहिर निकाल्दा कथानक खजमजिने स्थिति रहन्छ त्यसैले ऊ कथाबाट हटाउनै नमिल्ने बद्ध चरित्र हो । राजनैतिक अवस्था अस्तव्यस्त भएको समयमा राजनैतिक दलले विरोध गरेका कार्य गर्दा त्यस्तो कार्य गर्नु हुँदैन भनी नेपाली आमाहरूको प्रतिनिधित्व गरेबाट आमा जीवन चेतनाका आधारमा बर्वीय चरित्र हो । यसरी समग्रमा ऊ स्त्री, सहायक अनुकूल, गतिहीन, बद्ध, वर्गीय र मञ्चीय चरित्र हो ।

ग) श्रीमती
श्रीमती लिङ्गका आधारमा स्त्री चरित्र हो । कथामा ऊ अन्तिमसम्म देखा परेकी छे । यस कथाको केन्द्रीय चरित्र गण्डकीप्रसादको भन्दा कम भूमिका गरेबाट ऊ कार्यका आधारमा सहायक चरित्र हो । ऊ लोग्नेलाई घर लैजान्छु भनेर इन्स्पेक्टरलाई भन्दा इन्स्पेक्टरले लान मिल्दैन भन्दा एउटा खाली कागज गण्डकीप्रसालाई दिएर, गण्डकीप्रसादले उम्मेदारी फिर्ता लिएको समाचार बाहिर ल्याएर, त्यसै वक्तव्यमार्फत गण्डकीप्रसादको उम्मेदारी फिर्ता गराउन सफल चलाख गृहीणी चरित्र हो । उसले हवल्दार, इन्स्पेक्टर, गण्डकीप्रसादसँग संवाद गरेको घटना दृश्यात्मक रूपमा कथामा देख्न सकिन्छ । त्यसैले ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । राजनैतिक दलले विरोध गरेको समय उम्मेदार फिर्ता लिनुपर्छ भनेर लोग्नेको उम्मेदारी फिर्ता लिन सहयोग गरेबाट ऊ यस कथाकी अनुकूल चरित्र हो । राजनैतिक कारणबाट खतरामा परेको आफ्नो लोग्नेलाई बुद्धि पु¥याएर सजिलो वातावरणमा ल्याउने नेपाली महिलाहरूको प्रतिनिधिको रूपमा कार्य गरेबाट ऊ जीवन चेतनाका आधारमा वर्गीय चरित्र हो । उसको एउटै विचार उम्मेदार फिर्ता लिनुपर्छ भन्ने कुरामा अडिग रहेबाट ऊ स्वभावका आधारमा गतिहीन चरित्र हो । उसले कथामा कही कतै कुनै नराम्रा कार्यहरू गरेको पाइँदैन । तसर्थ, ऊ प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो । उसलाई कथाबाट हटाउँदा गण्डकीप्रसादको उम्मेदारी फिर्ताको वक्तव्य वाहिर आउने थिएन । यसो भएकाले उसलाई कथाबाट हटाउनै नमिल्ने हुन्छ । यसर्थ आबद्धताका आधारमा ऊ बद्ध चरित्र हो । यसरी समग्रमा ऊ स्त्री, सहायक, गृहीणी, अनुकूल मञ्चीय, गतिहीन, बद्ध र वर्गीय चरित्र हो ।


घ) हवल्दार
हवल्दार यस कथाको पुरुष चरित्र हो । ऊ पेशाले पुलिसको हवल्दार हो । ऊ इन्स्पेक्टरको आदेशअनुसार कार्य गर्ने एउटा इमान्दार कर्मचारी हो । उसले गण्डकीप्रसादकी आमा, इन्स्पेक्टर, गण्डकीप्रसादकी श्रीमतीसँग संवाद गरेको घटना कथामा स्पष्टसँग देखिने भएकाले ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । उसले कथामा एउटा हवल्दारले गर्ने कार्य वफादरपूर्वक गरेबाट ऊ प्रवृत्तिका आधारमा अनुकूल चरित्र हो । उसले शुरुदेखि अन्तिमसम्म इन्स्पेक्टरको आदेशमा कार्य गरेबाट उसको स्वभावमा कुनै परिवर्तन आएको पाइदैन । तसर्थ, ऊ स्वभावका आधारमा गतिहीन चरित्र हो । उसलाई कथाबाट बाहिर निकाल्दा गण्डकीप्रसालाई कैद जस्तो गरेर राख्ने अवस्था सृजना नहुने भएकाले उसलाई कथाबाट हटाउन नमिल्ने देखिन्छ । यसर्थ ऊ आबद्धताका आधारमा बद्ध चरित्र हो । उसले कथामा प्रहरीहरूको प्रतिनिधिको रूपमा काम गरेको छ । त्यसैले ऊ जीवनचेतनाको आधारमा वर्गीय चरित्र हो । यसरी समग्रमा ऊ पुरुष, सहायक, मञ्चीय, गतिहीन, अनुकूल बद्ध र वर्गीय चरित्र हो ।

ङ) इन्स्पेक्टर
इन्सपेक्टर यस कथाको पुरुष चरित्र हो । ऊ कथाको शुरुदेखि अन्तसम्म देखा परेको छ । ऊ माथिको आदेशबमोजिम उम्मेदवारलाई एकत्रित पारेर नगरपालिकामै राख्छ । घर जान दिदैन । त्यसैले ऊ माथिको आदेशअनुसार कार्य गर्ने एउटा इमान्दार प्रहरी अधिकृत कर्मचारी हो । उसको यस कथाको प्रमुख पात्र गण्डकीप्रसादको भन्दा कम महŒवपूर्ण भूमिका रहेको छ । यसर्थ ऊ यस कथाको सहायक चरित्र हो । उसले गण्डकीप्रसाद, गण्डकीप्रसादकी आमा, गण्डकीप्रसादकी श्रीमती, हवल्दारसँग संवाद गरेको घटना कथामा सजिलै देख्न सकिने भएबाट ऊ आसन्नताका आधारमा मञ्चीय चरित्र हो । उसले कथामा आदेशको पालना मात्र गरेको छ । अरू कुनै नराम्रा कार्य गरेको पाइँदैन । तसर्थ, प्रवृत्तिका आधारमा ऊ अनुकूल चरित्र हो । ऊ आफ्ना नियमअनुसार कार्य गर्ने विचारमा शुरुदेखि अन्तसम्म अडिग छ । तसर्थ, स्वभावका आधारमा ऊ गतिहीन चरित्र हो । उसलाई कथाबाट हटाउँदा कथाको अस्तित्व नै रहँदैन । तसर्थ, आबद्धताका आधारमा ऊ बद्ध चरित्र हो । सबै इन्स्पेक्टरहरूले गर्ने कार्य गरेबाट ऊ इन्स्पेक्टरहरूको प्रतिनिधि पात्र हो । त्यसैले, ऊ जीवनचेतनाका आधारमा वर्गीय चरित्र हो । यसरी इन्सपेक्टर समग्रमा पुरुष, सहायक, वर्गीय, अनुकूल, गतिहीन, मञ्चीय र बद्ध चरित्र हो ।

९.२.३.४ संवाद
संवाद पनि कथाको एक अङ्ग मानिन्छ । प्रस्तुत कथामा संवादको पनि महŒवपूर्ण भूमिका रहेको देखिन्छ । यस कथामा संवाद सशक्त रूपमा आएको छ । संवादकै माध्यमबाट कथानक अघि बढेको पाइन्छ । पात्र अनुकूल नै संवादको प्रयोग भएकोले कथानक स्वाभाविक र सहज बनेर अघि बढेको देखिन्छ । कथामा एकल संवाद र बहुल संवादको पनि प्रयोग गरिएको छ । प्रस्तुत कथामा गण्डकीप्रसाद र आमाबीच, गण्डकीप्रसाद र उसकी श्रीमतीबीच, गण्डकीप्रसाद र इन्स्पेक्टरबीच, इन्स्पेक्टर र गण्डकीप्रसादकी आमाबीच, हवल्दार र गण्डकीप्रसादकी आमाबीच दोहोरो संवाद भएको पाइन्छ । त्यसैगरी गण्डकीप्रसादको मनोवाद पनि कथामा पाइन्छ । यस कथामा संवादकै माध्यमबाट चरित्रको बारेमा सजिलै बुझ्न सकिने भएबाट संवाद कथा अनुसार उपयुक्त नै रहेको पाइन्छ ।
प्रस्तुत कथामा प्रयोग भएको संवादको नमूना
हवल्दार फर्किर इन्स्पेक्टरलाई गड्याप्प सलाम गदै भन्यो – “जब्बर रछै बुढी ! ‘गण्डकीलाई बोलाइदे !’ भन्छे पटक्कै टसकोमस हुँदिन साब् !”
“को गण्डकी ?” – इन्स्पेक्टरले सोध्यो ।
“म सर ! मेरो नाम गण्डकीप्रसाद हो ।” गण्डकीले नम्रतासाथ इन्स्पेक्टरलाई भन्यो ।
“को हो त्यो आइमाई ?”
“मेरी आमा ! सर !”
“गएर भेटनोस् ! दस मिनेट भन्दा बढी नलगाउनु होला !”


९.२.३. ५ परिवेश
राजनैतिक दलले विरोध गर्दा गर्दै पनि निर्वाचन गराइएको, मण्डले तथा निर्वाचन जित्ने हैसियत नै नभएका व्यक्ति उम्मेदार उठेका, झुक्याएर उम्मेदार बनाइएको, उम्मेदार फिर्ता लिन नपाइने बाध्यता बनाइएको जस्ता घिनलाग्दा कार्यबाट घिनलाग्दो राजनैतिक गतिविधि परिवेशको रूपमा आएको छ । राजनैतिक अवस्था तरल भएको बेलालाई टिपेर प्रस्तुत गरिएको यस कथामा उम्मेदारी फिर्ता लिनु पर्छ भनेर आमाले छोरो गण्डकीप्रसादलाई र श्रीमतीले लोग्ने गण्डकीप्रसादलाई भनेको सन्दर्भ नेपाली सामाजिक परिवेशको रूपमा आएको छ । अञ्चलाधीशले उम्मेदारी फिर्ता गर्नेलाई माओवादी भएको आरोपमा महिना दिनभित्रमा सिध्याउने धम्की दिएबाट घिनलाग्दो प्रसाशनिक परिवेश पनि कथामा आएको देखिन्छ । यसैगरी नगरपालिकाको भवन र त्यसको वरिपरि दुईसय मिटरसम्मको भू–भाग र उम्मेदारले खाना खाने होटल स्थानगत परिवेशको रूपमा कथामा आएका छन् । शाही सरकारले राजनैतिक दलले विरोध गर्दा गर्दै नगरपालिकाको निर्वाचन गराएको समय नै प्रस्तुत कथामा कालक्रमिक परिवेशको रूपमा आएको छ ।

९.२.३.६ भाषाशैली
प्रस्तुत कथाको भाषा सहज, सरल र स्वभाविक छ । गड्याप्प, सुक्कसुँक्क, चुपचाप छक्क जस्ता अनुकरणात्मक शब्द एवम् दसदस आफै आफै, रातोरातो जस्ता रिरुक्त शब्दको प्रयोगले कथामा मिठास थपिएको छ । इन्स्पेक्टर र वार जस्ता आगन्तुक शब्दको पनि सुहाउँदो तरिकाले प्रयोग गरिएको छ । यस्तै बेलामा भेटिए भेटिन्छ, स्वाद मेटिन्छ, त्यस्तै नुन खाएको कुखुरा जस्तो जस्ता आलङ्कारिक पदावलीले भाषालाई सशक्त बनाएको छ । आङ्ग सिरिङ्ग ग¥यो, जिउभरी काँडा उम्रिए जस्ता टुक्काको प्रयोगले कथानकमा गति पं्रदान गरेका छ । त्यसैगरी बोलीचालीका झर्रा शब्दहरूको पनि कथामा प्रयोग रहेको छ । यस कथामा चर्पी, ढलीमली, एकलास, हियाउँदा, कुँडुलो, कल्याङमल्याङ जस्ता ठेट शब्दको प्रयोग भएको छ । नाटकीय शैलीमा प्रस्तुत भएको यो कथा समग्रमा सरज, सहज, स्वभाविक, रोचक र पठनीय छ ।

९.२.३.७ दृष्टिविन्दु
प्रस्तुत कथामा गण्डकीप्रसाद, उसकी आमा, उसकी श्रीमती, इन्स्पेक्टर, हवल्दारका बीचमा संवाद भएको र गण्डकीप्रसादकै सेरोफेरोमा कथानक अघि बढेको छ । समग्रमा पात्रका क्रियाकलाप वस्तुवर्णन कथाकारले सर्वज्ञ भएर तृतीय पुरुषवाचक सर्वनाबाट नै प्रस्तुत भएको हुँदा यस कथामा बाह्य वा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग भएको छ । बाह्य दृष्टिबिन्दुमा पनि समाख्याताले सम्पूर्ण कुराको आफैं जानकार भए झैं गरी कथावस्तु÷घटनाको समाख्यान गरेको देखिन्छ । यसर्थ यस कथाको तृतीय पुरुष दृष्टिबिन्दु पनि सर्वदर्शी प्रकारको रहेको छ ।

९.२.३.८ उद्देश्य
विभिन्न राजनैतिक दलको विरोध हुँदा हुदै पनि जबरजस्ती निर्वाचन गरेर देखाउने तत्कालीन जनविरोधी राजशाही सरकारको खराब नीतिलाई स्पष्ट देखाउनु यस कथाको उद्देश्य रहेको छ । यसैगरी यो निर्वाचनमा तत्कालीन शाही शासकले कसरी साधरण नागरिकलाई झुक्याएर उम्मेदवार बनाएको थियो, उम्मेदारी फिर्ता लिन्छु भन्नेलाई धम्क्याएर कसरी उम्मेदवारी फिर्ता लिन नपाउने बनाएको थियो र कसरी भोट माग्न जाने समयमा सुरक्षाको घेरामा उम्मेदवारले रहनु परेको थियो भन्ने कुरा देखाउनु यस कथाको उद्देश्य रहेको पाइन्छ । समग्रमा नेपाली जनताको इच्छाविपरीत भएको निर्वाचनको कुनै अर्थ नरहने र जबरजस्ती निर्वाचन गरिए नेपाली जनता त्यसको विरोध गर्न सक्षम छन् भनी जनताका शक्तिका अगाडि कस्तै मै हुँ भन्ने शासकको पनि केही लाग्दैन भन्ने कुरा देखाउनु पनि प्रस्तुत कथाको अर्को प्रमुख उद्देश्य हो ।



९.३ कथाकार पुण्य प्रसाद खरेलको कथाकारिता
९.३.१ प्रगतिवादी कथाकार
कथाकर पुण्य प्रसाद खरेलको प्रमुख विशेषता भनेको प्रगतिवादी कथा लेखन हो । पुण्य प्रसाद खरेल आधुनिक नेपाली कथाका प्रगतिवादी फाँटका उज्ज्वल प्रतिभा हुन । आर्थिक शोषणका विरुद्धमा सामन्तवादी संस्कृतिलाई घोर चुनौती दिंदै द्वन्द्वात्मक भौतिकवादमा आस्था राख्ने विचारधारा भएको कथालाई प्रगतिवादी कथा भनिन्छ (श्रेष्ठ, २०५७ ः १५) । खरेलले आफ्ना कथामा समाजा शोषित, पीडित, गरीब, निमुखा वर्गका कथा–व्यथा, अभाव, वेदना–आँसुलाई पोखेका छन् । खरेलले अन्याय–अत्याचार, थिचोमिचोमा परेका निम्न वर्गीय जनतामा शिक्षा चेतना भरेर आफ्ना हक अधिकार खोज्न अग्रसर गराउने हेतुले कथा लेखेका छन् । शोषक सामन्तका विरुद्धमा गरीब निमुखा सिधा सादा जनताका पक्षमा आफ्ना भावना मिलाएका छन् । उनका प्रायः जसो सबै कथामा यस्तै प्रगतिवादी स्वर पाइन्छ । वर्गभेद देखाउने कथाहरूमध्ये ‘निम्तो’ कथालाई लिन सकिन्छ । यसमा निमन्त्रणा पत्र पठाउँदा राम्रो र नराम्रो कार्ड पठाएर सामन्तहरूले गरीब र धनीलाई कसरी अलग व्यवहार गर्छन् भन्ने देखाएर नेपाली समाजको वर्गीय स्वरूपलाई देखाएका छन् । साथै उनले आफ्ना कथामार्फत त्यस्तो कार्यको विरोधमा आवाज उठाएका छन् । निष्कर्षमा अन्यायी अत्याचारीका विरोधमा आवाज उठाउने तल्ला वर्गका गरीब निमुखा, असहायका पक्षमा बोल्ने कथाकार खरेल प्रगतिवादी कथाकारका रूपमा देखिन्छन् ।

९.३.२ व्यङ्ग्यात्मकता
कथाकार पुण्य प्रसाद खरेलको अर्को कथागत विशेषता व्यङ्ग्यात्मकता हो । खरेलका धेरै जसो कथाहरूमा यो विशेषता पाउन सकिन्छ । त्यो व्यङ्ग्यात्मकता कतै प्रत्यक्ष रूपमा त कतै अप्रत्यक्ष रूपमा उनका कथामा पाइन्छ । खरेलले आफ्ना कथामा प्रायः राजनैतिक व्यङ्ग्य गरेका छन् । वि.सं. २०४६ सालको परिवर्तनपछि नेता र दलहरूमा आएको बेइमानी, स्वार्थी र अनैतिकताले गर्दा समाज नराम्रोसँग दुर्गतिको अवस्थामा पुगेको देखाइएको पाइन्छ । खरेलले जनआन्दोलनपछि जनताले आशा गरेअनुसार राजनैतिक पार्टी, नेता, कार्यकर्ताबाट आशा पुरा नहुनुका साथै विकृति विसंगति, स्वार्थी प्रवृत्ति हाबी भएको अवस्थाप्रति तीब्र व्यङ्ग्य गरेका छन् । त्यसैगरी जनयुद्धका नाममा माओवादीले चलाएको जनकारवाही गलत भएको भन्दै त्यस्तो कारवाही गरेर सर्वहाराको भलो नहुने भनी यसतर्फ पनि व्यङ्ग्यको झटारो हानेका छन् । ‘जनकारवाही’ कथामा जनकारवाही गलत भएको पुष्टि गरी व्यङ्ग्य गर्दै यस कार्वाहीबाट सर्वहाराको भलो नहुने उल्लेख गरेका छन् । त्यसैगरी आन्दोलन गर्ने बेलामा पछि सर्ने र फाइदा लिने बेलामा भने अघि सर्नेलाई काखी च्याप्ने र त्यागी इमान्दार कार्यकर्तालाई भने चिन्दै नचिन्ने ठूला हौं भन्ने नेपाली राजनेताहरूप्रति पनि व्यङ्ग्य गर्न खरेल निक्कै सिपालु छन् । नक्कली निर्वाचन गरेर विदेशी समर्थन बटुल्न खोज्ने तत्कालीन शाही सरकारप्रति व्यङ्ग्य गरी लेखिएको कथा “चुनावी गाईजात्रा” मा व्यङ्ग्यात्मकता सशक्त रूपमा आएको छ । खरेलका उल्लेखनीय व्यङ्ग्यात्मक कथाहरूमा चुनावी गाइजात्रा, निम्तो, जनकारवाही आदि रहेका छन् ।

९.३.३ स्वैरकल्पना
कथाकार खरेलको तेस्रो विशेषताको रूपमा स्वैरकल्पनाको प्रयोगलाई पनि लिन सकिन्छ । यथार्थभन्दा बाहिर कुनै घटनालाई कल्पना गरेर लेखिएको कथालाई स्वैरकल्पनामा आधारित कथा मानिन्छ । कथाकार खरेलले पनि यस्तो स्वैरकल्पनाको प्रयोग गरेर कथा लेखेका छन् । मेरो चोक शीर्षकको कथा कथाकार खरेलको यस्तै स्वैरकल्पनामा आधारित विषयवस्तु भएको उत्कृष्ट कथा हो ।

९.३.४ छोटा आकारका कथा लेखन
कथाकार खरेलको अर्को विशेषताको रूपमा कथाको आयाम छोटो हुनु पनि हो । छोटो आकारको गद्य रचना नै कथा हो । कथाको परिभाषा अनुसार खरेलले प्रायः छोटो आकारका कथा लेखेका छन् । खरेलका कथाहरू छोटोमा एक पृष्ठदेखि लामोमा आठ पृष्ठसम्मका छन् । आजका कथाका पाठकको रुचि र समयलाई मध्यनजर राखेर नै उनले सामान्यतः एक बसाइमा १५।२० मिनेटमा नै पढिसकिने छोटा आकारका कथा लेखेका छन् । यो पनि कथाकार खरेलको कथा लेखनको एउटा उल्लेखनीय विशेषता नै हो । त्यसैले खरेलको महŒवपूर्ण विशेषताको रूपमा छोटा आधारका कथा लेखनलाई पनि लिन सकिन्छ ।

९.३.५ पात्र प्रयोगमा विविधता
कथाकार खरेलको अर्को महŒवपूर्ण विशेषता पात्र प्रयोगमा विविधता पनि हो । यिनले आफ्ना कथामा विभिन्न किसिमका पात्रको प्रयोग गरेका छन् । त्यस्ता पात्रहरूमा शहरिया ग्रामीण, शोषक – शोषित, शासक, शासित, राजनीतिज्ञ, समाजसेवी, नारी–पुरुष, मञ्चीय, नेपथ्य, अनुकूल–प्रतिकुल, वर्गीय–व्यक्तिगत, गतिशील गतिहीन आदि जस्ता चरित्र कथावस्तुको माग अनुसार खरेलले प्रयोग गरेका छन् ।

९.३.६ सरल र बोलीचालीको भाषा प्रयोग
कथाकार पुण्य प्रसाद खरेलका कथाहरूमा सरल, सुबोध स्वभाविक गद्य भाषाको प्रयोग छ । जटिल, अशिष्ट, क्लिष्ट, दुरुह भाषा उनका कथामा कतै पाइँदैन ।उनका कथामा सामान्य गाउँले बोलीचाली तथा चलनचल्तीको भाषाको प्रयोग भएको पाइन्छ । एउटा अशिक्षित अपठित मान्छेले कथा सुनेर पनि छर्लङ्ग बुझ्न सक्छ । त्यसकारण उनका कथा सरल र सुबोध्य छन् । ठाउँ – ठाउँमा उखान टुक्का, अलङ्कृत अभिव्यक्तिको प्रयोगले कथा आकर्षक र पठनीय पनि बनेका छन् । विभिन्न भाषाबाट आएका आगन्तुक शब्द पनि कथामा स्वाभाविक रूपमा उचित स्थानमा प्रयोग गरेकाले कथालाई आकर्षक र पठनीय पनि बनाएको छ । आगन्तुक शब्दको प्रयोग भएको भए पनि ती शब्दहरू नेपालीमा पचिसकेका हुनाले बुझ्न कुनै अप्ठ्यारो पर्दैन । त्यसैगरी आदि, मध्य र अन्त्यको क्रममा कथावस्तु संरचित भएकोले रैखिक ढाँचामा कथा रचिएका छन् । यस प्रकारको कथात्मक संरचना भएका कथा बुझ्न कुनै अप्ठ्यारो पर्दैन । ठाउँ–ठाउँमा नाटकीय रूपमा संवादको प्रयोग हुनका साथै अनुकरणात्मक शब्द र निपातको प्रयोगले गर्दा पाठकलाई कथा पढ्न अल्छी नलाग्ने, पढूँ पढूँ लाग्ने देखिन्छ । सरल शब्दचयन, सहज रूपमा आलङ्कारिताको प्रयोग, रैखिक ढङ्गमा कथा प्रवाहित हुनु जस्ता गुणले गर्दा सजिलै पाठकले कथा बुझ्न सक्छन् । कथाकार खरेलले कथाको कथावस्तु अनुरूप शीर्षक अभिधात्मक ढङ्गकै राखेका र प्रायः तृतीय पुरुष दृष्टिविन्दु अंगालेर कथा लेखेका हुनाले पाठकले सजिलै बुझ्न सक्तछ ।

९.३.७ निष्कर्ष
साहित्यका विभिन्न विधामा कलम चलाउने कथाकार पुण्य प्रसाद खरेलले तीनवटा कथा संग्रह र अन्य विभिन्न पत्र पत्रिकाहरूमा प्रसस्त कथाहरू प्रकाशित गरेका छन् । खरेल आधुनिक नेपाली कथाका प्रगतिवादी फाँटका एक उज्ज्वल प्रतिभा हुन् । संख्यात्मक र गुणात्मक दुवै दृष्टिले कथाकार खरेलको कथागत योगदान विशिष्ट रहेको छ । यिनका कथाले समाजका शोषित पीडित, गरीब, निमुखाहरूको कथा व्यथा पीडा रोदन अभावलाई आफ्ना कथामार्फत अघि सार्दै अन्यायमा परेका जनताहरूमा चेतना भरेर हक अधिकार खोज्नका लागि उत्प्रेरित गर्ने जमर्को गरेको पाइन्छ । समाजभित्र रहेका राजनीतिक विकृति विसंगति अन्याय–अत्याचारको उनले आफ्ना कथामा भण्डाफोर गरेको छन् ।
निम्न वर्गीय पात्रहरूलाई लक्ष्यित गरेर लेखिएका उनका कथाहरूमा सामान्य जनस्तरको भाषाशैलीको प्रयोग छ । प्रायः रैखिक ढाँचामा कथा लेख्ने कथाकार खरेलको कथामा झर्रो नेपाली सरल भाषा, उखान–टुक्काको प्रचुर प्रयोग कथ्य भाषाको प्रयोग एवम् जाति अनुसारका पात्रलाई सुहाउने भाषाको समेत प्रयोग समेत उनले गरेका छन् । नेपाली साहित्यको प्रगतिवादी भण्डारलाई दरिलो तथा धनी बनाउन खरेलको महŒवपूर्ण योगदान रहेको छ ।
त्यसैले नेपाली प्रगतिशील कथाकारको हारमा एक सशक्त कथाकारका रूपमा खरेल स्थापित छन् ।



दशौं परिच्छेद
निष्कर्ष

६४ वर्षको झापाली कथाको इतिहासमा देखिएका विभिन्न कथाहरूले कथा विधाको गतिशिलताको परिचय दिएका छन् । एकपछि अर्को नवीन चेतना र प्रवृत्तिलाई आत्मसात् गरेका छन् । यो अनुसन्धानको क्रममा पहिलो झापाली कथाको रूपमा एस.एल. शर्माको ‘विद्रोह’ कथा २००४ सालमा प्रकाशित रहेको छ । अनुसन्धानको क्रममा झापाका प्रमुख कथाकारहरू चूडामणि रेग्मी, कृष्ण धरावासी, पुण्यप्रसाद खरेल, कोमलप्रसाद पोखरेल, होम सुवेदी, तुलसीदास श्रेष्ठ, के.पी. ढकाल, भक्त खपाङ्गी , रत्नमणि नेपाल, राधिका राया, रोहिणीविलास लुइटेल, विरही अधिकारी, तेजराज खतिवडा (तेराख) भवानी क्षेत्री, आदि रहेका छन् । यसरी झापामा कथा लेख्ने प्रमुख कथाकार मध्ये शोधसीमा तोकिएका कथाकाहरूको कथाकारिताको निरूपण अव गरिन्छ ।
झापा जिल्लामा बसेर साहित्यका विभिन्न विधामा कलम चलाउने तुलसीदास श्रेष्ठ २०१४ सालमा ‘इच्छा’ कविता प्रकाशित गरी साहित्यमा प्रवेश गरेका हुन् । श्रेष्ठको पहिलो कथा ‘चेली रोएको साँझ’ २०३५ सालमा प्रकाशित भएको हो । यिनी साहित्यिक, सामाजिक, शिक्षण आदि क्षेत्रमा उल्लेख्य व्यक्तित्वका रूपमा रहेका छन् । कथाकार श्रेष्ठका एउटा कथा संग्रह ‘अतीत दोहोरिन्छ’ (२०५०) र विभिन्न पत्र–पत्रिकामा थुप्रै फुटकर कथाहरू समेत प्रकाशित छन् । उनका कथामा समाजमा व्याप्त अन्याय, अत्याचार, बेथिति, रुढिवादी परम्परा, शोषण, उत्पीडन जस्ता जनताहरूले भोगिरहेका परिस्थितिहरूको उल्लेख गरिएको पाइन्छ । निम्न वर्गीय पात्रहरूलाई लक्ष्यित गरिएर लेखिएका उनका कथामा सामान्य जनस्तको भाषा प्रयोग छ । कथाकार श्रेष्ठका कथामा पुरुष पात्रको बाहुल्यता, त्रासद कथा लेखन, कुतूहलता, विसंगतिवादी जीवनदृष्टि, सामाजिक यथार्थवादी दृष्टिकोण आदि प्रवृत्तिहरू पाउन सकिन्छ । यी प्रवृत्तिहरू नै उनका कथाकारिताका मुख्य पहिचानका रूपमा आएका छन् । यसबाट उनी सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित हुन पुगेका छन् ।
झापा जिल्लामा बसेर साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकार चूडामणि रेग्मीको साहित्य यात्राको थालनी हामी युवा अघि वढ्दैछांै (२०१२) शीर्षकको कविताबाट भएको हो भने उनको पहिलो प्रकाशित कथा “गोडा भए जुत्ताको के खाँचो” (२०१२) हो । उनका कवि व्यक्तित्व, कथाकार व्यक्तित्व, एकाङ्कीकार व्यक्तित्व, निबन्धकार व्यक्तित्व समालोचक व्यक्तित्व, भाषा व्याकरणविद् व्यक्तित्व, पत्रकार व्यक्तित्व, प्रेरक व्यक्तित्व, अध्यापक व्यक्तित्व आदि विविध व्यक्तित्वहरू उल्लेख्य रूपमा रहेका छन् । कथाकार रेग्मी समाजमा हुने अन्याय – अत्याचार रुढि अन्धपरम्परा विकृति, विसंगतिका विरुद्ध आवाज उठाउने गरीब निरीह जनताका पक्षमा कथा लेख्ने कथाकार हुन् । उनका कथाकारिताका मुख्य विशेषताभित्र मूलतः प्रगतिवाद, मनोवैज्ञानिकता, झर्रोवादी भाषा शैली, प्रतीकात्मकता, छोटा आकारका कथा लेखन, पुरुष पात्रको बहुलता आदि पर्दछन् । नेपाली साहित्यका प्रगतिवादी फाँटका कथाकारका हारमा एक सशक्त कथाकारका रूपमा स्थापित भएका झापाली कथाकार रेग्मी मुख्य रूपमा सामाजिक यथार्थवादी÷प्रगतिवादी कथाकार हुन् ।
झापामा बसेर नेपाली साहित्यकार योगदान पु¥याउने अर्का कथाकार भक्त खपाङ्गीको पहिलो साहित्यिक रचना ‘जोखाना’ (२०२५) सालमा प्रकाशित कथा हो । उनका व्यक्तित्वका पाटाहरू क्रमशः कथाकार व्यक्तित्व, स्तम्भकार व्यक्तित्व, अध्यापक व्यक्तित्व, सम्पादक व्यक्तित्व आदि उल्लेख्य छन् । उनका कथाहरू खास गरी सामाजिक, राजनैतिक आदि विषयमा आधारित छन् । कथाकार खपाङ्गी आफ्ना कथामा समाजका आँखा अगाडिका घटनाहरूलाई कथाको विषयवस्तु र आफ्नै समाजमा अवस्थित चरित्र र गाउँले परिवेशलाई कथामा चयन गर्दछन् । उनका प्रायः जसो कथाहरू तृतीय पुरुष शैलीमा लेखिएका छन् । खपाङ्गीका कथाकारिताका मूलभूत विशेषताअन्तर्गत सामाजिक यथार्थवाद प्रगतिवाद, राजनैतिक विषयवस्तु, कथाका आकार छोटा हुनु, सरल बोलीचालीको भाषा प्रयोग आदि पर्दछन् । नेपाली साहित्यमा अथक साधनारत खपाङ्गीले विभिन्न खाले कथाहरू लेखे पनि उनी मूलतः सामाजिक यथार्थवादी कित्ताकै कथाकार हुन् ।
झापामा बसेर साहित्य लेखनमा निरन्तर क्रियाशील कोलमप्रसाद पोखरेलको पहिलो साहित्यिक रचना “शिरमाथि नेपाल आमालाई काँधमाथि महेन्द्र राजालाई” (२०२०) सालमा प्रकाशित भयो भने उनको पहिलो प्रकाशित कथा ‘म को भए’ (२०२०) हो । पोखरेल हाम्रा समाजमा भए गरेका क्रियाकलाप र घटेका घटनालाई आफ्ना कथाको विषयवस्तु बनाउँदै हाम्रा समाजका विकृति विसंगतिलाई छर्लङ्ग देखाउँछन् । सामाजिक राजनैतिक, शैक्षिक क्षेत्रका विविध विषयसँग सम्बन्धित कथा लेख्ने कथाकार पोखरेलका कथामा यथार्थवाद, छोटा आकार, शैक्षिक बेथितिप्रति तीब्र रोष, तृतीय पुरुष दृष्टिबिन्दुको अधिक प्रयोग, कारुणिकताको चित्रण आदि विविध विशेषताहरू उल्लेख्य पक्षका रूपमा रहेका देखिन्छन् ।
झापामा बसेर साहित्य क्षेत्रमा क्रियाशील रोहिणीविलास लुइँटेलको पहिलो साहित्यिक कृति “शारदा बन्दना” (२०१८) कविता संग्रह हो भने उनको पहिलो कथा “अलच्छिना गग्रेटो” (२०२१) सालमा प्रकाशित भएको थियो । नेपाली साहित्यमा आर्दशोन्मुख यथार्थवादी फाँटका एक सशक्त सष्ट्राका रूपमा कथाकार लुइटेलको नाम लिइन्छ । संख्यात्मक र गुणात्मक दुबै हिसाबले कथाकार लुइँटेलको योगदान विशिष्ट रहेको छ । उनका धेरै कथा निम्नमध्यम वर्गीय नेपाली समाजका पारिवारिक परिवेशमा आधारित छन् । उनका कथाहरूमा सामान्य जनस्तरको भाषाको प्रयोग गरिएको पाइन्छ । उनले आफ्ना कथामा यथोचित ठाउँमा ट्वाक्क मिल्ने गरी उखान टुक्का र निपात आदिको प्रयोग गरेका छन् । उनका कथाकारिताभित्र मूलतः यौनवाद, नारीवाद, द्वन्द्वात्मकता, लामा–छोटा दुवै आकारका कथा लेखन, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशको प्रयोग, आर्दशवाद आदि पर्दछन् । जुनसुकै वादमा आधारित भएर कथा लेखे पनि कथाकार लुइँटेलल मुलतः आदर्शोन्मुख याथर्थवादी झापाली कथाकारका रूपमा स्थापित छन् ।
झापामा बसेर साहित्य क्षेत्रमा कलम चलाउने पुण्यप्रसाद खरेलको पहिलो प्रकाशित कथा “छोराको हत्या” (२०३१) सालमा प्रकाशित भएको हो । नेपाली कथाको प्रगतिवादी फाँटका एक सशक्त स्रष्टाको रूपमा खरेलको नाम लिइन्छ । संख्यात्मक र गुणात्मक हिसावले खरेलको कथागत योगदान विशिष्ट रहेको छ । कथाकार खरेलले आफ्ना कथामा समाजका शोषित पीडित, गरीब, निमुखा वर्गका कथा–व्यथा, अभाव वेदना, आँशुलाई पोखेका छन् । उनले सामन्तका विरुद्धमा गरीब, निमुखा, सिधा–सादा जनताका पक्षमा आफ्ना भावना मिलाएका छन् । सामान्य जनस्तरको भाषाको प्रयोग गर्ने कथाकार खरेलका कथामा प्रायः जसो तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग पाइन्छ । उनका कथाकारिताभित्र मूलतः प्रगतिवाद, व्यङ्ग्यात्मकता, स्वैरकल्पना, छोटा आकारका कथा लेखन, सरल बोलीचालीको भाषाको प्रयोग आदि पर्दछन् । यसरी समग्रमा कथाकार खरेल प्रगतिवादी कथाकारका रूपमा स्थापित छन् ।
यसरी झापा जिल्लामा साहित्यिक गतिविधिहरूसँगै कथा प्रकाशनले पनि केही गति लिएको पाइन्छ । राम्रा–राम्रा कथा एवम् कथा संग्रह प्रकाशित गर्ने क्रममा झापाली कथाकारहरू निरन्तर रूपमा अघि बढिरहेका छन् । वि.सं. २००४ सालमा आभ्यासिक रूपमा कथा लेखिए पनि हालका दिनमा झापामा कथा लेखन उत्कृष्ट स्थितिमा पुगेको देखिन्छ । झापामा कथा लेखनको क्षेत्रमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने पुरुष कथाकारहरूको तुलनामा महिला कथाकारहरूको सख्या कमै रहे तापनि तिनीहरूको कथा लेखनमा महŒवपूर्ण योगदान रहेको पाइन्छ । झापामा विभिन्न वादमा आधारित भएर कथा लेखिए पनि मुलतः प्रगतिवादमा नै आधारित भएर धेरै कथाकारहरूले लेखेको पाइन्छ । शुरु शुरुमा कमजोर रहेको झापाली कथा लेखन हाल समसामयिक विषयवस्तुमा आधारित भएर अघि बढेको देखिन्छ । यो अध्ययनको क्रममा एस.एल. शर्माको ‘विद्रोह’ (२००४) कथाबाट थालनी भएको झापाली कथा लेखनमा भुवन सुब्बाको “सेती नदी” (२०६७) सम्म आइ पुग्दा ५४ वटा कथासंग्रह प्रकाशित भइसकेको देखिन्छ । समग्रमा झापाली कथा लेखनको वर्तमान अवस्था अत्यन्त उर्बर र सक्रिय रहेको देखिन्छ ।

सन्दर्भ सामग्रीसूची
अधिकारी, गंगाप्रसाद, २०६५, अभिवीक्षण, भद्रपुर ः श्रीमती कान्ता अधिकारी
—————————, २०६५, झापामा प्रगतिशील साहित्य, झापा दिग्दर्शन, काठमाडौं ः ओरिएन्टल प्रकाशन
—————————, २०६६, साहित्यकार चूडामणि रेग्मीबारे भएका अध्ययन तथा अनुसन्धानहरू,
चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ, (सम्पा.कृष्णप्रसाद अधिकारी), इटहरी ः सप्तकोशी
साप्ताहिक
आचार्य, राजेन्द्र, २०५९, साहित्यकार भक्त खपाङ्गीको जीवनी, व्यक्तित्व र कृतिहरूको
परिचयात्मक अध्ययन (अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि.नेपाली विभाग, मेची
ब.क्याम्पस, भद्रपुर)
उपाध्याय, केशवप्रसाद, २०५९, साहित्यप्रकाश, (संस्क.छैटौं) ललितपुर ः साझा प्रकाशन
कार्की, बालमुकुन्द, २०६७, झर्रोवादी आन्दोलनको नेतृत्वकर्ता चूडामणि रेग्मीसँगको कुराकानी,
मधु (साहित्यिक मासिक), पूर्णाङ्क १३५
खतिवडा, तेजराज, २०६६, बनारसमा रोहिणीविलास लुइँटेल, जुही (त्रै.), पूर्णाङ्क ५९
—————————, २०६६, एउटा छाता दिनुहोला है ! निबन्ध संग्रहको चिरफार, चूडामणि रेग्मी
अभिनन्दन ग्रन्थ, (सम्पा.कृष्णप्रसाद अधिकारी) इटहरी ः सप्तकोशी प्रकाशन
खतिवडा, दुर्गादेवी, २०६४, कवि चूडामणि रेग्मीको भावना लघुकाव्य संग्रहका लघुकाव्यहरूको
कृतिपरक अध्ययन, (अप्रकाशित शोधपत्र, त्रि.वि.नेपाली विभाग, मेची ब. क्याम्पस)
खनाल, कृष्णकुमारी, २०६०, साहित्यकार पुण्य प्रसाद खरेलको जीवनी, व्यक्तित्व र कृतित्वको
अध्ययन, (अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि.मेची ब.क्याम्पस)
खपाङ्गी, भक्त, २०५७, जागित्रले बोलाएपछि, झापा ः नियात्रा प्रकाशन
खरेल, पुण्यप्रसाद, २०६१, अन्तर्वार्ता, सुसेली, (त्रैमासिक), २ ÷ २
—————————, २०६१, पुण्यप्रसाद खरेलका प्रश्न चूडामणि रेग्मीका उत्तर, सुसेली २÷२
—————————, २०६४, द्वन्द्व र धुवाँ, काकरभिट्टा ः सुसेली साहित्यिक परिवार
—————————, २०६६, रेग्मीवृक्ष, चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ, (सम्पा.कृष्णप्रसाद
अधिकारी) इटहरी ः सप्तकोशी प्रकाशन
गिरी, दमयन्ती, २०६७, आख्यानकार पुण्य प्रसाद खरेलको आख्यानकारिताको अध्ययन
(अप्रकाशित शोधपत्र, त्रि.वि., नेपाली विभाग, मेची ब.क्याम्पस, भद्रपुर)
गुरागाईं, उमादेवी, २०५८, तुलसीदास श्रेष्ठको साहित्यिक व्यक्तित्व र कृतित्वको अध्ययन
(अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि. नेपाली विभाग, स्नातकोत्तर क्याम्पस,
विराटनगर)
गौतम, देवीप्रसाद.(सम्पा.) २०५४, नेपाली कथा भाग १, काठमाडौं ः नवीन प्रकाशन
गौतम, लोकमणि, २०६४, कथाकार राधिका रायाको कथाकारिता, राधिका रायाका रचना,
चन्द्रगढी ः जुही प्रकाशन
गौतम, हरि, र भूमिप्रसाद दाहाल, झापाली साहित्यको दिग्दर्शन, झापा दिग्दर्शन, (सम्पा.हरि
गौतम), काठमाडौं ः ओरिएन्टल प्रकाशन
चापागाईं, नरेन्द्र, २०५५, संक्षिप्त मन्तव्य, सिमीको बोट (ले.तेराख) .....
—————————, २०५८, नेपाली अनुकरणात्मक शब्दको स्वरूप, ललितपुर ः जगदम्बा प्रकाशन
ढकाल, के.पी., २०६६, प्रगतिवादी दृष्टिले चूडामणि रेग्मीका कथाहरू, चूडामणि रेग्मी
अभिनन्दन ग्रन्थ, (सम्पा.कृष्णप्रसाद अधिकारी), इटहरी ः सप्तकोशी साप्ताहिक
तिमसिना, अनिरुद्ध, २०६६, नेपाली वाङ्मयका अविश्रान्त साधक ः चूडामणि रेग्मी एक
अभिरेखाङ्कन, चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ, (सम्पा.कृष्ण प्रसाद अधिकारी) इटहरी ः
सप्तकोशी साप्ताहिक
थापा, मोहनहिमांशु, २०६६, साहित्य परिचय, (संस्क.पाँचौं), ललितपुर ः साझा प्रकाशन
दाहाल, खेम, २०६६, निबन्धकार चूडामणि रेग्मी, चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ,
(सम्पा.कृष्णप्रसाद अधिकारी), इटहरी ः सप्तकोशी साप्ताहिक
दाहाल, तुलसी, २०६०, एक्सरे कथासंग्रह ः एक संक्षिप्तावलोकन, कनकाई प्रवाह, सुरुङ्गा ः
कनकाई प्रतिभा प्रतिष्ठान
दाहाल, भूमिप्रसाद. २०५९, झापाली कथाको संक्षिप्त चिनारी, नवरङ्ग, धरमपुर ः नवरङ्ग
प्रतिष्ठान
—————————, २०६६, मिसमास ः खिच्रो र कुराउनी भित्रका सामाजिक लेखको चर्चा, यथार्थ
यात्रा, झापा ः जुही प्रकाशन
धरावासी, कृष्ण, २०५७, प्रकाशकीय, जागित्रले बोलाएपछि (ले.भक्त खपाङ्गी), झापा ः नियात्रा
प्रकाशन
नेपाल, रत्नमणि, २०५८, लेखिएका यस्ता कथाहरूको बारेमा, कथा इन्द्रेणी, झापा ः नियात्रा
प्रकाशन
नेपाल, वसन्त शर्मा, २०६३, सानो नेपाली शब्दसागर, (संस्क.दोस्रो), काठमाडौं ः शब्दार्थ
प्रकाशन
न्यौपाने, टङ्कप्रसाद, २०४९, साहित्यको रूपरेखा, (संस्क.दोस्रो), काठमाडौं ः साझा प्रकाशन
पोखरेल, कविता, २०५८, साहित्यकार कोमल प्रसाद पोखरेलको जीवनी, व्यक्तित्व र कृतित्वको
अध्ययन (अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि.नेपाली विभाग, मेची ब.क्याम्पस,
भद्रपुर)
पोखरेल, कोमलप्रसाद, २०६०, अन्तव्र्यथा ः आजको, सुरुङ्गा ः धर्मशीला पोखरेल
—————————, २०५७, भूमिका, बाइस समालोचना (ले.चूडामणि रेग्मी), झापा ः वेदकुमारी
रेग्मी
पोखरेल, डी.आर., २०६६, चूडामणि रेग्मीको पारिजात ः परिचय र मूल्याङ्कन पारिजात सम्बन्धी
पहिलो समालोचना कृति, चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ, (सम्पा.कृष्णप्रसाद अधिकारी),
इटहरी ः सप्तकोशी साप्ताहिक
पोखरेल, बालकृष्ण, २०६४, झर्रो शब्द्यौली, ललितपुर ः जगदम्बा प्रकाशन
पोखरेल, भानुभक्त, २०५९, सिद्धान्त र साहित्य, (संस्क.दोस्रो), ललितपुर ः साझा प्रकाशन
पौड्याल, पुण्यप्रसाद, २०६६, रोहिणी गुरुको लोभलाग्दो स्वभाव, जुही, पूर्णाङ्क ५९
पौडेल, लक्ष्मी, २०६६, वेदकुमारी रेग्मीसँगका केही क्षणहरू, चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ,
(सम्पा.कृष्णप्रसाद अधिकारी) इटहरी ः सप्तकोशी साप्ताहिक
भट्टराई, घटराज. २०५१, नेपाली साहित्यकार परिचय कोश, काठमाडौं ः श्रीमती गीता रिमाल
भट्टराई, जयदेव, २०५४, साहित्यकार परिचय र अभिव्यक्ति, काठमाडौं ः नेपाल प्रज्ञाप्रतिष्ठान
भट्टराई, विष्णुकुमार, २०६०, झापामा प्रकाशित कथा संग्रह, कनकाई प्रवाह, (वार्षिक मुखपत्र),
सुरुङ्गा ः कनकाई प्रतिभा प्रतिष्ठान
—————————, २०६६, झापाका आधुनिक मोतीराम ः चूडामणि रेग्मी, चूडामणि रेग्मी
अभिनन्दन ग्रन्थ, (सम्पा.कृष्णप्रसाद अधिकारी), इटहरी ः सप्तकोशी साप्ताहिक
भुजेल, रीताकुमारी, २०६१, पुण्य प्रसाद खरेलको कथाकारिता, (अप्रकाशित शोधपत्र, त्रि.वि.नेपाली
विभाग, मेची ब.क्याम्पस, भद्रपुर)
भँडारी, माधवप्रसाद, २०६०, भूमिका, अधुरो यात्रा (ले.हृषीकेश उपाध्याय), झापा ः श्रीमती
सुमित्रा उपाध्याय
राया, राधिका, २०६६, हाउडी पुराण र तम्मर नदीका धुन, यथार्थ यात्रा (भाग १), चन्द्रगढी ः
जुही प्रकाशन
रेग्मी, चूडामणि, २०५६, चावी, झापा ः वेदकुमारी रेग्मी
लुइँटेल, रोहिणीविलास, २०६२, इटहरीबाट, झापा ः घनमाया लुइँटेल
वशिष्ठ, चूडामणि, २०६२, पुण्यप्रसाद खरेल एक दृष्टि, यथार्थ कुरा पूर्णाङ्क ४६
विद्रोही, माधव, २०६६, सबै सम्पादकहरू मोतीराम हुन्, चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ,
(सम्पा. कृष्णप्रसाद अधिकारी), इटहरी ः सप्तकोशी साप्ताहिक
श्रेष्ठ, तुलसीदास, २०५०, अतीत दोहोरिन्छ, सुरुङ्गा ः विजयकुमार श्रेष्ठ
श्रेष्ठ, दयाराम. २०५७, नेपाली कथा भाग ४, ललितपुर ः साझा प्रकाशन
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा. २०४६, नेपाली साहित्यको संक्षिप्त इतिहास, (तेस्रो संस्क.)
काठमाडौं ः साझा प्रकाशन
शर्मा, मोहनराज. २०५८, कथाको विकास प्रक्रिया, (तेस्रो संस्क.), काठमाडौं ः साझा प्रकाशन
—————————, २०६०, दुई शब्द, अन्तव्र्यथा आजको (ले.कोमलप्रसाद पोखरेल), सुरुङ्गा ः
धर्मशीला पोखरेल
सुवेदी, जीवनाथ, २०६६, तुलसीदास श्रेष्ठ ः अतीत दोहोरिन्छ, यथार्थ यात्रा (भाग १), चन्द्रगढी ः
जुही प्रकाशन
सुवेदी, दधिराज, २०६६, नेपाली भाषा र साहित्यका पारसमणि चूडामणि रेग्मी, चूडामणि रेग्मी
अभिनन्दन ग्रन्थ, (सम्पा.कृष्णप्रसाद अधिकारी) इटहरी ः सप्तकोशी साप्ताहिक
सुवेदी, राजेन्द्र, २०६६, एउटा छाता दिनुहोला है ! निबन्ध संग्रहभित्रका रेग्मीको प्राप्ति र सीमा,
चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ (सम्पा.कृष्णप्रसाद अधिकारी) इटहरी ः सप्तकोशी
साप्ताहिक
प्रसाई, छत्रमान केशरी (सि.के. प्रसाई), ‘उषा’ कथा, ‘शारदा’ १४÷८–९, काठमाडौं, २००५
ओझा, रामनाथ र गिरी मधुसुधन, २०५८, शोध, सिर्जना र सस्कृत काब्यशास्त्र, नयाँवजार, कीर्तिपुर काठमाडौं, न्यू हिरा बुक्स इन्टरप्राइजेज

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 बैशाख, 2073

लेखकका अन्य रचनाहरु